Array ( [post_type] => pop-notice [posts_per_page] => -1 [orderby] => date [order] => DESC [post_status] => publish [paged] => 1 [meta_query] => Array ( [0] => Array ( [key] => end_date [value] => 20260817 [compare] => > [type] => NUMERIC ) ) )

विश्व वातावरण दिवसको अवसरमा सरसफाई र वृक्षारोपण

05/06/2023

विश्व वातावरण दिवसको अवसरमा सरसफाई र वृक्षारोपण


२०८० जेठ २२ गते सोमबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालय स्कूल अफ ईञ्जिनियरिङ्ले प्राज्ञिक भवन कम्प्लेक्सको हाताभित्र सरसफाई अभियान र वृक्षारोपण गरी विश्व वातावरण दिवस मनाएको छ । कार्यक्रमले विश्वविद्यालय परिसरमा हरियाली पुनस्र्थापना एवम् प्रवर्धन गरी स्वच्छ वातावरण कायम गर्ने र प्रकृतिप्रति उत्तरदायित्वको भावना जगाउने महत्वमा जोड दिएको थियो । सरसफाई अभियान र वृक्षारोपण गरी विश्वविद्यालय समुदायले वातावरण संरक्षण र दिगो भविश्य निर्माण गर्न आफ्नो प्रतिबद्धता देखाएको छ ।

कार्यक्रममा पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि सङ्कायका डीन प्रा. राजेश कुमार ठगुराठी, स्कूल अफ ईञ्जिनियरिङका स्कूल निर्देशक ओमप्रकाश गिरी लगायत शिक्षक, कर्मचारी र विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रमको आयोजना र सफल कार्यान्वयनमा विश्वविद्यालय भित्रका विभिन्न विद्यार्थी क्लब र समाजबाट महत्वपूर्ण सहयोग प्राप्त भएको थियो ।

Next Articles
Array ( [post_type] => post [posts_per_page] => 10 [orderby] => date [order] => DESC [post_status] => publish [paged] => 1 [post__not_in] => Array ( [0] => 37017 ) )