School of Business: Notice of MBA Second Admission List

MBA Scholarship Award List 2019 August

Award List 2019 August

School of Business: MBA Entrance Exam Result 2019 August

MBA Entrance Exam Result 2019 August.SOB

Revised Merit List of MBA Scholarship – Government School

Revised Merit List of MBA Scholarship – Government School

नेपालको स्वास्थ्य प्रणाली पुनरूत्थान गर्न राष्टिय सम्मेलन


पोखरा, २३ असार, २०७६ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका माननीयमन्त्री नरदेवी पुन मगरले नेपालमा राजनीतिक आन्दोलन सिद्धिएको उल्लेख गर्दै अब गरिवी, निरोगी र राष्ट्रप्रेमीका लागि आन्दोलन गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले उक्त विचार पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान संकाय तथा स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्सेजको प्रमुख आयोजना र विश्वविद्यालय अनुदान आयोगको सहयोगमा आयोजित “National Conference On Revitalizing National Health System of Nepal in Federal Era: Pathway to Achieve SDG Goals” नामक २ दिने राष्ट्रिय सम्मेलनमा प्रमुख अतिथिको आसनबाट बोल्दै व्यक्त गर्नुभएको हो । नागरिकको जीवन रक्षाका लागि एकिकृत स्वास्थ्य अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिँदै मन्त्री पुन मगरले स्वास्थ्यसँग सम्बन्धित कार्यक्रम स्वास्थ्यकर्मीबीच मात्र सीमित नराखी जनताका घरदैलोसम्म पुराउनुपर्छ भन्नुभयो । मन्त्री पुन मगरले कुपोषण हुन नदिन र बच्न के गर्नुपर्छ, आइरन चक्की प्राप्तिका लागि कस्ता खानेकुरा सेवन गर्नुपर्छ, मातृशिशु मृत्यूदर कसरी नियन्त्रण गर्ने, हार्ट एटेकबाट कसरी बच्ने तथा नसर्ने रोग नियन्त्रण गर्न के विधि अपनाउनुपर्छ आदि यावत कुरामा नागरिकलाई सचेत बनाउनु आवश्यक रहेको उल्लेख गर्नुभयो ।

जबसम्म जनतामा ज्ञान हुँदैन, स्वास्थ्य क्षेत्र उँभो लाग्दैन भन्दै मन्त्री पुनले बौद्धिक क्षेत्रलाई दक्ष, स्वस्थ्य, नैतिकवान र निरोगी नागरिक बनाउन मसिनो ढंगले तथ्यांकमा आधारित बहस, छलफल र अनुसन्धान गर्न आग्रह गर्नुभयो । उहाँले असल अनुसन्धानकर्ताबाट आएको सही निष्कर्षले गण्डकी प्रदेशको स्वास्थ्यसम्बन्धी नीति निर्माण र बजेट विनियोजनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

पोखरा विश्वविद्यालय, विज्ञान तथा प्रविधि संकायका डीन डा. खेमराज जोशीले दिगो आर्थिक विकासका न्यूनतम लक्ष्य हासिल गर्न स्वस्थ्य तथा समृद्ध जीवनको परिकल्पना अपरिहार्य भएको विचार व्यक्त गर्नुभयो । उहाँले खाद्य सुरक्षा, शुन्य भोकमरी, गरिवी निवारण लगायत गुणस्तरीय शिक्षा, शैक्षिक, भौतिक पूर्वाधार र लैङ्गिक समानता आदि दिगो आर्थिक विकासका सूचक भएको उल्लेख गर्दै यी लक्ष्यप्राप्तिलाई तथ्यांक र अनुसन्धानले ठूलो मद्दत गर्ने उल्लेख गर्नुभयो । सम्मेलन व्यवस्थापन समितिका अध्यक्ष एवम् पोखरा विश्वविद्यालय, स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्सेजका निर्देशक डा. डमरू प्रसाद पनेरूले राष्टिय स्वास्थ्य नीतिमा सुधार र सशोधन गर्दै उत्कृष्ट शैक्षिक पथमार्गका लागि यो सम्मेलन फलिभूत हुने विश्वास व्यक्त गर्नुभयो ।

