Fall 2020
Spring 2019
MHCM_2nd MHCM_3rd MHCM_Retake MHCM_Retake_old PGDHCM_2nd
MHCM_2nd MHCM_3rd MHCM_Retake MHCM_Retake_old PGDHCM_2nd

२०७७ कार्तिक १८ गते मङ्लबार, लेखनाथ, कास्की ।
प्रतिष्ठित उद्योगपति एवम् समाजसेवी सूर्यबहादुर के.सी.को २०७७ कार्तिक १७ गते सोमबार राति १०ः३० बजे पोखरा–७, एयरपोर्टस्थित आफ्नै निवासमा ६३ वर्षको उमेरमा हुन गएको निधनप्रति गहिरो शोकसहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं । उहाँ पोखरा विश्वविद्यालयको पूर्व सभासद् एवम् भौतिक पूर्वाधार निर्माण समितिको सदस्य हुनुहुन्थ्यो । यस दुःखद घडिमा उहाँले पोखरा विश्वविद्यालयको स्थापना, विकास र प्रबर्धनमा विभिन्न तवरले पुर्याउनु भएको योगदानको उच्च कदरसहित सम्मान गर्दै हार्दिक स्मरण समेत गर्दछौं । उहाँ केही वर्षदेखि उच्च रक्तचाप र मधुमेह रोगबाट पिडित हुनुहुन्थ्यो । उहाँको एक श्रीमति र तीन छोराहरू हुनुहुन्छ । शोकको यस घडिमा उहाँको आत्माको चिरशान्तिको कामनासहित शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना समेत गर्दछौं ।
पोखरा विश्वविद्यालय
लेखनाथ, कास्की ।
विश्वव्यापी महामारीको रूपमा फैलिएको नोवेल कोरोना भाइरस (Covid-19) को संक्रमण र जोखिमका कारण विगत सात महिनादेखि पोखरा विश्वविद्यालयको समग्र शैक्षिक वातावरण प्रभावित भइरहेको सर्वविदितै छ । साथै विश्वविद्यालयमा एक वर्षभन्दा बढी उपकुलपतिज्यू एवम् रजिष्ट्रारज्यूको पदविहिन अवस्था सँगसँगै प्रायः सबै महत्वपूर्ण पदहरू समेत क्रमशः रिक्त हुँदै गएका कारण विश्वविद्यालयको नियमित पठनपाठन, परीक्षा सञ्चालन, परीक्षाफल प्रकाशन, प्रमाणपत्र वितरण लगायत दैनिक प्रशासनिक एवम् प्राज्ञिक कार्यहरूमा खलल् पुग्न गई विश्वविद्यालयको शैक्षिकपात्रो पनि प्रभावित हुने अवस्थामा पुगेको सम्बन्धित सबैमा अवगत नै छ ।
शैक्षिक गतिविधिहरूलाई तोकिएको निर्धारित समयमा सम्पन्न गर्नेगरी संस्थागत विकास र प्राज्ञिक वातावरण कायम तथा क्षति न्यूनिकरण गर्दै शैक्षिकपात्रोलाई नियमित र नियन्त्रित गर्नु विश्वविद्यालयको एकमात्र प्रमुख दायित्व हो । यसर्थ असामान्य रूपमा सिर्जना भएको विषम परिस्थितिबाट सामना गर्दै र विद्यार्थीहरूको भविष्यलाई सुरक्षित गर्दै पठनपाठन र परीक्षालाई परिस्थिति अनुरूप सहजीकरण गर्नु बाहेक अन्य विकल्प हामीसँग नभएको विदितै छ ।
त्यसैले परिस्थितिबस सिर्जित थप दायित्वलाई आत्मसाथ गरी विश्वविद्यालयबाट नेपाल सरकारले निर्देश गरेबमोजिम सम्भव भएसम्मका प्रविधिहरू प्रयोग गरी नियमित शैक्षिक एवम् प्राज्ञिक गतिविधिहरू सञ्चालनका लागि वैकल्पिक उचित माध्यम आवश्यक रहन्छ, साथै विश्वविद्यालयका सबै महाविद्यालयहरूमा अनलाइन माध्यमबाट सञ्चालन भइरहेको पठनपाठनको प्रगति र परीक्षा सञ्चालन गर्न सकिने अवस्था के कस्तो छ भन्ने विषयमा अध्ययन गरी प्रतिवेदन बुझाउन अध्ययन समिति गठन भएको र सोही अध्ययन समितिले बुझाएको प्रतिवेदनका आधारमा तपसिल बमोजिम हुनेगरी विश्वविद्यालयको पठन–पाठन र परीक्षाको तयारीमा रहन विश्वविद्यालयका आङ्गिक, संयुक्त आङ्गिक र सम्बन्धनप्राप्त सबै महाविद्यालयहरूलाई निर्देशनसहित सूचित गरिएको छः
१. महाविद्यालयहरूमा भएको वर्तमान शैक्षिक प्रगति अनुसार विभिन्न संकायका विभिन्न तहका हाल अनलाइन माध्यमबाट सञ्चालन भैरहेको शैक्षिक सत्रका आन्तरिक मूल्याङ्कनसमेतका शैक्षिक क्रियाकलापमा विश्वविद्यालयको नियमानुसार क्रमशः स्नातकोत्तरतहको Dec 31, 2020 र स्नातकतहको Jan 15, 2021 सम्म सम्पन्न गर्ने, गराउने ।
२. महाविद्यालयहरूको अनलाइन शैक्षिक क्रियाकलापलाई यसै शैक्षिक सत्रान्त्रमा व्यवस्थापन गर्न दशैँ तथा तिहारको बीचको समयमा पनि नियमानुसार शैक्षिक क्रियाकलाप सञ्चालन गर्ने, गराउने ।
३. गतसत्रका बाँकी रहेका अन्तिम परीक्षाहरू पूर्व सूचना दिई सञ्चालन प्रक्रिया अगाडि बढाइने र हाल अनलाइन विधिबाट सञ्चालन भैरहेको सत्रको शैक्षिक क्रियाकलाप बुँदा नं. १ मा उल्लेख भएअनुसार वर्तमान सत्रका ल्याब, प्राक्टिकल, फिल्ड भिजिट लगायतका शैक्षिक गतिविधिहरू सम्पन्न गर्नका लागि थप दुई हप्ताको समय दिइने छ र सोको १० दिन पश्चात् आन्तरिक मूल्यांकन प्रक्रिया अगाडि बढाउँदै अन्तिम परीक्षाहरू सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैको लागि यसै सूचनामार्फत सूचित गरिन्छ ।
आज्ञाले

