
विज्ञान तथा प्रविधि सङ्कायः स्नातकोत्तरतह छात्रवृत्तिको थप Awarded List प्रकाशनसम्बन्धी सूचना
School of Health and Allied Sciences: Vacancy Announcement

पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकाय अन्तर्गत स्नातकोत्तरतह छात्रवृत्तिको SECOND-AWARDED LIST प्रकाशित सम्बन्धि सूचना
परीक्षा नियन्त्रण कार्यालयको विशेष मौका परीक्षासम्बन्धी सूचना
पोखरा विश्वविद्यालय शिक्षण अस्पतालः लिखित परीक्षाको अन्तिम नामावली प्रकाशनसम्बन्धी सूचना
Girls Hostel: Result 2023-First List

पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकाय समूह-(क) र मानिविकी तथा सामाजिक शास्त्र संकाय समूह-(ग) अन्तर्गत स्नातकतह छात्रवृत्तिको SECOND/THIRD-SCHOLARSHIP AWARDED LIST प्रकाशित सम्बन्धि सूचना ।
पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकाय अन्तर्गत स्नातकोत्तरतह छात्रवृत्तिको AWARDED LIST प्रकाशित सम्बन्धि सूचना ।
School of Engineering: Admission Notice for Master Program (Sponsorship Seat)

पोखरा विश्वविद्यालय स्नातकतह छात्रवृत्ति SCHOOL TYPE-OTHERS (MANAGEMENT/HUMANITIES-KA, KHA/SCIENCE AND TECHNOLOGY-KHA) का उम्मेदवारहरुको SECOND AWARDED LIST प्रकाशित सम्बन्धि सूचना ।
- पोखरा विश्वविद्यालय स्नातकतह छात्रवृत्ति SCHOOL TYPE-OTHERS (MANAGEMENT/HUMANITIES-KA, KHA/SCIENCE AND TECHNOLOGY-KHA) का उम्मेदवारहरुको SECOND AWARDED LIST प्रकाशित सम्बन्धि सूचना ।
कर्मचारी सेवा प्रवेश अभिमुखीकरण तालिम सम्पन्न
कर्मचारी सेवा प्रवेश अभिमुखीकरण तालिम सम्पन्न

२०८० मङ्सिर २१ गते, बिहीबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालयले हालै विश्वविद्यालयको स्थायी सेवामा नियुक्ति लिएका कर्मचारीहरूको लागि ३ दिने सेवा प्रवेश अभिमुखीकरण तालिम आयोजना गरी सम्पन्न गरेको छ । यही मङ्सिर १९ गतेदेखि २१ गतेसम्म विश्वविद्यालयको केन्द्रीय सभाहल, लेखनाथमा आयोजित उक्त सेवा प्रवेश अभिमुखीकरण तालिममा कुल ३१ जना कर्मचारीलाई प्रशिक्षण दिइयो । तालिममा सहभागि हुने कर्मचारीहरूमा सहायक प्रशासक (प्रशासन) ५ जना, सहायक प्रशासक (लेखा) १ जना, सहायक प्रशासक (कानून) १ जना, मुख्य सहायक (प्रशासन) ५ जना, मुख्य सहायक (लेखा) ३ जना, मुख्य सहायक (कम्प्यूटर) ३ जना, मुख्य सहायक (प्रयोगशाला) २ जना र सहायकस्तरमा ११ जना थिए ।
सेवा प्रवेश अभिमुखीकरण तालिमलाई पोखरा विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. दिपकबहादुर भण्डारी, पोखरा विश्वविद्यालय व्यवस्थापन सङ्कायका डीन सह प्रा.डा. दयाराज ढकाल, पोखरा विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका कार्यकारी निर्देशक सह प्रा डा उमेशसिंह यादव, पोखरा विश्वविद्यालय स्कूल अफ बिजनेशका सह प्रा.डा. रविन्द्र घिमिरे तथा सह प्रा डा दिपाञ्जल श्रेष्ठ, श्री यादव थापा, सह प्रशासक (लेखा), श्री तारादेवी सापकोटा, सह प्रशासक (प्रशासन), श्री ध्रुव प्रसाद अर्याल, सह प्रशासक (लेखा), श्री गोबर्धन भट्टराई, सह प्रशासक (प्रशासन), श्री तेज नारायाण पराजुली, सह प्रशासक (लेखा), श्री हेमन्तराज कँडेल, सह प्रशासक (पुस्तकालय), श्री टोलमाया थापा, सह प्रशासक (प्रशासन) ले नयाँ प्रवेश गर्ने कर्मचारीहरूलाई विभिन्न विषयमा अभिमुखीकरण दिनुभयो । अभिमुखीकरण तालीममा कर्मचारीहरूको उत्तरदायित्व, कर्तव्य पालन, अनुशासन, नेतृत्व र क्षमता विकासका विभिन्न पक्षका साथै विश्वविद्यालयको वर्तमान अवस्था, बजेट, प्रशासनिक कार्य, खरिद, कागजातको संरक्षण, अभिलेखिकरण विविध विधि र प्रक्रियाका बारेमा प्रशिक्षण दिइएको थियो । तालिममा सहभागि कर्मचारीहरूलाई विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्याल र प्रा.डा. दिपक बहादुर भण्डारीले संयुक्त रूपमा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
School of Engineering: Admission Notice for Bachelor Level Program

