२०८२ माघ १६ गते शुक्रबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. बेदराज केसीले भारतको झारखण्डस्थित जमशेदपुरमा माघ १५ गतेदेखि सुरु भएको “Recent Trends in Computer Science and Technology” विषयक छैटौं आईईईई अन्तर्राष्ट्रिय सम्मेलन (ICRTCST–2026) को प्रमुख अतिथिका रूपमा समुद्घाटन गर्नुभएको छ।
आर.भी.एस. कलेज अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीअन्तर्गत सिभिल एण्ड मेकानिकल इन्जिनियरिङ विभागद्वारा आयोजना गरिएको उक्त सम्मेलन जनवरी २९ देखि ३० गतेसम्म सञ्चालन हुनेछ।
सम्मेलनमा पोखरा विश्वविद्यालयका रजिष्ट्रार सह–प्रा.डा. अजय थापाको समेत सहभागिता रहेको छ भने उहाँले Keynote Speaker का रूपमा आफ्नो प्रस्तुति दिनुहुने कार्यक्रम रहेको छ। सम्मेलनमा विश्वभरका अनुसन्धानकर्ता, शिक्षाविद, विश्वविद्यालयका प्रतिनिधिहरू तथा विभिन्न क्षेत्रका विज्ञहरूको सहभागिता रहनेछ।
