Array ( [post_type] => pop-notice [posts_per_page] => -1 [orderby] => date [order] => DESC [post_status] => publish [paged] => 1 [meta_query] => Array ( [0] => Array ( [key] => end_date [value] => 20260817 [compare] => > [type] => NUMERIC ) ) )

केन्द्रीय कार्यालय विस्तारका लागि सम्झौता सम्पन्न !

17/08/2021
केन्द्रीय कार्यालय विस्तारका लागि सम्झौता सम्पन्न !

२०७८ साल भाद्र १ गते मङ्गलबार, लेखनाथ, कास्की ।

पोखरा विश्वविद्यालयको बृहत गुरूयोजना अन्तर्गत निर्माण हुन लागेको केन्द्रीय कार्यालय विस्तारका लागि छनौट भएका परामर्शदाता र विश्वविद्यालय बीच सम्झौता सम्पन्न भएको छ । विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालको समुपस्थितिमा सम्पन्न भएको उक्त सम्झौता पत्रमा विश्वविद्यालयको तर्फबाट रजिष्ट्रार डा. दिपक बहादुर भण्डारी र परामर्शदाताको तर्फबाट श्री इन्द्रलाल श्रेष्ठले हस्ताक्षर गर्नुभएको थियो ।

पोखरा–३०, कास्कीमा अवस्थित विश्वविद्यालय परिसरभित्र अवस्थित दुई तले केन्द्रीय प्रशासनिक भवनमा दुई तला थपका साथै कम्पाउण्ड वाल र प्रवेशद्वार, जग्गा विकास (आन्तरिक बाटो, फुटपाथ, जल निकास, बगैंचा र पार्किङ्गस्थल आदि डिजाईनका लागि छनौट भएको Shrestha- Grid- CLEC JV, Lalitpur  र पोखरा विश्वविद्यालयबीच सम्झौता सम्पन्न भएको हो ।

सम्झौताबमोजिम रू. ११ लाख ८६ हजार ५ सय लागतमा तयार हुने डिजाइन कार्य दुई महिनाभित्र सम्पन्न भई विश्वविद्यालयमा पेश हुनेछ ।

Next Articles
Array ( [post_type] => post [posts_per_page] => 10 [orderby] => date [order] => DESC [post_status] => publish [paged] => 1 [post__not_in] => Array ( [0] => 36987 ) )