School of Engineering: Admission Notice for Master Level Program

पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको लिखित परीक्षासम्बन्धी सूचना

पोखरा विश्वविद्यालय स्नातकोत्तरतह छात्रवृत्ति छनौंट समितिको SECOND AWARDED LIST प्रकाशित सम्बन्धि सूचना ।
पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकाय अन्तर्गत स्नातकोत्तरतह FEE PAYING/SCHOLARSHIP को MERIT LIST प्रकाशित सम्बन्धि सूचना ।
स्वास्थ्य विज्ञान सङ्कायः स्नातकतहको भर्नासम्बन्धी अत्यन्त जरूरी सूचना

विज्ञान तथा प्रविधि संकायः स्नातकोत्तरतह छात्रवृत्ति तथा पूर्ण शुल्कीय छनौट प्रवेश परिक्षा २०८० मा सहभागि उम्मेदवारहरुको उत्तिर्ण सुचि (Pass List) प्रकाशित गरिएको सुचना ।
स्कूल अफ इन्जिनियरिङ्गः कार्यक्रम स्थानान्तरणसम्बन्धी सूचना

पोखरा विश्वविद्यालय महिला छात्रावाससम्बन्धी सूचना


पोखरा विश्वविद्यालय स्नातकतह छात्रवृत्ति छनौंट समितिको SECOND-AWARDED LIST प्रकाशित र SCHOOL TYPE-OTHERS का उम्मेदवारहरुले अनुसूचि ४ को अनलाईन फाराम भर्ने सम्बन्धि सूचना ।
पोखरा विश्वविद्यालयमा साइबर सुरक्षा सम्बन्धि अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठी सम्पन्न |
पोखरा विश्वविद्यालयमा साइबर सुरक्षा सम्बन्धि अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठी सम्पन्न |

पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रले यहि मङ्सिर ०५, २०८० (नवेम्बर २१, २०) देखि संचालन गरेको साइबर सुरक्षा सम्बन्धि चार दिने अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठी मङ्सिर ०८, २०८० (नवेम्बर २४, २०) का दिन एक समारोह आयोजना गरि सम्पन्न गरेको छ | युरोपियन कमिसन अन्तर्गतको European Education and Culture Executive Agency (EACEA) को अनुदान सहयोगमा पोखरा विश्वविद्यालय लगायत ६ देशका १४ वटा संस्थाहरु सम्मिलित Cyber Security for All (CS4ALL) (सबैका लागि साइबर सुरक्षा) नामक अन्तर्राष्ट्रिय परियोजनाको प्रथम कार्यशाला पोखरा विश्वविद्यालयमा सम्पन भएको हो | उक्त गोष्ठीमा Lovely Professional University (LPU), India बाट ३ जना, Lokmanya Tilak Jankalyan Shikshan Sanstha Nagpur (LTJSS), India बाट १ जना, Chikitsak Samuh Bombay (PVC college), India बाट २ जना, EDULAB, India बाट १ जना, IPB University, Indonesia बाट २ जना, Yayasan Pendidikan Jaya (UPJ), Indonesia बाट २ जना, University of Nicosia (UNIC), Cyprus बाट १ जना, Algebra University (ALU), Croatia बाट २ जना, Universitat Politecnica De Valencia (UPV), Spain बाट १ जना, Far Western University (FWU), Nepal बाट २ जना, Action Aid Nepal बाट १ जना, Dirghayu Nepal १ जना र आयोजक संस्था पोखरा विश्वविद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी सहीत १५ जना गरी करीब ३५ जनाले सक्रिय सभागिता जनाएका थिए |

