Array ( [post_type] => pop-notice [posts_per_page] => -1 [orderby] => date [order] => DESC [post_status] => publish [paged] => 1 [meta_query] => Array ( [0] => Array ( [key] => end_date [value] => 20260817 [compare] => > [type] => NUMERIC ) ) )

पोखरा विश्वविद्यालय शिक्षण अस्पताल निर्माणका लागि सम्झौता

03/06/2022
पोखरा विश्वविद्यालय शिक्षण अस्पताल निर्माणका लागि सम्झौता

२०७९ जेठ २० गते शुक्रबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालयले १०० शैयाको शिक्षण अस्पताललाई छिट्टै सञ्चालनमा ल्याउने भएको छ । शिक्षण अस्पतालको लागि आवश्यक पूर्वाधार निर्माण गर्न विश्वविद्यालयले हाल सञ्चालनमा रहेको छात्रावास भवनलाई परिमार्जन गर्ने सम्बन्धमा आज ठेक्का सम्झौता गरेको छ । पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालको समुपस्थितिमा विश्वविद्यालयका रजिष्ट्रार डा. दिपक बहादुर भण्डारी र सूर्य कन्स्ट्रक्सन कम्पनी प्रा.लि.का प्रबन्ध निर्देशक सूर्य नारायण बरालबीच एक औपचारिक कार्यक्रमबीच उक्त सम्झौता भएको हो । स्वास्थ्य संस्थाको भवन तथा पूर्वाधारसम्बन्धी मापदण्ड अनुरूप छात्रावास भवनलाई अस्पतालको रूपमा परिमार्जन गरिनेछ । अस्पतालको विस्तृत प्रारम्भिक वातावरणीय परीक्षण (आइइ) अध्ययनपछि ठेक्का सम्झौता भएको हो । ठेक्का सम्झौता रकम करिब सात करोड पचास लाख रहेको छ ।

अस्पताल भवनमा प्रशासनिक कार्यालय, बहिरङ्ग विभाग (ओपिडि), अन्तरङ्ग विभाग, आकस्मिक तथा शल्यचिकित्सा विभाग, सघन उपचार कक्ष, प्रयोगशाला, फार्मेसी, रेडियोलोजी विभाग लगायत आवश्यक प्रतिक्षा कक्ष, सवारी साधन, पार्किङ्ग, पानी विद्युत, इन्टरनेटको व्यवस्थापन, फोहोर व्यवस्थापन आदिको व्यवस्था हुनेछ । अस्पताललाई चाहिने प्रशासनिक जनशक्ति, क्लिनिकल प्राविधिक जनशक्ति आदिका लागि विज्ञापन भई नियुक्ति गर्ने कार्य समेत अन्तिम चरणमा पुगेको छ । साथै अस्पतालको लागि चाहिने आवश्यक उपकरण तथा सामाग्रीहरूको खरिद योजना तयार भैसकेको छ । सम्झौताबमोजिम ठेकेदारले ६ महिनाभित्र अस्पताल निर्माणको कार्य सम्पन्न गर्नेछ । ओपिडि सञ्चालन भने आउँदो असारको पहिलो हप्ताबाटै सञ्चालन गर्ने विश्वविद्यालयको तयारी छ ।

केही तस्विरहरूः

 

Next Articles
Array ( [post_type] => post [posts_per_page] => 10 [orderby] => date [order] => DESC [post_status] => publish [paged] => 1 [post__not_in] => Array ( [0] => 37003 ) )