Array ( [post_type] => pop-notice [posts_per_page] => -1 [orderby] => date [order] => DESC [post_status] => publish [paged] => 1 [meta_query] => Array ( [0] => Array ( [key] => end_date [value] => 20260817 [compare] => > [type] => NUMERIC ) ) )

प्रशासनिक क्षमता अभिवृद्धि तालिम सुरु

21/04/2026

 

२०८२ वैशाख ८ गते, मङ्गलबार, पोखरा–३०, कास्की ।

पोखरा विश्वविद्यालयअन्तर्गत व्यावसायिक विकास केन्द्र (PDC) द्वारा आयोजित “Administrative Competency Training (ACT) (Governance, IT & Management)” तालिम कार्यक्रम औपचारिक रूपमा आजदेखि सुरु गरिएको छ। विश्वविद्यालय अनुदान आयोग, नेपालको सहकार्यमा सञ्चालन भएको उक्त तालिम पोखराको लेकसाइडस्थित होटल ल्याण्डमार्कमा सञ्चालन भइरहेको छ।

पोखरा विश्वविद्यालयका रजिष्टार सह–प्राध्यापक डा. अजय थापाको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रमको उद्घाटन सत्रमा अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका कार्यकारी निर्देशक सह–प्राध्यापक डा. दिपाञ्जल श्रेष्ठको अध्यक्षता रहेको थियो। कार्यक्रममा स्वास्थ्य विज्ञान संकायका डीन प्राध्यापक डा. विष्णुराज तिवारी, विज्ञान तथा प्रविधि संकायका डीन सह–प्राध्यापक बुद्धि राज जोशी, शिक्षक तथा कर्मचारी तालिम व्यवस्थापन समितिका सदस्यहरू सह–प्राध्यापक डा. विश्वनाथ लामिछाने, उप–प्राध्यापक डा. प्रदिप सापकोटा, सह–प्रशासक तारादेवी सापकोटा उपस्थित हुनुहुन्थ्यो । विश्वविद्यालयअन्तर्गत विभिन्न निकायमा कार्यरत सहायकदेखि अधिकृतस्तरका ३३ जना कर्मचारीहरूले तालिममा सहभागिता जनाएको उक्त कार्यक्रममा रजिष्टारबाट कार्यक्रमको व्यानरमा हस्ताक्षर गरी तालिमको उद्घाटन गरिएको थियो।

कार्यक्रममा अन्तर्राष्ट्रिय अतिथिका रूपमा चीनस्थित सुजोउ युनिभर्सिटी अफ टेक्नोलोजीका प्राध्यापक प्रोफेसर झाङ वेई तथा चीनमै कार्यरत चिकित्सक डा. केशव कुँवरको उपस्थिति रहेको थियो भने नेपाल प्रशासनिक प्रशिक्षण केन्द्रबाट प्रशिक्षकका रूपमा उत्तम आचार्य सहभागी  हुनुहुन्थ्यो ।

उद्घाटन सत्रमा स्वागत मन्तव्य व्यक्त गर्दै उप–प्राध्यापक डा. प्रदिप सापकोटाले कर्मचारीहरूको दक्षता अभिवृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको उल्लेख गर्दै यसले व्यक्तिगत जीवनमा सकारात्मक परिवर्तन ल्याउनुका साथै आपसी सम्बन्ध र सहकार्यमा सुधार आउने विश्वास व्यक्त गर्नुभयो।

त्यसैगरी, स्कुल अफ बिजनेशका सह–प्राध्यापक डा. पूर्णबहादुर खाँडले वर्तमान प्रतिस्पर्धात्मक र तीव्र गतिमा परिवर्तन भइरहेका परिवेशमा कर्मचारीहरूले आफूलाई समयानुकूल अद्यावधिक गर्नुपर्ने आवश्यकता औंल्याउँदै यस्तो तालिमले संस्थागत दक्षता तथा व्यक्तिगत विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने धारणा राख्नुभयो।

कार्यक्रममा प्रमुख अतिथि रजिष्टार सह–प्राध्यापक डा. अजय थापाले तालिमलाई कार्यदक्षता अभिवृद्धिको निरन्तर प्रक्रिया भएको उल्लेख गर्दै परिवर्तनशील समयअनुसार ज्ञान, सीप र क्षमतामा निरन्तर अद्यावधिक हुन आवश्यक रहेको बताउनुभयो। अनुभव आदानप्रदान र सिकाइको माध्यमबाट मात्र संस्थालाई प्रभावकारी रूपमा अगाडि बढाउन सकिने उहाँको भनाइ थियो। आगामी दिनमा यस्ता तालिमहरूले कार्यसम्पादन अझ प्रभावकारी बन्ने विश्वास पनि व्यक्त गर्नुभयो।

कार्यक्रमका अध्यक्ष सह–प्राध्यापक डा. दिपाञ्जल श्रेष्ठले यो तालिम विश्वविद्यालय अनुदान आयोगअन्तर्गतको कार्यक्रम भएको जानकारी दिँदै विश्वव्यापीकरण तीव्र गतिमा अगाडि बढिरहेको सन्दर्भमा परम्परागत कार्यशैली परिवर्तन गरी आधुनिक र प्रभावकारी प्रणाली अवलम्बन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। विश्वविद्यालयलाई प्रतिस्पर्धात्मक बनाउन कर्मचारीहरूको दक्षता वृद्धि अनिवार्य रहेको उहाँको भनाइ थियो। कार्यक्रमको सञ्चालन सह–प्रशासक तारादेवी सापकोटाले गर्नुभएको थियो ।

व्यवस्थापन, मानव स्रोत (HR) सीप, सूचना तथा सञ्चार प्रविधि (ICT), सुशासन, खरिद तथा बजेट व्यवस्थापनमा केन्द्रित ६० घण्टा (४ क्रेडिट) अवधिको ८ दिने उक्त तालिम आज वैशाख ८ गतेदेखि वैशाख १५ गतेसम्म सञ्चालन हुने छ। तालिममा प्रशिक्षणका उद्देश्य, अपेक्षित उपलब्धि तथा कार्यविधि, मानव स्रोत व्यवस्थापन, नेतृत्व विकास, टोली निर्माण, सुशासन र नैतिकता, संस्थागत अभिमुखीकरण तथा प्रशासनिक आधार, सार्वजनिक सेवा प्रवाह, सञ्चार सीप, सूचना तथा सञ्चार प्रविधि तथा खरिद व्यवस्थापनलगायत विषय समेटिएका छन्।

 

Next Articles
Array ( [post_type] => post [posts_per_page] => 10 [orderby] => date [order] => DESC [post_status] => publish [paged] => 1 [post__not_in] => Array ( [0] => 41698 ) )