पोखराको हल्लनचोकमा स्थित टीका रिसोर्टको सभाकक्षमा सम्पन्न कार्यशालाको उद्घाटन सत्रमा पोखरा विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका कार्यकारी निर्देशकले सबै सहभागी हरुलाई स्वागत गर्दै पोखरा विश्वविद्यालयको संक्षिप्त विवरण प्रस्तुत गर्दै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो | कार्यक्रमका दौरान परियोजनाको मुख्य संयोजक संस्था LPU का प्राध्यापक डा. अरुण मलिकले CS4ALL परियोजनाको औचित्य तथा उद्देश्यमाथि प्रकाश पार्नु भएको थियो | उक्त परियोजनाको मुख्य उद्देश्य नेपाल, भारत, र इन्डोनेसियामा साइबर सुरक्षा अध्ययन सम्बन्धि कक्षाकोठा तथा उपकरण सहयोगका साथै उपयुक्त पाठ्यक्रम तयार गरी शिक्षक तथा विद्यार्थीहरुलाई तालिम प्रदान गर्नु र आमनागरिकहरुमा साइबर सेक्युरिटी सम्बन्धि चेतना अभिवृद्धि गर्नु रहेका छन् |

गोष्ठीको उद्घाटन सत्रमा पोखरा विश्वविद्यालयका प्राध्यापक डा. दीपान्जल श्रेष्ठले Cybersecurity Landscape in Nepal: Comprehending Economic Impact, Policy Challenges, and Future Directions सम्बन्धि र Lokmanya Tilak Jankalyan Shikshan Sanstha Nagpur (LTJSS), India का प्राध्यापक डा. विवेक ननोटीले Cyber Security in India: Awareness, Need, Challenges & Threats सम्बन्धि बिशेष प्रस्तुति दिंदै साइबर सुरक्षा बिश्वब्यापी रूपमै चुनौतिपूर्ण भए पनि साइबर सुरक्षाको सचेतना न्यून भएका राष्ट्र, संस्था, वा व्यक्तिहरु अत्यन्तै जोखिममा रहने हुनाले सबैले आ-आफ्नो व्यक्तिगत एबम संस्थागत साइबर सुरक्षा प्रति सचेत रहनु पर्ने र सो का लागि उक्त विषयका बिज्ञहरुले उच्च योगदान गर्नु पर्ने बिषयमा जोड दिनु भयो | यसै गरि PVC College भारतका प्रमुख शिक्षा अधिकारी प्राध्यापक डा. माला खरकर र UNIC साइप्रसका बरिष्ठ प्रशासक क्रियाकस जर्जेउले कार्यक्रमको बारेमा मन्तब्य दिनु भएको थियो |

गोष्ठी उद्घाटन सत्रको प्रमुख अतिथिको रूपमा बोल्दै पोखरा विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. दिपक बहादुर भण्डारीले साइबर सुरक्षाप्रति सचेत रहनु सबैको आवश्यकता रहेको र पोखरा विश्वविद्यालय लगायत ६ देशका १४ वटा संस्था हरुमा साइबर सुरक्षा सम्बन्धि ३ बर्षे अन्तर्राष्ट्रिय परियोजना संचालन गर्न आर्थिक अनुदान प्रदान गरेकोमा युरोपियन युनियन प्रति आभर प्रकट गर्दै कार्यशाला एबम परियोजनाको अपेक्षित सफलताको शुभकामना व्यक्त गर्नुभयो | र उक्त परियोजना सुसम्पन्न गर्न पोखरा विश्वविद्यालयका तर्फ बाट पूर्ण सहयोग हुने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो | दोस्रो दिनको संस्कृति आदानप्रदान कार्यक्रममा पोखरा विश्वविद्यालयका तर्फबाट आयोजित रात्रिभोजमा बिशेष उपस्थिति जनाउनु भएका पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. डा. प्रेम नारायण आर्यालले CS4ALL परियोजनाले गर्दा ६ देशका १४ संस्थाका बिज्ञहरुलाई पोखरा विश्वविद्यालयमा भेला हुने अवसर मिलेको र आगामी दिनहरुमा द्विपक्षीय र बहुपक्षिय सम्बन्ध स्थापित गर्दै साइबर सुरक्षा लगायत अन्य समसामयिक चुनौती हरुलाई सामना गर्न समेत अन्तर्राष्ट्रिय बिज्ञ समूहहरुले अध्ययन अनुसन्धानमा सक्रिय रहनु पर्ने बिषय बस्तुहरुमा जोड दिदै परियोजनामा संलग्न सबै संस्थाहरुसित थप परियोजनाहरुका लागि सहकार्य गर्न पोखरा विश्वविद्यालय तत्पर रहेको जनाउनु भयो |

