Array ( [post_type] => pop-notice [posts_per_page] => -1 [orderby] => date [order] => DESC [post_status] => publish [paged] => 1 [meta_query] => Array ( [0] => Array ( [key] => end_date [value] => 20260817 [compare] => > [type] => NUMERIC ) ) )

पोखरा विश्वविद्यालय अस्पताल निर्माणको शिलान्यास सम्पन्न

21/03/2019

पोखरा विश्वविद्यालयको अब आफ्नै अस्पताल हुने भएको छ । पोखरा विश्वविद्यालयका उपकुलपति प्राध्यापक चिरञ्जीवीप्रसाद शर्माले २०७५ साल चैत्र ७ गते बिहीबारका दिन एक समारोहबीच विश्वविद्यालय अवस्थित खुदी, ढुंगेपाटनमा लेखनाथमा पोखरा विश्वविद्यालय अस्पतालको शिलान्यास गर्नु भएको छ । अस्पतालको निर्माण पोखरा महानगरपालिका वडा नं. ३० मा अवस्थित पोखरा विश्वविद्यालयकोे केन्द्रीय कार्यालय र प्राज्ञिक भवन कम्प्लेक्सको बीच भागमा रहेको ३५ रोपनी क्षेत्रफलको जग्गामा हुनेछ । एउटा सुविधा सम्पन्न र उच्चकोटिको अस्पताल निर्माणको जग राख्दै उपकुलपतिले शर्माले यसलाई विश्वविद्यालयको एक ऐतिहासिक क्षण भन्नुभएको छ ।


आफ्नै अस्पताल नहुँदा प्यारामेडिकल कोर्षहरूको प्रयोगात्मक अभ्यास विश्वविद्यालयले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, रामघाट, पोखरा, मनिपाल शिक्षण अस्पताल, फुलबारी, पोखरा, हिमालय आँखा अस्पताल, घारीपाटन, पोखरा, तथा बि.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवन मार्फत सञ्चालन गर्दै आएको छ । अस्पताल कम्तिमा १५० शैयाको हुनेछ । ३५ करोडभन्दा बढी लागतमा निर्माण हुने उक्त अस्पताल आगामी २०७७ साल श्रावणमा सम्पन्न गर्ने योजना छ । ७ तले लिफ्टसिस्टमसहितको उक्त अस्पतालको छतमा हेलिप्याडसमेत निर्माण हुनेछ । विश्वविद्यालयले निकट भविष्यमा स्कूल अफ मेडिसनको स्थापना गरी त्यसै अन्तर्गत अस्पताल सञ्चालन गर्नेछ । अस्पताल निर्माणको शिलान्यास कार्यक्रममा विश्वविद्यालयका रजिष्टार गोविन्दप्रसाद शर्मा लगायत विश्वविद्यालयका पदाधिकारी, शिक्षक, कर्मचारी, स्थानीय प्रतिनिधि, उद्योगपति, बुद्धिजिवीहरुको उपस्थिति रहेको थियो ।

Next Articles
Array ( [post_type] => post [posts_per_page] => 10 [orderby] => date [order] => DESC [post_status] => publish [paged] => 1 [post__not_in] => Array ( [0] => 36937 ) )