पोखरा विश्वविद्यालयमा Xuzhou University of Technology को उच्च स्तरीय प्रतिनिधिमण्डलको औपचारिक भ्रमण भव्यताका साथ सम्पन्न ।

21/06/2026

२०८३ असार ०७ गते, आइतबार, पोखरा–३०, कास्की

यही असार ६ गते जनवादी गणतन्त्र चीनको Xuzhou University of Technology काPresident को नेतृत्वमा आएको सात सदस्यीय प्रतिनिधिमण्डलले पोखरा विश्वविद्यालयको औपचारिक भ्रमण सम्पन्न गरेको छ । भ्रमण टोलीको स्वागत तथा दुई विश्वविद्यालय बीच आपसी सहकार्य एवम भावी योजनाहरुका विषयमा वितृत छलफल, प्रस्तुतीकरण तथा अन्तरक्रियाका लागि पोखरा विश्वविद्यालयमा एक विशेष कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रमको अध्यक्षता पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. विष्णु राज तिवारीले गर्नु भएको थियो भने कार्यक्रमको प्रमुख अतिथि Xuzhou University of Technology का President Prof. Zhang Nong रहनु भएको थियो । साथै कार्यक्रममा Xuzhou University of Technology af6 Director of President’s Office, Prof. Wu Weili, Director of International Cooperation Department, Prof. Dong Liangfang, Director of Enrollment and Employment, Prof. Wu Lin, Dean of the School of Physics and New Energy Prof. Chong Fali, Prof Zhang Wei, Department of Management का साथै डा. केशव कुंवर (Xuzhou University of Technology का सहजकर्ता ) को उपस्थिती रहेको थियो । यसैगरी कार्यक्रममा पोखरा विश्वविद्यालयका रजिष्ट्रार प्रा. हरि बहादुर खड्का, व्यवस्थापन अध्ययन संकायका डीन प्रा.डा. ज्ञानेश्वर शर्मा, विज्ञान तथा प्रविधि संकायका डीन प्रा.राजेश कुमार ठगुराठी, मानविकी तथा सामाजिकशास्त्र संकायका डीन सह –प्रा. डा. अजय थापा, परीक्षा नियन्त्रक उप–प्रा. राजु पाण्डेय, अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सह –प्रा.डा. निरञ्जन श्रेष्ठ, अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका कार्यकारी निर्देशक सह –प्रा.डा.दिपाञ्जल श्रेष्ठ, पोखरा विश्वविद्यालय शिक्षण अस्पतालका निर्देशक डा. सि.पि. आचार्य, स्कुल अफ हेल्थ एण्ड एलाइड साइन्सेसका निर्देशक सह –प्रा.डा.तुल्सीराम भण्डारी लगायत पोखरा विश्वविद्यालयका पुर्व पदाधिकारीहरु, कार्यक्रम संयोजक, विभिन्न निकायका कर्मचारी एवम विद्यार्थीहरुको समेत उपस्थिती रहेको थियो ।