लोकप्रसाद ढकाल
सूचना अधिकृत
मितिः २०७७/०७/०६ गते बिहीबार ।







२०७७ असोज १८ गते आइतबार, पोखरा–३०, लेखनाथ, कास्की ।
पोखरा विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले आज एक समारोहबीच उपकुलपति पदको पदभार ग्रहण गर्नुभयो । पदस्थापनपछि विश्वविद्यालयद्वारा आयोजित स्वागत कार्यक्रममा बोल्दै उपकुलपति अर्यालले नीति र नियमभन्दा बाहिर गएर आफूले कुनै कार्य एवम् कदम नचाल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सम्माननीय प्रधानमन्त्रीज्यूसँग विश्वविद्यालयको समस्या र अन्यौलता समाधानका बारेमा आफूले कुरा राख्दा उहाँले नीति नियममा रही निर्धक्क भएर अगाडि बढ्न सुझाउनु भएको समेत उहाँले उल्लेख गर्नुभयो ।
जहाँ चुनौती छ त्यहाँ सम्भावना छ । जहाँ चुनौति छैन, त्यो जागिर खाने हुन्छ, तर म जागिर खान आएको होइन भन्दै उपकुलपति अर्यालले आफूलाई अब कसरी यो विश्वविद्यालय बनाउने, कसरी यसलाई व्यवस्थापन गर्ने भन्ने मुख्य चिन्ता रहेको उल्लेख गर्नुभयो । उपकुलपति अर्यालले भन्नुभयो– कुनै पनि पदाधिकारी आएर मेरो हातमा तिलस्मीको छडि छ, सब ठिक पार्छु भन्यो भने त्यो नबुझेको हुन्छ, तर म बुझ्छु मात्र र बुझेको पनि छु ।

