Gender Equality Plan 2025-2030 बारे अभिमुखीकरण कार्यक्रम सम्पन्न

२०८२ साल मंसिर २४ गते बुधबार, पोखरा ३०, कास्की ।

पोखरा विश्वविद्यालयले विश्व मानव अधिकार दिवसको अवसर पारेर उच्च शिक्षामा लैङ्गिक समानतालाई संस्थागत रूपमा मजबूत बनाउने उद्देश्यले सञ्चालन भइरहेको MAGENDA (Mainstreaming Gender Equality in Academia) परियोजना अन्तर्गत ‘Gender Equality Plan (GEP) 2025-2030’ विषयक विशेष अभिमुखीकरण तथा छलफल कार्यक्रम विश्वविद्यालय केन्द्रीय कार्यालयको सेमिनार हलमा सम्पन्न गरेको छ। कार्यक्रममा MAGENDA परियोजनाका अद्यावधिक गतिविधिहरू, नेपालमा रहेको लैङ्गिक समानताको वर्तमान अवस्था, मानव अधिकार र लैङ्गिक समानताको सम्बन्ध, तथा पोखरा विश्वविद्यालयले कार्यान्वयन गर्ने गरि तयार पारेको GEP 2025-2030 को प्रारम्भिक मसौदाबारे विस्तृत प्रस्तुति तथा छलफल गरिएको थियो।

युरोपियन कमिशनको Erasmus+ अन्तर्गत सन्चालित MAGENDA परियोजना १ नोभेम्बर २०२४ मा सुरु भई ३१ अक्टोबर २०२७ मा सम्पन्न हुने गरी ३६ महिनाका लागि चार देशका १० साझेदार संस्थाहरुमा सञ्चालन भइरहेको छ र यस परियोजनाको कुल बजेट युरो ७९९,५३६.५२ रहेको छ। पोखरा विश्वविद्यालय मुख्य संयोजक रहेको यो परियोजना नेपाल, बङ्गलादेश, बेल्जियम र ग्रीस गरी चार देशका आठ वटा विश्वविद्यालय तथा दुइ वटा बिकास साझेदार संस्था गरि १० बाट संस्थाहरूको साझेदारीमा सञ्चालित छ र यसको कार्यान्वयन तथा बजेट व्यवस्थापन Erasmus+ को नियम अनुसार साझेदार संस्थाहरूबीच तोकिए अनुसार बाँडफाँड गरेर गरिन्छ। नेपालबाट पोखरा विश्वविद्यालय सहीत काठमाडौँ विश्वविद्यालय र सुदुर पश्चिमान्चल विश्वविद्यालय यस परियोजनामा आबद्ध रहेका छन्।

कार्यक्रममा परियोजनाका संयोजक सह प्राध्यापक डा. नमराज धामीले MAGENDA परियोजनाको उद्धेश्य, वर्तमान प्रगति र आगामी कार्ययोजनाबारे जानकारी गराउँदै परियोजनाले नेपाल, बङ्गलादेश र युरोपका विश्वविद्यालयहरूको सहकार्यमा २०२४ देखि २०२७ सम्मका तीन वर्षमा उच्च शिक्षामा लैङ्गिक समानताका लागि संरचनागत सुधार ल्याउने लक्ष्यसहित अघि बढिरहेको बताउनुभयो। उहाँले Gender Equality Plan निर्माण, प्रशिक्षण तथा संस्थागत क्षमता विकास परियोजनाका प्रमुख गतिविधि रहेको उल्लेख गर्नुभयो।

उप प्राध्यापक मन कुमारी पराजुलीले “Human Rights and Gender Equality – The Nexus” बिषयक प्रस्तुति दिदै मानवअधिकार र लैङ्गिक समानताबीचको सुदृढ सम्बन्धबारे प्रस्तुति दिँदै, कुनै पनि संस्था वा समाज मानव अधिकारमैत्री बन्न, लैङ्गिक समानता सुनिश्चित हुनु अनिवार्य भएको बताउनुभयो। उपप्राध्यापक डा. दीपमाला श्रेष्ठ गुरुङ ले “Status of Gender Equality in Nepal Academia” बिषयक प्रस्तुति दिदै नेपालको उच्च शिक्षामा लैङ्गिक अवस्थाबारे तथ्याधारित विश्लेषण प्रस्तुत गर्दै, शिक्षा क्षेत्रमा महिलाको पहुँच बढ्दै गएको भए पनि निर्णय तहमा सहभागिता अझै कमजोर रहेको, संरचनागत पक्षपात र सामाजिक धारणाले लैङ्गिक समानतामा चुनौती कायम रहेको उल्लेख गर्नुभयो।

सह प्राध्यापक डा. ऋषिकेश पाण्डेले Gender Equality Plan  2025–2030 को प्रारम्भिक मस्यौदा प्रस्तुत गर्दै पोखरा विश्वविद्यालयले लैङ्गिक समानतालाई संस्थागत रूप दिन पाँच प्रमुख क्षेत्र—नीति, शिक्षण, प्रशासनिक अभ्यास, क्षमता विकास, र सुरक्षात्मक प्रणालीमा रणनीति र कार्ययोजना आवश्यक रहेको र सोहि अनुरुप मस्यौदा प्रस्ताव गरेको बताउनुभयो। GEP सफल कार्यान्वयनका लागि सबै सरोकारवालाको सहभागिता, जागरुकता, सक्रियता, र सुझाव महत्वपूर्ण हुने उहाँको भनाइ थियो। युएनडीपी नेपालका लैंगिक समानता (GESI) बिज्ञ बिपना धिमालले “Gender Equality Seal for Public Institutions”  प्रस्तुतिमा सार्वजनिक संस्थाका लागि UNDP द्वारा विकसित Gender Equality Seal कार्यक्रमबारे जानकारी दिँदै यो प्रणाली संस्थाको लैङ्गिक संवेदनशीलता, पारदर्शिता, समावेशीता र उत्तरदायित्व मापन गर्ने प्रभावकारी माध्यम भएको उल्लेख गर्नुभयो र पोखरा विश्वविद्यालयमा Gender Equality Seal सम्बन्धि कार्यहरुमा आवश्यक सहजीकरण समेत गर्न सकिने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

यसै क्रममा विद्यार्थी, कर्मचारी, शिक्षक तथा विश्वविद्यालय पदाधिकारीहरू बाट उक्त कार्यक्रममा प्रस्तुत GEP मस्यौदा प्रति सुझाव तथा प्रतिक्रिया संकलनकालागी खुला सत्र (Open Discussion) समेत आयोजना गरिएको थियो। उक्त कार्यक्रमको सहजीकरण डा. मधु सुदन कायस्थ, तेजनारायण पराजुली सरला भट्ट तथा Student Ambassador हरुले गर्नुभएको थियो ।

बिषयगत प्रस्तुति र खुला सत्र छलफल पश्चात विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा.डा. बेदराज के.सी., रजिष्टार सह प्रा.डा. अजय थापा र मानविकी तथा सामाजिक शास्त्र संकायका डीन उप प्रा. डा. सुरेन्द्र तिवारीले सस्थागत प्रतिबद्धता सहित सम्बोधन गर्नु भयो।

उपकुलपति प्रा.डा. के.सी. ले मानव अधिकार र लैंगिक समानता लाई एउटै सिक्काका दुई पाटा भन्दै यी विषयको आपसमा निकट सम्बन्ध रहेको औल्याउनुभयो। उहाँले लैङ्गिक समानता नभएको समाज कहिल्यै अघि नबढ्ने र समग्र समाजको विकासका लागि लैंगिक समानता अत्यावश्यक भएको उल्लेख गर्नुभयो। उहाँले “लैंगिक समानता घरबाटै शुरु हुने (Gender Equality Starts from Home)” उल्लेख गर्दै हाल हाम्रो समाज यसमा धेरै सजग भएको बताउँदै बालिकाहरूको शिक्षा र अवसरमा विभेद धेरै हद सम्म घटिसकेको भए पनि अझै धेरै व्यावहारिक पक्षहरु सुधार्दै जानुपर्नेमा जोड दिनुभयो। साथै, उपकुलपतिले सस्थागत नेतृत्व (Leadership) देखि हरेक क्षेत्रमा लैंगिक समानताको सुनिश्चितता गर्ने प्रयास भइरहेको र सो का लागे MAGENDA परियोजनाले उत्कृष्ट भूमिका खेलिरहेको अवस्थामा विश्वविद्यालयले यो परियोजनाको सफल कार्यन्वयनका लागी सदैब समर्थन र सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।

रजिष्टार सह प्रा.डा. थापाले पोखरा विश्वविद्यालय मुख्य संयोजक रहेको MAGENDA परियोजना विश्वविद्यालयको महत्वपूर्ण अन्तर्राष्ट्रिय परियोजना भएको र यसप्रति गर्व गर्न सक्ने वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो। यसलाई संस्थागत रूपमा विकास गर्नुपर्ने आवश्यकतामा पनि उहाँले जोड दिनुभयो। डा. थापाले विश्वविद्यालयमा झन्डै २० वर्षअघिदेखि स्नातकोत्तर तहमा लैङ्गिक विभेद न्यूनिकरण सम्बन्धि शैक्षिक कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो। उहाँले विश्वविद्यालयभित्र नीति निर्माणदेखि बजेट तयारीसम्म लैंगिक समानता समेटेर कार्य सम्पादन हुनु पर्ने र यसलाई संस्थागत गर्नका लागी विश्वविद्यालय सजग र प्रतिबद्ध रहेको बताउनुभयो। साथै, संख्यात्मक सुधार, क्षमता निर्माण, र समानताका लागी सदैब समर्थन, समन्वय, र सहजीकरण कार्य गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

डीन उप प्रा. डा. सुरेन्द्र तिवारीले पोखरा विश्वविद्यालयभित्र प्रशासन सेवामा लैङ्गिक सन्तुलन राम्रो रूपमा रहेको उल्लेख गर्दै विश्वविद्यालयले लामो समय देखि लैङ्गिक अध्ययन तथा सम्बन्धित विषयमा पठन–पाठन गर्दै आएको र यसले विश्वविद्यालयको समग्र लैङ्गिक संवेदनशीलता प्रवर्द्धन गर्न योगदान पुर्‍याइरहेको धारणा व्यक्त गर्नुभयो। साथै विश्वविद्यालयमा लैंगिक समानताको प्रबर्धनका लागी आफ्नो पूर्ण सक्रियता रहने प्रतिबद्धता व्यक्त गर्नु भयो।

विज्ञान तथा प्रविधि संकाय डीन सह प्राध्यापक बुद्धि राज जोशीले धन्यवाद ज्ञापन गर्दै पोखरा विश्वविद्यालयमा महिला सहभागीता खास गरि शिक्षण सेवा र नेतृत्वतहमा अपेक्षाकृत कम रहेको महसुस भएकाले लैङ्गिक सन्तुलन (gender balance) कायम गर्न विश्वविद्यालयले विभिन्न पहलहरू अघि बढाइरहेको बताउनुभयो। उहाँले MAGENDA परियोजनाले यस दिशामा महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै विश्वविद्यालयका पदाधिकारी, प्रस्तुतिकर्ता लगायत समस्त सहभागीहरु प्रति आभार व्यक्त गर्नुभयो।

विद्यार्थी, कर्मचारी, शिक्षक, विश्वविद्यालयका पदाधिकारीहरू, तथा स्थानीय समुदायका प्रतिनिधि सहीत १३० भन्दा बढीको सहभागितामा भएको उक्त कार्यक्रमको संचालन उप प्राध्यापक डा. पार्वती थापाले गर्नु भएको थियो। कार्यक्रम आयोजनामा MAGENDA Student Ambassadors हरुको उल्लेख्य सक्रियता रहेको थियो। अन्तमा परियोजनाका संयोजक सह प्राध्यापक डा. नमराज धामीले विद्यार्थी, कर्मचारी, शिक्षक, विश्वविद्यालयका पदाधिकारीहरू लगायत उपस्थित समस्त सहभागीहरु, प्रस्तोताहरु, तथा MAGENDA परियोजनाका सहकर्मीहरुलाई धन्यबाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नु भयो।

« of 2 »

पोखरा विश्वविद्यालय र चीनको Xuzhou University of Technology बीच सम्झौता

२०८२ मंसिर ९ गते, पोखरा–३०, कास्की ।

यहि मङ्सिर ८ गते पोखरा विश्वविद्यालय र चीनको Xuzhou University of Technology बिच औपचारिक रूपमा समझदारी पत्र (MoU) मा हस्ताक्षर भएको छ । यस अनुरुप दुवै विश्वविद्यालयहरूले संयुत्त रुपमा Center of Excellence (CoE), Artificial Intelligence Center एवम् Confucius Center स्थापना गर्ने सम्झौता भएको छ । समझदारी पत्रमा पोखरा विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा.डा. बेद राज के.सी. एवम् Xuzhou University of Technology का तर्फबाट सो विश्वविद्यालयका Vice President Prof. Wang Fengbo ले हस्ताक्षर गर्नु भएको हो । उक्त कार्यक्रममा पोखरा विश्वविद्यालयको तर्फबाट विश्वविद्यालयका उपकुलपति प्रा.डा. बेद राज के.सी एवम् रजिष्ट्रार सह–प्रा.डा. अजय थापाका साथै व्यवस्थापन संकायका डीन प्रा.डा. ज्ञानेश्वर भट्टराई, विज्ञान तथा प्रविधि संकायका डीन सह–प्रा ई. बुद्धिराज जोशी र अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका कार्यकारी निर्देशक सह–प्रा.डा. दिपाञ्जल श्रेष्ठको उपस्थिति रहेको थियो भने Xuzhou University of Technology को प्रतिनिधित्व गर्दै विश्वविद्यालयका Vice President Prof. Wang Fengbo, Head of the Department of Student Affairs Prof. Geng Zhonghua, Dean of the School of Education Prof. Zhao Hongmei, Dean of the School of Mathematics and Statistics Prof. Su Youhui, Dean of the School of Sports Prof. Zhang Zhanping, Vice Dean of the School of International Education Prof. Pan Dong र Department of Management का Prof. Zhan Wei को उपस्थिति रहेको थियो भने डा. केशव कुंवरले सहजकर्ताको भूमिका निर्वाह गर्नु भएको थियो । हस्ताक्षर कार्यक्रम पूर्व दुई विश्वविद्यालयका प्रतिनिधिहरु बिच समझदारी पत्र (MoU) मा रहेका सम्झौताका वुँदाहरुमा दुई पक्षिय छलफल समेत भएको थियो । साथै दुई विश्वविद्यालय बिच सम्बन्ध स्थापना, सोको विस्तार एवम् प्राज्ञिक सहकार्यका लागि आगामि दिनहरुमा गर्न सकिने पहल एवम् क्रियाकलापहरुका विषयमा समेत छलफल भएको थियो । यो समझदारी पत्र ५ वर्षका लागि लागु हुनेछ भने यस समझदारी पत्रमा उल्लेख गरिएका मुख्य सहकार्यका क्षेत्रहरू निम्नानुसार रहेका छन् :

Areas of Cooperation

Establishment of the Center of Excellence (CoE)

  1. Both institutions agree to jointly establish a Center of Excellence for academic,
    research, and innovation collaboration.
  2. The CoE will serve as an umbrella for all joint initiatives, including:
  • Artificial Intelligence Center
  • Joint Research Institutes
  • Joint Academic Programs
  • Cultural and Language Centers

Establishment of Artificial Intelligence Center

Joint establishment of an AI Innovation and Research Center.

Focus areas will include but not limited to:

  • Machine learning, data science, cybersecurity, robotics, big data
  • AI applications in agriculture, health, education, and public services

Joint Degree and Academic Programs

  1. Development of Joint Degree, Dual Degree, or 3+1/2+2 Programs in selected disciplines.
  2. Recognition of credit transfer and mutual academic equivalence.
  3. Exchange of faculty for teaching, curriculum development, and quality assurance.
  4. Scholarships or mobility grants for students from both institutions.
  5. Joint short-term training programs, summer schools, and executive training.

Establishment of Joint Research Institutes

Setting up Research Institutes in mutually beneficial areas such as:

  1. Digital Transformation
  2. Energy and Environment
  3. Business and Management
  4. Engineering and Technology
  5. Joint research proposals, publications, patents, and participation in international
    research funding.
  6. Sharing of research infrastructure, laboratories, and data resources.
  7. Provision for joint supervision of graduate theses (Master’s and PhD).

Establishment of Confucius Center

Agreement to establish a Confucius Center for cultural, linguistic, and academic exchange.

Offerings may include:

  1. Chinese language courses
  2. Cultural programs and exchanges
  3. Scholarships to Chinese universities
  4. Support for visiting teachers and cultural experts

The center will operate under mutual governance respecting national regulations and institutional guidelines.

Student and Faculty Exchange Programs

  1. Semester-based exchange for faculty and students.
  2. Opportunities for internships, industrial training, and study visits.
  3. Joint mentorship programs and visiting scholar initiatives.

Resource Sharing and Infrastructure

  1. Provision of space, facilities, laboratories, and administrative support for all joint
  2. Agreement on financial commitments from both sides.
  3. Shared use of libraries, digital resources, and research tools.

पोखरा विश्वविद्यालय र भारतको RVSCET बीच शैक्षिक सहकार्यसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

२०८२ मंसिर ३ गते, पोखरा–३०, कास्की ।

यही मङ्सिर १ गते पोखरा विश्वविद्यालय र भारतको जम्सेदपुरस्थित RVS College of Engineering and Technology (RVSCET) बीच औपचारिक रूपमा समझदारी पत्र (MoU) मा हस्ताक्षर भएको छ। उक्त MoU को उद्देश्य दुबै संस्थाबीच शैक्षिक, अनुसन्धान तथा सांस्कृतिक सहकार्यलाई संस्थागत रूपमा अघि बढाउनुका साथै इन्जिनियरिङ, प्रविधि तथा उद्यमशीलता विकास व्यवस्थापनका क्षेत्रमा सहकार्य विस्तार गर्नु रहेको छ।

समझदारी पत्रमा पोखरा विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ्गका निमित्त निर्देशक सह–प्रा.डा. हेमचन्द्र चौलागाई र RVSCET का तर्फबाट कलेजका प्रिन्सिपल प्रा.डा. राजेश कुमार तिवारीले हस्ताक्षर गर्नुभएको थियो।

कार्यक्रममा पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. बेद राज के.सी., रजिष्ट्रार सह–प्रा.डा. अजय थापा, स्वास्थ्य विज्ञान संकायका डीन प्रा.डा. विष्णुराज तिवारी, विज्ञान तथा प्रविधि संकायका डीन सह–प्रा.ई. बुद्धि राज जोशी, मानविकी तथा सामाजिकशास्त्र संकायका डीन उप–प्रा.डा. सुरेन्द्र तिवारी तथा अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका कार्यकारी निर्देशक सह–प्रा.डा. दिपाञ्जल श्रेष्ठको उपस्थिति थियो।

त्यसैगरी, RVSCET तर्फबाट प्रिन्सिपल प्रा.डा. राजेश कुमार तिवारी, सह–प्राध्यापक सौरभ सिन्हा र Treasurer शत्रुघन सिंह सहितको तीन सदस्यीय टोलीको सहभागिता थियो ।

कार्यक्रमका क्रममा दुवै संस्थाबीच सम्बन्ध विस्तार, प्राज्ञिक सहकार्य तथा आगामी दिनमा सञ्चालन गर्न सकिने संयुक्त पहल र क्रियाकलापहरूबारे विस्तृत छलफल गरिएको थियो।

यो समझदारी पत्र ५ वर्षका लागि लागू हुनेछ। यसमा समावेश मुख्य सहकार्यका क्षेत्रहरू निम्नानुसार छन्:

  1. Academic Exchange: Teaching, learning and training activities involving faculty, researchers and students; participation in seminars, guest lectures and workshops.
  2. Research Collaboration: Joint research initiatives, publications and presentations at academic forums
  3. Conferences and Events: Organization of joint academic conferences, symposia and cultural events to promote knowledge sharing and cross- cultural understanding.
  4. Curriculum and Capacity Development: Sharing best practices in pedagogy and training: developing short-term certification courses and joint modules
  5. Branding and Outreach: Use of each other’s names and logos on brochures, banners, website and publicity materials for joint activities subject to prior consent.

 

पोखरा विश्वविद्यालय र भारतको MIT ADTU बीच शैक्षिक सहकार्यसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

 

२०८२ मंसिर २ गते, पोखरा–३०, कास्की ।

यही कार्तिक ३० गते पोखरा विश्वविद्यालय र भारतको MIT Art, Design and Technology University (MIT ADTU) बीच औपचारिक रूपमा समझदारी पत्र (MoU) मा हस्ताक्षर भएको छ। उक्त MoU ले दुवै विश्वविद्यालयबीच शिक्षा, अनुसन्धान र उद्यमशीलतामा संयुक्त पहलहरूको अन्वेषण गर्दै शैक्षिक साझेदारी विस्तार गर्नुका साथै दुई देशका जनस्तरीय सम्बन्धलाई सुदृढ पार्ने लक्ष्य राखेको छ।

समझदारी पत्रमा पोखरा विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा.डा. बेद राज के.सी. र MIT ADT University का तर्फबाट Pro Vice-Chancellor (Research, Innovation, Entrepreneurship and International Relations) Dr. Mohit Dubey ले हस्ताक्षर गर्नुभएको छ।

कार्यक्रममा पोखरा विश्वविद्यालयको तर्फबाट उपकुलपति प्रा.डा. बेद राज के.सी., रजिष्ट्रार सह–प्रा.डा. अजय थापा, स्वास्थ्य विज्ञान संकायका डीन प्रा.डा. विष्णुराज तिवारी, व्यवस्थापन संकायका डीन प्रा.डा. ज्ञानेश्वर भट्टराई, मानविकी तथा सामाजिकशास्त्र संकायका डीन उप–प्रा.डा. सुरेन्द्र तिवारी, अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका कार्यकारी निर्देशक सह–प्रा.डा. दिपाञ्जल श्रेष्ठ तथा योजना तथा कार्यक्रम महाशाखाका प्रमुख सह–प्रा.ई. प्रकाश बहादुर अधिकारीको उपस्थिति थियो।

त्यसैगरी, MIT ADT University तर्फबाट Office for International Affairs का Chief सह–प्रा.डा. राम कुमार सोलन्कीले प्रतिनिधित्व गर्नुभएको थियो।

कार्यक्रमका क्रममा दुवै विश्वविद्यालयबीच सम्बन्ध विस्तार, प्राज्ञिक सहकार्य र आगामी दिनमा सञ्चालन गर्न सकिने संयुक्त क्रियाकलापबारे विस्तृत छलफल भएको थियो।

यो समझदारी पत्र ५ वर्षका लागि लागू हुनेछ। यसमा समावेश मुख्य सहकार्यका क्षेत्रहरू निम्नानुसार छन्:

      Engagement 1: Student, Faculty/ Staff Mobility

  • Physical, virtual and hybrid forms of mobility
  • Twinning, joint degree and dual degree programs

Engagement 2: Research and Development

  • Joint Supervision and Joint research and research projects
  • Resource Sharing (research infrastructure, software and human expertise)
  • Events, workshops, symposium/conferences
  • Publications, intellectual Property (IP) and technology commercialization

Engagement 3 : Innovation and Entrepreneurship

  • Joint hackathons, ideathons, B-plan competition etc
  • Joint physical, virtual or hybrid programs in innovation and entrepreneurship
  • Joint innovation projects
  • Establishing start-up to start-up connections
  • Establishing incubator-to-incubator connections

अमेरिकी विश्वविद्यालयका प्रतिनिधिसँग भेटवार्ता सम्पन्न

२०८२ कार्तिक २७ गते, बिहीबार, पोखरा–३०, कास्की।

संयुक्त राज्य अमेरिकाको University of Wyoming का पाँच सदस्यीय प्रतिनिधि टोलीले यही कार्तिक २६ गते पोखरा विश्वविद्यालयको भ्रमण गरेको छ।

उक्त टोलीमा University of Wyoming की Vice Provost for Global Engagement Prof. Dr. Isadora Helfgott, Dean of the Haub School of Environment and Natural Resources Dr. John Koprowski, Dean of the College of Agriculture, Life Sciences, and Natural Resources Dr. Kelly Crane, र Assistant Director for International Students and Scholars Ms. Margaret McElligott रहनुभएको थियो। सो टोलीको भ्रमण तथा समन्वय कार्यमा University of Wyoming का PhD Scholar अजय कार्कीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।

भेटवार्तामा पोखरा विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा.डा. बेद राज के.सी, रजिष्ट्रार सह–प्रा.डा. अजय थापा, स्वास्थ्य विज्ञान संकायका डीन प्रा.डा. विष्णुराज तिवारी, व्यवस्थापन संकायका डीन प्रा.डा. ज्ञानेश्वर भट्टराई, मानविकी तथा सामाजिकशास्त्र संकायका डीन उप–प्रा.डा. सुरेन्द्र तिवारी, र योजना तथा कार्यक्रम महाशाखाका प्रमुख सह–प्रा.ई. प्रकाश बहादुर अधिकारी सहभागी रहनुभएको थियो।

छलफलमा दुवै विश्वविद्यालयबीच सम्बन्ध स्थापना, सो सम्बन्धको विस्तार तथा प्राज्ञिक सहकार्यका सम्भावित पहल र क्रियाकलापबारे विस्तृत रूपमा विचार–विमर्श गरिएको थियो।

भेटवार्ता पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालयस्थित उपकुलपतिको कार्यालयमा सम्पन्न भएको थियो।

चिनियाँ विश्वविद्यालयका प्रतिनिधिसँग भेटवार्ता सम्पन्न

२०८२ कार्तिक २७ गते, बिहीबार, पोखरा–३०, कास्की।
पोखरा विश्वविद्यालयले जनवादी गणतन्त्र चीनको Suzhou University of Science and Technology का प्रतिनिधिहरूसँग उच्चस्तरीय भेटवार्ता सम्पन्न गरेको छ।

उक्त विश्वविद्यालयका दुई सदस्यीय प्रतिनिधि टोलीले यही कार्तिक २३ गते पोखरा विश्वविद्यालयको भ्रमण गरी दुवै विश्वविद्यालयबीच निकट भविष्यमा सम्पन्न हुन लागेको Memorandum of Understanding (MoU) सम्बन्धी विभिन्न विषयमा प्रारम्भिक छलफल गरेको थियो।

भेटवार्तामा पोखरा विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा.डा. बेद राज के.सी, रजिष्ट्रार सह–प्रा.डा. अजय थापा, स्वास्थ्य विज्ञान संकायका डीन प्रा.डा. विष्णुराज तिवारी, व्यवस्थापन संकायका डीन प्रा.डा. ज्ञानेश्वर भट्टराई, विज्ञान तथा प्रविधि संकायका डीन सह–प्रा.ई. बुद्धि राज जोशी, र योजना तथा कार्यक्रम महाशाखाका प्रमुख सह–प्रा.ई. प्रकाश बहादुर अधिकारी सहभागी रहनुभएको थियो।

त्यस्तै, Suzhou University of Science and Technology का तर्फबाट Student Affairs Department Director Dr. Geng Zhonghua प्रमुख प्रतिनिधिको रूपमा उपस्थित रहनुभएको थियो भने सोही विश्वविद्यालयका डा. केशव कुँवरले सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो।

भेटवार्ता पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालयस्थित उपकुलपतिको कार्यालयमा सम्पन्न भएको थियो।

ललितपुरमा पोखरा विश्वविद्यालयको आंगिक क्याम्पस सञ्चालन

 

