Array ( [post_type] => pop-notice [posts_per_page] => -1 [orderby] => date [order] => DESC [post_status] => publish [paged] => 1 [meta_query] => Array ( [0] => Array ( [key] => end_date [value] => 20260817 [compare] => > [type] => NUMERIC ) ) )

पोखरा विश्वविद्यालयको पठन–पाठन भौतिक रूपमा सञ्चालन

14/11/2021
पोखरा विश्वविद्यालयको पठन–पाठन भौतिक रूपमा सञ्चालन

२०७८ कात्तिक २८ गते आइतबार, पोखरा–३०, कास्की ।

पोखरा विश्वविद्यालयले आजदेखि आफ्ना पठन–पाठन लगायत सम्पूर्ण शैक्षिक एवम् प्राज्ञिक क्रियाकलापहरू भौतिक रूपमा सञ्चालन गरेको छ । कोभिड–१९ को जोखिम तथा संक्रममणमा उल्लेख्य कमि आउन थालेपछि विश्वविद्यालयले निर्देश गरेबमोजिम विश्वविद्यालयका आङ्गिक, संयुक्त आङ्गिक तथा सम्बन्धनप्राप्त ६६ वटै महाविद्यालयहरूले सम्पूर्ण प्राज्ञिक गतिविधिहरू भौतिक रूपमा सञ्चालन गरेका हुन् । विश्वव्यापी महामारीको रूपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण र जोखिमका कारण २०७६ को चैत्रदेखिको लकडाउन र केही समयको बन्द पछि पछिल्लो समयमा विश्वविद्यालयले अनलाइन (Virtual) माध्यमबाट पठन–पाठन एवम् परीक्षा सञ्चालन गर्दै आएको थियो ।

Next Articles
Array ( [post_type] => post [posts_per_page] => 10 [orderby] => date [order] => DESC [post_status] => publish [paged] => 1 [post__not_in] => Array ( [0] => 36976 ) )