
Result: B.Pharm, BSc Nursing, BDEVS and BPH Programs
Result: B.Pharm, BSc Nursing, BDEVS and BPH Programs
B. Pharm_8th
BDEVS_8th
BPH_8th
NOTICE FOR RE-TOTALING/RE-CHECKING
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of the Controller of Examinations, Lekhnath, Pokhara by 1st September 2021 (2078-05-16) at 5:00 PM.
B. Sc. Nursing_Chance exam Result
Final Semester Management Bachelor Programs Result (Spring 2020)
Final Semester Management Bachelor Programs Result (Spring 2020)
BBA_8th
BBA-BI_8th
BBA-TT_8th
BCIS_8th
BHCM_8th
NOTICE FOR RE-TOTALING/RE-CHECKING
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of the Controller of Examinations, Lekhnath, Pokhara by 1st September 2021 (2078-05-16) at 5:00 PM.
Final Semester Engineering Result of Spring 2020
Final Semester Engineering Result of Spring 2020
BE_Civil_8th
BE_Computer_8th
BE_Ele_Elx_8th
BEIT_8th
BESE_8th
NOTICE FOR RE-TOTALING/RE-CHECKING
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of the Controller of Examinations, Lekhnath, Pokhara by 1st September 2021 (2078-05-16) at 5:00 PM.
स्वर्गीय धनबहादुर गुरूङ्गको निधनमा शोक सभा सम्पन्न !!!
स्वर्गीय धनबहादुर गुरूङ्गको निधनमा शोक सभा सम्पन्न !!!

२०७८ भदौ १० गते बिहीबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालयमा सवारी चालक (हेभी) पदमा कार्यरत धनबहादुर गुरूङ्गको २०७८ भदौ ८ गते मङ्गलबार भएको असामयिक निधनका कारण विश्वविद्यालयले आज एक शोक सभा कार्यक्रम आयोजना गर्यो । शोक सभामा विश्वविद्यालयका रजिष्ट्रार डा. दिपकबहादुर भण्डारी, व्यवस्थापन सङ्कायका डीन डा. दयाराज ढकाल, पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक डा. नमराज धामी, पोखरा विश्वविद्यालयका परीक्षा नियन्त्रक डा. तुल्सीराम भण्डारी, पोखरा विश्वविद्यालय स्कूल अफ बिजनेशका निर्देशक डा. श्रृजन ज्ञवाली, पोखरा विश्वविद्यालय योजना तथा कार्यक्रम महाशाखा प्रमुख डा. दिपकराज पौडेल तथा पोखरा विश्वविद्यालय कर्मचारी सङ्घका अध्यक्ष उप–शासक शिवराज पण्डितले स्वर्गीय गुरूङ्गप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै उहाँको व्यक्तित्व र योगदानका बारेमा चर्चा गर्नुभएको थियो । शोक सभाको सञ्चालन सह–प्रशासक तारा देवी सापकोटाले गर्नुभएको थियो ।
वि.सं. २०२५ साल कात्तिक २२ गते, साबिक सार्दिखोला गा.वि.स. वडा नं. २, कास्कीमा जन्मी हाल पोखरा–३०, खुदी, ढुङ्गेपाटनमा बसोबास गर्दै आउनु भएका स्वर्गीय गुरूङ्ग ५३ वर्षका हुनुहुन्थ्यो । केही दिनदेखि परेको अविरल वर्षाको कारण बढ्न गएको घर नजिकैको खल्याङ् खोलाले बगाएर उहाँको निधन भएको थियो । स्व. धनबहादुर गुरूङ्ग वि.सं. २०६५ असार २२ गते करार सेवाबाट विश्वविद्यालयमा सेवा प्रवेश गरी वि.सं. २०६७ वैशाख १९ गते स्थायी सेवामा रही १३ वर्षभन्दा बढी विश्वविद्यालय सेवामा रहनु भयो। उहाँका श्रीमति, दुई छोरा र एक जना छोरी रहेका छन् । कर्मचारी धनबहादुर गुरूङ्गको अल्पायूमै भएको अकल्पनीय र असामयिक निधनप्रति विश्वविद्यालय परिवार गहिरो शोक व्यक्त गर्दै उहाँको चिरशान्तीको कामना सहित हार्दिक श्रद्धाञ्जलीसहित शोक सन्तप्त परिवार र आफन्तजनप्रति गहिरो समवेदना प्रकट गर्दछ ।
School of Engineering: Interview Notice for Lecturer

विज्ञान तथा प्रविधि सङ्कायः पूर्णशुल्कीय र छात्रवृत्ति २०७७ को कार्यक्रमको प्रवेश परीक्षा परीक्षाको प्रकशनसम्बन्धी सूचना ।


पोखरा विश्वविद्यालय कार्यकारी परिषदबाट विभिन्न पदमा नियुक्ति !!!
पोखरा विश्वविद्यालय कार्यकारी परिषदबाट विभिन्न पदमा नियुक्ति !!!