२०८२ भदौ १६ गते सोमबार, पोखरा–३०, कास्की ।

२८ वर्षको अन्तरालपछि पोखरा विश्वविद्यालयले काठमाडौं उपत्यकामा आंगिक क्याम्पस सञ्चालनमा ल्याएको छ । ललितपुर महानगरपालिका–९, च्यासलस्थित श्रमिक शान्ति क्याम्पसलाई विश्वविद्यालयले आंगिक क्याम्पसमा रूपान्तरण गरी सञ्चालन गर्न लागेको हो । यसअघि पोखरा उपत्यकाबाहिर आंगिक महाविद्यालय विस्तार गर्ने प्रयास भए पनि सफल हुन नसकेकोमा हालै बसेको विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले श्रमिक शान्ति क्याम्पसलाई आंगिक क्याम्पसका रूपमा सञ्चालन गर्ने निर्णय गरेको हो । यो निर्णय श्रमिक शान्ति क्याम्पस सञ्चालक समितिको बैठक, क्याम्पस सभाको बैठक तथा पोखरा विश्वविद्यालय कार्यकारी परिषद्को निर्णयका आधारमा गरिएको हो । सोही निर्णयअनुसार २०८२ साउन २७ गते भएको समझदारी पत्रमा पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. वेदराज के.सी. र रजिष्ट्रार सह–प्रा.डा. अजय थापा तथा श्रमिक शान्ति क्याम्पसका सञ्चालक समितिका अध्यक्ष हरिकृष्ण व्यञ्जनकार र क्याम्पस प्रमुख रोशन मैनालीले हस्ताक्षर गर्नुभएको थियो । यस्तै त्रिभुवन विश्वविद्यालयवाट सम्बन्धन लिई कार्यक्रम सञ्चालन गर्दै आएको सामुदायीक क्याम्पस श्रमिक शान्ति क्याम्पसलाई पोखरा विश्वविद्यालयको आंगिक क्याम्पसमा सञ्चालन गर्ने सम्बन्धमा पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. वेदराज के.सी. र त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्यालले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको थियो । यससँगै वि.सं. २०६४ मा स्थापना भएको श्रमिक शान्ति क्याम्पस औपचारिक रूपमा पोखरा विश्वविद्यालय अन्तर्गतको आंगिक क्याम्पसका रूपमा रूपान्तरण भई नयाँ कार्यक्रम सञ्चालन गर्न बाटो खुलेको छ ।

यसै शैक्षिक सत्रदेखि श्रमिक शान्ति क्याम्पसमा मानविकी तथा सामाजिक शास्त्र संकायतर्फ Bachelor of Arts Bachelor of Laws (BALLB) कार्यक्रम ४० विद्यार्थी क्षमतासहित, व्यवस्थापन संकायतर्फ Bachelor of Computer System and Information Technology (BCSIT) कार्यक्रम ४८ विद्यार्थी क्षमतासहित र विज्ञान तथा प्रविधि संकायतर्फ Bachelor of Artificial Intelligence and Data Science (BAIDS) कार्यक्रम ४८ विद्यार्थी क्षमतासहित सञ्चालन गर्ने गरी भर्ना प्रक्रिया समेत अगाडि बढाइएको छ । यिनमध्ये BALLB र BCSIT कार्यक्रम विश्वविद्यालयमा पहिलेबाट सञ्चालनमा रहेकामा BAIDS भने नयाँ कार्यक्रम हो ।

यससँगै पोखरा विश्वविद्यालयअन्तर्गत आंगिक महाविद्यालयहरूको संख्या पाँच पुगेको छ । यसअघि वि.सं. २०५६ मा स्कूल अफ बिजनेस, २०५७ मा स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्सेज, २०६० मा स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल इन्जिनियरिङ र २०६६ मा स्कूल अफ इन्जिनियरिङ आंगिक क्याम्पसका रूपमा स्थापना भएका थिए । हाल यी चार आंगिक स्कूलमा ४२ कार्यक्रम सञ्चालनमा छन् र ३४ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

सहमति अनुसार श्रमिक शान्ति क्याम्पसमा त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धनमा सञ्चालन भइरहेका BBS र MBS कार्यक्रममा नयाँ भर्ना अब रोकिएको छ । तर, हाल भर्ना भइसकेका विद्यार्थीले आफ्नो शैक्षिक अवधि पूरा नभएसम्म सोही कार्यक्रममा  निरन्तरता पाउनेछन् ।

 

पोखरा विश्वविद्यालय र नेपाल इन्जिनियरिङ काउन्सिलबीच सम्झौता

२०८२ भदौ ९ गते सोमबार, पोखरा–३०, कास्की ।

पोखरा विश्वविद्यालय (PU) र नेपाल इन्जिनियरिङ परिषद् (NEC) बीच Outcome Based Education (OBE) प्रवर्द्धन गर्ने र Washington Accord का प्रावधान अनुरूप मान्यता (Accreditation) प्रणाली विकास गर्ने सम्बन्धमा सम्झौता भएको छ । यही साउन २७ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा उक्त सम्झौतामा पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. डा. बेदराज के.सी. र नेपाल इन्जिनियरिङ परिषद्का अध्यक्ष प्रा. डा. पद्मबहादुर शाहीले हस्ताक्षर गर्नुभएको हो । सम्झौतामा साक्षीका रूपमा पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायका डीन सह–प्रा. बुद्धि राज जोशी र नेपाल इन्जिनियरिङ काउन्सिलका रजिष्ट्रार ई. ध्रुवराज भट्टराईले पनि हस्ताक्षर गर्नुभएको थियो ।

सम्झौता अनुसार दुवै संस्थाले इन्जिनियरिङ शिक्षाको गुणस्तर वृद्धि गर्नका लागि संयुक्त रूपमा विभिन्न गतिविधि सञ्चालन गर्नेछन् । यसमा OBE प्रणाली कार्यान्वयनका लागि अन्तरक्रिया तथा सेमिनार, शैक्षिक नेतृत्व क्षमता विकास, स्रोत तथा सामग्रीको साझेदारी, मार्गदर्शन पुस्तिका र नीतिगत दस्तावेज तयार गर्ने कार्य लगायतका कार्यक्रमहरू समावेश हुनेछन् । यी प्रयासहरूले नेपालमा इन्जिनियरिङ शिक्षालाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप उकास्ने र नेपाली इन्जिनियरहरूलाई अन्तर्राष्ट्रिय स्तरमा परिचालन गर्न सहज हुनेछ ।

नेपाल इन्जिनियरिङ काउन्सिलले इन्जिनियरिङ शिक्षाको गुणस्तर र व्यावसायिक दक्षता सुनिश्चित गर्न Washington Accord सँग सहकार्य अघि बढाएको छ भने, पोखरा विश्वविद्यालयले विश्वस्तरीय विश्वविद्यालय बन्ने लक्ष्यसहित OBE प्रणालीलाई शैक्षिक ढाँचामा समावेश गरी विद्यार्थीको सीप र क्षमता विकासमा जोड दिँदै आएको छ । यस सम्झौताले Washington Accord अनुकूल मान्यता प्रणाली स्थापना गर्न तथा इन्जिनियरिङ शिक्षामा गुणस्तरीय सुधारमार्फत राष्ट्रिय विकासमा योगदान पुर्याउन दुवै संस्थालाई सहज हुनेछ ।

व्यवस्थापन संकायको डीनमा प्रा.डा. ज्ञानेश्वर शर्मा नियुक्त

२०८२ भदौ ४ गते, पोखरा–३०, कास्की ।

पोखरा विश्वविद्यालय कार्यकारी परिषद्को २०८२ भदौ ३ गते बसेको बैठकले पोखरा विश्वविद्यालय ऐन, २०५३ को दफा २७ (३) बमोजिम पोखरा विश्वविद्यालय स्कूल अफ बिजनेसका प्रा.डा. ज्ञानेश्वर शर्मालाई व्यवस्थापन संकायको डीन पदमा चार वर्षका लागि नियुक्त गरेको छ ।

नवनियुक्त डीन शर्मालाई आज उपकुलपति कार्यालयमा आयोजित विशेष समारोहका बीच उपकुलपति प्रा.डा. बेद राज के.सी. ले पद तथा गोपनीयताको शपथ गराउनुभयो । शपथ ग्रहणपछि डीन शर्माले आफ्नो पदबहाली गर्नुभएको छ ।

“सामाजिक-आर्थिक असमानता न्यूनीकरणका लागि प्रविधिको प्रयोग” विषयक कार्यशाला सम्पन्न

२०८२ साउन १५ गते बिहीबार, पोखरा–३०, कास्की ।

पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्र (PURC) को आयोजनामा तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) नेपालको सहयोगमा “Smart Solutions, Local Impact: Technology for Reducing Socio-Economic Inequality” शीर्षकमा कार्यशाला आज पोखराको लेकसाइडस्थित होटल ल्याण्डमार्कमा सम्पन्न भएको छ।

कार्यशालाको उद्घाटन सत्रमा पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सह-प्रा. डा. नमराज धामीले पोखरा विश्वविद्यालय र UNDP नेपालका बीच बिगत चार बर्ष देखिको सहकार्य अत्यन्तै सफल रहेको उल्लेख गर्दै सम्पूर्ण सहभागीहरु लाइ स्वागत र कार्यशालाको कार्यक्रमका बारेमा प्रकाश पार्नु भयो। त्यस्तै संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) नेपालका Deputy Resident Representative Julien Chevillard ले सामाजिक-आर्थिक असमानता न्यूनीकरणमा डिजिटल प्रविधिको भूमिका र स्थानीय सरकारहरूलाई प्रविधिमैत्री बनाएर समावेशी, तथ्यमा आधारित निर्णय प्रक्रियाको आवश्यकता जोड दिनुभयो।

प्राविधिक सत्र अन्तर्गत UNDP नेपालका प्रतिनिधि सतिश पाण्डेले “Harnessing Digital Tools for Addressing Socio-Economic Vulnerability and for Social Equity” विषयमा आफ्नो प्रस्तुति दिनुभयो। उहाँले डिजिटल प्रविधिहरूको उपयोगमार्फत सामाजिक–आर्थिक रूपमा कमजोर वर्गको पहिचान, सेवा लक्षित गर्ने तरिका, र सामाजिक न्याय (social equity) प्रवर्द्धनका उपायहरूबारे प्रकाश पार्नुभयो। विशेषतः तथ्यांक (data) व्यवस्थापन, सूचना प्रणाली र प्रविधिमा आधारित निर्णय प्रक्रियाले सार्वजनिक सेवा पहुँचमा समावेशीता र समानताको सिद्धान्तलाई मजबुत बनाउने कुरामा उहाँले जोड दिनुभयो। बेनी नगरपालिकाका प्रमुख सुरत के.सी. र प्रमुख प्रशासकिय अधिकृत अर्जुन शर्माले बेनी नगरपालिकाले SEVIMS (Socio-Economic Vulnerability Index Mapping System) प्रणाली प्रयोग गरेर सामाजिक–आर्थिक रूपमा कमजोर (vulnerable) जनसंख्याको पहिचानलाई प्राथमिकता दिएको व्यावहारिक केस स्टडी प्रस्तुत गर्नुभयो। सो अवसरमा उहाँहरुले उक्त प्रणालीले योजना निर्माणमा तथ्यमा आधारित सोचलाई संस्थागत गर्दै, डेटा‑आधारित योजनाबद्धतामार्फत सेवा वितरणलाई प्रभावकारी मात्र होइन, लक्षित पनि बनाएको, साथै स्थानीय सरकारको निर्णय प्रक्रियालाई थप पारदर्शी, जवाफदेही र जनउत्तरदायी बनाएको प्रमाणहरु प्रस्तुत गर्नुभएको थियो । पोखरा विश्वविद्यालय स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल इन्जिनियरिङका सह–प्राध्यापक डा. ऋषिकेश पाण्डे र उप–प्राध्यापक डा. अर्जुन कुमार थापाले “Setting up Indicators, Scoring, and Composite Index to Calculate Socio-Economic Vulnerability” विषयमा प्रस्तुति दिनुभयो। सो अवसरमा उहाँहरूले सामाजिक–आर्थिक जोखिम (vulnerability) मापनका लागि आवश्यक सूचकहरू (indicators) को पहिचान, तिनको स्कोरिङ (scoring) विधि तथा समग्र सूचकांक (composite index) निर्माण प्रक्रिया प्रस्तुत गर्नुभयो। यस किसिमको तथ्यमा आधारित सूचकांकले नीति निर्माण र योजना तर्जुमा गर्दा जोखिममा रहेका जनसमूहलाई लक्षित गर्न मद्दत पुर्‍याउने कुरा उहाँहरूको प्रस्तुतीकरणको मूल सार रहेको थियो ।

कार्यशालाको विशेष सत्रमा “Integrating Local Knowledge with Smart Solutions” विषयमा स्थानीय सन्दर्भमा विद्यमान ज्ञान, अनुभव र प्रविधिको समायोजन कसरी प्रभावकारी रूपमा गर्न सकिन्छ भन्ने विषयमा विचार विमर्श गरियो। छलफलमा स्थानीय तहमा कार्यान्वयन हुने प्रविधिमूलक उपायहरू, नागरिक सहभागिता र उत्तरदायित्व सुनिश्चित गर्ने विषयमा बहस भएको थियो। प्यानल छलफलमा गण्डकी प्रदेश नीति तथा योजना आयोगका माननीय सदस्य दुर्गा लामिछाने, गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव ध्रुव गिरी, बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछाने पौडेल, र  Provincial and Local Governance Support Programme (PLGSP) का सूचना प्रविधि तथा ई-गभर्नेन्स विश्लेषक नागेश बडु प्यानलिस्टका रूपमा सहभागी हुनुहुन्थ्यो। प्यानल छलफलको सञ्चालन पोखरा विश्वविद्यालय, एभरेष्ट इन्जिनियरिङ कलेजका एसोसिएट प्रोफेसर इन्जिनियर विरोध रिजालले गर्नुभएको थियो।

समापन सत्रमा राष्ट्रिय बाणिज्य बैंकका डेप्युटी मेनेजर लुज: श्रेष्ठ, अन्नपूर्ण गाउँपालिकाका उपप्रमुख दिवा कुमारी तिलिजा पून, गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव ध्रुव गिरि, तथा गण्डकी प्रदेश नीति तथा योजना आयोग गण्डकीका माननीय सदस्य डा. योगेंद्र राज रिजालले समापन मन्तव्य राख्दै डिजिटल प्रविधिको समय सापेक्ष उपयोग गर्दै सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी र विश्वसनीय बनाउन आवश्यक रहेको र सो का लागि सम्पूर्ण सरोकारवालाहरुले सहकार्य गर्दै आगाडी बढ्नु पर्नेमा बिशेष जोड दिनुभयो ।

पोखरा विश्वविद्यालयका सहप्रशासक तेज नारायण पराजुलीले बिभिन्न गण्डकी प्रदेशका बिभिन्न मन्त्रालय, गण्डकी प्रदेश नीति तथा योजना आयोग, स्याङ्जा, पर्वत, म्याग्दी, र बाग्लुङका बिभिन्न नगरपालिका र गाउँ पालिका, UNDP नेपाल, राष्ट्रिय बाणिज्य बैंक, पोखरा विश्वविद्यालय लगायत २४ वटा संस्थाहरुबाट सहभागी हुनुभएका छयासीजना प्रतिनिधिहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा समेत सहाकार्यको निरन्तरताको अपेक्षा रहेको बिचार व्यक्त गर्नुभयो ।

कार्यशालाको समापन गर्दै पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सह-प्रा. डा. नमराज धामीले विश्वविद्यालय, सरकारी निकाय, र बिकास साझेदार संस्थाहरु बीचको त्रिपक्षीय सहकार्यबाट मात्रै दिगो विकास सम्भव हुने धारणा व्यक्त गर्दै पोखरा विश्वविद्यालय प्रदेश सरकार, स्थानीय सरकार, संघीय सरकार, र यूएनडिपी लगायातका निकायहरुसित दीर्घकालीन सहकार्य गर्दै अगाडि बढ्न इच्छुक रहेको र सो अनुरुप नीति, योजना, र कार्यक्रमहरु निर्माण गर्नु अपरिहार्य रहेको उल्लेख गर्नुभयो।

पोखरा विश्वविद्यालय २९ औं वर्षमा प्रवेश, दीर्घसेवा पदक सम्मानसहित वृक्षारोपण कार्यक्रम सम्पन्न

२०८२ श्रावण १ गते बिहीबार, पोखरा–३०, कास्की ।

पोखरा विश्वविद्यालय आजबाट २९ औं वर्षमा प्रवेश गरेको छ। वि.सं. २०५४ साल श्रावण १ गते पोखरा विश्वविद्यालय ऐन, २०५३ अनुसार स्थापना भएको यस विश्वविद्यालयले २९ औं स्थापना दिवसको अवसरमा केन्द्रीय कार्यालय परिसरमा वृक्षारोपण तथा दीर्घसेवा पदक सम्मान कार्यक्रम आयोजना गर्‍यो।

कार्यक्रमको उद्घाटन उपकुलपति प्रा.डा. वेदराज के.सी. ले पानसमा दीप प्रज्ज्वलन गरी गर्नुभयो। समारोहमा विश्वविद्यालयमा २५ वर्षभन्दा बढी सेवा गरेका शिक्षक तथा कर्मचारीहरूलाई दीर्घ सेवा पदक, सम्मानपत्र र दोसल्लाले सम्मान गरियो।

सम्मानित व्यक्तित्वहरूमा रजिष्टार सह–प्रा.डा. अजय थापा, सह–प्रशासक गोबर्धन भट्टराई, उप–प्रशासक सीता देवी ढकाल, मुख्य सहायकहरू बिमल कार्की र पुरूषोत्तम रानाभाट, सवारी चालक झगबहादुर कमर तथा कार्यालय सहयोगीहरू दुर्गा रेग्मी र जोगीराम नेपाली हुनुहुन्छ।

कार्यक्रममा उपकुलपति प्रा.डा. के.सी. ले विश्वविद्यालय उच्च शिक्षाको एक महत्वपूर्ण संस्थाको रूपमा स्थापित भइसकेको बताउँदै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा यसलाई चिनाइराख्न आवश्यक नरहेको धारणा व्यक्त गर्नुभयो। उहाँले विश्वविद्यालयको हालको उचाइमा पुग्न योगदान दिने पूर्वपदाधिकारी, समाजसेवी, शिक्षासेवीहरूप्रति आभार प्रकट गर्दै, २५ औं विश्वविद्यालय सभामार्फत अघि सारिएका नीति तथा कार्यक्रमहरू अझ प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा पोखरा विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा. तीर्थराज अर्यालले आयोगले विश्वविद्यालयको मार्गनिर्देशनअनुसार कार्य गर्दै आएको उल्लेख गर्दै, आगामी दिनमा पनि लक्ष्य र योजनासँग समन्वय गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यस्तै, रजिष्टार सह–प्रा.डा. अजय थापाले पोखरा विश्वविद्यालयसँगै आफू हुर्किएको अनुभव साझा गर्दै २५ वर्ष निरन्तर सेवामा रहन पाउँदा गर्व महसुस भएको बताउनुभयो । सुरुमा स्नातकोत्तर  तहमा १२–१५ जना र स्नातक तहमा २८ जना विद्यार्थी तथा ८–१० जना कर्मचारीबाट सुरु भएको विश्वविद्यालय हाल ६५ वटा कलेजमार्फत ३५ हजारभन्दा बढी विद्यार्थीलाई उच्च शिक्षाको अवसर प्रदान गरिरहेको उल्लेख गर्दै उहाँले यस सफलताको श्रेय सम्पूर्ण संस्थापक, पदाधिकारी, शिक्षक, कर्मचारी र विद्यार्थीहरूलाई जान्छ भन्ने धारणा राख्नुभयो ।

पूर्व रजिष्टार प्रा.डा. दीपकबहादुर भण्डारीले आफ्नो कार्यकालमा भौतिक पूर्वाधार विकासमा उल्लेखनीय योगदान रहेको स्मरण गर्दै, अबको प्राथमिकता कलेज विस्तार गरी देशका विभिन्न भागमा उच्च शिक्षाको पहुँच पुर्‍याउनु पर्नेमा जोड दिनुभयो।

व्यवस्थापन संकायका डीन सह–प्रा.डा. दयाराज ढकालले “पोखरा विश्वविद्यालयप्रति अगाध अगाध प्रेम गर्छु” भन्दै विश्वविद्यालयप्रतिको गहिरो लगाव प्रकट गर्नुभयो।

प्राध्यापक संघका सभापति सह–प्रा.डा. निरञ्जन श्रेष्ठले पूर्वपदाधिकारीहरूको सामाजिक योगदानको कदर गर्दै, सेवा आयोगको वार्षिक कार्यतालिका तयार पारी अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

स्कूल अफ बिजनेसका निर्देशक सह–प्रा.डा. श्रृजन ज्ञवालीले विश्वविद्यालयको जन्मदिन खुशीको मुडमा मनाइँदै गरेको बताउँदै, कसैको शारीरिक त कसैको बौद्धिक योगदानको सदुपयोग गर्दै विश्वविद्यालयप्रति गर्व महसुस हुने वातावरण निर्माण गर्न सबै सकारात्मक हुनुपर्नेमा जोड दिनुभयो।

पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक सह–प्रा.डा. पूर्णबहादुर खाँडले विश्वविद्यालयको गुणस्तर उच्च रहेको र यसको प्रभावकारी उपस्थिति देशभर फैलिएको उल्लेख गर्नुभयो।

कर्मचारी संघकी कार्यवाहक अध्यक्ष बन्दना गोदार थापाले कर्मचारीको वृति विकास, सरुवा, बढुवा र पदोन्नति प्रक्रियामा स्पष्टता ल्याउनुपर्ने तथा विश्वविद्यालयले तालिम र अनुसन्धानमा समेत ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो।

दीर्घ सेवा पदकबाट सम्मानित कर्मचारी पुरूषोत्तम रानाभाटले शिक्षाको गुणस्तरमा विशेष ध्यान दिनुपर्ने र विश्वविद्यालयलाई अगाडि बढाउन कर्मचारीहरूलाई जिम्मेवारीसाथ संलग्न गरिनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा स्वागत मन्तव्य सह–प्रशासक तेजनारायण पराजुलीले राख्नुभयो। उहाँले विश्वविद्यालयको वर्तमान उचाइमा ल्याउन अग्रजहरूको योगदान अतुलनीय रहेको भन्दै संस्थाको साख अझ उचो बनाउने जिम्मेवारी सबैको भएको बताउनुभयो। कार्यक्रमको सञ्चालन सह–प्रशासक तारादेवी सापकोटाले गर्नुभएको थियो।

वैज्ञानिक लेखन तथा प्रकाशन आचारसंहितासम्बन्धी दुई दिने तालिम सम्पन्न


२०८२ असार २८ गते आइतबार, पोखरा–३०, कास्की ।

पोखरा विश्वविद्यालय, स्वास्थ्य विज्ञान संकायद्वारा आयोजित “Scientific Writing and Publication Ethics” शीर्षकको दुई दिने फ्याकल्टी डेभलपमेन्ट तालिम आज मट्टीखान माउन्ट भ्यू रिसोर्ट पोखरा, कास्कीमा सम्पन्न भएको छ।

उक्त तालिमको उद्घाटन स्वास्थ्य विज्ञान संकायका डीन प्रा. डा. विष्णु राज तिवारीले गर्नु भयको थियो। उद्घाटन सत्रमा उहाँले प्राध्यापनलाई प्रभावकारी बनाउँन अनुसन्धानमूलक ज्ञानको आवश्यकता औंल्याउँदै वैज्ञानिक लेखन र प्रकाशन आचारसंहिता सम्बन्धी तालिमले अध्ययन–अध्यापनमा सहजता ल्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले यस्ता तालिमहरूले पठनपाठन र मनोवृत्तिमा सकारात्मक परिवर्तन ल्याउने उल्लेख गर्नुभयो।

कार्यक्रममा बोल्दै पोखरा विश्वविद्यालयका सभासद तथा संकायका संस्थापक डीन सह–प्रा. डा. खेमराज जोशीले फ्याकल्टी डेभलपमेन्ट तालिमले शिक्षकमाझ आवश्यक सीप अभिवृद्धि गर्दै अध्ययन–अध्यापनलाई सहज बनाउने बताउनुभयो। साथै, उहाँले प्राध्यापकहरू केवल कक्षाकोठामा मात्र नभई समाजकै लागि प्रेरणाको स्रोत बन्नुपर्ने धारणा राख्नुभयो।

स्वास्थ्य विज्ञान संकायका निवर्तमान डीन सह–प्रा. डा. अमर नागिलाले शिक्षण पेशामा गरिमा र सम्मानसँगै चुनौती पनि रहेको उल्लेख गर्नुभयो। प्राध्यापकको भूमिका केवल प्राध्यापनमा मात्र नभई अनुसन्धानमा पनि केन्द्रित हुनुपर्ने र उक्त अनुसन्धानलाई शिक्षण सिकाइमा जोड्नु पर्ने बताउनुभएको थियो । साथै, आफैंले सुरु गरेको यो कार्यक्रमलाई निरन्तरता दिनुभयकोमा वर्तमान डीनलाई धन्यवाद दिनुभयो।

तालिममा पोखरा विश्वविद्यालयका अंगिक तथा सम्बन्धन प्राप्त विभिन्न संस्थाहरू — स्कुल अफ हेल्थ एण्ड एलाईड साइन्सेज पोखरा, पोखरा विश्वविद्यालय शिक्षण अस्पताल, नोबेल कलेज काठमाडौं, क्रिमसन कलेज अफ टेक्नोलोजी बुटवल, बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल नर्सिङ कलेज भरतपुर, तथा हिमालय आई इन्स्टिच्युट पोखरा बाट फ्याकल्टी सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमको सञ्चालन उप–प्राध्यापक निमबहादुर डाँगीले गर्नु भएको थियो भने उद्घाटन सत्रको सहजीकरण उप–प्राध्यापक विजय सुबेदीले गर्नुभएको थियो। उक्त तालिममा सह–प्रा. डा. डमरु प्रसाद पनेरु, सह–प्रा. डा. नमराज धामी, सह–प्रा. डा. दिपेन्द्र कुमार यादव, सह–प्रा. डा. खेमराज जोशी, डा. पार्वती थापा, डा. राजकुमार थापा तथा चिरन्जीवी अधिकारीले विभिन्न विधामा प्रस्तुति दिनुभएको थियो।

पोखरा विश्वविद्यालयको २५ औं साधारण सभा सम्पन्न, १ अर्ब ५४ करोडको बजेट पारित

२०८२ असार २६ गते बिहीबार, पोखरा–३०, कास्की ।

सम्माननीय प्रधानमन्त्री तथा पोखरा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा २०८२ असार २५ गते बुधबार प्रधानमन्त्री निवास, बालुवाटारमा सम्पन्न पोखरा विश्वविद्यालयको २५औँ साधारण सभाले आर्थिक वर्ष २०८२/८३ का लागि विभिन्न नीति, कार्यक्रम र कुल १ अर्ब ५४ करोड बराबरको बजेट पारित गरेको छ। साथै, सभामा विश्वविद्यालयका विभिन्न नियमावलीहरूमा संशोधन गर्ने प्रस्तावहरू स्वीकृत गर्नुका साथै केही महत्वपूर्ण नीतिगत निर्णयहरू पनि पारित गरिएको छ।

सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वविद्यालयलाई अनुसन्धानमुखी, प्रतिस्पर्धी र स्वदेशमै उत्कृष्ट उच्च शिक्षाको केन्द्रका रूपमा रूपान्तरण गर्न सबै पक्ष गम्भीर र प्रतिबद्ध रहनुपर्ने आवश्यकतामा जोड दिनुभयो। त्यसैगरी, शिक्षामन्त्री तथा विश्वविद्यालयका सहकुलपति माननीय रघुजी पन्तले विश्वविद्यालय शिक्षा प्रणालीलाई अनुसन्धानमुखी बनाउन आवश्यक रहेको बताउनु भयो । 

पोखरा विश्वविद्यालयको २५ औँ साधारण सभाको बैठकमा उपकुलपति प्रा.डा. वेदराज के.सी. द्वारा प्रस्तुत स्वागत तथा नीतिगत मन्तव्यमा विश्वविद्यालयलाई गुणस्तरीय, समावेशी र प्रगतिशील शैक्षिक संस्थाका रूपमा विकास गर्ने दिगो योजना समेटिएको छ। अनुसन्धान, नवप्रवर्तन, उद्यमशीलता प्रवर्द्धन, सूचना प्रविधिको उपयोग, स्वास्थ्य शिक्षा, श्रम बजार अनुरूपका कार्यक्रम, गुणस्तर प्रत्यायन (QAA), शैक्षिक सुधार तथा विद्यार्थीमैत्री पूर्वाधार निर्माणलगायतका विषयमा पनि नीतिगत मन्तव्यमा समेटिएका छन् ।

त्यसैगरी, सोही सभाले आर्थिक वर्ष २०८२/८३ का लागि रु. १ अर्ब ५४ करोड १२ लाख बराबरको बजेट समेत पारित गरेको छ। विश्वविद्यालयका रजिष्टार सह–प्रा.डा. अजय थापाद्वारा प्रस्तुत बजेट अनुसार पूँजीगत खर्चतर्फ रु. ४५ करोड ७३ लाख १५ हजार, शिक्षण तथा कर्मचारी तलबभत्ता खर्चतर्फ रु. ६३ करोड ९ लाख ६२ हजार र सञ्चालनतर्फ रु. ४५ करोड २९ लाख २३ हजार विनियोजन गरिएको छ।

 

पोखरा विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायद्वारा तथ्यांक विज्ञान तथा निर्णय निर्माण कार्यशाला सम्पन्न !