सम्मेलन व्यवस्थापन समितिका सचिव सहप्राध्यापक डा. दिपेन्द्रकुमार यादवले सम्मेलनको महत्व र उपलब्धीका बारेमा प्रकाश पार्नुभएको थियो । त्यसै गरी ईन्स्टिच्यूट अफ मेडिसिनका पूर्व सहायक डीन प्रा.डा. शरद राज अन्टाले स्वास्थ्यमा दिगो आर्थिक विकास लक्ष्य हासिल गर्न सरकार, नागरिक समाज, संघ संगठनको प्रतिबद्धता र शैक्षिक एक्यवद्धताको खाँचोमा जोड दिनुभयो । त्यसैगरी गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक खिम बहादुर खड्काले विश्वव्यापि स्वास्थ्य सुरक्षाका बारेमा गुणस्तरीय सेवाका लागि अपनाइनुपर्ने विधि र प्रक्रियाका बारेमा प्रकाश पार्नुभएको थियो । स्वास्थ्य बीमा बोर्डका अध्यक्ष सहप्राध्यापक डा. उमा शंकर प्रसादले स्वास्थ्य बीमा कार्यक्रमलाई सबै जनताको पहुँचसम्म पुर्याउन सके देशको आर्थिक विकासमा टेवा पुग्ने विचार व्यक्त गर्नुभयो ।

स्वास्थ्यसम्बन्धी राष्टिय सम्मेलनमा पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान संकाय अन्तरगत अध्ययनरत आंगिक, संयुक्त आंगिक तथा सम्बन्धनप्राप्त महाविद्यालयका जनस्वास्थ्य, अप्टोमेट्री विषयका करीब ३ दर्जनभन्दा बढी विद्यार्थी, अनुसन्धानकर्ताको उपस्थिति थियो । सम्मेलनको वैज्ञानिक सत्रमा ७ वटा कार्यपत्रहरू, मौखिक प्रस्तुतिमा ७ वटा कार्यपत्रहरू र १२ वटा पोष्टर प्रस्तुति राखिएका छन् । जनस्वास्थ्य विषयका विद्यार्थीले सांस्कृति कार्यक्रम र उपप्राध्यापक चिरञ्जीवी अधिकारीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

Exam Schedule Spring 2019 Master All Final

Exam-Schedule_Spring_2019_Master_All Final

MBA Exam Center

Exam Center MBA

स्कूल अफ बिजनेशः MBA प्रवेश परीक्षाको अन्तरवार्तासम्बन्धी सूचना

पोखरा विश्वविद्यालय सेवा आयोगको कार्यालयः श्रेणी विहीन प्रयोगशाला सहयोगी पदको अन्तरवार्ताको नतिजा प्रकाशनसम्बन्धी सूचना

व्यवस्थापन संकायः MBA कार्यक्रमको छात्रवृत्ति परीक्षामा उत्तीर्ण हुने उम्मेदवारहरुको Merit List प्रकाशित गरिएको सूचना

MBA Scholarship Merit List 2019 August

लगभग १ अर्बको बजेट पारित गर्दै २० औं सभा सम्पन्न

२०७६ असार १७ गते मंगलबार । पोखरा विश्वविद्यालयको २० औं साधारण सभाको बैठक ९९ करोड ५० लाख ९० हजारको बजेट पारित गर्दै प्रधानमन्त्रीको नीजि सचिवालय, बालुवाटार, काठमाडौंमा सम्पन्न भएको छ । सम्माननीय प्रधानमन्त्री तथा पोखरा विश्वविद्यालयका कुलपति के.पि. शर्मा ओलीको अध्यक्षता एवम् माननीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको समुपस्थितिमा सम्पन्न उक्त सभाले आ.व. २०७६÷७७ का लागि पूँजीगत खर्चतर्फ रू. ३० करोड ९८ लाख ४७ हजार र साधारण खर्चतर्फ रू.६८ करोड ५३ लाख ४३ हजारको बजेट स्वीकृत गर्दै पारित गरेको हो ।

