पोखरा विश्वविद्यालय शिक्षण अस्पतालः सामाग्री तथा सेवा आपूर्ति गर्न सूचि दर्ता गराउनेसम्बन्धी सूचना ।

२०२२ स्नातकको रजिष्ट्रेशन फाइल बुझाउने सम्बन्धी सूचना !!!

Invitation for Bids for the Procurement of Books

पोखरा विश्वविद्यालय सेवा अयोगको कार्यालयः उप–प्राध्यापक पदको लिखित परीक्षासम्बन्धी सूचना

उप–प्राध्यापक पदको लिखित परीक्षासम्बन्धी सूचना

लिखित परीक्षामा सामेल हुन पाउने उम्मेदवारहरूको नामावली

पोखरा विश्वविद्यालय स्नातक तह छात्रवृत्ति School Type-Others को Awarded List प्रकाशित सम्बन्धि सूचना ।

पोखरा विश्वविद्यालय स्नातक तह छात्रवृत्ति School Type-Others को Awarded List प्रकाशित सम्बन्धि सूचना ।

Faculty of Science and Technology: स्नातकोत्तरतहको छात्रबृत्ति दोस्रो Award List प्रकाशन सम्बन्धि सूचना

स्नातकोत्तरतहको छात्रबृत्ति दोस्रो Award List प्रकाशन सम्बन्धि सूचना

स्कूल अफ इञ्जिनियरिङको स्नातकोत्तरतहको Paying/Scholarship सिटमा भर्नासम्बन्धी सूचना

स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल इञ्जिनियरिङः पूर्णकालीन करार सेवामा उप–प्राध्यापक पदको नतिजा प्रकाशनसम्बन्धी सूचना

School of Development and Social Engineering: Orientation Program Notice

अठारौं दीक्षान्त समारोहमा भाग लिन Online फारम भर्नेसम्बन्धी जरूरी सूचना

CORPORATE.indd

स्कूल अफ इञ्जिनियरिङः पूर्णकालीन करार सेवामा शिक्षक पदपूर्तिसम्बन्धी लिखित परीक्षाको नतिजा प्रकाशनसम्बन्धी सूचना

विज्ञान तथा प्रविधि संकायः स्नातकोत्तरतहका कार्यक्रमहरूको पूर्णशुल्कीय तर्फ दोस्रो प्रवेश परीक्षाको Merit List प्रकाशनसम्बन्धी सूचना

Merit List

स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल इञ्जिनियरिङः कानून विषयको पूर्णकालीन करार सेवामा उप–प्राध्यापक पदको लिखित परीक्षाको नतिजा र अन्तर्वार्तासम्बन्धी सूचना

पोखरा विश्वविद्यालय र एनएमबि बैंकबीच सम्झौता

पोखरा विश्वविद्यालय र एनएमबि बैंकबीच सम्झौता

२०७९ साल पौष १८ गते सोमबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालय र एनएमबि बैंक लिमिटेडबीच विश्वविद्यालयको आन्तरिक एवम् बाह्य विविध भुक्तानीहरूलाई बिद्युतीय अर्थात अनलाइन विधिबाट भुक्तानी गर्न सहज तुल्याउने मूल उद्देश्यलाई लिएर एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारीपत्र (एमओयू) मा पोखरा विश्वविद्यालयका तर्फबाट रजिष्ट्रार प्रा.डा. दिपकबहादुर भण्डारी र एनएमबि बैंकको तर्फबाट उक्त बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल के.सि. ले हस्ताक्षर गर्नुभयो ।

एमओयू हस्ताक्षर समारोहमा पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्याल, विश्वविद्यालयका विभिन्न पदाधिकारीहरू तथा एनएमबि बैंक लिमिटेडका विभिन्न पदाधिकारीहरू उपस्थित हुनुहुन्थ्यो ।