कार्यक्रमको सुरुवातमा पोखरा विश्वविद्यालयका उपकुलपतिज्यूले भ्रमण टोलीका सदस्यहरुको स्वागत गर्नुभएको थियो भने अनुसन्धान केन्द्रका कार्यकारी निर्देशकज्यूले स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको थियो । मन्तव्यका क्रममा डा. श्रेष्ठले यस भ्रमणले दुई विश्वविद्यालय बिचको सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भयो । यसैगरी Xuzhou University सँगको MoU सम्झौता अनुरुप पोखरा विश्वविद्यालयमा Chinese Language and Culture Center को स्थापनाका लागि अवधारणा पत्र प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका कार्यकारी निर्देशकज्यूले सो केन्द्रसँग सम्बन्धित यावद विषयवस्तुहरुमा जानकारी एवम् भावी योजनाहरुको विस्तृत प्रस्तुतीकरण प्रदान गर्नु भएको थियो । त्यस लगतै मानविकी तथा सामाजिकशास्त्र संकायका डीनज्यूले उक्त प्रस्तुतीकरणमा आफ्नो प्रतिक्रिया प्रदान गर्नु भएको थियो । त्यस क्रममा डा. थापाले भाषा केवल सञ्चारको माध्यम मात्र नभई ज्ञान आदान प्रदानको महत्वपूर्ण साधन रहेको धारणा व्यक्त गर्दै भाषा तथा संस्कृति केन्द्रको महत्व बारे आफ्नो धारणा व्यक्त गर्नुभयो । साथ साथै दुई विश्वविद्यालयहरुको सहकार्यमा संयुक्त रुपमा पाठ्यक्रम निमार्ण गरी संयुक्त कार्यक्रमहरुको सञ्चालन तथा विद्यार्थी आदान प्रदानका सम्भावना तथा अन्य भावी योजनाहरुका बारेमा समेत उहाँले चर्चा गर्नुभएको थियो ।
यसैगरी पोखरा महानगरपालिकाका प्रतिनिधिका रुपमा पाल्नुभएका कार्यपालिका सदस्य श्री निर्मल दियालीले पोखरा र सुजो शहर बिच भगिनी सम्बन्ध रहेको स्मरण गर्दै दुई विश्वविद्यालय बीच हुने सहकार्यमा पोखरा महानगरपालिकाको तर्फबाट पूर्ण साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । यसका साथै पोखरा विश्वविद्यालयका रजिष्ट्रारज्यूले आफ्नो मन्तव्य मार्फत भ्रमण टोलीलाई पोखरा विश्वविद्यालयको भ्रमण गरी कार्यक्रममा उपस्थित भएकोमा विशेष आभार प्रकट गर्नुभएको थियो ।
साथै त्यस पछिको क्रममा कार्यक्रमका प्रमुख अतिथि Xuzhou University of Technology का  President ले विशेष सम्बोधन गर्नु भएको थियो । सो सम्बोधन मार्फत उहाँले पोखरा विश्वविद्यालयको आतित्थ्यता र स्वागतका लागि आभार प्रकट गर्दै दुई विश्वविद्यालय बीचको सहकार्य र मित्रवत सम्बन्धको निरन्तर प्रोत्साहन, सहयोग तथा समर्थनका लागि पोखरा विश्वविद्यालय परिवारलाई धन्यवाद व्यक्त गर्नुभयो । साथै उहाँले चीन र नेपाल बीचको परम्परागत मैत्री सम्बन्धको चर्चा गर्दै हालको समयमा दुई देश बीच विभिन्न क्षेत्रमा सहकार्य विकास भईरहेको परिपेक्षमा शिक्षा क्षेत्रमा समेत सहकार्य र साझेदारीको आवश्यकताका बारेमा चर्चा गर्नु भएको थियो । ह्गशजयग ग्लष्खभचकष्तथ या त्भअजलययिनथ ले सधैँ खुला तथा अन्तर्राष्ट्रिय सहकार्ययुक्त शैक्षिक अवधारणालाई आत्मसाथ गर्दै आईरहेको तथ्य औल्याउँदै पोखरा विश्वविद्यालयमा आज चिनियाँ भाषा तथा संस्कृति केन्द्रको लागि अवधारणा प्रस्तुत भएकोमा खुसी व्यक्त गर्नुभयो । अन्त्यमा दुई विश्वविद्यालय बीचको मित्रता तथा सहकार्य सदा दीर्घकालीन, सुदृण र फलदायी रहोस् भन्ने शुभकामना व्यक्त गर्दै स्वागत कार्यक्रमका लागि विशेष आभार प्रकट गर्नुभयो ।

यसैगरी कार्यक्रमको अध्यक्षता गर्नुभएका पोखरा विश्वविद्यालयका उपकुलपतिज्यूले सगरमाथाको देश नेपालमा भ्रमण टोलीलाई न्यानो स्वागत रहेको बताउँदै पोखरा विश्वविद्यालयको भ्रमणका लागि सम्पूर्ण सदस्यहरु प्रति आभार व्यक्त गर्नु भयो । साथै उहाँले आगामी दिनहरुमा 2+2 and 3+1 degree को अवधारणा मार्फत दुई विश्वविद्यालय बीचमा शैक्षिक सहकार्यका साथै AI Innovation Center को स्थापना जस्ता साझेदारीका बारेमा समेत चर्चा गर्नुभयो । पोखरा विश्वविद्यालयमा निकट भविष्यमा स्थापना हुन गईरहेको चिनियाँ भाषा तथा संस्कृति केन्द्र Chinese Language and Culture Center) केवल एक भौतिक स्थान मात्र नभई दुई देशका प्राचिन सभ्यताको जिवित सेतु बन्न सक्ने धारणा व्यक्त गर्दै उहाँले भ्रमण टोलीका सदस्यहरुको पोखरा विश्वविद्यालय प्रतिको विश्वास र आपसी मित्रताका लागि धन्यवाद प्रदान गर्नु भयो । साथै उहाँले पोखरा महानगरपालिका, स्थानीय सरोकारवाला एवम स्वयमसेवक विद्यार्थीहरु प्रति पनि आभार प्रकट गर्नुभयो ।

कार्यक्रमको अन्त्यमा दुवै विश्वविद्यालयका सदस्यहरुले मायाको चिनो आदानप्रदान गर्नुभएको थियो । कार्यक्रमको अवधिमा पोखरा विश्वविद्यालयका विद्यार्थीहरुबाट नेपाली संस्कृति झल्किने नृत्यका साथै साङ्गीतिक प्रस्तुतीहरु समेत रहेको थियो । यसबाट चिनियाँ अतिथिहरुलाई नेपाली लोक सङ्गीत, भेषभुषा तथा संस्कृतीको अनुभव लिने अवसर प्राप्त भएको थियो । कार्यक्रम पोखरा विश्वविद्यालयको केन्द्रिय कार्यालयको हलमा सञ्चालन भएको थियो भने कार्यक्रमको सञ्चालन अन्तराष्ट्रिय सम्बन्ध केन्द्रका कर्मचारी अमृत सागर बगालेले गर्नुभएको थियो ।

Next Articles