उहाँले विश्वविद्यालय विद्यार्थीहरूको योग्यता मापन गर्ने थलो भएकोले एकवर्षदेखि ती कार्य बन्द हुनु विद्यार्थीका लागि ज्यादै पिडादायी क्षण रहेको उल्लेख गर्नुभयो । सोको लागि विश्वविद्यालयलाई अनिर्णयको बन्दी बनाउन नहुने उल्लेख गर्दै उहाँले विश्वविद्यालयको हक, हित तथा विद्यार्थीहरूको भविष्य सुनिश्चताका लागि सबै व्यक्तिगत स्वार्थभन्दा माथि उठि कार्य गर्नुपर्नेमा जोड दिनुभयो । यसका लागि आफू चौबिसै घण्टा पोखरा विश्वविद्यालयको लागि समर्पित रहने उहाँले बताउनुभयो ।
कोभिडले धेरै विश्वविद्यालयहरूलाई समस्यामा पारेको र केही विश्वविद्यालयले सामाजिक दुरी कायम गरी परीक्षा लिएको सन्दर्भमा २१ औं शताब्दीको प्रविधि मैत्री वातावरण सिर्जना गरी हामीले पनि अनलाईन पठनपाठन र परीक्षामा सञ्चालनका लागि ढिलो गर्न नहुनेमा उहाँको जोड थियो ।

पोखरा विश्वविद्यालय छोटो समयमा राम्रो प्रतिष्ठा कायम गरेको र धेरै कार्यक्रम ल्याएर एउटा ख्याति कमाएको विश्वविद्यालय भएकोले यसको अझ बढी प्रबर्धन र उत्थानका लागि केही राहत कार्यक्रमहरू सञ्चालनमा ल्याउनु पर्नेमा समेत उपकुलपतिले जोड दिनभयो । यसका लागि मेडिकल कलेजको स्थापना, बिद्युत, कानुन र शिक्षामा पठनपाठनदेखि लिएर देशको यस सुन्दर क्षेत्रलाई पर्यटकीय अध्ययन केन्द्रको रूपमा विकास गर्न सकिने उहाँको भनाई थियो । यसका लागि सबैको सहयोग र योगदान चाहिन्छ, केही समस्या भए सम्वाद, सहमति र सहकार्यमा अगाडि बढ्न सकिन्छ, उपकुलपतिले भन्नुभयो ।
स्वागत कार्यक्रममा पोखरा विश्वविद्यालय सेवा आयोगका अध्यक्ष रघुनाथ अधिकारी, पोखरा विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्रा. हरिबहादुर खड्का, स्कूल अफ डेभलेपमेन्ट सोसल ईञ्जियिरिङ्गका स्कूल निर्देशक डा. रामप्रसाद अर्याल, पोखरा विश्वविद्यालय कार्यकारी परिषद्का सदस्य सहप्राध्यापक हरिप्रसाद त्रिपाठी, पोखरा विश्वविद्यालय प्राध्यापक संघका अध्यक्ष हेमराज पाण्डे तथा पोखरा विश्वविद्यालय कर्मचारी संघका अध्यक्ष शिवराज पण्डितले विश्वविद्यालयका समस्याका बारेमा आ–आफ्नो मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको सञ्चालन सहप्रशासक तारा सापकोटाले गर्नुभएको थियो ।

सम्माननीय प्रधानमन्त्री तथा पोखरा विश्वविद्यालयका कुलपति के.पि. शर्मा ओलिले पोखरा विश्वविद्यालय ऐन २०५३ बमोजिम पोखरा विश्वविद्यालयको रिक्त रहेको उप–कुलपति पदमा प्रा.डा. प्रेमनारायण अर्याललाई २०७७ असोज १४ गते बुधबार नियुक्त गर्नुभएको छ । नवनियुक्त उप-कुलपति अर्यालले आउँदो आइतबार (असोज १८) गते पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालय, लेखनाथमा पदबहाली गर्नुहुने कार्यक्रम छ । ४ (चार) वर्षको लागि उप–कुलपति पदमा नियुक्त प्रा. डा. अर्याललाई हार्दिक बधाई ज्ञापन गर्दै उहाँको सफल कार्यकालको हार्दिक शुभ–कामना व्यक्त गर्दछौं ।
पोखरा विश्वविद्यालय
पोखरा–३०, लेखनाथ, कास्की ।