उक्त समझदारी पछि बैंकले पोखरा विश्वविद्यालयका विभिन्न निकाय र त्यसमा आबद्ध पदाधिकारी, शिक्षक, कर्मचारी लगायत विश्वविद्यालयका विद्यार्थी एवम् कलेजहरूबाट रकम सङ्कलन वा भुक्तानी गर्नेछ भने पोखरा विश्वविद्यालयका विभिन्न निकाय र त्यसमा आबद्ध पदाधिकारी, शिक्षक, कर्मचारी लगायत विश्वविद्यालयका विद्यार्थी एवम् कलेजहरूले विश्वविद्यालयको वेबसाइट, मोबाइल बैंकिङ्ग एप्लिकेशन, कर्पोरेट नेट बैकिङ एप्लिेकेशन, कर्पोरेट नेट बैकिङ वा एनएमबि बैंकको स्वामित्वमा रहेका अन्य सम्बन्धित एप्लिकेशनहरू मार्फत पोखरा विश्वविद्यालयमा भुक्तानी गर्न सक्षम हुनेछन् । पोखरा विश्वविद्यालयले कोष व्यवस्थापनको प्रयोजनका लागि एनएमबि बैंकमा खाता राख्नुपर्नेछ ।

सम्झौता कार्यान्वयन पश्चात अनलाइन बिल भुक्तानी, तलब पोस्टिङ र बिक्रेता भुक्तानी स्वीकार गर्न, पोखरा विश्वविद्यालयको सरोकारले वेबसाइट वा एप्लिेकेशन, मोबाइल बैंकिङ, कर्पोरेट भुक्तानी, पोखरा विश्वविद्यालयद्वारा मान्यताप्राप्त कर्पोरेट नेट बैंकिङ प्रयोग गर्नुपर्नेछ । पोखरा विश्वविद्यालयले एनएमबी बैंकद्वारा समर्थित विभिन्न नेटवर्कहरूमा एकीकृत गर्न एपिआई विवरणहरू खुलाउन वा एकिकृत गर्न बैंकलाई अधिकार प्रदान गर्नेछ । बैंकले डिजिटल भुक्तानी स्वीकार गर्न सहज बनाउने उद्देश्यले बैंकलाई लाग्ने नियमित शुल्क र शुल्क बाहेक अन्य कुनै शुल्क लिने छैन ।

एमओयू समारोहलाई पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्याल, रजिष्ट्रार प्रा. डा. दिपक बहादुर भण्डारी, एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी., बैंकका उपप्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्याय, बैंकका गण्डकी प्रदेश प्रमुख दुर्गाराम पुरी एवम् बैंकका खुद्रा बैंकिङ प्रमुख रोशन रेग्मीले सम्बोधन गर्नुभएको थियो । एनएमबि बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटिएमहरू, ९ एक्सटेन्सन काउण्टरहरू मार्फत सेवा प्रदान गर्दै आएको छ ।

कार्यक्रमका अन्य तस्विरहरूः

 

 

 

 

 

School of Engineering: Notice of Orientation Program for Bachelor Level Programs

स्वास्थ्य अनुसन्धान पद्धतिसम्बन्धी तालिम कार्यशाला

स्वास्थ्य अनुसन्धान पद्धतिसम्बन्धी तालिम कार्यशाला

२०७९ साल पौष २१ गते बिहीबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान सङ्कायको आयोजना र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सहयोगमा ३ दिने स्वास्थ्य अनुसन्धान पद्धतिसम्बन्धी तालिम कार्यशाला पोखरामा शुरू भयो । उक्त तालिम कार्यशालाको उद्देश्य स्वास्थ्य प्रणाली अनुसन्धान प्रस्ताव विकासमा स्वास्थ्यकर्मीहरूको ज्ञान तथा सिप वृद्धि गरी उनीहरूलाई स्वास्थ्य अनुसन्धान प्रक्रियाहरूको बारेमा परिचित गराउनु रहेको छ ।

