पोखरा विश्वविद्यालयले परीक्षा समितिको सदस्य पदमा हालै ४ जना महानुभावहरूलाई मनोनयन गरेको छ । पोखरा विश्वविद्यालय परीक्षा सञ्चालनसम्बन्धी नियमावली २०५८ को नियम ४ को उप–नियम १ (ख), (ग), (घ) र (ङ्) बमोजिम उक्त समितिमा मनोनयन हुनुहुनेहरूमा क्रमशः विज्ञान तथा प्रविधि सङ्कायका डीन डा. सुरेशप्रसाद बास्तोला, ला ग्राण्डी ईन्टरनेशनल कलेज, पोखराका प्रिन्सिपल डा. धनपति न्यौपाने तथा स्कूल अफ बिजनेश, पोखरा विश्वविद्यालयका उपप्राध्यापकद्वय उमेशसिंह यादव र पूर्णबहादुर खाँड हुनुहुन्छ । विश्वविद्यालयका रजिष्टार अध्यक्ष र परीक्षा नियन्त्रक सदस्य–सचिव रहने उक्त समितिमा मनोनित सदस्यहरूको पदावधि २ (दुई) वर्षको हुनेछ ।
Next Articles
- पोखरा विश्वविद्यालयको रजिस्ट्रारको जिम्मेवारीमा प्रा. हरिबहादुर खड्का
- पोखरा विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी प्रा.डा. विष्णुराज तिवारीलाई
- University of Ostrava Delegation Explores Academic Partnership with Pokhara University
- Professors from NITTTR Bhopal Visit Pokhara University to Explore Academic Collaborations.
- पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा सफल शल्य चिकित्सा बिरामी, स्वस्थ भई घर फिर्ता
- प्रशासनिक क्षमता अभिवृद्धि तालिम सम्पन्न
- प्रशासनिक क्षमता अभिवृद्धि तालिम सुरु
- योजना, बजेट तथा खरिद व्यवस्थापनसम्बन्धी दुई दिने तालिम सम्पन्न
- Pokhara University Joins National Discourse on Internationalizing Higher Education
- RISK-e-SCAPE Pilot Begins in Nepal & Bangladesh