जिल्ला प्रशासन कार्यालय, कास्कीको पत्र संख्याः प्र. २०७७/०७८, च.नं. ९९९, मिति २०७७/०५/२८ गतेको पत्रानुसार विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस) को संक्रमण बढ्दै गइरहेको अवस्थामा सोको संक्रमण, रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारबाट जारी भएका स्वास्थ्य तथा सुरक्षाका मापदण्ड एवम् सावधानीहरूलाई कडाइका साथ पालन गरी प्रशासनिक कार्यहरू सञ्चालन गर्न जानकारी प्राप्त भएकाले सोही बमोजिम हुनेगरी मिति २०७७/०५/२९ गतेदेखि पोखरा विश्वविद्यालय मातहतका सबै निकायहरू खोल्न र दैनिक प्रशासनिक गतिविधिहरू सञ्चालन गर्न/गराउन हुन सम्बन्धित सबैलाई जानकारी गराईन्छ ।

लोकप्रसाद ढकाल
सूचना अधिकृत
मितिः २०७७/०५/२८ गते



Faculty of Management Studies, Pokhara University is organizing three day webinar on Emerging Concepts in Marketing (ECM) from 15th September – 17th September, 2020 in association with School of Business Alumni Relations. The webinar brings professors and experts of marketing from renowned higher education institutions of India together to share their ideas on emerging issues in marketing. The speakers are well trained in academia and have rich experience of working in the industry.
The webinar is free to register and interested participants can register their names to Santosh Kumar Gurung at [email protected](9846117506) OR Pradeep Sapkota at [email protected](9856062223) on or before 9th September, 2020.

मिति २०७७/०५/१९ गते जिल्ला प्रशासन कार्यालय, कास्कीबाट संक्रामक रोग नियन्त्रण ऐन, २०२० बमोजिम कास्की जिल्लाभर लागूहुने गरी जारी गरिएको आदेश अनुसार विश्वविद्यालय, क्याम्पस लगायतका सेवा तथा स्थलहरू नखोल्नुहुन तथा सञ्चालन नगर्नुहुन भन्ने भएकाले पोखरा विश्वविद्यालयमा सोही अनुसार हुने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।

लोकप्रसाद ढकाल
सूचना अधिकृत
मितिः २०७७/०५/२० गते


जिल्ला प्रशासन कार्यालय कास्कीको संलग्न प.सं. २०७७/७८ मिति २०७७/०५/१२ गतेको पत्रानुसार कास्की जिल्लाभर लागूहुने गरी संक्रामक रोग नियन्त्रण ऐन, २०२० बमोजिम जारी गरिएको आदेशको बुँदा नं. ५ अनुसार विश्वविद्यालय, क्याम्पस लगायतका सेवा तथा स्थलहरू नखोल्नुहुन तथा सञ्चालन नगर्नुहुन भन्ने भएकाले पोखरा विश्वविद्यालयमा सोही अनुसार हुने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।

लोकप्रसाद ढकाल
सूचना अधिकृत
मितिः २०७७/०५/१२ गते


The three day E- workshop entitled Data Envelopment Analysis (DEA) for Performance Evaluation and Benchmarking organized by Faculty of Management Studies, Pokhara University in collaboration with Nepal Tourism and Hotel Management College, Pokhara from 25th – 27th August, 2020 has been concluded. The inaugural session of the workshop was chaired by Prof. Hari Bahadur Khadka, Dean, Faculty of Management Studies, Pokhara University. Prof. Dr. Radheshyam Pradhan, Central Department of Management, Tribhuvan University was the Chief Guest of the inaugural session. The inaugural session was addressed by Prof. Dr. JB Komaraiah, Department of Economics, Faculty of Social Sciences, Banaras Hindu University, Prof. Anand Kumar Jaiswal, Indian Institute of Management, Ahmedabad (IIMA) and Dr. Lokanandha Reddy Irala, Associate Professor, School of Management Studies, Central University of Hyderabad. Dr. Joyeeta Deb Mazumdar, Associate Professor, Department of Business Administration, Assam University facilitated the workshop as the Resource Person. The workshop comprised of 76 participants where 60 participants represented 14 different higher education institutions of Nepal and 16 participants represented various higher education institutions of India.


