पाठ्यक्रम विकास केन्द्रद्वारा कार्यशाला गोष्ठी आयोजना

पाठ्यक्रम विकास केन्द्रद्वारा कार्यशाला गोष्ठी आयोजना


२०७८ साल मंसिर १७ गते शुक्रबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रद्वारा यहि मंसिर ९ र १० गते BNS कार्यक्रम अन्तर्गत तेस्रो वर्षको Evaluation Tools निर्माण गर्नका लागि दुई दिने कार्यशाला गोष्ठीको आयोजना गरियो । उक्त गोष्ठी काठमाडौंको नारायणहिटीपथमा रहेको होटेल ल्याण्डमार्कमा सम्पन्न भएको थियो । गोष्ठीमा स्वास्थ्य विज्ञान संकायका डीन डा. अमर नागिला, पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक डा. पूर्ण बहादुर खाँड, नर्सिङ्ग विषय समितिका अध्यक्ष तथा त्रिभुवन विश्वविद्यालय महाराजगञ्ज क्याम्पसका क्याम्पस प्रमुख प्रा. चन्द्रकला शर्मासहित पोखरा विश्वविद्यालय तथा अन्य विश्वविद्यालयका विज्ञहरू, आङ्गिक तथा सम्बन्धनप्राप्त महाविद्यालयहरूका शिक्षक तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

अधिकारीको सम्झनामा श्रद्धाञ्जली सभा !

अधिकारीको सम्झनामा श्रद्धाञ्जली सभा

२०७८ मंसिर १२ गते आइतबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालयले स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल ईञ्जिनियरिङ्गका उप–प्राध्यापक रामजी प्रसाद अधिकारीको असामयिक निधनमा आज एक श्रद्धाञ्जली सभाको आयोजना गर्यो। श्रद्धाञ्जली सभामा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्याल, रजिष्ट्रार सह–प्रा.डा. दिपकबहादुर भण्डारी लगायत मानविकी तथा सामाजिक शास्त्र संकायका डीन सह–प्रा.डा. अजय थापा, स्कूल अफ बिजनेश, पोखरा विश्वविद्यालयका स्कूल निर्देशक उप–प्राध्यापक डा. श्रृजन ज्ञवाली, स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल ईञ्जिनियरिङ्ग, पोखरा विश्वविद्यालयका निमित्त स्कूल निर्देशक उप–प्राध्यापक बद्री अर्याल, सोही स्कूलका उप–प्राध्यापक युवराज त्रिपाठी, पोखरा विश्वविद्यालय प्राध्यापक संघका महासचिव उप–प्राध्यापक रविन्द्र प्रसाद बराल, पोखरा विश्वविद्यालय कर्मचारी संघका अध्यक्ष उप–प्रशासक शिव राज पण्डितले स्वर्गीय अधिकारीको व्यक्तित्व र विश्वविद्यालयमा उहाँले पुर्याएको योगदानका बारेमा चर्चा र मृतात्माको चिरशान्तिको कामनासहित शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै धैर्य धारण गर्ने शक्ति मिलोस् भनी कामना गर्नुभएको थियो ।

उहाँको ४४ वर्षको उमेरमा यही मंसिर ९ गते बिहीबार गण्डकी क्षेत्रीय अस्पताल, पोखरामा उपचारका क्रममा दुःखद निधन भएको थियो । उहाँले पोखरा विश्वविद्यालयमा वि.सं. २०६८ सालमा करार सेवामा र वि.सं. २०७३ सालदेखि स्थायी सेवामा रही जेण्डर सोसियोलोजी विषयमा अध्यापनमा गराउँदै आउनुभएको थियो । स्वर्गीय अधिकारीका श्रीमती र दुई छोरा हुनुहुन्छ ।

पोखरा विश्वविद्यालयले सिमान्तकृत र बहिष्कृत महिलाको सामाजिक आर्थिक जोखिमको मूल्यांकन गर्ने

पोखरा विश्वविद्यालयले सिमान्तकृत र बहिष्कृत महिलाको सामाजिक आर्थिक जोखिमको मूल्यांकन गर्ने

२०७८ मंसिर ६ गते सोमबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालयले गण्डकी प्रदेशको म्याग्दी र स्याङ्जा जिल्लाका बेनी, वालिङ् र पुतलीबजार नगरपालिकामा सीमान्तकृत र बहिष्कृत महिलाहरूको सामाजिक–आर्थिक जोखिमको मूल्यांकन गर्ने भएको छ । संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडिपि) सहयोगमा सञ्चालन गरिने उक्त अनुसन्धान परियोजनाको पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालय एक समारोहबीच आज शुभारम्भ गर्नुभयो । परियोजना शुभारम्भ गर्दै उपकुलपति अर्यालले विश्वविद्यालयले गरेका उत्कृष्ट अनुसन्धानहरूले नोबेल पुरस्कार प्राप्त गरेको दृष्टान्त दिँदै विश्वविद्यालयलाई शिक्षा प्रदान गर्ने मात्र नभई अनुसन्धानमुखी क्रियाकलाप र सामाजिक सेवा प्रदान गर्ने शैक्षिक उत्कृष्टताको केन्द्र बनाउनु पर्नेमा जोड दिनुभयो । उहाँले शिक्षक तथा विद्यार्थीहरूलाई अनुसन्धानमा सामेल गर्नुपर्ने मान्यता अनुरूप यस किसिमका परियोजना ल्याइएको उल्लेख गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै विश्वविद्यालयका रजिष्ट्रार डा. दिपकबहादुर भण्डारीले विश्वविद्यालय अनुसन्धान गर्ने, नयाँ नयाँ प्रविधि र ज्ञानको प्रयोग गर्ने ठाउँ भएको उल्लेख गर्नुभयो । उहाँले विश्वविद्यालयले गरेका अनुसन्धान कार्यले देशलाई आवश्यक नीति निर्माण गर्न सहयोग पुग्ने बताउनु भयो । कार्यक्रममा मानविकी तथा सामाजिक शास्त्र संकायका डीन सह–प्रा.डा. अजय थापा, स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्सेजका सह–प्राध्यापक डा. निरञ्जन श्रेष्ठ र उप–प्राध्यापकद्वय अनिता दाहाल र नन्दराम गहतराज तथा स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल ईञ्जिनियरिङ्गका उप–प्राध्यापक डा. अर्जुन कुमार थापाले कार्यक्रमका बारेमा बोल्नुभएको थियो ।

यूएनडिपि र पोखरा विश्वविद्यालयबीच म्याग्दी र स्याङ्जा जिल्लाका सीमान्तकृत र बहिष्कृत महिलाहरूको जीवनस्तर उकास्ने मूल उद्देश्यका साथ यूएनडिपिका नेपालस्थित आवासीय प्रतिनिधि मेडागांगोडा लाबे र पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रकाका कार्यकारी निर्देशक सह–प्रा.डा. नमराज धामीबीच हालै एक सम्झौतामा हस्ताक्षर भएको थियो । परियोजना अनुसन्धानको बजेट कुल २६,५१,९९५।– (छब्बीस लाख एकाउन्न हजार नौसय पन्चानब्बे) छ । परियोजनको सल्लाहकारमा विश्वविद्यालयका उपकुलपति र रजिष्टार एवम् अनुसन्धान टोलीमा सह–प्रा.डा. नमराज धामी, सह–प्रा.डा. निरञ्जन श्रेष्ठ, डा. अर्जुनकुमार थापा, श्री नन्दराम गहतराज र अनिता दाहाल हुनुहुन्छ । परियोजना अनुसन्धानको अवधि २०२१ को डिसेम्बरसम्म रहेको छ ।

कोभिड–१९ को महामारीले ल्याएको आर्थिक अवरोधले नेपालको शहरी र ग्रामीण दुवै जनसंख्याको जीविकोपार्जनमा दीर्घकालीन छाप सिर्जना गरेको छ र यसले देशभरका महिलाहरू लगायत धेरै कमजोर जनसंख्याका लागि ज्यान जोखिममा पार्ने अवस्था सिर्जना गरेको छ । जसले विद्यमान सामाजिक र आर्थिक असमानताहरूलाई झन बढाएको छ । कोभिडले नेपालमा करिब २० लाख रोजगारीमा बाधा पुर्याएको छ, या त पूर्ण रोजगारी गुमेको छ वा कामको घण्टा र ज्याला घटाएको तथ्यांक छ । कोभिड–१९ का कारण कतिपयको आम्दानीको स्रोत गुमेको छ भने कतिपयले अपर्याप्त खाद्यान्न उपभोगको समस्या भोगेका छन् ।

यूएनडिपिले कोभिड–१९ महामारीको संकटले निम्त्याएको सामाजिक आर्थिक संकटको जटिल प्रभावहरूलाई ध्यानमा राख्दै गण्डकी प्रदेशका स्याङ्जा र म्याग्दी जिल्लामा आपतकालीन मानवीय सहायता कार्यक्रम कसरी कुन मोडालिटी अन्तर्गत सञ्चालन गर्न सकिन्छ भन्ने मूल हेतुले पोखरा विश्वविद्यालयमार्फत यो अनुसन्धान परियोजना सञ्चालन गर्न लागेको हो । यस अनुसन्धान परियोजनाले असमान र गम्भीर रूपमा प्रभावित भएका देशैभरका गरिव र कमजोर घरपरिवारका सीमान्तकृत र बहिष्कृत महिलाहरूलाई आपतकालीन सहयोग उपलब्ध गराउन र खाद्यान्न तथा आर्थिक सहयोगका कार्यक्रम सञ्चालन गर्न आवश्यक नीति निर्माण गर्न सहयोग गर्नेछ ।

कार्यक्रमका केही तस्विरहरूः

 

पोखरा विश्वविद्यालयको पठन–पाठन भौतिक रूपमा सञ्चालन

पोखरा विश्वविद्यालयको पठन–पाठन भौतिक रूपमा सञ्चालन

२०७८ कात्तिक २८ गते आइतबार, पोखरा–३०, कास्की ।

पोखरा विश्वविद्यालयले आजदेखि आफ्ना पठन–पाठन लगायत सम्पूर्ण शैक्षिक एवम् प्राज्ञिक क्रियाकलापहरू भौतिक रूपमा सञ्चालन गरेको छ । कोभिड–१९ को जोखिम तथा संक्रममणमा उल्लेख्य कमि आउन थालेपछि विश्वविद्यालयले निर्देश गरेबमोजिम विश्वविद्यालयका आङ्गिक, संयुक्त आङ्गिक तथा सम्बन्धनप्राप्त ६६ वटै महाविद्यालयहरूले सम्पूर्ण प्राज्ञिक गतिविधिहरू भौतिक रूपमा सञ्चालन गरेका हुन् । विश्वव्यापी महामारीको रूपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण र जोखिमका कारण २०७६ को चैत्रदेखिको लकडाउन र केही समयको बन्द पछि पछिल्लो समयमा विश्वविद्यालयले अनलाइन (Virtual) माध्यमबाट पठन–पाठन एवम् परीक्षा सञ्चालन गर्दै आएको थियो ।

पोखरा विश्वविद्यालय र नेशनल इन्फरमेशन सोसाईटी एजेन्सी, कोरियाबीच सम्झौता

पोखरा विश्वविद्यालय र नेशनल इन्फरमेशन सोसाईटी एजेन्सी, कोरियाबीच सम्झौता

२०७८ कात्तिक २६ गते शुक्रबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालय र नेशनल इन्फरमेशन सोसाईटी एजेन्सी, कोरियाबीच सूचना तथा प्रविधि (आईसीटी) क्षेत्रमा पारस्परिक सहयोग र सहकार्यलाई थप सुदृढ र प्रवद्र्धन गर्ने उद्देश्यले एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्याल र राष्ट्रिय सूचना समाज एजेन्सी (एनआइए), गणतान्त्रिक कोरियाका प्रेसिडेन्ट योङ्गसिक मूनले एक समारोहबीच पोखरा विश्वविद्यालयको सूचना पहुँच केन्द्र ‘आईएसी’ मा उक्त समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको थियो । यस कार्यले नेपाल र कोरियाबीचको साझेदारीलाई सुदृढ पार्ने र अन्ततः ग्रामीण क्षेत्रमा सूचनाको पहुँचमा सुधार गरी नेपालमा डिजिटल विभाजनलाई कम गर्न मद्दत पुग्ने अपेक्षा राखिएको छ । विश्वव्यापी सूचना प्रविधिमा आएको दु्रत गतिको विकासलाई समेट्ने गरी ‘एनआइए’ ले यस केन्द्रको पुनर्सरचना गर्नेछ ।

समझदारीपत्रमा हस्ताक्षर गर्दै उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले २१ औं शताब्दी सूचना प्रविधिको युग भएको उल्लेख गर्दै विश्वविद्यालयमा सूचना प्रविधिको विश्वव्यापी पहुँच अभिवृद्धि र सुदृढिकरणका लागि ‘एनआइए’ को सहयोग प्रशंसनीय रहेको बताउनुभयो । ‘एनआइए’ का प्रेसिडेन्ट योङ्गसिक मूनले नेपालको विकासमा प्रविधि र डिजिटल उपकरणहरूको प्रयोग सुदृढ गर्ने प्रमुख उद्देश्यका साथ सहयोग विस्तार गर्दै आएको बताउनुभयो । उहाँले नेपालमा पोखरा निकै सुन्दर र मनमोहक रहेको उल्लेख गर्दै यहाँ आउँदा मनमा निकै आनन्द र शान्ति छाएको उल्लेख गर्नुभयो । उहाँले पोखरा विश्वविद्यालयको ‘आईएसी’ को माध्यमले विद्यार्थी तथा नागरिकलाई सूचना प्रविधिमा सहजीकरण गर्न आफूहरूले सक्दो प्रयास गर्ने बताउनुभयो ।

विश्वव्यापी डिजिटल विभाजनलाई कम गर्न योगदान गर्ने प्रयासको रूपमा विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत गणतन्त्र कोरियाको राष्ट्रिय सूचना समाज एजेन्सी ‘एनआइए’ र पोखरा विश्वविद्यालयबीच एक समझदारीपत्रमा हस्ताक्षर भई वि.सं. २०६८ साल कात्तिक २८ गते पोखरा विश्वविद्यालयमा सूचना पहुँच केन्द्र ‘आईएसी’ स्थापना भएको थियो ।

यस केन्द्रमा एउटा सूचना प्रविधि तालिम प्रयोगशाला, एउटा इन्टरनेट लाउन्ज, एउटा आन्तरिक र अन्तर्राष्ट्रिय कार्यक्रमहरू होस्ट गर्नको लागि सेमिनार कोठा र एउटा प्रशासनिक कार्यालय समावेश छन् । यस केन्द्रलाई प्रविधियुक्त उपकरण, टि.भि., कम्प्यूटर र भिडियो कन्फरेन्सिङ उपकरणहरूका साथै फर्निचर एवम् फर्निसिङ्गले व्यवस्थित गरिएको छ । यहाँ जडित प्रविधिले नेपालमा डिजिटल विभाजनलाई कम गर्न र नेपालीहरूलाई विभिन्न सूचना सञ्चार प्रविधिहरूसँग जोड्न मद्दत गर्नेछ । आईसीटीको विकास दिन प्रतिदिन बढ्दै गएको र यसले कोभिड–१९ पछिको विश्वले आईसीटी पहुँच भएका र नभएकाहरू बीच ठूलो खाडल बनाइरहेको परिप्रेक्ष्यमा यस केन्द्रको मुख्य उद्देश्य आईसीटीमा पहुँच सुधार गर्ने र नेपालको आईसीटी क्षमताहरूलाई सुदृढ गर्ने र सहयोग प्रवर्धन गर्ने लक्ष्य राखिएको छ । यस केन्द्रलाई करिब २ करोडको लागतमा निर्माण गरिएको हो । Read More——-

MoU Pictures:

 

अनुसन्धान केन्द्रद्वारा रिसर्च टक कार्यक्रम आयोजना !!!

अनुसन्धान केन्द्रद्वारा “रिसर्च टक” कार्यक्रम आयोजना !!!

२०७८ साल कात्तिक १४ गते आइतबार, पोखरा, कास्की ।
पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रले पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान सङ्काय र स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्सेजसँग सहकार्य गरी स्कूल अफ बिजनेश, पोखरा विश्वविद्यालयको भवनमा अवस्थित इन्फरमेशन एक्सेस सेण्टरमा एक “रिसर्च टक” कार्यक्रमको शुरूवाती पहिलो श्रृंखला आयोजना गर्यो । ट्रान्सप्लान्ट सर्जरी, क्यालिफोर्निया विश्वविद्यालय, सान फ्रान्सिस्को अमेरिकाको शल्यक्रिया विभागका सह–प्राध्यापक डा. तारा सिग्देललाई प्रमुख वक्ताको रूपमा आमन्त्रण गरिएको उक्त कार्यक्रममा पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्याल, रजिष्ट्रार डा. दिपकबहादुर भण्डारी लगायत विभिन्न संकायका डीनहरू तथा स्वास्थ्य विज्ञान सङ्काय र स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्सेजका प्राध्यापक, पदाधिकारी आदिको उपस्थिति रहेको थियो ।

कार्यक्रमका सभापति एवम् उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले जबसम्म विश्वविद्यालयमा अनुसन्धान गतिविधि सँगसँगै पठनपाठन हुँदैन, त्यस्तो शिक्षामा गुणस्तर नहुने र त्यसले देशको योजनाबद्ध विकासका लागि थिंक टैंक समेत नजन्माउने उल्लेख गर्नुभयो । उपकुलपतिले पोखरा विश्वविद्यालयलाई अग्रणी विश्वविद्यालयको रूपमा स्थापित गर्न प्राध्यापकहरूमा अनुसन्धान तथा नविनतम सोच आवश्यक छ भन्दै “तपाईहरू अनुसन्धानतर्फ लाग्नुस्, आवश्यक साधन, स्रोत र सहयोग हामी जुटाउँछौं” उपकुलपतिले भन्नुभयो ।

कार्यक्रमका प्रमुख वक्ता डा. तारा सिग्देलले “रिसर्च एण्ड इनोभेशन इन हाइअर एजुकेशन–एन ईलुसिभ बट क्रिटिकल कम्पोनेन्ट ईन पोष्ट कोभिड इरा” शिर्षकमा प्रस्तुतिकरण गर्नुभएको थियो । उहाँले बायोइन्फरमेटिक्स, बायोमार्कर डिसकभरी, हाई थ्रोपुट डाटा, इमुनोलोजी, किड्नी ट्रान्सप्लान्टेशन, लिभर क्यान्सर, अर्गान ट्रान्सप्लान्टेशन, प्रोटियोमिक्सका बारेमा संक्षिप्त प्रस्तुति गर्नु भएको थियो ।

पोखरा विश्वविद्यालयको अनुसन्धान गतिविधिलाई अधिक व्यावहारिक र उपयोगी तुल्याउँदै गुणस्तरीय शिक्षाका लागि पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रले हरेक महिना विभिन्न शिर्षकमा “रिसर्च टक” कार्यक्रमलाई निरन्तरता दिने बताएको छ । कार्यक्रमको सञ्चालन पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सह–प्रा.डा. नमराज धामीले गर्नुभएको थियो ।

कार्यक्रमका तस्विरहरूः
« of 4 »

 

उद्यमशीलता विकासका लागि पोखरा विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र संकाय र नबिल बैंक लिमिटेडबीच सम्झौता पत्रमा हस्ताक्षर

उद्यमशीलता विकासका लागि पोखरा विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र संकाय र नबिल बैंक लिमिटेडबीच सम्झौता पत्रमा हस्ताक्षर

२०७८ साल कात्तिक १२ गते शुक्रबार, पोखरा, कास्की ।
पोखरा विश्वविद्यालयमा सञ्चालित उद्यमशीलता विकास कार्यक्रमको चार वर्षे स्नातकतहमा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई अध्ययन गर्न तथा अध्ययन पश्चात उद्यम÷व्यवसाय सञ्चालन गर्न सहजीकरण गर्ने उद्देश्यले पोखरा विश्वविद्यालय र नबिल बैंक लिमिटेडबीच एक समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भयो । पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्याल तथा रजिष्ट्रार डा. दिपकबहादुर भण्डारीको समुपस्थितिमा भएको हस्ताक्षर समारोहमा पोखरा विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकाय डीन, सह–प्रा. डा. अजय थापा र नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले उक्त समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गर्नु भएको थियो ।

हस्ताक्षर समारोहलाई उद्घाटनसहित सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवम् पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले विश्वविद्यालयले देशलाई आवश्यक पर्ने उद्यमीहरू जन्माउने कार्यलाई अभियानको रूपमा लैजाने बताउनुभयो । उहाँले परम्परागत शैलीको पठनपाठनमा आमूल परिवर्तन गरी विद्यार्थीहरूलाई उद्यमशिलतामा आकर्षित ज्ञान र सीप दिने उद्देश्यले नेपालमै पहिलोपटक उद्यमशिलता विकासमा पठनपाठन शुरू गरिएको बताउनुभयो ।

कार्यक्रमका विशेष अतिथि एवम् पोखरा विश्वविद्यालयका रजिष्ट्रार सह–प्रा.डा. दिपकबहादुर भण्डारीले विद्यार्थीले जागिर खोज्ने नभई रोजगारी सिर्जनाका लागि पढ्नुपर्नेमा जोड दिनु भयो । उहाँले नबिल बैंकले बिना धितो उत्कृष्ट व्यापार योजनालाई प्राथमिकता राखेर ऋण प्रभाव गरे उद्यमशिल विकासलाई सहयोग पुग्ने बताउनुभयो ।

नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले अरूले रोपेको रूखको फल खाएर सन्तुष्टि भएको नबिल बैंकलाई फलको कुनै कमी नभएको उल्लेख गर्नुभयो । उहाँले नेपालका ठूला ठूला उद्यमीहरू नबिल बैंकको ग्राहक भएको उल्लेख गर्दै बैंकमा यथेष्ट रकम डिपोजिट रहेको तर बैंकको दिगो विकासका लागि उद्यमीलाई रोजगार दिने सहयात्री खोज्दै गर्दा पोखरा विश्वविद्यालय जस्तो उत्कृष्ट संस्था भेटिएकोले आफू र आफ्नो टिमलाई निकै सन्तुष्टि प्राप्त भएको उल्लेख गर्नुभयो । शाहले इन्टर्नशिप सामाजिक सेवा होइन भन्दै विद्यार्थीलाई इन्टर्नशिपका लागि बैंक नभई जहाँ बुद्धि, विवेक, पसिना बगाउने उद्यमीहरू छन् त्यहाँ जानुपर्नेमा जोड दिनुभयो । पोखरा विश्वविद्यालयले शुरू गरेको ब्याचलर अफ ईन्ट्रिप्रिन्यूरशीप डेभलपमेन्ट कार्यक्रम देशलाई सबैभन्दा आवश्यक रहेको तर्क गर्दै शाहले पेटको आगो र आर्थिक अभावले विदेशीने विद्यार्थीलाई यस कार्यक्रममार्फत नयाँ विचार र योजनासहित आएमा नबिल बैंकले पूर्ण सहयोग र साथ दिने बताउनु भयो । तर जागिर पाए खाने र व्यापार व्यवसाय पनि गर्ने विद्यार्थीलाई यस क्षेत्रमा नलाग्न समेत उहाँले सुझाउनु भयो ।

हस्ताक्षर समारोहमा पोखरा विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायका डीन सह–प्रा.डा. अजय थापाले पोखरा विश्वविद्यालयल र ब्याचलर अफ ईन्ट्रिप्रिन्यूरशीप डेभलपमेन्ट कार्यक्रमको बारेमा प्रस्तुति गर्नुभएको थियो भने नबिल बैंक लिमिटेडका गण्डकी प्रदेश प्रमु्ख सूर्य बहादुर रोकाले स्वागत मन्तव्य राख्नुभएको थियो । यस्तै गरी नबिल बैंक लिमिटेडका दिगो बैंकिङ्ग विकासका प्रबन्धक लिला प्रसाद ओझाले नबिल बैंक लिमिटेड र एमओयूको मुख्य पक्षबारे प्रस्तुति गर्नुभएको थियो । त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको मेडपा कार्यक्रमका राष्ट्रिय परियोजना प्रबन्धक डा. रामजी प्रसाद न्यौपानेले कार्यक्रममा विशेष टिप्पणी प्रस्तुत गर्नुभएको थियो ।

दुई संस्थाबीचको सहयोगको क्षेत्रमा नबिल बैंकले उद्यमशीलता विकासमा चारवर्षे स्नातकतह (ब्याचलर अफ ईन्ट्रिप्रिन्यूरशीप डेभलपमेन्ट) कार्यक्रममा अध्ययरत तथा उत्तीर्ण विद्यार्थीहरूले सञ्चालन गरेका जस्तैः विभिन्न कृषि व्यवसायमा संलग्न व्यक्तिगत एवम् सामूहि लगानीमा सञ्चालनमा रहेका र नयाँ सञ्चालन गरिने फर्म परियोजनाहरूलाई नबिल किसान कर्जा, कृषि, वन, व्यापार, उत्पादन, सेवा क्षेत्र आदिमा संलग्न सञ्चालित र नयाँ सञ्चालन गरिने विभिन्न लघु, साना तथा मझौला उद्यमहरूका लागि नबिल उद्यमशील कर्जाका साथै ब्याचलर अफ ईन्ट्रिप्रिन्यूरशीप डेभलपमेन्ट कार्यक्रम अध्ययन गर्न इच्छुक विद्यार्थीलाई उच्चशिक्षा उच्चशिक्षा कर्जा र शिक्षित युवा स्वरोजगार कर्जा प्रदान गर्नेछ ।

१०+२ पास गरेका विद्यार्थीले उच्च शिक्षा अध्ययन गर्न चाहेमा उच्चशिक्षा कर्जा अन्तर्गत उच्च प्राविधिक/व्यावसायिक शिक्षाका लागि पाँच वर्षको अवधिमा चुक्ता गर्नुपर्ने पाँचलाखसम्मको कर्जा नबिल बैंकले प्रवाह गर्नेछ भने शिक्षित युवा स्वरोजगार कर्जा पनि पाँच वर्षको अवधिमा चुक्ता गर्ने गरी अधिकतम सातलाखसम्म प्रदान गरिनेछ ।

किसान कर्जामा व्यक्तिगत व्यवसायका लागि १५ लाखसम्म, फर्मका लागि २५ लाखसम्म र सामूहिकमा पाँच लाख प्रति सदस्य प्रदान हुनेछ । पाँच वर्षसम्मको अवधि भएको किसान कर्जामा एक वर्षभन्दा कम नगद प्रवाह चक्र भएको व्यवसायका लागि छोटो अवधि कर्जा (एसटिएल) र सोभन्दा माथिको आवधिक कर्जाका रूपमा प्रवाह हुनेछ ।

विश्वविद्यालयले समय समयमा आफ्ना ब्याचलर अफ ईन्ट्रिप्रिन्यूरशीप डेभलपमेन्ट कार्यक्रममा अध्ययरत तथा उत्तीर्ण विद्यार्थीहरूलाई बित्ती विद्यार्थी र स्नातकहरूलाई वित्तीय साक्षरता÷उत्पादन अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्न प्लेटफर्महरू उपलब्ध गराउने तथा त्यस्ता विद्यार्थीहरूको डाइरेक्टरी/डेटाबेस उपलब्ध गराएर बैंकको वित्तीय क्षेत्रलाई सहज तुल्याउनेछ ।

पोखरा विश्वविद्यालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहकार्यमा नेपालमै पहिलो पटक पोखरा विश्वविद्यालयको मानविकी तथा सामाजिश शास्त्र संकाय अन्तर्गत स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल ईञ्जिनियरिङ्गमा गत वर्षदेखि वेचलर अफ ईन्ट्रिप्रिन्यूरशीप डेभलपमेन्ट कार्यक्रम सञ्चालनमा आएको थियो ।

कार्यक्रमका तस्विरहरू

« of 8 »

डीनको नेतृत्वमा अवलोकन भ्रमण सम्पन्न !!!

डीनको नेतृत्वमा अवलोकन भ्रमण सम्पन्न !!!

२०७८ असोज २४ गते आइतबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायका डीन सह–प्राध्यापक डा. अजय थापाको नेतृत्वमा स्कूल अफ बिजनेशका स्कूल निर्देशक उप–प्राध्यापक डा. सृजन ज्ञवाली, सह–प्राध्यापक डा. सूर्यबहादुर जि.सि. र ईस्पट ग्रुपका निर्देशक श्री साकार जंग शाहीसहितको टोलीले ४ देखि ७ अक्टुबर, २०२१ मा भारतको अहमदाबादस्थित रिसर्च, इनोवेशन, बिजनेश इक्कुवेशन र इन्ट्रिप्रिन्यूरसिप डेभलपमेन्ट सेन्टरको अवलोकन भ्रमण सम्पन्न गरेको छ ।

स्वर्णिम स्टार्टअप एण्ड इनोवेशन यूनिवसिर्टी, अहमदाबाद, भारतको आमन्त्रणमा भएको उक्त अवलोकन भ्रमणमा स्टार्टअप एण्ड इनोवेशन यूनिवसिर्टीको स्वर्णिम इन्कुवेशन सेन्टर, अरिहंत स्कूल अफ फार्मेसी एण्ड वायो रिसर्च इन्स्टिच्यूट, भारत सरकारले नयाँपुस्तामा उद्यमशिलता विकास गर्ने उद्देश्यले स्थापना गरेको इन्टरनेशनल सेन्टर फर इन्ट्रिप्रिन्यूरसिप एण्ड टेक्नोलोजी (icreate) र अहमदाबाद म्यानेजमेन्ट एशोसिएशन (AMA) मा अवलोकन भ्रमण तथा रिसर्च, इनोवेशन, बिजनेश इक्कुवेशन, इन्ट्रिप्रिन्यूरसिप डेभलपमेन्ट र अन्तर्राष्टिय सहयोगसँग सम्बन्धित विषयवस्तुहरूमा छलफल भएको थियो । अवलोकन भ्रमण तथा छलफलमा स्वर्णिम स्टार्टअप एण्ड इनोवेशन यूनिवसिर्टीका भाइस प्रेसिडेन्ट अदि रिसभ जैन, प्रोवोष्ट प्रोफेसर डा. कात्तिक जैन, महानिर्देशक रागिन शाह, इक्कुवेशन सेन्टर प्रमुख श्री दिप मेहता, आइक्रिएटका कार्यकारी निर्देशक अनुपम जलोटे लगायतका पदाधिकारी, निकाय प्रमुखहरूको सहभागिता रहेको थियो ।

अवलोकन भ्रमणका केहि तस्विर

उपकुलपतिद्वारा अन्तर्राष्टिय अनुसन्धान केन्द्र तथा आवास गृह शिलान्यास !!!

उपकुलपतिद्वारा अन्तर्राष्टिय अनुसन्धान केन्द्र तथा आवास गृह शिलान्यास !!!

२०७८ असोज २२ गते शुक्रबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले पोखरा विश्वविद्यालय प्राङ्गणमा निर्माण हुन लागेको अत्याधुनिक अन्तर्राष्टियस्तरको अनुसन्धान केन्द्र तथा आवास गृहको आज एक समारोहबीच शिलन्यास गर्नुभयो । समारोहका प्रमुख अतिथि तथा वैदिक कार्यका प्रमुखकर्ता उपकुलपति प्रा.डा. अर्यालले विहान ७ः३० बजेको शुभमुहर्त पारेर उक्त भवन शिलान्यास गर्नुभएको हो ।

शिलान्यासपछिको कार्यक्रमलाई सम्बोधन गर्दै उपकुलपति अर्यालले विश्वविद्यालयलाई सबैले पवित्र स्थलको रूपमा विकास गर्नुपर्नेमा जोड दिंदै यसको विकास भएमा मात्र समाजको विकास हुने बताउनुभयो । उपकुलपतिले विश्वविद्यालयमा नयाँ नयाँ अनुसन्धान र परिवर्तनको अझ बढी खाँचो छ भन्दै यसको उत्थानका लागि ओपनले निर्माण गर्न लागेको अन्तर्राष्टिय अनुसन्धान केन्द्र तथा आवास गृहले विश्वविद्यालयलाई थप उचाईमा लैजाने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा विश्वविद्यालयका रजिष्ट्रार डा. दिपकबहादुर भण्डारीले विश्वविद्यालय सबैको साझा संस्था भएकोले यसको विकासमा सबै एकै ठाउँ र समूहमा बसेर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सम्बन्धनप्राप्त कलेजहरू विश्वविद्यालयको एउटै परिवार भएकोले ती कलेजहरूको साथ र सहयोग विश्वविद्यालयको विकास र विस्तारका लागि महत्वपूर्ण हुने बताउनुभयो । पोखरा विश्वविद्यालय स्थानीयबासीको सोचले निर्माण भएको उल्लेख गर्दै उहाँले स्थानीयबासीको शिक्षा, स्वास्थ्यमा विश्वविद्यालयले ध्यान दिने बताउनुभयो ।

विश्वविद्यालयको व्यवस्थापन संकाय डीन डा. दयाराज ढकालले ओपनको सहकार्यमा निर्माण हुन लागेको अनुसन्धान तथा आवास गृह विश्वविद्यालय परिवार र समाजको लागि एक उत्कृष्ट कार्य भएको र यसको निर्माण सहयोगमा सबैको एउटै भाव देखिएकोले समयमै सम्पन्न हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा मन्तव्य राख्दै ओपनका अध्यक्ष एवम् नोबेल कलेजका संस्थापक/प्राचार्य नवराज पाण्डेले पोखरा विश्वविद्यालयको विकास भएमा स्वतः यस क्षेत्रको व्यापार, व्यवसाय, पर्यटन आदि फस्टाउने उल्लेख गर्नुभयो । उहाँले पोखरा विश्वविद्यालयको विकासमा स्थानीयबासी र यसका सरोकारवालाहरूको महत्वपूर्ण योगदान रहेको चर्चा गर्दै सबैको भावना समेटी समयअनुसार विश्वविद्यालय परिवर्तन हुँदै जानुपर्नेमा जोड दिनुभयो । विश्वविद्यालय सार्वजनिक निजी साझेदारी मोडेलमा अगाडि बढेमा मात्र यसले उचाई लिने उल्लेख गर्दै पाण्डेले यसैलाई मध्यनजर गर्दै ओपनले सानो एउटा इट्टा थप्ने कार्य मात्र गरेको बताउनुभयो ।

शिलान्यास कार्यक्रममा आफ्नो मन्तव्य राख्दै अक्सफोर्ड कलेज अफ ईञ्जिनियरिङ्ग एण्ड म्यानेजमेन्टका संस्थापक/प्राचार्य तथा भवन निर्माण समितिका संयोजक ई. हरि भण्डारीले पोखरा विश्वविद्यालयको उचाई नबढेसम्म सम्बन्धनप्राप्त कलेजहरूको पनि उचाई नबढ्ने भएकोले विश्वविद्यालयलाई अति आवश्यक ठानी भवन निर्माण गर्न लागेको जानकारी दिनुभयो । उहाँले अनुसन्धान र अन्तर्राष्टिय सम्बन्ध राम्रो भएमा मात्र विश्वविद्यालयले उचाई लिने बताउनुभयो । उहाँले विश्वविद्यालयमा अहिले राम्रो टिम रहेकोले अहिले विश्वविद्यालय नबने भविश्यमा कहिल्यै नबन्ने बताउनुभयो ।

लेखनाथ नगरपालिकाका पूर्व मेयर विष्णु पोखरेलले स्थानीयबासीले पोखरा विश्वविद्यालयको लागि छुट्टाइएको २७४० रोपनी जग्गाका लागि पञ्चायती कालमा २ करोड जुटाएको स्मरण गराउँदै उहाँले त्यसरी जुटाएको जमिन विश्वविद्यालयले संरक्षण र सम्बर्धन गर्न नसकेकोमा दुःख व्यक्त गर्नुभयो ।

पोखरा महानगरपालिका वडा नं. ३० का वडा अध्यक्ष श्रीराम पोखरेलले स्थानीयबासी र यसक्षेत्रका आम नागरिकले धेरै दुःखका साथ पोखरा विश्वविद्यालय जन्माएको हो भन्दै यसले जन चाहना अनुसार अपेक्षित गति लिन नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो । पोखरेलले सुकुम्बासी लगायत नदी कटानबाट जग्गाको संरक्षण गर्न विश्वविद्यालय आफै लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले यस भेकका लागि एउटा अस्पताल निकै खाँचो रहेको उल्लेख गर्दै जति सक्दो चाँडो विश्वविद्यालयले एउटा अस्पताल निर्माण गरेमा यस भेकका जनता विजयपुर कटेर पोखरा उपचार गर्न जानु नपर्ने बताउनुभयो । कार्यक्रमको सञ्चालन कामु उपप्रशासक रोशन पाण्डेले गर्नु भएको थियो ।

अंग्रेजीमा “ओपन इन्टरनेशनल रिसर्च सेन्टर एण्ड गेष्ट हाउस” नामाकरण दिइएको उक्त भवन पोखरा विश्वविद्यालय शिक्षण संस्थाहरूको संघ, नेपाल (ओपन) ले पोखरा विश्वविद्यालय २५ औं वर्ष पुगेको उपलक्ष्यमा मनाउन गइरहेको रजतजयन्तीको अवसरमा पोखरा विश्वविद्यालयसँग सहकार्य गरी निर्माण गर्न लागेको हो ।

करिब १२ करोडको लगानीमा निर्माण हुने उक्त भवन विश्वविद्यालयको प्राङ्गण लेखनाथमा अवस्थित ११४ रोपनी प्लटको डि ब्लकमा निर्माण हुनेछ । करिब चारहजार वर्गफिट प्रतितलाका दरले सम्पूर्ण पूर्वाधारसहित चारतले भवन निर्माण सम्पन्न गरी दुई वर्षभित्र पोखरा विश्वविद्यालयलाई पूर्णरूपमा हस्तान्तरण गर्ने कार्य योजना छ । भवनमा सबै गरेर सुविधा सम्पन्न ३३ ओटा कोठा, हलहरू छन् ।

अन्तर्राष्टियस्तरको अनुसन्धान केन्द्र तथा आवास गृहमा रहने कोठा तथा हलहरूः

भूई तलामा एउटा रिसेप्सन हल, एउटा प्रतिक्षालय, दुईओटा प्रशासकीय कक्ष, दुईओटा डाईनिङ्ग हल, भण्डार कोठासहितको एउटा भान्छाकोठा गरी जम्मा ८ ओटा कोठाहरू हुनेछन् । पहिलो तलामा दुईओटा प्रतिक्षालय, दुई ओटा डबल गेष्ट रूम, चार ओटा डिलक्स गेष्ट रूम र एउटा फेमिली गेष्ट रूम गरी जम्मा ९ ओटा कोठा हुनेछन् । दोस्रो तलामा एउटा रिसेप्सन हल, एउटा प्रतिक्षालय, एउटा इन्टरनेशनल रिलेशन अफिस, दुईओटा डिलक्स गेष्ट रूम, एउटा फेमिली डिलक्स गेष्ट रूम, ठूलो साइजको एउटा प्रिजेनटेशन हल गरी जम्मा ८ ओटा कोठा हुनेछन् । तेस्रो तलामा एउटा प्रतिक्षालय, एउटा भिआईपि प्रिजेनटेशन हल, दुई ओटा सानो साइजको मुख्य प्रिजेनटेशन हल र एउटा अतिरिक्त ठूलो साइजको मुख्य प्रिजेनटेशन हल गरी जम्मा ५ ओटा कोठाहरू हुनेछन् । चारतलामा एउटा स्टोर रूम र दुई ओटा खुला टेरेस निर्माण गरिने छ ।

पोखरा विश्वविद्यालयको समग्र उन्नयन एवम् शैक्षिक तथा अनुसन्धानात्मक वातावरणलाई विश्वस्तरीय बनाई विश्वविद्यालयको छवि उच्च बनाउने उद्देश्यस्वरूप विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ५८ ओटा कलेजहरूले अन्तर्राष्टियस्तरको अनुसन्धान केन्द्र तथा आवास गृह निर्माण गर्न लागेका हुन ।

पोखरा विश्वविद्यालय नेपालकै उत्कृष्ट विश्वविद्यालयको बाटोमा लम्किरहेको अवस्थामा यसलाई विश्वविद्यालयसँग सम्बन्धित सम्पूर्ण निकायहरूबीच सकारात्मक रूपबाट सहकार्य गर्ने आवश्यकतालाई मध्यनजर गर्दै ओपनले पोखरा विश्वविद्यालयको प्राज्ञिक महत्वलाई उचो राख्न तथा विश्वविद्यालयको वृत्तिविकासमा सहकार्य गर्न भवन लगायतका सम्पूर्ण पूर्वाधार तयार गरी हस्तान्तरण गर्ने बताएको छ । पोखरा विश्वविद्यालयले यसलाई सकारात्मक कदम भन्दै उच्च सम्मान गरेको छ ।

कार्यक्रमका तस्विरहरू

विश्वविद्यालयको केन्द्रीय प्रशासनिक भवन विस्तार कार्य अन्तिम चरणमा !

विश्वविद्यालयको केन्द्रीय प्रशासनिक भवन विस्तार कार्य अन्तिम चरणमा !

२०७८ असोज २० गते बुधबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालय केन्द्रीय प्रशासनिक भवन विस्तार अन्तिम चरणमा पुगेको छ । ८ कारोड भन्दा बढी लागतमा निर्माण गरिने उक्त परियोजनालाई विश्वविद्यालयमा आज आयोजित एक कार्यक्रममा परामर्शदाता र ईञ्जिनियरहरूद्वारा जानकारी दिइएको हो । विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्याल, रजिष्ट्रार डा. दिपकबहादुर भण्डारी लगायत संकायका डीन, निर्देशक, प्रमुख पदाधिकारीहरू आदिको उपस्थिति रहेको उक्त कार्यक्रममा हालको मौजुदा दुईतले नयाँ केन्द्रीय प्रशासनिक भवनलाई सुधार गर्ने र त्यसमाथि दुईतला थप गरी चारतले बनाउने, प्रतीकात्मक आकर्षक डिजाइनको केन्द्रीय प्रवेशद्वार निर्माण गर्ने तथा आन्तरिक सडक, फुटपाथ, ड्रेनेज, बगैचा र पार्किङ्ग लगायतको निर्माण योजनाको मस्यौदा प्रस्तुतिकरण गरिएको थियो । केन्द्रीय प्रशासनिक भवन विस्तार लगायत अन्य कार्यको डिजाइन, ड्रइङ्गसम्बन्धी सम्पूर्ण कार्य र त्यसको मूल्यांकन सम्पन्न भएपछि ठेक्कामा गई यसै वर्षको माघदेखि निर्माण कार्य शुरू हुनेछ र २०८० सालको मध्यसम्म सबै कार्य सम्पन्न गरिने लक्ष्य छ ।

विश्वविद्यालयले यस वर्ष विभिन्न कार्यक्रम गरी रजतजयन्ती मनाउँदै गर्दा विभिन्न किसिमका निर्माण परियोजनासहित शिक्षण अस्पताल सञ्चालनलाई प्रमुख प्राथमिकतामा राखी अगाडि बढिरहेको छ ।

शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न !!!

शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न !!!

