School of Engineering: Invitation for Electronic Sealed Quotation

School of Engineering: Invitation for Electronic Sealed Quotation


Admission Notice for PhD in Health Sciences

POKHARA UNIVERSITY
Faculty of Health Sciences   Admission Open

PhD in Health Sciences
(Date of Application Announcement: 21/01/2081)

The Faculty of Health Sciences, Pokhara University announces the admission open for the Doctor of Philosophy (PhD) in Health Sciences for 2024 session.

About the Program: The program comprises 18 credits of extensive course-work (12 credit hours mandatory courses and 6 credit hours specialization courses) followed by 42 credits of original research work in the field of selected specializations.

Eligibility: Applicant should have completed master’s degree in related discipline relevant to the proposed major in PhD program, should have registered in relevant professional council and should fulfill the minimum eligibility criteria to enroll as a PhD candidate. The admission to PhD in Health Science program is based on candidate’s academic documents, recommendation, and statement of purpose, research synopsis, research publication, entrance examination, and interview. The application form, the formats of the documents to be attached as well as the checklist for document submission, can be downloaded from the Pokhara University’s website (https://pu.edu.np/fhs-phd/).

The PhD candidate should meet the following specific qualifications to apply:

  1. Two years working experience for those who have passed Master Level with 3.00/4.00 CGPA or high Second Division (55%).
  2. One year working experience for those who have passed Master Level with 3.30/4.00 CGPA or First Division.
  3. There will be no requirement of working experience for those who have passed Master Level with 3.75/4.00 CGPA or Distinction Division.

Key Dates:

  • Last Date for application form submission: 11/02/2081 (May 24, 2024)
  • Entrance Examination: 14/02/2081 (May 27, 2024). Time: 11:00 AM

Venue: Faculty of Health Sciences, Pokhara University

  • Personal Interview: 16/02/2081 (May 29, 2024). Time: 8:00 AM onwards,

Venue: Faculty of Health Science, Pokhara University

  • Publication of Final Result: 18/02/2081 (May 31, 2024)
  • Orientation Program: 27/02/2081 (June 9, 2024)
  • Course-work class start: 28/02/2081 (June 10, 2024)

Contact for more information

Faculty of Health Sciences, Pokhara University Dhungepatan, Pokhara-30, Kaski, Nepal
Phone no; 977-61-504072
Email: [email protected]
www.pu.edu.np

पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको नतिजा प्रकाशनसम्बन्धी सूचना

Master in Population, Gender and Population (MPGD) तहमा छात्रवृत्तिमा रिक्त रहेको कोटामा भर्ना हुने सम्बन्धी सूचना !

Master in Population, Gender and Population (MPGD) तहमा छात्रवृत्तिमा रिक्त रहेको कोटामा भर्ना हुने सम्बन्धी सूचना !


पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकाय अन्तर्गत स्नातकोत्तरतह छात्रवृत्तिको SECOND-AWARDED LIST प्रकाशित सम्बन्धि सूचना ।

पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकाय अन्तर्गत स्नातकोत्तरतह छात्रवृत्तिको SECOND-AWARDED LIST प्रकाशित सम्बन्धि सूचना ।


https://scholarship.pu.edu.np/news/172

पोखरा विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत स्नातकोत्तरतह MBA कार्यक्रमको THIRD AWARDED LIST प्रकाशित सम्बन्धित सूचना ।

पोखरा विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत स्नातकोत्तरतह MBA कार्यक्रमको THIRD AWARDED LIST प्रकाशित सम्बन्धित सूचना ।


https://scholarship.pu.edu.np/news/171

PhD/MPhil in Management तहको प्रवेश परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना !

PhD/MPhil in Management तहको प्रवेश परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना !


स्कूल अफ इन्जिनियरिङ्गः लिखित परीक्षाको नतिजा प्रकाशन तथा अन्तरवार्ता सम्बन्धी सूचना !

स्कूल अफ इन्जिनियरिङ्गः लिखित परीक्षाको नतिजा प्रकाशन तथा अन्तरवार्ता सम्बन्धी सूचना !


