पोखरा विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी प्रा.डा. विष्णुराज तिवारीलाई

14/05/2026

२०८३ वैशाख ३१ गते बिहीबार, पोखरा–३०, कास्की ।

पोखरा विश्वविद्यालयको उपकुलपतिको पद रिक्त रहेको सन्दर्भमा विश्वविद्यालयको दैनिक कार्य सञ्चालन गर्न पोखरा विश्वविद्यालय स्कुल अफ हेल्थ एण्ड एलाईड साइन्सेजका प्रा.डा. विष्णुराज तिवारीलाई उपकुलपतिको जिम्मेवारी तोकिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा मिति २०८३ वैशाख ३० गते गरिएको निर्णय (सम्माननीय प्रधानमन्त्री एवं कुलपतिस्तर) बमोजिम प्रा.डा. तिवारीलाई उक्त जिम्मेवारी तोकिएको हो । उहाँले आज एक समारोहबीच पदभार ग्रहण गर्नुभएको छ ।