२०८२ असार २४ गते मंगलबार, पोखरा–३०, कास्की ।

पोखरा विश्वविद्यालय, विज्ञान तथा प्रविधि संकायले स्कूल अफ इन्जिनियरिङ्गसँगको सहकार्यमा र एमएस्सी बायोइन्फर्मेटिक्स कार्यक्रमको समन्वयमा “तथ्यांक विज्ञान र निर्णय निर्माणः उपकरण, प्रविधि र अनुप्रयोगहरू” शीर्षकको दुईदिने मानव संशाधन विकास कार्यक्रम २०८२ आषाढ २०–२१ गते (२०२५ जुलाई ४–५) विजयपुर ब्लक बि को “EGEA Green Lab”  मा सफलतापूर्वक सम्पन्न गरेको छ ।

विश्वविद्यालयमा प्राध्यापनरत प्राध्यापकहरू तथा बायोइनफर्मेटिक्स कार्यक्रममा अध्ययनरत विद्यार्थीहरुलाई पाइथन प्रोग्रामिङमार्फत तथ्याङ्क विश्लेषण सिकाउन र कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी आधुनिक उपकरण र प्रविधिहरूको प्रयोगमा दक्ष बनाउन कार्यशाला आयोजना गरिएको विज्ञान तथा प्रविधि संकायका डीन बुद्धि राज जोशीले बताउनुभयो । कार्यशालाको उद्घाटन तथा समापन समारोहमा बोल्दै डीन जोशीले विश्वविद्यालयभित्र अन्तरसंकाय अनुसन्धान प्रवद्र्धन गर्न यस्ता कार्यशालाहरुलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यशालाको उद्घाटन सत्रमा स्कूल अफ इन्जिनियरिङ्गका निर्देशक डा. ओम प्रकाश गिरीले स्वागत मन्तव्य तथा पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक डा. नमराज धामीले शुभकामना मन्तव्य राख्नुभएको थियो । त्यसै गरी समापन समारोहमा लुम्बीनी प्राविधिक विश्वविद्यालय सुचना प्रविधि तथा इन्जिनियरिङ्ग संकायका डीन डा. निरज केसी र पोखरा विश्वविद्यालय प्राध्यापक संघका सभापति डा. निरञ्जन श्रेष्ठले कार्यशालाले आफ्नो लक्ष्य हाँसिल गरेको र बाँकी सहभागीहरुको अभ्यासमा निर्भर रहने विचार व्यक्त गर्नुभयो ।

कार्यशालाको दुई दिनका विभिन्न सत्रहरुमा गण्डकी विश्वविद्यालय, विज्ञान तथा प्रविधि संकायका डीन डा. कपिल अधिकारी, लुम्बीनी प्राविधिक विश्वविद्यालय सुचना प्रविधि तथा इन्जिनियरिङ्ग संकायका डीन डा. निरज केसी, फिजिक्स रिसर्च इनिसिएटिभ्सका अनुसन्धान अधिकृत आबिष्कार भुषाल तथा पोखरा विश्वविद्यालय स्कूल अफ इन्जिनियरिङ्गका उप प्राध्यापकहरू यज्ञ नाथ रिमाल र मदन बरालले सहजिकरण गर्नुभएको थियो ।
कार्यशालामा तथ्यांक विज्ञान, पाइथन प्रोग्रामिङमार्फत संख्यात्मक तथा गुणात्मक तथ्याङ्क विश्लेषण, कृत्रिम बौद्धिकता (एआई) तथा मेशिन लर्निङ्गको आधारभूत अवधारणा तथा व्यावहारिक प्रयोग तथा नेपालमा यो क्षेत्रका नीति, पूर्वाधार र अनुसन्धान समावेशीकरणका विषयवस्तुमा छलफल भएको थियो ।

कार्यशालामा विश्वविद्यालयका विभिन्न संकाय तथा स्कूलमा अध्यापनरत २० प्राध्यापक तथा स्कूल अफ इन्जिनियरिङ्गमा एमएस्सी बायोइन्फर्मेटिक्स कार्यक्रम प्रथम वर्षमा अध्ययनरत ६ जना विद्यार्थीहरु गरी कुल २६ जनाको सहभागीता रहेको थियो । एमएस्सी बायोइन्फर्मेटिक्स कार्यक्रमका कार्यक्रम संयोजक मदन बरालको संयोजनमा सम्पन्न कार्यशालाको व्यवस्थापनमा सोही कार्यक्रम अध्ययनरत विद्यार्थीहरुले विशेष भूमिका निर्वाह गरेका थिए ।

“Ethics in Health Research and Standard Operation Procedures (SOPs)” सम्बन्धी कार्यशाला सम्पन्न

२०८२ असार ११ गते बुधबार, पोखरा–३०, कास्की ।

पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रको आयोजनामा तथा नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC), काठमाडौंको सहकार्यमा “Ethics in Health Research and Standard Operation Procedures (SOPs)” विषयक एकदिने प्रशिक्षण कार्यशाला हिजो मंगलबार सम्पन्न भएको छ । विश्वविद्यालयको केन्द्रीय सभाकक्षमा सञ्चालन गरिएको उक्त कार्यशालाको मुख्य उद्देश्य स्वास्थ्य अनुसन्धानसम्बन्धी नियम, निर्देशिका, नीति तथा नैतिकताको विषयमा पोखरा विश्वविद्यालयको Institutional Review Committee (IRC) का नयाँ र पुराना सदस्यहरूलाई जानकारी गराउनुका साथै कार्यविधिहरू अद्यावधिक गर्नु रहेको थियो । यस अवसरमा पोखरा विश्वविद्यालय IRC का गतिविधि तथा SOP अद्यावधिकसम्बन्धी प्रस्तुति समेत प्रदान गरिएको थियो ।

कार्यक्रममा स्वास्थ्य विज्ञान संकायका डीन प्रा.डा. विष्णुराज तिवारी, पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सह–प्रा.डा. नमराज धामी, पोखरा विश्वविद्यालय IRC का अध्यक्ष डा. सुरेश जैसवाल, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख (सदस्य सचिव) डा. प्रमोद जोशीले स्वागत मन्तव्य राख्दै शुभकामना व्यक्त गर्नुभएको थियो ।

उक्त अवसरमा कार्यक्रममा परिषद्का कार्यकारी प्रमुख डा. प्रमोद जोशीले परिषद्को भूमिका र कार्यहरूको बारेमा विस्तृत जानकारी गराउनु भएको थियो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का IRC एक्रिडिएशन उपसमितिका संयोजक डा. हरिप्रसाद ढकालले “Guidelines for Institutional Review Committees (IRCs)” सम्बन्धी प्रस्तुति दिनु भएको थियो भने परिषद् अन्तर्गत ईथिकल रिभ्यू अनुगमन तथा मूल्याङ्कन शाखाकी नमिता घिमिरेले “National Ethical Guidelines for Health Research in Nepal 2022” का मुख्य अंशहरू प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा पोखरा विश्वविद्यालय र परिषद्का विशेषज्ञहरू, IRC सदस्यहरू तथा विभिन्न संकायका प्राध्यापकहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन उप–प्रा. चिरञ्जीवी अधिकारीले गर्नुभएको थियो ।

विद्यार्थीद्वारा सञ्चालित “चिया चपाउ” : BED कार्यक्रमको स्वादिलो सफलताको उदाहरण

२०८२ असार ६, पोखरा 
पोखरा विश्वविद्यालयको स्कुल अफ डेभलपमेन्ट एन्ड सोसल इन्जिनियरिङ (SDSE) अन्तर्गत सञ्चालित Bachelor of Entrepreneurship Development (BED) कार्यक्रमका चार छात्राले अध्ययनकै क्रममा सुरु गरेको “चिया चपाउ” नामक रचनात्मक स्टार्टअप अहिले पोखराको पृथ्वीनारायण क्याम्पस गेटमा धेरैको आकर्षणको केन्द्र बनेको छ।

स्तुति थापा, मञ्जु तिवारी, यनिका भट्टराई र नम्रता पौडेल BED को आठौं सेमेस्टरमा छन्। उनीहरूले सातौं सेमेस्टरमा चिया व्यवसायसम्बन्धी अनुसन्धान गरेर, त्यसकै प्रयोगात्मक अभ्यासस्वरूप खान मिल्ने इडिबल कपमा चिया बेच्ने फरक र वातावरणमैत्री व्यवसाय सुरु गरेका हुन्। भाइरल टिकटक भिडियोपछि चर्चामा आएको “चिया चपाउ” दैनिक सयौं ग्राहकलाई मीठो स्वाद र नयाँ अनुभव दिइरहेको छ।

देशबाट विदेश पलायनको लहर चुलिएको यो परिवेशमा विद्यार्थी अवस्थामै आफ्नै व्यवसाय सुरु गर्ने आँट र सक्रियता आजको शिक्षाले कसरी व्यवहारमा रुप लिन सक्छ भन्ने उदाहरण बनेको छ। चिया मात्रै नभई उद्यमशील सोच, अध्ययनलाई व्यवहारमा उतार्ने सीप र आत्मनिर्भर बन्ने दृष्टिकोणको स्वाद पनि “चिया चपाउ” मा मिसिएको छ।

पोखरा विश्वविद्यालयले २०७७ फागुन २१ गते सुरु गरेको BED कार्यक्रम नेपालको शैक्षिक इतिहासमै उद्यमशीलता विकासमा केन्द्रित स्नातक तहको पहिलो कार्यक्रम हो, जुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र विश्वविद्यालयको सहकार्यमा सञ्चालित छ। यस कार्यक्रमले युवालाई केवल जागिर खोज्ने होइन, रोजगारी सिर्जना गर्ने क्षमता विकासमा जोड दिएको छ।

कार्यकारी परिषद्द्वारा दुई पदाधिकारीको नियुक्ति

२०८२ असार १ गते, आइतबार, पोखरा–३०, कास्की।

मिति २०८२ जेठ ३० गते बसेको पोखरा विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णयअनुसार, पोखरा विश्वविद्यालय स्कूल अफ इन्जिनियरिङका सह–प्राध्यापक डा. दिपाञ्जल श्रेष्ठलाई पोखरा विश्वविद्यालय पदाधिकारीको काम, कर्तव्य र अधिकारसम्बन्धी नियमावली, २०५५ को नियम ३२ (३) बमोजिम विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रको कार्यकारी निर्देशक पदमा चार वर्षको कार्यकालका लागि नियुक्त गरिएको छ। त्यसैगरी, सोही दिन बसेको कार्यकारी परिषद्को बैठकको अर्को निर्णयअनुसार स्कूल अफ इन्जिनियरिङकै सह–प्राध्यापक ई. प्रकाश बहादुर अधिकारीलाई विश्वविद्यालयको योजना तथा कार्यक्रम महाशाखाको प्रमुख पदमा पनि चार वर्षका लागि नियुक्त गरिएको छ। नवनियुक्त दुबै पदाधिकारीहरूले आजै पदभार ग्रहण गर्नुभएको छ।

नवनियुक्त पदाधिकारीहरुलाई हार्दिक बधाई ज्ञापन गर्दै उहाँहरूको कार्यकाल सफल, प्रभावकारी र उपलब्धिमूलक रहोस् भन्ने शुभकामना व्यक्त गर्दछौं।

चार दिने व्यवसाय इनक्युबेसन कार्यशाला सुरु

२०८२ जेठ २९ गते, पोखरा–३०, कास्की

नवप्रवर्तन र उद्यमशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले पोखरा विश्वविद्यालय इन्क्युबेसन केन्द्रद्वारा आयोजित चार दिने व्यवसाय इनक्युबेसन कार्यशाला’  सुरु भएको छ। कार्यक्रमको उद्घाटन विज्ञान तथा प्रविधि संकायका डीन सह–प्रा. बुद्धिराज जोशी र स्कूल अफ इन्जिनियरिङका स्कूल निर्देशक डा. ओमप्रकाश गिरिले संयुक्त रुपमा कार्यशालाको पोस्टरमा हस्ताक्षर गरेर गर्नुभयो।

कार्यशालामा आफ्नो मन्तव्य दिँदै विज्ञान तथा प्रविधि संकायका डीन सह–प्रा. बुद्धिराज जोशीले विद्यार्थीका नविनतम विचारलाई व्यवहारमा रूपान्तरण गर्ने प्रयासमा विश्वविद्यालय प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। स्कूल अफ इन्जिनियरिङका सह–प्रा. डा. दीपाञ्जल श्रेष्ठले कार्यशालाको उद्देश्यबारे जानकारी दिँदै समस्या पहिचानदेखि दीगो व्यवसाय निर्माणसम्म आवश्यक संरचना, सीप र मार्गदर्शन प्रदान गरिने बताउनु भयो । कार्यशालामा करिब ८० जना विद्यार्थी सहभागी छन्। अन्तिम दिन १५ जुनमा आयोजना हुने आइडिया पिचिङ’ प्रतिस्पर्धाबाट उत्कृष्ट टोलीले बीउ पुँजीसहित इनक्युबेसन सुविधा प्राप्त गर्नेछ।

प्रारम्भिक सत्रमा पोखरा विश्वविद्यालय स्कूल अफ बिजनेशका स्कूल निर्देशक सह–प्रा. डा. श्रृजन ज्ञवाली, इन्जिनियर रवि भण्डारी, किरण कुमार कुँवर र कुलदीप पौडेलले डिजाइन थिङ्किङ, बजार अनुसन्धान र लिन क्यानभास आधारित व्यवसायिक मोडल निर्माणबारे प्रशिक्षण दिनुभयो। दोस्रो दिन रामप्रसाद तिवारीले एमभीपी रोडम्याप तयार पार्ने कार्यशाला सञ्चालन गर्नुभयो। टोलीहरूलाई १०० रुपैयाँको बजेटमा २४ घण्टामा प्रयोगात्मक समाधान ल्याउने चुनौती दिइएको थियो।

त्यसपछि ग्रीन डेभलपमेन्ट बैंकका सीईओ हरि बहादुर बुढाथोकीले वित्तीय विश्लेषण र बजार जोखिम मूल्याङ्कनबारे व्यावहारिक अभ्यास गराउनुभयो। Bibek Shrestha & Associates का बिबेक श्रेष्ठले बौद्धिक सम्पदा अधिकार र ट्रेडमार्क दर्ताको कानुनी प्रक्रिया सिकाउनुभयो।

तेस्रो दिन श्री रामप्रसाद तिवारी र विजय भट्टराईले पिच डेक, ब्रान्डिङ, कस्टमर जर्नी म्यापिङगो-टु-मार्केट रणनीति सम्बन्धी प्रशिक्षण दिनुभयो। सहभागी टोलीहरूले Facebook Ads Manager मा डेमो क्याम्पेन सञ्चालन गरी डिजिटल बजारको अनुभव प्राप्त गरे। कार्यशालाको Seed Fund सम्बन्धी मार्गदर्शन श्री विश्वास आचार्यले गर्नुभयो। कार्यक्रम सञ्चालन उप–प्राध्यापक जीवन भण्डारीले र स्वागत मन्तव्य उप–प्राध्यापक डा. शान्ति देवी क्षेत्रीले गर्नुभएको थियो। कार्यशाला असार १, २०८२ सम्म चल्नेछ ।

 

 

डीन तथा परीक्षा नियन्त्रक नियुक्त

२०८२ जेठ २१ गते, बुधबार, पोखरा–३०, कास्की।

मिति २०८२ जेठ २० गते बसेको पोखरा विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले हालसालै रिक्त भएका विभिन्न संकायका डीन तथा परीक्षा नियन्त्रकको नियुक्ति गरेको छ। कार्यकारी परिषद्को बैठकको निर्णयअनुसार पोखरा विश्वविद्यालय ऐन, २०५३ को दफा २७ (३) बमोजिम पोखरा विश्वविद्यालय स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्सेजका प्रा.डा. विष्णुराज तिवारीलाई स्वास्थ्य विज्ञान संकायको डीन, पोखरा विश्वविद्यालय स्कूल अफ इन्जिनियरिङका सह–प्रा. ई. बुद्धिराज जोशीलाई विज्ञान तथा प्रविधि संकायको डीन, र पोखरा विश्वविद्यालय स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल इन्जिनियरिङका उप–प्रा.डा. सुरेन्द्र तिवारीलाई मानविकी तथा सामाजिक शास्त्र संकायको डीन पदमा चार वर्षका लागि नियुक्त गरिएको छ। त्यसैगरी, सोही बैठकको निर्णयअनुसार पोखरा विश्वविद्यालय स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्सेजका उप–प्रा. राजु पाण्डेयलाई पोखरा विश्वविद्यालय पदाधिकारीको काम, कर्तव्य र अधिकारसम्बन्धी नियमावली, २०५५ को नियम १५ (३) बमोजिम परीक्षा नियन्त्रक पदमा चार वर्षका लागि नियुक्त गरिएको छ। नवनियुक्त पदाधिकारीहरुलाई पोखरा विश्वविद्यालयको उपकुलपति कार्यालयमा आज आयोजित विशेष समारोहबीच उपकुलपति प्रा.डा. बेदराज के.सी.ले पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो।

नवनियुक्त पदाधिकारीहरुलाई हार्दिक बधाई ज्ञापन गर्दै उहाँहरूको कार्यकाल सफल, प्रभावकारी र उपलब्धिमूलक रहोस् भन्ने शुभकामना व्यक्त गर्दछौं।

सायबर सुरक्षा जनचेतना अभिवृद्धिका लागि सेमिनार सम्पन्न

२०८२ जेठ १४ गते, बुधबार, पोखरा–३०, कास्की — पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रको आयोजनामा “Cybersecurity Awareness Program” शीर्षकमा एक दिवसीय सेमिनार आज विश्वविद्यालयको केन्द्रीय कार्यालयस्थित सभा हलमा सम्पन्न भएको छ।

इरास्मस+ कार्यक्रमअन्तर्गत सञ्चालित “Cybersecurity for All (CS4ALL)” परियोजनाको एक अङ्गका रूपमा आयोजित उक्त सेमिनारमा विश्वविद्यालयमा कार्यरत शिक्षक, कर्मचारी तथा CS4ALL Student Club मा आबद्ध विद्यार्थीसहित १०० जनाभन्दा बढीको सक्रिय सहभागिता रहेको थियो। । 

कार्यक्रममा सह–प्रा. डा. नमराज धामी, सह–प्रा. डा. दीपाञ्जल श्रेष्ठ, उप–प्राध्यापक डा. उदयराज ढुंगाना र उप–प्राध्यापक ई. भेष बहादुर थापाले सायबर सुरक्षा र विश्वविद्यालयमा यसको प्रयोग तथा महत्वका विषयमा प्रस्तुति दिनुभएको थियो। उहाँहरुले डिजिटल युगमा सायबर जोखिम, चुनौतीहरू र तिनका समाधानका उपायहरूबारे सहभागीहरूलाई जानकारी गराउनुका साथै व्यावहारिक सन्दर्भमा सायबर सुरक्षाको आवश्यकता औँल्याउनुभएको थियो।

पोखरा विश्वविद्यालय अन्तर्गत सञ्चालित CS4ALL परियोजनामा अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सह–प्रा. डा. नमराज धामी परियोजनाका प्रोजेक्ट म्यानेजरको भूमिकामा रहनुभएको छ। प्रोजेक्ट टिममा सह–प्रा. डा. मधुसुधन कायस्थ, सह–प्राध्यापक ई. बुद्धिराज जोशी, सह–प्रा. डा. दीपाञ्जल श्रेष्ठ,  उप–प्रा. डा. उदयराज ढुंगाना, उप–प्राध्यापक भेष बहादुर थापा, सह–प्रशासक तेजनारायण पराजुली, सहायक प्रशासक चनमति तामाङ, सहायक प्रशासक सरला भट्ट र ई. सन्दीप अधिकारी सदस्यका रूपमा आवद्ध हुनुहुन्छ।

उक्त परियोजनाको उद्देश्य विश्वविद्यालय समुदायमा सायबर जोखिमबारे चेतना अभिवृद्धि गर्नुका साथै डिजिटल सुरक्षालाई संस्थागत रूपमा सुदृढ बनाउनु हो। परियोजनाअन्तर्गत उच्च शिक्षा संस्थानहरूमा सायबर सुरक्षासम्बन्धी पाठ्यक्रम विकास, आईटी कक्षहरूको आधुनिकीकरण, वयस्क सिकाइका लागि Micro-credentials कार्यक्रम सञ्चालन तथा नागरिक समाजमा सायबर सुरक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिंदै आएका छन्। नेपाल, भारत र इन्डोनेसिया सहभागी देशका रूपमा CS4ALL परियोजनामा आबद्ध छन्।

परियोजनामा भारतको लभली प्रोफेसनल विश्वविद्यालय (Lovely Professional University) प्रमुख संयोजकको रूपमा रहेको छ भने नेपालबाट पोखरा विश्वविद्यालय, दीर्घायु नेपाल, एक्सनएड नेपाल र सुदूरपश्चिम विश्वविद्यालय सहभागी छन्।  CS4ALL परियोजना नेपाल, भारत र इन्डोनेसियामा सायबर सुरक्षासम्बन्धी ज्ञान, सीप र उपकरणहरू उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको हो। परियोजनाले कुल ३२ शिक्षक र १६० जना विद्यार्थीलाई प्रशिक्षण दिने, ८ वटा उच्चशिक्षा संस्थामा नयाँ वा अद्यावधिक पाठ्यक्रम समावेश गर्ने, २४० जना वयस्क तथा सरकारी/निजी क्षेत्रका कर्मचारीहरूलाई दीर्घकालीन सायबर सुरक्षा शिक्षा प्रदान गर्ने लगायतका लक्ष्य राखेको छ। सन् २०२३ जुलाई १ देखि सञ्चालनमा आएको उक्त परियोजना २०२६ जुन ३० सम्म चल्ने छ । परियोजनाले कुल ७,९९,९९९ युरोको आर्थिक सहयोग प्राप्त गरेको छ।

Pokhara University Champions Gender Equality in Academia through MAGENDA Project

पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रद्वारा PURC Seminar Series को १८ औं श्रृंखला सम्पन्न

२०८२ जेठ १ गते, बिहीबार, पोखरा–३०, कास्की ।

पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्र (PURC) द्वारा “PURC Seminar Series” अन्तर्गतको १८ औं श्रृंखला आज सम्पन्न भएको छ। उक्त कार्यक्रममा नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्क (NREN) का कार्यकारी निर्देशक डा. राजन पराजुली प्रमुख वक्ताको रूपमा सहभागी हुनुहुन्थ्यो। उहाँले  पोखरा विश्वविद्यालय केन्द्रीय कार्यालयको सेमिनार हलमा आयोजित उक्त कार्यक्रममा “Role of Research and Education Networks (RENs) in Strengthening Research Ecosystems in Universities” विषयमा प्रस्तुति दिँदै विश्वविद्यालयमा अनुसन्धानको वातावरण मजबुत बनाउन रिसर्च एण्ड एजुकेशन नेटवर्क (NREN) को भूमिकाका बारेमा प्रकाश पार्नुभएको थियो ।

डा. पराजुलीले थाइल्यान्डको Asian Institute of Technology बाट Gender and Development Studies मा पीएचडी प्राप्त गर्नुभएको हो। उहाँ टेलिमेडिसिन सोसाइटी अफ नेपालका बोर्ड सदस्यसमेत हुनुहुन्छ। उहाँको शोध रुचि ग्रामीण भेगमा टेलिमेडिसिनको प्रयोग तथा त्यसमा लिङ्गका आयामहरू, अनुसन्धान तथा शिक्षा सञ्जाल, सूचना प्रविधि र इन्टरनेट गभर्नेन्ससँग सम्बन्धित विषयहरूमा केन्द्रित छ।

पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्र (PURC) ले PURC Seminar Series मार्फत विद्यार्थी, शोधार्थी, प्राध्यापक तथा अनुसन्धानमा रुचि राख्ने व्यक्तिहरूलाई अनुसन्धान क्षेत्रमा सक्रिय र सक्षम बनाउन शैक्षिक छलफल तथा अन्तरक्रियात्मक कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्दै आएको छ । झण्डै ६० जना सहभागी रहेको उक्त कार्यक्रममा पोखरा विश्वविद्यालयका आंगिक महाविद्यालयहरूका विद्यार्थी, पदाधिकारी, प्राध्यापक तथा विभिन्न निकायका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

पोखरा विश्वविद्यालयद्वारा अनलाइन नतिजा प्रणाली सञ्चालनमा

२०८२ वैशाख २७ गते शनिबार, पोखरा–३०, कास्की ।

पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले आफ्नो आधिकारिक वेबसाइटमार्फत अनलाइन नतिजा हेर्न मिल्ने प्रणाली सञ्चालनमा ल्याएको छ। अबदेखि विश्वविद्यालयका सबै संकाय तथा कार्यक्रमका विद्यार्थीहरूले अनलाइनमार्फत परीक्षा नतिजा तथा ग्रेडसिट सजिलै हेर्न र प्रिन्ट गर्न सक्नेछन्। नयाँ प्रणालीमार्फत विद्यार्थीले https://exam.pu.edu.np:9094/ मा गएर आफ्नो यूनिक आईडी वा अन्य आवश्यक विवरण प्रविष्ट गरी नतिजा प्राप्त गर्न सक्नेछन्।

परीक्षा प्रणालीलाई क्रमिक रूपमा डिजिटल बनाउँदै लैजानु पोखरा विश्वविद्यालयको दीर्घकालीन योजनाअन्तर्गतको यो एक महत्वपूर्ण कदम हो। यस डिजिटल सेवाले परीक्षा सम्बन्धी जानकारी लिनको लागि विद्यार्थीहरूलाई परीक्षा शाखामा जानुपर्ने झन्झट हटाउँदै, परीक्षासम्बन्धी सेवा छरितो र प्रभावकारी हुने अपेक्षा गरिएको छ।