Result: MPGD Entrance Exam (Fee Paying) Spring 2024

Result: MPGD Entrance Exam (Fee Paying) Spring 2024


पोखरा विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत स्नातकोत्तरतह MBA/MHCM कार्यक्रमहरुको SECOND AWARDED LIST प्रकाशित सम्बन्धित सूचना ।

पोखरा विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत स्नातकोत्तरतह MBA/MHCM कार्यक्रमहरुको SECOND AWARDED LIST प्रकाशित सम्बन्धित सूचना ।


https://scholarship.pu.edu.np/news/170

पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकाय अन्तर्गत स्नातकोत्तरतह छात्रवृत्ति छनौंट प्रवेश परीक्षा MARCH इन्टेक २०२४ मा सहभागी उम्मेदवारहरुको AWARDED LIST प्रकाशित सम्बन्धि सूचना ।

पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकाय अन्तर्गत स्नातकोत्तरतह छात्रवृत्ति छनौंट प्रवेश परीक्षा MARCH इन्टेक २०२४ मा सहभागी उम्मेदवारहरुको AWARDED LIST प्रकाशित सम्बन्धि सूचना ।


https://scholarship.pu.edu.np/news/169

Vacancy Announcement:Course contract lecturer for BALLB Program

Vacancy Announcement: Course contract lecturer for the BALLB Program


पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकाय अन्तर्गत स्नातकोत्तरतह छात्रवृत्ति छनौंट प्रवेश परीक्षा (MARCH INTAKE-2024) मा सहभागी उम्मेदवारहरुको योग्यता सूचि (MERIT LIST) प्रकाशित सम्बन्धि सूचना ।

पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकाय अन्तर्गत स्नातकोत्तरतह छात्रवृत्ति छनौंट प्रवेश परीक्षा (MARCH INTAKE-2024) मा सहभागी उम्मेदवारहरुको योग्यता सूचि (MERIT LIST) प्रकाशित सम्बन्धि सूचना ।


https://scholarship.pu.edu.np/news/168

पोखरा विश्वविधालय विज्ञान तथा प्रविधि संकाय अन्तर्गत स्नातकोत्तरतह SCHOLARSHIP PROGRAM को ADMIT CARD PRINT गर्ने संम्बन्धि सूचना ।

पोखरा विश्वविधालय विज्ञान तथा प्रविधि संकाय अन्तर्गत स्नातकोत्तरतह SCHOLARSHIP PROGRAM को ADMIT CARD PRINT गर्ने संम्बन्धि सूचना ।


https://scholarship.pu.edu.np/news/167

Revised Admission Notice: Master in Population, Gender and Development Program

Revised Admission Notice: Master in Population, Gender and Development Program


सूचना: Mphil/Phd in Management Program को भर्ना सम्बन्धि कार्यतालिका परिवर्तन गरिएको सम्बन्धमा ।

Mphil/Phd in Management Program को भर्ना सम्बन्धि कार्यतालिका परिवर्तन गरिएको सम्बन्धमा ।


पोखरा विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकाय अन्तर्गत Master of Philoshopy (Mphil) तथा Master तहको छात्रवृत्तिको Awarded List प्रकाशित सम्बन्धि सूचना ।

पोखरा विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकाय अन्तर्गत Master of Philoshopy (Mphil) तथा Master तहको छात्रवृत्तिको Awarded List प्रकाशित सम्बन्धि सूचना।


Awarded List Mphil/MPGD

 

पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकाय स्नातकोत्तरतह छात्रवृत्ति कार्यक्रमको परीक्षा केन्द्र रोज्ने फाराम भर्ने सम्बन्धि सूचना ।

पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकाय स्नातकोत्तरतह छात्रवृत्ति कार्यक्रमको परीक्षा केन्द्र रोज्ने फाराम भर्ने सम्बन्धि सूचना ।


https://scholarship.pu.edu.np/news/166

सूचना:Mphil/PhD in Management मा भर्नाको लागी समय थप गरिएको सम्बन्धमा ।

सूचना:Mphil/PhD in Management मा भर्नाको लागी समय थप गरिएको सम्बन्धमा ।


स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशद्वारा पो.वि. अस्पताल सञ्चालन अनुमति

स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशद्वारा पो.वि. अस्पताल सञ्चालन अनुमति

२०८० चैत २१ गते बुधबार, पोखरा–३०, कास्की ।

गण्डकी प्रदेश सरकार, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले पोखरा विश्वविद्यालय अस्पताल सञ्चालन गर्न अनुमति प्रदान गरेको छ ।