विश्वविद्यालयको २० औंं सभालाई सम्बोधन गर्दै सम्माननीय प्रधानमन्त्री के.पि. शर्मा ओलीले विश्वविद्यालयहरू परम्परागत शिक्षा पद्धति र विचारलाई आत्मसात गर्दै अगाडि बढेकाले देश पछाडि परेको बताउनु भएको छ । शिक्षालाई उत्पादनसित, प्रविधि, काम र व्यवहारसित नजोडेका कारण दक्ष र सिपयुक्त जनशक्ति हामीसँग नभएको प्रधानमन्त्रीले उल्लेख गर्नुभयो । उहाँले सही किसिमले जनशक्ति प्रक्षेपणको नीति विश्वविद्यालयले नलिएका कारण बीच बाटोमै हामी अलमलिएको र युवा शिक्षित भएर पनि बेरोजगार र सस्तो श्रमशक्तिका रुपमा विदेश पलायन हुँदै गएको प्रति दुःख व्यक्त गर्नुभयो । प्रधानमन्त्रीले हाम्रो ज्ञान र शास्त्रको परम्परा, लय, छन्द, ताल र सुरलाई लिपिबद्ध गर्न नसकेकाले शिक्षामा सुधार गर्न नसकिएको उल्लेख गर्नुभयो । एक हजार वर्ष पहिला स्थापित विश्वका सबैभन्दा पुराना तक्षशिला र नालान्दा विश्वविद्यालय र ६० वर्ष पुराना हाम्रा विश्वविद्यालयको दुरीलाई हामीले सहँदै आएको उल्लेख गर्दै प्रधानमन्त्रीले हाम्रो भू—भाग पछाडि परेको नभई हाम्रो शिक्षा आयातित, कपि गरेको र लेखपढ गर्ने पद्धतिमा आधारित रहेकाले हामी पछाडि परेको बताउनुभयो । देशको आवश्यकता अनुसार शिक्षालाई डो¥याउनुपर्ने, निर्देशित गर्नुपर्ने उल्लेख गर्दै अन्धाधुन्द र नाफा कमाउने किसिमले शिक्षाको स्वीकृति र सम्बन्धन दिन विश्वविद्यालय कठोर हुनुपर्नेमा प्रधानमन्त्रीको जोड थियो ।

शिक्षामन्त्री तथा पोखरा विश्वविद्यालयका सहकुलपति गिरिराजमणि पोखरेलले विश्वविद्यालय भनेका जनशक्ति उत्पादन गर्ने केन्द्र भएकाले यसले उच्च दक्षता र सिप भएको तथा उच्चतम दक्षता र सिप भएको जनशक्तिको रुपमा प्रक्षेपण गरी योजनाबद्ध ढंगले जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो । यसका लागि माग र आपूर्तिसँग जोडेर शिक्षा नीति अगाडि बढ्नुपर्ने उहाँको विचार थियो ।

पोखरा विश्वविद्यालय उपकुलपति प्रा. चिरञ्जीवी प्रसाद शर्माले स्वागत, नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने रजिष्टार गोविन्दप्रसाद शर्माले विश्वविद्यालयको वार्षिक कार्यक्र र बजेट प्रस्तुत गर्नुभएको थियो ।

Pokhara University Management Admission Test (PUMAT) को लिखित परीक्षामा उत्तीर्ण हुने उम्मेदवारहरूको Merit List प्रकाशित गरिएको सूचना

PUMAT Merit List Notice

PUMAT Merit List August 2019

Students’ Application Form for Admission

EXAM CENTER: Fall Semester 2019 ( Master Program)

Exam Center

School of Health and Allied Sciences: 2nd Round Short Listed Notice for EMIS Software

HEMIS Second round Short Listed Notice

पोखरा विश्वविद्यालयद्वारा दिगो विकासमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजन

१४ असार, २०७६ । पोखरा विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकाय एवम् स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल ईञ्जिनियरिङ्गले दिगो विकासमा अन्तर्राष्ट्रिय सम्मेलन शुरू गरेको छ । दिगो विकासः दृष्ट्रिकोण, तयारी र कार्यहरूमा अन्तर्राष्टिय सम्मेलन नाम दिइएको उक्त सम्मेलनलाई पोखरा विश्वविद्यालयका रजिष्ट्रार गोविन्दप्रसाद शर्माले गमलामा राखेको बिरूवामा पानी सेचन गरी उद्घाटन गर्नुभयो । सम्मेलनमा आफ्नो मन्तव्य राख्दै रजिष्ट्रार शर्माले विश्वव्यापी साझा विषय र चुनौतिका रूपमा रहेको आर्थिक, सामाजिक, र पर्यावरणीय समस्याहरूको न्यूनिकरण कार्यान्वयन गर्ने दिशामा सम्मेलन फलिभूत हुने विश्वास व्यक्त गर्नुभयो ।

मानविकी तथा सामाजिक शास्त्र संकायका डीन प्रा.डा. ईन्द्रप्रसाद तिवारीले नेपालजस्तो साधन र स्रोतले सम्पन्न मुलुकका लागि बहुमूल्य सम्पदाहरूको संरक्षण र सम्बर्धन, भौतिक पूर्वाधारको जोखिम न्यूनिकरण, पर्यटन विकास, जलवायु परिवर्तनको प्रभाव न्यूनिकरण कसरी गर्ने भन्ने आदि विषय नै प्रमुख चुनौतिका रूपमा रहेकाले सम्मेलन तिनै विषयमा केन्द्रीत हुने उल्लेख गर्नुभयो ।

पोखरा विश्वविद्यालयका पूर्व रजिष्ट्रार प्रा.डा. ओमप्रकाश शर्माले मानव समाजले भोग्नुपरेका तनाव र जटिलताहरूलाई सुरक्षित र सन्तुलन कायम राखेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । दिगो आर्थिक विकास र वातावरण संरक्षण गर्दै परिवर्तनमुखी मानव सम्भयताका लागि हामीले राष्टिय जिम्मेवारी विर्सन नहुने उहाँको तर्क थियो ।

पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायका डीन डा. खेमराज जोशीले गुणात्मक शिक्षा प्राप्तिमा देखिएका चुनौति र अवसरहरूको लेखाजोखा गर्दै त्यसको नीति निर्माणमा सम्मेलनले दिशा निर्देश गर्ने विश्वास व्यक्त गर्नुभयो । स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल ईञ्जिनियरिङ्ग, पोखरा विश्वविद्यालयका निर्देशक डा. रामप्रसाद अर्यालले स्वागत मन्तव्य राख्दै सम्मेलनको महत्व र उपलब्धीका बारेमा र सह–प्राध्यापक डा. अजय थापाले सम्मेलनमा प्रस्तुत हुने कार्यपत्रहरूको बारेमा प्रकाश पार्नुभएको थियो ।

सम्मेलनमा नेपाल, भारत, पाकिस्तान, साउदी अरेबिया, फ्रान्स, भिएतनाम, क्यानडा र अमेरिकाबाट दिगो विकासः दृष्टिकोण, तयारी र कार्यहरूका ९ वटा विषयमा कुल ४१ वटा कार्यपत्रहरू प्रस्तुत भएका छन् । ३ दिने सम्मेलन २०७६ असार १५ गते सम्पन्न हुनेछ ।

Rechecking Re-totaling_2018 Spring_Masters

Rechecking Re-totaling_2018 Spring_Masters

School of Health and Allied Sciences: Vacancy Announcement for Lecturer

पोखरा विश्वविद्यालय सेवा आयोगको कार्यालयको प्रशासनिक पदहरूको अन्तरवार्ताको नतिजा प्रकाशनसम्बन्धी सूचना

 

MBA Results

Boston

MBA Result_Boston

Rajdhani

MBA V Trimester

MBA VI Trimester

SAIM

MBA 2nd Trimester

MBA 3rd Trimester

MBA 5th Trimester

NOTICE FOR RE-TOTALING/RE-CHECKING

The application for re-totaling and re-checking of answer sheets must be received by the Office of  the Controller of Examinations, Lekhnath, Pokhara by 03 July, 2019 (5:00 PM).