कार्यशाला गोष्ठी अवधिमा CS4ALL परियोजनाले निर्देष्ठ गरेका सात वटा कार्य सुचीहरू लाई तोकिएको समय तालिका अनुसार संचालन गर्नका लागी सम्बन्धित कार्य सूचिका संयोजक संस्थाका प्रतिनिधिहरुले बिस्तृत योजना प्रस्तुत गर्नु भयो र सबै सस्थाका प्रतिनिधिहरुले तोकिए अनुसार सबै कार्यहरु आगाडी बढाउन कटिबद्ध रहने धारणा व्यक्त गर्नु भयो | नियमित कार्यसुची अन्तर्गतका बिषय बस्तुहरुको छलफल संगसंगै सम्पूर्ण सहभागीहरु पोखरा वरपरका पर्यटकीय महत्वका स्थानको अवलोकन भ्रमणमा समेत समाबेस भए र सो क्रममा फेवाताल, तालबाराही मन्दिर, विन्ध्यवासिनी मन्दिर, गुप्तेश्वर गुफा, पाताले छाँगो, पुम्दिकोट, शान्तिस्तुपा तथा बेगनास तालको भ्रमण सम्पन्न भयो |
पोखरा विश्वविद्यालय केन्द्रिय कार्यालको सभाकक्षमा संचालन भएको कार्यशाला गोष्ठी समापन कार्यक्रममा परियोजना संयोजक संस्था LPU का तर्फबाट डा. अरुण मलिक र गोष्ठी आयोजक पोखरा विश्वविद्यालयका तर्फबाट अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक डा. नमराज धामीले सहभागीहरुलाई क्रमश: सहभागिताको प्रमाणपत्र र सम्झनाको चिनो प्रदान गर्नु भयो | समापन कार्क्रममा बोल्दै डा. अरुण मलिक, डा. किशन दत्त भट्ट र क्रियाकस जर्जेउले CS4ALL को कार्यशाला गोष्ठीमा सहभागी हुन् पोखरा विश्वविद्यालयमा आउन पाएकोमा खुशी व्यक्त गर्दै उत्कृष्ट कार्यक्रमको आयोजना गरेकोमा आयोजक समितिमा रहेका सम्पूर्ण शिक्षक, कर्मचारी एबम बिद्यार्थीहरुको उच्च प्रशंशा गर्दै धन्यबाद ज्ञापन गर्नु भयो | सोहि कार्यक्रममा आयोजकका तर्फबाट समापन मन्तब्य राख्दै डा. नमराज धामीले CS4ALL परियोजनाले एउटा राम्रो शुरुवात गरेको र परियोजनाका सदस्य संस्थाहरुसित जीवन्त सम्बन्ध बनाइ राख्न थप अवसरहरुको खोजि गर्दै सहकार्यको निरन्तरता गर्नु पर्नेमा जोड दिनु भयो | डा. दीपान्जल श्रेष्ठले संचालन गरेको कार्यशाला गोष्ठीको समापन कार्यक्रम आयोजक कमिटिको तर्फबाट CS4ALL परियोजनाको कार्यशाला गोष्ठी सफलता पुर्वक आयोजना एबम सम्पन गर्न प्रतक्ष अप्रक्ष सहयोग गर्नुहुने पोखरा विश्वविद्यालयका उपकुलपति, रजिष्ट्रार लगायतका पदाधिकारी, प्राद्यापक, कर्मचारी, विद्यार्थीहरु एबम स्थानीय सहयोगी संस्था मुक्तिनाथ बिकाश बैंक, पोखरा लाई हार्दिक धन्यबाद ज्ञापन गर्दै सुसम्पन्न भयो |
परियोजना सम्बन्धि बिस्तृत जानकारी पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्र बाट प्राप्त गर्न सकिने छ (इमेल: [email protected]) |
School of Engineering: Admission notice for remaining few seat.