स्वास्थ्य निर्देशनालयबाट विभिन्न मितिमा गरिएको स्थलगत अनुगमन पश्चात प्राप्त प्रतिवेदन तथा यस मन्त्रालयबाट मिति २०८० चैत १३ गते गरिएको स्थलगत अनुगमन र मन्त्रालयको मिति २०८० चैत १९ गते बसेको बैठकले गरेको निर्णय समेतको आधारमा पोखरा–३०, खुदी, ढुंगेपाटनको विश्वविद्यालय परिसरमा रहेको प्रस्तावित पोखरा विश्वविद्यालय शिक्षण अस्पताललाई केही सर्तहरू पालना गर्ने गरी ६ महिनाका लागि १०० शैयाको अस्पताल सञ्चालन गर्न अनुमति प्रदान गरिएको व्यहोरा २०८० चैत्र २१ गतेको निर्णयानुसार जानकारी गराइएको मन्त्रालयको पत्रमा उल्लेख गरिएको छ ।

मन्त्रालयले जनरल वार्ड र जनशक्तिको राम्रो व्यवस्थापन, सिएसएसडि, लन्ड्री र ब्लड बैकको उचित व्यवस्थापन, एम्बुलेन्सको व्यवस्था, इएमआर सिस्टम, फार्मेसीलाई प्रयाप्त ठाउँमा स्थानान्तरण, फोहोरको उचित व्यवस्थापन लगायत प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट प्रयोगशाला सञ्चालन अनुमति लिनुपर्ने सर्तको पालना गर्न विश्वविद्यालयलाई जानकारी गराएको छ ।

Result: Master of Philoshopy (Mphil) तथा Master तहको छात्रवृतिको नतिजा प्रकाशन सम्बन्धी सूचना ।

Result: Master of Philoshopy (Mphil) तथा Master तहको छात्रवृतिको नतिजा प्रकाशन सम्बन्धी सूचना ।


Result: Scholarship Examination

 

पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकाय स्नातकोत्तरतह छात्रवृत्ति कार्यक्रमको समय थप गरिएको सम्बन्धि सूचना ।

पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकाय स्नातकोत्तरतह छात्रवृत्ति कार्यक्रमको समय थप गरिएको सम्बन्धि सूचना ।

 


Admission-Extension-Notice-Master-

 

 

School of Health and Allied Sciences: Invitation for Electronic Bids

School of Health and Allied Sciences: Invitation for Electronic Bids


पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकाय स्नातकोत्तरतह छात्रवृत्ति कार्यक्रममा अध्ययनका लागि आवेदन माग गरिएको सम्बन्धि सूचना । (प्रथम पटक प्रकाशित मितिः २०८० चैत ७ गते)

पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकाय स्नातकोत्तरतह छात्रवृत्ति कार्यक्रममा अध्ययनका लागि आवेदन माग गरिएको सम्बन्धि सूचना । (प्रथम पटक प्रकाशित मितिः २०८० चैत ७ गते)

 

 

 

पोखरा विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत स्नातकोत्तरतह MBA/MCIS/MHCM कार्यक्रमहरुको AWARDED LIST प्रकाशित सम्बन्धित सूचना ।

पोखरा विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत स्नातकोत्तरतह MBA/MCIS/MHCM कार्यक्रमहरुको AWARDED LIST प्रकाशित सम्बन्धित सूचना ।


https://scholarship.pu.edu.np/news/164

Pokhara University Teaching Hospital: Invitation for Sealed Quotation

Pokhara University Teaching Hospital: Invitation for Sealed Quotation


पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको प्रयोगात्मक तथा अन्तरवार्तासम्बन्धी सूचना !

पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको प्रयोगात्मक तथा अन्तरवार्तासम्बन्धी सूचना !

स्कुल अफ ईन्जिनियरिङ्ग: पूर्णकालिन करार सेवामा शिक्षक पदपूर्ति सम्बन्धी सूचना !

स्कुल अफ ईन्जिनियरिङ्ग:पूर्णकालिन करार सेवामा शिक्षक पदपूर्ति सम्बन्धी सूचना !