नवनियुक्त रजिष्ट्रार डा. थापाद्वारा पदभार ग्रहण

२०८१ वैशाख १६ गते मङ्गलबार, पोखरा–३०, कास्की ।

पोखरा विश्वविद्यालयमा हालै नियुक्त हुनुभएका रजिष्ट्रार सह–प्राध्यापक डा. अजय थापाले पदभार ग्रहण गर्नुभएको छ । पदभार ग्रहण गर्नुअघि ढुंगेपाटनस्थित केन्द्रीय कार्यालयको सभाहलमा आयोजित विशेष समारोहमा उपकुलपति प्रा.डा. बेदराज के.सी.ले उहाँलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो। कार्यक्रममा विश्वविद्यालयका पदाधिकारीहरु, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुको उपस्थिति थियो ।

उक्त अवसरमा बोल्दै उपकुलपति प्रा.डा. के.सी.ले विश्वविद्यालयको सुशासन र समुन्नत कार्य सम्पादनमा रजिष्ट्रारको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताउँदै डा. थापासँगको अनुभव र क्षमताले विश्वविद्यालयलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा व्यक्त गर्नुभयो । उहाँले विश्वविद्यालयलाई समृद्ध र गुणस्तरीय बनाउने सबैको साझा अभिभारा रहेको र यसका लागि सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्नेमा समेत जोड दिनुभयो ।

कार्यक्रममा पोखरा विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. तीर्थराज अर्यालले डा. थापाको बहुआयामिक अनुभवको चर्चा गर्दै उहाँले आफ्नो कार्यकाललाई फरक र उन्नत बनाउन लागिपर्ने विश्वास व्यक्त गर्नुभयो ।

निवर्तमान रजिष्ट्रार प्रा.डा. दीपकबहादुर भण्डारीले आफूले बोकेको जिम्मेवारी अब डा. थापाले अझ प्रभावकारी ढंगले निर्वाह गर्ने विश्वास व्यक्त गर्दै मेडिकल कलेज सञ्चालन लगायतका प्रमुख योजनाहरूमा निरन्तरता दिने अपेक्षा व्यक्त गर्नुभयो ।

नवनियुक्त रजिष्ट्रार सह–प्रा.डा. अजय थापाले पोखरा विश्वविद्यालयप्रति समाजको ठूलो अपेक्षा रहेको उल्लेख गर्दै विश्वविद्यालयका विविध चुनौतीलाई समाधान गर्दै गुणस्तरीय शैक्षिक कार्यक्रम, रिसर्च तथा इनोभेशन, र बजार अनुकूल पाठ्यक्रममार्फत संस्थालाई सशक्त बनाउनु पर्नेमा जोड दिनुभयो ।  साथै, विश्वविद्यालयको नाममा दर्ता भएका पेटेन्ट अधिकारको प्रयोग, उच्चशिक्षाको वातावरण निर्माण र नियमन प्रणाली सुधारमा आफू सक्रिय रहने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा विज्ञान तथा प्रविधि संकायका डीन प्रा. राजेश कुमार ठगुराठी, स्वास्थ्य विज्ञान संकायका डीन सह–प्राध्यापक डा. अमर नागिला, व्यवस्थापन संकायका डीन सह–प्रा.डा. दयाराज ढकाल, परीक्षा नियन्त्रक सह–प्राध्यापक डा. तुल्सीराम भण्डारी, कार्यकारी परिषद् सदस्य उप– प्राध्यापक योगराज लामिछाने, स्कूल अफ इन्जियिनरिङका निर्देशक डा. ओम प्रकाश गिरी, योजना तथा कार्यक्रम महाशाखा प्रमुख प्रा.डा. दिपकराज पौडेल, अन्तर्राष्टिय सम्बन्ध केन्द्रका कार्यकारी निर्देशक सह–प्रा.डा. उमेशसिंह यादव, पोखरा विश्वविद्यालय शिक्षण अस्पतालका निर्देशक सह–प्रा.डा. दिपेन्द्रकुमार यादव, पोखरा विश्वविद्यालय प्राध्यापक संघका सभापति सह–प्राध्यापक डा. निरञ्जन श्रेष्ठ, पोखरा विश्वविद्यालय कर्मचारी संघका सभापति सहायक प्रशासक चोलाकान्त च्वाईले नविनियुक्त रजिष्टारको कार्यकालको सफलतासहित विश्वविद्यालयका समसामयिक विषयमा चर्चा गर्दै शुभकामना व्यक्त गर्नुभएको थियो।

स्वागत मन्तव्य सह–प्रशासक यादव थापा र कार्यक्रम सञ्चालन सह–प्रशासक तारादेवी सापकोटाले गर्नुभएको थियो।

 

सह–प्रा.डा. अजय थापा पोखरा विश्वविद्यालयको रजिष्ट्रारमा नियुक्त

२०८२ साल वैशाख १५ गते, सोमबार, पोखरा–३०, कास्की ।

सम्माननीय प्रधानमन्त्री तथा पोखरा विश्वविद्यालयका कुलपति के.पि. शर्मा ओलीले सह–प्रा.डा. अजय थापालाई पोखरा विश्वविद्यालयको रजिष्ट्रारमा नियुक्त गर्नुभएको छ। पोखरा विश्वविद्यालय ऐन, २०५३ को दफा २६ को उपदफा (२) बमोजिम उपकुलपति प्रा.डा. बेदराज के.सी. को सिफारिसमा उहाँलाई हिजो आइतबार आगामी चार वर्षका लागि रजिष्ट्रार पदमा नियुक्त गरिएको हो।

थापा हाल पोखरा विश्वविद्यालयको मानविकी तथा सामाजिक शास्त्र संकायका डीन हुनुहुन्छ। उहाँ साढे दुई दशकभन्दा बढी समयदेखि विश्वविद्यालयमा आबद्ध हुनुहुन्छ। प्रारम्भमा कर्मचारीको रूपमा सेवा प्रवेश गर्नुभएका थापा पछि उप–प्राध्यापक र सह–प्राध्यापक हुँदै विश्वविद्यालयको सभासद्, कार्यकारी परिषद् सदस्य तथा प्राज्ञिक परिषद् सदस्यजस्ता महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै विश्वविद्यालय प्रशासन र शैक्षिक नेतृत्वको क्षेत्रमा महत्वपूर्ण अनुभव आर्जन गरिसक्नुभएको छ।

सह–प्रा.डा. थापा विश्वविद्यालयका छैठौं रजिष्ट्रार हुनुहुन्छ। यसअघि रजिष्ट्रार रहनुभएका प्रा.डा. दिपकबहादुर भण्डारीको ४ वर्षे कार्यकाल यही वैशाख ४ गते सकिएको थियो ।

रजिष्टार पदमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दै उहाँको कार्यकालको पूर्ण सफलताको कामना गर्दछौं ।

प्रा.डा. दिपकबहादुर भण्डारीज्यूको बिदाई कार्यक्रम सम्पन्न

२०८२ वैशाख ७ गते आइतवार पोखरा–३०, कास्की ।

पोखरा विश्वविद्यालयका रजिष्टार पदबाट कार्यकाल सम्पन्न गर्नुभएका प्रा.डा. दिपकबहादुर भण्डारीलाई विश्वविद्यालयले एक औपचारिक कार्यक्रमको आयोजना गरी बिदाई गर्यो । विश्वविद्यालयको केन्द्रीय कार्यालयको सभाकक्षमा आयोजित बिदाई कार्यक्रममा विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक, कर्मचारी तथा विभिन्न निकायका शिक्षक, कर्मचारीहरुको उपस्थिति रहेको थियो।  प्रा.डा. भण्डारीले २०७८ वैशाख ५ गतेदेखि २०८२ वैशाख ४ गतेसम्म विश्वविद्यालयको रजिष्टार पदमा रही सेवा दिनुभएको थियो।

कार्यक्रममा बोल्दै उपकुलपति प्रा.डा. बेदराज के.सी. ले प्रा.डा. भण्डारीले चार वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नुभएको उल्लेख गर्दै उहाँको कार्यकालमा भौतिक पूर्वाधार विकास, एकाडेमिक क्यालेन्डरको नियमितता र पाठ्यक्रम अद्यावधिक गर्ने जस्ता महत्वपूर्ण कार्यहरू सम्पन्न भएको बताउनुभयो। उहाँले राम्रा कार्यले पोखरा विश्वविद्यालयको छवि समाजमा सकारात्मक रूपमा स्थापित भएको र विद्यार्थीहरूको आकर्षण बढेको उल्लेख गर्नुभयो। उहाँले रजिष्टारलाई सरल, सहज र इमान्दारीपूर्वक काम गर्ने व्यक्तिका रूपमा चित्रण गर्दै भविष्यमा पनि उहाँ जहाँ गएपनि सफलता प्राप्त होस् भन्ने शुभेच्छा व्यक्त गर्नुभयो।

सेवा आयोगका अध्यक्ष प्रा.डा. तीर्थराज अर्यालले पनि भण्डारीको विद्वता, ज्ञान, सिप र नेतृत्व क्षमताको प्रशंसा गर्दै राष्ट्रले उहाँको योगदानको मूल्याङ्कन गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले विश्वविद्यालयमा योग्य व्यक्ति आउनुपर्नेमा जोड दिँदै पदको लागि खुट्टा तान्ने प्रवृत्तिबाट जोगिनुपर्ने धारणा राख्नुभयो।

कार्यक्रममा मन्तव्य राख्दै प्रा.डा. दिपकबहादुर भण्डारीले आफ्नो कार्यकालमा विश्वविद्यालयबाट धेरै कुरा सिक्न पाएको, धेरै व्यक्तिहरूसँग चिनजान र सहकार्यको अवसर पाएको बताउनुभयो। उहाँले रजिष्टार पद सम्हाल्दा र अहिलेको अवस्था निकै फरक भएको उल्लेख गर्दै भौतिक पूर्वाधारमा भएको प्रगति, एकाडेमिक क्यालेण्डर अनुसार परीक्षा सञ्चालन, कार्यक्रम सञ्चालनका लागि हल, कक्षा कोठा निर्माणलाई तिव्रता दिएको उल्लेख गर्नुभयो । उहाँले आफ्नो कार्यकालमा समस्यामा सामूहिक छलफल र समाधानको अभ्यास, तथा साझा सपना देख्ने संस्कारको विकास भएको उल्लेख गर्नुभयो।

उहाँका अनुसार, कार्यकाल सुरु गर्दा विश्वविद्यालयको खातामा सीमित रकम मात्र थियो, तर हाल त्यो रकम करिब ५० प्रतिशतले वृद्धि भएको छ। उहाँले मुँसेटुँडामा ८ अर्बको महत्वाकांक्षी परियोजनाको डिपिआर तयार गरिएको, २४ वर्षपछि १०० शैयाको अस्पताल निर्माण गरिएको, जसले अब मेडिकल कार्यक्रम सञ्चालनमा सहजता ल्याएको जानकारी दिनुभयो। त्यस्तै, शिक्षक तथा कर्मचारीहरूको तालिम, बढुवा, र आवश्यकताअनुसारका व्यवस्थाहरू कार्यान्वयन गरिएको जानकारी दिँदै, समयमै परीक्षा र नतिजा प्रकाशनका कारण विद्यार्थी संख्या ३८ प्रतिशतले वृद्धि भएको उल्लेख गर्नुभयो।

व्यवस्थापन संकायका डीन सह–प्रा.डा. दयाराज ढकालले उहाँको सकारात्मक सोच, सहकार्य र नेतृत्व क्षमता उल्लेख गर्नुभयो। परीक्षा नियन्त्रक सह–प्रा.डा. तुल्सीराम भण्डारीले विश्वविद्यालयको पठनपाठन, परीक्षा र द्रुत गतिमा विकासमा रजिष्टारको उल्लेखनीय भूमिका रहेको बताउनुभयो।

कार्यकारी परिषद्का सदस्य तथा उप–प्राध्यापक योगराज लामिछानेले डा. दिपकबहादुर भण्डारीसँग एक दशकभन्दा लामो समयदेखि सहकार्य गर्दै आएको उल्लेख गर्दै पहिलोपटक उहाँसँग सहायक डीन र शिक्षकका रूपमा काम गर्न पाएको र पछिल्लो चरणमा उहाँ कुलसचिव (रजिष्टार) को भूमिकामा रहँदा आफूले उहाँलाई अत्यन्त समन्वयकारी, उत्तरदायी र कार्यप्रति समर्पित व्यक्तित्वका रूपमा अनुभव गरेको बताउनुभयो । उहाँले समग्र मूल्याङ्कन गर्दा उहाँले गरेका कार्यहरू निकै सकारात्मक भएको उल्लेख गर्दै पूर्व उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालको एक ऊर्जाशील सारथीको रुपमा आफूले अनुभव गरेको बताउनुभयो । उहाँलाई यथेष्ट ऊर्जाशील, साहसी, समन्वयकारी र कार्यकुशल व्यक्तित्वको रुपमा आफूले चित्रण गरेको लामिछानेले उल्लेख गर्नुभयो ।

प्राध्यापक संघका अध्यक्ष सह–प्रा.डा. निरञ्जन श्रेष्ठले विश्वविद्यालयको नेतृत्वमा योग्यताको मापदण्ड तोक्नुपर्ने र एकपटक चार वर्ष पदमा बसेपछि दोहोरिन नहुने धारणा राख्नुभयो।

पोखरा विश्वविद्यालय योजना तथा कार्यक्रम महाशाखा प्रमुख प्रा.डा. दिपकराज पौडेलले प्रा.डा. भण्डारीसँगको कार्यसम्बन्ध स्मरण गर्दै उहाँको उदारता, लगनशीलता र सहयोगी प्रवृत्तिको प्रशंसा गर्नुभयो।

पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक सह–प्रा.डा. पूर्णबहादुर खाँडले उहाँको कार्यकालमा विश्वविद्यालयले भौतिक, शैक्षिक र गुणस्तरीय मापदण्डहरू हासिल गरेको बताउनुभयो। स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्सेज, पोखरा विश्वविद्यालयका स्कूल निर्देशक बिमला भट्टले रजिष्टारको जड स्तरबाट समस्या बुझेर कार्यलाई निचोडमा पुर्याउने अनुभवले काम गर्न सजिलो भएको बताउनुभयो ।

स्कूल अफ इञ्जिनियरिङका उप–प्राध्यापक निरज खड्काले स्थायी र करार शिक्षकबीच भेद नगरी समान दृष्टिकोण अपनाएको र करार शिक्षकका समस्याको समाधान गर्न रजिष्टारले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । कर्मचारी संघका अध्यक्ष सहायक प्रशासक चोलाकान्त च्वाइले रजिष्टारले विश्वविद्यालयको समग्र हितलाई बुझेर नेतृत्व गरेको भन्दै प्रशंसा गर्नुभयो।

कार्यक्रममा स्वागत मन्तव्य सह–प्रशासक यादव थापाले राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सह–प्रशासक तारादेवी सापकोटाले गर्नुभएको थियो।

प्रशासनिक क्षमता विकास तालिम सम्पन्न

२०८२ वैशाख २ गते मङ्गलबार, पोखरा–३०, कास्की। पोखरा विश्वविद्यालयले आफ्ना कर्मचारीहरूको सूचना प्रविधि तथा व्यवस्थापन सम्बन्धी दक्षता अभिवृद्धि गर्ने उद्देश्यले एक साता लामो प्रशासनिक क्षमता विकास कार्यक्रम सम्पन्न गरेको छ। विश्वविद्यालय अनुदान आयोग नेपालको सहकार्यमा सञ्चालन गरिएको यो ४५ घण्टा (३ क्रेडिट) अवधि भएको तालिम २०८१ चैत्र २७ देखि २०८२ वैशाख २ गतेसम्म पोखरास्थित होटल ल्याण्डमार्क, लेकसाइडमा सम्पन्न भएको हो।

तालिमको उद्घाटन सत्र पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. वेदराज के.सी.को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो भने कार्यक्रममा रजिष्ट्रार प्रा.डा. दीपकबहादुर भण्डारी, विभिन्न संकायका डीनहरू, र विभिन्न निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो। विश्वविद्यालयका विभिन्न निकायमा कार्यरत ३३ जना लेखा तथा प्रशासन शाखाका अधिकृतदेखि सहायकस्तरसम्मका कर्मचारीहरूले तालिममा सहभागिता जनाएका थिए ।

तालिममा विश्वविद्यालय प्रशासनसँग सम्बन्धित विभिन्न व्यवहारिक र प्रविधिमैत्री विषयहरूमा प्रशिक्षण प्रदान गरिएको थियो। विश्वविद्यालयका कर्मचारीहरूको प्रमुख कार्य र जिम्मेवारी, बजेट र लेखा प्रणाली, सार्वजनिक खरीद प्रक्रिया, दस्तावेज तयार गर्ने तरिका, एआई प्रविधिको प्रयोग, एमएस एक्सेल र पावर पोइन्टको प्रयोग, कार्यालय व्यवहार, कर्मचारी प्रोत्साहन, अन्तरव्यक्तिगत सम्बन्ध व्यवस्थापन, मानसिक स्वास्थ्य, कार्यालय प्रशासन, माइन्युट लेखन, पत्राचार, विन्डोज युटिलिटी र तालिका तथा डेटासेट निर्माण लगायतका विषयहरूमा दक्ष प्रशिक्षकहरूबाट सत्रहरू सञ्चालन गरिएका थिए। तालिमलाई प्रशिक्षकहरू डा. दयाराज ढकाल, सह–प्रशासक ध्रुव प्रसाद अर्याल, सह–प्रशासक तारादेवी सापकोटा, सह–प्रशासक गोबर्धन भट्टराई, सह–प्रशासक तेजनारायण पराजुली, सह–प्रशासक टोलमाया थापा, इ. सन्तोष पौडेल, इ. यज्ञनाथ रिमाल, इ. किरण के.सी., डा. दिलीपराज पौडेल, रामप्रसाद थपलिया, नीशा राजकर्णिकार, सुशान्त पौडेल र उत्तम आचार्यले प्रशिक्षण दिनुभएको थियो ।

पोखरा विश्वविद्यालयको प्रशासनिक क्षमता विकास तालिमको समापन कार्यक्रम स्वास्थ्य विज्ञान संकायका डीन तथा निमित्त उपकुलपति सह–प्रा.डा. अमर नागिलाको प्रमुख आतिथ्यमा सम्पन्न भयो। उहाँले तालिम समसामयिक र अत्यन्तै उपयोगी विषयमा केन्द्रित भएको बताउँदै, सहभागीहरूले सात दिनसम्म सिक्न, बुझ्न र अनुभव साटासाट गर्ने राम्रो अवसर पाएको उल्लेख गर्नुभयो।

उहाँले विश्वविद्यालयजस्तो ज्ञान केन्द्रमा कार्यरत कर्मचारीहरूलाई सूचना प्रविधि र व्यवस्थापन सम्बन्धी दक्षता आवश्यक भएको र एआईको युगमा म्यानुअल कामले पछि पार्ने भएकाले सिकेको ज्ञान व्यवहारमा उतार्न आग्रह गर्नुभयो।

त्यस्तै, व्यवस्थापन संकायका डीन तथा निमित्त रजिष्ट्रार सह–प्रा.डा. दयाराज ढकालले तालिमको समग्र व्यवस्थापन र सहभागीहरूको सिक्ने उत्साहलाई सकारात्मक रूपमा मूल्याङ्कन गर्नुभयो। उहाँले प्रशिक्षार्थीहरूले तालिमबाट प्राप्त ज्ञान र सीपलाई कार्यस्थलमा प्रयोग गरी अझ दक्ष र प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभयो।

प्रशासनिक क्षमता विकास तालिम समितिका संयोजक सह–प्रा.डा. पूर्णबहादुर खाँडले तालिम सफल बनाउन टिम वर्कमा आधारित भएर भरमग्दुर प्रयास गरिएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “तालिमको मोडालिटी तथा विज्ञ छनोट सम्बन्धी प्रस्ताव विश्वविद्यालय अनुदान आयोग (UGC) मा पठाइएको थियो। स्वीकृति प्राप्त भएपछि कार्यक्रम अगाडि बढाइयो।  प्रशिक्षकहरू विश्वविद्यालय भित्रका अनुभवी कर्मचारीहरू तथा केही बाह्य विज्ञहरूबाट छनोट गरियो, जसले संस्थाको आवश्यकता, चुनौती र सम्भावनालाई राम्ररी बुझ्नु भएको थियो । त्यसैले तालिमका विषयवस्तुहरू पनि उहाँहरुकै सक्रिय सहभागितामा तयार गरिए र कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरियो।”

प्रशासनिक क्षमता विकास तालिम नेपालकै सन्दर्भमा उदाहरणीय र पहिलोपटकको अभ्यास भएको बताउँदै तालिम व्यवस्थापन समितिका सदस्य उपप्राध्यापक डा. बद्रि अर्यालले भन्नुभयो, “यस किसिमको तालिम नेपालमै पहिलो हो। विश्वविद्यालय अनुदान आयोग (UGC) मा प्रस्ताव पेश गरी स्वीकृति प्राप्त गरेपछि कार्यक्रम सुरु गर्न सफल भयौं।”

यसै क्रममा तालिमकी प्रशिक्षक, कार्यक्रम सञ्चालक तथा सह–प्रशासक श्रीमती तारादेवी सापकोटाले विश्वविद्यालयमा कर्मचारीहरूलाई माया, सम्मान र सहयोग प्रदान गर्ने सकारात्मक वातावरण आवश्यक रहेको उल्लेख गर्नुभयो। साथै, भविष्यमा कर्मचारीहरूको दक्षता अभिवृद्धिका लागि यस्ता तालिम कार्यक्रमहरूलाई निरन्तरता दिँदै, उनीहरूको सहभागिता अझ बढाउनुपर्ने धारणा पनि उहाँले व्यक्त गर्नुभयो।

उक्त अवसरमा प्रशिक्षार्थी गायत्री पनेरुले तालिमको बारेमा प्रतिक्रिया दिँदै भन्नुभयो, “यस तालिमले हाम्रो व्यक्तिगत क्षमता र पेशागत दक्षता अभिवृद्धिमा ठूलो सहयोग पुर्‍यायो। यहाँ सिकिएका कुराहरूलाई केवल आफूभित्र सीमित नराखी, कार्यस्थलमा व्यवहारमा उतार्न आवश्यक छ भन्ने कुरा गहिरो रूपमा बुझ्न पाइयो। यस्ता अवसरहरूलाई निरन्तरता दिनुपर्छ भन्ने महसुस भयो।”

त्यस्तै, अर्का प्रशिक्षार्थी तोरणबहादुर बि.क.ले तालिममा सूचना प्रविधिसँग सम्बन्धित विषयहरू समावेश गर्नु सकारात्मक रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “तालिममा आईटीसँग जोडिएका विषयवस्तुहरू समेटिएको थियो, जुन अहिलेको समयमा अत्यन्त सान्दर्भिक र उपयोगी लाग्यो। साथै, अग्रजहरूबाट प्राप्त कार्यअनुभव हाम्रो लागि प्रेरणादायी रह्यो। यदि तालिममा नियम, कानुन र व्यवस्थापनसम्बन्धी पक्षहरू अझ स्पष्ट र व्यावहारिक रूपमा प्रस्तुत गरिएको भए तालिम झनै प्रभावकारी हुनेथियो।”

तालिम व्यवस्थापन समिति सह–प्रा.डा. पूर्णबहादुर खाँडको संयोजकत्वमा गठन गरिएको थियो। समितिमा सह–प्रा.डा. विश्वनाथ लामिछाने, सह–प्रा.डा. हरि प्रसाद काफ्ले, सह–प्रा.डा. दिपाञ्जल श्रेष्ठ, डा. बद्रि अर्याल, डा. प्रदीप सापकोटा सदस्य हुनुहुन्थ्यो भने हुमादेवी पौडेल कर्मचारी सहयोगीको रूपमा सहभागी हुनुहुन्थ्यो।

रङ्गरोगन, जीर्णोद्धार तथा जग्गा विकास कार्यका लागि ठेक्का सम्झौता

२०८१ चैत्र ३ गते आइतबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालयले आफ्ना स्कूल भवनहरूको रङ्गरोगन, जीर्णाेद्धार तथा जग्गा विकास कार्यका लागि ठेक्का सम्झौता गरेको छ। यसको लागि लमजुङस्थित माईण्ड म्याप इन्जिनियरिङ सर्भिसेस प्रा.लि. सँग चैत ३, २०८१ (मार्च १६, २०२५) मा औपचारिक सम्झौता सम्पन्न भएको हो।

ठेक्का सम्झौताको अनुसार, ठेकेदार कम्पनीले विश्वविद्यालयको पोखरा–३०, खुदी, ढुंगेपाटनस्थित स्कूल भवनहरूको रङ्गरोगन, सिभिल, स्यानिटरी तथा विद्युतीय सुधार कार्यहरूका साथै जग्गा विकाससम्बन्धी कार्यहरू सम्पन्न गर्नेछ।

सम्झौता अनुसार, परियोजनाको कुल लागत १ करोड १० लाख ९० हजार ६९६ रुपैयाँ १० पैसा (भ्याट तथा प्राविधिक खर्च सहित) रहनेछ। यस परियोजनाका लागि विश्वविद्यालय अनुदान आयोग, विभिन्न दातृ निकायहरू तथा विश्वविद्यालयकै आन्तरिक स्रोत परिचालन गरिनेछ।

परियोजना साढे तीन महिनाभित्र पूरा गरिने लक्ष्य राखिएको छ। यो परियोजनाको लागि विश्वविद्यालयको तर्फबाट परियोजना व्यवस्थापकका रूपमा रजिष्ट्रार प्रा.डा. दिपकबहादुर भण्डारी र ठेकेदार कम्पनीको तर्फबाट अधिकृत प्रतिनिधि ई. सागर बरालले हस्ताक्षर गर्नुभयो ।

प्राकृतिक संसाधन संरक्षणसम्बन्धी पाठ्यक्रम निर्माणमा बैठक सम्पन्न

 

२०८१ फागुन २७ गते मङ्गलबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालयमा प्राकृतिक संसाधन संरक्षणलाई पूर्वाधार विकासमा एकीकृत गर्ने उद्देश्यले एक महत्वपूर्ण बैठक सम्पन्न भएको छ । पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि सङ्कायको अग्रसरतामा विश्वविद्यालयका पदाधिकारी, विज्ञ तथा सम्बन्धित क्षेत्रका विशेषज्ञहरूको सहभागितामा सम्पन्न यस बैठकमा प्राकृतिक संसाधन संरक्षणलाई प्रभावकारी रूपमा पाठ्यक्रममा कसरी समावेश गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।

बैठकमा पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि सङ्कायका डीन प्राध्यापक राजेश कुमार ठगुराठीले पोखरा विश्वविद्यालयको परिचय दिँदै यस क्षेत्रमा विश्वविद्यालयले गरेका प्रयासहरू बारे जानकारी दिनुभएको थियो । कार्यक्रममा प्रा.डा. टेकराज ज्ञवालीले पाठ्यक्रम सुधार, नीति निर्माण तथा कार्यान्वयनका उपायहरूबारे महत्वपूर्ण सुझाव प्रस्तुत गर्दै प्रभावकारी कार्यान्वयनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो। पोखरा विश्वविद्यालय स्कूल अफ इन्जिनियरिङका निर्देशक डा. ओमप्रकाश गिरिले स्वागत मन्तव्य राख्दै प्राकृतिक स्रोत संरक्षणको आवश्यकता र यसको पाठ्यक्रमको महत्वबारे प्रकाश पार्नुभयो । डब्ल्यूडब्ल्यूएफ नेपालका वरिष्ठ सल्लाहकार डा. शान्त राज ज्ञवालीले बैठकको उद्देश्यबारे स्पष्ट पार्दै वातावरणीय सन्तुलनका लागि पूर्वाधार योजनामा जैविक विविधताको सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याउनु भयो । बैठकमा डब्ल्यूडब्ल्यूएफ नेपालका नीति प्रमुख एकराज सिग्देलले दीर्घकालीन विकासका लागि पर्यावरणीय पक्षलाई मध्यनजर गर्नुपर्नेमा जोड दिनुभयो । त्यसैगरी, दीगो पूर्वाधार विज्ञ शोभा के.सी.ले हालै लिइएका पूर्वाधार योजनाहरूको वातावरणीय प्रभावका सन्दर्भमा विचार प्रस्तुत गर्दै इञ्जिनियरिङ विधामा विकास भइरहेको प्राकृतिक संसाधन संरक्षणसम्बन्धी पाठ्यक्रमको प्रारूप प्रस्तुत गर्नुभयो ।

