पोखरा विश्वविद्यालयको २४ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

पोखरा विश्वविद्यालयको २४ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

२०७७ श्रावण १ गते, बिहीबार, कास्की ।

पोखरा विश्वविद्यालय २०७७ श्रावण १ गतेदेखि २४ औं वर्षमा प्रवेश गरेको छ । विश्वविद्यालयको २४ औं वार्षिकोत्सवलाई कार्यालय परिसर लेखनाथमा सरसफाई, वृक्षारोपण र साँझ दीपावली गरि मनाइयो । विश्वविद्यालयको वार्षिकोत्सव समारोहमा आफ्नो मन्तव्य राख्दै व्यवस्थापन संकायका डीन प्राध्यापक हरिबहादुर खड्काले पूर्णकालीन पदाधिकारी नहुँदा विश्वविद्यालयको महत्वपूर्ण कार्यकारी र प्राज्ञिक परिषद् बस्न नसकेको बताउँदै यसले विश्वविद्यालयको योजना तर्जुमा र नीति निर्माणमा समस्या उत्पन्न भएको जनाउनुभयो । त्यस्तै योजना तथा कार्यक्रम महाशाखा प्रमुख सहप्राध्यापक डा. ज्ञानेश्वर शर्माले २१ औं शताब्दीको विश्वविद्यालय परिकल्पना गरेको अवस्थामा विश्वविद्यालय नेतृत्वविहीन हुँदा सबैलाई पिडा भएको उल्लेख गर्नुभयो । पोखरा विश्वविद्यालय प्राध्यापक संघका सभापति हेमराज पाण्डेले समय सापेक्ष नीतिगत निर्णय गरी विश्वविद्यालयको शैक्षिक एवम् पूर्वाधार विकास कार्यक्रमलाई समय अनुकूल बनाउन र विश्वविद्यालयको भविष्यलाई जोगाउन सम्माननीय प्रधानमन्त्रीले नियुक्ति प्रक्रियालाई टुङ्याउनु पर्नेमा जोड दिनु भयो । उहाँले पोखरा विश्वविद्यालयमा चुनौति थपिंदै गएको उल्लेख गर्दै विश्वविद्यालयको प्राज्ञिक अनुभव र विद्धता छानी छानी प्रयोग हुँदै आएको प्रति चिन्ता समेत व्यक्त गर्नुभयो । सह–प्रशासक यादव थापाले पोखरा विश्वविद्यालय धेरै दुःखले आजको अवस्थासम्म आएको बताउँदै संस्थाको उज्ज्वल भविश्यको लागि सबैले सकारात्मक भएर सोच्नुपर्नेमा जोड दिनु भयो ।

पोखरा विश्वविद्यालय कर्मचारी संघका अध्यक्ष शिवराज पण्डितले नेतृत्व अभावका कारण विद्यार्थीको मात्रै होइन, तिनमा कार्यरत सम्पूर्ण शिक्षक तथा कर्मचारीहरूको भविष्य समेत अन्धकार भएको बताउनु भयो । शिक्षा क्षेत्र जस्तो संवेदनशील क्षेत्रमा सरकार गैरजिम्मेवार हुनु दुर्भाग्य हो भन्दै उहाँले विश्वविद्यालयको नेतृत्वको रिक्तता र शुन्यताका कारण आफ्ना नानी बाबुको भविष्यका बारेमा अभिभावकलाई उत्तर दिन नसिकिएकोे गुनासो गर्नुभयो ।

सरकारले विगत १० महिनादेखि उपकुलपति नियुक्ति नगरेर विश्वविद्यालयलाई अन्यौल ग्रस्त बनाइदिएको छ । विश्वविद्यालयको समग्र नीति तथा योजना, प्राज्ञिक तथा दैनिक प्रशासन र परीक्षा सञ्चालनको तयारी कार्य लगायत सबै कार्यहरुमा उपकुलपति नहुँदा गभ्भिर असर परेको छ । उपकुलपति बिना विश्वविद्यालयको कार्यकारी परिषद्, प्राज्ञिक परिषद्, परीक्षा समिति सबै भूमिका विहिन बनेका छन् । उपकुलपति मार्फत नै नियुक्ति सिफारिस हुने रजिष्ट्रार, स्वास्थ्य विज्ञान, विज्ञान तथा प्रविधि र मानविकी तथा सामाजिक शास्त्र संकायका डीनहरूको पद समेत हाल रिक्त छन् । त्यति मात्रै होइन परीक्षा नियन्त्रक, अनुसन्धान केन्द्र, पाठ्यक्रम विकास केन्द्र, अन्तर्राष्टिय केन्द्रका कार्यकारी निर्देशकहरूको पदहरू समेत रिक्त छ । त्यस्तै ३ वटा आंगिक महाविद्यालयहरूका स्कूल निर्देशकहरू समेत रिक्त छन् ।
मुख्य नेतृत्वकै अभावका कारण विश्वविद्यालयको दैनिक शैक्षिक तथा प्रशासनिक सम्पूर्ण कार्यहरू रोकिएका छन् । फागुनमा हुने दीक्षान्त रोकिएको छ । विश्वविद्यालयको सर्वोच्च निकाय सभाका सदस्यहरू समेत रिक्त छन् । असारमा गरिसक्नुपर्ने सभा रोकिएको हुँदा आगामी वर्षको बजेट तर्जुमा एवम् नीति तथा कार्यक्रम अवरूद्ध हुन पुगेका छन् ।

