पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रले साइबर सेक्युरिटी सम्बन्धि अन्तर्राष्ट्रिय परियोजना संचालन गर्दै 

पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रले साइबर सेक्युरिटी सम्बन्धि अन्तर्राष्ट्रिय परियोजना संचालन गर्दै 

पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रले युरोपियन कमिसन अन्तर्गतको European Education and Culture Executive Agency (EACEA) को अनुदान सहयोगमा छ देशका १४ वटा संस्थाहरु सम्मिलित Cyber Security for All (CS4ALL) (सबैका लागि साइबर सेक्युरिटी) नामक अन्तर्राष्ट्रिय परियोजना संचालनमा ल्याएको छ | भारतको पन्जाब स्थित Lovely Professional University (LPU) मुख्य संयोजक रहेको उक्त परियोजनामा नेपाल बाट Pokhara University (PU), Farwestern University (FWU), Action Aid Nepal, र Dirghayu Nepal सदस्य रहेका छन् | त्यस्तै भारत बाट Gujarat University (GUJ), Lokmanya Tilak Jankalyan Shikshan Sanstha Nagpur (LTJSS), Chikitsak Samuh Bombay (PVC college), र EDULAB सदस्य छन् | त्यस्तै इन्डोनेसिया बाट IPB University र Yayasan Pendidikan Jaya (UPJ) सदस्य छन् भने साइप्रस, क्रोसिया, र स्पेन बाट क्रमश: University of Nicosia (UNIC), Visoko Uciliste Algebra (ALU), र Universitat Politecnica De Valencia (UPV) सदस्य रहेका छन् |

जुलाई ०१, २०२३ मा विधिवत संचालन मा आएको यस परियोजनाको जम्मा लागत ७९९,९९९ युरो रहेको छ भने परियोजना तीन बर्ष सम्म (जुन ३०, २०२६) चल्ने छ | उक्त परियोजनाको मुख्य उद्देश्य नेपाल, भारत, र इन्डोनेसियामा साइबर सेक्युरिटी अध्ययन सम्बन्धि कक्षाकोठा तथा उपकरण उपलब्ध गराउनु, उपयुक्त पाठ्यक्रम तयार गरी शिक्षक तथा विद्यार्थीहरुलाई तालिम प्रदान गर्नु र आमनागरिकहरुमा साइबर सेक्युरिटी सम्बन्धि चेतना अभिवृद्धि गर्नु रहेका छन् | पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रले उक्त परियोजनाको प्रथम अन्तर्राष्ट्रिय गोष्ठी एवं प्रगति समिक्षा यहि नवेम्बर २१ देखि २४ सम्म (मङ्सिर ५-८) मा आयोजना गर्न गइ रहेकोछ | उक्त कार्यक्रममा पोखरा विश्वविद्यालय लगायत बिभिन्न ६ देशका १४ संस्थाहरुका झन्डै ३० जना बिज्ञहरु सम्मिलित रहने छन् | परियोजना सम्बन्धि बिस्तृत जानकारी पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्र बाट प्राप्त गर्न सकिने छ (इमेल: purc@pu.edu.np) |