उक्त तालिम कार्यशालालाई प्रमुख अतिथि एवम् पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले पानसमा दियो बाली उद्घाटन गर्नुभयो । तालिम कार्यशालालाई सम्बोधन गर्दै उपकुलपति अर्यालले अनुसन्धानमा आधारित शिक्षा नभएकै कारण शिक्षाको गुणस्तर खस्केको बताउनुभयो । उहाँले अनुसन्धानले नयाँ सोच, ज्ञान र परिवर्तनको विकास गर्ने उल्लेख गर्दै लेखेर घोकेर, अनुकरण गरेर हासिल हुने शिक्षाले समाज परिवर्तन गर्न नसक्ने बताउनुभयो । उपकुलपतिले प्राज्ञिक उन्नयन र व्यक्तित्व विकासका लागि विश्वविद्यालय शिक्षा रचनात्मक र अनुसन्धानमुखी हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पोखरा विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. दिपकबहादुर भण्डारीले शिक्षक राष्ट्रको प्रबुद्ध वर्गमा पर्ने उल्लेख गर्दै पढने पढाउने मात्र होइन शिक्षकले सभ्य र अनुशासित जनशक्ति उत्पादनतर्फ समेत ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले अनुसन्धानमा विश्वसनीयता र नविनता हुनुपर्ने उल्लेख गर्दै अनुसन्धान प्रस्तावहरू डिग्री हासिल गर्नेतर्फमात्र केन्द्रीत नभई कोष निर्माण र जनस्वास्थ्य परियोजना भित्राउनेतर्फ पनि केन्द्रीत हुनुपर्नेमा जोड दिनुभयो ।

पोखरा विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्कायका डीन सह–प्रा. डा. अजय थापाले अनुसन्धान मानव शरीर र जीवित प्राणीस“ग मात्र नभई सबै क्षेत्रमा नियमित हुनुपर्नेमा जोड दिनुभयो । तालिम कार्यशालाका सभापति एवम् पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान सङ्कायका डीन सह–प्रा.डा. अमर नागिलाले स्वास्थ्यमा गरिने अनुसन्धान समाजको लागि उच्च मूल्यको रहने बताउँदै यस्ता तालिमले स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने बताउनुभयो ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा. प्रदिप ज्ञवालीले अनुसन्धानबिना शैक्षिक गुणस्तर, गुणस्तरीय प्रकाशन, शोध प्रबन्ध, क्षमता अभिवृद्धि जस्ता शैक्षिक क्रियाकलाप अगाडि बढ्न नसक्ने उल्लेख गर्दै त्यसका लागि अनुसन्धानमा लाग्नेलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले स्वास्थ्यकर्मीको योग्यता र सेवालाई गुणस्तरीय र बैज्ञानिक बनाउन विभिन्न संघसंस्थासँग समन्वय गरी अगाडि बढिरहेको उल्लेख गर्नुभयो ।

पोखरा विश्वविद्यालय स्कूल अफ हेल्थ एण्ड एलाइड साइन्सेजका स्कूल निर्देशक उप–प्रा. बिमला भट्टले स्वास्थ्य सेवा व्यवस्थापनमा अनुसन्धानको ठूलो महत्व रहेको उल्लेख गर्नुभयो । पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सह–प्रा. डा. नमराज धामीले नेपाल स्वास्थ्य अनुसन्धान परिषद् राष्ट्रकै गौरव र जिम्मेवार निकाय रहेको उल्लेख गर्नुभयो । उहाँले लेख, शोध प्रबन्ध एवम् अनुसन्धानसम्बन्धी गतिविधिले शिक्षकको काम गर्ने शैली र ज्ञान आर्जनमा उल्लेख्य सुधार आउने बताउनुभयो । कार्यक्रमको सञ्चालन स्कूल अफ हेल्थ एण्ड एलाइड साइन्सेजका उप–प्राध्यापक पुजा भण्डारीले गर्नुभएको थियो । तालिम कार्यशाला आज पौष २१ गतेदेखि २३ गतेसम्म सञ्चालन हुनेछ । तालिम कार्यशालालाई डा. प्रदिप ज्ञवाली, डा. मेघनाथ धिमाल, डा. बिष्णु मरासिनी, श्री बिहुँगम बिष्ट, डा. बुना भण्डारी, श्रीमती उषा पराजुली र श्रीमति नमिता घिमिरेले प्रशिक्षण दिनु हुने कार्यक्रम छ । 

Second Award and College Allocated List of MBA/MBA Global Business/MHCM Scholarship

Notice

Second Award List and College Allocated List

 

