Array ( [post_type] => pop-notice [posts_per_page] => -1 [orderby] => date [order] => DESC [post_status] => publish [paged] => 1 [meta_query] => Array ( [0] => Array ( [key] => end_date [value] => 20260902 [compare] => > [type] => NUMERIC ) ) )

प्रा.डा. निर्मला जम्मरकट्टेल पोखरा विश्वविद्यालयको रजिष्ट्रार नियुक्त

01/09/2026

२०८३ भदौ १६ गते मंगलबार, पोखरा–३०, कास्की ।

प्रधानमन्त्री एवम् पोखरा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले पोखरा विश्वविद्यालय ऐन, २०५३ को दफा २६(२) बमोजिम पोखरा विश्वविद्यालयको रिक्त रजिष्ट्रार पदमा प्रा.डा. निर्मला जम्मरकट्टेललाई नियुक्त गर्नुभएको छ।

पोखरा विश्वविद्यालय, स्कुल अफ हेल्थ एण्ड एलाईड साइन्सेजमा अध्यापनरत प्रा.डा. जम्मरकट्टेलले Herbology मा विद्यावारिधि गर्नुभएको छ। उहाँले प्राकृतिक उत्पादन रसायनशास्त्र (Natural Products Chemistry) तथा Spectroscopy विषयमा अध्यापन गर्दै आउनुभएको छ। प्रा.डा. जम्मरकट्टेलले यसअघि पोखरा विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकायको डीन तथा परीक्षा नियन्त्रकलगायत विश्वविद्यालयका विभिन्न शैक्षिक तथा प्रशासनिक जिम्मेवारी सम्हालिसक्नुभएको छ।

नवनियुक्त रजिष्ट्रारज्यूलाई हार्दिक बधाई ज्ञापन गर्दै उहाँको सफल कार्यकालका लागि हार्दिक शुभकामना व्यक्त गर्दछौँ।

Next Articles
Array ( [post_type] => post [posts_per_page] => 10 [orderby] => date [order] => DESC [post_status] => publish [paged] => 1 [post__not_in] => Array ( [0] => 42452 ) )