Array ( [post_type] => pop-notice [posts_per_page] => -1 [orderby] => date [order] => DESC [post_status] => publish [paged] => 1 [meta_query] => Array ( [0] => Array ( [key] => end_date [value] => 20260817 [compare] => > [type] => NUMERIC ) ) )

शोक सभा सम्पन्न

25/12/2019

२०७६ पौष ९ गते बुधबार, लेखनाथ । पोखरा विश्वविद्यालयमा कार्यालय सहयोगी पदमा कार्यरत रामजी बाँस्तोलाको २०७६ पुस ८ गते मंगलबार भएको असामयिक निधनका कारण विश्वविद्यालयले एक शोक सभा सम्पन्न गरेको छ । वि.सं. २०३६ भदौ १० गते जन्मेका स्वर्गीय बाँस्तोला ४० वर्षका थिए । स्व. रामजी बाँस्तोलाले वि.सं. २०५५ असार ७ गते करार सेवामा विश्वविद्यालयमा सेवा प्रवेश गरेका थिए । उनी वि.सं. २०५६ असार १ गते अस्थायी र वि.सं. २०५८ भदौ १ गते स्थायी पदमा रही २१ वर्षसम्म विश्वविद्यालय सेवामा रहे । उनका श्रीमति एक, छोरा एक र छोरी एक जना रहेका छन् । कर्मचारी रामजी बाँस्तोलाको अल्पायूमै भएको असामयिक निधनप्रति विश्वविद्यालय परिवार गहिरो शोक व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जलीसहित शोक सन्तप्त परिवार र आफन्तजनप्रति गहिरो समवेदना प्रकट गर्दछ ।

Next Articles
Array ( [post_type] => post [posts_per_page] => 10 [orderby] => date [order] => DESC [post_status] => publish [paged] => 1 [post__not_in] => Array ( [0] => 36967 ) )