Array ( [post_type] => pop-notice [posts_per_page] => -1 [orderby] => date [order] => DESC [post_status] => publish [paged] => 1 [meta_query] => Array ( [0] => Array ( [key] => end_date [value] => 20260817 [compare] => > [type] => NUMERIC ) ) )

उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालको विदाई समारोह सम्पन्न

29/09/2024

उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालको विदाई समारोह सम्पन्न

पोखरा, असोज १३ – पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालको विदाई समारोह आइतबार पोखरा विश्वविद्यालय केन्द्रीय सभाहल, खुदी, पोखरा–३०, कास्कीमा भव्य रूपमा सम्पन्न भयो। चार वर्षे कार्यकालपछि अवकाश प्राप्त गर्दै उहाँलाई विश्वविद्यालय परिवारले विदाई गरेको हो। कार्यक्रमका प्रमुख वक्ता प्रा.डा. अर्यालले आफ्नो कार्यकालका विविध पक्ष र आगामी योजनाहरूका विषयमा सम्बोधन गर्नुभयो।

उपकुलपति अर्यालले आफ्नो कार्यकालको समीक्षा गर्दै भन्नुभयो, “मैले सकारात्मक सोच्ने गर्छु र सधैं सत्य कुरा गर्ने प्रयास गर्छु।” उहाँले विद्यार्थी संख्यामा वृद्धि र शैक्षिक सुधारका कामलाई विशेष प्राथमिकतामा राखेको उल्लेख गर्दै, “आएको दिनमा ५ हजार विद्यार्थी पुर्‍याउने लक्ष्य राखेको थिएँ। अहिले धेरै सम्बन्धन दिइएको छ, कति विद्यार्थी हुन्छन्, त्यो समयले बताउनेछ,” उहाँले थप्नुभयो।

कार्यक्रममा अर्यालले  प्रशासनिक र शैक्षिक भवनमा भएका विकासलाई पनि स्मरण गर्दै भन्नुभयो, “हामीले वाचा गरेको ६ महिनाभित्र अस्पताल सञ्चालन गरेका छौं र मुसेटुँडामा ८ अरबको डिपिआर तयार गरेका छौं।” आफ्नो कार्यकालमा विभिन्न शैक्षिक सुधारका पहलहरू, जस्तै इन्टरप्रेन्यूरसिप डेभलपमेन्ट कार्यक्रमको थालनी, पाठ्यक्रमहरुको पुनरावलोकन जस्ता कार्यहरूको उल्लेख गर्नुभयो। उहाँले कानुन जस्ता नयाँ कार्यक्रमहरू थप्न सफल भए पनि केही अधुरो योजनाहरूका बारेमा आफू सन्तुष्ट नरहेको प्रष्ट पार्नुभयो।

प्रा.डा. अर्यालले आफ्नो कार्यकालमा धेरै सिनियर प्राध्यापकलाई अगाडि बढाउन प्रयास गरे पनि व्यवस्थापन पक्षबाट निरन्तरता दिन नसकेकोप्रति दुःख व्यक्त गर्दै भविष्यमा कसैले चित्त नदुखाउन आग्रह गर्नुभयो। उहाँले क्यूएए पाउने र राष्ट्रिय पुरस्कार हात पार्ने विद्यालयको सफलताको पनि चर्चा गर्दै पोखरा विश्वविद्यालयलाई सधैं अघि बढेको देख्न चाहने आफ्नो इच्छा व्यक्त गर्नुभयो।

समारोहका अर्का वक्ता, पोखरा विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. तीर्थराज अर्यालले प्रा.डा. प्रेमनारायण अर्यालको कार्यकालमा विश्वविद्यालयले गरेको प्रगतिको प्रशंसा गर्दै भन्नुभयो, “उहाँको पालामा विद्यावारिधि कार्यक्रमको थालनी भयो, जुन निकै ठूलो उपलब्धि हो।” उहाँले निवृत्त भएपछि पनि प्रा.डा. अर्यालले विश्वविद्यालयलाई निरन्तर सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो।

रजिष्टार प्रा.डा. दिपकबहादुर भण्डारीले उपकुलपति अर्यालको नेतृत्वको प्रशंसा गर्दै भन्नुभयो, “उपकुलपति हाम्रो टिमको लिडर हुनुहुन्थ्यो, उहाँको नेतृत्वमा हामीले धेरै कठिनाइहरूलाई समाधान गर्दै विश्वविद्यालयलाई आजको अवस्थासम्म ल्याएका छौं।” उहाँले उपकुलपति र रजिष्टारको सम्बन्धले विश्वविद्यालयको प्रगति कति महत्वपूर्ण हुन्छ भन्ने कुरा उल्लेख गर्दै थप्नुभयो, “काम इमान्दारीका साथ गर्दा मतभेद भए पनि हामी विश्वविद्यालयको हितका लागि सधैं सकारात्मक भएर अघि बढ्यौं।”

समारोहमा विश्वविद्यालयका पदाधिकारी, शिक्षक, विद्यार्थी तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा अन्य वक्ताहरुले प्रा.डा. अर्यालले थालनी गरेका विकास कार्यहरूलाई निरन्तरता दिने र उहाँबाट सिकेका ज्ञानहरूलाई कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।

Next Articles
Array ( [post_type] => post [posts_per_page] => 10 [orderby] => date [order] => DESC [post_status] => publish [paged] => 1 [post__not_in] => Array ( [0] => 38684 ) )