उपकुलपतिको अभावसँगै निम्तिएको कोरोनाको प्रभाव र मुलुकमा ३ महिनाभन्दा बढी जारी लकडाउनका कारण विश्वविद्यालयको अध्ययन–अध्यापन एवम् परीक्षा संचालनका कार्य हुन सकिरहेको छैन । यसले गर्दा शैक्षिक क्यालेण्डर समेत प्रभावित बनेको निवर्तमान परीक्षा नियन्त्रक सहप्राध्यापक डा. भरतराम ढुंगाना बताउनुहुन्छ । यस्तो अवस्थामा विद्यार्थीहरुको मुल्याङ्कन गर्नको लागि वाह्य परीक्षा (बोर्ड इक्जाम) तत्काल हुने सम्भावना पनि नदेखिएको उहाँले औल्याउनु भयो ।

चैतमा हुने भनेको परीक्षा लकडाउनको कारणले स्थगित भयो । लकडाउनको अवधिमा अधिकांश विद्यार्थीहरूले लकडाउनको पहिलो र दोस्रो हप्तासम्म मात्र परीक्षा हुन्छ कि भन्ने आशाले पढेका थिए । तर जति जति लकडाउन थपिदै गयो, त्यति त्यति विद्यार्थीले परीक्षा हुन्छ भन्ने आशा मार्दै गए र पढ्न पनि छाड्दै गए । लामो समयदेखि परीक्षा समितिको अध्यक्ष रजिष्ट्रार नहुँदा नियमित परीक्षा अन्यौल बन्दै गए । यसले विद्यार्थीहरूलाई तनाव थपिदिएको छ र यस्तो अवस्थामा उनीहरूले परीक्षा दिन नसक्ने बताएका छन् । यदि विश्वविद्यालयले परीक्षा सञ्चालन गर्यो भने अधिकांश विद्यार्थीहरूको परीक्षा विग्रिने र परीक्षा बिग्रेकै कारण धेरै विद्यार्थीहरू डिप्रेशनको सिकार भई आत्महत्या समेत गर्न सक्ने स्थिति रहेकाले यो वर्ष परीक्षा नगराईदिनु हुन भन्दै पिडित विद्यार्थीहरूले अनुरोध समेत गरेका छन् ।

पोखरा विश्वविद्यालय केन्द्रीय क्याम्पसका पूर्व स्ववियू अध्यक्ष सुनिल क्षेत्रीले लामो समयदेखि पदाधिकारी नियुक्ति नभएकै कारण प्राज्ञिक तथा प्रशासनिक विषयवस्तुहरू ठप्प हुनु अत्यन्त चिन्ताजनक विषय भएको औल्याउनु भएको छ । उहाँले विश्वविद्यालयको नियुक्तिहरूलाई विशेष महत्व राख्न नेपाल सकारसँग अनुरोध गर्दै सबैमा त्यसका लागि रचनात्मक दवाव सिर्जना गर्न अपिल समेत गर्नुभएको छ ।

अर्कोतिर सम्बन्धित पदाधिकारीहरूको रिक्तताले प्राज्ञिक परिषद् तथा कार्यकारी परिषद्बाट तत्काल वैकल्पिक शिक्षण विधि सम्बन्धि कुनै कार्यविधि तयार भई शिक्षण कार्य अधि बढ्ने अवस्था समेत देखिदैन । नेपालका अन्य विश्वविद्यालयहरुले यस्तो विषम अवस्थामा अनलाइन विधिबाट अध्ययन–अध्यापन कार्यको थालनी गरिसकेको अवस्थामा पोखरा विश्वविद्यालयलाई अनिर्णयको बन्दीले उच्च शिक्षामा गुणस्तरीयताको अपेक्षा गर्न सम्भव देखिदैन ।

उपकुलपति नियुक्ति नगर्दा अनलाइन कक्षाको कार्यविधि, परीक्षा सञ्चालनसम्बन्धी वैकल्पिक व्यवस्था लगायत गर्नुपर्ने थुप्रै नीतिगत निर्णयहरूको अभावले विश्वविद्यालयमा अध्ययनरत झण्डै ४० हजार विद्यार्थीको भविष्य अन्यौल रहेको छ ।

हार्दिक मङ्गलमय शुभ–कामना !!!