२०७८ साल भाद्र ४ गते शुक्रबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालय कार्यकारी परिषद्ले विश्वविद्यालयका विभिन्न रिक्त पदहरूमा विभिन्न पदाधिकारीहरूलाई नियुक्ति गरेको छ । यसरी नियुक्ति हुने पदाधिकारीहरूमा पोखरा विश्वविद्यालय व्यवस्थापन सङ्कायको डीन पदमा स्कूल अफ बिजनेशका सह–प्राध्यापक डा. दयाराज ढकाल, पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रको कार्यकारी निर्देशक पदमा स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्सेजका उप–प्राध्यापक डा. नमराज धामी, पोखरा विश्वविद्यालय स्कूल अफ बिजनेशको निर्देशक पदमा स्कूल अफ बिजनेशका उप–प्राध्यापक डा. श्रृजन ज्ञवाली, स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्सेजको निर्देशक पदमा स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्सेजका उप–प्राध्यापक श्री बिमला भट्ट तथा पोखरा विश्वविद्यालय स्कूल अफ ईञ्जिनियरिङ्गको निर्देशक पदमा स्कूल अफ ईञ्जिनियरिङ्गका उप–प्राध्यापक ई. ओम प्रकाश गिरी हुनुहुन्छ । यसै गरी पोखरा विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रको कार्यकारी निर्देशक पदमा स्कूल अफ बिजनेशका उप–प्राध्यापक डा. पूर्ण बहादुर खाँड, पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक पदमा स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्सेजका सह–प्राध्यापक डा. दिपेन्द्र कुमार यादव, पोखरा विश्वविद्यालय विद्यार्थी कल्याण एवम् अतिरिक्त क्रियाकलाप निर्देशक पदमा स्कूल अफ ईञ्जिनियरिङ्गका उप–प्राध्यापक श्री माधव प्रसाद पौडेल तथा पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको सह–परीक्षा नियन्त्रक पदमा स्कूल अफ बिजनेशका उप–प्राध्यापक श्री दिपमाला श्रेष्ठलाई नियुक्ति गरिएको छ । नवनियुक्त डीन तथा निर्देशकरूको पदावधि ४ (चार) वर्ष र सह–नियन्त्रकको पदावधि २ (दुई) वर्ष रहेको छ ।
नवनियुक्त पदाधिकारीहरूलाई विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्याल तथा रजिष्ट्रार डा. दिपकबहादुर भण्डारीले खादा लगाएर पुष्पगुच्छासहित बधाई दिंँदै स्वागत गर्नुभएको थियो । नव नियुक्त पदाधिकारीहरूले आजै सम्बन्धित निकायमा आ–आफ्नो पदभार समेत ग्रहण गर्नुभएको छ ।
गाईजात्रा पर्वका दिन स्थानीय बिदा हुनेसम्बन्धी सूचना !!!

Result: BCA
Result: BCA
BCA_8th
NOTICE FOR RE-TOTALING/RE-CHECKING
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of the Controller of Examinations, Lekhnath, Pokhara by 25 August 2021 (2078-05-09) at 5:00 PM.
Result: BE Architecture and Elx Comm
Result: BE Architecture and Elx Comm
Architecture 10th BE_Elx_Comm_8th
NOTICE FOR RE-TOTALING/RE-CHECKING
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of the Controller of Examinations, Lekhnath, Pokhara by 25 August 2021 (2078-05-09) at 5:00 PM.
Result: B. Sc. MLT_8th Semester
Chance Exam-Center-B. Sc. Nursing-2020
मूल प्रमाणपत्रका लागि आवेदन दिनेसम्बन्धी परीक्षा नियन्त्रण कार्यालयको सूचना !!!
केन्द्रीय कार्यालय विस्तारका लागि सम्झौता सम्पन्न !
केन्द्रीय कार्यालय विस्तारका लागि सम्झौता सम्पन्न !