स्नातक तह छात्रवृत्ति विज्ञान तथा प्रविधि संकाय समूह-क र B.A.LL.B. कार्यक्रमको Second-Awarded List प्रकाशित सम्बन्धि सूचना ।

स्नातक तह छात्रवृत्ति विज्ञान तथा प्रविधि संकाय समूह-क र B.A.LL.B. कार्यक्रमको Second-Awarded List प्रकाशित सम्बन्धि सूचना ।

स्नातक तह छात्रवृत्तिको School Type-Others का व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि संकाय समूह ख का उम्मेदवारहरुलाई अनुसूचि ४ को online form भर्ने सम्बन्धि सूचना ।

स्नातक तह छात्रवृत्तिको School Type-Others का व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि संकाय समूह ख का उम्मेदवारहरुलाई अनुसूचि ४ को online form भर्ने सम्बन्धि सूचना ।

School of Engineering: Notice of Orientation and Farewell Program

MBA and MCIS 2nd PUMAT Entrance Result, August 2022

MBA and MCIS 2nd PUMAT Entrance Result, August 2022

Admission Notice in BALLB Program

Faculty of Science and Technology: Second Call for Application for Master Level Programs

Admission Notice for BDEVS, BECS and BED

Admission Notice in B.A.LL.B program

प्रारम्भिक वातावरणीय परिक्षण (IEE) को प्रतिवेदन तयारी सम्बन्धी सार्बजनिक सुनुवाई सम्बन्धी सार्वजनिक सूचना

छात्रवृत्तिमा विद्यार्थी भर्नाका विषयमा कलेजहरूलाई सूचना

स्कूल अफ इञ्जिनियरिङको शैक्षिक सत्र २०७९ को भर्नासम्बन्धी सूचना

पोखरा विश्वविद्यालयको B.A.LL.B. Program को Awarded List प्रकाशित गरिएको सम्बन्धमा ।

पोखरा विश्वविद्यालयको B.A.LL.B. Program को Awarded List प्रकाशित गरिएको सम्बन्धमा ।

विज्ञान तथा प्रविधि सङ्कायः छात्रवृत्तितर्फ स्नातकोत्तरतहका कार्यक्रमहरूको Final Award List प्रकाशनसम्बन्धी सूचना

छात्रवृत्तितर्फ स्नातकोत्तरतहका कार्यक्रमहरूको Final Award List प्रकाशनसम्बन्धी सूचना

स्कूल अफ इञ्जिनियरिङः स्नातकोत्तरतहको Paying/Sponsorship सिटमा भर्नासम्बन्धी सूचना

School of Business: Vacancy Announcement for Lecturer

विज्ञान तथा प्रविधि सङ्कायः छात्रवृत्तितर्फ स्नातकोत्तरतहका कार्यक्रमहरूको Award List प्रकाशनसम्बन्धी सूचना

Scholarship Award List

स्कूल अफ इञ्जिनियरिङको स्नातकोत्तरतहको भर्नासम्बन्धी अत्यन्त जरूरी सूचना

स्कूल अफ इञ्जिनियरिङः कोर्ष करार सेवामा शिक्षक पदपूर्तिको नतिजा प्रकाशनसम्बन्धी सूचना

स्कूल अफ इञ्जिनियरिङको स्नातकोत्तरतहको भर्नासम्बन्धी अत्यन्त जरूरी सूचना

पोखरा विश्वविद्यालय स्नातक तह छात्रवृत्तिका विभिन्न कार्यक्रमहरुमा भर्ना हुनकालागि पत्र बुझन् आउने र B.A.LL.B. कार्यक्रमको उत्तिर्ण सूचि (Pass List) प्रकाशित सम्बन्धि सूचना ।

पोखरा विश्वविद्यालय स्नातक तह छात्रवृत्तिका विभिन्न कार्यक्रमहरुमा भर्ना हुनकालागि पत्र बुझन् आउने र B.A.LL.B. कार्यक्रमको उत्तिर्ण सूचि (Pass List) प्रकाशित सम्बन्धि सूचना ।

