Array ( [post_type] => pop-notice [posts_per_page] => -1 [orderby] => date [order] => DESC [post_status] => publish [paged] => 1 [meta_query] => Array ( [0] => Array ( [key] => end_date [value] => 20260817 [compare] => > [type] => NUMERIC ) ) )

शैक्षिक एवम् प्रशासनिक भवनको गुरू योजना, डिजाइन र सुपरीवेक्षण कार्यको सम्झौता सम्पन्न

19/03/2022

शैक्षिक एवम् प्रशासनिक भवनको गुरू योजना, डिजाइन र सुपरीवेक्षण कार्यको सम्झौता सम्पन्न

२०७८ साल फागुन ३० गते सोमबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालयले पोखरा –३०, गगनगौंडास्थित मुसेटुँडामा रहेको जग्गाको संरक्षण गरी उक्त स्थानमा आवश्यक शैक्षिक एवम् प्रशासनिक भवन र पूर्वाधारहरूको निर्माणका लागि गुरू योजना, डिजाइन र सुपरीवेक्षण कार्यका लागि सम्झौता सम्पन्न गरेको छ । पोखरा विश्वविद्यालयमा हालै आयोजित एक कार्यक्रममा पोखरा विश्वविद्यालय र परामर्शदाता पेस कन्सल्टेन्ट प्रा.लि. महाराजगञ्ज, काठमाडौंबीच सो सम्बन्धमा सम्झौता भएको हो । सम्झौतामा पोखरा विश्वविद्यालयको तर्फबाट रजिष्ट्रार डा. दिपकबहादुर भण्डारी र पेस कन्सल्टेन्ट प्रा.लि. का तर्फबाट सो संस्थाका प्रबन्ध निर्देशक विष्णुप्रसाद खनालले हस्ताक्षर गर्नुभएको थियो ।

सम्झौताबमोजिम परामर्शदाताले पोखरा–३०, गगनगौंडास्थित मुसेटुँडामा अवस्थित २४१ रोपनी जग्गाको संरक्षण, गुरूयोजना, भवन र पूर्वाधारहरको विस्तृत ईञ्जिनियरिङ्ग र आर्किटेक्चरर डिजाइन, ड्रइङ्, घोतघोट खोलाको उचित संरक्षण, वाइपास, टेण्डर डकुमेन्टको तयारी तथा भवनहरूको सुपरीवेक्षण कार्य गर्नेछ । परामर्शदाताले भवन र पूर्वाधारहरूको डिजाइन कार्य पाँच महिनाभित्र सम्पन्न गरी पेश गर्नुपर्नेछ ।

यसका अतिरिक्त विश्वविद्यालयले हालको मौजुदा दुइतले नयाँ केन्द्रीय प्रशासनिक भवनलाई सुधार गर्ने र त्यसमाथि दुइतला थप गरी चारतले बनाउने, प्रतीकात्मक आकर्षक डिजाइनको केन्द्रीय कार्यालयमा रजत प्रवेशद्वार निमाण गर्ने तथा आन्तरिक सडक, फुटपाथ, ड्रेनेज, बगैचा र पार्किङ्ग लगायतको निर्माणको योजना अघि सारेको छ ।

Next Articles
Array ( [post_type] => post [posts_per_page] => 10 [orderby] => date [order] => DESC [post_status] => publish [paged] => 1 [post__not_in] => Array ( [0] => 36968 ) )