२०७८ असोज १९ गते मङ्गलबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालयले बडादशै, तिहार, छठ–२०७८ तथा नेपालसम्वत् ११४२ को उपलक्ष्यमा आज एक कार्यक्रमको आयोजना गरी शुभकामना आदानप्रदान गरेको छ । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले विश्वविद्यालयमा राम्रा कामको भन्दा नराम्रा र अपुस्ट हल्लाहरूले विश्वविद्यालयको विकास र विस्तारमा बाधा उत्पन्न गरेको बताउनुभयो । उहाँले सत्य र तथ्यको मात्र विश्वास गरी मनभित्रका विकार निकालेर सकारात्मक सोचले अगाडि बढ्न सबैलाई आग्रह समेत गर्नुभयो । उपकुलपतिले विकास रफ्तारमा नहुने भन्दै एकपछि दुई, दुईपछि तीन र तीनपछि चार गेयरजस्तै विस्तारै हुने बताउनुभयो ।

विश्वविद्यालयका रजिष्ट्रार डा. दिपकबहादुर भण्डारीले विश्वविद्यालय राष्ट्रका कर्णधार उत्पादन गर्ने थलो भएकोले नयाँ र उत्पादमुखी कार्यक्रम सञ्चालन गरी विद्यार्थी संख्या बढाइने जानकारी दिनुभयो । उहाँले विश्वविद्यालयको विकासका लागि भौतिक पूर्वाधार अपरिहार्य भएकोले यसतर्फ विश्वविद्यालयले विशेष ध्यान दिएको बताउनुभयो । साथै उहाँले विश्वविद्यालय सबैको साझा चौतारी भएकोले यसमा लुकेर छिपेर कुनै पनि अहितकारी कार्यहरू नगरिने बताउनुभयो ।

पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि सङ्कायका डीन सहप्राध्यापक राजेकुमार ठगुराठी, अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सहप्राध्यापक डा. नमराज धामी, परीक्षा नियन्त्रक सहप्राध्यापक डा.तुल्सीराम भण्डारी, योजना तथा कार्यक्रम महाशाखा प्रमुख सहप्राध्यापक डा. दिपकराज पौडेल, स्कूल अफ ईञ्जिनियरिङ्गका स्कूल निर्देशक उपप्राध्यापक ओमप्रसाद गिरी तथा पोखरा विश्वविद्यालय प्राध्यापक संघका अध्यक्ष उपप्राध्यापक हेमराज पाण्डे र कर्मचारी संघका अध्यक्ष उपप्रशासक शिवराज पण्डितले चाड पर्वहरूमा विश्वविद्यालय परिवार एकजुट भएर एकै ठाउँमा मनाउनुपर्ने औल्याउँदै दशै तिहार, छठबाट सबैलाई असत्यमाथि सत्यको जीत र कुमार्गबाट सत्मार्गतर्फ अगाडि बढ्ने प्रेरणा र उर्जा मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सहप्रशासक तारादेवी सापकोटाले गर्नुभएको थियो ।

पुस्तकालय २१ औं शताब्दीको मुटु –उपकुलपति

पुस्तकालय २१ औं शताब्दीको मुटु –उपकुलपति 

२०७८ भाद्र १५ गते मङ्गलबार, पोखरा–३०, कास्की ।
“सबल समाजको आधारः सार्वजनिक पुस्तकालयको विकास र विस्तार” भन्ने नारासहित पोखरा विश्वविद्यालयले १४ औं राष्ट्रिय पुस्तकालय दिवस मनाएको छ । उक्त दिवसमा पोखरा विश्वविद्यालय केन्द्रीय पुस्तकालयद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले पुस्तकालय २१ औं शताब्दीको मुटु भएको उल्लेख गर्नुभयो । उपकुलपतिले सभ्य र सुसंस्कृतको पाठ सिकाउने ज्ञानकुञ्जको केन्द्र पुस्तकालय शैक्षिक अनुसन्धान र गुणस्तर प्रवद्र्धन गर्ने प्रमुख माध्यम भएको उल्लेख गर्नुभयो । यसैले यसको व्यवस्थापनलाई हलुका ढङ्गले लिन नहुनेमा उपकुलपतिले जोड दिनुभयो । उहाँले पुस्तकालयलाई डिजिटल प्रविधिमा रूपान्तरण गरी विश्वविद्यालयको केन्द्रीय पुस्तकालय र स्कूलको पुस्तकालयलाई छुट्टा छुट्दै सञ्चालन गर्नेतर्फ अग्रसर हुनेपर्नेमा समेत जोड दिनुभयो ।

पोखरा विश्वविद्यालयका रजिष्ट्रार डा. दिपकबहादुर भण्डारीले पुस्तकालयलाई सफा, स्वच्छ र व्यवस्थित बनाउनुपर्ने उल्लेख गर्नुभयो । पुस्तकालयको वातावरणलाई पठनयोग्य तुल्याउन हामी सबै लाग्नुपर्नेमा जोड दिंदै रजिष्ट्रारले कस्तो पुस्तकालय बनाउने, कस्तो जनशक्ति चाहिने भन्ने कुरा इच्छाशक्तिसहित योजनाबद्ध तरिकाले आउनुपर्नेमा जोड दिनुभयो ।

पोखरा विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्कायका डीन डा. अजय थापाले पुस्तकालयको विकास र विस्तारका लागि पुस्तकालयमा पढ्ने कक्षका अलवा मनोरञ्जन लिने र सामूहिक छलफल गर्ने छुट्टाछुट्टै कक्ष समेत बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले विश्वविद्यालयले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका शैक्षिक संस्थासँग गर्ने समझदारी पत्रमा पुस्तकालयको संसाधनहरूको कसरी अधिकतम आदान–प्रदान, उपयोग गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिनु आवश्यक रहेको बताउनुभयो ।

पोखरा विश्वविद्यालय व्यवस्थापन संकायका डीन डा. दयाराज ढकालले पुस्तकालयलाई सबैको पहुँचमा पुर्याउँन यसको उपयोगलाई राष्ट्रव्यापी तुल्याउँन मार्केटिङ्ग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले थेसिसको लागि प्लागिअरिजम सफ्टवेयर निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

पोखरा विश्वविद्याल स्वास्थ्य विज्ञान सङ्कायका डीन डा. अमर नागिलाले पुस्तकालयलाई अटोमेशन सिस्टममा लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले यसलाई समयसापेक्ष अत्याधुनिक बनाउनुपर्ने उल्लेख गर्दै यसमा एउटा सूचना केन्द्र र एउटा सामूहिक छलफल गर्ने कक्ष निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

परीक्षा नियन्त्रक डा. तुल्सी राम भण्डारीले भौतिक पूर्वाधारमा जोड् दिनुभन्दा पुस्तकालयको विकासका लागि यसलाई २१ औं शताब्दीको प्रविधि अनुरूप भर्चुअल वेसमा लैजानुपर्नेमा जोड दिनुभयो ।

पोखरा विश्वविद्यालय स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल ईञ्जिनियरिङ्गका स्कूल निर्देशक डा. रामप्रसाद अर्यालले पुस्तकालय सबैको आमा सरह रहेको उल्लेख गर्दै यसको विकासलाई साझा रूपमा सबैले अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले विश्वविद्यालयको एमफिल र पिएचडि कार्यक्रम पुस्तकालयसँग आबद्ध हुनुपर्नेमा समेत जोड दिनुभयो ।

पोखरा विश्वविद्यालय स्कूल अफ बिजनेशका स्कूल निर्देशक डा. श्रृजन ज्ञवालीले जिआरपि चेक गर्न पुस्तकालयमा छुट्टै सफ्टवयर आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले विद्यार्थीका अलावा शिक्षक तथा कर्मचारीलाई पनि पुस्तकालयमा छुट्टा छुट्दै कक्ष बनाउनु पर्नेमा जोड दिनुभयो ।

पोखरा विश्वविद्यालय स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्सेजका स्कूल निर्देशक बिमला भट्टले पुस्तकालय विश्वविद्यालयको एक अभिन्न अंग रहेकोले यसको विकासका लागि अन्य विश्वविद्यालयसँग गोष्ठी, सेमिनार, बैठकहरू आयोजना गरी अधिकतम स्रोतहरू उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

विश्वविद्यालयको योजना तथा कार्यक्रम महाशाखा प्रमुख डा. दिपकराज पौडेलले पुस्तकालयको समूचित विकासका लागि पुस्तकालय सञ्चालक समिति बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिनु भयो ।

उक्त कार्यक्रममा पोखरा विश्वविद्यालय केन्द्रीय पुस्तकालयका प्रमुख उप-प्रशासक (पुस्तकालय) हेमन्तराज कँडेल, उप-प्रशासक (पुस्तकालय) दुर्गा प्रसाद आचार्य, उप–प्रशासक सानु घलेले पोखरा विश्वविद्यालय केन्द्रीय पुस्तकालयको वर्तमान अवस्था र यसले पुर्याउँदै आएको सेवा सुविधाका बारेमा जानकारी दिनुभएको थियो ।

पोखरा विश्वविद्यालय केन्द्रीय पुस्तकालय वि.सं. २०५६ सालमा स्थापना भएको हो । जम्मा ३०० पाठ्यपुस्तकबाट शुरू गरिएको यस पुस्तकालयमा हाल ३४ हजारभन्दा बढी पाठ्यपुस्तक रहेका छन् । यसका साथै पुस्तकालयलाई ई–रिसोर्सेज लगायत अन्य पाठ्यपुस्तक, जर्नल, न्यूजपेपर, थेसिस, पुराना प्रश्नपत्रहरूको सँगालोका साथै ईलेक्ट्रोनिक भर्सनका पाठ्यपुस्तकहरू र थेसिसले व्यवस्थित पारिएको छ ।

उक्त कार्यक्रममा पुस्तकालयतर्फ उत्कृष्ट ठहरिएका स्कूल अफ ईञ्जिनियरिङ्गका कम्प्यूटर ईञ्जिनियरिङ्ग विषयका छात्र श्री अमित ढकाललाई सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन सहायक प्रशासक (पुस्तकालय) मिना कुमारी डल्लाकोटीले गर्नुभएको थियो ।

स्वर्गीय धनबहादुर गुरूङ्गको निधनमा शोक सभा सम्पन्न !!!

स्वर्गीय धनबहादुर गुरूङ्गको निधनमा शोक सभा सम्पन्न !!!

२०७८ भदौ १० गते बिहीबार, पोखरा–३०, कास्की ।

पोखरा विश्वविद्यालयमा सवारी चालक (हेभी) पदमा कार्यरत धनबहादुर गुरूङ्गको २०७८ भदौ ८ गते मङ्गलबार भएको असामयिक निधनका कारण विश्वविद्यालयले आज एक शोक सभा कार्यक्रम आयोजना गर्यो । शोक सभामा विश्वविद्यालयका रजिष्ट्रार डा. दिपकबहादुर भण्डारी, व्यवस्थापन सङ्कायका डीन डा. दयाराज ढकाल, पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक डा. नमराज धामी, पोखरा विश्वविद्यालयका परीक्षा नियन्त्रक डा. तुल्सीराम भण्डारी, पोखरा विश्वविद्यालय स्कूल अफ बिजनेशका निर्देशक डा. श्रृजन ज्ञवाली, पोखरा विश्वविद्यालय योजना तथा कार्यक्रम महाशाखा प्रमुख डा. दिपकराज पौडेल तथा पोखरा विश्वविद्यालय कर्मचारी सङ्घका अध्यक्ष उप–शासक शिवराज पण्डितले स्वर्गीय गुरूङ्गप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै उहाँको व्यक्तित्व र योगदानका बारेमा चर्चा गर्नुभएको थियो । शोक सभाको सञ्चालन सह–प्रशासक तारा देवी सापकोटाले गर्नुभएको थियो ।

वि.सं. २०२५ साल कात्तिक २२ गते, साबिक सार्दिखोला गा.वि.स. वडा नं. २, कास्कीमा जन्मी हाल पोखरा–३०, खुदी, ढुङ्गेपाटनमा बसोबास गर्दै आउनु भएका स्वर्गीय गुरूङ्ग ५३ वर्षका हुनुहुन्थ्यो । केही दिनदेखि परेको अविरल वर्षाको कारण बढ्न गएको घर नजिकैको खल्याङ् खोलाले बगाएर उहाँको निधन भएको थियो । स्व. धनबहादुर गुरूङ्ग वि.सं. २०६५ असार २२ गते करार सेवाबाट विश्वविद्यालयमा सेवा प्रवेश गरी वि.सं. २०६७ वैशाख १९ गते स्थायी सेवामा रही १३ वर्षभन्दा बढी विश्वविद्यालय सेवामा रहनु भयो। उहाँका श्रीमति, दुई छोरा र एक जना छोरी रहेका छन् । कर्मचारी धनबहादुर गुरूङ्गको अल्पायूमै भएको अकल्पनीय र असामयिक निधनप्रति विश्वविद्यालय परिवार गहिरो शोक व्यक्त गर्दै उहाँको चिरशान्तीको कामना सहित हार्दिक श्रद्धाञ्जलीसहित शोक सन्तप्त परिवार र आफन्तजनप्रति गहिरो समवेदना प्रकट गर्दछ ।

पोखरा विश्वविद्यालय कार्यकारी परिषदबाट विभिन्न पदमा नियुक्ति !!!

पोखरा विश्वविद्यालय कार्यकारी परिषदबाट विभिन्न पदमा नियुक्ति !!!

२०७८ साल भाद्र ४ गते शुक्रबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालय कार्यकारी परिषद्ले विश्वविद्यालयका विभिन्न रिक्त पदहरूमा विभिन्न पदाधिकारीहरूलाई नियुक्ति गरेको छ । यसरी नियुक्ति हुने पदाधिकारीहरूमा पोखरा विश्वविद्यालय व्यवस्थापन सङ्कायको डीन पदमा स्कूल अफ बिजनेशका सह–प्राध्यापक डा. दयाराज ढकाल, पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रको कार्यकारी निर्देशक पदमा स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्सेजका उप–प्राध्यापक डा. नमराज धामी, पोखरा विश्वविद्यालय स्कूल अफ बिजनेशको निर्देशक पदमा स्कूल अफ बिजनेशका उप–प्राध्यापक डा. श्रृजन ज्ञवाली, स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्सेजको निर्देशक पदमा स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्सेजका उप–प्राध्यापक श्री बिमला भट्ट तथा पोखरा विश्वविद्यालय स्कूल अफ ईञ्जिनियरिङ्गको निर्देशक पदमा स्कूल अफ ईञ्जिनियरिङ्गका उप–प्राध्यापक ई. ओम प्रकाश गिरी हुनुहुन्छ । यसै गरी पोखरा विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रको कार्यकारी निर्देशक पदमा स्कूल अफ बिजनेशका उप–प्राध्यापक डा. पूर्ण बहादुर खाँड, पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक पदमा स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्सेजका सह–प्राध्यापक डा. दिपेन्द्र कुमार यादव, पोखरा विश्वविद्यालय विद्यार्थी कल्याण एवम् अतिरिक्त क्रियाकलाप निर्देशक पदमा स्कूल अफ ईञ्जिनियरिङ्गका उप–प्राध्यापक श्री माधव प्रसाद पौडेल तथा पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको सह–परीक्षा नियन्त्रक पदमा स्कूल अफ बिजनेशका उप–प्राध्यापक श्री दिपमाला श्रेष्ठलाई नियुक्ति गरिएको छ । नवनियुक्त डीन तथा निर्देशकरूको पदावधि ४ (चार) वर्ष र सह–नियन्त्रकको पदावधि २ (दुई) वर्ष रहेको छ ।

नवनियुक्त पदाधिकारीहरूलाई विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्याल तथा रजिष्ट्रार डा. दिपकबहादुर भण्डारीले खादा लगाएर पुष्पगुच्छासहित बधाई दिंँदै स्वागत गर्नुभएको थियो । नव नियुक्त पदाधिकारीहरूले आजै सम्बन्धित निकायमा आ–आफ्नो पदभार समेत ग्रहण गर्नुभएको छ ।

केन्द्रीय कार्यालय विस्तारका लागि सम्झौता सम्पन्न !

केन्द्रीय कार्यालय विस्तारका लागि सम्झौता सम्पन्न !

२०७८ साल भाद्र १ गते मङ्गलबार, लेखनाथ, कास्की ।

पोखरा विश्वविद्यालयको बृहत गुरूयोजना अन्तर्गत निर्माण हुन लागेको केन्द्रीय कार्यालय विस्तारका लागि छनौट भएका परामर्शदाता र विश्वविद्यालय बीच सम्झौता सम्पन्न भएको छ । विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालको समुपस्थितिमा सम्पन्न भएको उक्त सम्झौता पत्रमा विश्वविद्यालयको तर्फबाट रजिष्ट्रार डा. दिपक बहादुर भण्डारी र परामर्शदाताको तर्फबाट श्री इन्द्रलाल श्रेष्ठले हस्ताक्षर गर्नुभएको थियो ।

पोखरा–३०, कास्कीमा अवस्थित विश्वविद्यालय परिसरभित्र अवस्थित दुई तले केन्द्रीय प्रशासनिक भवनमा दुई तला थपका साथै कम्पाउण्ड वाल र प्रवेशद्वार, जग्गा विकास (आन्तरिक बाटो, फुटपाथ, जल निकास, बगैंचा र पार्किङ्गस्थल आदि डिजाईनका लागि छनौट भएको Shrestha- Grid- CLEC JV, Lalitpur  र पोखरा विश्वविद्यालयबीच सम्झौता सम्पन्न भएको हो ।

सम्झौताबमोजिम रू. ११ लाख ८६ हजार ५ सय लागतमा तयार हुने डिजाइन कार्य दुई महिनाभित्र सम्पन्न भई विश्वविद्यालयमा पेश हुनेछ ।

रत्ननगर, चितवनमा आङ्गिक महाविद्यालय विस्तारका लागि छलफल

रत्ननगर, चितवनमा आङ्गिक महाविद्यालय विस्तारका लागि छलफल

२०७८ साल भाद्र १ गते मङ्गलबार, लेखनाथ, कास्की ।

पोखरा विश्वविद्यालय र रत्ननगर नगरपालिकाको संयुक्त प्रयासमा रत्ननगर नगरपालिकामा आङ्गिक महाविद्यालय विस्तार गर्ने सन्दर्भमा पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालयमा एक छलफल सम्पन्न भएको छ । चितवन जिल्लाको साविक पञ्चकन्या गा.वि.सं. २ हाल रत्ननगर नगरपालिका वडा नं. १२ मा रहेको अनिवार्य निःशुल्क प्राथमिक विद्यालयको नाममा दर्ता कायम रहेको २ विघा २ कट्ठा जग्गामा हाल सञ्चालनमा नरहेको राष्ट्रिय प्राथमिक विद्यालयलाई आङ्गिक महाविद्यालयको रूपमा विस्तार गर्ने सन्दर्भमा छलफल भएको छ ।

छलफलमा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्याल तथा रजिष्ट्रार सह–प्राध्यापक डा. दिपक बहादुर भण्डारीको उपस्थिति रहेको थियो । साथै विश्वविद्यालयको तर्फबाट मानविकी तथा सामाजिक शास्त्र सङ्कायका डीन सह–प्राध्यापक डा. अजय थापा, योजना तथा कार्यक्रम महाशाखा प्रमुख, सह–प्रा. डा. दिपक राज पौडेल, स्कूल अफ ईञ्जिनियरिङ्गका उप–प्राध्यापक डा. उदयराज ढुङ्गानाले समेत सहभागिता जनाउनु भएको थियो ।

उक्त छलफलमा रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, उप–प्रमुख श्रीमती विमला दुवाडीसहित नगरपालिकाका प्रायः सबै वडाका अध्यक्षहरूसहितको समूह विश्वविद्यालय आएको थियो । उहाँहरूले रत्ननगर नगरपालिकाका राजनैतिक दल, शिक्षा प्रेमी, बुद्धिजिवी, आम अभावकको तथा विद्यार्थीहरूको श्रृजनशिल सुझाव एवम् चाहनालाई ध्यानमा राखी विशुद्ध सार्वजनिक साझा संस्थाको रूपमा पोखरा विश्वविद्यालय अन्तर्गत इञ्जिनियरिङ्ग क्याम्पस सञ्चालनका लागि पहल गरिदिन अनुरोध गर्दै आम भेलाको सर्वसम्मत निर्णयलाई पोखरा विश्वविद्यालयसमक्ष पेश गर्नु भएको थियो ।

विश्वविद्यालयले यस विषयलाई सकारात्मक कदम भन्दै स्वागत गरेको छ भने यथाशक्य चाँडो चितवनमा आङ्गिक महाविद्यालयको स्थापना कार्यलाई अगाडि बढाउने प्रतिबद्धता जाहेर गरेको छ ।

MOU between Pokhara University and Handong Global University

MOU between Pokhara University and Handong Global University

On July 26, 2021. Pokhara, Kaski, Nepal.
Pokhara University (PU) and Handong Global University (HGU) have resumed the expansion of their relationship by conducting a formal program. Pokhara University agrees to join the network of universities of UNITWIN (University Twinning and Networking) on Capacity Building of Sustainable Development in Developing Countries for which Handong Global University (HGU) is the host university.

Vice Chancellor of Pokhara University, Professor Dr. Prem Narayan Aryal signed the document on behalf of PU and Handong Global University President, Dr. Soon Heung Chang signed the document on behalf of HGU. 

As part of the agreement, Pokhara University and HGU wish to enhance relations between the two universities and to develop academic and cultural exchange programs in the areas of education, research, and other activities, and agree to cooperate and work together towards the internationalization of higher education and the goal of the UNITWIN Programme.

The areas of cooperation include any programs offered at either university which are felt to be desirable and feasible for the development and strengthening of cooperative relationships between the two institutions and helpful for UNITWIN Programme. However, any specific programs shall be subject to mutual consent, availability of funds, and approval of each university. Such programs may include:
a. Exchange of faculty members
b. Exchange of students
c. Joint research projects
d. Joint degree programs

The terms of such mutual assistance and cooperation shall be discussed and agreed upon in writing by the appropriate responsible officers of both parties prior to the initiation of any particular program or activity.

This agreement shall be effective upon approval by both parties and shall remain in effect for five years, provided, however, that it may be extended by mutual agreement expressed by a written memorandum of understanding.

On this occasion from the side of PU, Dr. Deepak Bahadur Bhandari, Registrar; Dr. Umesh Singh Yadav, Executive Director of International Relations Centre; Dr. Dipak Raj Poudel, Chief of Planning and Program Division; Mr. Lok Prasad Dhakal, Information Officer and from the side of HGU Professor Younsik Han, Executive Director, GTEC and Prof. Keeseon Yoo, Dean, Faculty of Global Management and leadership at HGU was also present. The program was facilitated by Ravi Bhandari, The signing ceremony was conducted through a zoom meeting.