सूचना !

सूचना !

स्कूल अफ ईञ्जिनियरिङ्गको शैक्षिक सत्र २०७६,(2020 March Intake) स्नातकोत्तरतहको लागि पूर्णशुल्कीय भर्नासम्बन्धी सूचना

Result of Second Central Entrance Examination of M.Sc. Program (March Intake)

Notice

Computer Engineering       Electrical Engineering       Environment Management

Public Health and Disaster Engineering Program

स्कूल अफ ईञ्जिनियरिङ्ग: Virtual Class Room/Online मार्फत पठन-पाठन हुने सम्बन्धी सूचना

स्कूल अफ ईञ्जिनियरिङ्ग : पूर्णकालीन करार सेवामा शिक्षक पदपूर्तिको अन्तर्वार्ता स्थगित गरिएको सूचना

स्कूल अफ ईञ्जिनियरिङ्गः पूर्णकालीन करार सेवामा शिक्षक पदपूर्तिको अन्तर्वार्तासम्बन्धी सूचना

स्कूल अफ ईञ्जिनियरिङ्गः करार सेवामा शिक्षक पदपूर्तिसम्बन्धी सूचना

Faculty of Science & Technology: Notice for Master Level’s Central Entrance Examination – 2020 (March Intake)

School of Engineering: Webinar on Advancing Water Research at Different Scales-Issues, Opportunities & Challenges

School of Engineering: Notice for “Virtual Class Room Teaching”

Online_Training_Notice_SOE

Students-Detailed-Guide

Teachers-Detailed-Guide

 

Online Training Program on Entrepreneurship- Participants Name List

Online Training Program on Entrepreneurship

Student guideline MYTES_may

पोखरा विश्वविद्यालय प्राध्यापक संघको ध्यानाकर्षण पत्र

स्वयंसेवकको रूपमा नाम दर्ता गराउनुहुने सम्पूर्णमा हार्दिक धन्यवाद्

स्वयंसेवकको रूपमा नाम दर्ता गराउनुहुने सम्पूर्णमा हार्दिक धन्यवाद् !!!

नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नोबेल कोरोना भाइरस COVID-19 को सचेतना, रोकथाम, निदान र उपाचारमा आवश्यक जनशक्ति खटाउनका लागि पोखरा विश्वविद्यालयसँग स्वयंसेवकहरू माग गरेको र सो प्रयोजनका लागि विश्वविद्यालयले अनलाइन स्वयंसेवक दर्ता फाराम मार्फत पोखरा विश्वविद्यालयसँग सम्बद्ध (सम्पूर्ण आंगिक, संयुक्त आंगिक र सम्बन्धनप्राप्त कलेज लगायत) सम्पूर्ण विद्यार्थी भाईबहिनीहरू, शिक्षक तथा कर्मचारीहरू लगायत ईच्छित सबैलाई स्वयंसेवक दर्ता फाराम भरी पेश गर्न हुन गरेको अपिललाई हृदयदेखि नै सहर्ष स्वस्फूर्त रूपमा स्वीकार गरी देहायमा उल्लेखित व्यक्तित्वहरूले राष्ट्रले बोलाएको जुनसुकै बखत कार्यक्षेत्रमा खटिन इच्छुक भई आफ्नो नाम दर्ता गराउनु भएको छ । विश्वव्यापी महामारीले निम्ताएको राष्ट्रिय संकट, विपतमा जुझ्न शिर उच्च राखि पोखरा विश्वविद्यालयको पहिचान र छविलाई अझ उँचो राख्न अग्रसर हुनुहुने दक्ष एवम् राष्ट्रप्रति समर्पित कदर र गर्व गर्न लायक हाम्रा ती सम्पूर्ण विद्यार्थी लगायत अन्य व्यक्तित्वहरूलाई हार्दिक धन्यवाद्सहित नमन छ । आशा छ तपाईहरू सबै खटाइएको कार्यक्षेत्रमा ईमान्दारीपूर्वक सचेत नागरिकका रूपमा आफ्नो सिप र दक्षता प्रदर्शन गर्न सक्षम हुनुहुनेछ र त्यसको प्रमाणस्वरूप नतिजा समेत देखाउनुहुनेछ ।