The workshop focused faculties and PhD Scholars in the area of economics, management and allied disciplines. This online-based workshop emphasized on basic DEA models for efficiency and productivity measurement. The contents of the workshop were designed meticulously with the objective to provide a healthy balance between theory and hands-on applications. The three day e-workshop was conceived as a task oriented exercise platform where participants learned from the experts and practitioners by solving real problems confronted in different arena. The workshop basically emphasized on fundamental concept of Data Envelopment Analysis (DEA), Technical Efficiency and Estimation and Productivity Growth Analysis.
The three day e-workshop was conducted through electronic platform (Zoom) and was interactive in nature where participants freely raised questions and participated in real life exercises. Exposure to software was also provided. The sessions were conducted from 11:00 am to 1:00 pm.


२०७७ भदौ २ गते, मङ्गलबार ।
राष्ट्रकवि माधवप्रसाद घिमिरेको २०७७ भदौ २ गते मङ्गलबार अपरान्ह ५ः३० बजे आफ्नै निवास लैनचोर, काठमाडौंमा हुन गएको निधनप्रति गहिरो शोकसहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं । उहाँ १०१ वर्षको हुनुहुन्थ्यो । उहाँको जन्म वि.सं. १९७६ असोज ७ गते लमजुङ जिल्लाको पुस्तुनमा भएको थियो । उहाँ केहि समयदेखि श्वासप्रश्वास, रक्तचाप र मधुमेहको समस्याबाट पिडित हुनुहुन्थ्यो । नेपाली वाङ्मय क्षेत्रमा दशकौं लामो साहित्य साधना र योगदान गर्नुहुने राष्ट्रकवि घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका एक कुशल र सिद्धहस्त वरिष्ठ नेपाली साहित्यकार, कवि र गीतकार हुनुहुन्थ्यो ।

उहाँले वि.सं. २०७३ वैशाख ८ गते सम्पन्न पोखरा विश्वविद्यालयको १३ औं दीक्षान्त समारोहमा प्रमुख अतिथिको रूपमा सहभागिता जनाउनु भएको थियो । उहाँको जेठी श्रीमती गौरीको विसं २००४ मा निधनपछि उहाँले रचेको गौरी शोककाव्य र अन्य दर्जनौँ काव्य, गीतिनाटक, कथा, यात्रा संस्मरण र अनुवाद विधामा उहाँका कृतिहरू लोकप्रिय छन् । उहाँका नवमञ्जरी, घामपानी, नयाँ नेपाल र किन्नरकिन्नरी आदि कविता संग्रह प्रकाशित छन् भने “गाउँछ गीत नेपाली”, “फूलको थुङ्गा बगेर गयो” तथा “आजै र राति के देखे सपना” आदि गीतहरू प्रख्यात छन् ।

उहाँका श्रीमती, दुई छोरा र ६ छोरी हुनुहुन्छ । शोकको यस घडिमा उहाँको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना समेत व्यक्त गर्दछौं ।
विश्वव्यापी महामारीको रूपमा फैलिएको नोबेल कोरोना भाईरस (COVID-19) को बढ्दो संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारबाट जारी भएका स्वास्थ्य तथा सुरक्षाका मापदण्ड एवम् सावधानीहरूलाई कडाईका साथ पालना गर्न, गराउन जिल्ला प्रशासन कार्यालय, कास्कीले मिति २०७७/०५/०२ गते राति १२ः०० बजेदेखि मिति २०७७/०५/०७ गते राति १२ः०० बजेसम्म कास्की जिल्लाभर निषेधाज्ञासम्बन्धी आदेश जारी गरेको छ । यसर्थ निषेधाज्ञा जारी रहेको अवधिमा पोखरा विश्वविद्यालयको सुरक्षासँग जोडिएका अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण शैक्षिक एवम् प्रशासनिक कार्य, गतिविधिहरू पनि बन्द हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना जारी गरिएको छ । COVID-19 को रोकथाम तथा नियन्त्रणका सन्दर्भमा यस किसिमका आदेश, व्यवस्था मिति २०७७/०५/०७ गतेपछि पुनः हुन गएमा सोहि बमोजिमको अवधिभरसम्म विश्वविद्यालय बन्द रहने समेत जानकारी गराइन्छ ।