पोखरा विश्वविद्यालय २५ औं वर्षमा प्रवेश

पोखरा विश्वविद्यालय २५ औं वर्षमा प्रवेश

पोखरा विश्वविद्यालय स्थापना भएको २४ औं वर्ष पुरा भई २५ वर्ष लागेको छ । २५ औं वार्षिकोत्सव पोखरा विश्वविद्यालयका उप–कुलपति प्रा.डा. प्रेमनारायण अर्यालको समुपस्थितिमा विश्वविद्यालय हाताभित्र सरसफाई तथा एक औपचारिक कार्यक्रम गरी सम्पन्न भएको छ । वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उपकुलपति अर्यालले २५ वर्षमा विश्वविद्यालयले गरेका उपलब्धीका बारेमा चर्चा गर्दै यो जन्माउने र हुर्काउने सबै महान् हुन् भन्नुभयो । उहाँले सबैको दुःख र मेहनतले बनेको यो विश्वविद्यालयको विकास र विस्तारमा सबै पक्ष एक ढिक्का भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।  विश्वविद्यालयको गरिमा, छवि र दिगोपनका लागि हामी सम्वाद्, सहमति र सहकार्यका आधारमा अगाडि बढ्न चाहन्छौंं, हामीलाई ध्यानाकर्षण, बन्द, तोडफोड होइन, रचनात्मक सहयोग गर्नुहोस्, कसैलाई दण्ड दिने अवस्था नआवोस्, उपकुलपतिको भनाई थियो । उहाँले विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको भावना मुखरित गर्दै शैक्षिक गुणस्तर र जनशक्ति उत्पादनमा अनुसन्धान, सामाजिक विकास र उद्यमशीलतालाई जोड दिइने बताउनुभयो । 

वार्षिकोत्सव कार्यक्रममा बोल्दै रजिष्ट्रार डा. दिपक बहादुर भण्डारीले पोखरा विश्वविद्यालयले २५ वर्षमा आइपुग्दा समेत अपेक्षित प्रगति हासिल गर्न नसेकेको उल्लेख गर्नुभयो । उहाँले विश्वविद्यालयको लक्ष्यप्राप्तिका लागि अब हिड्ने होइन दगुर्ने बेला आएको उल्लेख गर्नुभयो । परिवर्तन आँफैबाट शुरू गर्नुपर्ने उल्लेख गर्दै रजिष्ट्रार भण्डारीले हामीले विश्वविद्यालयबाट के पायौं भन्दापनि हामीले के दिन सक्यौंं भनेर सोच्न सबैलाई आग्रह गर्नुभयो । म काम गर्न आएको हुँ र काम गरेर देखाउँछु भन्दै उहाँले विश्वविद्यालयको भौतिक पूर्वाधार विकास र शिक्षण अस्पताल सञ्चालनका लागि प्रक्रिया अगाडि बढिसकेको र यसलाई तोकिएको समयसिमाभित्रै सम्पन्न गरिने जानकारी दिनुभयो । यो वर्षको लागि बजेट पास छ, यसलाई अधिकतम सदुपयोग गरी निकाय, संकायको विकास गर्नुस्, समस्या परे गाँठो फुकाउने हामी छौं, पधाकारीतर्फ इंगित गर्दै रजिष्ट्रारले भन्नुभयो । 

पोखरा विश्वविद्यालय सेवा आयोगका सदस्य प्रा. दिपकचन्द्र वाग्लेले २४ वर्षमा के के कमीकमजोरी भए तिनबाट पाठ सिक्दै, छलफल गर्दै अगाडि बढ्न सबै स्टेकहोल्डरलाई सुझाउनुभयो । विश्वविद्यालयमा कामलाई प्रभावकारी तुल्याउन अनुसन्धान हुनुपर्नेमा उहाँको जोड थियो । 

पोखरा विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्रा. हरिबहादुर खड्काले पोखरा विश्वविद्यालयको विगतलाई हेर्दा धेरै प्रगति भएको उल्लेख गर्नुभयो । उहाँले यो परिवर्तनतर्फ निरन्तर उन्मुख रही विविध कार्यक्रम र नीतिका साथ अगाडि बढ्दै आएको उल्लेख गर्नुभयो । यसको प्रगतिलाई सकारात्मक भएर सोच्न आग्रह गर्दै उहाँले विश्वविद्यालयको विकास र विस्तारमा समाजसेवी, शिक्षाप्रेमी सबैको साथ, सहयोग रहेको उल्लेख गर्नुभयो । 

पोखरा विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायका डीन डा. अजय थापाले सबैको साथ र सहयोगले विश्वविद्यालय यो अवस्थामा आएको उल्लेख गर्नुभयो । विश्वविद्यालयमा देखिएका चुनौतिलाई अवसरमा परिणत गर्न निश्चित योजना र रणनीति बनाउँदै फरक ढंगले अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

पोखरा विश्वविद्यालय प्राध्यापक संघका सभापति उपप्राध्यापक हेमराज पाण्डेले २५ वर्षको अवधिलाई साक्षी राखेर विश्वविद्यालयलाई परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले व्यवहारमा परिवर्तन नआई प्राज्ञिक उन्नयन हुन नसक्ने बताउनुभयो । समाज, टोल, प्रदेश र सिंगो देश सुहाँउदो भूमि सुहाँदो शिक्षा र दीक्षाका लागि सबै एक जुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो । 

पोखरा विश्वविद्यालय स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल ईञ्जिनियरिङ्गका स्कूल निर्देशक डा. रामप्रसाद अर्यालले सूचना प्रविधिलाई आत्मसाथ गर्दै विश्वविद्यालयलाई विश्वसामू चिनाउन सबैले मेहनत गर्नुपर्नेमा जोड दिनुभयो । 

पोखरा महानगरपालिका वडा नं. ३० का वडा अध्यक्ष श्रीराम पोखरेलले विश्वविद्यालय स्थापनामा स्थानीयको सहयोग र योगदान अतुलनीय रहेको उल्लेख गर्दै यसको विकास र विस्तारमा सबै एक जुट भएर लाग्न आग्रह गर्नुभयो । उहाँले भाइफुटे गवाँर लुटेजस्तै गरी आपसी द्वन्द्वमा विश्वविद्यालय जान नहुने तर्क राख्दै पोखरेलले यसको साख र छविलाई सबै स्टेकहोल्डरले जोगाउनुपर्नेमा जोड दिनुभयो । उहाँले विश्वविद्यालयमा बन्द धेरै हुने गरेका र यसले विश्वविद्यालयको उन्नतिमा धेरै हानी पुगेको उल्लेख गर्नुभयो । पोखरेलले योजना बनाएपछि कार्यान्वयन गर्न जोड दिँदै विश्वविद्यालयलाई अगाडि लैजाने विषयमा स्थानीय नागरिकको सँधै साथ, सहयोग र सद्भाव रहने उल्लेख गर्नुभयो । 

पोखरा विश्वविद्यालय कर्मचारी संघका अध्यक्ष उपप्रशासक शिवराज पण्डितले सहमति, सहकार्य र एकताबाट विश्वविद्यालय सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो । उहाँले विश्वविद्यालयको विकास र विस्तारका लागि सातवटै प्रदेशमा एक एक वटा आंगिक कलेज सञ्चालन हुनुपर्ने बताउनुभयो । 

वार्षिकोत्सव समारोहमा दुईजना कर्मचारीलाई उत्कृष्ट घोषणा गरी सम्मानपत्र र पुरस्कारको रूपमा दुई ग्रेड वृद्धि गरिएको छ । सम्मानीत हुने कर्मचारीमा मानविकी तथा सामाजिक शास्त्र संकायमा कार्यरत कार्यालय सहयोगी चन्द्रा चेम्जोङ्ग, स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल ईञ्जिनियरिङ्गमा कार्यरत मुख्य सहायक पुरूषोत्तम रानाभाट हुनुहुन्छ । कार्यक्रमको सञ्चालन सहप्रशासक तारादेवी सापकोटाले गर्नुभएको थियो । 

पोखरा विश्वविद्यालयमा हाल ४ वटा आंगिक, ४ वटा संयुक्त आंगिक, ५८ वटा सम्बन्धन कलेज र एकवटा विद्यावारिधितहको अध्ययन अध्यापनका लागि काउन्सिल फर डक्टरल स्टडिज रहेका छन् । यि सबैमा हाल ६३ वटा कार्यक्रम सञ्चालन र लगभग ३३ हजार विद्यार्थी अध्ययनरत छन् । 

पोखरा विश्वविद्यालय सभा १ अर्ब १९ करोडको बजेट पारित गर्दै सम्पन्न !!!

पोखरा विश्वविद्यालय सभा १ अर्ब १९ करोडको बजेट पारित गर्दै सम्पन्न !!!

२०७८ असार २८ गते सोमबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालयको २१ औं साधारण सभाको बैठक विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालयको अध्यक्षतामा विश्वविद्यालयको सभाकक्ष, लेखनाथमा बसी सम्पन्न भएको छ ।

सभाले विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालद्वारा प्रस्तुत आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम एवम् रजिष्ट्रार डा. दिपकबहादुर भण्डारीद्वारा प्रस्तुत आर्थिक वर्ष २०७८/७९ को लागि कुल १ अर्ब १९ करोड १० लाखको बजेट पारित गरेको छ ।

२१ औं साधार सभाको बैठकमा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममा भौतिक संरचना निर्माणलाई प्रमुख प्राथमिकतामा राखिएको छ । जसमध्ये विश्वविद्यालयको नयाँ केन्द्रीय कार्यालय दुईतला थपका साथै जग्गा विकास (Land Development) सम्बन्धी कार्य, विश्वविद्यालयको हाल प्राज्ञिक भवनमा रहेका विज्ञान तथा प्रविधि, व्यवस्थापन, मानविकी तथा सामाजिक शास्त्र विषय कार्यक्रमहरूलाई पोखरा–३० मुँसेटुँडामा अवस्थित करीब २४१ रोपनी जग्गामा स्थानान्तरण गर्ने योजना, परीक्षा नियन्त्रण कार्यालयको हाल रहेको भवनलाई विस्तार गर्ने योजना, विश्वविद्यालयमा सञ्चालित नर्सिङ्ग, चिकित्सा विज्ञानसँग सम्बन्धित प्यारामेडिकल कोर्षहरू (Paramedical Courses) हरूको सञ्चालनका लागि शिक्षण अस्पताल निर्माण गर्ने हेतु १०० शैयाको पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको सञ्चालन र निर्माण आदि प्रमुख छन् । साथै उपकुलपति पेश गर्नुभएको नीतिगत मन्तव्यमा पोखरा विश्वविद्यालयमा पार्किङ्ग, चमेनागृह निर्माण कार्य र मौजुदा दुई तले पोखरा विश्वविद्यालय महिला छात्रावासमाथि एक तला थप्ने योजना छ ।

सभाले पारित गरेको नीति तथा कार्यक्रममा उत्कृष्टता एवम् अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि उच्च शिक्षाको उद्देश्य अनुकूल हुने गरी शैक्षिक क्रियाकलाप सञ्चालन, परीक्षा प्रणालीको व्यवस्था, शैक्षिक क्यालेण्डरको पालना, उपयुक्त शैक्षिक वातावरणको सिर्जना र महाविद्यालयहरूको क्षमता बृद्धिको लागि केही आङ्गिक कार्यक्रमहरू विस्तार गर्ने, आङ्गिक महाविद्यालयहरूको विस्तार गर्ने, शिक्षा तथा कानुनका विषयहरू पठनपाठनको तयारी गर्ने गर्ने, गण्डकी प्रदेश सरकारको सहयोगमा स्रोत परिचालन गरी पर्यटन, प्याराग्लाइडिङ्ग, ट्रेकिङ्ग, माउन्टेन हाइकिङ्ग, आयूर्वेद आदि कार्यक्रमहरू सञ्चालनका लागि आवश्यक पूर्वाधारको तयारी गर्ने कार्यक्रमलाई समेटिएका छन् । साथै पारित नीति तथा कार्यक्रममा विद्यार्थी सहयोग प्रणालीलाई व्यवस्थित गर्न र अतिरिक्त क्रियाकलापमा बढी सक्रिय बनाउनका लागि विद्यार्थी कल्याण एवं अतिरिक्त क्रियाकलाप निर्देशनालय (Student Welfare and Extra  Curricular Activities Directorate) स्थापना आदि छन् ।

उक्त सभाले विश्वविद्यालयका रजिष्टार डा. दिपकबहादुर भण्डारीले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७६/०७७ को प्रगति समिक्षा र आय–व्ययको यथार्थ विवरण, आर्थिक वर्ष २०७७/०७८ को प्रगति समिक्षा र बजेट तथा आर्थिक वर्ष २०७८/०७९ को बजेट पारित गरेको छ ।

सभाले पारित गरेको आर्थिक २०७७/७८ को बजेटमा पूँजीगत खर्चतर्फ रू. ४ करोड ८२ लाख ६२ हजार र साधारण खर्चतर्फ जम्मा रू. ५३ करोड ४५ हजार गरी कुल रू. ५७ करोड ८३ लाख ७ हजार रहेको छ ।

त्यस्तै २०७८/०७९ का लागि कुल रू. १ अर्ब १९ करोड १० लाखको बजेट पारित गरेको छ । पारित बजेटमा पूँजीगत खर्चतर्फ रू. ४० करोड २१ लाख २५ हजार र साधारण खर्चतर्फः जम्मा रू. ७८ करोड ८८ लाख ७५ हजार छ ।

सभामा पेश भएका पोवि शिक्षक तथा कर्मचारीसम्बन्धी नियमावली, २०५५; पोवि आर्थिक नियमावली, २०५५; पोवि छात्रवृत्तिसम्बन्धी नियमावली, २०६५; पोवि सेवा आयोग र पुनरावेदन समितिसम्बन्धी नियमावली, २०५७ र पोवि खरिद नियमावली, २०७२ सम्बन्धी नियमावली संशोधन तथा परिमार्जनसम्बन्धी प्रस्तावहरूलाई केही संशोधन गरी पारित समेत गरेको छ ।

पोखरा विश्वविद्यालयको २१ औं साधारण सभाको बैठक असार २८ गते हुने

पोखरा विश्वविद्यालयको २१ औं साधारण सभाको बैठक असार २८ गते हुने

 

२०७८ असार ७ गते सोमबार, लेखनाथ ।
पोखरा विश्वविद्यालयको २१ औं साधारण सभाको बैठक सम्माननीय प्रधानमन्त्री एवम् पोखरा विश्वविद्यालयका कुलपति के.पि. शर्मा ओलीको अध्यक्षतामा यही मिति २०७८ असार २८ गते सोमबार बिहान ११ः०० बजे कास्की पोखरा महानगरपालिका वडा नं.–३०, स्थित विश्वविद्यालयको सभाकक्ष खुदी ढुंगेपाटन लेखनाथमा बस्ने भएको छ । सभाको बैठकमा आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुने कार्यक्रम रहेको छ ।

डीन तथा परीक्षा नियन्त्रक नियुक्ति !!!

डीन तथा परीक्षा नियन्त्रक नियुक्ति !!!

Rajesh Kumar Thagurathi    Dr. Amar Nagila         Dr. Ajay Thapa          Dr. Tulsi Ram Bhandari

२०७८ जेठ ३ गते सोमबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालय (पोवि) कार्यकारी परिषद्ले स्कूल अफ इञ्जिनियरिङ् पोविका सह–प्राध्यापक राजेशकुमार ठगुराठीलाई विज्ञान तथा प्रविधि संकायको डीन पदमा, स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्सेज, पोविका सह–प्राध्यापक डा. अमर नागिलालाई स्वास्थ्य विज्ञान संकायको डीन पदमा तथा स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल ईञ्जिनियरिङ्ग पोविका सह–प्राध्यापक डा. अजय थापालाई मानविकी तथा सामाजिकशास्त्र संकायको डीन पदमा पोखरा विश्वविद्यालय ऐन २०५३ को दफा २७(२)ले दिएको अधिकार प्रयोग गरी सोही ऐनको दफा २७(३) बमोजिम ४ (चार) वर्षका लागि नियुक्त गरेको छ । यसका साथै कार्यकारी परिषद्ले गरी पोखरा विश्वविद्यालयको रिक्त परीक्षा नियन्त्रक पदमा ४ वर्षका लागि स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्सेज, पोविका सह–प्राध्यापक डा. तुल्सीराम भण्डारीलाई नियुक्त गरेको छ । नवनियुक्त डीन तथा परीक्षा नियन्त्रकको सफल कार्यकालका लागि शुभ–कामना ।

 

नवनियुक्त रजिष्ट्रार भण्डारीबाट पदभार ग्रहण !!!

नवनियुक्त रजिष्ट्रार भण्डारीबाट पदभार ग्रहण !!!

वि.सं. २०७८ बैशाख ६ गते सोमबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालयका नवनियुक्त रजिष्ट्रार सह–प्राध्यापक डा. दिपक बहादुर भण्डारीले उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालको समुपस्थितिमा आज एक समारोहबीच रजिष्ट्रारको पदभार ग्रहण गर्नुभयो । उहाँलाई आइतबार सम्माननीय प्रधानमन्त्री एवम् पोखरा विश्वविद्यलयका कुलपति केपि शर्मा ओलिले पोखरा विश्वविद्यालय ऐन २०५३ बमोजिम रजिष्ट्रार पदमा ४ वर्षका लागि नियुक्ति गर्नुभएको थियो ।

लेखनाथमा अवस्थित पोखरा विश्वविद्यालयको सभाकक्षमा नवनियुक्त रजिष्ट्रार भण्डारीलाई स्वागत गर्दै विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले धेरै समयको प्रतिक्षापछि विश्वविद्यालयले पूर्णकालीन रजिष्ट्रार प्राप्त गरेको उल्लेख गर्नुभयो । उपकुलपतिले विश्वविद्यालयभित्रैबाट रजिष्ट्रार नियुक्ति हुनु एउटा सकारात्मक पक्ष भएको उल्लेख गर्नुभयो । विश्वविद्यालयलाई कसरी अगाडि लैजाने भन्ने विषयमा शिक्षक तथा कर्मचारीले देखाएको निरन्तर चिन्तनको प्रशंसा गर्दै उपकुलपति अर्यालले सबैमा सकारात्मक सोच र आपसी सहयोग भएमा विश्वविद्यालयको भविष्य उज्ज्वल रहेको बताउनुभयो । उहाँले आउँदा दिनमा विश्वविद्यालयमा पदाधिकारी नियुक्तिमा सिनियर र सक्षम व्यक्तित्वलाई प्राथमिकता दिने र ताला कल्चरलाई अन्त्य गरिने बताउनुभयो ।

कार्यक्रममा बोल्दै विश्वविद्यालयका नवनियुक्त रजिष्ट्रार डा. दिपक बहादुर भण्डारीले विश्वविद्यालयलाई अउँदा दिनमा कसरी अगाडि लैजाने भन्ने विषयमा आफूले बिजनेश डेभलपमेन्ट प्लान बनाई अगाडि बढ्ने बताउनुभयो । म्यानेजमेन्ट कस्तो हुनुपर्छ, शिक्षा कस्तो हुनुपर्छ भन्ने कुरा देखेको छु, बुझेको छु भन्दै रजिष्ट्रार भण्डारीले त्यसै अनुरूप अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । साथै उहाँले पोखरा विश्वविद्यालयसित धेरै राम्रा शैक्षिक कार्यक्रम रहेको तर भौतिक पूर्वाधार प्रयाप्त नभएकोले अपेक्षित प्रगति हासिल गर्न नसकेको उल्लेख गर्नुभयो । त्यसैले भौतिक पूर्वाधार निर्माण आफ्नो पहिलो प्राथमिकता रहेको उहाँले बताउनुभयो ।

विश्वविद्यालयमा धेरै चुनौति रहेको स्वीकार गर्दै उहाँले असम्भव भन्ने केही नभएको तर सबैमा सकारात्मक सोचको खाँचो रहेको औल्याउनुभयो । विश्वविद्यालय बनाउने हो भने म भए सबै ठिक अरू भए सबै बेठिक भन्ने सोच परिवर्तन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । हामी जति छौं, सबैको क्षमता चिनेको छु, देखेको छु, तर काम गर्ने वातावरण छैन भन्दै उहाँले सबै शिक्षक, कर्मचारी मिलेर वातावरण बनाउनुपर्नेमा समेत जोड दिनुभयो । सहि व्यक्ति, सहि ठाउँ, पुरस्कार दण्डको व्यवस्थालाई आफूले कडाईका साथ लागू गरेर देखाउँने उद्घोष गर्दै उहाँले यसमा सबैबाट साथ सहयोगको अपेक्षा गर्नुभयो ।

स्वागत कार्यक्रममा पोखरा विश्वविद्यालय सेवा आयोगका अध्यक्ष सहप्राध्यापक रघुनाथ अधिकारी, निवर्तमान रजिष्ट्रारको जिम्मेवारी लिनुभएका स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्सेजका प्रा.डा. विष्णुराज तिवारी, व्यवस्थापन संकायका डीन प्रा. हरिबहादुर खड्का, मानविकी तथा सामाजिकशास्त्र संकायेको डीनको जिम्मेवारीमा रहनुभएका सहप्राध्यापक डा. अजय थापा, स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल ईञ्जिनियरिङ्गका स्कूल निर्देशक डा. रामप्रसाद अर्याल, पोखरा विश्वविद्यालय प्राध्यापक संघका सभापति उपप्राध्यापक हेमराज पाण्डे, कर्मचारी संघका सभापति उपप्रशासक शिवराज पण्डितले विश्वविद्यालयको वर्तमान अवस्था, चुनौति र अवसरका बारेमा आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।

नवनियुक्त रजिष्टार भण्डारीले त्रिभुवन विश्वविद्यालयबाट एमबिएसमा स्नातकोत्तर र बित्तीय अर्थशास्त्रमा यू.के.बाट विद्यावारिधि गर्नुभएको छ । विगत ११ वर्षदेखि उहाँ पोखरा विश्वविद्यालय स्कूल अफ बिजनेशमा सहप्राध्यापक पदमा कार्यरत रहँदै आउनु भएको छ भने उहाँले पोखरा विश्वविद्यालयको विषम परिस्थितिमा नौ महिना रजिष्ट्रार भएर कार्यानुभव समेत लिनुभएको छ । उहाँले व्यवस्थापन संकायमा डीन र सहायक डीनको पदमा रहेर पनि कार्य गरिसक्नुभएको छ । विश्वविद्यालयका पदाधिकारी, शिक्षक तथा कर्मचारी उपस्थिति रहेको उक्त कार्यक्रमको सञ्चालन सहप्रशासक तारादेवि सापकोटाले गर्नुभएको थियो ।

हार्दिक श्रदासुमन !!!

हार्दिक श्रदासुमन !!!

