Array ( [post_type] => pop-notice [posts_per_page] => -1 [orderby] => date [order] => DESC [post_status] => publish [paged] => 1 [meta_query] => Array ( [0] => Array ( [key] => end_date [value] => 20260817 [compare] => > [type] => NUMERIC ) ) )

‘रिसर्च इथिक्स याण्ड रेस्पोन्सिबल कण्डक्ट अन रिसर्च याण्ड पब्लिकेशन’ विषयमा कार्यशाला प्रारम्भ

23/06/2018

२०७५ असार ९, पोखरा लेखनाथ ।

पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रको आयोजना  तथा  विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा आजबाट यहाँ ‘रिसर्च इथिक्स याण्ड रेस्पोन्सिबल कण्डक्ट अन रिसर्च याण्ड पब्लिकेशन’ विषयमा तीन दिने कार्यशाला प्रारम्भ भयो ।
कार्यक्रमको उद्‌घाटन गर्दै पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायका डीन डा. खेमराज जोशीले अनुसन्धानमा नैतिकताको सर्वोपरी स्थान हुने बताउनुभयो । पोखरा विश्वविद्यालय ‘इन्स्टिट्युशनल रिभ्यु कमिटि’का अध्यक्ष प्रा. डा. विष्णुराज तिवारीको सभापतित्वमा सम्पन्न उद्‌घाटन सत्रमा पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सह प्रा. गुलाम मोहम्मद खानले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै स्वागत भाषण गर्नुभएको थियो ।
कार्यशालामा वैज्ञानिक अनुसन्धान तथा प्रकाशनका विषयमा आवश्यक पर्ने योग्यता, सहमति, मानव तथा जीवहरूमा गरिने प्रयोग आदिको विषयमा पालन गर्नुपर्ने नैतिक व्यवहारका विभिन्न पक्षहरूमा प्रा. डा. विष्णुराज तिवारी, प्रा. नवीन श्रेष्ठ, प्रा. डा. विकास केसी, डा. डमरू पनेरू, डा. तुल्सी भण्डारी, डा. विमला शर्मा, रोजना ढकाल, अतिस कौण्डिन्यायन लगायतका विज्ञहरूले विभिन्न सत्र तथा छलफल कार्यक्रमहरू सञ्जालन गर्ने कार्यक्रम रहेको छ ।
कार्यशालामा पोखरा विश्वविद्यालय, गण्डकी मेडिकल कलेज, चरक एकेडेमी, नोबल एकेडेमी काठमाण्डौ तथा पोखरा, क्रिमसन कलेज बुटबल, सिस्ट कलेज काठमाण्डौं लगायतका शैक्षिक संस्थाबाट २८ जना प्राध्यापक तथा अनुसन्धानकर्ताहरूले भाग लिईरहनुभएको छ ।
Next Articles
Array ( [post_type] => post [posts_per_page] => 10 [orderby] => date [order] => DESC [post_status] => publish [paged] => 1 [post__not_in] => Array ( [0] => 36945 ) )