यस बैठकमा प्रस्तुत गरिएको Integrating the Course on Natural Resource Safeguarding in Infrastructure Development विषयक पाठ्यक्रमले वातावरणीय प्रभाव न्यूनीकरण गर्दै हरित पूर्वाधार निर्माणका लागि आवश्यक ज्ञान तथा सीप प्रदान गर्ने लक्ष्य राखेको छ । यो पाठ्यक्रम विशेष गरी वन्यजन्तु–अनुकूल यातायात, विद्युत् प्रसारण लाइन, तथा सिंचाइ प्रणाली विकास गर्ने क्षमताको अभिवृद्धि गर्न केन्द्रित छ । यसमा प्राकृतिक स्रोत संरक्षणको आवश्यकता, जैविक विविधता क्षेत्रहरू (संरक्षित क्षेत्र, वन्यजन्तु करिडोर, संक्रमण स्थल) तथा पूर्वाधारले जैविक विविधतामा पार्ने प्रत्यक्ष र अप्रत्यक्ष प्रभावहरू समेटिएका छन् । साथै यसमा विद्यार्थीहरूले जैविक विविधता मूल्याङ्कनका विधिहरू, न्यूनीकरणका सिद्धान्त तथा उपायहरू, नेपाल र अन्तर्राष्ट्रिय नीति, साथै वन्यजन्तु संरक्षणका संरचनाहरू (जस्तैः ओभरपास, अन्डरपास, क्यानोपी ब्रिज) को अध्ययन गर्नेछन् । पाठ्यक्रमबाट व्यावहारिक रूपमा, विद्यार्थीहरूले क्षेत्र भ्रमण, संरचना डिजाइन अभ्यास तथा पूर्वाधारले जैविक विविधतामा पार्ने प्रभावको अध्ययन गर्ने अवसर पाउनेछन् । कार्यक्रमको सञ्चालन प्रा.डा. विनय कुमार मिश्रले गर्नुभएको थियो ।

इनक्युबेसन केन्द्रको उद्घाटन

२०८१ फागुन ९ गते शुक्रबार, पोखरा–३०, कास्की ।

पोखरा विश्वविद्यालय इनक्युबेसन केन्द्रको औपचारिक उद्घाटन विज्ञान तथा प्रविधि संकायको आयोजनामा सम्पन्न भयो, जसमा ७० जना विद्यार्थीहरूको सहभागिता रह्यो। कार्यक्रमको उद्घाटन गर्दै विज्ञान तथा प्रविधि संकायका डीन प्रा. राजेश कुमार ठगुराठीले इनक्युबेसन केन्द्रले विद्यार्थीहरूलाई उद्यमशीलता र नवप्रवर्तनको बाटोमा अघि बढ्न मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा वक्ताहरू अशोक खड्का, आशिष अर्याल, र समीर केसीले क्रमशः उद्यमशील सोच, आइडियासन तथा डिजाइन थिङ्किङ, र स्टार्टअपका लागि वित्तीय योजना सम्बन्धी महत्वपूर्ण जानकारी प्रदान गर्नुभयो। पोखरा विश्वविद्यालय स्कूल अफ डेभलपमेन्ट एन्ड सोसल इन्जिनियरिङका स्कूल निर्देशक डा. अनन्तराज ढुंगानाले इनक्युबेसन कार्यक्रमहरूको आवश्यकता र उपयोगिताबारे प्रकाश पार्दै विद्यार्थीहरूलाई आफ्नो व्यावसायिक विचार अघि बढाउन आग्रह गर्नुभयो। डा. दीपाञ्जल श्रेष्ठले इनक्युबेसन प्रक्रिया र प्रयोगशाला सुविधाहरूको विस्तृत जानकारी दिँदै विश्वविद्यालयले विद्यार्थी उद्यमीहरूलाई कसरी सहयोग गर्छ भन्ने विषयमा जानकारी गराउनुभयो।

सहभागी विद्यार्थीहरूले स्टार्टअप तालिम र कार्यशालामार्फत नवप्रवर्तनशील सोच र व्यापार रणनीतिबारे प्रत्यक्ष अनुभव प्राप्त गरे। कार्यक्रमको शुभारम्भ उप-प्राध्यापक जीवन भण्डारीको स्वागत मन्तव्यबाट भएको थियो भने सञ्चालन डा. शान्ति देवी क्षेत्री र विश्वास आचार्यले गर्नुभएको थियो।

 

 

4o

पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको सेवा २४ सै घण्टा

२०८१ फागुन १७ गते, पोखरा–३०, कास्की।

पोखरा विश्वविद्यालय शिक्षण अस्पतालले अब २४ सै घण्टा सेवा प्रदान गर्ने भएको छ। २०७९ भदौ २२ गते बहिरङ्ग सेवाको शुभारम्भ गरी सञ्चालनमा आएको अस्पताल २०७९ जेठ ७ गते विधिवत् उद्घाटन भएको थियो। दक्ष चिकित्सक र स्वास्थ्यकर्मीहरूको सेवासहित सञ्चालनमा रहेको यस अस्पतालले २०८१ फागुन १६ गतेदेखि पूर्ण क्षमताका साथ २४ सै घण्टा सेवा विस्तार गरेको हो। अस्पताल प्रशासनका अनुसार बिरामीहरूलाई सहज, सरल, र उच्चस्तरीय उपचार सेवा प्रदान गर्ने उद्देश्यले सेवा विस्तार गरिएको हो।

अब अस्पतालमा २४ सै घण्टा आकस्मिक सेवा, दन्त उपचार, प्रयोगशाला (Lab and Diagnostics), एक्स-रे सेवा तथा विशेष उपचार सेवाहरू उपलब्ध हुनेछन्। साथै, विभिन्न विशेषज्ञ चिकित्सकहरूबाट स्त्री तथा प्रसूति रोग, हाडजोर्नी तथा नसारोग, छाला रोग, जनरल फिजिसियन, जनरल प्राक्टिसनर, बालरोग, प्याथोलोजी जस्ता रोगहरूको उपचार गराइनेछ। अनुभवी चिकित्सकहरूबाट दन्त उपचार सेवा समेत प्रदान गरिने अस्पताल प्रशासनले जनाएको छ।

सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउन अस्पतालले आवश्यक जनशक्ति परिचालन गरेको छ।

पोखरा विश्वविद्यालयमा इन्क्युबेशन सेन्टर सरोकारवालाहरूको बैठक सम्पन्न

२०८१ फागुन २ गते शुक्रबार, पोखरा–३०, कास्की ।

पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायले केन्द्रीय सभाकक्षमा आयोजना गरेको एकदिने इन्क्युबेशन सेन्टरका लागि सरोकारवालाहरूको बैठक सम्पन्न भएको छ। कार्यक्रममा व्यवसायी उद्यमीहरू, प्राध्यापकहरू, परामर्शदाताहरू, व्यापारिक अगुवाहरू, र वित्तीय विज्ञहरूबीच उद्यमशीलता, नवीनता र सहकार्य प्रवर्द्धन गर्ने रणनीतिहरूमा छलफल भयो। कार्यक्रममा पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकाय डीन प्रा. राजेश ठगुराठीले इन्क्युबेशन सेन्टरको महत्व उजागर गर्दै यसले स्टार्टअप र उद्योग प्रवर्द्धनमा एकेडेमियाको योगदानलाई जोड्ने बताउनु भयो। पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सह–प्रा.डा. नमराज धामी, पोखरा विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक सह–प्रा.डा. पूर्ण बहादुर खाँड, स्कूल अफ बिजनेशका स्कूल निर्देशक डा. श्रृजन ज्ञवाली, र श्री नवराज अधिकारीले सम्बोधन गर्दै संस्थागत प्रयासहरू र व्यवसाय प्रबर्धन केन्द्रको उद्देश्यबारे प्रकाश पार्नु भएको थियो ।

बैठकमा रवि भण्डारी (एनआईटीईसी) ले बीज कोषको मोडालिटी र समुन्द्र पौडेल (एनसीआईटी) ले इन्क्युबेशन सेन्टरहरूको रणनीतिक भूमिका बारे प्रस्तुति दिनुभएको थियो। त्यसैगरी, हरि खनालले वित्तीय व्यवहार्यताका चुनौतीहरूबारे प्रकाश पार्नुभयो। समीर केसी, आशिष अर्याल, डा. अनन्त ढुंगाना, डा. हिमलाल गौतम, राजेन्द्र थापा, आरती त्रिपाठी, असीम रिमाल, विजय शर्मा, र अर्जुन भण्डारीले एकेडेमिया-उद्योग सहयोग, इन्क्युबेशन अभ्यास, र नीति सिफारिसहरूबारे प्रस्तुति दिनुभएको थियो।

कार्यक्रमलाई डा. दीपाञ्जल श्रेष्ठले सहजीकरण गर्नुभएको थियो भने साहिल काफ्ले र सचिन घिमिरेले आफ्ना अनुभवहरू साझा गर्नुभयो। युवराज त्रिपाठी र कुलदीप पौडेलले अन्तर्दृष्टि प्रस्तुत गर्नुभयो। जीवन भण्डारी, विश्वास आचार्य, र डा. शान्तिदेवी छेत्रीले बैठकको निष्कर्ष प्रस्तुत गर्नुभएको थियो। बैठकको सुरुवातमा डा. शान्तिदेवी छेत्रीले स्वागत सम्बोधन गर्नुभएको थियो भने समापनमा जीवन भण्डारीले धन्यवाद ज्ञापन गर्नुभयो।

पोखरा विश्वविद्यालयमा अन्तर्राष्ट्रिय डिजास्टर मेडिसिनसम्बन्धी गोष्ठी सम्पन्न

२०८१ माघ २५ गते शुक्रबार, पोखरा–३०, कास्की।

पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायको आयोजनामा यही माघ २२ गतेदेखि सञ्चालित चार दिने RISK-E-SCAPE (प्राकृतिक प्रकोप चिकित्सा) अन्तर्राष्ट्रिय परियोजना गोष्ठी आज सम्पन्न भएको छ। यूरोपियन युनियन (EU) को Erasmus (CBHE) कार्यक्रम अन्तर्गत संचालित यो परियोजना गोष्ठीमा नेपाल (पोखरा विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय), बंगलादेश (ढाका विश्वविद्यालय र IUB), इटाली (UNISA), पोर्तुगल (UFP) र ग्रीस (NKUA) का प्रतिनिधिहरू सहभागी थिए। बैठकको उद्घाटन सत्रमा आफ्नो मन्तव्य राख्दै National and Kapodistrian University of Athens का डा. इम्मानुएल पिकुलिसले विश्वविद्यालयहरूलाई अन्तर्राष्ट्रियकरण, संयुक्त अनुसन्धान, र डिजास्टर मेडिसिनमा पाठ्यक्रम विकासमा जोड दिनुपर्ने बताउनुभयो।

गोष्ठीमा डिजास्टर मेडिसिनको स्नातकोत्तर कार्यक्रम निर्माण, नेपालका स्वास्थ्य संस्थाहरूलाई डिजास्टर हबको रूपमा विकास गर्ने योजना, र विपद् व्यवस्थापनका लागि आवश्यक पूर्वाधार तथा जनशक्ति निर्माणबारे छलफल भयो। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक खिमबहादुर खड्का, पोखरा विश्वविद्यालयका डा. डमरु पनेरु, तथा निजी अस्पताल संचालकहरूको संस्था अफिनका अध्यक्ष डा. पदम खड्काले डिजास्टर मेडिसिनका वर्तमान अवस्था, चुनौतीहरू, र अवसरबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रमको समापनमा आफ्नो मन्तव्य राख्दै पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. डा. बेदराज के.सी. ले डिजास्टर मेडिसिन नेपालका लागि अत्यावश्यक विषय भएकाले यस्तो छलफल महत्वपूर्ण हुने बताउनुभयो। उहाँले डिजास्टरको पूर्वतयारी, प्रकोपपछिको व्यवस्थापन, तथा चिकित्सा शिक्षा र अनुसन्धानलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्नुभयो। पोखरा विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. दीपकबहादुर भण्डारीले विश्वविद्यालयहरू सिर्जनशील अनुसन्धान र नवीन पाठ्यक्रम विकासमा केन्द्रित हुनुपर्ने धारणा राख्नुभयो। मानविकी तथा सामाजिकशास्त्र संकायका डीन सह-प्रा. डा. अजय थापाले प्राकृतिक प्रकोप र जलवायु परिवर्तनले बढ्दो असर पारिरहेको अवस्थामा, विश्वविद्यालयहरू यस विषयमा संलग्न हुनुपर्ने बताउनुभयो। पोखरा विश्वविद्यालय शिक्षण अस्पताललाई डिजास्टर हबका रूपमा विकसित गर्ने, स्वास्थ्य सेवा प्रदायकहरूलाई नेटवर्किङ गर्ने, तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूसँग सहकार्य गरी उच्च शिक्षा तथा अनुसन्धानलाई प्रवर्द्धन गर्ने लक्ष्य रहेको पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायका डीन सह–प्रा. डा. अमर नागिलाले बताउनुभयो। कार्यक्रममा काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिसिनका डीन प्रा.डा. मनोज हुमागाइँ र स्वास्थ्य विज्ञान संकायका डीन सह–प्रा. डा. अमर नागिलाले नेपालका विश्वविद्यालयहरूबीच सहकार्य गरी डिजास्टर मेडिसिनको अध्ययन अध्यापनको विस्तार गर्नुपर्ने जोड दिनुभयो।

काठमाडौं विश्वविद्यालयको धुलिखेल अस्पतालका निर्देशक डा. विराजमान कर्माचार्यले विश्वविद्यालयहरूबीचको साझेदारी र अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले पोस्ट-कोभिड युगमा प्रविधि प्रयोग गरेर शैक्षिक प्रणालीलाई अद्यावधिक गर्नुपर्ने, तथा कस्टमाइज कोर्स र व्यावसायिक शिक्षालाई पाठ्यक्रममा समावेश गर्नुपर्ने धारणा राख्नुभयो। मणिपाल शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडुभिलले डिजास्टरको प्रभाव र त्यसको न्यूनिकरणका उपायबारे चर्चा गर्नुभयो। त्यस्तै, मणिपाल शिक्षण अस्पतालकी नर्सिङ डाइरेक्टर वरुणा पौडेल र स्वेता महर्जनले नेपालका अस्पतालहरूले प्राकृतिक प्रकोप व्यवस्थापनमा अपनाएको रणनीतिबारे जानकारी दिनुभएको थियो।

नेशनल युनिभर्सिटी अफ एथेन्सकी प्रा. डा. एलेनी पानागियोटाले विद्यार्थी र प्राध्यापक आदानप्रदान गर्दै डिजास्टर मेडिसिन अध्ययनमा सहकार्य गर्न आफूहरू तयार रहेको बताउनुभयो। युनिभर्सिटी अफ फरमान्डो पेसोवा, पोर्चुगलकी प्रो रेक्टर प्रा. डा. भासिलिकी भिकी कारामागिवलीले डिजास्टर मेडिसिन अध्ययनका अनुभव साझा गर्दै नेपालमा यसले प्राकृतिक तथा मानवीय जोखिम न्यूनीकरणमा सहयोग गर्ने विश्वास व्यक्त बताउनुभयो।

कार्यक्रममा डिजास्टर मेडिसिनको आवश्यकतालाई केन्द्रमा राख्दै राजेश कुमार यादवले विश्वविद्यालयहरूमा हेल्थ इन्फरमेटिभ, डिजास्टर मेडिसिन, र माउन्टेन मेडिसिन जस्ता नयाँ पाठ्यक्रमको शुरुवात गरिनुपर्नेमा जोड दिनुभयो। कार्यक्रम सञ्चालिका अनिता पौडेलले नेपालजस्तो प्राकृतिक प्रकोपको उच्च जोखिम भएको देशमा डिजास्टर मेडिसिन अति महत्वपूर्ण रहेको भन्दै यस्तो संवेदनशील विषयको थालनीप्रति आभार व्यक्त गर्नुभयो।

आज माघ २५ गते समापन भएको बैठकले डिजास्टर मेडिसिनको पाठ्यक्रम निर्माण र नेपालमा यसको प्रभावकारी कार्यान्वयनका लागि ठोस योजना अघि बढाउने निष्कर्ष निकालेको छ।

नयाँ छात्रावास भवन निर्माणको डिपिआर तयार गर्न ठेक्का सम्झौता सम्पन्न

पुस २३, २०८१, पोखरा–३०, कास्की।

पोखरा विश्वविद्यालयले नयाँ छात्रावास भवन निर्माण कार्यलाई अघि बढाउँदै, डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) तयार गर्ने सम्बन्धमा पेस कन्सल्टेन्ट (प्रा.) लि. सँग ठेक्का सम्झौता गरेको छ। मङ्गलबार पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. दिपकबहादुर भण्डारी र पेस कन्सल्टेन्टका प्रबन्ध निर्देशक ई. विष्णु प्रसाद खनालले उपकुलपति प्रा. डा. बेदराज के.सी.को समुपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो।

पोखरा–३०, खुदी, ढुङ्गेपाटनस्थित पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको दक्षिणतर्फ रहेको १२ रोपनी क्षेत्रफलमा निर्माण गरिने नयाँ छात्रावास भवनको डिजाइन फागुन महिनाभित्र तयार पार्ने लक्ष्य छ। सम्झौताबमोजिम, परामर्शदाताले छात्रावाससँगै भौतिक संरचना (आन्तरिक सडक, पैदलमार्ग, ढल, बगैंचा र पार्किङ) को विस्तृत बास्तुकलात्मक तथा इन्जिनियरिङ डिजाइन तयार गर्नेछन्। सम्झौताको कुल रकम रू. १७,८८,२२५।– रहेको छ।

नयाँ छात्रावास भवन १०० विद्यार्थी क्षमताको ५ तल्ले हुने र पहिलो तल्ला शिक्षण अस्पतालमा कार्यरत रेसिडेन्ट नर्सहरूको क्वार्टरका रूपमा प्रयोग गर्ने योजना रहेको छ। नयाँ छात्रावास निर्माण कार्यले आवश्यक मापदण्ड र प्रक्रियालाई पूर्ण रूपमा पालना गर्दै विश्वविद्यालयको शैक्षिक र भौतिक पूर्वाधार विकासमा महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ।

उपकुलपतिद्वारा नयाँ शैक्षिक भवन शिलान्यास

पुस २२, २०८१, सोमबार, पोखरा–३०, कास्की।

पोखरा विश्वविद्यालयको प्राज्ञिक भवन कम्प्लेक्सभित्र निर्माण गरिने नयाँ अत्याधुनिक शैक्षिक भवनको शिलान्यास कार्यक्रम सोमबार सम्पन्न भएको छ। बिहान ७:३५ बजेको शुभमुहूर्तमा पोखरा विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. बेदराज के.सी. ले रजिष्ट्रार प्रा.डा. दीपकबहादुर भण्डारीको उपस्थितिमा भवनको शिलान्यास गर्नुभएको हो । कार्यक्रममा विश्वविद्यालयका पदाधिकारी, शिक्षक, र कर्मचारीहरूको सहभागिता रहेको थियो।

नयाँ शैक्षिक भवन प्राज्ञिक भवन कम्प्लेक्सको पश्चिमपट्टि, स्कूल अफ इन्जिनियरिङ र स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल इन्जिनियरिङको दक्षिणपट्टि रहेको स्थानमा निर्माण हुँदैछ ।  निर्माणको जिम्मेवारी श्रेष्ठ एण्ड सन्स, चो रोल्पा जेभी, काठमाडौंले पाएको छ भने सुपरभिजन पेस कन्सल्टेन्ट, काठमाडौंले गर्नेछ।

२०८१ साउन १५ बाट सुरु भएको परियोजना ३० महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। ४१ करोड ४३ लाख १७ हजार ५५९ रुपैयाँ ७७ पैसाको लागतमा निर्माण हुने यो भवनसँगै स्कूल अफ हेल्थ एण्ड एलाइड साइन्सेजका लागि ट्रस संरचना, स्कूल अफ बिजनेसका लागि शौचालय निर्माण र पुरानो प्रशासनिक भवनको मर्मत कार्य पनि अघि बढाइनेछ।

नयाँ शैक्षिक भवन भुइँतलादेखि सात तलासम्म निर्माण हुनेछ। यस भवनमा २६ वटा कक्षा कोठा, १२ प्रशासनिक कोठा, २४ शिक्षकका कोठा, र ४ वटा विभागीय प्रमुखका कोठा हुनेछन्। यसबाहेक, प्राथमिक उपचार कक्ष, चौकीदार कक्ष, प्यान्ट्री, बिजुली कोठा, र ४ वटा भण्डार कोठाहरू पनि रहनेछन्। भवनमा दुईवटा भर्याङ् र एउटा लिफ्टसहित ३०० जना क्षमताको अडिटोरियम हल र ४० जना क्षमताको मिनी हलको व्यवस्था हुनेछ। भवन परिसरमा १९ वटा कार र १२० वटा मोटरसाइकल पार्किङ सुविधा उपलब्ध गराइनेछ।

निर्माण व्यवसायीले भवनलाई पर्दा, कार्पेट, र फर्निचरसहित सुसज्जित गरी विश्वविद्यालयलाई हस्तान्तरण गर्नेछ।

यस अवसरमा निवर्तमान उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले शुभकामना सन्देश दिँदै पोखरा विश्वविद्यालयमा नयाँ शैक्षिक भवन शिलान्यास भएकोमा खुशी व्यक्त गर्नुभएको छ। उहाँले यसलाई आफ्नो सपना पूरा भएको महत्त्वपूर्ण क्षण भन्दै विश्वविद्यालय परिवारलाई बधाई दिनुभएको छ।

यस भवनले विश्वविद्यालयको शैक्षिक तथा प्रशासनिक कार्यलाई थप व्यवस्थित बनाउँदै गुणस्तरीय शिक्षामा उल्लेखनीय योगदान पुर्‍याउने विश्वास गरिएको छ।

नवनियुक्त उपकुलपतिद्वारा पदभार ग्रहण तथा विश्वविद्यालयद्वारा स्वागत कार्यक्रम आयोजना

२०८१ पौष १४, आइतबार, पोखरा–३०, कास्की। पोखरा विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा. बेदराज के.सी.ले आज विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजित एक औपचारिक समारोहबीच पदभार ग्रहण गर्नुभएको छ। पदभार ग्रहणसँगै आयोजित स्वागत कार्यक्रममा उहाँले विश्वविद्यालयको समृद्धि, सुधार, र भावी योजनाबारे आफ्नो दृष्टिकोण प्रस्तुत गर्दै उच्च शिक्षालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो।

समारोहलाई सम्बोधन गर्दै उपकुलपतिले विश्वविद्यालयको स्थापना कालदेखि हालसम्म योगदान पुर्‍याउने अग्रजहरूप्रति सम्मान व्यक्त गर्दै आगामी दिनमा सहकार्य र सकारात्मक परिवर्तनमार्फत विश्वविद्यालयलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता प्रकट गर्नुभयो। उहाँले संघीय कानुनअनुसार पोखरा विश्वविद्यालयलाई राष्ट्रिय विश्वविद्यालयको रूपमा स्थापित गर्नका लागि पहल गरिने र उच्च शिक्षाको गुणस्तर सुधारका लागि पाठ्यक्रम परिमार्जन तथा परीक्षा प्रणालीमा सुधारमा विशेष ध्यान दिने बताउनुभयो।

उहाँले कुलपतिसँग सपथ ग्रहण गर्दा पोखरा विश्वविद्यालयमा सकारात्मक परिवर्तन गर्ने दृढ संकल्पका साथ आएको स्मरण गराउँदै विधिवत् रूपमा विश्वविद्यालय सञ्चालन गर्न सबै सरोकारवालाको साथ र सहकार्य आवश्यक रहेको औंल्याउनुभयो। उहाँले विश्वविद्यालयभित्रका चुनौतीहरूको समाधानका लागि सुझाव पेटिका स्थापना गरी प्राप्त सुझावका आधारमा नीतिहरू निर्माण गरिने जानकारी दिनुभयो। साथै, विद्यार्थी, शिक्षक, र कर्मचारीहरूसँग सहकार्य गर्दै प्राज्ञिक गौरवलाई निरन्तर प्रवर्द्धन गर्ने योजना पनि उहाँले सार्वजनिक गर्नुभयो।

कार्यक्रममा विश्वविद्यालयका पदाधिकारी, विश्वविद्यालय सभाका सदस्य, स्थानीय जनप्रतिनिधि, शिक्षक, कर्मचारी, र विद्यार्थी गरी करिब ३०० भन्दा बढी सहभागी थिए। सहभागीहरूले विश्वविद्यालयको वर्तमान अवस्था, चुनौतीहरू, र सुधारका सम्भावनाबारे धारणा राख्दै नवनियुक्त उपकुलपतिलाई शुभकामना व्यक्त गर्नुभयो।

कार्यक्रमको सञ्चालन सह–प्रशासक तारादेवी सापकोटाले गर्नुभएको थियो। सम्माननीय प्रधानमन्त्री तथा पोखरा विश्वविद्यालयका कुलपति के.पी. शर्मा ओलीले गत हप्ता प्रा. डा. बेदराज के.सी.लाई उपकुलपतिका रूपमा नियुक्त गर्नुभएको थियो। स्वागत समारोहले विश्वविद्यालयको उज्ज्वल भविष्य निर्माणका लागि सबै सरोकारवालालाई सहकार्य र प्रतिबद्धतामा जोड्न प्रेरणा दिएको छ।

स्वागत कार्यक्रम समापनलगत्तै बसेको पोखरा विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले नवनियुक्त उपकुलपति प्रा. डा. बेदराज के.सी.लाई हार्दिक बधाई तथा स्वागत गरेको छ।

प्रा.डा. बेदराज के.सी. पोखरा विश्वविद्यालयको उप-कुलपतिमा नियुक्त

“चौथो अन्तर्राष्ट्रिय सम्मेलन – दिगो विज्ञ प्रणाली (ICSES 2024)” सम्पन्न

पोखरा विश्वविद्यालयद्वारा “चौथो अन्तर्राष्ट्रिय सम्मेलन – दिगो विज्ञ प्रणाली (ICSES 2024)” सम्पन्न

२०८१ साल असोज २९ गते मङ्गलबार, पोखरा–३०, कास्की

पोखरा विश्वविद्यालयले “4th International Conference on Sustainable Expert System – ICSES 2024”  भर्चुअल रूपमा सम्पन्न गरेको छ । यस सम्मेलनमा विभिन्न देशका प्राध्यापक, अनुसन्धानकर्ता र विद्यार्थीहरूले सहभागिता जनाएका थिए। सम्मेलनको मुख्य उद्देश्य दिगो विकासका लागि विज्ञ प्रणालीहरूमा भएका नयाँ प्रविधिहरूको खोज र अनुसन्धानलाई प्रवर्द्धन गर्नु रहेको थियो।