Vacancy Notice for Contract Teacher
Application-Form-for-Post-of-Lecture
Curriculum-for-Lecturer-Level-Examination

मन्त्रालयद्वारा पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निरीक्षण

मन्त्रालयद्वारा पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निरीक्षण

२०८० चैत्र १३ गते मङ्गलबार, पोखरा–३०, कास्की ।
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशका सचिव डा. विनोद विन्दु शर्माको नेतृत्वमा आएको निरीक्षण टोलीले मङ्गलबार पोखरा–३०, खुदीमा अवस्थित पोखरा विश्वविद्यालय शिक्षण अस्पताललाई सञ्चालन स्वीकृतिको मनशाय पत्र दिनेसम्बन्धमा स्थलगत निरीक्षण गरेको छ । सो अवसरमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवम् पोखरा विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. दिपक बहादुर भण्डारी, पोखरा विश्वविद्यालय शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. दिपेन्द्रकुमार यादव, पोखरा विश्वविद्यालय शिक्षण अस्पतालका स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. मदन खड्का लगायतले निरीक्षण टोलीलाई अस्पतालको हालसम्मको प्रगति विवरण र वर्तमान अवस्थाबारे विस्तृत जानकारी गराउनुभयो ।

टोलीले जनशक्ति, भवन तथा पूर्वाधारसम्बन्धी मापदण्ड लगायत बहिरङ्ग, अन्तरङ्ग, आकस्मिक र शल्यचिकित्सा एवम् सघन उपचार कक्षसम्बन्धी मापदण्ड, उपकरण, औषधि आदिका बारेमा अध्ययन तथा निरीक्षण गरी थप सुधार गर्नुपर्ने विषयमा अस्पताल व्यवस्थापन समितिलाई अवगत गराएको थियो ।

निरीक्षण टोलीमा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशका उप–सचिव चण्डिका पौडेल, मेडिकल सुपरिटेन्डेण्ट डा. धर्म ढकाल, महाशाखा प्रमुख डा. रमेश कुमार के.सी., आयुर्वेद चिकित्सक डा. मधुरजी ढकाल तथा फार्मेशी अधिकृत श्री साजन बराल हुनुहुन्थ्यो ।

व्यवस्थापन संकाय अन्तर्गतको स्नातकोत्तरतह छात्रवृत्तिसम्बन्धी सूचना

व्यवस्थापन संकाय अन्तर्गतको स्नातकोत्तरतह छात्रवृत्तिसम्बन्धी सूचना

स्थानिय बिदा सम्बन्धी सूचना !

स्थानिय बिदा सम्बन्धी सूचना !

पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकाय स्नातकोत्तरतह छात्रवृत्ति कार्यक्रममा अध्ययनका लागि आवेदन माग गरिएको सम्बन्धि सूचना ।

पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकाय स्नातकोत्तरतह छात्रवृत्ति कार्यक्रममा अध्ययनका लागि आवेदन माग गरिएको सम्बन्धि सूचना ।


https://scholarship.pu.edu.np/news/162

School of Development and Social Engineering:Invitation of Sealed Quotation for the Procurement of Books

School of Development and Social Engineering: Invitation of Sealed Quotation for the Procurement of Books


पोखरा विश्वविद्यालय स्नातकोत्तरतह MBA/MCIS/MHCM छात्रवृत्ति छनौंट परीक्षाको उत्तिर्ण सूचि PASS LIST प्रकाशित सम्बन्धि सूचना ।

पोखरा विश्वविद्यालय स्नातकोत्तरतह MBA/MCIS/MHCM छात्रवृत्ति छनौंट परीक्षाको उत्तिर्ण सूचि PASS LIST प्रकाशित सम्बन्धि सूचना ।


https://scholarship.pu.edu.np/news/161

Admission Notice: Master in Population, Gender, and Development (MPGD) program

Admission Notice: Master in Population, Gender, and Development (MPGD) program

पोखरा विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत स्नातकोत्तरतह छात्रवृत्ति कार्यक्रममा भागलिने उम्मेदवारहरुले ADMIT-CARD प्रिन्ट गर्ने सम्बन्धमा ।

पोखरा विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत स्नातकोत्तरतह छात्रवृत्ति कार्यक्रममा भागलिने उम्मेदवारहरुले ADMIT-CARD प्रिन्ट गर्ने सम्बन्धमा ।


https://scholarship.pu.edu.np/news/159

मानविकी तथा सामाजिकशास्त्र संकाय अन्तर्गतको स्नातकोत्तर तथा एमफिल तहको छात्रवृत्तिमा आवेदन गर्ने सम्बन्धि सूचना ।

मानविकी तथा सामाजिकशास्त्र संकाय अन्तर्गतको स्नातकोत्तर तथा एमफिल तहको छात्रवृत्तिमा आवेदन गर्ने सम्बन्धि सूचना ।

https://scholarship.pu.edu.np/news/158

सूचना: पोखरा विश्वविद्यालयको आधिकारिक इमेल संचालनमा आएको सम्बन्धमा !

