Array ( [post_type] => pop-notice [posts_per_page] => -1 [orderby] => date [order] => DESC [post_status] => publish [paged] => 1 [meta_query] => Array ( [0] => Array ( [key] => end_date [value] => 20260817 [compare] => > [type] => NUMERIC ) ) )

रङ्गरोगन, जीर्णोद्धार तथा जग्गा विकास कार्यका लागि ठेक्का सम्झौता

17/03/2025

२०८१ चैत्र ३ गते आइतबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालयले आफ्ना स्कूल भवनहरूको रङ्गरोगन, जीर्णाेद्धार तथा जग्गा विकास कार्यका लागि ठेक्का सम्झौता गरेको छ। यसको लागि लमजुङस्थित माईण्ड म्याप इन्जिनियरिङ सर्भिसेस प्रा.लि. सँग चैत ३, २०८१ (मार्च १६, २०२५) मा औपचारिक सम्झौता सम्पन्न भएको हो।

ठेक्का सम्झौताको अनुसार, ठेकेदार कम्पनीले विश्वविद्यालयको पोखरा–३०, खुदी, ढुंगेपाटनस्थित स्कूल भवनहरूको रङ्गरोगन, सिभिल, स्यानिटरी तथा विद्युतीय सुधार कार्यहरूका साथै जग्गा विकाससम्बन्धी कार्यहरू सम्पन्न गर्नेछ।

सम्झौता अनुसार, परियोजनाको कुल लागत १ करोड १० लाख ९० हजार ६९६ रुपैयाँ १० पैसा (भ्याट तथा प्राविधिक खर्च सहित) रहनेछ। यस परियोजनाका लागि विश्वविद्यालय अनुदान आयोग, विभिन्न दातृ निकायहरू तथा विश्वविद्यालयकै आन्तरिक स्रोत परिचालन गरिनेछ।

परियोजना साढे तीन महिनाभित्र पूरा गरिने लक्ष्य राखिएको छ। यो परियोजनाको लागि विश्वविद्यालयको तर्फबाट परियोजना व्यवस्थापकका रूपमा रजिष्ट्रार प्रा.डा. दिपकबहादुर भण्डारी र ठेकेदार कम्पनीको तर्फबाट अधिकृत प्रतिनिधि ई. सागर बरालले हस्ताक्षर गर्नुभयो ।

Next Articles
Array ( [post_type] => post [posts_per_page] => 10 [orderby] => date [order] => DESC [post_status] => publish [paged] => 1 [post__not_in] => Array ( [0] => 39732 ) )