School of Engineering: Notice

साइबर सुरक्षासम्बन्धी किकअफ् एवम् योजना कार्यशाला बैठक शुरू
साइबर सुरक्षासम्बन्धी किकअफ् एवम् योजना कार्यशाला बैठक शुरू

२०८० साल मङ्सिर ५ गते मङ्गलबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रद्वारा आयोजित एवम् युरोपियन इजुकेशन एण्ड कल्चर एक्ज्यूकिटिभ एजेन्सी (European Education and Culture Executive Agency (EACEA)) को आर्थिक सहयोगमा साइबर सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय परियोजनाको सामूहिक शुरूवाती बैठक (Kickoff Meeting) आज पोखरामा शुरू भयो । नेपाल लगायत भारत, इन्डोनेसिया, साइप्रस, क्रोसिया र स्पेन देशअन्तर्गतका १४ वटा संस्थाहरूका लगभग ३० जना विज्ञहरू सहभागि रहेको उक्त किकअफ् एवम् योजना कार्यशाला बैठक आउँदो मङ्सिर ८ गतेसम्म सञ्चालन हुनेछ । सबैका लागि साइबर सुरक्षा नाम दिइएको उक्त बैठकलाई पोखरा विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. दिपक बहादुर भण्डारीले पानसमा दिप प्रज्ज्वलन गरी उद्घाटन गर्नुभयो ।
साइबर सुरक्षासम्बन्धी उक्त किकअफ् बैठकलाई सम्बोधन गर्दै रजिष्ट्रार भण्डारीले डिजिटल प्रविधिको विकास र प्रयोगले विभिन्न अवसरहरू सिर्जना गरेपनि त्यसको दुरूपयोग र अनाधिकृत पहुँचले साइबर जगतमा त्यत्तिकै जोखिम र आक्रमण बढ्दै गएको बताउनुभयो । उहाँले विज्ञान प्रविधि र आधुनिक उपकरणको बढ्दो प्रयोगले संवेदनशिल डाटा तथा सूचना चोरी÷दुरूपयोग बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै त्यसलाई न्यूनिकरण गर्न जनस्तरमा साइबर सुरक्षासम्बन्धी जनचेतना र अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्दै जानुपर्नेमा जोड दिनुभयो ।
उक्त बैठकलाई पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सह–प्रा.डा. नमराज धामी, पोखरा विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका कार्यकारी निर्देशक सह–प्रा.डा. उमेशसिंह यादव, पोखरा विश्वविद्यालय स्कूल अफ बिजनेशका सह–प्रा.डा.दिपाञ्जल श्रेष्ठ तथा लोकमाया तिलक जनकल्याण शिक्षण संस्था, नागपुर, भारतका डा. विवेक नानोति लगायतले विश्वव्यापी डिजिटल प्रविधिको प्रयोग र सम्बन्धित राष्ट्रको वर्तमान अवस्था, साइबर सुरक्षामा देखिएका विद्यमान दुरूपयोग र चुनौतिलाई प्रस्तुतिकरण गर्नुभएको थियो ।
स्कूल अफ ईञ्जिनियरिङः कार्यक्रम स्थानान्तरण गर्नेसम्बन्धी सूचना
पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकाय अन्तर्गत स्नातकोत्तरतह PAYING/SCHOLARSHIP PROGRAM को ADMIT CARD PRINT गर्ने सम्बन्धि सूचना ।
रिसर्च कोल्याबोरेसन एण्ड एकेडेमिक एक्स्चेन्जसम्बन्धी समझदारी
रिसर्च कोल्याबोरेसन एण्ड एकेडेमिक एक्स्चेन्जसम्बन्धी समझदारी
२०८० साल मंसिर १ गते शुक्रबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्र पोखरा र नेपाल टेक्नोलोजि इन्नोभेसन सेन्टर काठमाडौ विश्वविद्यालय, धुलिखेलका (https://ntic.ku.edu.np/) बिच २०८० साल कार्तिक २४ गते शुक्रबार रिसर्च कोल्याबोरेसन एण्ड एकेडेमिक एक्स्चेन्जसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्र (एमओयु) मा पोखरा विश्वविद्यालयको तर्फबाट पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सह प्रा.डा. नमराज धामी र नेपाल टेक्नोलोजि इन्नोभेसन सेन्टर काठमाडौ विश्वविद्यालयको तर्फबाट उक्त संस्थाका निर्देशक प्रा.डा.राजेन्द्र ज्ञवालीले हस्ताक्षर गर्नुभयो ।