कार्यक्रमको उद्घाटन त्रिभुवन विश्वविद्यालय, ईन्जिनियरिङ संस्थान, पुल्चोक क्याम्पसका प्राध्यापक डा. सुवर्ण शाक्यले स्वागत मन्तव्यका साथ गर्नुभयो। डा. शाक्यले सम्मेलनका विविध कार्यक्रमहरूलाई समेट्दै, दिगो प्रविधि विकास र विज्ञ प्रणालीहरूको महत्त्वको बारेमा प्रकाश पार्नुभयो। उहाँले यस्तो प्रकारका अन्तर्राष्ट्रिय सम्मेलनहरूले प्रविधि क्षेत्रमा ज्ञानको आदान-प्रदान गर्न ठूलो सहयोग पुर्याउने कुरा उल्लेख गर्नुभयो।

सम्मेलनको सहजीकरण पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि सङ्कायका डीन, प्राध्यापक राजेश कुमार ठगुराठीले गर्नुभयो। उहाँले यस्ता सम्मेलनहरूले अनुसन्धान र प्रविधिमा योगदान पुर्याउने र पोखरा विश्वविद्यालयको भूमिका थप सशक्त हुने विश्वास व्यक्त गर्नुभयो।

मुख्य वक्ताका रूपमा जर्मनीको TUM विश्वविद्यालयका अतिथि प्राध्यापक र भारतीय सूचना प्रविधि संस्थान, कोट्टायमका अनुसन्धान तथा अन्तर्राष्ट्रिय मामिलाका प्रमुख डा. शाजुलिन बेनेडिक्टले “Sustainable Federated Learning for Health Care Application” विषयमा आफ्नो प्रस्तुति दिनुभयो। उहाँले स्वास्थ्य क्षेत्रमा कृत्रिम बुद्धिमत्ताको प्रयोग र दिगो विकासमा त्यसको योगदानको बारेमा प्रस्ट्याउनुभयो।

यस सम्मेलनले दिगो विज्ञ प्रणाली, कृत्रिम बुद्धिमत्ता, मानव-कम्प्युटर अन्तरक्रिया, र स्मार्ट प्रणालीहरूको विकासमा नयाँ सम्भावनाहरूको खोजी र तिनका व्यावहारिक उपयोगका विषयमा गहन छलफलको अवसर प्रदान गर्यो।

उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालको विदाई समारोह सम्पन्न

उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालको विदाई समारोह सम्पन्न

पोखरा, असोज १३ – पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालको विदाई समारोह आइतबार पोखरा विश्वविद्यालय केन्द्रीय सभाहल, खुदी, पोखरा–३०, कास्कीमा भव्य रूपमा सम्पन्न भयो। चार वर्षे कार्यकालपछि अवकाश प्राप्त गर्दै उहाँलाई विश्वविद्यालय परिवारले विदाई गरेको हो। कार्यक्रमका प्रमुख वक्ता प्रा.डा. अर्यालले आफ्नो कार्यकालका विविध पक्ष र आगामी योजनाहरूका विषयमा सम्बोधन गर्नुभयो।

उपकुलपति अर्यालले आफ्नो कार्यकालको समीक्षा गर्दै भन्नुभयो, “मैले सकारात्मक सोच्ने गर्छु र सधैं सत्य कुरा गर्ने प्रयास गर्छु।” उहाँले विद्यार्थी संख्यामा वृद्धि र शैक्षिक सुधारका कामलाई विशेष प्राथमिकतामा राखेको उल्लेख गर्दै, “आएको दिनमा ५ हजार विद्यार्थी पुर्‍याउने लक्ष्य राखेको थिएँ। अहिले धेरै सम्बन्धन दिइएको छ, कति विद्यार्थी हुन्छन्, त्यो समयले बताउनेछ,” उहाँले थप्नुभयो।

कार्यक्रममा अर्यालले  प्रशासनिक र शैक्षिक भवनमा भएका विकासलाई पनि स्मरण गर्दै भन्नुभयो, “हामीले वाचा गरेको ६ महिनाभित्र अस्पताल सञ्चालन गरेका छौं र मुसेटुँडामा ८ अरबको डिपिआर तयार गरेका छौं।” आफ्नो कार्यकालमा विभिन्न शैक्षिक सुधारका पहलहरू, जस्तै इन्टरप्रेन्यूरसिप डेभलपमेन्ट कार्यक्रमको थालनी, पाठ्यक्रमहरुको पुनरावलोकन जस्ता कार्यहरूको उल्लेख गर्नुभयो। उहाँले कानुन जस्ता नयाँ कार्यक्रमहरू थप्न सफल भए पनि केही अधुरो योजनाहरूका बारेमा आफू सन्तुष्ट नरहेको प्रष्ट पार्नुभयो।

प्रा.डा. अर्यालले आफ्नो कार्यकालमा धेरै सिनियर प्राध्यापकलाई अगाडि बढाउन प्रयास गरे पनि व्यवस्थापन पक्षबाट निरन्तरता दिन नसकेकोप्रति दुःख व्यक्त गर्दै भविष्यमा कसैले चित्त नदुखाउन आग्रह गर्नुभयो। उहाँले क्यूएए पाउने र राष्ट्रिय पुरस्कार हात पार्ने विद्यालयको सफलताको पनि चर्चा गर्दै पोखरा विश्वविद्यालयलाई सधैं अघि बढेको देख्न चाहने आफ्नो इच्छा व्यक्त गर्नुभयो।

समारोहका अर्का वक्ता, पोखरा विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. तीर्थराज अर्यालले प्रा.डा. प्रेमनारायण अर्यालको कार्यकालमा विश्वविद्यालयले गरेको प्रगतिको प्रशंसा गर्दै भन्नुभयो, “उहाँको पालामा विद्यावारिधि कार्यक्रमको थालनी भयो, जुन निकै ठूलो उपलब्धि हो।” उहाँले निवृत्त भएपछि पनि प्रा.डा. अर्यालले विश्वविद्यालयलाई निरन्तर सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो।

रजिष्टार प्रा.डा. दिपकबहादुर भण्डारीले उपकुलपति अर्यालको नेतृत्वको प्रशंसा गर्दै भन्नुभयो, “उपकुलपति हाम्रो टिमको लिडर हुनुहुन्थ्यो, उहाँको नेतृत्वमा हामीले धेरै कठिनाइहरूलाई समाधान गर्दै विश्वविद्यालयलाई आजको अवस्थासम्म ल्याएका छौं।” उहाँले उपकुलपति र रजिष्टारको सम्बन्धले विश्वविद्यालयको प्रगति कति महत्वपूर्ण हुन्छ भन्ने कुरा उल्लेख गर्दै थप्नुभयो, “काम इमान्दारीका साथ गर्दा मतभेद भए पनि हामी विश्वविद्यालयको हितका लागि सधैं सकारात्मक भएर अघि बढ्यौं।”

समारोहमा विश्वविद्यालयका पदाधिकारी, शिक्षक, विद्यार्थी तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा अन्य वक्ताहरुले प्रा.डा. अर्यालले थालनी गरेका विकास कार्यहरूलाई निरन्तरता दिने र उहाँबाट सिकेका ज्ञानहरूलाई कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।

पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा स्वास प्रश्वास समस्या सम्बन्धी वृहत स्वास्थ्य शिविर सम्पन्न

पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा स्वास प्रश्वास समस्या सम्बन्धी वृहत स्वास्थ्य शिविर सम्पन्न

२०८१ असोज ०४ गते शुक्रबार, पोखरा–३०, कास्की ।

पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा २०८२ असोज ४ गते शुक्रबार स्वास प्रश्वास समस्यासँग सम्बन्धित एकदिने वृहत स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। विहान ९ बजेदेखि दिउँसो १:३० बजेसम्म सञ्चालन गरिएको उक्त शिविरमा स्वास प्रश्वास, जनरल मेडिकल, डेन्टल, अर्थोपेडिक, स्त्रीरोग, र बालरोगसम्बन्धी सेवा प्रदान गरिएको थियो।

उक्त शिविर पोखरा विश्वविद्यालय शिक्षण अस्पताल र East Sussex Healthcare NHS Trust, यूकेको संयुक्त आयोजनामा भएको थियो भने Cilpa ले प्राविधिक सहयोग गरेको थियो। शिविरमा दर्ता र Spirometry परीक्षण निःशुल्क प्रदान गरिएको थियो, जबकि एक्स-रे र प्रयोगशाला परीक्षणमा २५ प्रतिशत छुट दिइएको थियो।

शिविरमा चिकित्सकहरूको एक उत्कृष्ट टोलीले बिरामीहरूको उपचार र परामर्श सेवा प्रदान गर्नुभयो । उपस्थित चिकित्सकहरूमा पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको तर्फबाट डा. प्रकाश भट्टराई, डा. दिनेश गौतम, डा. सुदिप त्रिपाठी, डा. मदन खड्का, डा. प्रदिप काफ्ले, डा. दिलिप ओझा, डा. लक्ष्मी पौडेल, डा. दिपिका कार्की, डा. रसिक भण्डारी र डा. मनिषा बराल, East Sussex Healthcare NHS Trust, यूकेको तर्फबाट Dr. Claudia Fowler Willins, Dr. Rupak Bastola, Dr. Benjamin Rooms, Dr. Vivek Vikram Shah, Dr. Elizabeth Forguson र  Dr. Sofik Twanabasu हुनुहुन्थ्यो ।

स्वास्थ्य शिविरमा जम्मा १३३ जना बिरामीहरूको सहभागिता रहेको थियो, जसमा ४७ जना पुरुष र ८६ जना महिला थिए। बिरामीहरूमा Pulmonary/General सम्बन्धी १२१ केस, Dental सम्बन्धी २ केस, Ortho सम्बन्धी ४ केस, Gynae सम्बन्धी २ केस र Paediatric सम्बन्धी ४ केसहरू दर्ता गरिएका थिए।

स्वास्थ्य शिविरले स्वास प्रश्वास सम्बन्धी समस्याबाट पीडित व्यक्तिहरूलाई गुणस्तरीय सेवा र आवश्यक परामर्श प्रदान गरेर स्थानीय बासिन्दाहरूलाई ठूलो राहत पुर्‍याएको छ। स्थानीय बासिन्दाहरूले यस्तो शिविरको आयोजनाबाट स्वास्थ्य सेवामा पहुँच पुर्‍याउन सहयोगी बनेको प्रतिक्रिया दिएका छन्।

पोखरा विश्वविद्यालय शिक्षण अस्पतालद्वारा COPD र पेलियाटिभ केयरमा सीएमई कार्यक्रम सम्पन्न

पोखरा विश्वविद्यालय शिक्षण अस्पतालद्वारा COPD र पेलियाटिभ केयरमा सीएमई कार्यक्रम सम्पन्न

२०८१ असोज ३ गते बिहीबार, पोखरा–३०, कास्की ।

पोखरा विश्वविद्यालय शिक्षण अस्पताल (PUTH) र बेलायतको ईस्ट ससेक्स हेल्थ केयर, NHS ट्रस्टको सहकार्यमा आयोजित Continuing Medical Education (CME) कार्यक्रम सेप्टेम्बर १९, २०२४ मा पोखरामा सम्पन्न भयो। कार्यक्रमको प्रमुख अतिथिका रूपमा विश्वविद्यालयका रजिष्ट्रार प्रोफेसर डा. दीपक बहादुर भण्डारीले स्वास्थ्य सेवा क्षेत्रमा ज्ञान आदानप्रदानको महत्वमाथि जोड दिँदै कार्यक्रमको उद्घाटन गर्नुभयो। उहाँले नेपाल र विश्वव्यापी चिकित्सा क्षेत्रमा ज्ञान आदानप्रदानको आवश्यकता माथि जोड दिंदै यस किसिमका कार्यक्रमले स्वास्थ्य सेवा क्षेत्रमा सुधार ल्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले कार्यक्रममा सहभागी चिकित्सक र स्वास्थ्यकर्मीहरूले अन्तर्राष्ट्रिय मापदण्डअनुसार व्यवहारिक ज्ञान आर्जन गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो ।

पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान सङ्कायका डीन सह–प्रा.डा. अमर नागिलाले कार्यक्रमका पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको स्वास्थ्य सेवा सुधारमा यस सीएमई कार्यक्रमले ठूलो योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो। साथै, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति प्रा.डा. बुद्धिबहादुर थापा र गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालाका महानिर्देशक मनमोहन मिश्रले पनि कार्यक्रमका अवसरमा आफ्ना विचार राख्दै यस प्रकारका सीएमई कार्यक्रमले स्वास्थ्य सेवा सुधारमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो।

मणिपाल शिक्षण अस्पतालका प्रबन्ध निर्देशक एवम् आन्तरिक चिकित्सा विभाग प्रमुख डा अभिषेक मास्केले COPD र यसले नेपाली समाजमा पार्ने प्रभावबारे चर्चा गर्नुभयो। उहाँले नेपालजस्तो विकासशील मुलुकमा बायोमास र धुवाँको कारण महिलाहरूमा COPD को जोखिम बढ्दो छ। त्यसैले यस प्रकारका शैक्षिक कार्यक्रमहरूले चिकित्सकहरूलाई रोगको उपचारमा थप सहजीकरण गर्ने विश्वास व्यक्त गर्नुभयो।

पोखरा विश्वविद्यालय शिक्षण अस्पतालका निर्देशक सह-प्राध्यापक डा. कुमार यादवले कार्यक्रमको सफलता र सहभागिताप्रति धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले यस प्रकारका ज्ञानमूलक कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तर आयोजना गरिने बताउनुभयो । डा. प्रकाश भट्टराईले सहभागीहरूको स्वागत गर्दै नेपाल-यूकेबीचको स्वास्थ्य सेवामा सहकार्यलाई अझ प्रगाढ बनाउनका लागि यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

ईस्ट ससेक्स हेल्थकेयर एनएचएस ट्रस्टका डा. रुपक बास्तोलाले पोखरा विश्वविद्यालय शिक्षण अस्पतालसँगको सहकार्यलाई निरन्तरता दिने प्रस्ताव राख्दै भविष्यमा द्विपक्षीय आदानप्रदान कार्यक्रमको सम्भावना औंल्याउनु भयो ।

कार्यक्रमको दोस्रो सत्रमा COPD सम्बन्धी दुईवटा प्रमुख प्रस्तुतीकरण भए। पहिलोमा नेपालका हालका दिशानिर्देश र उपचारका मापदण्डहरूबारे छलफल गरियो। दोस्रोमा, यूकेका COPD दिशानिर्देशहरू र उपचारका वर्तमान मापदण्डहरूको बारेमा चर्चा भयो। दुवै प्रस्तुतीकरणले दुई देशबीचको उपचार पद्धतिहरूको तुलनात्मक विश्लेषण प्रस्तुत गर्दै विविध दृष्टिकोणहरू प्रदान गर्नुभयो।

तेस्रो सत्रमा “नन-इन्भेसिभ भेन्टिलेसन” (NIV) र उपचारको सीमा सम्बन्धी विषयमा छलफल गरियो। यस सत्रमा COPD बिरामीहरूको उपचारमा आवश्यक पर्ने निर्णय र यसको प्रभावकारिताका बारेमा चिकित्सकहरूलाई जानकारी दिइयो।

चौथो सत्र COPD र पालेयटिभ केयरका विभिन्न पक्षहरूबारे छलफलमा केन्द्रित रह्यो। पालेयटिभ केयरको आवश्यकता, बिरामीहरूको जीवनस्तर सुधार गर्ने उपचार पद्धतिहरू र रोगको अन्तिम चरणमा आवश्यक देखिने विभिन्न पक्षहरू प्रस्तुत गरियो।

पाँचौं सत्रमा ‘फोक्सो पुनःस्थापना’ (पल्मोनरी रिह्याबिलिटेसन) र समुदायमा स्वास्थ्य सेवाको विस्तारका बारेमा छलफल गरियो। यस सत्रले COPD बिरामीहरूको जीवनस्तर सुधार्नका लागि पुनःस्थापना विधिहरू, शारीरिक अभ्यास र समुदायस्तरमा देखिने रोगका चुनौतीहरूको समाधानमा चिकित्सक र स्वास्थ्यकर्मीहरूको भूमिका महत्त्वपूर्ण हुनेमा जोड दियो।

अन्तिम सत्रमा साना समूहहरूमा केस स्टडीहरूमा आधारित छलफलहरू गरियो। सहभागी चिकित्सकहरूले COPD र पालेयटिभ केयरसँग सम्बन्धित बिरामीहरूको व्यावहारिक उपचारमा देखिने चुनौतीहरूबारे सघन छलफल गर्दै विभिन्न उपायहरूबारे ज्ञान आदानप्रदान गर्नुभयो।

यो CME कार्यक्रममा पोखरा विश्वविद्यालय शिक्षण अस्पताल, नेपाल मणिपाल शिक्षण अस्पताल, गण्डकी मेडिकल कलेज र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका करिब पाँच दर्जन सहभागी थिए।

यो विशेष कार्यक्रमले COPD र पालेयटिभ केयरको उपचारमा नेपाल र यूकेका दिशानिर्देशहरूबीचको अन्तर र त्यसको प्रयोगात्मक ज्ञान आदान-प्रदानलाई महत्व दिएको थियो। कार्यक्रमको सञ्चालन पोखरा विश्वविद्यालय शिक्षण अस्पतालका मेडिकल अफिसर डा. दीपिका कार्कीले गर्नुभएको थियो । 

भोलि, २० सेप्टेम्बर २०२४ मा पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा COPD र पालेयटिभ केयरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिनेछ। SPIROMETRY र X-Ray जाँचमा छुट सहित सेवा प्रदान गरिने यस शिविरमा सीप्लाले प्राविधिक सहायता उपलब्ध गराउने छ।

उपकुलपतिद्वारा रजतस्तम्भको समुद्घाटन

उपकुलपतिद्वारा रजतस्तम्भको समुद्घाटन

२०८१ भाद्र ३० गते आइतबार, पोखरा–३०, कास्की ।

पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालयले पोखरा विश्वविद्यालय केन्द्रीय कार्यालय परिसरमा निर्मित रजत स्तम्भको आज एक समारोहबीच समुद्घाटन गर्नुभयो । विश्वविद्यालयले पछिल्लो समयमा भौतिक एवम् शैक्षिक पूर्वाधार निर्माणमा विशेष जोड दिँदै आएको छ ।

पोखरा विश्वविद्यालय अवस्थित खुदी ढुंगेपाटनमा ११४ रोपनीमा  विश्वविद्यालय परिसरभित्रको “ए” ब्लकमा रहेको हालको केन्द्रीय प्रशासनिक भवनलाई परिमार्जन र लिफ्टसहित दुई तला थप गरी चार तलाको बनाउने कार्य, प्रशासनिक भवन अगाडि रजतस्तम्भ निर्माण, केन्द्रीय प्रशासनिक भवन र परीक्षा नियन्त्रण कार्यालयको कम्पाउण्डवालमाथि एकमिटर उचाईको चेनबारसहित उक्त कम्पाउण्डवालभित्र जोडेर चारकिल्ला वरिपरि पाँचफुटको फुटपाथ निर्माण, मूल प्रवेशद्वार निर्माण तथा कम्पाउण्डवाल भित्रको पार्किङ्गस्थल र बगैचालाई व्यवस्थित गरिने कार्य हालै सम्पन्न भयो ।

त्यसै गरी विश्वविद्यालय परिसरभित्रको “बि” ब्लकमा रहेको खेलमैदानलाई व्यवस्थित गर्न चेनबार भएको कम्पाउण्डवालसहित प्रवेशद्वार निर्माण र “सि” ब्लकमा रहेको प्राज्ञिक भवन कम्प्लेक्सको उत्तरतर्फ सहायक प्रवेशद्वार निर्माणका साथै “डी” ब्लकमा विश्वविद्यालयको शिक्षण अस्पताल निर्माण भई सञ्चालन भइरहेको छ ।

पोखरा–३०, खुदी, कास्कीमा अवस्थित विश्वविद्यालय प्राज्ञिक भवन कम्प्लेक्सको हाताभित्र निर्माण गरिने नयाँ शैक्षिक भवनका अतिरिक्त स्कूल अफ हेल्थ एण्ड एलाइड साइन्सेज भवनका लागि ट्रस संरचना, स्कूल अफ बिजनेश भवनका लागि शौचालय निर्माण र पुरानो प्रशासनिक भवनको मर्मतसहितका सम्बद्ध कार्यहरू हालै करीब ४१ करोड ५० लाखमा सम्झौता भई कार्य शुरु हालै करीब ४१ करोड ५० लाखमा सम्झौता भई कार्य शुरु भइरहेको छ ।

स्वास्थ्य विज्ञान सङ्कायमा पिएचडि कार्यक्रम शुरू

स्वास्थ्य विज्ञान सङ्कायमा पिएचडि कार्यक्रम शुरू

 

 

२०८१ साल भदौ ३० गते शनिबार, पोखरा–३०, कास्की ।

पोखरा विश्वविद्यालयअन्तर्गत स्वास्थ्य विज्ञान सङ्कायमा पीएचडी कार्यक्रमको ओरियेन्टेशन कार्यक्रम भदौ २९, २०८१ मा सम्पन्न भएको छ। कार्यक्रमको प्रमुख अतिथि पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले विद्यावारिधि अध्ययन अब सजिलो भएको र इन्टरनेटको माध्यमबाट अध्ययन सामग्री विश्वभरबाट सहजै उपलब्ध हुन थालेको बताउनुभयो। उहाँले विद्यार्थीलाई मिहिनेत, दृढता, र राष्ट्रको लागि योगदान गर्ने मानसिकता आवश्यक रहेको बताउनुभयो। साथै, उहाँले अन्य विश्वविद्यालयहरूसँग एमओयू गरेर अनुसन्धान प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो।

रजिष्ट्रार प्रा.डा. दीपक बहादुर भण्डारीले पीएचडीले ज्ञानको ढोका खोल्ने बताउनुभयो। उहाँले पीएचडी अध्ययनलाई जीवनको महत्त्वपूर्ण मोडको रुपमा लिएर सोच परिवर्तन गर्न आग्रह गर्नुभयो। विश्वविद्यालयले अनुसन्धान र नवप्रवर्तनको क्षेत्रमा योगदान दिनुपर्ने उहाँको भनाइ थियो। मानविकी तथा सामाजिक शास्त्र सङ्कायका डीन सह-प्राध्यापक डा. अजय थापाले पिएचडी अध्ययनलाई सगरमाथा आरोहणसँग तुलना गर्दै यो एक कठिन यात्रा भए पनि यसले विद्यार्थीलाई नयाँ उचाईमा पुर्‍याउने बताउनुभयो। उहाँले अनुसन्धानमा अनुभव र सही ज्ञानको महत्त्वको बारेमा प्रकाश पार्नुभयो।

स्वास्थ्य विज्ञान सङ्कायका डीन सह-प्राध्यापक डा. अमर नागिलाले विश्वविद्यालयमा अनुसन्धान र सेवाको महत्त्वबारे चर्चा गर्नुभयो। उहाँले विद्यार्थीहरूलाई अनुसन्धानको वातावरण बनाउन र अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालयहरूसँग सहकार्य गर्नुपर्ने बताउनुभयो। परीक्षा नियन्त्रक सह-प्राध्यापक डा. तुल्सी राम भण्डारीले विद्यार्थीलाई पीएचडीपछि सफल बनाउने विश्वविद्यालयको दायित्वबारे चर्चा गर्दै, विद्यार्थीले ब्रान्ड बनेर निस्कनुपर्नेमा जोड दिनुभयो।

स्कूल अफ हेल्थ एण्ड एलाइड साइन्सेजकी प्रा.डा. निर्मला जम्मरकट्टेलले पीएचडी कार्यक्रम सफलतापूर्वक सञ्चालन गर्न पाउँदा खुशी व्यक्त गर्नुभयो। उहाँले अनुसन्धान र प्रकाशनको गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड गर्नुभयो। सह-प्राध्यापक डा. गुलाम खाँले विद्यार्थीलाई अनुशासनको महत्त्व बुझाउनुपर्ने बताउनुभयो भने सह-प्राध्यापक डा. हरिप्रसाद काफ्लेले पीएचडी कार्यक्रमको भिजन र सञ्चालन प्रक्रियाबारे जानकारी दिनुभयो।

पोखरा विश्वविद्यालय रेडियो इमेजिङ विषय समितिका अध्यक्ष प्रा.डा. ईश्वरी प्रसाद पौडेलले पीएचडीको लागि आवश्यक फाउण्डेशन कोर्षको महत्त्व बताउँदै सही अनुसन्धानका लागि टाइटल र क्षेत्रको चयन महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो।

पीएचडी क्यान्डिडेट एवम् उप-प्राध्यापक अतिस सम्बोधनबर्दन कौडिन्नायनले आफ्नो अनुभव साट्दै, विश्वविद्यालयका उच्च क्षमतायुक्त प्राध्यापकहरूको सहयोगबाट उत्कृष्ट अनुसन्धान गर्न सकिने विश्वास व्यक्त गर्नुभयो। अर्की पीएचडी क्यान्डिडेट सिर्जना पण्डित पहारीले आफ्नै देशमा शिक्षा हासिल गर्न पाएकोमा खुशी व्यक्त गर्दै उत्कृष्ट उत्पादनका रूपमा विश्वविद्यालयलाई चिनाउन सकिने बताउनु भयो।

कार्यक्रममा ६ जना पीएचडी क्यान्डिडेट सहभागी थिए, जसले ३ देखि ५ वर्षसम्मको अवधिमा ६ सेमेस्टर पूरा गर्नुपर्नेछ। कक्षाहरू १५ सेप्टेम्बर २०२४ देखि शुरु हुनेछन्। कार्यक्रमको सञ्चालन सह-प्राध्यापक डा. डमरु प्रसाद पनेरुले गर्नुभएको थियो ।

इरास्मस रोडशो कार्यक्रम सम्पन्न

इरास्मस रोडशो कार्यक्रम सम्पन्न

२०८१ साल भदौ २८ गते शुक्रबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालय र विश्वविद्यालय अनुदान आयोग, नेपालको सहयोगमा यूरोपियन यूनियनद्वारा आयोजित Erasmus Roadshow कार्यक्रम २०८१ साल भदौ २८ गते शुक्रबार पोखरा–३०, खुदीमा अवस्थित पोखरा विश्वविद्यालय केन्द्रीय कार्यालयमा सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूलाई Erasmus Mundus संयुक्त मास्टर डिग्री छात्रवृत्ति कार्यक्रममार्फत यूरोपियन यूनियनले प्रदान गर्ने शैक्षिक अवसरहरूबारे जानकारी दिनु थियो। यस कार्यक्रमका प्रमुख सहजकर्ता Erasmus Alumni थिए, जसले विद्यार्थीहरूलाई छात्रवृत्तिको लागि आवश्यक जानकारी र सहयोग प्रदान गरे।

कार्यक्रममा सहभागीहरूले Erasmus विकल्पबारे स्पष्ट बुझाइ प्राप्त गरे, र यसले विद्यार्थीहरूलाई प्रभावकारी छलफल र संचार गर्न मद्दत गर्यो। Erasmus Mundus संयुक्त मास्टर डिग्री छात्रवृत्ति कार्यक्रमले विश्वभरका विद्यार्थीहरूलाई दुई वा बढी यूरोपेली विश्वविद्यालयहरूमा अध्ययन गर्ने अवसर दिन्छ, जसले उनीहरूलाई उच्च गुणस्तरीय शिक्षा र संस्कृतिको अनुभव दिलाउँछ।