२०७८ साल भाद्र १ गते मङ्गलबार, लेखनाथ, कास्की ।
पोखरा विश्वविद्यालयको बृहत गुरूयोजना अन्तर्गत निर्माण हुन लागेको केन्द्रीय कार्यालय विस्तारका लागि छनौट भएका परामर्शदाता र विश्वविद्यालय बीच सम्झौता सम्पन्न भएको छ । विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालको समुपस्थितिमा सम्पन्न भएको उक्त सम्झौता पत्रमा विश्वविद्यालयको तर्फबाट रजिष्ट्रार डा. दिपक बहादुर भण्डारी र परामर्शदाताको तर्फबाट श्री इन्द्रलाल श्रेष्ठले हस्ताक्षर गर्नुभएको थियो ।
पोखरा–३०, कास्कीमा अवस्थित विश्वविद्यालय परिसरभित्र अवस्थित दुई तले केन्द्रीय प्रशासनिक भवनमा दुई तला थपका साथै कम्पाउण्ड वाल र प्रवेशद्वार, जग्गा विकास (आन्तरिक बाटो, फुटपाथ, जल निकास, बगैंचा र पार्किङ्गस्थल आदि डिजाईनका लागि छनौट भएको Shrestha- Grid- CLEC JV, Lalitpur र पोखरा विश्वविद्यालयबीच सम्झौता सम्पन्न भएको हो ।
सम्झौताबमोजिम रू. ११ लाख ८६ हजार ५ सय लागतमा तयार हुने डिजाइन कार्य दुई महिनाभित्र सम्पन्न भई विश्वविद्यालयमा पेश हुनेछ ।
रत्ननगर, चितवनमा आङ्गिक महाविद्यालय विस्तारका लागि छलफल
रत्ननगर, चितवनमा आङ्गिक महाविद्यालय विस्तारका लागि छलफल

२०७८ साल भाद्र १ गते मङ्गलबार, लेखनाथ, कास्की ।
पोखरा विश्वविद्यालय र रत्ननगर नगरपालिकाको संयुक्त प्रयासमा रत्ननगर नगरपालिकामा आङ्गिक महाविद्यालय विस्तार गर्ने सन्दर्भमा पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालयमा एक छलफल सम्पन्न भएको छ । चितवन जिल्लाको साविक पञ्चकन्या गा.वि.सं. २ हाल रत्ननगर नगरपालिका वडा नं. १२ मा रहेको अनिवार्य निःशुल्क प्राथमिक विद्यालयको नाममा दर्ता कायम रहेको २ विघा २ कट्ठा जग्गामा हाल सञ्चालनमा नरहेको राष्ट्रिय प्राथमिक विद्यालयलाई आङ्गिक महाविद्यालयको रूपमा विस्तार गर्ने सन्दर्भमा छलफल भएको छ ।
छलफलमा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्याल तथा रजिष्ट्रार सह–प्राध्यापक डा. दिपक बहादुर भण्डारीको उपस्थिति रहेको थियो । साथै विश्वविद्यालयको तर्फबाट मानविकी तथा सामाजिक शास्त्र सङ्कायका डीन सह–प्राध्यापक डा. अजय थापा, योजना तथा कार्यक्रम महाशाखा प्रमुख, सह–प्रा. डा. दिपक राज पौडेल, स्कूल अफ ईञ्जिनियरिङ्गका उप–प्राध्यापक डा. उदयराज ढुङ्गानाले समेत सहभागिता जनाउनु भएको थियो ।
उक्त छलफलमा रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, उप–प्रमुख श्रीमती विमला दुवाडीसहित नगरपालिकाका प्रायः सबै वडाका अध्यक्षहरूसहितको समूह विश्वविद्यालय आएको थियो । उहाँहरूले रत्ननगर नगरपालिकाका राजनैतिक दल, शिक्षा प्रेमी, बुद्धिजिवी, आम अभावकको तथा विद्यार्थीहरूको श्रृजनशिल सुझाव एवम् चाहनालाई ध्यानमा राखी विशुद्ध सार्वजनिक साझा संस्थाको रूपमा पोखरा विश्वविद्यालय अन्तर्गत इञ्जिनियरिङ्ग क्याम्पस सञ्चालनका लागि पहल गरिदिन अनुरोध गर्दै आम भेलाको सर्वसम्मत निर्णयलाई पोखरा विश्वविद्यालयसमक्ष पेश गर्नु भएको थियो ।
विश्वविद्यालयले यस विषयलाई सकारात्मक कदम भन्दै स्वागत गरेको छ भने यथाशक्य चाँडो चितवनमा आङ्गिक महाविद्यालयको स्थापना कार्यलाई अगाडि बढाउने प्रतिबद्धता जाहेर गरेको छ ।
पोखरा विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयको सूचना !!!