स्वयंसेवक दर्ताको अनलाइन फाराम खुला नै छ र तपाई त्यसको लागि विश्वविद्यालयको वेभसाइट https://pu.edu.np/ को Top Menu अन्तरगत रहेको Volunteer Registration Form For COVID-19 लिंकमा गई जुनसुकै बेला आफ्नो नाम दर्ता गराउन सक्नुहुनेछ ।

२०७७ वैशाख ८ गते नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पठाइएको पोखरा विश्वविद्यालयको स्वयंसेवकहरूको सूचि हेर्न यहाँ Click गर्नुहोस् ।

हार्दिक शुभ-कामना

प्राध्यापक संघको अपिल तथा शुभकामना

पोखरा विश्वविद्यालयको अत्यन्त जरूरी सूचना

पोखरा विश्वविद्यालयको अत्यन्त जरूरी सूचना

नोबेल कोरोना भाइरस COVID-19 बाट नेपालमा हुन सक्ने सम्भावित जोखिम तथा संक्रमण नियन्त्रण एवम् रोकथामका लागि नेपाल सरकारबाट देशैभर नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरू २०७६/१२/०९ गतेदेखि २०७६/१२/२१ गतेसम्म बन्द गर्ने निर्णयलाई कार्यान्वयन गर्दै आइएकोमा पछिल्लो पटक नेपाल सरकारले उपरोक्त व्यवस्थालाई पुनः २०७६/१२/२५ गतेसम्म कायमै राख्ने निर्णय गरेबमोजिम COVID-19 को जोखिम तथा संक्रमण नियन्त्रण एवम् रोकथामका लागि विशेष सचेतनाका साथ अझ बढी उच्च सतर्कता अवलम्बन गर्न नेपाल सरकारबाट यस सम्बन्धमा गरिएका सबै निर्णय एवम् सूचनाहरू कार्यान्वयन गर्न गराउन विश्वविद्यालयको निर्णयानुसार तपशिलबमोजिम हुनेगरी यो सूचना प्रकाशित गरिएको छः

तपशिल
१. पोखरा विश्वविद्यालयको सुरक्षासँग जोडिएको अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण शैक्षिक एवम् प्रशासनिक कार्यहरू २०७६/१२/२५ गतेसम्मको अवधिभर बन्द गर्ने, गराउने । COVID-19 को रोकथाम तथा नियन्त्रणसम्बन्धी यस्तो व्यवस्था नेपाल सरकारबाट २०७६/१२/२५ गतेपछि पुनः लम्बाउने निर्णय भएमा सोहि बमोजिमको अवधिभरसम्म लागू हुने ।
२. सबै पदाधिकाहरू, शिक्षक र कर्मचारीहरू आ–आफ्नो निकाय प्रमूखसँग सम्पर्कमा रहने र अत्यावश्यक परेको अवस्थामा कार्यालयमा उपस्थित भई कार्य सम्पन्न गर्ने, गराउने ।
३. विश्वव्यापी संकटको यस घडिमा महामारीको बढ्दो प्रभाव र प्रकोपबाट आफू बच्ने र अरूलाई पनि बचाउने सन्दर्भमा सम्बन्धित सबैले अझ बढि आ–आफ्नो स्थान, क्षेत्रबाट सक्दो सहयोग, सदभाव र जनचेतनामूलक सन्देश सम्प्रेषण गरी सहयोग गर्ने, गराउने ।

पोखरा विश्वविद्यालय
पोखरा–३०, खुदी, ढुङ्गेपाटन, कास्की ।
मितिः २०७६।१२।२१ गते शुक्रबार ।

पोखरा विश्वविद्यालयको अत्यन्त जरूरी सूचना

पोखरा विश्वविद्यालयको अत्यन्त जरूरी सूचना

नोबेल कोरोना भाइरस (COVID-19) बाट नेपालमा हुन सक्ने सम्भावित जोखिम तथा संक्रमण नियन्त्रण एवम् रोकथामका लागि नेपाल सरकारबाट देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गर्ने निर्णय गरेको साथै जोखिम तथा संक्रमण नियन्त्रण एवम् रोकथामका लागि विशेष सचेतना अपनाई पूर्व तयारी एवं सतर्कता अवलम्बन गर्न आवश्यक रहेकोले नेपाल सरकारबाट यस सम्बन्धमा गरिएका सबै निर्णय एवं सूचनाहरू कार्यान्वयन गर्न गराउन विश्वविद्यालयको मिति २०७६।१२।१० गतेको निर्णयानुसार तपशिलबमोजिम यो सूचना प्रकाशित गरिएको छ ।