यस वर्ष ३३ जना नेपाली विद्यार्थीहरूले Erasmus+ मास्टर कार्यक्रम अन्तर्गत पूर्ण छात्रवृत्ति प्राप्त गरेका छन्। Erasmus+ कार्यक्रमले विद्यार्थीहरूको व्यक्तिगत विकास, शैक्षिक उत्कृष्टता र अन्तर्राष्ट्रिय नेटवर्क निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

“नेपालमा सामाजिक-आर्थिक संकटापन्नाता बुझाइको सन्दर्भीकरण” बिषयक एकदिने संगोष्ठी सम्पन्न

“नेपालमा सामाजिक-आर्थिक संकटापन्नाता बुझाइको सन्दर्भीकरण” बिषयक एकदिने संगोष्ठी सम्पन्न

पोखरा, भदौ २८, २०८१ – पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्र (PURC) ले संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (UNDP) को सहकार्यमा “नेपालमा सामाजिक-आर्थिक संकटापन्नाता बुझाइको सन्दर्भीकरण” बिषयक एकदिने संगोष्ठी सम्पन्न भएको छ । यस संगोष्ठीमा सामाजिक-आर्थिक संवेदनशीलताको सन्दर्भमा विभिन्न विशेषज्ञहरू, नीति निर्माताहरू, अनुसन्धानकर्ता, र अन्य सरोकारवालाहरूले आ-आफ्ना विचार प्रस्तुत गर्नुभयो । नेपाल २०२६ मा अल्पविकसित देश (LDC) को सूचीबाट स्तरोन्नति हुन लागेको अवस्थामा र सन् २०३० सम्म दिगो बिकाश लक्ष्य हासिल गर्नु पर्ने चुनौती रहेको सन्दर्भमा, सामाजिक-आर्थिक संवेदनशीलतालाई सही रूपमा बुझेर नीतिगत निर्णयहरू लिनु अत्यावश्यक छ। संगोष्ठीले यसै उद्देश्यलाई मध्यनजर राख्दै सामाजिक-आर्थिक संवेदनशीलता बुझ्न र समाधानका उपायहरू खोज्नको लागि एक साझा मञ्च प्रदान गरेको थियो।

संगोष्ठीमा सरकारी अधिकारीहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संगठनका प्रतिनिधिहरू, नीति निर्माताहरू, अनुसन्धानकर्ता, शिक्षाविद्, नागरिक समाजका अगुवा, उद्योगी, निजी क्षेत्रका प्रतिनिधि, र मिडिया कर्मीहरूको उपस्थिति थियो। संगोष्ठीको उद्देश्य वैज्ञानिक ज्ञान र अनुभवको आदानप्रदान गर्दै नेपालमा सामाजिक-आर्थिक संवेदनशीलताको असरलाई समीक्षा गर्नु र खुला संवादको माध्यमबाट प्रभावकारी समाधान पहिल्याउनु रहेको थियो। संगोष्ठीमा चारवटा मुख्य विषयहरूमा केन्द्रित सत्रहरू सञ्चालन गरिएका थिए, जसमा प्रत्येक सत्रमा एउटा प्रमुख प्रस्तुति र त्यसपछि प्यानल छलफल गरियो। छलफलले सामाजिक-आर्थिक संवेदनशीलताको मर्ममा रहेका चुनौतीहरूको व्यावहारिक समाधान खोज्न महत्वपूर्ण भूमिका खेलेको थियो।

संगोष्ठीका चार प्रमुख विषयहरूमा आर्थिक असमानता, सामाजिक वर्गीकरण, जलवायु परिवर्तन र प्राकृतिक विपत्तिहरू, तथा खाद्य सुरक्षा, पोषण, र स्वास्थ्यका विषयहरू समावेश थिए। पहिलो सत्रमा आर्थिक असमानताको सन्दर्भमा प्रमुख प्रस्तुति त्रिभुवन विश्वविद्यालय, अर्थशास्त्र विभागका उप–प्राध्यापक नवीन अधिकारीले गर्नुभयो भने प्यानल छलफलमा पोखरा विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. दिपकबहादुर भण्डारी, नेपाल राष्ट्रबैंकका वरिष्ठ डेपुटी गभर्नर, डा. नीलम ढुंगाना तिम्सिना,  र गण्डकी प्रदेश नीति तथा योजना आयोगका माननीय सदस्य सुश्री माया तिम्सिना सहभागी हुनुभएको थियो। यस सत्रमा आय, रोजगारी, शिक्षा, र स्रोतहरूको पहुँचमा रहेको असमानताका विषयमा गहन छलफल भयो ।  छलफलको समन्वय आर्थिक पत्रकार समाज, नेपाल (सेजोन) का शरद ओझाले गर्नुभएको थियो । दोस्रो सत्रमा सामाजिक वर्गीकरणका मुद्दाहरूमा छलफल गरियो, जसमा पोखरा विश्वविद्यालय स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल इन्जिनियरिङका सह–प्रा. डा. ऋषिकेश पाण्डेले जातीयता, लैंगिक असमानता, र सामाजिक विभाजनको प्रभावबारे प्रस्तुति दिनुभयो । प्यानलिस्टहरूमा स्वतन्त्र अनुसन्धानकर्ता  डा. मीना पौडेल, त्रिभुवन विश्वविद्यालयका प्रा. डा. विश्व कल्याण पराजुली, र लैङ्गिक समानता, अपाङ्गता र सामाजिक समावेशीकरण (GEDSI) एवम् लैङ्गिक हिंसा (GBV) सम्बन्धीका विशेषज्ञ डा. प्रणब दाहाल सहभागी हुनुहुन्थ्यो । छलफलको समन्वय अन्नपूर्ण एक्सप्रेसका पत्रकार स्मिता अधिकारीले गर्नुभएको थियो ।

तेस्रो सत्र जलवायु परिवर्तन र प्राकृतिक विपत्तिहरूको सन्दर्भमा थियो। यस सत्रमा जलवायु परिवर्तनले समाजमा पारेको प्रभावबारे ग्लोबल इन्स्टिच्युट फर इन्टरडिसिप्लिनरी स्टडीज (GIIS), काठमाडौंका निर्देशक डा. उत्तम बाबु श्रेष्ठले प्रस्तुति दिनुभयो । छलफलमा प्यानलिस्टहरूमा पोखरा विश्वविद्यालय स्कूल अफ इन्जिनियरिङका प्रा.डा. बिनय कुमार मिश्र,  त्रिभुवन विश्वविद्यालय केन्द्रीय वातावरण विज्ञान विभागका उप प्राध्यापक डा. रमेश राज पन्त, र ICIMOD का रिमोट सेन्सिङ र भू-सूचना विश्लेषक सुश्री फिनु श्रेष्ठ सहभागी हुनुहुन्थ्यो । यो सत्रलाई वन विज्ञान अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालयका सह–प्रा.डा. विष्णुप्रसाद देवकोटाले समन्वय गर्नुभएको थियो । अन्तिम सत्र खाद्य सुरक्षा, पोषण, र स्वास्थ्यका विषयमा केन्द्रित थियो। यस सत्रमा जनस्वास्थ्य विशेषज्ञ तथा एक्टिभिस्ट डा. अरुणा उप्रेतीले बाल पोषण, खानेपानी, र स्वच्छताका विषयमा प्रस्तुति दिनुभयो भने प्यानलिस्टहरूमा जनस्वास्थ्यका प्रा.डा. शरदराज वन्त,  नेपाल सरकार कृषि मन्त्रालयका सह–सचिव डा. हरिबहादुर के.सी. र कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्रा.डा. दुर्गा देवकोटा हुनुहुन्थ्यो । यो सत्रलाई पोखरा विश्वविद्यालय स्कूल अफ हेल्थ एण्ड एलाइड साइन्सेजका सह–प्रा.डा. डमरूप्रसाद पनेरूले समन्वय गर्नुभएको थियो ।

संगोष्ठीले सामाजिक-आर्थिक संवेदनशीलता बुझ्न गहन छलफल गरी व्यावहारिक नीति निर्माणका लागि महत्वपूर्ण सुझावहरू प्रदान गरेको छ। संगोष्ठीका प्रमुख नतिजाहरूमा नेपालको सन्दर्भमा सामाजिक-आर्थिक संवेदनशीलताबारे गहिरो बुझाइ, व्यावहारिक नीति र कार्यक्रमका लागि सुझावहरू, सरोकारवालाहरूबीचको सहकार्यको सुदृढीकरण, र स्थानीय समुदायलाई सामाजिक-आर्थिक चुनौतीहरूबारे सचेत गराउनु समावेश छन्। यी सुझावहरूले आगामी दिनमा नीतिगत हस्तक्षेप र विकासका कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउन योगदान दिने अपेक्षा गरिएको छ।

संगोष्ठीको उद्घाटन मन्तव्यमा यूएनडीपी नेपालका समावेशी आर्थिक विकास पोर्टफोलियो प्रबन्धक, कल्पना सरकार, र गण्डकी प्रदेश नीति तथा योजना आयोगकी माननीय सदस्य माया तिम्सिनाले समाजमा विद्यमान असमानता र विभाजनलाई सम्बोधन गर्नको लागि नीति निर्माणको आवश्यकतामा जोड दिनुभयो । पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. डा. प्रेमनारायण अर्यालले प्रारम्भिक सत्रको समापन मन्तव्य राख्दै सामाजिक-आर्थिक सुदृढीकरणका लागि ज्ञानको आदान-प्रदानमा यस्तो संगोष्ठीको महत्वलाई विशेष जोड दिनुभयो । 

समापन सत्रमा गण्डकी प्रदेश नीति तथा योजना आयोगका माननीय सदस्य माया तिम्सिना, पोखरा विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. दिपकबहादुर भण्डारी, पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सह–प्रा.डा. नमराज धामी, पोखरा विश्वविद्यालय स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल इन्जिनियरिङका उप–प्राध्यापक मनकुमारी पराजुली, जिल्ला जनस्वास्थ्य प्रशासक रमेश अधिकारी, यूएनडिपीका सतिश पाण्डेले सामाजिक-आर्थिक संवेदनशीलतालाई सम्बोधन गर्न व्यावहारिक नीति र कार्यक्रमका उपायहरू प्रस्तुत गर्दै संगोष्ठीको सफलता सुनिश्चित भएको बताउनुभयो ।

यो संगोष्ठीले नेपालको सामाजिक-आर्थिक संवेदनशीलतालाई सम्बोधन गर्न महत्त्वपूर्ण नीति निर्माणका लागि आधारशीला तयार गरेको छ । संगोष्ठी पोखराको लेकसाइडस्थित अतिथि रिसोर्टमा सम्पन्न भएको हो । कार्यक्रममा ८० जनाको उपस्थिति रहेको थियो । 

पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा दन्त सेवा सञ्चालन

पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा दन्त सेवा सञ्चालन

२०८१ श्रावण ११ गते शुक्रबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा अत्याधुनिक स्तरीय उपकरण तथा प्रविधिसहितको दन्त उपचार सेवा सञ्चालनमा आएको छ । अस्पतालले बहिरङ्ग सेवा, स्त्री तथा प्रसुति रोग सेवा, हाडजोर्नी तथा नशा रोग सेवा, बालरोग सेवा, फिजिसियन तथा जनरल मेडिसिन सेवाका साथै इमर्जेन्सी सेवा, यू.एस.जी. र इ.सि.जी. सेवासँगै दन्त रोग उपचार सेवा सञ्चालनमा ल्याएको हो ।
दन्त विभागमा अस्थायी/स्थायी रूपमा दाँत भर्ने तथा लगाउने, दाँतको रङ्गको सिमेन्ट भर्ने, दाँत सफा गर्ने र टल्काउने, गिजासम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने, दाँत निकाल्ने र नयाँ दाँत प्रत्यारोपण गर्ने, दाँतको डिजिटल एक्सरे र ओपिजी गर्ने, बाङ्गोटिङ्गो दाँतलाई तार बाँधेर मिलाउने, दाँतको जरैदेखि उपचार गर्ने, दाँत र मुखको माइनर सर्जरी गर्ने, एउटा पनि दाँत नभएको ठाउँमा दाँत लगाउने आदि सेवा उपलब्ध छन् ।

दन्त विभागमा मोटर जडित सक्सन, माइक्रो मोटर, एअर मोटर, अल्ट्रा सोनिक इस्क्यालर, सेन्सर प्यानलसहितका ८ वटा स्तरीय डेन्टल चेयर रहेको र डेन्टल चेयरमा नन्–टच सेन्सर लाइट जडित छन् । दन्त विभागलाई डेन्टल कम्प्रेसर, सिइपिएचसहितको ओपिजी मेशिन, आरभिजी सेन्सरको साथ डेन्टल एक्सरे मेशिन, क्लास बी अटोक्लेभ मेशिन, इनबिल्ट एपेक्स लोकेटरको साथइन्डोमोटर, वाटर डिस्टिलर मेशिन, स्केलिङ मेशिन, अल्ट्रासोनिक क्लिनर, यूभि चेम्बर आदिले पूर्ण बनाइएको छ ।

दन्त विभागलाई दक्ष तथा अनुभवी एकजना बिडिएस डेन्टल सर्जन र एक जना पिसिएल डेन्टल हाइजीनिष्टको नेतृत्वमा सञ्चालन गरिएको पोखरा विश्वविद्यालय शिक्षण अस्पतालका निर्देशक सह–प्रा.डा. दिपेन्द्रकुमार यादवले जानकारी दिनुभयो । शिक्षण अस्पताल सरकारी भएकोले दन्त सेवा शुल्क र उपचार खर्च अन्य सरकारी अस्पताल सरह भएको उहाँको भनाई थियो ।

दन्त चिकित्सक डा. मानुषी पौडेलले पोखरा विश्वविद्यालय शिक्षण अस्पतालअन्तर्गत डेन्टल ओपिडि सेवा बिदाको दिन बाहेक १० बजेदेखि ५ बजेसम्म सञ्चालन हुने र यहाँ दाँतका बिरामीहरुलाई सुविधासम्पन्न ल्याबदेखि फार्मेसीसम्मका सम्पूर्ण सेवाहरू उपलब्ध रहेको जानकारी दिनुभयो । उहाँले अत्याधुनिक प्रविधिमा दाँतको डिजिटल एक्सरेसँगै पोखरामा कमै ठाउँमा रहेको मुखैभरिको टाउँको भरिको एक्सरे एउटै फिल्ममा देखाउन सकिने ओपीजी प्रविधि समेत रहेको बताउनुभयो ।

डा. मानुषीले वरिपरिको सरकारी अस्पताल गण्डकी अस्पताल, धरान लगायत सबै शिक्षण अस्पतालहरूको उपचार खर्चको आधारमा न्यूनतम सस्तो दररेटमा उपचार खर्च तय गरिएको उल्लेख गर्दै वरिपरिको जनसमुदायलाई यहाँ आएर उपचार गर्दा निकै फाइदा हुने देखेको उहाँको भनाई थियो । उहाँले स्थानीयलाई बाहिर गएर राम्रो विशेषज्ञ डाक्टरसँग दन्त उपचार गर्दा आठसय नौसय शुल्क तिर्नुपर्ने, उपचारका लागि लाइनमा बसी धेरै समय कुर्नुपर्ने तर यहाँ एकसय रूपैयाँको टिकटमा जतिबेला पनि विशेषज्ञ डाक्टरहरू उपलब्ध हुने भएकोले यही नजिकै यस्तो सेवा भएकोले सस्तोमा फाइदा लिन सबै स्थानीयलाई आग्रह गर्नुभयो ।

पोखरा विश्वविद्यालय शिक्षण अस्पतालका बायोमेडिकल ई. सुसन्जित विजय कोइरालाले दाँतको उपचारका लागि नब्बे प्रतिशत उपकरणहरू सेटअप गरिसकिएको जानकारी दिनुभयो । हातको सेन्सरबाट चल्ने र मोटोराइज्ड सक्सन भएका तथा दाँत काट्ने, दाँत सफा गर्ने औजारसहितका सुविधायुक्त आरामदायी डेन्टल चेयर रहेको उहाँको भनाई थियो । उहाँले सिइपिएचसहितको ओपिजी मेशिनबाट दाँत तथा गर्दनको एक्सरे लिन सकिने प्रविधिबाट धेरै लाभान्वित हुनसक्ने बताउनुभयो ।

४१ करोड ४३ लाखमा नयाँ शैक्षिक भवन निर्माणका लागि सम्झौता

४१ करोड ४३ लाखमा नयाँ शैक्षिक भवन निर्माणका लागि सम्झौता

२०८१ साउन ३ गते बिहीबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालयले नयाँ शैक्षिक भवन निर्माणका लागि सम्झौता गरेको छ । पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालको समुपस्थितिमा सम्पन्न उक्त सम्झौता पत्रमा विश्वविद्यालयको तर्फबाट रजिष्ट्रार प्रा.डा. दिपकबहादुर भण्डारी र निर्माण व्यवसायीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष श्रेष्ठ एवम् सुपरभिजन परामर्शदाताको तर्फबाट प्रबन्ध निर्देशक ई. विष्णु प्रसाद खनालले हस्ताक्षर गर्नुभयो ।

पोखरा–३०, खुदी, ढुङ्गेपाटन, कास्कीमा अवस्थित विश्वविद्यालय प्राज्ञिक भवन कम्प्लेक्सको हाताभित्र निर्माण गरिने नयाँ शैक्षिक भवनका अतिरिक्त स्कूल अफ हेल्थ एण्ड एलाइड साइन्सेज भवनका लागि ट्रस संरचना, स्कूल अफ बिजनेश भवनका लागि शौचालय निर्माण र पुरानो प्रशासनिक भवनको मर्मतसहितका सम्बद्ध कार्यहरूका लागि १७ वटा बोलपत्रमध्येबाट यस आजोनाका लागि छनौट भएको निर्माण व्यवसायी श्रेष्ठ एण्ड सन्स, चो रोल्पा जेभी, काठमाडौं र पोखरा विश्वविद्यालयबीच सम्झौता सम्पन्न भएको हो । आयोजनाको सुपरभिजन परामर्शदाताको रूपमा रहेको पेस कन्सल्टेन्ट, काठमाडौंले गर्नेछ ।

यही श्रावण १५, २०८१ बाट निर्माण कार्य शुरू भई ३० (तीस) महिनाभित्र सम्पन्न हुने उक्त निर्माण कार्यको सम्झौता लागत रकम ४१,४३,१७,५५९।७७ (एकचालीस करोड त्रिचालीस लाख सत्रहजार पाँचसय उनन्साठी र पैसा सतहत्तर) रहेको छ ।

प्राज्ञिक भवन कम्प्लेक्सभित्र रहेको स्कूल अफ इन्जिनियरिङको पश्चिमपट्टि र स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल इन्जिनियरिङको दक्षिणपट्टि बाँस्केटबल कोर्ट भएको स्थानलाई समेत प्रयोग गरी निर्माण गरिने नयाँ शैक्षिक भवन अत्याधुनिक र सुविधा सम्पन्न हुनेछ । भुइतलादेखि सातवटा तला भएको उक्त भवनमा ४८ जना विद्यार्थी क्षमताका १४ वटा कोठा र ३० विद्यार्थी क्षमताका १२ वटा कोठा गरी २६ वटा कक्षा कोठाहरू हुनेछन् । भवनमा १२ वटा प्रशासनिक कोठाहरू, २४ वटा शिक्षक बस्ने कोठाहरू, ४ वटा विभागी प्रमुखका कोठाहरू रहनेछन् ।

यसरी कुल ६६ वटा कोठाहरू डिजाइन गरिएको उक्त भवनमा छात्रा/महिलाका २३ वटा बाथरूम/ट्वाइलेट, छात्र/पुरूषका लागि १८ वटा बाथरूम/ट्वाइलेट, २४ वटा यूरिनल्स् र प्रत्येक तलामा स्टाफहरूका लागि एकएक वटा बाथरूम/ट्वाइलेटहरू निर्माण गरिनेछ । यसका साथै भवनमा एक एकवटा प्राथमिक उपचार कक्ष, चौकीदार कक्ष, प्यान्ट्री कक्ष, बिजुली कोठा र ४ वटा भण्डारकोठाहरू रहनेछन् । त्यस्तै भवनलाई दुईवटा भर्याङ् र एउटा लिफ्टसहित ३०० जना क्षमताको एउटा अडिटोरियम हल र ४० जना क्षमताको एउटा मिनि हलले सुविधायुक्त तुल्याइनेछ । भवनको भुइतलामा १९ वटा कार, ५० वटा मोटरसाइकल तथा भवन परिसरमा ७० वटा मोटरसाइकल अट्नसक्ने गरी व्यवस्थित गरिनेछ । सम्झौताबमोजिम भवनलाई निर्माण व्यवसायीले भवनका लागि आवश्यक पर्दा, कार्पेट एवम् फर्निचरले राम्रोसँग सुसज्जित गरी विश्वविद्यालयलाई हस्तान्तरण गर्नुपर्नेछ ।

विश्वविद्यालयमा नयाँ नयाँ कार्यक्रमरू थपिने क्रममा रहेका र पठन–पाठनका लागि यथेष्ट कक्षा कोठाहरू आवश्यक हुँदै गएको सन्दर्भमा विश्वविद्यालयले विश्वविद्यालय अनुदान आयोग, विभिन्न दातृ निकायहरूको अनुदान सहयोग एवम् आफ्नै आन्तरिक श्रोत परिचालन गरी नयाँ अत्याधुनिक शैक्षिक भवन निर्माण गर्न लागेको हो । विश्वविद्यालयमा निर्माण हुन लागेको यो भवनले विश्वविद्यालयको शैक्षिक पूर्वाधारमा ठूलो फट्को मार्ने र पोखरा–२६ विजयपुरमा मासिक लाखौं खर्च गरी भाडामा सञ्चालन हुँदै आएको स्कूल अफ इन्जिनियरिङको ब्लक “बी” र पोखरा–३०, गगनगौंडामा मासिक हजारौं खर्च गरी सञ्चालित फिजियोथेरापी कार्यक्रमलाई नयाँ शैक्षिक भवनमा स्थानान्तरण गर्ने विश्वविद्यालयको लक्ष्य रहेको छ ।

पोखरा विश्वविद्यालय स्थापनाको २८ वर्षमा प्रवेश

पोखरा विश्वविद्यालय स्थापनाको २८ वर्षमा प्रवेश

२०८१ श्रावण १ गते मङ्गलबार, पोखरा–३०, कास्की ।

पोखरा विश्वविद्यालय आजबाट २८ वर्षमा प्रवेश गरेको छ । पोखरा विश्वविद्यालय ऐन, २०५३ अनुसार यो वि.सं. २०५४ साल श्रावण १ गते स्थापना भएको हो । विश्वविद्यालय स्थापनाको २८ औं वर्षगाँठको अवसर पारेर विश्वविद्यालयले आज विश्वविद्यालयको केन्द्रीय कार्यालयमा एक कार्यक्रमको आयोजना गर्यो । कार्यक्रमलाई विश्वविद्यालय उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले उद्घाटन गर्नुभयो ।

कार्यक्रममा पोखरा विश्वविद्यालयमा २५ वर्ष अटुट सेवा गरेका शिक्षक तथा कर्मचारीलाई दीर्घ सेवा पदकसहित सम्मान पनि गरिएको छ । विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्याल, रजिष्टार प्रा.डा. दिपकबहादुर भण्डारी लगायतका पदाधिकारीहरूले दीर्घ सेवा पदक पाउने शिक्षक तथा कर्मचारीहरूलाई सुनचाँदीलाई टकमरी बनाइएको दीर्घ सेवा पदक, सम्मानपत्र र दोसल्लाले सम्मानित गर्नुभयो । सम्मानित हुनुहुनेमा प्राध्यापक हरिबहादुर खड्का, सह–प्रशासकहरू– यादव थापा, गोबर्धन भट्टराई, हेमन्तराज कण्डेल, टोलमाया थापा तथा उप–प्रशासकहरू सीता देवी ढकाल, लोकप्रसाद ढकाल, शंकर पौडेल, सहायक प्रशासक बाबुराम अर्याल, मुख्य सहायक बिमल कार्कि, सवारी चालकहरू विष्णुराज गिरी र सुरेन्द्रमान बज्राचार्य एवम् कार्यालय सहयोगीहरू चन्द्र सुवा गुरूङ, चन्द्रकुमारी चेम्जोङ, जीवनाथ फुयल र सन्तोषि गिरी हुनुहुन्छ । सम्मान समारोहमा गोबर्धन भट्टराई, सीतादेवी ढकाल र बिमल कार्कि अनुपस्थित हुनुहुन्थ्यो ।

विश्वविद्यालयको २८ औ स्थापना दिवसलाई सम्बोधन गर्दै विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले पोखरा विश्वविद्यालय जसले जन्मायो उसले धेरै पिडाका साथ जन्माएको उल्लेख गर्दै यसको विकासका लागि सबै सत्पात्र भएर लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले विश्वविद्यालय एउटाको सोच र चिन्तनले मात्र अगाडि नबढ्ने भन्दै यसको सुधारको लागि सबैको सामूहिक दायित्व र कर्तव्य हुनु आवश्यक रहेको उल्लेख गर्नुभयो । उपकुलपतिले विश्वविद्यालयले समाजको सेवा गर्नुपर्छ भन्दै शिक्षण अस्पताल पनि सञ्चालनमा ल्याएको बताउनुभयो । उहाँले सबैसँग छलफल सल्लाहबाट दीर्घकालीन योजनाहरूको परिकल्पना गरी काम कारवाही अगाडि बढाएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा पोखरा विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. दिपकबहादुर भण्डारीले पैसाको अभावमा पोखरा विश्वविद्यालयको विकास नरोकिएको उल्लेख गर्दै यहाँ काम गर्ने केहीको नकारात्मक सोच र शैलीले विश्वविद्यालयले अपेक्षित गति लिन नसकेको टिप्पणी गर्नुभयो । सहि नियत र जिम्मेवारीमा दृढ भई काम गर्नेलाई विश्वविद्यालयले उचित मूल्याङ्कन गर्ने उल्लेख गर्दै राम्रो काम गर्नेको पछाडि अख्तियार नलाग्ने र उसको पदोन्नति पनि नरोकिने बताउनुभयो । रजिष्टार भण्डारीले विश्वविद्यालय एउटा सिस्टममा चल्ने बताउँदै विद्यार्थीलाई आकर्षित गर्न शिक्षकहरू राम्रो र दक्ष हुनुपर्ने उहाँको भनाई थियो । उहाँले हामी अन्य विश्वविद्यालय जस्तो नभएकोले हामी आफै कमाएर खानुपर्ने भएकोले स्कूललाई नाफामा लग्न सकेमात्र हामीले लिने सेवा र सुविधालाई पनि बढाउन सकिने उल्लेख गर्नुभयो ।

कार्यक्रममा बोल्दै मानविकी तथा सामाजिक शास्त्र सङ्कायका डीन सह–प्रा.डा. अजय थापाले विश्वविद्यालयले विगत ५ वर्षदेखि अन्य विश्वविद्यालयसरह विद्यार्थी पलायन जस्तो विशिष्ट खालको चुनौतिको सामना गर्नुपरेको उल्लेख गर्नुभयो । उहाँले यसको सुधारका लागि विश्वविद्यालयले नयाँ कार्यक्रम थप र श्रमबजार अनुसार पाठ्यक्रम तर्जुमा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विश्वविालयले उत्पादन गरेका साठी हजार भन्दा बढी दक्ष जनशक्ति स्वदेश, विदेशका बजारमा रहेको उल्लेख गर्दै यो निकै गौरव गर्न लायक विषय भएको उल्लेख गर्नुभयो । उहाँले २५ वर्षको अवधिमा शुन्यबाट आजको अवस्थामा विश्वविद्यालय आएपनि यसलाई अझै चिलजस्तो उचाईमा उडान भर्ने सोच र विश्वाससहित अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि सङ्कायका डीन प्रा. राजेश कुमार ठगुराठीले विश्वविद्यालयलाई सबैले आफ्नो घर सम्झेर अनुशासनमा रही जिम्मेवारी बहन गर्नुपर्ने बताउनु भयो । उहाँले विश्वविद्यालयमा कार्यरत सबै पदाधिकारी, शिक्षक, कर्मचारीको हैसियत सहयोगी भएको उल्लेख गर्दै सेवाग्राहीलाई कसरी छिटो छरितो रूपमा सेवा दिन सकिन्छ भन्ने भावले सबैले काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नराम्रो कामका लागि उर्जा खेर फाल्नुभन्दा सकारात्मक सोचका साथ सकारात्मक काममा उर्जा बढाउन सके विश्वविद्यालयमा सबैको भविष्य उज्ज्वल रहेको बताउनुभयो ।

