Array ( [post_type] => pop-notice [posts_per_page] => -1 [orderby] => date [order] => DESC [post_status] => publish [paged] => 1 [meta_query] => Array ( [0] => Array ( [key] => end_date [value] => 20260817 [compare] => > [type] => NUMERIC ) ) )

पोखरा विश्वविद्यालय र नाष्टबीच समझदारीपत्रमा हस्ताक्षर

04/06/2022
पोखरा विश्वविद्यालय र नाष्टबीच समझदारीपत्रमा हस्ताक्षर

२०७९ जेठ २१ गते शनिबार, पोखरा–३० कास्की ।
पोखरा विश्वविद्यालय र नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) बीच विज्ञान तथा प्रविधिको अध्ययन अनुसन्धानात्मक तथा शैक्षिक क्षेत्रका विधामा एक आपसमा सहयोग आदान प्रदान गर्ने उद्देश्यले हालै एक सझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा पोखरा विश्वविद्यालयको तर्फबाट उपकुलपति प्रा.डा. प्रेमनारायण अर्याल र नाष्टको तर्फबाट उपकुलपति डा. सुनिल बाबु श्रेष्ठले हस्ताक्षर गर्नुभएको थियो ।

समझदारी पत्रमा उल्लेख भएबमोजिम दुबै संस्थाबीच वैज्ञानिक तथा प्राविधिक जनशक्ति, सीप र भौतिक सुविधाहरूको यथोचित सदुपयोगमा सहयोग आदानप्रदान हुनेछ भने समसामयिक विषयहरूमा कार्यशाला गोष्ठी, तालिम, सेमिनार, अनुसन्धान परियोजना सञ्चालन गरिनेछ । यसका साथै विज्ञान तथा प्रविधिको विभिन्न क्षेत्रमा विश्वविद्यालयको स्नातकोत्तरतह एवम् विद्यावारिधिस्तरका शोध निर्देशन कार्यमा आपसी स्वीकृतिमा नास्टका उपलब्ध प्राज्ञ तथा वरिष्ठ वैज्ञानिकहरूको पनि संलग्नता गराइनेछ ।

समझदारी पत्रले दुबै संस्थालाई  संयुक्त रूपमा विज्ञान तथा प्रविधि उन्नययन, जैविक विविधता, पर्यावरण, दीगो शहरी विकाससम्बन्धी अध्ययन अनुसन्धानका लागि सहकार्य गरी अघि बढ्न बाटो समेत खोलेको छ ।

Next Articles
Array ( [post_type] => post [posts_per_page] => 10 [orderby] => date [order] => DESC [post_status] => publish [paged] => 1 [post__not_in] => Array ( [0] => 37002 ) )