स्कूल अफ ईञ्जिनियरिङ्गः पूर्णकालीन करार सेवामा शिक्षकको पदपूर्तिको अन्तरवार्ताको नतिजा प्रकाशित सम्बन्धी सूचना

Results: Biochemistry, Nursing & Structural Engineering

B. Sc. Biochemistry_8th

Nursing_1st_new      Nursing_1st_old     Nursing_2st     Nursing_3rd

Structure_2nd_fall      Structure_Retake_fall

व्यवस्थापन सङ्कायः MBA छात्रवृत्ति आवेदन फारम भर्ने म्याद थपसम्बन्धी सूचना

School of Health and Allied Sciences: Short Listed for EMIS Software

Notic for EMIS

व्यवस्थापन संकायः केन्द्रीकृत प्रवेश परीक्षाको आवेदन फारम भर्ने म्याद थपसम्बन्धी सूचना

व्यवस्थापन संकायः केन्द्रीकृत प्रवेश परीक्षा केन्द्र निर्धारणसम्बन्धी सूचना

स्कूल अफ ईञ्जिनियरिङ्गः करार सेवा उपप्राध्यापक पदमा आवेदन दिनेहरूको अन्तरवार्तासम्बन्धी सूचना

स्कूल अफ ईञ्जिनियरिङ्गः कोर्ष करार सेवामा शिक्षक पदपूर्तिसम्बन्धी सूचना

Faculty of Management Studies (FMS) Announces Admission Open for MBA Fee Paying and Scholarship for August 2019 Session

MBA Paying and Scholarship Admission Notice

Application form for Scholarship 2076

Application-Form-Fee-Paying-MBA-2019-August

MBA-Scholarship-Details-2019-August

Centralized Entrance Examination Sample Question

MBA Results

Apex

MBA Evening       MBA Regular

Excel

MBA II        MBA III        MBA V

Rajdhani

MBA III

Rechecking Re-totaling_EMBA

Rechecking Retotaling_2018 Spring_NCIT

Rechecking Re-totaling_2018 Spring_NCIT

उत्तरपुस्तिका छपाई गरी खरिद गर्ने बारेको बोलपत्र आह्वान सम्बन्धी सूचना

Details Notice of Answer sheet Printing

निर्धारित समयमा नै परीक्षा सञ्चालन गर्ने सम्बन्धमा परीक्षा नियन्त्रण कार्यालयको सूचना

Notice of Exam

2019 Fall_Master Routines (Science and Technology)

2019 Fall_Master Routines Science and Technology

Spring Trimester 2019 MBA Routine

Spring Trimester 2019 MBA Routine

Master Exam Center_Fall 2019

Master Exam Center_Fall 2019

‘प्लेजरिज्म याण्ड रेस्पोन्सिबल कण्डक्ट अन रिसर्च याण्ड पब्लिकेशन’ विषयमा तीन दिने कार्यशाला सम्पन्न

२०७५ जेठ ३०, पोखरा लेखनाथ ।
पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रको आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा आज यहाँ ‘प्लेजरिज्म याण्ड रेस्पोन्सिबल कण्डक्ट अन रिसर्च याण्ड पब्लिकेशन (बौद्धिक चोरी तथा अनुसन्धान एवं प्रकाशनमा जिम्मेवारीपूर्ण व्यवहार)’ विषयमा तीन दिने कार्यशाला सम्पन्न भयो ।

कार्यशालाको प्रथम दिन कार्यक्रमको उद्‌घाटन गर्दै पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. केशर जङ बराललेअनुसन्धान प्रकाशनमा जानी वा नजानी पनि हुन सक्ने बौद्धिक चोरीबाट सबै अनुसन्धाताहरू बच्नु पर्ने बताउनुभयो ।  प्रा. बरालले बौद्धिक चोरीका प्रकारका बारेमा चर्चा गर्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय बौद्धिक चोरीका उदाहरणहरू मार्फत् यसबाट हुने दुष्परिणामका विषयमा समेत सावधान गराउनुभएको थियो ।