 

२०७७ चैत्र २४ गते मङ्गलबार, लेखनाथ, कास्की ।
पोखरा विश्वविद्यालय स्थापनाका एक सक्रिय अभियन्ता एवम् सामाजिक व्यक्तित्व चक्रपाणि पौलेलको २०७७ चैत्र २३ गते सोमबार तनहुँको देवघाटमा हुन गएको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै हार्दिक श्रदासुमन अर्पण गर्दछौ । उहाँ ७८ वर्षको हुनुहुन्थ्यो । उहाँले पोखरा विश्वविद्यालय स्थापनाका लागि जनस्तरबाट गठित समितिमा सदस्य, जग्गा व्यवस्थापन एवम् संरक्षण उपसमितिमा संयोजक, पोखरा विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माण समितिमा सदस्य, पोखरा विश्वविद्यालय सभाको सभासद् आदि विभिन्न पदमा रही महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । यस दुःखद घडिमा उहाँले पोखरा विश्वविद्यालयको स्थापना र विकासमा विभिन्न पदमा बसी पुर्याउनुभएको योगदानको उच्च करदसहित सम्मान गर्दै हार्दिक स्मरण समेत गर्दछौं । शोकको यस क्षणमा शिक्षाप्रेमी पौडेलेको आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौं ।

पोखरा विश्वविद्यालय
पोखरा–३०, लेखनाथ, कास्की ।

उद्यमशीलता विकासमा नयाँ शैक्षिक कार्यक्रम शुभारम्भ !!!

उद्यमशीलता विकासमा नयाँ शैक्षिक कार्यक्रम शुभारम्भ !!!

२०७७ फागुन २१ गते शुक्रबार, पोखरा, कास्की ।
पोखरा विश्वविद्यालयले ४ वर्षे स्तानतकतहमा उद्यमशीलता विकाससम्बन्धी नेपालमै पहिलोपटक नयाँ शैक्षिक कार्यक्रमको शुभारम्भ गरेको छ । बेचलर अफ इन्ट्रिप्रिन्यूरशीप डेभलपमेन्ट प्रोगाम (बेड) नाम दिइएको उक्त कार्यक्रमलाई नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र पोखरा विश्वविद्यालयले संयुक्त रूपमा सञ्चालन गर्ने भएका छन् । युवालाई उद्यमशील बनाई आत्मनिर्भर तुल्याउने एवम् युवालाई नेतृत्व विकास र सामाजिक रूपान्तरणको अभियन्ता बनाउने प्रमुख लक्ष्यका साथ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र पोखरा विश्वविद्यायले लेकसाइड, पोखरामा एक संयुक्त समारोहको आयोजना गरी सो कार्यक्रमको औपचारिक शुभारम्भ भएको जानकारी दिएका छन् ।

कार्यक्रमका अध्यक्ष एवम् पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले युवा उद्यमी भए वेरोजगारी हट्ने र उनीहरू स्वदेशमै रही देशलाई समृद्ध बनाउन सक्ने भएकोले उद्यमशीलता विकास कार्यक्रमले युवाको व्यक्तित्व विकासमा सहयोग गर्ने बताउनुभयो । उपकुलपतिले कार्यक्रमको विस्तार र विकासमा उद्योग मन्त्रालयले पूर्ण रूपमा विश्वविद्यालयललाई सहयोग गर्ने विश्वास समेत व्यक्त गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि एवम् उद्यमशीलता विकास र प्रबर्धनमा भारतको पहिलो विश्वविद्यालय स्वर्निम विश्वविद्यालय, गुजरातका भाइस प्रेसिडेन्ट आदि रिसभ जैनले उद्यमशीलता विकाससम्बन्धी कार्यक्रमको उ्रत्थानका लागि विश्वविद्यालयलाई हरतरहले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव (प्रवक्ता) डा. नारायण प्रसाद रेग्मी, अन्तर्राष्ट्रिय श्रम संगठन कन्ट्री अफिस नेपालका स्कील्स फर इम्प्रुभमेन्ट प्रोजेक्ट्सका नेशनल प्रोग्राम कोर्डिनेटर श्री प्रकाश शर्मा, नेपाल उद्योग वाणिज्य महासंघका डेपुटि डाइरेक्टर जनरल श्री गोकर्ण अवस्थिले उद्यमशीलता विकास कार्यक्रमको प्रबर्धनका लागि हातेमालो गर्दै अगाडि बढउने प्रतिबद्धता जाहेर गर्नुभयो । मानविकी तथा सामाजिकशास्त्र संकाय डीन सहप्राध्यापक डा. अजय थापाले कार्यक्रमको उपादेयता र महत्वका बारेमा विस्तृत जानकारी गराउनु भएको थियो । उक्त कार्यक्रमको औपचारिक शुभारम्भ समारोहमा सम्बद्ध व्यक्तित्व, उद्यमी, कलेज, विद्यालय, सञ्चार माध्यमहरूका प्रमुख एवम् प्रतिनिधि लगायत पोखरा विश्वविद्यालयका पदाधिकारी, शिक्षक तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

ई. लेखबहादुर गुरूङ्गप्रति हार्दिक श्रदासुमन !!!

ई. लेखबहादुर गुरूङ्गप्रति हार्दिक श्रदासुमन !!!


२०७७ मङ्सिर ६ गते, शनिबार, पोखरा, कास्की ।
नेपालको ईञ्जिनियरिङ्ग शिक्षाका अग्रज एवम् प्रणेता पोखरा ईञ्जिनियरिङ्ग कलेजका संस्थापक एवम् प्राचार्य ई. लेखबहादुर गुरूङ्गको २०७७ मङ्सिर ६ गते हुन गएको असामयिक निधनप्रति गहिरो शोकसहित हार्दिक श्रदासुमन अर्पण गर्दछौं । उहाँ गत कार्तिक २५ गते उच्च रक्तचापका कारण कलेज प्राङ्गणमा अचानक बेहोस भई काठमाडौं ग्राण्डी अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । उहाँले पोखरा विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माण समिति, सभा, ईञ्जिनियरिङ्ग विषय समितिमा रही महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । यस दुःखद घडिमा उहाँले पोखरा विश्वविद्यालयको विकास, विस्तार र प्रबर्धनमा विभिन्न पदमा बसी पुर्याउनुभएको योगदानको उच्च करदसहित सम्मान गर्दै हार्दिक स्मरण समेत गर्दछौं । शोकको यस घडिमा उहाँको आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना समेत व्यक्त गर्दछौं ।

 

पोखरा विश्वविद्यालय
लेखनाथ, कास्की

ओपनद्वारा उपकुलपतिलाई स्वागत

ओपनद्वारा उपकुलपतिलाई स्वागत

२०७७ कार्तिक २५ गते, मंगलबार, लेखनाथ, कास्की ।

पोखरा विश्वविद्यालय शिक्षण संस्थाहरूको संघ नेपाल (OPEN) ले पोखरा विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. प्रेमनारायण अर्याललाई एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको छ । उक्त स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उपकुलपति अर्यालले विद्यार्थीहरूको सर्वोपरि हितलाई केन्द्रमा राखेर विश्वविद्यालयलाई माथि उठाउन सबैले होस्टेमा हैसे गर्नुपर्नेमा जोड दिनुभयो । उपकुलपतिले विद्यार्थीको वेदना बुझेर उनीहरूको इज्जत र प्रतिष्ठा बचाउन सके मात्रै विश्वविद्यालयको साख र गरिमा पनि दिगो रहने उल्लेख गर्नुभयो ।

उहाँले विश्वविद्यालयलाई सन्तुलन र सहकार्यमा अगाडि बढाउनुपर्ने भएकोले सम्बन्धित पक्षसँग सम्वाद, वहस र छलफल गरी पूर्णकालीन पदाधिकारी नियुक्ति चाँडै टुङ्गाइने बताउनुभयो । रातदिन नभनी विश्वविद्यालयका लागि खटिनुपर्ने अवस्था रहेको उल्लेख गर्दै उपकुलपतिले नीति नियम भित्र रहेर काम गरिने, त्यो नबनेको भए बनाउने र विश्वविद्यालय आफै धानिन सक्ने गरी केही आंगिक कलेजको विस्तार, केही नयाँ कार्यक्रम सञ्चालन तथा मेडिकल कार्यक्रमका लागि हस्पिटल सञ्चालन गर्ने सोच आफूमा रहेको बताउनुभयो । उपकुलपति अर्यालले ओपनले विश्वविद्यालयको विकासमा महत्वपूर्ण योगदान गरेको चर्चा गर्दै उनीहरूले विश्वविद्यालयलाई दिएको इज्जतमा आँच आउन नदिने उल्लेख गर्नुभयो ।

स्वागत कार्यक्रममा ओपनले अनलाइन क्लासलाई आधिकारिकता प्रदान गर्नुपर्ने, फल र स्प्रिङ सेमेष्टरको परीक्षा तालिका परीक्षाको मोडालिटीसहित आउनुपर्ने, परीक्षाको दिगो विकासका लागि समयमा नै कोर्ष सकिने गरी ४ वर्षको शैक्षिक क्यालेण्डर प्रकाशित गर्नुपर्नेमा जोड दिएको छ । उसले विश्वविद्यालयको स्पिरिट, स्पीड र सिस्टमलाई सुनिश्चित गर्न सकेमा विद्यार्थीलाई न्याय दिन सकिने विश्वास समेत व्यक्त गरेको छ । साथै शैक्षिक कार्यक्रममा नयाँपन ल्याउनुपर्नेमा जोड दिँदै उसले विद्यार्थी भर्नामा न्यूनतम जिपिए तोकेर अगाडि बढ्न सकेमा भर्ना अन्यौलता हट्न जाने र यसले विश्वविद्यालय, कलेज र विद्यार्थीलाई समेत ठूलो राहत पुग्ने विश्वास व्यक्त गरेको छ । ओपनले विश्वविद्यालयलाई कसरी सहि ढंगले अगाडि बढाउन सकिन्छ भन्ने कुरा कलेजहरू एक ठाउँमा बसेर एकले अर्कोलाई सहयोग गर्ने भावबाट अगाडि बढ्न सके विश्वविद्यालयको सार्वजनिक निजी साझेदारी (पिपिपि) मोडेलको लक्ष्यलाई टेवा पुग्ने समेत बताएको छ ।

कार्यक्रममा विश्वविद्यालयको तर्फबाट रजिष्टारको जिम्मेवारी सम्हाल्नुभएका प्रा.डा. विष्णुराज तिवारी, व्यवस्थापन संकायका डीन प्रा.हरिबहादुर खड्का, परीक्षा नियन्त्रकको जिम्मेवारी सम्हाल्नुभएका प्रा.डा. टेकराज ज्ञवाली, पोवि प्राध्यापक संघका सभापति हेमराज पाण्डे, कर्मचारी संघका सभापति शिवराज पण्डित तथा ओपनका तर्फबाट एपेक्स कलेजका प्राचार्य एल.पि. भानु शर्मा, ओपेनका अध्यक्ष एवम् नोबेल कलेजका संस्थापक नवराज पाण्डे, अक्सफोर्ड कलेज, गैडाकोट, नवलपरासीका प्राचार्य एवम् ओपेनका उपाध्यक्ष ई. हरि प्रसाद भण्डारी, युनिग्लोब कलेज, काठमाण्डौका प्राचार्य एवम् ओपेनका उपाध्यक्ष डा. नरबहादुर बिष्ट, क्रिमसन कलेज अफ टेक्नोलोजी, बुटवलका प्राचार्य देवीप्रसाद भण्डारीले आ–आफ्नो मन्तव्य राख्नुभएको थियो ।

उद्योगपति सूर्यबहादुर के.सी.प्रति हार्दिक श्रद्धाञ्जली !!!

उद्योगपति सूर्यबहादुर के.सी.प्रति हार्दिक श्रद्धाञ्जली !!!

२०७७ कार्तिक १८ गते मङ्लबार, लेखनाथ, कास्की ।
प्रतिष्ठित उद्योगपति एवम् समाजसेवी सूर्यबहादुर के.सी.को २०७७ कार्तिक १७ गते सोमबार राति १०ः३० बजे पोखरा–७, एयरपोर्टस्थित आफ्नै निवासमा ६३ वर्षको उमेरमा हुन गएको निधनप्रति गहिरो शोकसहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं । उहाँ पोखरा विश्वविद्यालयको पूर्व सभासद् एवम् भौतिक पूर्वाधार निर्माण समितिको सदस्य हुनुहुन्थ्यो । यस दुःखद घडिमा उहाँले पोखरा विश्वविद्यालयको स्थापना, विकास र प्रबर्धनमा विभिन्न तवरले पुर्याउनु भएको योगदानको उच्च कदरसहित सम्मान गर्दै हार्दिक स्मरण समेत गर्दछौं । उहाँ केही वर्षदेखि उच्च रक्तचाप र मधुमेह रोगबाट पिडित हुनुहुन्थ्यो । उहाँको एक श्रीमति र तीन छोराहरू हुनुहुन्छ । शोकको यस घडिमा उहाँको आत्माको चिरशान्तिको कामनासहित शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना समेत गर्दछौं ।

पोखरा विश्वविद्यालय
लेखनाथ, कास्की ।

उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालद्वारा पदभार ग्रहण

उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालद्वारा पदभार ग्रहण

२०७७ असोज १८ गते आइतबार, पोखरा–३०, लेखनाथ, कास्की ।

पोखरा विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले आज एक समारोहबीच उपकुलपति पदको पदभार ग्रहण गर्नुभयो । पदस्थापनपछि विश्वविद्यालयद्वारा आयोजित स्वागत कार्यक्रममा बोल्दै उपकुलपति अर्यालले नीति र नियमभन्दा बाहिर गएर आफूले कुनै कार्य एवम् कदम नचाल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सम्माननीय प्रधानमन्त्रीज्यूसँग विश्वविद्यालयको समस्या र अन्यौलता समाधानका बारेमा आफूले कुरा राख्दा उहाँले नीति नियममा रही निर्धक्क भएर अगाडि बढ्न सुझाउनु भएको समेत उहाँले उल्लेख गर्नुभयो ।

जहाँ चुनौती छ त्यहाँ सम्भावना छ । जहाँ चुनौति छैन, त्यो जागिर खाने हुन्छ, तर म जागिर खान आएको होइन भन्दै उपकुलपति अर्यालले आफूलाई अब कसरी यो विश्वविद्यालय बनाउने, कसरी यसलाई व्यवस्थापन गर्ने भन्ने मुख्य चिन्ता रहेको उल्लेख गर्नुभयो । उपकुलपति अर्यालले भन्नुभयो– कुनै पनि पदाधिकारी आएर मेरो हातमा तिलस्मीको छडि छ, सब ठिक पार्छु भन्यो भने त्यो नबुझेको हुन्छ, तर म बुझ्छु मात्र र बुझेको पनि छु ।

उहाँले विश्वविद्यालय विद्यार्थीहरूको योग्यता मापन गर्ने थलो भएकोले एकवर्षदेखि ती कार्य बन्द हुनु विद्यार्थीका लागि ज्यादै पिडादायी क्षण रहेको उल्लेख गर्नुभयो । सोको लागि विश्वविद्यालयलाई अनिर्णयको बन्दी बनाउन नहुने उल्लेख गर्दै उहाँले विश्वविद्यालयको हक, हित तथा विद्यार्थीहरूको भविष्य सुनिश्चताका लागि सबै व्यक्तिगत स्वार्थभन्दा माथि उठि कार्य गर्नुपर्नेमा जोड दिनुभयो । यसका लागि आफू चौबिसै घण्टा पोखरा विश्वविद्यालयको लागि समर्पित रहने उहाँले बताउनुभयो ।

कोभिडले धेरै विश्वविद्यालयहरूलाई समस्यामा पारेको र केही विश्वविद्यालयले सामाजिक दुरी कायम गरी परीक्षा लिएको सन्दर्भमा २१ औं शताब्दीको प्रविधि मैत्री वातावरण सिर्जना गरी हामीले पनि अनलाईन पठनपाठन र परीक्षामा सञ्चालनका लागि ढिलो गर्न नहुनेमा उहाँको जोड थियो ।

पोखरा विश्वविद्यालय छोटो समयमा राम्रो प्रतिष्ठा कायम गरेको र धेरै कार्यक्रम ल्याएर एउटा ख्याति कमाएको विश्वविद्यालय भएकोले यसको अझ बढी प्रबर्धन र उत्थानका लागि केही राहत कार्यक्रमहरू सञ्चालनमा ल्याउनु पर्नेमा समेत उपकुलपतिले जोड दिनभयो । यसका लागि मेडिकल कलेजको स्थापना, बिद्युत, कानुन र शिक्षामा पठनपाठनदेखि लिएर देशको यस सुन्दर क्षेत्रलाई पर्यटकीय अध्ययन केन्द्रको रूपमा विकास गर्न सकिने उहाँको भनाई थियो । यसका लागि सबैको सहयोग र योगदान चाहिन्छ, केही समस्या भए सम्वाद, सहमति र सहकार्यमा अगाडि बढ्न सकिन्छ, उपकुलपतिले भन्नुभयो ।

स्वागत कार्यक्रममा पोखरा विश्वविद्यालय सेवा आयोगका अध्यक्ष रघुनाथ अधिकारी, पोखरा विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्रा. हरिबहादुर खड्का, स्कूल अफ डेभलेपमेन्ट सोसल ईञ्जियिरिङ्गका स्कूल निर्देशक डा. रामप्रसाद अर्याल, पोखरा विश्वविद्यालय कार्यकारी परिषद्का सदस्य सहप्राध्यापक हरिप्रसाद त्रिपाठी, पोखरा विश्वविद्यालय प्राध्यापक संघका अध्यक्ष हेमराज पाण्डे तथा पोखरा विश्वविद्यालय कर्मचारी संघका अध्यक्ष शिवराज पण्डितले विश्वविद्यालयका समस्याका बारेमा आ–आफ्नो मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको सञ्चालन सहप्रशासक तारा सापकोटाले गर्नुभएको थियो ।

पोखरा विश्वविद्यालयको उप–कुलपतिमा प्रा.डा. प्रेमनारायण अर्याल नियुक्त

पोखरा विश्वविद्यालयको उप–कुलपतिमा प्रा. डा. प्रेमनारायण अर्याल नियुक्त

सम्माननीय प्रधानमन्त्री तथा पोखरा विश्वविद्यालयका कुलपति के.पि. शर्मा ओलिले पोखरा विश्वविद्यालय ऐन २०५३ बमोजिम पोखरा विश्वविद्यालयको रिक्त रहेको उप–कुलपति पदमा प्रा.डा. प्रेमनारायण अर्याललाई २०७७ असोज १४ गते बुधबार नियुक्त गर्नुभएको छ । नवनियुक्त उप-कुलपति अर्यालले आउँदो आइतबार (असोज १८) गते पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालय, लेखनाथमा पदबहाली गर्नुहुने कार्यक्रम छ । ४ (चार) वर्षको लागि उप–कुलपति पदमा नियुक्त प्रा. डा. अर्याललाई हार्दिक बधाई ज्ञापन गर्दै उहाँको सफल कार्यकालको हार्दिक शुभ–कामना व्यक्त गर्दछौं ।

पोखरा विश्वविद्यालय
पोखरा–३०, लेखनाथ, कास्की ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेप्रति हार्दिक श्रद्धाञ्जली !!

राष्ट्रकवि माधवप्रसाद घिमिरेप्रति हार्दिक श्रद्धाञ्जली !!