उक्त कार्यक्रममा नेपाल टेक्नोलोजि इन्नोभेसन सेन्टरका निर्देशक प्रा.डा.राजेन्द्र ज्ञवालीले नेपाल टेक्नोलोजि इन्नोभेसन सेन्टरमा रहेको अत्याधुनिक सुविधायुक्त प्रयोगशालालाई सबै विश्वविद्यालयहरूसँग सहकार्य गर्दै सञ्चालनमा ल्याउन सके यसको उपादेयता र प्रभावकारीतामा उल्लेख्य बृद्धि हुने बताउनुभयो । त्यसैगरी काठमाडौ विश्वविद्यालय स्कुल अफ साइन्सका डीन प्रा.डा. जनार्दन लामिछानेले दुई विश्वविद्यालयहरूबीच भएको समझदारी संयुक्त शैक्षिक कार्यक्रमहरु सञ्चालनमा ल्याउन कोशेढुंगा सावित हुने बिचार व्यक्त गर्नुभयो ।
पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान सङ्कायका डीन सह प्रा.डा. अमर नागिलाले दुई संस्थाबीचको समझदारीले विद्यार्थी प्राध्यापक लगायतलाई एकआपसमा मिलेर अनुसन्धानात्मक कार्यहरू गर्न बाटो खुलेकोले यसबाट दुबै संस्था लाभान्वित हुने बताउनुभयो ।
कार्यक्रममा पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सह प्रा.डा. नमराज धामीले सहकार्यमा अनुसन्धान गर्नका लागि दुईसंस्थाबीच भएको समझदारीले असल सुरुवात गरेको र यसलाई जीवन्त बनाइ राख्न संयुक्त कार्यक्रमहरु सञ्चालनमा ल्याउनु पर्नेमा जोड दिनु भयो ।
उक्त कार्यक्रममा काठमाडौ विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङका डीन प्रा.डा.मनिष पोखरेल, पोखरा विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका कार्यकारी निर्देशक सह प्रा. डा. उमेश सिंह यादब, स्कुल अफ हेल्थ एण्ड अलाईड साइन्सेजका निर्देशक बिमला भट्ट लगायत पोखरा विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रले साइबर सेक्युरिटी सम्बन्धि अन्तर्राष्ट्रिय परियोजना संचालन गर्दै
पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रले साइबर सेक्युरिटी सम्बन्धि अन्तर्राष्ट्रिय परियोजना संचालन गर्दै
पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रले युरोपियन कमिसन अन्तर्गतको European Education and Culture Executive Agency (EACEA) को अनुदान सहयोगमा छ देशका १४ वटा संस्थाहरु सम्मिलित Cyber Security for All (CS4ALL) (सबैका लागि साइबर सेक्युरिटी) नामक अन्तर्राष्ट्रिय परियोजना संचालनमा ल्याएको छ | भारतको पन्जाब स्थित Lovely Professional University (LPU) मुख्य संयोजक रहेको उक्त परियोजनामा नेपाल बाट Pokhara University (PU), Farwestern University (FWU), Action Aid Nepal, र Dirghayu Nepal सदस्य रहेका छन् | त्यस्तै भारत बाट Gujarat University (GUJ), Lokmanya Tilak Jankalyan Shikshan Sanstha Nagpur (LTJSS), Chikitsak Samuh Bombay (PVC college), र EDULAB सदस्य छन् | त्यस्तै इन्डोनेसिया बाट IPB University र Yayasan Pendidikan Jaya (UPJ) सदस्य छन् भने साइप्रस, क्रोसिया, र स्पेन बाट क्रमश: University of Nicosia (UNIC), Visoko Uciliste Algebra (ALU), र Universitat Politecnica De Valencia (UPV) सदस्य रहेका छन् |
जुलाई ०१, २०२३ मा विधिवत संचालन मा आएको यस परियोजनाको जम्मा लागत ७९९,९९९ युरो रहेको छ भने परियोजना तीन बर्ष सम्म (जुन ३०, २०२६) चल्ने छ | उक्त परियोजनाको मुख्य उद्देश्य नेपाल, भारत, र इन्डोनेसियामा साइबर सेक्युरिटी अध्ययन सम्बन्धि कक्षाकोठा तथा उपकरण उपलब्ध गराउनु, उपयुक्त पाठ्यक्रम तयार गरी शिक्षक तथा विद्यार्थीहरुलाई तालिम प्रदान गर्नु र आमनागरिकहरुमा साइबर सेक्युरिटी सम्बन्धि चेतना अभिवृद्धि गर्नु रहेका छन् | पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रले उक्त परियोजनाको प्रथम अन्तर्राष्ट्रिय गोष्ठी एवं प्रगति समिक्षा यहि नवेम्बर २१ देखि २४ सम्म (मङ्सिर ५-८) मा आयोजना गर्न गइ रहेकोछ | उक्त कार्यक्रममा पोखरा विश्वविद्यालय लगायत बिभिन्न ६ देशका १४ संस्थाहरुका झन्डै ३० जना बिज्ञहरु सम्मिलित रहने छन् | परियोजना सम्बन्धि बिस्तृत जानकारी पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्र बाट प्राप्त गर्न सकिने छ (इमेल: [email protected]) |
Admission Notice for B.A.LL.B. Program

