पोखरा विश्वविद्यालयले परीक्षा समितिको सदस्य पदमा हालै ४ जना महानुभावहरूलाई मनोनयन गरेको छ । पोखरा विश्वविद्यालय परीक्षा सञ्चालनसम्बन्धी नियमावली २०५८ को नियम ४ को उप–नियम १ (ख), (ग), (घ) र (ङ्) बमोजिम उक्त समितिमा मनोनयन हुनुहुनेहरूमा क्रमशः विज्ञान तथा प्रविधि सङ्कायका डीन डा. सुरेशप्रसाद बास्तोला, ला ग्राण्डी ईन्टरनेशनल कलेज, पोखराका प्रिन्सिपल डा. धनपति न्यौपाने तथा स्कूल अफ बिजनेश, पोखरा विश्वविद्यालयका उपप्राध्यापकद्वय उमेशसिंह यादव र पूर्णबहादुर खाँड हुनुहुन्छ । विश्वविद्यालयका रजिष्टार अध्यक्ष र परीक्षा नियन्त्रक सदस्य–सचिव रहने उक्त समितिमा मनोनित सदस्यहरूको पदावधि २ (दुई) वर्षको हुनेछ ।
Next Articles
- Gender Equality Plan 2025-2030 बारे अभिमुखीकरण कार्यक्रम सम्पन्न
- पोखरा विश्वविद्यालय र चीनको Xuzhou University of Technology बीच सम्झौता
- पोखरा विश्वविद्यालय र भारतको RVSCET बीच शैक्षिक सहकार्यसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर
- पोखरा विश्वविद्यालय र भारतको MIT ADTU बीच शैक्षिक सहकार्यसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर
- अमेरिकी विश्वविद्यालयका प्रतिनिधिसँग भेटवार्ता सम्पन्न
- चिनियाँ विश्वविद्यालयका प्रतिनिधिसँग भेटवार्ता सम्पन्न
- ललितपुरमा पोखरा विश्वविद्यालयको आंगिक क्याम्पस सञ्चालन
- पोखरा विश्वविद्यालय र नेपाल इन्जिनियरिङ काउन्सिलबीच सम्झौता
- व्यवस्थापन संकायको डीनमा प्रा.डा. ज्ञानेश्वर शर्मा नियुक्त
- “सामाजिक-आर्थिक असमानता न्यूनीकरणका लागि प्रविधिको प्रयोग” विषयक कार्यशाला सम्पन्न