तपशिल
(१) पोखरा विश्वविद्यालयको सुरक्षासँग जोडिएको अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण शैक्षिक एवं प्रशासनिक कार्यहरू यहि चैत १० गते देखि चैत २१ गतेसम्मको अवधिभर बन्द गर्ने गराउने ।
(२) सबै पदाधिकाहरु, शिक्षक र कर्मचारीहरू आ-आफ्नो निकाय प्रमूखसँग सम्पर्कमा रहने र अत्यावश्यक परेको अवस्थामा कार्यालयमा उपस्थित भई कार्य सम्पन्न गर्ने गराउने ।
(३) विश्वव्यापी संकटको यस घडिमा महामारीको बढ्दो प्रभाव र प्रकोपबाट आफू बच्ने र अरूलाई पनि बचाउने सन्दर्भमा सम्बन्धित सबैले आ-आफ्नो स्थान, क्षेत्रबाट सक्दो सहयोग, सदभाव र जनचेतनामूलक सन्देश सम्प्रेषण गरी सहयोग गर्ने गराउने ।

पोखरा विश्वविद्यालय
पोखरा–३०, खुदी, ढुङ्गेपाटन, कास्की ।
मितिः २०७६।१२।१० गते

Result Published: MBA (Fall 2019)

MBA_1st       MBA_1st_Eve_JH       MBA_1st_Finance       MBA_1st_GB

MBA_2nd Eve_JH       MBA_6th       MBA_6th_Finance       MBA_6th_GB       MBA_8th_Eve_JH

 

NOTICE FOR RE-TOTALING/RE-CHECKING
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of  the Controller of Examinations, Lekhnath, Pokhara by 29 March, 2020 (2076.12.16 Sunday at 4:00 PM).

परीक्षा नियन्त्रण कार्यालयको सेवा बन्द गर्नेसम्बन्धी अत्यन्त जरूरी सूचना

पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायको अत्यन्त जरुरी सूचना

मितिः२०७६/१२/०९

पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायको अत्यन्त जरुरी सूचना

पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायअन्तर्गत सञ्चालित स्नातकोत्तर तह March Intake 2020 का केही कार्यक्रमहरुको पूर्ण शुल्कीयमा केही सिटका लागि पूनःप्रवेश परीक्षा मिति २०७६ चैत्र १४ गते दिनको १ः०० बजे देखि सञ्चालन हुने र फाराम भर्ने समय मिति २०७६/१२/१३ गतेसम्म रहने गरी मिति २०७६/१२/०४ गतेको कान्तिपुर राष्ट्रिय दैनिक पत्रिका तथा विश्वविद्यालयकोे Website https://pu.edu.np/ मा समेत सूचना प्रकाशित गरिएकोमा सो परीक्षा हाललाई अर्को सूचना प्प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको छ भने आवेदकहरुले Online फाराम भर्ने समय भने अर्को सूचना प्रकाशन नभएसम्मका लागि थप गरिएको सम्बन्धित सवैमा सूचित गरीन्छ । परीक्षा तालिका पछि प्रकाशन गरिनेछ ।

भर्ना समिति २०७६

पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको सूचना

पोखरा विश्वविद्यालयका सम्पूर्ण सम्बन्धनप्राप्त कलेजहरूलाई पूर्व सर्तकता अपनाउने सम्बन्धमा

पोखरा विश्वविद्यालयको अत्यन्त जरूरी सूचना

पोखरा विश्वविद्यालयको अत्यन्त जरूरी सूचना

नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मिति २०७६/१२/०५ गते प्रकाशित सूचना अनुसार COVID-19 को संक्रमणलाई मध्यनजर गरी पोखरा विश्वविद्यालयबाट सञ्चालन भइरहेका विभिन्न कार्यक्रमहरूका सम्पूर्ण परीक्षाहरू २०७६ चैत्र ६ गतेदेखि अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित गरिएको छ । स्थगित भएका परीक्षाहरू सञ्चालन गर्ने सम्बन्धमा एक हप्ता अगाडि सूचना प्रकाशित गरिने र पोखरा विश्ववद्यालयसँग सम्बन्धित सम्पूर्ण स्कूल कलेजहरूमा पठनपाठन नेपाल सरकारको सूचना अनुसार हुने व्यहोरा पनि यसैसाथ जानकारी गराइन्छ ।