लोकप्रसाद ढकाल
सूचना अधिकृत
२०७७ भाद्र २ गते


पोखरा विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णय एवम् प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय गण्डकी प्रदेशको मिति २०७६ चैत्र २२ गतेको सूचना अनुसार २०७७ साउन १९ गते सोमबार दिन जनै पूर्णिमा (रक्षाबन्धन) पर्व परेकाले उक्त दिन पोखरा विश्वविद्यालय र मातहतका निकायहरूमा पनि सार्वजनिक बिदा हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

लोकप्रसाद ढकाल
सूचना अधिकृत

प्रा.डा. राधेश्याम कायस्थप्रति हार्दिक श्रदासुमन२०७७ साउन १५ गते, विहीबार, पोखरा, कास्की ।
वरिष्ठ वनस्पतिशास्त्री एवम् शिक्षाविद् प्रा.डा. राधेश्याम कायस्थकोे ७८ वर्षको उमेरमा चरक मेमोरियल अस्पताल, नयाँबजार, पोखरामा २०७७ साउन १५ गते हुन गएको निधनप्रति गहिरो शोकसहित हार्दिक श्रदासुमन अर्पण गर्दछौं । उहाँ पोखरा विश्वविद्यालयको पूर्व सभासद्, प्राज्ञिक परिषद्को सदस्य, साइन्स विषय समितिको अध्यक्ष एवम् वि.फार्मेसी विषय समितिको सदस्य हुनुहुन्थ्यो । यस दुःखद घडिमा उहाँले पोखरा विश्वविद्यालयको विकास र प्रबर्धनमा विभिन्न पदमा बसी पुर्याउनु भएको योगदानको उच्च कदरसहित सम्मान गर्दै हार्दिक स्मरण समेत गर्दछौ । पोखराको शिक्षा क्षेत्रको एक पर्यायको रूपमा स्थापित अग्रणी शिक्षासेवी प्रा.डा. कायस्थ केही समयदेखि दम रोगबाट पिडित हुनुहुन्थ्यो । उहाँका एक श्रीमति, दुई छोरा र एक छोरी हुनुहुन्छ । शोकको यस घडिमा उहाँको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना समेत व्यक्त गर्दछौं ।






यस स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल ईञ्जिनियरिङ्ग आफ्नो शैक्षिक गुणस्तर बृद्धिका लागि प्रयासरत रहेको र विश्वबिद्यालय अनुदान आयोगबाट प्रदान गरिने गुणस्तर सुनिश्चितता तथा प्रत्यायनको प्रमाणपत्र प्राप्तिको लागि आवश्यक तयारी भइरहेको व्यहोरा सबैलाई अवगत गराउन चाहन्छौं । विश्वविद्यालय अनुदान आयोगबाट प्रथम चरणको स्थलगत अध्ययन भ्रमण सम्पन्न भई अन्तिम चरणको मूल्यांकनको लागि तयारी अवस्थामा रहन सूचना प्राप्त भइसकेको हुँदा यस स्कूलको तर्फबाट स्कूलको स्व-अध्ययन प्रतिवेदन (Self Study Report) वेभपेजमा राखिएको छ । इच्छुक तथा सरोकारवालाहरुले स्व-अध्ययन प्रतिवेदन (Self Study Report) अध्ययन गरी आफ्नो धारणा तलको म्यासेज बक्समा २०७७ साउन २० गतेभित्र लेखिपठाउन हुन हार्दिक अनुरोध गर्दछौं
पुनश्चः यहाँहरुको सुझाव तथा टिप्पणी यस संस्थाको लागि गाह्य र मार्गदर्शक हुने व्यहोरा अनुरोध गर्दछौं ।