Array ( [post_type] => pop-notice [posts_per_page] => -1 [orderby] => date [order] => DESC [post_status] => publish [paged] => 1 [meta_query] => Array ( [0] => Array ( [key] => end_date [value] => 20260817 [compare] => > [type] => NUMERIC ) ) )

नयाँ छात्रावास भवन निर्माणको डिपिआर तयार गर्न ठेक्का सम्झौता सम्पन्न

07/01/2025

पुस २३, २०८१, पोखरा–३०, कास्की।

पोखरा विश्वविद्यालयले नयाँ छात्रावास भवन निर्माण कार्यलाई अघि बढाउँदै, डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) तयार गर्ने सम्बन्धमा पेस कन्सल्टेन्ट (प्रा.) लि. सँग ठेक्का सम्झौता गरेको छ। मङ्गलबार पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. दिपकबहादुर भण्डारी र पेस कन्सल्टेन्टका प्रबन्ध निर्देशक ई. विष्णु प्रसाद खनालले उपकुलपति प्रा. डा. बेदराज के.सी.को समुपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो।

पोखरा–३०, खुदी, ढुङ्गेपाटनस्थित पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको दक्षिणतर्फ रहेको १२ रोपनी क्षेत्रफलमा निर्माण गरिने नयाँ छात्रावास भवनको डिजाइन फागुन महिनाभित्र तयार पार्ने लक्ष्य छ। सम्झौताबमोजिम, परामर्शदाताले छात्रावाससँगै भौतिक संरचना (आन्तरिक सडक, पैदलमार्ग, ढल, बगैंचा र पार्किङ) को विस्तृत बास्तुकलात्मक तथा इन्जिनियरिङ डिजाइन तयार गर्नेछन्। सम्झौताको कुल रकम रू. १७,८८,२२५।– रहेको छ।

नयाँ छात्रावास भवन १०० विद्यार्थी क्षमताको ५ तल्ले हुने र पहिलो तल्ला शिक्षण अस्पतालमा कार्यरत रेसिडेन्ट नर्सहरूको क्वार्टरका रूपमा प्रयोग गर्ने योजना रहेको छ। नयाँ छात्रावास निर्माण कार्यले आवश्यक मापदण्ड र प्रक्रियालाई पूर्ण रूपमा पालना गर्दै विश्वविद्यालयको शैक्षिक र भौतिक पूर्वाधार विकासमा महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ।

Next Articles
Array ( [post_type] => post [posts_per_page] => 10 [orderby] => date [order] => DESC [post_status] => publish [paged] => 1 [post__not_in] => Array ( [0] => 39301 ) )