Array ( [post_type] => pop-notice [posts_per_page] => -1 [orderby] => date [order] => DESC [post_status] => publish [paged] => 1 [meta_query] => Array ( [0] => Array ( [key] => end_date [value] => 20260817 [compare] => > [type] => NUMERIC ) ) )

पोखरा विश्वविद्यालय स्कूल अफ बिजनेस एलुम्नाईको भेला सम्पन्न

06/01/2019

पोखरा विश्वविद्यालय स्कूल अफ बिजनेसमा अध्ययन गरेका भूतपुर्व विद्यार्थीहरुको यही २०७५ पुष २१ गते शनिवार व्हाइट हाउस पार्टी प्यालेस, सिर्जनाचोक, पोखरामा एलुम्नाई एशोसियसन गठन गर्ने उद्देश्यले एक भेलाको आयोजना गरिएको थियो । उक्त भेला स्कूल अफ बिजनेसका उप प्राध्यपक प्रदिप सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्कूल अफ बिजनेसमका उप प्राध्यापक रामकृष्ण चापागाईले भूतपुर्व विद्यार्थीहरुलाई स्वागत गर्नु भएको थियो । उक्त भेलामा ब्यवस्थापन संकायका डीन प्राध्यापक हरि बहादुर खड्का, स्कूल अफ बिजनेसका निर्देशक डा. रविन्द्र घिमिरेले सम्बोधन गर्नु भएको थियो । पूर्व विद्यार्थीहरुको तर्फबाट डा. चैतन्य अधिकारी, उमेश आचार्य, अमृत बास्तोला, र पूनम गिरीले पनि आफ्ना धारणाहरु राख्नुभएको थियो । कार्यक्रमको संचालन उप प्राध्यापक संतोष गुरुङ्गले गर्नु भएको थियो । भेलाले डा. चैतन्य अधिकारीको संयोजकत्वमा १३ सदस्यीय तदर्थ समिति गठन गरेको छ । उपाध्यक्षमा दिपमाला श्रेष्ठ, सचिवमा प्रदिप सापकोटा, सहसचिवमा संतोष शर्मा, कोषाध्यक्ष पुनम गिरी, सदस्यहरुमा अमृत बास्तोला, शिखा गुरुङ्ग, मन्जु बराल, जीवन भण्डारी, सुवर्ण बीर जबरा, सुजिता अधिकारी, सुवास मल्ल, र ज्योति सुनार रहेका छन् । उक्त कार्यक्रमलाई माछापुच्छे बैंक र सन नेपाल लाइफ इन्सुरेन्सबाट प्रायोजन गरिएको थियो । तदर्थ समितिले बिधान मस्यौदा उपसिमिति गठन गरेको छ ।

Next Articles
Array ( [post_type] => post [posts_per_page] => 10 [orderby] => date [order] => DESC [post_status] => publish [paged] => 1 [post__not_in] => Array ( [0] => 36938 ) )