स्कूल अफ इञ्जिनियरिङको स्नातकोत्तरतहका विभिन्न कार्यक्रमहरूको भर्नासम्बन्धी सूचना

पोखरा विश्वविद्यालय व्यवस्थापन अध्ययन संकाय स्नातकोत्तर तह MBA/MHCM/MCIS छात्रवृत्ति कार्यक्रमको स्कूल कलेजहरुमा भर्ना हुनको लागि पत्र बुझन आउने सम्बन्धि सूचना ।

पोखरा विश्वविद्यालय व्यवस्थापन अध्ययन संकाय स्नातकोत्तर तह MBA/MHCM/MCIS छात्रवृत्ति कार्यक्रमको स्कूल कलेजहरुमा भर्ना हुनको लागि पत्र बुझन आउने सम्बन्धि सूचना ।

Admission Notice for BDEVS, BECS and BED Programs

 

 

 

 

Admission Notice for B.A.LL.B. Program

स्कूल अफ ईञ्जिनियरिङको स्नातकतहमा (पूर्ण शुल्कीय) भर्नासम्बन्धी सूचना

School of Engineering: Invitation for Sealed Quotation for the Procurement of Internet Bandwidth

जानकारी सम्बन्धमा ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगद्वारा अन्तरक्रिया कार्यक्रम आयोजना

अख्तियार दुरूपयोग अनुसन्धान आयोगद्वारा अन्तरक्रिया कार्यक्रम आयोजना

२०७९ साल मंसिर २३ गते शुक्रबार, पोखरा–३०, कास्की ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग (अदुअआ) को कार्यालय पोखराले विश्वविद्यालय लगायत अन्य शैक्षिक संस्थाका उच्चपदस्थ पदाधिकारीहरूलाई राखेर भष्ट्राचार बिरूद्धको अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गर्यो । भष्ट्रचार विरूद्धको अन्तर्राष्टिय दिवस डिसेम्बर ९, २०२२ को अवसरमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग र सु–शासनका लागि नागरिक समाज (सुनास), नेपालसँगको सहकार्यमा अदुअआ कार्यालय, पोखराको सभाहलमा उक्त कार्यक्रम सञ्चालन भएको हो ।

पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालको प्रमुख आतिथ्यमा सञ्चालन भएको उक्त कार्यक्रममा पोखरा विश्वविद्यालय, गण्डकी विश्वविद्यालय लगायत पोखराका सामूदायिक कलेजहरूका पदाधिकारीहरू, नागरिक समाज, शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय, गण्डकी प्रदेशका पदाधिकारीहरू, अदुअआ र सुनासका पदाधिकारीहरू, पत्राकारहरू आदिको उपस्थिति रहेको थियो ।

केन्द्रीय कार्यालय विस्तार लगायतको कार्यका लागि सम्झौता सम्पन्न

केन्द्रीय कार्यालय विस्तार लगायतको कार्यका लागि सम्झौता सम्पन्न

२०७९ साल मंसिर २३ गते शुक्रबार, पोखरा, कास्की ।
पोखरा विश्वविद्यालयको वृहत गुरूयोजना अन्तर्गत निर्माण हुन लागेको केन्द्रीय प्रशासनिक भवन विस्तार, विश्वविद्यालय परिसरमा कम्पाउण्डवाल तथा प्रवेशद्वार निर्माण एवम् जग्गा विकासका लागि सम्झौता सम्पन्न भएको छ । विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालको समुपस्थितिमा सम्पन्न उक्त सम्झौता पत्रमा विश्वविद्यालयको तर्फबाट रजिष्ट्रार प्रा.डा. दिपक बहादुर भण्डारी र ठेकेदारको तर्फबाट अधिकृत प्रतिनिधि सुरेश गौतमले हस्ताक्षर गर्नुभयो ।

पोखरा महानगरपालिका वडा नं. ३०, कास्कीमा अवस्थित विश्वविद्यालय परिसरभित्र अवस्थित दुईतले केन्द्रीय प्रशासनिक भवनमा दुई तला थपका साथै कम्पाण्डवाल, प्रवेशद्वार, रजत स्तम्भ, जग्गा विकास (आन्तरिक बाटो, फुटपाथ, जल निकास, बगैंचा र पार्किङ्ग स्थल आदि निर्माण) का लागि छनौट भएको एल.जि.ए. कन्स्ट्रक्सन, कोटेश्वर, काठमाडौं र पोखरा विश्वविद्यालयबीच सम्झौता सम्पन्न भएको हो ।