२०७७ भदौ २ गते, मङ्गलबार ।
राष्ट्रकवि माधवप्रसाद घिमिरेको २०७७ भदौ २ गते मङ्गलबार अपरान्ह ५ः३० बजे आफ्नै निवास लैनचोर, काठमाडौंमा हुन गएको निधनप्रति गहिरो शोकसहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं । उहाँ १०१ वर्षको हुनुहुन्थ्यो । उहाँको जन्म वि.सं. १९७६ असोज ७ गते लमजुङ जिल्लाको पुस्तुनमा भएको थियो । उहाँ केहि समयदेखि श्वासप्रश्वास, रक्तचाप र मधुमेहको समस्याबाट पिडित हुनुहुन्थ्यो । नेपाली वाङ्मय क्षेत्रमा दशकौं लामो साहित्य साधना र योगदान गर्नुहुने राष्ट्रकवि घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका एक कुशल र सिद्धहस्त वरिष्ठ नेपाली साहित्यकार, कवि र गीतकार हुनुहुन्थ्यो ।

उहाँले वि.सं. २०७३ वैशाख ८ गते सम्पन्न पोखरा विश्वविद्यालयको १३ औं दीक्षान्त समारोहमा प्रमुख अतिथिको रूपमा सहभागिता जनाउनु भएको थियो । उहाँको जेठी श्रीमती गौरीको विसं २००४ मा निधनपछि उहाँले रचेको गौरी शोककाव्य र अन्य दर्जनौँ काव्य, गीतिनाटक, कथा, यात्रा संस्मरण र अनुवाद विधामा उहाँका कृतिहरू लोकप्रिय छन् । उहाँका नवमञ्जरी, घामपानी, नयाँ नेपाल र किन्नरकिन्नरी आदि कविता संग्रह प्रकाशित छन् भने “गाउँछ गीत नेपाली”, “फूलको थुङ्गा बगेर गयो” तथा “आजै र राति के देखे सपना” आदि गीतहरू प्रख्यात छन् ।

उहाँका श्रीमती, दुई छोरा र ६ छोरी हुनुहुन्छ । शोकको यस घडिमा उहाँको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना समेत व्यक्त गर्दछौं ।

प्रा.डा. राधेश्याम कायस्थप्रति हार्दिक श्रदासुमन

प्रा.डा. राधेश्याम कायस्थप्रति हार्दिक श्रदासुमन

२०७७ साउन १५ गते, विहीबार, पोखरा, कास्की ।
वरिष्ठ वनस्पतिशास्त्री एवम् शिक्षाविद् प्रा.डा. राधेश्याम कायस्थकोे ७८ वर्षको उमेरमा चरक मेमोरियल अस्पताल, नयाँबजार, पोखरामा २०७७ साउन १५ गते हुन गएको निधनप्रति गहिरो शोकसहित हार्दिक श्रदासुमन अर्पण गर्दछौं । उहाँ पोखरा विश्वविद्यालयको पूर्व सभासद्, प्राज्ञिक परिषद्को सदस्य, साइन्स विषय समितिको अध्यक्ष एवम् वि.फार्मेसी विषय समितिको सदस्य हुनुहुन्थ्यो । यस दुःखद घडिमा उहाँले पोखरा विश्वविद्यालयको विकास र प्रबर्धनमा विभिन्न पदमा बसी पुर्याउनु भएको योगदानको उच्च कदरसहित सम्मान गर्दै हार्दिक स्मरण समेत गर्दछौ । पोखराको शिक्षा क्षेत्रको एक पर्यायको रूपमा स्थापित अग्रणी शिक्षासेवी प्रा.डा. कायस्थ केही समयदेखि दम रोगबाट पिडित हुनुहुन्थ्यो । उहाँका एक श्रीमति, दुई छोरा र एक छोरी हुनुहुन्छ । शोकको यस घडिमा उहाँको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना समेत व्यक्त गर्दछौं ।

पोखरा विश्वविद्यालय
लेखनाथ, कास्की ।

पोखरा विश्वविद्यालयको २४ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

पोखरा विश्वविद्यालयको २४ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

२०७७ श्रावण १ गते, बिहीबार, कास्की ।

पोखरा विश्वविद्यालय २०७७ श्रावण १ गतेदेखि २४ औं वर्षमा प्रवेश गरेको छ । विश्वविद्यालयको २४ औं वार्षिकोत्सवलाई कार्यालय परिसर लेखनाथमा सरसफाई, वृक्षारोपण र साँझ दीपावली गरि मनाइयो । विश्वविद्यालयको वार्षिकोत्सव समारोहमा आफ्नो मन्तव्य राख्दै व्यवस्थापन संकायका डीन प्राध्यापक हरिबहादुर खड्काले पूर्णकालीन पदाधिकारी नहुँदा विश्वविद्यालयको महत्वपूर्ण कार्यकारी र प्राज्ञिक परिषद् बस्न नसकेको बताउँदै यसले विश्वविद्यालयको योजना तर्जुमा र नीति निर्माणमा समस्या उत्पन्न भएको जनाउनुभयो । त्यस्तै योजना तथा कार्यक्रम महाशाखा प्रमुख सहप्राध्यापक डा. ज्ञानेश्वर शर्माले २१ औं शताब्दीको विश्वविद्यालय परिकल्पना गरेको अवस्थामा विश्वविद्यालय नेतृत्वविहीन हुँदा सबैलाई पिडा भएको उल्लेख गर्नुभयो । पोखरा विश्वविद्यालय प्राध्यापक संघका सभापति हेमराज पाण्डेले समय सापेक्ष नीतिगत निर्णय गरी विश्वविद्यालयको शैक्षिक एवम् पूर्वाधार विकास कार्यक्रमलाई समय अनुकूल बनाउन र विश्वविद्यालयको भविष्यलाई जोगाउन सम्माननीय प्रधानमन्त्रीले नियुक्ति प्रक्रियालाई टुङ्याउनु पर्नेमा जोड दिनु भयो । उहाँले पोखरा विश्वविद्यालयमा चुनौति थपिंदै गएको उल्लेख गर्दै विश्वविद्यालयको प्राज्ञिक अनुभव र विद्धता छानी छानी प्रयोग हुँदै आएको प्रति चिन्ता समेत व्यक्त गर्नुभयो । सह–प्रशासक यादव थापाले पोखरा विश्वविद्यालय धेरै दुःखले आजको अवस्थासम्म आएको बताउँदै संस्थाको उज्ज्वल भविश्यको लागि सबैले सकारात्मक भएर सोच्नुपर्नेमा जोड दिनु भयो ।

पोखरा विश्वविद्यालय कर्मचारी संघका अध्यक्ष शिवराज पण्डितले नेतृत्व अभावका कारण विद्यार्थीको मात्रै होइन, तिनमा कार्यरत सम्पूर्ण शिक्षक तथा कर्मचारीहरूको भविष्य समेत अन्धकार भएको बताउनु भयो । शिक्षा क्षेत्र जस्तो संवेदनशील क्षेत्रमा सरकार गैरजिम्मेवार हुनु दुर्भाग्य हो भन्दै उहाँले विश्वविद्यालयको नेतृत्वको रिक्तता र शुन्यताका कारण आफ्ना नानी बाबुको भविष्यका बारेमा अभिभावकलाई उत्तर दिन नसिकिएकोे गुनासो गर्नुभयो ।

सरकारले विगत १० महिनादेखि उपकुलपति नियुक्ति नगरेर विश्वविद्यालयलाई अन्यौल ग्रस्त बनाइदिएको छ । विश्वविद्यालयको समग्र नीति तथा योजना, प्राज्ञिक तथा दैनिक प्रशासन र परीक्षा सञ्चालनको तयारी कार्य लगायत सबै कार्यहरुमा उपकुलपति नहुँदा गभ्भिर असर परेको छ । उपकुलपति बिना विश्वविद्यालयको कार्यकारी परिषद्, प्राज्ञिक परिषद्, परीक्षा समिति सबै भूमिका विहिन बनेका छन् । उपकुलपति मार्फत नै नियुक्ति सिफारिस हुने रजिष्ट्रार, स्वास्थ्य विज्ञान, विज्ञान तथा प्रविधि र मानविकी तथा सामाजिक शास्त्र संकायका डीनहरूको पद समेत हाल रिक्त छन् । त्यति मात्रै होइन परीक्षा नियन्त्रक, अनुसन्धान केन्द्र, पाठ्यक्रम विकास केन्द्र, अन्तर्राष्टिय केन्द्रका कार्यकारी निर्देशकहरूको पदहरू समेत रिक्त छ । त्यस्तै ३ वटा आंगिक महाविद्यालयहरूका स्कूल निर्देशकहरू समेत रिक्त छन् ।
मुख्य नेतृत्वकै अभावका कारण विश्वविद्यालयको दैनिक शैक्षिक तथा प्रशासनिक सम्पूर्ण कार्यहरू रोकिएका छन् । फागुनमा हुने दीक्षान्त रोकिएको छ । विश्वविद्यालयको सर्वोच्च निकाय सभाका सदस्यहरू समेत रिक्त छन् । असारमा गरिसक्नुपर्ने सभा रोकिएको हुँदा आगामी वर्षको बजेट तर्जुमा एवम् नीति तथा कार्यक्रम अवरूद्ध हुन पुगेका छन् ।

उपकुलपतिको अभावसँगै निम्तिएको कोरोनाको प्रभाव र मुलुकमा ३ महिनाभन्दा बढी जारी लकडाउनका कारण विश्वविद्यालयको अध्ययन–अध्यापन एवम् परीक्षा संचालनका कार्य हुन सकिरहेको छैन । यसले गर्दा शैक्षिक क्यालेण्डर समेत प्रभावित बनेको निवर्तमान परीक्षा नियन्त्रक सहप्राध्यापक डा. भरतराम ढुंगाना बताउनुहुन्छ । यस्तो अवस्थामा विद्यार्थीहरुको मुल्याङ्कन गर्नको लागि वाह्य परीक्षा (बोर्ड इक्जाम) तत्काल हुने सम्भावना पनि नदेखिएको उहाँले औल्याउनु भयो ।

चैतमा हुने भनेको परीक्षा लकडाउनको कारणले स्थगित भयो । लकडाउनको अवधिमा अधिकांश विद्यार्थीहरूले लकडाउनको पहिलो र दोस्रो हप्तासम्म मात्र परीक्षा हुन्छ कि भन्ने आशाले पढेका थिए । तर जति जति लकडाउन थपिदै गयो, त्यति त्यति विद्यार्थीले परीक्षा हुन्छ भन्ने आशा मार्दै गए र पढ्न पनि छाड्दै गए । लामो समयदेखि परीक्षा समितिको अध्यक्ष रजिष्ट्रार नहुँदा नियमित परीक्षा अन्यौल बन्दै गए । यसले विद्यार्थीहरूलाई तनाव थपिदिएको छ र यस्तो अवस्थामा उनीहरूले परीक्षा दिन नसक्ने बताएका छन् । यदि विश्वविद्यालयले परीक्षा सञ्चालन गर्यो भने अधिकांश विद्यार्थीहरूको परीक्षा विग्रिने र परीक्षा बिग्रेकै कारण धेरै विद्यार्थीहरू डिप्रेशनको सिकार भई आत्महत्या समेत गर्न सक्ने स्थिति रहेकाले यो वर्ष परीक्षा नगराईदिनु हुन भन्दै पिडित विद्यार्थीहरूले अनुरोध समेत गरेका छन् ।

पोखरा विश्वविद्यालय केन्द्रीय क्याम्पसका पूर्व स्ववियू अध्यक्ष सुनिल क्षेत्रीले लामो समयदेखि पदाधिकारी नियुक्ति नभएकै कारण प्राज्ञिक तथा प्रशासनिक विषयवस्तुहरू ठप्प हुनु अत्यन्त चिन्ताजनक विषय भएको औल्याउनु भएको छ । उहाँले विश्वविद्यालयको नियुक्तिहरूलाई विशेष महत्व राख्न नेपाल सकारसँग अनुरोध गर्दै सबैमा त्यसका लागि रचनात्मक दवाव सिर्जना गर्न अपिल समेत गर्नुभएको छ ।

अर्कोतिर सम्बन्धित पदाधिकारीहरूको रिक्तताले प्राज्ञिक परिषद् तथा कार्यकारी परिषद्बाट तत्काल वैकल्पिक शिक्षण विधि सम्बन्धि कुनै कार्यविधि तयार भई शिक्षण कार्य अधि बढ्ने अवस्था समेत देखिदैन । नेपालका अन्य विश्वविद्यालयहरुले यस्तो विषम अवस्थामा अनलाइन विधिबाट अध्ययन–अध्यापन कार्यको थालनी गरिसकेको अवस्थामा पोखरा विश्वविद्यालयलाई अनिर्णयको बन्दीले उच्च शिक्षामा गुणस्तरीयताको अपेक्षा गर्न सम्भव देखिदैन ।

उपकुलपति नियुक्ति नगर्दा अनलाइन कक्षाको कार्यविधि, परीक्षा सञ्चालनसम्बन्धी वैकल्पिक व्यवस्था लगायत गर्नुपर्ने थुप्रै नीतिगत निर्णयहरूको अभावले विश्वविद्यालयमा अध्ययनरत झण्डै ४० हजार विद्यार्थीको भविष्य अन्यौल रहेको छ ।

प्रा.डा. दुर्गाप्रसाद भण्डारीको निधनमा शोक सभा

२०७६ साल चैत्र ३ गते सोमबार, लेखनाथ, कास्की । पोखरा विश्वविद्यालयले पोखरा विश्वविद्यालय सेवा आयोगका प्रथम अध्यक्ष, विशिष्ठ विद्वान, वरिष्ठ साहित्यकार प्राज्ञ प्रा.डा. दुर्गा प्रसाद (डि.पि.) भण्डारीको मिति २०७६ चैत्र १ गते शनिबार दिन काठमाडौंस्थित हाम्स अस्पतालमा ८४ वर्षको उमेरमा भएको असामयिक निधनका कारण आज विश्वविद्यालय प्राङ्गण लेखनाथमा एक शोक सभा मनाएको छ । भण्डारी विगत ५ वर्षदेखि विस्मृति रोग (अल्जाइमर्स) र फोक्सोसम्बन्धी रोगले सिकिस्त बिरामी हुनुहुन्थ्यो ।

शोक सभामा बोल्दै पोखरा विश्वविद्यालय सेवा आयोगका अध्यक्ष रघुनाथ अधिकारीले स्वर्गीय भण्डारीको प्रभावशाली व्यक्तित्वको चर्चा गर्दै उहाँको निधनले प्राज्ञिक क्षेत्रले एक कुशल एवम् प्रखर समालोचक र दार्शनिक गुमाएको विचार व्यक्त गर्नुभयो ।

उपकुलपतिको जिम्मेवारी सम्हाल्दै आउनुभएका पोखरा विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायका डीन प्रा.डा. इन्द्र प्रसाद तिवारीले स्वर्गीय भण्डारी साहित्यकार, प्राज्ञिक, समालोचक र दार्शनिक जस्ता बहुप्रतिभायुक्त स्पष्ट वक्ता भएका कारण उहाँको स्वर्गारोहणले अपुरणीय क्षति पुगेको विचार व्यक्त गर्दै विश्वविद्यालय परिवारलाई स्तब्ध र भावविह्वल तुल्याएको उल्लेख गर्नुभयो ।

वि.सं १९९२ साल कात्तिक १३ गते डोटीको निरौली गाउँमा जन्मी जीवन यात्राको पाँच दशकभन्दा बढी साहित्यिक र प्राध्यापन पेशामा सक्रिय रहनुभएका भण्डारी सालिन, भद्र र रोमान्टिक हुनुहुन्थ्यो भने हरेक लेख रचनामा उहाँको भावानात्मक र व्यङ्ग्यात्मक शैली मुखरित हुन्थ्यो ।

मृगस्थली, रोधि र फूल, त्यो धर्ती त्यो आकाश, नुरो बासुरी बजाईरहेको छजस्ता कृतिका लेखक तथा दर्जनौ लेख रचनाका स्तम्भकार भण्डारीले त्रिविमा अढाई दशक प्राध्यापन, नेपाल र एशियाली अनुसन्धान केन्द्रका निर्देशक, नेपाल साँस्कृतिक प्रतिस्ठानका अध्यक्ष लगायत विभिन्न संघ संस्थाहरू र निकायहरूमा रही जिम्मेवारी प्रतिनिधित्व गर्नुभएको थियो । उहाँले वि.सं. २०५७।०५।०१ देखि २०६१।०४।३२ सम्म र वि.सं. २०६१।०५।१० देखि २०६३।०६।२८ सम्म पोखरा विश्वविद्यालय सेवा आयोगको अध्यक्ष भई दुई कार्यकाल बिताउनु भएको छ । उहाँका एक श्रीमती र दुई छोराहरू छन् ।

भण्डारीको निधनले नेपाली साहित्यिक, प्राज्ञिक क्षेत्रले एक ओजयुक्त अभिभावक गुमाएको ठहर गर्दै उहाँको योगदान र कृतिलाई सम्बन्धित जगतले सदा स्मरण गरिरहने छ ।

पोखरा विश्वविद्याल, स्वर्गीय भण्डारीप्रति भावपूर्ण हार्दिक श्रदाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ र दुःखको यस घडीमा शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ ।

MOU between Pokhara University and Nanjing University of Aeronautics and Astronautics

On December 27, 2019. Lekhnath, Kaski.

Pokhara University(PU), Nepal and Nanjing University of Aeronautics and Astronautics (NUAA), China entered into a formal relationship by signing a Memorandum of Understanding(MoU). Dean, Faculty of Science and Technology, Buddhi Raj Joshi signed the document on behalf of PU and Chancellor, ZHENG Yong’an signed the document on behalf of NUAA. In particular both institutions agree to identify opportunity for exchange of faculty, student and research staff.

The MoU emphasized on exchange program to promote academic and research activities conjointly in order to exploit the opportunities for mutual benefit of both the institutions. To promote the enrichment of their teaching and learning, research and discovery, and engagement missions; and to lend advice, technical support and services from either side and to educate personnel through sabbaticals, short stays, seminars, course and workshops are some of the main points of agreement.

शोक सभा सम्पन्न

२०७६ पौष ९ गते बुधबार, लेखनाथ । पोखरा विश्वविद्यालयमा कार्यालय सहयोगी पदमा कार्यरत रामजी बाँस्तोलाको २०७६ पुस ८ गते मंगलबार भएको असामयिक निधनका कारण विश्वविद्यालयले एक शोक सभा सम्पन्न गरेको छ । वि.सं. २०३६ भदौ १० गते जन्मेका स्वर्गीय बाँस्तोला ४० वर्षका थिए । स्व. रामजी बाँस्तोलाले वि.सं. २०५५ असार ७ गते करार सेवामा विश्वविद्यालयमा सेवा प्रवेश गरेका थिए । उनी वि.सं. २०५६ असार १ गते अस्थायी र वि.सं. २०५८ भदौ १ गते स्थायी पदमा रही २१ वर्षसम्म विश्वविद्यालय सेवामा रहे । उनका श्रीमति एक, छोरा एक र छोरी एक जना रहेका छन् । कर्मचारी रामजी बाँस्तोलाको अल्पायूमै भएको असामयिक निधनप्रति विश्वविद्यालय परिवार गहिरो शोक व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जलीसहित शोक सन्तप्त परिवार र आफन्तजनप्रति गहिरो समवेदना प्रकट गर्दछ ।

नेपालको स्वास्थ्य प्रणाली पुनरूत्थान गर्न राष्टिय सम्मेलन


पोखरा, २३ असार, २०७६ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका माननीयमन्त्री नरदेवी पुन मगरले नेपालमा राजनीतिक आन्दोलन सिद्धिएको उल्लेख गर्दै अब गरिवी, निरोगी र राष्ट्रप्रेमीका लागि आन्दोलन गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले उक्त विचार पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान संकाय तथा स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्सेजको प्रमुख आयोजना र विश्वविद्यालय अनुदान आयोगको सहयोगमा आयोजित “National Conference On Revitalizing National Health System of Nepal in Federal Era: Pathway to Achieve SDG Goals” नामक २ दिने राष्ट्रिय सम्मेलनमा प्रमुख अतिथिको आसनबाट बोल्दै व्यक्त गर्नुभएको हो । नागरिकको जीवन रक्षाका लागि एकिकृत स्वास्थ्य अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिँदै मन्त्री पुन मगरले स्वास्थ्यसँग सम्बन्धित कार्यक्रम स्वास्थ्यकर्मीबीच मात्र सीमित नराखी जनताका घरदैलोसम्म पुराउनुपर्छ भन्नुभयो । मन्त्री पुन मगरले कुपोषण हुन नदिन र बच्न के गर्नुपर्छ, आइरन चक्की प्राप्तिका लागि कस्ता खानेकुरा सेवन गर्नुपर्छ, मातृशिशु मृत्यूदर कसरी नियन्त्रण गर्ने, हार्ट एटेकबाट कसरी बच्ने तथा नसर्ने रोग नियन्त्रण गर्न के विधि अपनाउनुपर्छ आदि यावत कुरामा नागरिकलाई सचेत बनाउनु आवश्यक रहेको उल्लेख गर्नुभयो ।

जबसम्म जनतामा ज्ञान हुँदैन, स्वास्थ्य क्षेत्र उँभो लाग्दैन भन्दै मन्त्री पुनले बौद्धिक क्षेत्रलाई दक्ष, स्वस्थ्य, नैतिकवान र निरोगी नागरिक बनाउन मसिनो ढंगले तथ्यांकमा आधारित बहस, छलफल र अनुसन्धान गर्न आग्रह गर्नुभयो । उहाँले असल अनुसन्धानकर्ताबाट आएको सही निष्कर्षले गण्डकी प्रदेशको स्वास्थ्यसम्बन्धी नीति निर्माण र बजेट विनियोजनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

पोखरा विश्वविद्यालय, विज्ञान तथा प्रविधि संकायका डीन डा. खेमराज जोशीले दिगो आर्थिक विकासका न्यूनतम लक्ष्य हासिल गर्न स्वस्थ्य तथा समृद्ध जीवनको परिकल्पना अपरिहार्य भएको विचार व्यक्त गर्नुभयो । उहाँले खाद्य सुरक्षा, शुन्य भोकमरी, गरिवी निवारण लगायत गुणस्तरीय शिक्षा, शैक्षिक, भौतिक पूर्वाधार र लैङ्गिक समानता आदि दिगो आर्थिक विकासका सूचक भएको उल्लेख गर्दै यी लक्ष्यप्राप्तिलाई तथ्यांक र अनुसन्धानले ठूलो मद्दत गर्ने उल्लेख गर्नुभयो । सम्मेलन व्यवस्थापन समितिका अध्यक्ष एवम् पोखरा विश्वविद्यालय, स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्सेजका निर्देशक डा. डमरू प्रसाद पनेरूले राष्टिय स्वास्थ्य नीतिमा सुधार र सशोधन गर्दै उत्कृष्ट शैक्षिक पथमार्गका लागि यो सम्मेलन फलिभूत हुने विश्वास व्यक्त गर्नुभयो ।

सम्मेलन व्यवस्थापन समितिका सचिव सहप्राध्यापक डा. दिपेन्द्रकुमार यादवले सम्मेलनको महत्व र उपलब्धीका बारेमा प्रकाश पार्नुभएको थियो । त्यसै गरी ईन्स्टिच्यूट अफ मेडिसिनका पूर्व सहायक डीन प्रा.डा. शरद राज अन्टाले स्वास्थ्यमा दिगो आर्थिक विकास लक्ष्य हासिल गर्न सरकार, नागरिक समाज, संघ संगठनको प्रतिबद्धता र शैक्षिक एक्यवद्धताको खाँचोमा जोड दिनुभयो । त्यसैगरी गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक खिम बहादुर खड्काले विश्वव्यापि स्वास्थ्य सुरक्षाका बारेमा गुणस्तरीय सेवाका लागि अपनाइनुपर्ने विधि र प्रक्रियाका बारेमा प्रकाश पार्नुभएको थियो । स्वास्थ्य बीमा बोर्डका अध्यक्ष सहप्राध्यापक डा. उमा शंकर प्रसादले स्वास्थ्य बीमा कार्यक्रमलाई सबै जनताको पहुँचसम्म पुर्याउन सके देशको आर्थिक विकासमा टेवा पुग्ने विचार व्यक्त गर्नुभयो ।

स्वास्थ्यसम्बन्धी राष्टिय सम्मेलनमा पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान संकाय अन्तरगत अध्ययनरत आंगिक, संयुक्त आंगिक तथा सम्बन्धनप्राप्त महाविद्यालयका जनस्वास्थ्य, अप्टोमेट्री विषयका करीब ३ दर्जनभन्दा बढी विद्यार्थी, अनुसन्धानकर्ताको उपस्थिति थियो । सम्मेलनको वैज्ञानिक सत्रमा ७ वटा कार्यपत्रहरू, मौखिक प्रस्तुतिमा ७ वटा कार्यपत्रहरू र १२ वटा पोष्टर प्रस्तुति राखिएका छन् । जनस्वास्थ्य विषयका विद्यार्थीले सांस्कृति कार्यक्रम र उपप्राध्यापक चिरञ्जीवी अधिकारीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

