२०८३ असार ०३ गते, बुधबार, पोखरा–३०, कास्की
पोखरा विश्वविद्यालयको व्यावसायिक विकास केन्द्र (Professional Development Center –PDC) द्वारा आयोजित सात दिने शिक्षकप्रशिक्षण कार्यक्रम २०८३ जेठ ३० गते (१२ जुन २०२६) सम्पन्न भएको छ। विश्वविद्यालयका विभिन्न आंगिक तथा सम्बन्धन प्राप्तविद्यालयहरूका ३० जना शिक्षकहरूको सहभागिता रहेको उक्त कार्यक्रमको समापन समारोह विश्वविद्यालय परिसरमा आयोजना गरिएकोथियो।
समापन समारोहमा पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. डा. विष्णु राज तिवारी, रजिष्ट्रार प्रा. हरि बहादुर खड्का, विज्ञान तथा प्रविधिसंकायका डिन प्रा. राजेश कुमार ठाकुराठी, अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक डा. निरञ्जन श्रेष्ठ, पाठ्यक्रम विकास केन्द्र (CDC) काकार्यकारी निर्देशक डा. रवीन्द्र घिमिरे तथा सहप्राध्यापक डा. अजय थापा लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षताव्यावसायिक विकास केन्द्र (Professional Development Center – PDC) का संयोजक तथा कार्यकारी निर्देशक डा. दीपाञ्जल श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन डा. हरि काफ्ले तथा स्वागत मन्तव्य सहप्राध्यापक डा. प्रदीप सापकोटा ले प्रस्तुत गर्नुभएको थियो।

समारोहलाई सम्बोधन गर्दै रजिष्ट्रार प्रा. खड्काले शिक्षकको पेशागत जीवनमा निरन्तर सिकाइ, प्रशिक्षण तथा क्षमता अभिवृद्धिको महत्त्वबारेप्रकाश पार्नुभयो। उहाँले गुणस्तरीय शिक्षणका लागि शिक्षकहरूले समयानुकूल ज्ञान तथा सीप विकास गर्दै जानुपर्ने आवश्यकताऔंल्याउनुभयो।
उपकुलपति प्रा. डा. तिवारीले प्रशिक्षणबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई कक्षाकोठामा प्रभावकारी रूपमा प्रयोग गर्न सहभागी शिक्षकहरूलाईआग्रह गर्नुभयो। उहाँले शिक्षण तथा सिकाइ प्रक्रियामा सकारात्मक परिवर्तन ल्याई विद्यार्थीको सिकाइ उपलब्धि अभिवृद्धिमा योगदान पुर्याउनशिक्षकहरूको महत्वपूर्ण भूमिका रहने बताउनुभयो। कार्यक्रमका अध्यक्ष डा. दीपाञ्जल श्रेष्ठले कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्ण व्यक्ति तथासंस्थाप्रति आभार व्यक्त गर्नुभयो। उहाँले विशेष रूपमा प्राध्यापक विकास केन्द्रको टोलीका सदस्यहरू डा. आकाश लामिछाने, डा. हरि काफ्ले, डा. बद्री अर्याल, डा. प्रदीप सापकोटा तथा श्रीमती तारा पराजुली को समर्पित योगदानको प्रशंसा गर्नुभयो। साथै, सम्पूर्ण सहभागीशिक्षकहरूको नियमित उपस्थिति, सक्रिय सहभागिता र प्रशिक्षणप्रतिको प्रतिबद्धताका लागि धन्यवाद ज्ञापन गर्नुभयो।
सात दिनसम्म सञ्चालन भएको उक्त प्रशिक्षण कार्यक्रममा शिक्षण उत्कृष्टता, विद्यार्थीकेन्द्रित शिक्षण, समावेशी शिक्षा, मूल्याङ्कन तथाप्रतिपुष्टि, अनुसन्धान मार्गदर्शन, गुणस्तर सुनिश्चितता, डिजिटल तथा मिश्रित शिक्षण, कृत्रिम बुद्धिमत्ता (AI) को शिक्षण–सिकाइमा प्रयोगलगायतका समसामयिक विषयहरू समेटिएका थिए। कार्यक्रमले सहभागी शिक्षकहरूको शिक्षण क्षमता अभिवृद्धि तथा व्यावसायिक विकासमामहत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।