आउँदो यही पुस १ गतेबाट निर्माण कार्य शुरू भई १५ महिनाभित्र सम्पन्न हुने उक्त निर्माण कार्यको सम्झौता लागत ११ करोड ८४ लाख ९८ हजार ८ सय १० रूपैयाँ छ ।

सम्झौतामा उल्लेख भएबमोजिम ११४ रोपनी जग्गाको विश्वविद्यालय परिसरभित्रको “ए” ब्लकमा रहेको हालको केन्द्रीय प्रशासनिक भवनलाई परिमार्जन र लिफ्टसहित दुई तला थप गरी चार तलाको बनाउने, प्रशासनिक भवन अगाडि रजतस्तम्भ निर्माण गर्ने, केन्द्रीय प्रशासनिक भवन र परीक्षा नियन्त्रण कार्यालयको कम्पाउण्डवालमाथि एकमिटर उचाईको चेनबार लगाइनेछ । साथै उक्त कम्पाउण्डवालभित्र जोडेर चारकिल्ला वरिपरि पाँचफुटको फुटपाथ निर्माण गर्ने, मूल प्रवेशद्वार निर्माण गर्ने तथा कम्पाउण्डवाल भित्रको पार्किङ्गस्थल र बगैचालाई व्यवस्थित गरिने छ ।

त्यसै गरी विश्वविद्यालय परिसरभित्रको “बि” ब्लकमा रहेको खेलमैदानलाई व्यवस्थित गर्न चेनबार भएको कम्पाउण्डवालसहित प्रवेशद्वार निर्माण गर्ने र “सि” ब्लकमा रहेको प्राज्ञिक भवन कम्प्लेक्सको उत्तरतर्फ सहायक प्रवेशद्वार निर्माण गरिनेछ । “डी” ब्लकमा विश्वविद्यालयको शिक्षण अस्पताल निर्माणको कार्य अन्तिम चरणमा रहेको र त्यही ब्लकमा पोखरा विश्वविद्यालय सम्बन्धनप्राप्त कलेजहरूको संगठन “ओपेन”द्वारा अत्याधुनिक अन्तर्राष्टियस्तरको अनुसन्धान केन्द्र निर्माण भइरहेको छ ।

 

विज्ञान तथा प्रविधि सङ्कायः पूर्ण शुल्कीय तथा छात्रवृत्तिको स्नातकोत्तरतहका कार्यक्रमहरूको प्रवेश परीक्षाको Final Merit List प्रकाशनसम्बन्धी सूचना

Final Merit सूचना

Category A_Paying                          Category A_Scholarship

Category B_Paying                           Category B_Scholarship

Category C_Paying                          Category C_Scholarship

Category D_Paying                          Category D_Scholarship

Category E_Paying                          Category E_Scholarship

Category F_Paying                         Category F_Scholarship

 

Quota Distribution                            अनुसुचि-फाराम

Bachelor of Arts Bachelor of Laws(B.A.LL.B.) छात्रवृत्ति परीक्षाको Admit-Card प्रिन्ट गर्ने सम्बन्धि सूचना ।

Bachelor of Arts Bachelor of Laws(B.A.LL.B.) छात्रवृत्ति परीक्षाको Admit-Card प्रिन्ट गर्ने सम्बन्धि सूचना ।

वार्तामा उपस्थित हुने सम्बन्धमा ।

पोखरा विश्वविद्यालय स्नातक तह छात्रवृत्ति छनौंट समितिबाट स्नातक तहका कार्यक्रमहरुको Awarded List प्रकाशित गरिएको सूचना ।

पोखरा विश्वविद्यालय स्नातक तह छात्रवृत्ति छनौंट समितिबाट स्नातक तहका कार्यक्रमहरुको Awarded List प्रकाशित गरिएको सूचना ।