Array ( [post_type] => pop-notice [posts_per_page] => -1 [orderby] => date [order] => DESC [post_status] => publish [paged] => 1 [meta_query] => Array ( [0] => Array ( [key] => end_date [value] => 20260817 [compare] => > [type] => NUMERIC ) ) )

पोखरा विश्वविद्यालयको आँगनमा प्रदेश सरकार

27/12/2018

पोखरा विश्वविद्यालयको स्थापनाको मर्म र उद्देश्यमाथि संकुचनको अवस्था आउने गरी गण्डकी प्रदेशको संगठन संरचनाको निर्माण नगर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशलाई एक अन्तरक्रियामार्फत सुझाइएको छ ।

गण्डकी प्रदेशको प्रादेशिक संगठानात्मक संरचनाको खाका तयार गर्ने सन्दर्भमा सरोकारवालाहरूको सुझाव लिने उद्देश्यले गण्डकी प्रदेश सरकारमार्फत विश्वविद्यालयको आँगन, लेखनाथमा आएको एक टोलीलाई २०७५ पुस १२ गते बिहीबार उक्त कुरा स्पष्ट पारिएको हो ।

शिक्षा, स्वास्थ्य र पर्यटन उद्योगको विकास, अनुसन्धान, मानव संशाधनको आपूर्ति, नीति निर्माण आदि तहमा पोखरा विश्वविद्यालय प्रदेश सरकारका लागि एक महत्वपूर्ण मार्गदर्शक हुनेमा विश्वविद्यालयसँग सम्बद्ध सबैको एउटै आवाज थियो । विश्वविद्यालयको विश्वव्यापी मान्यतालाई आत्मसात गर्दै नयाँ प्रादेशिक विश्वविद्यालय जन्माउने तर्फ लाग्नुभन्दा स्थापनाको दुई दशक पार गरेको पोखरा विश्वविद्यालयको सर्वोपरी विकास र विस्तारका लागि प्रदेश सरकारले नीति निर्माणको खाका तयार गर्नु बढी बुद्धिमानी र दुरदर्शीता ठहरिने विश्वविद्यालयका विभिन्न संकायका डीन, कार्यक्रम/स्कूल निर्देशक, परीक्षा नियन्त्रक, निकाय प्रमुख, कर्मचारीहरूले औल्याएका छन् ।

Next Articles
Array ( [post_type] => post [posts_per_page] => 10 [orderby] => date [order] => DESC [post_status] => publish [paged] => 1 [post__not_in] => Array ( [0] => 36939 ) )