Educational Data Form

आदरणीय प्रिन्सिपलज्यू,
पोखरा विश्वविद्यालयले हरेक वर्ष आफ्ना आंगिक, संयुक्त आंगिक तथा सम्बन्धनप्राप्त महाविद्यालयहरूको शैक्षिक तथ्यांक संकलन गरी त्यसलाई आधिकारिक तथ्यांकको रूपमा विभिन्न मन्त्रालय, विश्वविद्यालय अनुदान आयोग लगायतका विविध क्षेत्रमा मागबमोजिम उपलब्ध गराउँदै राष्ट्रिय तथ्यांक प्रकाशन तथा प्रसारणमा सहयोग गर्दै आइरहेको अवगत नै छ । यस वर्षपनि उक्त कार्यलाई निरन्तरता दिँदै तथ्यांक अद्यावधिक गर्नुपर्ने भएकोले त्यस महाविद्यालयको २०२२ सम्मको तथ्यांक तपसिल बमोजिमको फाराममा भरी पेश गर्नुहुन अनुरोध छ ।

सूचना शाखा
पोखरा विश्वविद्यालय