पोखरा विश्वविद्यालय
पोखरा–३०, लेखनाथ, कास्की ।
२०७६ चैत्र ६ गते बिहीबार ।

नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको अत्यन्त जरूरी सूचना

Result Published: MBA (Fall 2019)

Excel

MBA II_Fall 2019       MBA IV_Fall 2019       MBA V _Fall 2019

Rajdhani

MBA IV Trimester       MBA V Trimester       MBA VII Trimester

NOTICE FOR RE-TOTALING/RE-CHECKING
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of  the Controller of Examinations, Lekhnath, Pokhara by 24 March, 2020 (2076.12.7 Friday at 4:00 PM).

Faculty of Science & Technology: Call Application for Central Entrance Examination-2020

Call for Application for Central Entrance Examination-2020

प्रा.डा. दुर्गाप्रसाद भण्डारीको निधनमा शोक सभा

२०७६ साल चैत्र ३ गते सोमबार, लेखनाथ, कास्की । पोखरा विश्वविद्यालयले पोखरा विश्वविद्यालय सेवा आयोगका प्रथम अध्यक्ष, विशिष्ठ विद्वान, वरिष्ठ साहित्यकार प्राज्ञ प्रा.डा. दुर्गा प्रसाद (डि.पि.) भण्डारीको मिति २०७६ चैत्र १ गते शनिबार दिन काठमाडौंस्थित हाम्स अस्पतालमा ८४ वर्षको उमेरमा भएको असामयिक निधनका कारण आज विश्वविद्यालय प्राङ्गण लेखनाथमा एक शोक सभा मनाएको छ । भण्डारी विगत ५ वर्षदेखि विस्मृति रोग (अल्जाइमर्स) र फोक्सोसम्बन्धी रोगले सिकिस्त बिरामी हुनुहुन्थ्यो ।

शोक सभामा बोल्दै पोखरा विश्वविद्यालय सेवा आयोगका अध्यक्ष रघुनाथ अधिकारीले स्वर्गीय भण्डारीको प्रभावशाली व्यक्तित्वको चर्चा गर्दै उहाँको निधनले प्राज्ञिक क्षेत्रले एक कुशल एवम् प्रखर समालोचक र दार्शनिक गुमाएको विचार व्यक्त गर्नुभयो ।

उपकुलपतिको जिम्मेवारी सम्हाल्दै आउनुभएका पोखरा विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायका डीन प्रा.डा. इन्द्र प्रसाद तिवारीले स्वर्गीय भण्डारी साहित्यकार, प्राज्ञिक, समालोचक र दार्शनिक जस्ता बहुप्रतिभायुक्त स्पष्ट वक्ता भएका कारण उहाँको स्वर्गारोहणले अपुरणीय क्षति पुगेको विचार व्यक्त गर्दै विश्वविद्यालय परिवारलाई स्तब्ध र भावविह्वल तुल्याएको उल्लेख गर्नुभयो ।

वि.सं १९९२ साल कात्तिक १३ गते डोटीको निरौली गाउँमा जन्मी जीवन यात्राको पाँच दशकभन्दा बढी साहित्यिक र प्राध्यापन पेशामा सक्रिय रहनुभएका भण्डारी सालिन, भद्र र रोमान्टिक हुनुहुन्थ्यो भने हरेक लेख रचनामा उहाँको भावानात्मक र व्यङ्ग्यात्मक शैली मुखरित हुन्थ्यो ।

मृगस्थली, रोधि र फूल, त्यो धर्ती त्यो आकाश, नुरो बासुरी बजाईरहेको छजस्ता कृतिका लेखक तथा दर्जनौ लेख रचनाका स्तम्भकार भण्डारीले त्रिविमा अढाई दशक प्राध्यापन, नेपाल र एशियाली अनुसन्धान केन्द्रका निर्देशक, नेपाल साँस्कृतिक प्रतिस्ठानका अध्यक्ष लगायत विभिन्न संघ संस्थाहरू र निकायहरूमा रही जिम्मेवारी प्रतिनिधित्व गर्नुभएको थियो । उहाँले वि.सं. २०५७।०५।०१ देखि २०६१।०४।३२ सम्म र वि.सं. २०६१।०५।१० देखि २०६३।०६।२८ सम्म पोखरा विश्वविद्यालय सेवा आयोगको अध्यक्ष भई दुई कार्यकाल बिताउनु भएको छ । उहाँका एक श्रीमती र दुई छोराहरू छन् ।