Examination Schedule of Special Chance Exam 2023 (2080)
पोखरा विश्वविद्यालय स्नातकतह छात्रवृत्तिको REVISED-AWARDED LIST र AWARDED LIST को पत्र बुझ्न आउने सम्बन्धि सूचना
Faculty of Humanities and Social Sciences: Scholarship Result of MPhil and Master Level Programs

पोखरा विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत MBA, MCIS र MHCM कार्यक्रमहरुको AWARDED LIST प्रकाशित सम्बन्धि सूचना ।
पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको पदपूर्ति सम्बन्धी सूचना
Time Extension: Call for Research Article for the Journal of Development and Social Engineering
स्नातकतह छात्रवृत्तिको AWARDED LIST (COLLEGE AND PROGRAM SELECTION) प्रकाशित सम्बन्धि सूचना
पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकाय अन्तर्गत MASTER LEVEL का FEE PAYING/SCHOLARSHIP प्रवेश परीक्षाको समय थप गरिएको सम्बन्धि सूचना ।
स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्सेजः केमिकल,रियजेन्ट तथा औषधीजन्य सामाग्री खरिदसम्बन्धी दरभाउपत्र आव्हानको सूचना

स्कूल अफ इन्जिनियरिङः स्नातकतह (पूर्ण शुल्कीय) तेस्रो पटकको भर्नासम्बन्धी सूचना

Call for PURC Research Grant Proposals
School of Development and Social Engineering: Notice

Master of Philosophy (MPhil) तथा Master तहको छात्रवृत्तिको Pass List प्रकाशनसम्बन्धी सूचना

पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकाय अन्तर्गतका Master Level का कार्यक्रमहरुमा Fee Paying/Scholarship मा भर्ना गर्ने सम्बन्धि सूचना ।
पोखरा विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत स्नातकोत्तर तहको Merit List प्रकाशित गरिएको सम्बन्धि सूचना ।
स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल इन्जिनियरिङः B.A.LL.B. मा भर्नासम्बन्धी सूचना

स्कूल अफ इन्जिनियरिङः स्नातकतह (पूर्ण शुल्कीय) दोस्रो पटकको भर्नासम्बन्धी सूचना

स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल इन्जिनियरिङः B.A.LL.B. मा भर्नासम्बन्धी सूचना

स्कूल अफ इन्जिनियरिङः स्नातकतह (पूर्ण शुल्कीय) भर्नासम्बन्धी सूचना