पोखरा विश्वविद्यालय ‘इन्स्टिट्युशनल रिभ्यु कमिटि’का अध्यक्ष प्रा. डा. विष्णुराज तिवारीको सभापतित्वमा सम्पन्न उद्‌घाटन सत्रमा पोखरा विश्वविद्यालय मानविकी तथा समाजशास्त्र संकायका डीन प्रा. डा. इन्द्रप्रसाद तिवारीले यस्ता कार्यक्रमहरूले युवा अनुसन्धानकर्ताहरूमा  ठूलो प्रभाव पर्ने बताउँदै यसले भविष्यका अनुसन्धानको गुणस्तर बृद्धि हुने विश्वास प्रकट गर्नुभएको थियो भने पोखरा विश्वविद्यालय प्राध्यापक संघका सभापति हेमराज पाण्डेले कार्यक्रमको सफलताको कामना गर्नुभएको थियो ।

कार्यशालामा वैज्ञानिक अनुसन्धान तथा प्रकाशनका विषयमा आवश्यक पर्ने नैतिक व्यवहारका विभिन्न पक्षहरूमा प्रा. डा. विष्णुराज तिवारी, प्रा. डा. टेकराज ज्ञवाली,  प्रा. डा. विकास केसी, प्रा. डा. अरूण कोइराला,  डा. डमरू पनेरू, डा. अनन्त ढुङ्गाना, राजु पाण्डे, रोजना ढकाल, अतिस कौण्डिन्यायन, अनिल गिरी, निम डीसी, सङ्गम सुवेदी गायतका विज्ञहरूले विभिन्न सत्र तथा छलफल कार्यक्रमहरू सञ्चालन गर्नु भएको थियो । कार्यक्रममा पोखरा  विश्वविद्यालय अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सह प्रा. गुलाम मोहम्मद खानले कार्यशालाको उद्देश्य माथि प्रकाश  पार्दै  पोखरा  विश्वविद्यालय अनुसन्धान केन्द्रले भविष्यमा पनि यस्ता कार्यक्रम सञ्चालन गरीरहने बताउनुभएको थियो ।

कार्यशालामा पोखरा विश्वविद्यालयका चारै आङ्गिक स्कूलहरू, क्रिमसन कलेज बुटबल, नोबेल कलेज काठमाण्डौं, मोडर्न टेक्निकल कलेज काठमाण्डौं, गण्डकी मेडिकल कलेज, पृथ्वीनारायण क्याम्पस त्रिवि लगायतका शैक्षिक संस्थाबाट ४० जना प्राध्यापक तथा अनुसन्धानकर्ताहरूले भाग लिनुभएको थियो ।

 

 

Results: MA English, MDEVS and MPGD

MA in English 4th.xls.tmp

MDEVS_1st       MDEVS_2nd       MDEVS_3rd       MDEVS_4th

MPGD_1st       MPGD_2nd       MPGD_3rd       MPGD_4th

NOTICE FOR RE-TOTALING/RE-CHECKING
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of  the Controller of Examinations, Pokhara Lekhnath by 17 Jun, 2019 (5:00 PM).

श्रेणी विहीन प्रयोगशाला सहयोगी सिभिल, मेकानिकल, इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स पदको अन्तर्वार्ता परीक्षा सम्वन्धि सूचना

    

स्कूल अफ बिजनेसद्वारा खोलौं बैंक खाता भन्ने नाराका साथ बैकिगं साक्षरता अभियान शुरू

स्कूल अफ बिजनेस पोखरा विश्वविद्यालय र नेपाल बैंकर्स एशोसियनको बीच भएको समझदारी बमोजिम स्कूल अफ बिजनेसका स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीहरूले “खोलौं बैंक खाता” भन्ने नाराका साथ बैकिगं साक्षरता अभियान जेठ २५, २०७६ गते कास्की जिल्लाको रूपा गाउँपालिका शिवालय मा. वि सिर्कुतानमा एक कार्यक्रमका बीच शुरू भएको छ ।