भण्डारीको निधनले नेपाली साहित्यिक, प्राज्ञिक क्षेत्रले एक ओजयुक्त अभिभावक गुमाएको ठहर गर्दै उहाँको योगदान र कृतिलाई सम्बन्धित जगतले सदा स्मरण गरिरहने छ ।

पोखरा विश्वविद्याल, स्वर्गीय भण्डारीप्रति भावपूर्ण हार्दिक श्रदाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ र दुःखको यस घडीमा शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ ।

पोखरा विश्वविद्यालय सेवा आयोगको सूचना

Remaining seat Admission notice for MCIS/ MHCM

MBA Schedule (Winter-2019

MBA Routine_Winter-2019_2nd

मौका परीक्षा सम्बन्धी सूचना

मौका परीक्षा सम्बन्धी सूचना

School of Business: Notice of 3rd Admission List of MBA

मानविकी तथा सामाजिकशास्त्र संकायः MDEVS को केन्द्रीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित गरिएको सूचना

Result Published: B.Pharm. (Spring 2019)

BPharm_6

NOTICE FOR RE-TOTALING/RE-CHECKING
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of  the Controller of Examinations, Lekhnath, Pokhara by 19 March, 2020 (2076.12.7 Friday at 4:00 PM).

Result Published: BDEVS/BECS (Spring 2019)

BDEVS

BDEVS_1       BDEVS_2        BDEVS_3       BDEVS_4        BDEVS_5        BDEVS_6

BECS

BECS_1       BECS_2       BECS_3        BECS_4

NOTICE FOR RE-TOTALING/RE-CHECKING
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of  the Controller of Examinations, Lekhnath, Pokhara by 19 March, 2020 (2076.12.6 Thursday at 4:00 PM).

 

Result Published: Health Science Bachelor Programs (Spring 2019)

B. Pharm

BPharm_1      BPharm_1 – old       BPharm_2      BPharm_2 – old      BPharm_3

BPharm_3 – old       BPharm_4      BPharm_4 -old        BPharm_5

B. Sc. Biochemistry

B. Sc. Biochemistry

BPH

BPH_1      BPH_1 -old        BPH_2 – (old)       BPH_2        BPH_3       BPH_3 -old

BPH_4       BPH_4 -old        BPH_5       BPH_5 -old       BPH_6       BPH_6 old

Environment

Environment _1       Environment _2        Environment _3       Environment _4

Environment _5       Environment _6

MB

B.Sc.MB 1       B.Sc.MB 2       B.Sc.MB 3rd       B.Sc.MB 4th       B.Sc.MB 5th       B.Sc.MB 6th

MLT

MLT_1       MLT_1 old       MLT_2       MLT_2 -old       MLT_3       MLT_4       MLT_5       MLT_6

MM

B.MM 1       B.MM 2       B.MM 3        B.MM 4       B.MM 5         B.MM 6

OPT

OPT _1          OPT _2

PHY

Phy _1        Phy _2

NOTICE FOR RE-TOTALING/RE-CHECKING
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of  the Controller of Examinations, Lekhnath, Pokhara by 19 March, 2020 (2076.12.6 Thursday at 4:00 PM).

 

Result Published: MBA (Fall 2019)

ACE

MBAe Trimester IV,VII and Retake_Ace        Trimester IV and Retake_Ace

UNIGLOBE

MBA II Finance_Uniglobe       MBA II_Uniglobe       MBA IV Finance_Uniglobe       MBA IV_Uniglobe

MBA V Finance_Uniglobe       MBA V_Uniglobe       Retake MBA & MBA(Finance)_Uniglobe

NOTICE FOR RE-TOTALING/RE-CHECKING
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of  the Controller of Examinations, Lekhnath, Pokhara by 19 March, 2020 (2076.12.6 Thursday at 4:00 PM).

Result Published: BBA/BBA-BI/BCIS/BCA/BHCM/BBA-TT/BHM (Spring 2019_1-6 Sem.)

