उपकुलपति र रजिष्ट्रारद्वारा सगरमाथा चौधरी आइ हस्पिटल, लहानको अवलोकन

04/02/2026

२०८२ माघ २१ गते बुधबार, पोखरा–३०, कास्की ।

उपकुलपति प्रा.डा. बेदराज के.सी. तथा रजिष्ट्रार सह–प्रा.डा. अजय थापाले हालै नेपाल नेत्र ज्योति सङ्घअन्तर्गतको सगरमाथा चौधरी आइ हस्पिटल, लहानको अवलोकन गर्नुभएको छ।

अवलोकनका क्रममा संस्थामा प्रदान हुँदै आएका आँखासम्बन्धी सेवाहरू, भौतिक पूर्वाधार, व्यवस्थापन अवस्था तथा भावी योजनाबारे त्यहाँका पदाधिकारीहरूबाट जानकारी लिइएको थियो। साथै, संस्थाले स्वास्थ्य सेवा क्षेत्रमा पुर्‍याउँदै आएको योगदानप्रति प्रशंसा व्यक्त गर्दै आगामी दिनमा आपसी सहकार्य र समन्वयका सम्भावनाबारे समेत छलफल गरिएको थियो।

Next Articles