कार्यक्रममा पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान सङ्कायका डीन सह–प्रा.डा. अमर नागिलाले पोखरा विश्वविद्यालयमा जस्तो सुकै आस्था र विचारमा रहेपनि नियमावलीमा बसेर काम, कर्तव्य र अधिकारमा बसेर काम गर्नेलाई इतिहासले मूल्याङ्कन गर्ने बताउनुभयो । उहाँले उच्च शिक्षालाई संसारभर शीरको ताज बनाएर राखिन्छ भन्दै विश्वविद्यालयको केन्द्र भनेको विद्यार्थी रहेको उल्लेख गर्नुभयो । उहाँले विद्यार्थीको हितमा काम गरे तपाई हाम्रो जागिर रहन्छ, नगरे जागिर रहँदैन भन्नुभयो । उहाँले विश्वविद्यालयमा मेडिकल स्कूलको स्थापना गरेर अनुसन्धान कार्य अगाडि बढाउन सके विश्वविद्यालयलाई थोरै भएपनि भारथेक गर्न सकिने बताउनुभयो ।

पोखरा विश्वविद्यालय व्यवस्थापन सङ्कायका डीन सह–प्रा.डा. दयाराज ढकालले आफ्नो दुई आमा, एउटा जन्मदिने आमा र अर्को आफ्नो क्षमता, गुणस्तर देखाउने पोखरा विश्वविद्यालय आमा रहेको उल्लेख गर्नुभयो । उहाँले यी दुई आमाको अवस्था पहिला निकै दयनीय रहेको र अहिले एउटी आमा न्यूयोर्कमा ऐस आरामका साथ रहेकी र अर्की आमाले भौतिक एवम् शैक्षिक पूर्वाधारमा निकै प्रगति गरेको देख्दा आफूलाई निकै गर्व लागेको उल्लेख गर्नुभयो । उहाँले पोखरा विश्वविद्यालयप्रतिको आफ्नो प्रेम अटुट र अविच्छिन्न रहको उल्लेख गर्दै आफू यसैमा रमाएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा बोल्दै पोखरा विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका कार्यकारी निर्देशक सह–प्रा.डा. उमेशसिंह यादवले राष्ट्रिय गान बज्दा त्यसलाई सबैले धक र लाज नमानी गाउनुपर्ने उल्लेख गर्दै यस कार्यले राष्ट्रप्रति उसको सम्मान झल्किने बताउनुभयो । उहाँले विश्वविद्यालयमा कोहि कसैले आस्थाको राजनीति मुखुण्डो ओढेर त्यसको पक्षमा काम गर्न नहुने उल्लेख गर्दै सबैले विश्वविद्यालयको सिस्टमबमोजिम काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विश्वविद्यालय शिक्षक कर्मचारी दुबैको संयुक्त पहल र कार्यले मात्र अगाडि बढ्न सक्ने भन्दै विश्वविद्यालयको गुणस्तरलाई जीवन्त राख्न यसको सिस्टम नभाँची अग्रानिक ग्रोथमा अगाडि बढाउन सबैले पहल गर्नुपर्ने उहाँको भनाई थियो ।

पोखरा विश्वविद्यालय स्कूल अफ इन्जिनियरिङका स्कूल निर्देशक डा. ओमप्रकाश गिरीले परिवर्तन अरूबाट होइन आफूबाटै शुरू गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विश्वविद्यालयमा भौतिक पूर्वाधार र शैक्षिक गुणस्तरमा धेरै परिवर्तन र विकास भएको उल्लेख गर्दै अझ यसलाई सबैको सामूहिक पहलले धेरै राम्रो, हाम्रो र गर्व गर्ने विश्वविद्यालय बनाउन सक्छौं भन्नुभयो । उहाँले विश्वविद्यालयको नीतिगत तहमा स्कूललाई पनि समावेश गर्नुपर्ने उल्लेख गर्दै यसले स्कूलको समस्याहरू सम्बोधन गर्न सहज हुने बताउनुभयो ।

पोखरा विश्वविद्यालय शिक्षण अस्पतालका निर्देशक सह–प्रा.डा. दिपेन्द्रकुमार यादवले विश्वविद्यालयको वर्तमान नेतृत्वको अथक प्रयासले नयाँ नयाँ भवनहरू बनेको, विभिन्न परियोजनाहरू सञ्चालन भएको र अस्पताल सञ्चालन गर्न सकिएको उल्लेख गर्नुभयो । उहाँले वर्तमान नेतृत्व लगनशिल भएर विश्वविद्यालयको कामहरूलाई अद्यावधिक गर्ने पथमा हिडिरहेकोले यसलाई सबैको साथ र सहयोग भएमा विश्वविद्यालय अझै अगाडि बढ्न सक्ने बताउनुभयो ।

पोखरा विश्वविद्यालय कार्यकारी परिषद्का सदस्य योगराज लामिछानेले विश्वविद्यालयका नियुक्तिहरू राजनीतिक भागबण्डाका आधारमा हुन नहुने उल्लेख गर्दै यसलाई मापदण्डको आधारमा कार्यविधि बनाएर गर्नुपर्नेमा जोडदिनुभयो । उहाँले विश्वविद्यालयका प्राध्यापकमा भिजन भएकोले पदाधिकारी हुनका लागि प्रतिवेदन बनाएर बस्न आग्रह गर्नुभयो । उहाँले प्राध्यापकहरूको राजनीतिक सम्बन्ध राम्रो भएकोले उक्त सम्बन्धलाई नियुक्तिमा नभई विश्वविद्यालयको उन्नयनमा लगाउन समेत आग्रह गर्नुभयो । उहाँले उस्तै उस्तै प्रकृतिमा स्थापना भएका मध्यपश्चिम र सुदूर पश्चिम विश्वविद्यालयको सम्पूर्ण आर्थिक दायित्व सरकारले बहन गर्ने तर पोखरा विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयलाई आफै कमाएर खा भन्ने नीति अपमानपूर्ण रहेको उहाँको भनाई थियो ।

पोखरा विश्वविद्यालय योजना तथा कार्यक्रम महाशाखा प्रमुख प्रा.डा. दीपकराज पौडेलले विश्वविद्यालयमा शिक्षकले दिएको प्रेसर छिटो लागू हुने, तर कर्मचारीको सुनेको नसुनै गर्ने प्रवृत्ति गर्न नहुनेमा जोड दिनुभयो । उहाँले नकारात्मक सोचले विश्वविद्यालय उभो नलाग्ने भन्दै आफू विश्वविद्यालयको वृत्ति विकासका लागि अगाडि बढेँ कि अड्काउन बढेँ भन्ने कुरालाई सबैले मनन गर्नुपर्ने उल्लेख गर्नुभयो ।

पोखरा विश्वविद्यालय प्राध्यापक संघका सभापति सह–प्रा.डा. निरञ्जन श्रेष्ठले पोखरा विश्वविद्यालय छ र त हामी छौं भन्दै सबैले आ–आफ्नो जिम्मेवारी कर्तव्यकासाथ निभाउनुपर्नेमा जोड दिनुभयो । उहाँले विश्वविद्यालयमा पदाधिकारी बन्न एउटा मापदण्ड बनाउनुपर्ने उल्लेख गर्दै पदका लागि राजनीति नगर्न सबैलाई आग्रह गर्नुभयो । उहाँले विश्वविद्यालयमा सबैको उचित समयमा वृत्तिविकास र पदोन्नति हुनुपर्ने उल्लेख गर्दै यसका लागि विश्वविद्यालयले वार्षिक क्यालेण्डर बनाएर सेवा आयोग खुलाउनुपर्ने बताउनुभयो ।

पोखरा विश्वविद्यालयका स्कूल अफ बिजनेशका प्राध्यापक तथा दीर्घ सेवा पदकबाट सम्मानित व्यक्तित्व प्रा.हरिबहादुर खड्काले पोखरा विश्वविद्यालय पहिला सानो आकारमा रहेको र अहिले बिशाल भएको उल्लेख गर्दै जहाँ गएपनि पोखरा विश्वविद्यालयका विद्यार्थीहरूसँग साक्षात्कार हुने भएकोले हामीलाई सम्मान मिलेको छ भन्नुभयो । उहाँले विश्वविद्यालयको प्रशासनिक र शिक्षण दुबैमा मानव संसाधन निकै राम्रो रहेको उल्लेख गर्दै मनमुटाव नराखी सबैले मिलेर राम्रो कार्य गरेमा संस्था त्यत्तिकै राम्रो हुने विचार राख्नुभयो । उहाँले आफूले विश्वविद्यालयबाट धेरै अवसर प्राप्त गरेको उल्लेख गर्दै जिम्मेवारी बोधका साथ सबैले काम गरे बेलुका घरमा समेत सन्तुष्टी मिल्ने उहाँको भनाई थियो ।

सम्मानित व्यक्तित्व विश्वविद्यालयका सह–प्रसाशक यादव थापाले विश्वविद्यालयले समकालीन सबैलाई सम्मान दिएकोमा विश्वविद्यालयप्रति आभार व्यक्त गर्नुभयो । उहाँले पोखरा विश्वविद्यालयमा अवसर पनि चुनौति पनि दुबै रहेको उल्लेख गर्दै विश्वविद्यालयलाई केन्द्रबिन्दुमा राखेर आ–आफ्नो कर्तव्यलाई मन, वचन र कर्मले निभाउन सके सबैको भविष्य सुनौलो रहेको उल्लेख गर्नुभयो । उहाँले विश्वविद्यालयले आफै कमाएर खानुपर्ने भएकोले उपलब्ध साधन र स्रोतलाई ध्यानमा राखेर कार्य गर्नुपर्ने बताउनुभयो ।

पोखरा विश्वविद्यालयका सह–प्रशासक तेजनारायण पराजुलीले २७ वर्ष अगाडि रोपेको सानो वृक्ष आज वयस्क भएको र यसबाट प्राप्त फलफूल समाजले पाएर लाभान्वित भएको उल्लेख गर्नुभयो । उहाँले पोखरा विश्वविद्यालयमा कुचो लगाउनेदेखि इट्टा थप्ने सबैको उत्तिकै योगदान रहेको भन्दै विश्वविद्यालयमा काम गर्नेलाई सबै ठाउँबाट सम्मानको दृष्टिकोणले हर्ने गरेको बताउनुभयो । विश्वविद्यालयले उत्पादन गरेका जनशक्ति देशभित्रका सरकारी कार्यालय, संघसंस्थामा मात्र नभई अन्तर्राष्टियस्तरमा समेत जताततै उच्चतहमा बसी काम गरेको र म पोखरा विश्वविद्यालयमा काम गर्छु भन्ने थाहा पाएपछि त्यहाँबाट पाउने सहयोगले आफूलाई निकै आत्मसन्तुष्टि मिलेको उहाँले बताउनुभयो । उहाँले पोखरा विश्वविद्यालयमा अन्यत्रको भन्दा सेवा सुविधामा राम्रो रहेको बताउँदै यसलाई फरक ढाँचाले पढ्ने वातावरण बढाउनुपर्ने र अनुसन्धानमा केन्द्रीत गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सम्मानित व्यक्तित्व पोखरा विश्वविद्यालयका सह–प्रशासक टोलमाया थापाले विश्वविद्यालयमा २५ वर्षको अवधि गुजार्नु सानो कुरा नभएको र यो एउटा इतिहास भएको बताउनुभयो । उहाँले शुरूमा विश्वविद्यालयमा जागिर खाँदा बिदा नपाईने, थोरै सङ्ख्याका कर्मचारीलाई कामको बोझ धेरै हुँदा घर समेत जान नपाएको स्मरण गर्नुभयो । ऊ बेला मेरो स्वर्गीय आमाले छोरीलाई पढाएर गल्ती गरेछु भन्नुहुन्थ्यो, आज पदक, दोसल्ला र अबिर जात्रे अनुसार उहाँलाई देखाउँन पाएको भए पढाएर राम्रो गरेछु भन्नुहुन्थ्यो होला, त्यसैले पहिलाको जस्तो कठिन अवस्था विश्वविद्यालयमा अहिले नरहेको उहाँको भनाई थियो । आफ्नो जिम्मेवारीलाई कर्तव्यका साथ निभाउन सके विश्वविद्यालयले एक न एकदिन अवश्य मूल्याङ्कन गर्छ भन्दै विश्वविद्यालयको हितका लागि सबैले काम गर्नुपर्ने उहाँले बताउनुभयो ।

पोखरा विश्वविद्यालय कर्मचारी संघका अध्यक्ष सहायक प्रशासक चोलाकान्त च्वाईले कर्मचारी पनि विश्वविद्यालयको एउटा हिस्सा भएकोले आस्थाका भरमा विश्वविद्यालयमा शिक्षक र कर्मचारीमा विभेद गर्न नहुने तर्क राख्नुभयो । उहाँले आचारसंहिता विपरित हिडेको कर्मचारी मात्र होइन, शिक्षकलाई पनि त्यही अनुरूप कारवाही गर्नुपर्ने उल्लेख गर्दै शिक्षकलाई ५ वर्षमा बढुवा चाहिने, तर कर्मचारीलाई बढुवाका लागि १० वर्षभन्दा बढी कुर्नुपर्ने कुरा जायज नभएको उहाँको भनाई थियो ।

पोखरा विश्वविद्यालय स्थापना दिवस कार्यक्रमको सञ्चालन सह–प्रशासक तारादेवी सापकोटाले गर्नुभएको थियो ।

व्यवहारिक विज्ञान तथा इन्जिनियरिङमा अन्तर्राष्टिय सम्मेलन आयोजना

व्यवहारिक विज्ञान तथा इन्जिनियरिङमा अन्तर्राष्टिय सम्मेलन आयोजना

२०८१ साल जेष्ठ २८ गते मङ्गलबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि सङ्कायको आयोजना, विश्वविद्यालय अनुदान आयोग र स्कूल अफ इन्जिनियरिङ, पोखरा विश्वविद्यालयको सहकार्य तथा विज्ञान तथा प्रविधि सङ्कायअन्तर्गतका पोखरा विश्वविद्यालयका सम्बन्धन तथा संयुक्त आङ्गिक कलेज एवम् ४ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूको सह–आयोजनामा ३ दिने अन्तर्राष्ट्रिय सम्मेलन पोखरामा शुरू भयो । “इन्टरनेशनल कन्फरेन्स अन एप्लाइड साइन्स एण्ड इन्जिनियरिङ इन चेन्जिङ वल्ड” नाम दिइएको उक्त सम्मेलनको उद्घाटन वरिष्ठ आँखा रोग विषेषत्र सन्दुक रूइत र पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले सयुक्तरूपमा पानसमा दीप प्रज्ज्वलन गरी गर्नुभयो ।

तीस लाख खर्च अनुमान गरिएको उक्त सम्मेलनमा नेपाल लगायत विश्वका १२ देशहरू भारत, पाकिस्तान, दक्षिण कोरिया, जापान, चीन, पाराग्वे, जर्मनी, अमेरिका, अष्ट्रिया र स्पेनमा अवस्थित विभिन्न शैक्षिक संस्थामा आबद्ध १२० जना सहभागिले कन्फरेन्स पेपर प्रस्तुतिकरण गर्ने कार्यक्रम छ । ३०० जना भन्दा बढी प्राध्यापक, विद्यार्थी, अनुसन्धानकर्मीहरूको सहभागिता रहेको उक्त सम्मेलनमा भूकम्प प्रविधि समाज नेपालका अध्यक्ष एवम् पोखरा विश्वविद्यालयबाट सम्बन्धनप्राप्त यूनिभर्सल इन्जिनियरिङ एण्ड साइन्स कलेजका व्यवस्थापन समितिका अध्यक्ष डा. आमोदमणि दीक्षित, कोरियन प्राध्यापक डा. कियुङ चुन किम, जापानिज प्राध्यापक डा. योशिमित्सु नाकाजिमा तथा प्राध्यापक डा. टेकराज ज्ञवाली प्रमुख वक्ता हुनुहुन्छ ।

सम्मेलनको उद्घाटन सत्रलाई शान्ति तथा अन्तर्राष्ट्रिय समझादरीका लागि रामोन म्यागसेसे पुरस्कार विजयी, नयाँ इन्ट्रा अकुलर लेन्सका प्रतिपादक तथा बहराइनको इसा पुरस्कार विजेता नेपालका ख्यातिप्राप्त वरिष्ठ आँखारोग विशेषज्ञ डा. सन्दुक रूइत, पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्याल, गण्डकी विश्वविद्यालयका उपकुलपति प्रा.डा. नवराज देवकोटा, पोखरा विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. दिपकबहादुर भण्डारी, पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि सङ्कायका डीन प्रा. राजेशकुमार ठगुराठी, प्राध्यापक डा. बिनयकुमार मिश्रले सम्बोधन गर्नुभयो ।

सम्मेलनको मुख्य उद्देश्य अहिलेका वर्तमान अवस्थामा विश्वमा इन्जिनियरिङ क्षेत्रमा भइराखेका अनुसन्धान विशेष गरेर व्यवहारिक विज्ञानले समाजको विकासमा कस्तो असर पार्छ, कहाँ कहाँ तिनिहरूलाई लागू गर्न सकिन्छ भन्ने विषयमा पेपर प्रस्तुतिकरण हुनेछ । यस सम्मेलनले हाल विज्ञान तथा प्रविधिमा अनुसन्धान कुन कुन विधामा भइराखेको छ त्यो थाहा हुने र एकै ठाउँमा बसेर विभिन्न देशका अनुसन्धानहरूको बारेमा जानकारी लिन सहज हुनेछ । सम्मेलनमा सहभागिता जनाउने विद्यार्थी र नव अनुसन्धानकर्मीहरूलाई वरिष्ठ प्राध्यापक तथा अनुसन्धानकर्मीहरूसित भेटघाट, अन्तरक्रिया गर्ने, नेटवर्किङ गर्ने अवसर प्राप्त हुनेछ । यस्ता कार्यक्रमले यो क्षेत्रको पर्यटनको अभिवृद्धि गर्ने मात्र होइन, शैक्षिक विकासमा समेत ठूलो भूमिका खेल्ने पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि सङ्कायका डीन प्रा. राजेशकुमार ठगुराठीले बताउनुभयो । उहाँले सम्मेलनमा प्रस्तुत हुने कन्फरेन्स पेपरहरू व्यवहारिक विज्ञान, वातावरण, गणित लगायत सिभिल इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ, कर्पोरेट इन्जिनियरिङ, मौसम परिवर्तन, फिजिक्स, सूचना प्रविधि लगायतका इन्जिनियरिङ्का विधाहरूमा रहेकोले यसले देश विकासमा ठूलो भूमिका खेल्ने बताउनुभयो । सम्मेलनमा स्नातकतह र स्नातकोत्तरतहमा अध्ययन गर्ने विद्यार्थीहरु, जो नयाँ अनुसन्धानकर्ताहरु छन्, उनिहरुले आफूले गरेको अनुसन्धानलाई पोष्टरको माध्यमबाट प्रस्तुतिकरण गरेका छन् । पोष्टर प्रस्तुतिकरणमा पोखरा विश्वविद्यालयका विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीहरू, त्रिभुवन विश्वविद्यालय, सुदूर पश्चिम विश्वविद्यालय लगायतमा अध्ययनरत विद्यार्थीहरुको १५ वटा पोष्टरहरू प्रस्तुतिकरण भयो । आफूले गरेको अनुसन्धानको प्रचार प्रसार, यो यो अनुसन्धानले समाजको विकासमा भूमिका खेल्छ, अरू विद्वानहरुले पनि अनुसन्धान गरेका छन् भने त्यसको विषयमा छलफल गर्ने र भविष्यमा कुन कुन क्षेत्रमा अनुसन्धान गर्न सकिन्छ भन्ने विषयलाई पहिचान गर्ने डीन प्रा. ठगुराठीले बताउनुभयो । उद्घाटनसत्रको कार्यक्रमलाई सह–प्रा.डा. राजिव पोखरेलले सञ्चालन गर्नुभएको थियो ।

पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको समुद्घाटन सम्पन्न

पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको समुद्घाटन सम्पन्न


२०८१ जेठ ७ गते सोमबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको समुद्घाटन सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकारका माननीय मुख्यमन्त्री श्री खगराज अधिकारीले पोखरा–३०, कास्की स्थित पोखरा विश्वविद्यालय परिसरमा निर्माण भएको १०० शैयाको पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको आज शिलालेख अनावरण एवम् रिवन काटी बिधिवत रूपमा समुद्घाटन गर्नुभएको हो ।

समुद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री अधिकारीले पोखरा विश्वविद्यालय कोही कसैको एकल प्रयासबाट नभई सबैको सामूहिक पहल र योगदानबाट स्थापना भएको उल्लेख गर्दै शिक्षण अस्पतालले सबैको सहज पहुँच र अपनत्व हुने गरी स्तरीय सेवा दिनुपर्नेमा जोड दिनुभयो । मुख्यमन्त्री अधिकारीले विश्वविद्यालयले जनस्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर आफ्नो सेवा विस्तार गर्नुपर्ने बताउनुभयो । उहाँले स्वास्थ्य बीमा र यस क्षेत्रका अन्य स्वास्थ्य संस्थाहरूसँग समन्वय गरी विश्वविद्यालयले अस्पतालको क्षमता अभिवृद्धि गर्दै जानुपर्ने बताउनुभयो । गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा प्रदान गर्ने कार्यमा विश्वविद्यालयलाई प्रदेश सरकारको महत्वपूर्ण सहयोग रहने उहाँको भनाई थियो ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सीता कुमारी सुन्दासले विश्वविद्यालयले अनुसन्धान र खोजलाई प्राथमिकतामा राखेर ११ वटा छिमेकी जिल्लामा स्वास्थ्य सेवा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले पोखरा विश्वविद्यालयमा शिक्षण अस्पताल सञ्चालन गर्न पाउँदा आफूले निकै गौरवान्वित महसूस गरेको उल्लेख गर्नुभयो । उहाँले शिक्षण अस्पतालको सञ्चालनले स्वास्थ्य विज्ञान सङ्काय अन्तर्गत विद्यार्थीले अन्य अस्पतालमा गएर प्रयोगात्मक अभ्यास गर्नुपर्ने अवस्थाको अन्त्य भएको र यस क्षेत्रका नागरिकको स्वास्थ्य सेवामा सुलभ र सहजता प्राप्त हुने विचार व्यक्त गर्नुभयो । उहाँले विश्वविद्यालयको शिक्षा र स्वास्थ्य सेवालाई अनुकरणीय तुल्याउन सरकारले विशेष लगानीका साथ ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

पोखरा महानगरपालिकाका नगरप्रमुख धनराज आचार्यले पोखरा विश्वविद्यालय क्रमिक रूपमा सेवाहरू विस्तार गरी लक्ष्य अनुरूप प्रगति पथमा अगाडि बढेको उल्लेख गर्नुभयो । उहाँले विश्वविद्यालयले अनुसन्धानात्मक क्रियाकलापलाई अझ बढि केन्द्रीत गरी स्वास्थ्य सेवालाई प्रभावकारी तुल्याउनुपर्नेमा जोड दिनुभयो ।

पोखरा विश्वविद्यालयका रजिष्ट्रार एवम् शिक्षण अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रा.डा. दिपक बहादुर भण्डारीले पोखरा विश्वविद्यालय यस क्षेत्रकै गहना रहेको उल्लेख गर्दै शिक्षण अस्पताललाई देशको एक उत्कृष्ट सेवा दिने स्मार्ट अस्पतालको रूपमा विकास गर्ने सोच रहेको बताउनुभयो ।

पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान सङ्काय डीन सह–प्रा.डा. अमर नागिलाले शिक्षण अस्पताल विश्वविद्यालयको महत्वाकांछी योजना रहेको उल्लेख गर्नुभयो । उहाँले विश्वविद्यालयमा २० वर्षदेखि सञ्चालित चिकित्सा शिक्षासँग सम्बन्धित शैक्षिक कार्यक्रमहरूको सञ्चालनलाई अस्पताल नभई नहुने भएकोले अस्पताल सञ्चालनमा ल्याइएको बताउनुभयो । विश्वविद्यालयमा सञ्चालित नर्सिङ, प्रयोगशाला विज्ञान, जनस्वास्थ्य, फार्मेशी आदिका स्नातक एवम् स्नातकोत्तर तहका कार्यक्रमहरू अनवरत सञ्चालन र गुणस्तरीय शिक्षा दिनलाई मात्र नभई समाजसँग जोड्न र सेवा भाव प्रदान गर्न समेत अस्पताल अपरिहार्य रहेको उहाँको भनाई थियो ।

पोखरा विश्वविद्यालय शिक्षण अस्पतालका कार्यकारी निर्देशक सह–प्रा.डा. दिपेन्द्रकुमार यादवले अस्पताल सञ्चालनमा विश्वविद्यालयका पदाधिकारी, शिक्षक, कर्मचारी लगायत प्रदेश सरकारका माननीय मन्त्री सचिवहरूको महत्वपूर्ण भूमिका र योगदान रहेको उल्लेख गर्नुभयो । उहाँले अस्पताललाई आवश्यक उपकरण, साधन तथा जनशक्तिको व्यवस्थापन गरिएको र आउँदा दिनमा सबैलाई समेट्ने र स्थानीयलाई सर्वसुलभ हुने गरी स्वास्थ्य सेवालाई प्रभावकारी तुल्याउने कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।

समाजसेवी स्थानीय विष्णु पोखरेलले पोखरा विश्वविद्यालयको स्थापनामा भएका पहलकदमी, योगदान र सहयोगलाई विश्वविद्यालयले अभिलेखिकरण गर्दै यसको गरिमा उच्च राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले विश्वविद्यालयमा अस्पताल सञ्चालनले स्थानीयको शिक्षा र स्वास्थ्यमा महत्वपूर्ण सहयोग एवम् सेवा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

पोखरा विश्वविद्यालय प्राध्यापक संघका सभापनि सह–प्रा.डा. निरञ्जन श्रेष्ठले विश्वविद्यालयले अस्पतालको स्तरोन्नति गर्दै जानुपर्ने तथा विश्वविद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको स्वास्थ्य जाँचमा विशेष सहुलियता प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।

पोखरा विश्वविद्यालय कर्मचारी संघका अध्यक्ष चोलाकान्त च्वाँईले शिक्षण अस्पतालको सञ्चालनले विश्वविद्यालयको थप उचाई बढेको उल्लेख गर्दै अस्पतालबाट स्थानीयलाई सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध हुने बताउनुभयो ।

कार्यक्रममा विश्वविद्यालयका पदाधिकारी, शिक्षक, कर्मचारी लगायत विभिन्न कार्यालय र संघ संस्थाका कार्यालय प्रमुख, स्थानीय समाजसेवी, आमासमूह, स्वास्थ्य संस्थाका प्रमुख, वडा प्रमुख आदि गरी छसय भन्दा बढीको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सह–प्रशासक तारादेवी सापकोटाले गर्नुभएको थियो ।