Apply Online

चिकित्सा शिक्षा स्नातकतहको सःशुल्क सिटहरूमा म्याचिङ भई पोखरा विश्वविद्यालय, स्वास्थ्य विज्ञान सङ्कायअन्तरगत देहायमा उल्लेखित स्कूल/कलेजहरूमा भर्ना हुने विद्यार्थीहरूले Student Admission Form रितपूर्वक भरी यस Link मा गई भर्ना हुन सकिन्छ ।

  1. B.P. Koirala Memorial Cancer Hospital Nursing College, Bharatpur, Chitwan
  2. CIST College, New Baneshwor, Kathmandu
  3. Crimson College of Technology, Butwal-11, Rupandehi
  4. Himalaya Eye Institute, Gharipatan, Pokhara, Kaski
  5. LA Grandee International College, Simalchaur, Pokhara, Kaski
  6. Modern Technical College, Sanepa, Lalitpur
  7. National Open College, Sanepa, Lalitpur
  8. Nobel College, Sinamangal, Kathmandu
भर्ना हुनका लागि विद्यार्थीले जान्नै पर्ने कुराहरूः
  1. भर्ना हुन चाहने विद्यार्थीहरूले Student Admission Form Download गरी उक्त फारम रितपूर्वक भरी त्यस फारममा आफ्नो फोटो टाँसी सम्बन्धित ठाउँमा दस्तखत गर्नुपर्नेछ । साथै फारममा अभिभावकको दस्तखत समेत गराई पेश गर्नुपर्नेछ ।
  2. भर्नाका लागि विद्यार्थीले Faculty of Health Sciences, PU को नाममा NIC ASIA BANK Ltd. मा रहेको बैंक खाता नं. 7341052293252401  मा तोकिएको शिक्षण शुल्क जम्मा गर्नुपर्नेछ ।
  3. B.Sc. Nursing कार्यक्रममा अध्ययन गर्न चाहने विद्यार्थीहरूले पहिलो किस्ताको शिक्षण शुल्कबापत रू. ३,४५,३३४।– र BNS कार्यक्रममा अध्ययन गर्न चाहने विद्यार्थीहरूले पहिलो किस्ताको शिक्षण शुल्कबापत रू. १,७२,६६७।– बैंकमा जम्मा गर्नुपर्नेछ ।
  4. B. Pharm., B.Sc. MLT, BPH, BPT, B. Optometry मध्येका कुनै एक कार्यक्रममा अध्ययन गर्न चाहने विद्यार्थीहरूले पहिलो किस्ताको शिक्षण शुल्कबापत रू. २,५९,०००।– बैंकमा जम्मा गर्नुपर्नेछ ।
  5. विद्यार्थीहरूले २०७९ साउन २६ गते ४ः०० बजेभित्र भर्ना हुनका लागि चाहिने सम्पूर्ण कागजात, बैंक भौचर र Student Admission Form लाई Submit गरी सक्नुपर्नेछ ।
  6. भर्नाका बखत कुनै समस्या भएमा विद्यार्थीले पो.वि. स्वास्थ्य विज्ञान सङ्कायको फोन नं. ०६१–५०४०७२ मा सम्पर्क गर्न सक्नेछन् ।