लगभग १ अर्बको बजेट पारित गर्दै २० औं सभा सम्पन्न

२०७६ असार १७ गते मंगलबार । पोखरा विश्वविद्यालयको २० औं साधारण सभाको बैठक ९९ करोड ५० लाख ९० हजारको बजेट पारित गर्दै प्रधानमन्त्रीको नीजि सचिवालय, बालुवाटार, काठमाडौंमा सम्पन्न भएको छ । सम्माननीय प्रधानमन्त्री तथा पोखरा विश्वविद्यालयका कुलपति के.पि. शर्मा ओलीको अध्यक्षता एवम् माननीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको समुपस्थितिमा सम्पन्न उक्त सभाले आ.व. २०७६÷७७ का लागि पूँजीगत खर्चतर्फ रू. ३० करोड ९८ लाख ४७ हजार र साधारण खर्चतर्फ रू.६८ करोड ५३ लाख ४३ हजारको बजेट स्वीकृत गर्दै पारित गरेको हो ।

विश्वविद्यालयको २० औंं सभालाई सम्बोधन गर्दै सम्माननीय प्रधानमन्त्री के.पि. शर्मा ओलीले विश्वविद्यालयहरू परम्परागत शिक्षा पद्धति र विचारलाई आत्मसात गर्दै अगाडि बढेकाले देश पछाडि परेको बताउनु भएको छ । शिक्षालाई उत्पादनसित, प्रविधि, काम र व्यवहारसित नजोडेका कारण दक्ष र सिपयुक्त जनशक्ति हामीसँग नभएको प्रधानमन्त्रीले उल्लेख गर्नुभयो । उहाँले सही किसिमले जनशक्ति प्रक्षेपणको नीति विश्वविद्यालयले नलिएका कारण बीच बाटोमै हामी अलमलिएको र युवा शिक्षित भएर पनि बेरोजगार र सस्तो श्रमशक्तिका रुपमा विदेश पलायन हुँदै गएको प्रति दुःख व्यक्त गर्नुभयो । प्रधानमन्त्रीले हाम्रो ज्ञान र शास्त्रको परम्परा, लय, छन्द, ताल र सुरलाई लिपिबद्ध गर्न नसकेकाले शिक्षामा सुधार गर्न नसकिएको उल्लेख गर्नुभयो । एक हजार वर्ष पहिला स्थापित विश्वका सबैभन्दा पुराना तक्षशिला र नालान्दा विश्वविद्यालय र ६० वर्ष पुराना हाम्रा विश्वविद्यालयको दुरीलाई हामीले सहँदै आएको उल्लेख गर्दै प्रधानमन्त्रीले हाम्रो भू—भाग पछाडि परेको नभई हाम्रो शिक्षा आयातित, कपि गरेको र लेखपढ गर्ने पद्धतिमा आधारित रहेकाले हामी पछाडि परेको बताउनुभयो । देशको आवश्यकता अनुसार शिक्षालाई डो¥याउनुपर्ने, निर्देशित गर्नुपर्ने उल्लेख गर्दै अन्धाधुन्द र नाफा कमाउने किसिमले शिक्षाको स्वीकृति र सम्बन्धन दिन विश्वविद्यालय कठोर हुनुपर्नेमा प्रधानमन्त्रीको जोड थियो ।

शिक्षामन्त्री तथा पोखरा विश्वविद्यालयका सहकुलपति गिरिराजमणि पोखरेलले विश्वविद्यालय भनेका जनशक्ति उत्पादन गर्ने केन्द्र भएकाले यसले उच्च दक्षता र सिप भएको तथा उच्चतम दक्षता र सिप भएको जनशक्तिको रुपमा प्रक्षेपण गरी योजनाबद्ध ढंगले जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो । यसका लागि माग र आपूर्तिसँग जोडेर शिक्षा नीति अगाडि बढ्नुपर्ने उहाँको विचार थियो ।

पोखरा विश्वविद्यालय उपकुलपति प्रा. चिरञ्जीवी प्रसाद शर्माले स्वागत, नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने रजिष्टार गोविन्दप्रसाद शर्माले विश्वविद्यालयको वार्षिक कार्यक्र र बजेट प्रस्तुत गर्नुभएको थियो ।

पोखरा विश्वविद्यालयद्वारा दिगो विकासमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजन

१४ असार, २०७६ । पोखरा विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकाय एवम् स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल ईञ्जिनियरिङ्गले दिगो विकासमा अन्तर्राष्ट्रिय सम्मेलन शुरू गरेको छ । दिगो विकासः दृष्ट्रिकोण, तयारी र कार्यहरूमा अन्तर्राष्टिय सम्मेलन नाम दिइएको उक्त सम्मेलनलाई पोखरा विश्वविद्यालयका रजिष्ट्रार गोविन्दप्रसाद शर्माले गमलामा राखेको बिरूवामा पानी सेचन गरी उद्घाटन गर्नुभयो । सम्मेलनमा आफ्नो मन्तव्य राख्दै रजिष्ट्रार शर्माले विश्वव्यापी साझा विषय र चुनौतिका रूपमा रहेको आर्थिक, सामाजिक, र पर्यावरणीय समस्याहरूको न्यूनिकरण कार्यान्वयन गर्ने दिशामा सम्मेलन फलिभूत हुने विश्वास व्यक्त गर्नुभयो ।

मानविकी तथा सामाजिक शास्त्र संकायका डीन प्रा.डा. ईन्द्रप्रसाद तिवारीले नेपालजस्तो साधन र स्रोतले सम्पन्न मुलुकका लागि बहुमूल्य सम्पदाहरूको संरक्षण र सम्बर्धन, भौतिक पूर्वाधारको जोखिम न्यूनिकरण, पर्यटन विकास, जलवायु परिवर्तनको प्रभाव न्यूनिकरण कसरी गर्ने भन्ने आदि विषय नै प्रमुख चुनौतिका रूपमा रहेकाले सम्मेलन तिनै विषयमा केन्द्रीत हुने उल्लेख गर्नुभयो ।

पोखरा विश्वविद्यालयका पूर्व रजिष्ट्रार प्रा.डा. ओमप्रकाश शर्माले मानव समाजले भोग्नुपरेका तनाव र जटिलताहरूलाई सुरक्षित र सन्तुलन कायम राखेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । दिगो आर्थिक विकास र वातावरण संरक्षण गर्दै परिवर्तनमुखी मानव सम्भयताका लागि हामीले राष्टिय जिम्मेवारी विर्सन नहुने उहाँको तर्क थियो ।

पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायका डीन डा. खेमराज जोशीले गुणात्मक शिक्षा प्राप्तिमा देखिएका चुनौति र अवसरहरूको लेखाजोखा गर्दै त्यसको नीति निर्माणमा सम्मेलनले दिशा निर्देश गर्ने विश्वास व्यक्त गर्नुभयो । स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल ईञ्जिनियरिङ्ग, पोखरा विश्वविद्यालयका निर्देशक डा. रामप्रसाद अर्यालले स्वागत मन्तव्य राख्दै सम्मेलनको महत्व र उपलब्धीका बारेमा र सह–प्राध्यापक डा. अजय थापाले सम्मेलनमा प्रस्तुत हुने कार्यपत्रहरूको बारेमा प्रकाश पार्नुभएको थियो ।

सम्मेलनमा नेपाल, भारत, पाकिस्तान, साउदी अरेबिया, फ्रान्स, भिएतनाम, क्यानडा र अमेरिकाबाट दिगो विकासः दृष्टिकोण, तयारी र कार्यहरूका ९ वटा विषयमा कुल ४१ वटा कार्यपत्रहरू प्रस्तुत भएका छन् । ३ दिने सम्मेलन २०७६ असार १५ गते सम्पन्न हुनेछ ।

‘प्लेजरिज्म याण्ड रेस्पोन्सिबल कण्डक्ट अन रिसर्च याण्ड पब्लिकेशन’ विषयमा तीन दिने कार्यशाला सम्पन्न

२०७५ जेठ ३०, पोखरा लेखनाथ ।
पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रको आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा आज यहाँ ‘प्लेजरिज्म याण्ड रेस्पोन्सिबल कण्डक्ट अन रिसर्च याण्ड पब्लिकेशन (बौद्धिक चोरी तथा अनुसन्धान एवं प्रकाशनमा जिम्मेवारीपूर्ण व्यवहार)’ विषयमा तीन दिने कार्यशाला सम्पन्न भयो ।

कार्यशालाको प्रथम दिन कार्यक्रमको उद्‌घाटन गर्दै पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. केशर जङ बराललेअनुसन्धान प्रकाशनमा जानी वा नजानी पनि हुन सक्ने बौद्धिक चोरीबाट सबै अनुसन्धाताहरू बच्नु पर्ने बताउनुभयो ।  प्रा. बरालले बौद्धिक चोरीका प्रकारका बारेमा चर्चा गर्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय बौद्धिक चोरीका उदाहरणहरू मार्फत् यसबाट हुने दुष्परिणामका विषयमा समेत सावधान गराउनुभएको थियो ।

पोखरा विश्वविद्यालय ‘इन्स्टिट्युशनल रिभ्यु कमिटि’का अध्यक्ष प्रा. डा. विष्णुराज तिवारीको सभापतित्वमा सम्पन्न उद्‌घाटन सत्रमा पोखरा विश्वविद्यालय मानविकी तथा समाजशास्त्र संकायका डीन प्रा. डा. इन्द्रप्रसाद तिवारीले यस्ता कार्यक्रमहरूले युवा अनुसन्धानकर्ताहरूमा  ठूलो प्रभाव पर्ने बताउँदै यसले भविष्यका अनुसन्धानको गुणस्तर बृद्धि हुने विश्वास प्रकट गर्नुभएको थियो भने पोखरा विश्वविद्यालय प्राध्यापक संघका सभापति हेमराज पाण्डेले कार्यक्रमको सफलताको कामना गर्नुभएको थियो ।

कार्यशालामा वैज्ञानिक अनुसन्धान तथा प्रकाशनका विषयमा आवश्यक पर्ने नैतिक व्यवहारका विभिन्न पक्षहरूमा प्रा. डा. विष्णुराज तिवारी, प्रा. डा. टेकराज ज्ञवाली,  प्रा. डा. विकास केसी, प्रा. डा. अरूण कोइराला,  डा. डमरू पनेरू, डा. अनन्त ढुङ्गाना, राजु पाण्डे, रोजना ढकाल, अतिस कौण्डिन्यायन, अनिल गिरी, निम डीसी, सङ्गम सुवेदी गायतका विज्ञहरूले विभिन्न सत्र तथा छलफल कार्यक्रमहरू सञ्चालन गर्नु भएको थियो । कार्यक्रममा पोखरा  विश्वविद्यालय अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सह प्रा. गुलाम मोहम्मद खानले कार्यशालाको उद्देश्य माथि प्रकाश  पार्दै  पोखरा  विश्वविद्यालय अनुसन्धान केन्द्रले भविष्यमा पनि यस्ता कार्यक्रम सञ्चालन गरीरहने बताउनुभएको थियो ।

कार्यशालामा पोखरा विश्वविद्यालयका चारै आङ्गिक स्कूलहरू, क्रिमसन कलेज बुटबल, नोबेल कलेज काठमाण्डौं, मोडर्न टेक्निकल कलेज काठमाण्डौं, गण्डकी मेडिकल कलेज, पृथ्वीनारायण क्याम्पस त्रिवि लगायतका शैक्षिक संस्थाबाट ४० जना प्राध्यापक तथा अनुसन्धानकर्ताहरूले भाग लिनुभएको थियो ।

 

 

स्कूल अफ बिजनेसद्वारा खोलौं बैंक खाता भन्ने नाराका साथ बैकिगं साक्षरता अभियान शुरू

स्कूल अफ बिजनेस पोखरा विश्वविद्यालय र नेपाल बैंकर्स एशोसियनको बीच भएको समझदारी बमोजिम स्कूल अफ बिजनेसका स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीहरूले “खोलौं बैंक खाता” भन्ने नाराका साथ बैकिगं साक्षरता अभियान जेठ २५, २०७६ गते कास्की जिल्लाको रूपा गाउँपालिका शिवालय मा. वि सिर्कुतानमा एक कार्यक्रमका बीच शुरू भएको छ ।

पोखरा विश्वविद्यालयको आंगिक महाविद्यालय स्कूल अफ बिजनेस, रूपा गाउँपालिका र सनराइज बैंक बीचको त्रिपक्षीय सहकार्यमा “एक घर एक बैंक खाता” भन्ने नेपाल सरकारको नारालाई सफल बनाउने अभिप्रायले यो अभियानको शुरूवात भएको हो । कार्यक्रमको उद्घाटन रूपा गाउँपालिकाका अध्यक्ष श्री नवराज ओझा र स्कूल अफ बिजनेसका निर्देशक डा. रविन्द्र घिमिरेले संयुक्त रूपमा गर्नु भएको थियो ।

रूपा गाउँपालिकाका अध्यक्ष श्री नवराज ओझाले व्यवस्थापन संकायका बिद्यार्थीहरूले, गाउँको जनजीवन, अर्थतन्त्रको अध्ययन गरी व्यवहारिक शिक्षा लिनका लागि गाउँमा आएका र उनिहरू सामाजिक उत्तरदायित्व पूरा गर्न बैंक खाता खोल्ने अभियानमा लागेको जानकारी दिनु भयो । अध्यक्षले आम जनताको बैंक खाता भए पछि समृद्धि देशमा आउनेछ, किनकी आर्थिक गतिविधिहरूमा वृद्धि हुनेछ भन्नु भयो । उक्त दिन ३०० भन्दा बढी खाताहरु खोलिएको थियो ।

नेपाल बैंकर्स संघ तथा पोखरा विश्वविद्यालय स्कूल अफबिजनेसबीच सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल बैंकर्स संघ तथा पोखरा विश्वविद्यालय स्कूल अफबिजनेसबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सो सम्झौतापत्रमा संघका अध्यक्ष श्री ज्ञानेन्द्र प्रसाद ढुंगाना तथा पोखरा विश्वविद्यालय स्कूलअफ बिजनेसका निर्देशक डा. रविन्द्र धिमिरेले हस्ताक्षर गरे । उक्त सम्झौताले दुवै संस्थाबीच वित्तीय साक्षरताका कार्यक्रमहरु ग्रामिण भेगमा अगाडि बढाउन सहयोग मिल्नुका साथै आगामी दिनहररूमा यसले वित्तीय साक्षरता तथा बैंकिङ्ग प्रवर्धनमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।
विश्वविद्यालयमा अध्यनरत विद्यार्थीहरुले वाणिज्य बैंकहरूसँगको सहकार्यमा ग्रामिण क्षेत्रमा गई वित्तीय साक्षरता बढाउनुका साथै बैंकिङ्ग कारोवारका लागि उत्प्रेरित गर्नेछन् । यस अभियानले नेपाल सरकारले ल्याएको “खोलौं बैंक खाता अभियान” लाई समेत ठूलो मद्दत गर्ने अपेक्षा राखिएको छ ।

पोखरा विश्वविद्यालय, स्कूल अफ हेल्थ याण्ड अलाइड साइन्सेजको पूर्व विद्यार्थी भेला सम्पन्न

२०७६ वैशाख २१, पोखरा । पोखरा विश्वविद्यालय स्कूल अफ हेल्थ याण्ड अलाइण्ड साइन्सेजको आयोजनामा आज स्कूलको स्थापनाकाल देखि हालसम्म स्कूलबाट विभिन्न कार्यक्रम अध्ययन सम्पन्न गरेका पूर्व विद्यार्थीहरूको भेला आयोजित गरियो । भेलाले विश्वविद्यालयको स्थापनादेखि स्वास्थ्यविज्ञान विषयका विभिन्न कार्यक्रम उत्तीर्ण गरेका विद्यार्थीहरूको संघ (अलुम्नाइ असोसिएसन) गठन गर्न सर्वसम्मत रूपमा डा. चन्दन श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समितिसमेत गठन गरेको छ । तदर्थ समितिको उपाध्यक्षमा बिन्दु मल्ल, सचिवमा विजय सुवेदी, सहसचिवमा सन्दिप पहारी, कोषाध्यक्षमा रस्मीता रेग्मी र सदस्यहरूमा मनोज सिग्देल, मदन बराल, नवराज पौडेल र विश्वास सुवेदी हुनुहुन्छ ।

कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै स्कूलका निर्देशक डा. डमरुप्रसाद पनेरुले भेलाले पूर्वविद्यार्थीहरूको संघ (एलुम्नाइ असोसिएसन) स्थापनामा सहजीकरण गर्ने तथा संघको स्थापना पश्चात् स्कूलका पूर्वविद्यार्थी तथा स्कूलका शैक्षिक क्रियाकलापमा बीच राम्रो सामञ्जस्य स्थापित हुने र यसले सबैलाई लाभ हुने बताउनुभयो ।

तदर्थ समितिका नवनिर्वाचित अध्यक्ष डा. चन्दन श्रेष्ठले समितिले यथाशीघ्र संघको विधान मस्यौदा गर्ने, साधारणसभा आयोजना गर्ने तथा संघको वैधानिकरूपमा दर्ता गर्ने प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । यसैगरी तदर्थ समितिका उपाध्यक्ष बिन्दु मल्लले अलुम्नाइ असोसिएसनलाई सबै पूर्व विद्यार्थीले आआफ्नो स्थानबाट सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा स्कूल अफ हेल्थ याण्ड अलाइड साइन्सेजबाट बि.फार्म, बि.एस्सि.एमएलटि, बिपिएच, बिएस्सी नर्सिङ, एमफार्म तथा एमपिएच कार्यक्रम उत्तीर्ण गरी बिभिन्न संस्थाहरूका कार्यरत पूर्व विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

भेला स्कूल अफ हेल्थ याण्ड अलाइड साइन्सेज पोखरा विश्वविद्यालय अलुम्नाइ समितिका संयोजक उप-प्रा. अतिस कौण्डिन्न्यायनको सभापतित्वमा सम्पन्न भएको थियो भने भेलाको सञ्चालन उप-प्रा. विजय सुवेदीले गर्नुभएको थियो ।

“विपतमा स्वास्थ्य ईञ्जिनियरिङ्ग” विषयमा अन्तर्राष्ट्रिय सम्मेलन शुरू

पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायको आयोजनामा “विपतमा स्वास्थ्य ईञ्जिनियरिङ्ग” नामक ३ दिने अन्तराष्ट्रिय सम्मेलन शुरू भएको छ । प्राकृति तथा मानव निर्मित भुकम्प, सुख्खापन, बाढी, पहिरो, हिमपहिरो तथा विभिन्न रोग प्रकोप विश्वव्यापि समस्याको रूपमा देखा पर्दै गरेको अवस्थामा यसलाई के कस्ता विधि प्रविधि अपनाएर न्यूनिकरण गर्ने भन्ने विषय सम्मेलनको मुख्य एजेण्डा रहेको छ ।
कार्यक्रमका प्रमुख अतिथि एवम् पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जि.सी. ले पानसमा दीप प्रज्ज्वलन गरी सम्मेलनको आज होटल पोखरा ग्रैंडेमा २०७५ साल वैशाख १९ गते बिहीबार उद्घाटन गर्नुभएको थियो । सम्मेलनमा आफ्नो मन्तव्य राख्दै महानगर प्रमुख जि.सी. ले विपत व्यवस्थापन हचुवा र निर्वाहमुखी हुने गरेको उल्लेख गर्दै यसको वैज्ञानिक व्यवस्थापन गरी क्षति न्यूनिकरण गर्नेतर्फ सम्मेलन केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रमका अतिथि एवम् विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. भिमप्रसाद सुवेदीले परम्परागत प्रविधि र सोचाईबाट विपत व्यवस्थापन हुन नसक्ने उल्लेख गर्दै यसका लागि विश्व जगतमा घटेका घटना परिघटनाबाट सबैले पाठ सिक्नु जरूरी छ भन्नुभयो ।

अन्तर्राष्ट्रिय सम्मेलनमा आफ्नो मन्तव्य राख्दै त्रिभुवन विश्वविद्यालय ईञ्जिनियरिङ्ग अध्ययन संस्थानका पूर्व डीन प्रा.डा. भरतराज पहारीले विपत भौतिक रूपमा मात्रै नभई सांस्कृतिक रूपमा समेत रहेको उल्लेख गर्नुभयो । उहाँले हालै पोखरा विश्वविद्यालयका उपकुलपतिमाथि गरिएको दुव्र्यवहार संस्कृतिमाथिको गम्भिर विपत्ति हो भन्दै हामीले कस्तो संस्कृतिको निर्माण गरिरहेका छौं भन्नेमा बौद्धिक जगतले बुझनुपर्नेमा जोड दिनुभयो ।
पोखरा विश्वविद्यालयका विज्ञान तथा प्रविधि संकायका डीन बुद्धिराज जोशीले सम्मेलन प्राज्ञिक व्यक्तित्वहरूलाई प्राकृतिक र मानव निर्मित विपत्तिहरूको बढ्दो जोखिमलाई नियन्त्रण गर्ने तरिका आदान प्रदान गर्नेतर्फ अभिप्रेरित हुने विश्वास व्यक्त गर्नुभयो । अन्तर्राष्टिय सम्मेलनका संयोजक एवम स्कूल अफ ईञ्जिनियरिङ्ग पोविका प्रा.डा. बिनयकुमार मिश्रले कार्यक्रमको उपादेयता र महत्वका बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा यूनिभर्सिटी अफ ओभिइडियो, स्पेनका प्रा.डा. पेड्रो इग्नासियो अरकोश गोन्जालेश तथा यूएनका लागि स्वतन्त्र विपत न्यूनिकरण सल्लाहकार, ग्यारि डे ला पोमेराई, यूकेले मानव तथा प्राकृतिक विपत व्यवस्थापनका तौर तरिकाका बारेमा प्रकाश पारेका थिए ।


सम्मेलनमा नेपाल लगायत स्पेन, साइप्रस, बेलायत, पोर्चुगल, उज्बेकिस्तान आदिका गरी लगभग ३०० जना प्राध्यापक, अनुसन्धानकर्ता लगायत आदिको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्सेज, पोखरा विश्वविद्यालयका उपप्राध्यापक चिरञ्जीवी अधिकारीले गर्नुभएको थियो । हिजोबाट शुरू भएको कार्यक्रम भोलि २०७६ वैशाख २० गते शुक्रबार सम्पन्न हुनेछ ।