पोखरा विश्वविद्यालयको आंगिक महाविद्यालय स्कूल अफ बिजनेस, रूपा गाउँपालिका र सनराइज बैंक बीचको त्रिपक्षीय सहकार्यमा “एक घर एक बैंक खाता” भन्ने नेपाल सरकारको नारालाई सफल बनाउने अभिप्रायले यो अभियानको शुरूवात भएको हो । कार्यक्रमको उद्घाटन रूपा गाउँपालिकाका अध्यक्ष श्री नवराज ओझा र स्कूल अफ बिजनेसका निर्देशक डा. रविन्द्र घिमिरेले संयुक्त रूपमा गर्नु भएको थियो ।

रूपा गाउँपालिकाका अध्यक्ष श्री नवराज ओझाले व्यवस्थापन संकायका बिद्यार्थीहरूले, गाउँको जनजीवन, अर्थतन्त्रको अध्ययन गरी व्यवहारिक शिक्षा लिनका लागि गाउँमा आएका र उनिहरू सामाजिक उत्तरदायित्व पूरा गर्न बैंक खाता खोल्ने अभियानमा लागेको जानकारी दिनु भयो । अध्यक्षले आम जनताको बैंक खाता भए पछि समृद्धि देशमा आउनेछ, किनकी आर्थिक गतिविधिहरूमा वृद्धि हुनेछ भन्नु भयो । उक्त दिन ३०० भन्दा बढी खाताहरु खोलिएको थियो ।

MBA Results

ACE

MBA Evening_3rd and Retake       MBA Regular_3rd

QUEST

MBA 2nd       MBA 3rd       MBA 5th

UNIGLOBE

MBA II Finance       MBA II       MBA III        MBA III Finance        MBA V Finance       MBA V

 

प्रशासनिक पदहरूको लिखित परीक्षाको नतिजा (समावेशी सूचिसहित)

 

Results: M.Phil, MSc. ISE & MA

M.Phil_1st    M. Phil_2nd       M. Phil_REtake

M. Sc.ISE_1st       M. Sc.ISE_2nd

MA_1st       MA_2nd        MA_3rd       MA_REtake

प्रशासनिक पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशनसम्बन्धी सूचना

नेपाल बैंकर्स संघ तथा पोखरा विश्वविद्यालय स्कूल अफबिजनेसबीच सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल बैंकर्स संघ तथा पोखरा विश्वविद्यालय स्कूल अफबिजनेसबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सो सम्झौतापत्रमा संघका अध्यक्ष श्री ज्ञानेन्द्र प्रसाद ढुंगाना तथा पोखरा विश्वविद्यालय स्कूलअफ बिजनेसका निर्देशक डा. रविन्द्र धिमिरेले हस्ताक्षर गरे । उक्त सम्झौताले दुवै संस्थाबीच वित्तीय साक्षरताका कार्यक्रमहरु ग्रामिण भेगमा अगाडि बढाउन सहयोग मिल्नुका साथै आगामी दिनहररूमा यसले वित्तीय साक्षरता तथा बैंकिङ्ग प्रवर्धनमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।
विश्वविद्यालयमा अध्यनरत विद्यार्थीहरुले वाणिज्य बैंकहरूसँगको सहकार्यमा ग्रामिण क्षेत्रमा गई वित्तीय साक्षरता बढाउनुका साथै बैंकिङ्ग कारोवारका लागि उत्प्रेरित गर्नेछन् । यस अभियानले नेपाल सरकारले ल्याएको “खोलौं बैंक खाता अभियान” लाई समेत ठूलो मद्दत गर्ने अपेक्षा राखिएको छ ।

स्कूल अफ हेल्थ एण्ड एलाइड साइन्सेसः HEMIS Software निर्माण गर्ने बारेको सिलबन्दी दरभाउपत्र आव्हानको सूचना

Examination Schedule (Fall 2019)-MHCM_PGDHCM_EMBA

Examination Schedule (Fall 2019)

2019 Fall_Master_Routines -M.Sc Environment

2019 Fall_Master_Routines -M.Sc Environment

School of Health and Allied Sciences: Invitation of Sealed Quotation for Painting Works on Main Academic Block

School of Health & Allied Sciences: Vacancy Announcement for Lecturer

Masters Routine Fall 2019 (Science and Technology)

2019 Fall_Master_Routines -Science and Technology