Rechecking/Re-totaling Result (MBA Spring 2020)
MBA Scholarship Program and College Allocation List – I
Chance Exam Routine B. Sc. Nursing 2020
Exam Centre: Semester End Examinations, Spring-2020-Masters Program
Rechecking Re-totaling Result 2020_B. Sc.Nursing
MBA Scholarship Award List I
MBA Scholarship March Intake 2021, Final Merit List
परामर्शदाता छनौट गरिएको सम्बन्धी सूचना !!!

Faculty of Humanities and Social Sciences: Admission Open for MA in English

स्कूल अफ ईञ्जिनियरिङ्गः Viva Exam सम्बन्धी सूचना !!!

MBA Scholarship Merit List Notice


स्कूल अफ ईञ्जिनियरिङ्गः E-mail Registration सम्बन्धी सूचना !!!

Standing List Notice FY2078-79 (Faculty of Health Sciences)

Revised-Examination Schedule MBA (Fall 2020) – (Time Revised)
पोखरा विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयको सूचना !!!
Final Scholarship Award List (All Remaining Students)
Examination Schedule-Spring 2020, Master Level (Health-Science and Management)
Examination Schedule-MBA-Fall 2020
Notice of Evaluation of Technical Proposal
Updated Examination-Schedule_Spring_2020_Bachelor Final_BPH_1-7 Sem

Result: B. Sc. Nursing_4th year
विज्ञान तथा प्रविधि सङ्कायः स्नातकोत्तरतहको प्रवेश परीक्षासम्बन्धी अत्यन्त जरूरी सूचना !!!

Examination-Schedule-1-7th-sem-Spring-2020 Engineering Revised
Standing List Notice FY2078-79 (Faculty of Humanities and Social Sciences)
Pokhara University Scholarship: Request for Application for Scholarship in Remaining Quota
पोखरा विश्वविद्यालय सेवा आयोगः आन्तरिक प्रतियोगिता (शैक्षिक पद) सम्बन्धी सूचना !!!
पोखरा विश्वविद्यालय सेवा आयोगः खुल्ला प्रतियोगिता (शैक्षिक पद) सम्बन्धी सूचना !!!
MOU between Pokhara University and Handong Global University
MOU between Pokhara University and Handong Global University

On July 26, 2021. Pokhara, Kaski, Nepal.
Pokhara University (PU) and Handong Global University (HGU) have resumed the expansion of their relationship by conducting a formal program. Pokhara University agrees to join the network of universities of UNITWIN (University Twinning and Networking) on Capacity Building of Sustainable Development in Developing Countries for which Handong Global University (HGU) is the host university.
Vice Chancellor of Pokhara University, Professor Dr. Prem Narayan Aryal signed the document on behalf of PU and Handong Global University President, Dr. Soon Heung Chang signed the document on behalf of HGU.

As part of the agreement, Pokhara University and HGU wish to enhance relations between the two universities and to develop academic and cultural exchange programs in the areas of education, research, and other activities, and agree to cooperate and work together towards the internationalization of higher education and the goal of the UNITWIN Programme.
The areas of cooperation include any programs offered at either university which are felt to be desirable and feasible for the development and strengthening of cooperative relationships between the two institutions and helpful for UNITWIN Programme. However, any specific programs shall be subject to mutual consent, availability of funds, and approval of each university. Such programs may include:
a. Exchange of faculty members
b. Exchange of students
c. Joint research projects
d. Joint degree programs
The terms of such mutual assistance and cooperation shall be discussed and agreed upon in writing by the appropriate responsible officers of both parties prior to the initiation of any particular program or activity.
This agreement shall be effective upon approval by both parties and shall remain in effect for five years, provided, however, that it may be extended by mutual agreement expressed by a written memorandum of understanding.
On this occasion from the side of PU, Dr. Deepak Bahadur Bhandari, Registrar; Dr. Umesh Singh Yadav, Executive Director of International Relations Centre; Dr. Dipak Raj Poudel, Chief of Planning and Program Division; Mr. Lok Prasad Dhakal, Information Officer and from the side of HGU Professor Younsik Han, Executive Director, GTEC and Prof. Keeseon Yoo, Dean, Faculty of Global Management and leadership at HGU was also present. The program was facilitated by Ravi Bhandari, The signing ceremony was conducted through a zoom meeting.
Pokhara University Directives for Alternative Evaluation, 2021 (Second Amendment 26 July 2021)
पोखरा विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयको उत्तरपुस्तिका देखाउने तथा उत्तरपुस्तिकाको प्रतिलिपि दिनेसम्बन्धी सूचना !!!