५ हजार ५ सय २८ जना विद्यार्थी दीक्षित गर्दै १६ औं दीक्षान्त सम्पन्न

पोखरा विश्वविद्यालयको १६ औं दीक्षान्त समारोह २०७५ साल चैत्र २० गते बुधबार सम्पन्न भएको छ । पोखरा महानगरपालिका–३०, लेखनाथमा अवस्थित विश्वविद्यालयको हाताभित्र आयोजित उक्त दीक्षान्त समारोहबाट एम.फिल.तह, स्नातकतह तथा स्नातकोत्तर तहका गरी कुल ५ हजार ५ सय २८ जना विद्यार्थीहरू दीक्षित भएका थिए । दीक्षित विद्यार्थीहरूमध्ये व्यवस्थापन सङ्कायतर्फ स्नातकतहमा २,७९५ जना, स्नातकोत्तरतहमा ६९८ जना; स्वास्थ्य विज्ञान सङ्कायतर्फ स्नातकतहमा ५१३ जना, स्नातकोत्तरतहमा ३१ जना; विज्ञान तथा प्रविधि सङ्कायतर्फ स्नातकतहमा १,१३८ जना, स्नातकोत्तरतहमा २४८ जना तथा मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकतहमा २० जना, स्नातकोत्तरतहमा ४९ जना र एम.फिल.तहमा ४२ जना छन् ।

दीक्षान्त समारोहमा विश्वविद्यालयको स्नातकतहका कार्यक्रमहरूमा सिजिपिए ३.७ वा सो भन्दा बढी अङ्क प्राप्त गर्ने तथा स्नातकोत्तर तहका कार्यक्रमहरूमा सिजिपिए ३.८ वा सो भन्दा बढी अङ्क प्राप्त गर्ने व्यवस्थापन सङ्कायतर्फ स्नातकतहमा १७९ जना, स्नातकोत्तरतहमा ७१ जना; स्वास्थ्य विज्ञान सङ्कायतर्फ स्नातकतहमा ४६ जना, स्नातकोत्तरतहमा १४ जना; विज्ञान तथा प्रविधि सङ्कायतर्फ स्नातकतहमा ६५ जना, स्नातकोत्तरतहमा २४ जना तथा मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकतहमा १ जना, स्नातकोत्तरतहमा २ जना र एम.फिल.तहमा १ जना गरी कुल ४०३ विद्यार्थीहरूलाई डीन लिष्ट उपाधि प्रदान गरिएको थियो ।

दीक्षान्त समारोहमा स्नातकोत्तरतहका सम्पूर्ण कार्यक्रमहरूमा सबैभन्दा उच्चतम सिजिपिए ४ः०० अङ्क प्राप्त गर्ने विज्ञान तथा प्रविधि सङ्काय, निर्माण व्यवस्थापन विषयका छात्र सुशिल तिमल्सेना तथा व्यवस्थापन सङ्काय, व्यवसाय प्रशासन (वित्त) का छात्रा दिव्याज्योती पण्डितलाई स्वर्णाङ्कित कुलपति पदकबाट सम्मानित गरिएको थियो । त्यसै गरी स्नातक तहका सम्पुर्ण कार्यक्रमहरूमा सबै भन्दा उच्चतम सिजिपिए ३ः९७ अङ्क प्राप्त गर्ने व्यवस्थापन सङ्काय, व्यवसाय प्रशासनका छात्रा प्रनिसा घिसिङलाई स्वर्णाङ्कित उपकुलपति पदकबाट सम्मान गरिएको थियो । साथै व्यवस्थापन सङ्कायतर्फ व्यवसाय प्रशासन स्नातकोत्तरतहमा सबैभन्दा उच्च सिजिपिए ४ः०० अङ्क प्राप्त गर्ने व्यवसाय प्रशासन (वित्त) छात्रा दिव्याज्योती पण्डितलाई लक्ष्मी विद्या पदक–२०७५ तथा कम्प्युटर एप्लीकेशन स्नातकतहमा सबैभन्दा उच्च सिजिपिए ३.९२ अङ्क प्राप्त गर्ने विज्ञान तथा प्रविधि सङ्काय कम्प्यूटर एप्लीकेशनका छात्र नबिनकुमार कलवारलाई स्वर्णाङ्कित अक्सफोर्ड पदक–२०७५बाट सम्मानित गरिएको थियो ।

दीक्षान्त समारोहका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठनाका उपकुलपति वरिष्ठ संस्कृतिविद् डा. जगमान गुरूङले दीक्षित विद्यार्थीहरूलाई सम्बोधन गर्दै हालको शिक्षा पद्धति बजारमुखी भएको र त्यसलाई यान्त्रिकीकरण गरी धन आर्जनको साधन बनाइएकोमा दुःख व्यक्त गर्नुभयो । उहाँले अहिलेको शिक्षामा नैतिक शिक्षाको अभाव भएकोले त्यो अति नै प्रत्युत्पादक भएको र यसबाट आदर्श र मर्यादापूर्ण विद्या अध्ययनको सट्टा बन्द, हडताल र आन्दोलनले प्रश्रय पाउने गरेको विचार व्यक्त गर्नुभएको थियो ।

दीक्षान्त समारोह विशेष कारणबश प्रधानमन्त्री तथा पोखरा विश्वविद्यालयका कुलपति के.पि. शर्मा ओली आउन नसकेपछि नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवम् पोखरा विश्वविद्यालयका सह–कुलपति तथा गिरिराजमणि पोखरेलको अध्यक्षतामा बसेको थियो । १६ औं दीक्षान्तमा आफ्नो मन्तव्य दिंदै शिक्षामन्त्रीले शैक्षिक संस्था सैद्धान्तिक तथा व्यावहारिक ज्ञान तथा सीप सिक्ने, सिकाउने थलो भएकोले यो मानवजातिलाई सभ्य, दक्ष र ज्ञानी बनाउनेतिर अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । शिक्षामन्त्री पोखरेलले रोजगारीका लागि देशको दक्ष र सीपयुक्त जनशक्ति विदेशिनु राष्ट्रको समृद्धि र विकासका लागि घाटा भएको उल्लेख गर्दै वर्तमान शिक्षा विदेश जाने लाइसेन्स बन्न नहुने विचार व्यक्त गर्नुभयो । उहाँले विश्वविद्यालयले गुणस्तरीय शिक्षाका लागि विशेष ध्यान दिनुपर्ने आवश्यकता औल्याउँदै यसका लागि जथाभावी सम्बन्धन दिन नहुनेमा जोड दिनुभयो । नेपाल सरकारले समयको मागलाई आत्मसात गर्दै नयाँ शिक्षा नीति ल्याउने तयारीमा रहेकाले उच्च शिक्षामा देखिने गरेका विसंगति र विकृति अन्त्य हुने उहाँको कथन थियो ।

दीक्षान्त समारोहमा स्वागत मन्तव्य राख्दै पोखरा विश्वविद्यालयका उपकुलपति प्राध्यापक चिरञ्जीवी प्रसाद शर्माले विद्यार्थीहरू प्रति मुलुकको ठूलो भरोसा, आसा र विश्वास रहेकाले विद्यार्थीहरूको एकमात्र दायित्व बास्तविक कर्मक्षेत्रमा गई आफूले आर्जन गरेको ज्ञान र सीपको सही प्रयोग गर्दै मुलुकको सर्वाङ्गीण विकास र आफ्नो उज्वल भविष्य निर्माण गर्ने काममा सरिक हुने हो भन्नुभयो । उहाँले विद्यार्थीले नैतिकवान भई व्यवहारिक धरातलमा उभिएर भावी दिनमा विश्वविद्यालयको अझ बढी श्रीबृद्धि हुने गरी कर्तव्यपथमा नभौतारिकन, सहि गलत के हो छुट्टाउँदै देशको एक गहना र अमूल्य सम्पत्तिको अनुभूत गरी शपथ लिनुपर्नेमा जोड दिनुभयो । उपकुलपतिले विश्वविद्यालयभित्र मौलाउँदै गएको अवान्छित गतिविधिहरूलाई निस्तेज पार्दै गुणस्तरीय शिक्षा र सेवा दिने विश्वविद्यालयको एक मात्र लक्ष्य तथा पवित्रत्म स्वच्छ कार्यका लागि नेपाल सरकारको नीति अनुरूप सुखी नेपाली समृद्ध नेपालको लक्ष्य पुरा गर्न विद्यार्थीहरू आ–आफ्नो कर्मक्षेत्रबाट अगाडि बढ्ने विश्वास लिएको उल्लेख गर्नुभयो ।

१६ औं दीक्षान्त समारोहमा विद्यार्थी, अभिभावकसहित १० औं हजार भन्दा बढीको उपस्थिति रहेको थियो । दीक्षान्त हुनुभन्दा ३, ४ दिन पहिले देखिनै पोखरादेखि बाहिरबाट आउने अभिभावक, परिवारसहितका विद्यार्थीहरूले पोखरा र लेखनाथमा चहलपहल ह्वात्तै बढेको थियो भने लेकसाइड, बेगनासताल लगायतका स्थानमा अवस्थित होटलहरू, रेष्टुराँहरू खचाखच भएका थिए ।

पोखरा विश्वविद्यालय अस्पताल निर्माणको शिलान्यास सम्पन्न

पोखरा विश्वविद्यालयको अब आफ्नै अस्पताल हुने भएको छ । पोखरा विश्वविद्यालयका उपकुलपति प्राध्यापक चिरञ्जीवीप्रसाद शर्माले २०७५ साल चैत्र ७ गते बिहीबारका दिन एक समारोहबीच विश्वविद्यालय अवस्थित खुदी, ढुंगेपाटनमा लेखनाथमा पोखरा विश्वविद्यालय अस्पतालको शिलान्यास गर्नु भएको छ । अस्पतालको निर्माण पोखरा महानगरपालिका वडा नं. ३० मा अवस्थित पोखरा विश्वविद्यालयकोे केन्द्रीय कार्यालय र प्राज्ञिक भवन कम्प्लेक्सको बीच भागमा रहेको ३५ रोपनी क्षेत्रफलको जग्गामा हुनेछ । एउटा सुविधा सम्पन्न र उच्चकोटिको अस्पताल निर्माणको जग राख्दै उपकुलपतिले शर्माले यसलाई विश्वविद्यालयको एक ऐतिहासिक क्षण भन्नुभएको छ ।


आफ्नै अस्पताल नहुँदा प्यारामेडिकल कोर्षहरूको प्रयोगात्मक अभ्यास विश्वविद्यालयले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, रामघाट, पोखरा, मनिपाल शिक्षण अस्पताल, फुलबारी, पोखरा, हिमालय आँखा अस्पताल, घारीपाटन, पोखरा, तथा बि.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवन मार्फत सञ्चालन गर्दै आएको छ । अस्पताल कम्तिमा १५० शैयाको हुनेछ । ३५ करोडभन्दा बढी लागतमा निर्माण हुने उक्त अस्पताल आगामी २०७७ साल श्रावणमा सम्पन्न गर्ने योजना छ । ७ तले लिफ्टसिस्टमसहितको उक्त अस्पतालको छतमा हेलिप्याडसमेत निर्माण हुनेछ । विश्वविद्यालयले निकट भविष्यमा स्कूल अफ मेडिसनको स्थापना गरी त्यसै अन्तर्गत अस्पताल सञ्चालन गर्नेछ । अस्पताल निर्माणको शिलान्यास कार्यक्रममा विश्वविद्यालयका रजिष्टार गोविन्दप्रसाद शर्मा लगायत विश्वविद्यालयका पदाधिकारी, शिक्षक, कर्मचारी, स्थानीय प्रतिनिधि, उद्योगपति, बुद्धिजिवीहरुको उपस्थिति रहेको थियो ।

पोखरा विश्वविद्यालय स्कूल अफ बिजनेस एलुम्नाईको भेला सम्पन्न

पोखरा विश्वविद्यालय स्कूल अफ बिजनेसमा अध्ययन गरेका भूतपुर्व विद्यार्थीहरुको यही २०७५ पुष २१ गते शनिवार व्हाइट हाउस पार्टी प्यालेस, सिर्जनाचोक, पोखरामा एलुम्नाई एशोसियसन गठन गर्ने उद्देश्यले एक भेलाको आयोजना गरिएको थियो । उक्त भेला स्कूल अफ बिजनेसका उप प्राध्यपक प्रदिप सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्कूल अफ बिजनेसमका उप प्राध्यापक रामकृष्ण चापागाईले भूतपुर्व विद्यार्थीहरुलाई स्वागत गर्नु भएको थियो । उक्त भेलामा ब्यवस्थापन संकायका डीन प्राध्यापक हरि बहादुर खड्का, स्कूल अफ बिजनेसका निर्देशक डा. रविन्द्र घिमिरेले सम्बोधन गर्नु भएको थियो । पूर्व विद्यार्थीहरुको तर्फबाट डा. चैतन्य अधिकारी, उमेश आचार्य, अमृत बास्तोला, र पूनम गिरीले पनि आफ्ना धारणाहरु राख्नुभएको थियो । कार्यक्रमको संचालन उप प्राध्यापक संतोष गुरुङ्गले गर्नु भएको थियो । भेलाले डा. चैतन्य अधिकारीको संयोजकत्वमा १३ सदस्यीय तदर्थ समिति गठन गरेको छ । उपाध्यक्षमा दिपमाला श्रेष्ठ, सचिवमा प्रदिप सापकोटा, सहसचिवमा संतोष शर्मा, कोषाध्यक्ष पुनम गिरी, सदस्यहरुमा अमृत बास्तोला, शिखा गुरुङ्ग, मन्जु बराल, जीवन भण्डारी, सुवर्ण बीर जबरा, सुजिता अधिकारी, सुवास मल्ल, र ज्योति सुनार रहेका छन् । उक्त कार्यक्रमलाई माछापुच्छे बैंक र सन नेपाल लाइफ इन्सुरेन्सबाट प्रायोजन गरिएको थियो । तदर्थ समितिले बिधान मस्यौदा उपसिमिति गठन गरेको छ ।

पोखरा विश्वविद्यालयको आँगनमा प्रदेश सरकार

पोखरा विश्वविद्यालयको स्थापनाको मर्म र उद्देश्यमाथि संकुचनको अवस्था आउने गरी गण्डकी प्रदेशको संगठन संरचनाको निर्माण नगर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशलाई एक अन्तरक्रियामार्फत सुझाइएको छ ।

गण्डकी प्रदेशको प्रादेशिक संगठानात्मक संरचनाको खाका तयार गर्ने सन्दर्भमा सरोकारवालाहरूको सुझाव लिने उद्देश्यले गण्डकी प्रदेश सरकारमार्फत विश्वविद्यालयको आँगन, लेखनाथमा आएको एक टोलीलाई २०७५ पुस १२ गते बिहीबार उक्त कुरा स्पष्ट पारिएको हो ।

शिक्षा, स्वास्थ्य र पर्यटन उद्योगको विकास, अनुसन्धान, मानव संशाधनको आपूर्ति, नीति निर्माण आदि तहमा पोखरा विश्वविद्यालय प्रदेश सरकारका लागि एक महत्वपूर्ण मार्गदर्शक हुनेमा विश्वविद्यालयसँग सम्बद्ध सबैको एउटै आवाज थियो । विश्वविद्यालयको विश्वव्यापी मान्यतालाई आत्मसात गर्दै नयाँ प्रादेशिक विश्वविद्यालय जन्माउने तर्फ लाग्नुभन्दा स्थापनाको दुई दशक पार गरेको पोखरा विश्वविद्यालयको सर्वोपरी विकास र विस्तारका लागि प्रदेश सरकारले नीति निर्माणको खाका तयार गर्नु बढी बुद्धिमानी र दुरदर्शीता ठहरिने विश्वविद्यालयका विभिन्न संकायका डीन, कार्यक्रम/स्कूल निर्देशक, परीक्षा नियन्त्रक, निकाय प्रमुख, कर्मचारीहरूले औल्याएका छन् ।

पोखरा विश्वविद्यालयद्वारा अन्तर्राष्टियस्तरको कार्यशाला आयोजना

 
पोखरा विश्वविद्यालयको आयोजना तथा Erasmus+Programme of the European Union को सहयोगमा ३ दिने अन्तर्राष्ट्रियस्तरको Integrating Talent Development Into Innovation Ecosystems in Higher Education (INNOTAL) Second Collaboration Workshop and Management Meeting सोमबार पोखरामा शुरू भएको छ । उच्च शिक्षामा उद्यमशीलता, नयाँ सोंच तथा प्रतिभाको विकास, रोजगार र अनुसन्धानलाई बढावा दिने मूल उद्देश्यका साथ सञ्चालित उक्त अन्तर्राष्टियस्तरको कार्यशालामा युरोपियन पार्टनर युनिभर्सिटीका नेपाल लगायत भारत, श्रीलंका, बुल्गेरिया, फिलिपिन्स, ग्रीस, फिनल्याण्ड र बेलयातसहितका आठ राष्टका १४ वटा विश्वविद्यालयका करीव ४० जना भन्दा बढी प्रतिनिधिहरूले भाग लिइरहेका छन् । कार्यक्रमलाई पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. चिरञ्जीवी प्रसाद शर्मा र बुल्गेरियाका युरोपियन सेन्टर फर क्वालिटि (ईसिक्यू)का संयोजक डा. जि. डिमोट्रोभाले सम्बोधन गर्नुभएको थियो ।

पोवि सेवा आयोगको अध्यक्षमा रघुनाथ अधिकारी नियुक्त

पोखरा विश्वविद्यालयको रिक्त सेवा आयोगको अध्यक्ष पदमा सह–प्राध्यापक रघुनाथ अधिकारी हालै नियुक्त हुनुभएको छ । उहाँले हाल त्रिभुवन विश्वविद्यालय सेवाबाट अवकाश प्राप्त गर्नुभएको छ । सम्माननीय प्रधानमन्त्री एवम् पोखरा विश्वविद्यालयका कुलपति के.पि. शर्मा ओलीले पोखरा विश्वविद्यालय ऐन, २०५३ को दफा १४ को उपदफा (१) (क) बमोजिम उहाँलाई उक्त पदमा ४ वर्षका लागि नियुक्त गर्नुभएको हो । सँगसँगै प्रधानमन्त्री ओलिले सोही ऐन बमोजिम सेवा आयोगको रिक्त सदस्य पदमा त्रि.वि., पृथ्वीनारायण क्याम्पसका, पोखराका प्राध्यापक दीपकचन्द्र वाग्लेलाई समेत नियुक्त गर्नुभएको छ । उहाँहरू दुबैलाई पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. चिरञ्जीवीप्रसाद शर्मा, रजिष्ट्रार गोविन्दप्रसाद शर्माले आज पोखरा विश्वविद्यालय सेवा आयोगको कार्यालय लेखनाथमा एक समारोहबीच पद बहाली गराउनु भयो । उपकुलपति प्रा. चिरञ्जीवीप्रसाद शर्मा तथा रजिष्टार गोविन्द प्रसाद शर्माले नवनियुक्त सेवा आयोगका अध्यक्ष एवम् सदस्यलाई बधाई ज्ञापन गर्दै विश्वविद्यालयको तर्फबाट २४ सै घण्टा सहयोग प्राप्त हुने विश्वास दिलाउनु भएको थियो ।

पद बहालीपछि बोल्दै नवनियुक्त सेवा आयोगका अध्यक्ष रघुनाथ अधिकारीले स्थापनाकालदेखि नै आफू पोखरा विश्वविद्यालयसित परिचित रहेको उल्लेख गर्नुभयो । उहाँले विश्वविद्यालयको आन्तरिक एवम् व्यवस्थापनका विषयमा आफू धेरै जानकार नभएपनि सबैको साथ सहयोग र सद्भाव प्राप्त भएमा आगामी कार्य गर्न सहज हुने विचार व्यक्त गर्नुभयो । नवनियुक्त सेवा आयोग सदस्य प्राध्यापक दीपकचन्द्र वाग्लेले आगामी दिनमा सेवा आयोगले गर्ने काममा विश्वविद्यालय परिवारको सुझाव, सहयोग र सल्लाहका साथ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । विश्वविद्यालयमा विगत २१ महिनादेखि सेवा आयोग पदाधिकारी विहिन हुँदा शिक्षक कर्मचारीहरूको आन्तरिक एवम् खुला विज्ञापन, स्थायी नियुक्ति एवम् बढुवासम्बन्धी सम्पूर्ण कार्यहरू अबरूद्ध भएका थिए ।

स्कूल अफ बिजनेशद्वारा कार्यशालाको आयोजना

स्कूल अफ बिजनेश, पोखरा विश्वविद्यालयले उच्च शिक्षामा शिक्षण विधि, मूल्यांकनका तरिका तथा स्कोरिङ् प्रविधिहरूमा ३ (तीन) दिने कार्यशालाको आयोजना गरेको छ । उक्त कार्यशालाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एवम् पोखरा विश्वविद्यालयका रजिष्ट्रार गोविन्दप्रसाद शर्माले एक समारोहबीच कार्यक्रम ब्यानरमा दस्तखत गरी शुभारम्भ गर्नुभएको थियो । स्कूल अफ बिजनेशअन्तर्गत रहेको नेपाल कोरिया इन्फरमेशन एक्सेस सेन्टरमा सञ्चालन हुने उक्त कार्यशालाको उद्घाटसत्रलाई सम्बोधन गर्दै रजिष्ट्रार गोविन्द प्रसाद शर्माले शिक्षण विधिलाई गुणस्तर र समयसापेक्ष तुल्याउने दायित्व शिक्षकको रहेको उल्लेख गर्नुभयो । मानविकी तथा सामाजिकशास्त्र संकाय, पोखरा विश्वविद्यालयका डीन प्रा.डा. इन्द्रप्रसाद तिवारी, व्यवस्थापन संकायका डीन प्रा. हरिबहादुर खड्का, स्कूल अफ बिजनेशका स्कूल निर्देशक डा. रविन्द्र घिमिरे, कार्यशालाका संयोजक सह–प्राध्यापक दीपकराज पौडेल तथा स्कूल अफ बिजनेशका उप–प्राध्यापक डा. उमेशसिंह यादवले कार्यक्रमको उपादेयता र महत्वमाथि प्रकाश पार्नुभएको थियो । कार्यशालाको स्रोत व्यक्तिमा काठमाडौं विश्वविद्यालय, स्कूल अफ एजुकेशनका प्रा. बालचन्द्र लुईटेल रहनुभएको छ । कार्यशालामा आंगिक तथा सम्बन्धनप्राप्त महाविद्यालयका दुई दर्जन शिक्षक शिक्षिकाले सहभागिता जनाउने छन् ।