Array ( [post_type] => pop-notice [posts_per_page] => -1 [orderby] => date [order] => DESC [post_status] => publish [paged] => 1 [meta_query] => Array ( [0] => Array ( [key] => end_date [value] => 20260817 [compare] => > [type] => NUMERIC ) ) )

कार्यकारी परिषद्द्वारा दुई पदाधिकारीको नियुक्ति

15/06/2025

२०८२ असार १ गते, आइतबार, पोखरा–३०, कास्की।

मिति २०८२ जेठ ३० गते बसेको पोखरा विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णयअनुसार, पोखरा विश्वविद्यालय स्कूल अफ इन्जिनियरिङका सह–प्राध्यापक डा. दिपाञ्जल श्रेष्ठलाई पोखरा विश्वविद्यालय पदाधिकारीको काम, कर्तव्य र अधिकारसम्बन्धी नियमावली, २०५५ को नियम ३२ (३) बमोजिम विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रको कार्यकारी निर्देशक पदमा चार वर्षको कार्यकालका लागि नियुक्त गरिएको छ। त्यसैगरी, सोही दिन बसेको कार्यकारी परिषद्को बैठकको अर्को निर्णयअनुसार स्कूल अफ इन्जिनियरिङकै सह–प्राध्यापक ई. प्रकाश बहादुर अधिकारीलाई विश्वविद्यालयको योजना तथा कार्यक्रम महाशाखाको प्रमुख पदमा पनि चार वर्षका लागि नियुक्त गरिएको छ। नवनियुक्त दुबै पदाधिकारीहरूले आजै पदभार ग्रहण गर्नुभएको छ।

नवनियुक्त पदाधिकारीहरुलाई हार्दिक बधाई ज्ञापन गर्दै उहाँहरूको कार्यकाल सफल, प्रभावकारी र उपलब्धिमूलक रहोस् भन्ने शुभकामना व्यक्त गर्दछौं।

Next Articles
Array ( [post_type] => post [posts_per_page] => 10 [orderby] => date [order] => DESC [post_status] => publish [paged] => 1 [post__not_in] => Array ( [0] => 40127 ) )