BBA

BBA_1st       BBA_2nd       BBA_2nd_Old       BBA_3rd

BBA_4th     BBA_4th_Old       BBA_5th       BBA_6th

BBA-BI

BBA-BI_1st       BBA-BI_1st_old       BBA-BI_2nd        BBA-BI_3rd

BBA-BI_4th      BBA-BI_5th         BBA-BI_5th_old       BBA-BI_6th        BBA-BI_6th_old

BBA-TT

BBA-TT_1st       BBA-TT_1st_old       BBA-TT_2nd        BBA-TT_3rd

BBA-TT_4th       BBA-TT_4th_old       BBA-TT_5th       BBA-TT_6th       BBA-TT_6th_old

BCA

BCA_1st       BCA_2nd       BCA_3rd       BCA_4th       BCA_5th        BCA_6th

BCIS

BCIS_1st       BCIS_2nd        BCIS_2nd_old        BCIS_3rd        BCIS_3rd_old

BCIS_4th       BCIS_5th        BCIS_5th_old        BCIS_6th        BCIS_6th_old

BHCM

BHCM_1st       BHCM_2nd       BHCM_2nd_old        BHCM_3rd

BHCM_4th        BHCM_5th       BHCM_6th

BHM

BHM_1st       BHM_2nd        BHM_3rd        BHM_3rd_old        BHM_4th

BHM_4th_old       BHM_5th        BHM_6th         BHM_6th_old

NOTICE FOR RE-TOTALING/RE-CHECKING
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of  the Controller of Examinations, Lekhnath, Pokhara by 18 March, 2020 (2076.12.5 Wednesday at 4:00 PM).

 

Result Published: MBA (Fall 2019)

MBA Trimester II,V and Retake_Ace

MBAe TrimesterV and Backpaper_Ace

NOTICE FOR RE-TOTALING/RE-CHECKING
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of  the Controller of Examinations, Lekhnath, Pokhara by 18 March, 2020 (2076.12.5 Wednesday at 4:00 PM).

Semester End Examinations Schedule (Fall Semester 2020) (Bachelor All Final)

Exam-Schedule_Fall_2020_Bachelor_All Final

महाविद्यालयहरुलाई स्नातकोत्तर तहको रजिष्ट्रेशन फारम पठाउने सम्बन्धी सूचना

MBA Scholarship Award List II 2020 March

MBA Scholarship Award List II 2020 March

BE Result Spring 2019 (1-6 Sem)

Architecture

Architecture 1st      Architecture 2nd       Architecture 3rd       Architecture 4th

Architecture 5th       Architecture 6th       Architecture 7th         Architecture 8th

BE Civil Rural

BE Civil Rural_1st       BE Civil Rural_1st_New       BE Civil Rural_2nd       BE Civil Rural_2nd_New

BE Civil Rural_3rd       BE Civil Rural_4th       BE Civil Rural_5th       BE Civil Rural_6th

BE Civil Rural_7th       BE Civil Rural_8th       BE Civil Rural_9th

BE Civil Diploma Holders

BE_Civil DH_1st       BE_Civil DH_2nd       BE_Civil DH_3rd       BE_Civil DH_4th

BE_Civil DH_5th       BE_Civil DH_6th     BE_Civil DH_7th       BE_Civil DH_8th

BE_Civil DH_9th

BE Civil

BE_Civil_1st       BE_Civil_2nd        BE_Civil_3rd       BE_Civil_4th   BE_Civil_5th       BE_Civil_6th

BE Computer

BE_Computer_1st       BE_Computer_2nd       BE_Computer_3rd       BE_Computer_4th

BE_Computer_5th       BE_Computer_6th

BE Electrical & Electronics

BE_Ele_Elx_1st       BE_Ele_Elx_2nd       BE_Ele_Elx_3rd       BE_Ele_Elx_4th

BE_Ele_Elx_5th       BE_Ele_Elx_6th

BE Electrical & Communications

BE_Elx_Comm_1st       BE_Elx_Comm_2nd       BE_Elx_Comm_3rd        BE_Elx_Comm_4th

BE_Elx_Comm_5th       BE_Elx_Comm_6th

BE IT

BEIT_1st       BEIT_2nd       BEIT_3rd        BEIT_4th       BEIT_5th       BEIT_6th

BE Software

BESE_1st       BESE_2nd        BESE_3rd       BESE_4th       BESE_5th        BESE_6th

NOTICE FOR RE-TOTALING/RE-CHECKING
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of  the Controller of Examinations, Lekhnath, Pokhara by 15 March, 2020 (2076.12.2 Sunday at 4:00 PM).

MBA Exam Schedule (Winter 2019)

MBA Routine_Winter Trimester 2019

MBA Result (Fall 2019)

MBA Result_II_IV_V_Quest

NOTICE FOR RE-TOTALING/RE-CHECKING
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of  the Controller of Examinations, Lekhnath, Pokhara by 12 March, 2020 (5:00 PM).

स्कूल अफ बिजनेशः Website निर्माणसम्बन्धी सूचना