पोखरा विश्वविद्यालयको आधिकारिक इमेलमा high trffice र response time ले गर्दा आएको समस्या समाधान भएको व्यहोरा जानकारी गराउन चाहन्छौं ।
सूचना साखा
पोखरा विश्वविद्यालय

स्वास्थ्य विज्ञान सङ्कायको फेकल्टी डेभलपमेन्ट तालिम शुरू

स्वास्थ्य विज्ञान सङ्कायको फेकल्टी डेभलपमेन्ट तालिम शुरू

२०८० फागुन २० गते आइतबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान सङ्कायले आयोजना गरेको ५ दिने फेकल्टी डेभलपमेन्ट तालिम आज पोखरामा शुरू भएको छ । “विद्यार्थीहरूको सिकाईलाई सहज बनाउन स्वास्थ्य व्यवसायिक शिक्षाका आवश्यक ज्ञान प्रदान गर्ने” भन्ने मूल उद्देश्यका साथ शुरू भएको उक्त तालिमलाई प्रमुख अतिथि पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गर्नुभयो ।

उद्घाटनसत्रमा बोल्दै उपकुलपति अर्यालले शिक्षण पेशालाई प्रभावकारी तुल्याउन प्राध्यापकमा सकारात्मक मनोवृत्तिसहित व्यावहारिक ज्ञान र सीपहरू प्रदान गर्नसक्ने क्षमता हुनुपर्नेमा जोड दिनुभयो । उहाँले विद्यार्थीलाई किताबमा भएको ज्ञान लेखाएर घोकाएरमात्र उपलब्धी नहुने उल्लेख गर्दै उनीहरूको मनोभाव बुझी उनिहरूलाई प्रेरणा दिने र आनन्दित तुल्याउने कार्यले पनि उत्तिकै महत्व राख्ने बताउनुभयो । पठनपाठन र मनोवृत्तिमा परिवर्तन ल्याउन यस्ता तालिम सान्दर्भिक र महत्वपूर्ण रहने उहाँको भनाई दियो ।

कार्यक्रममा आफ्नो विचार राख्दै पोखरा विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. दिपक बहादुर भण्डारीले प्राध्यापक कक्षाकोठामा मात्र होइन समाजकै लागि प्रेरणाको स्रोत हुनुपर्ने बताउनुभयो । उहाँले प्राध्यापकले शिक्षण पेशाको गरिमा र महत्वलाई उचो राख्न पेशाप्रति बफादार र उच्च नैतिक आचरणमा रहनुपर्ने उल्लेख गर्दै अनुशाशित, समयनिष्ठ र कर्तव्यनिष्ठसहित उत्कृष्टभावले प्राध्यापकको इज्जत र सम्मान अझ बढेर जाने विचार व्यक्त गर्नुभयो । यस्ता तालिमले विभिन्न आयामहरूलाई समेट्न सकेमात्र उद्देश्य परिपूर्ति हुने उहाँको भनाई थियो ।

पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि सङ्कायका डीन प्राध्यापक राजेशकुमार ठगुराठीले कमजोर विद्यार्थीलाई कसरी राम्रो र सक्षम तुल्याउन सकिन्छ भन्ने दिशामा तालिम अभिप्रेरित हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान सङ्कायका डीन सह–प्रा.डा. अमर नागिलाले शिक्षण पेशामा जति इज्जत, मान र सम्मान छ, त्यतिकै दुःख, कष्ट र चुनौतिहरू रहेको उल्लेख गर्नुभयो । उहाँले प्राध्यापकको जागीर खाने र घर चलाउने कर्तव्य मात्र नभई कक्षा कोठामा हरेक दिन परीक्षा दिनुपर्ने र त्यसमा खरो उत्रनु बाहेक अन्य विकल्प समेत नरहेको विचार व्यक्त गर्नुभयो । अग्रजहरूको ज्ञान र आचरण अनुकरण गरी समय सापेक्ष, कर्तव्यनिष्ठ र उर्जाशील भई पेशामा लाग्न तथा प्राध्यापक वर्गलाई राम्रो संगति र सम्बन्ध बिस्तारमा समेत यस्ता तालिम फलिभूत हुने विचार राख्नुभयो ।

परीक्षा नियन्त्रक सह–प्रा.डा. तुल्सीराम भण्डारीले तालिमलाई उपलब्धिमूलक र व्यवहारमा उतार्न सकेमात्र त्यसले सारतत्व सिकाईमा परिवर्तन र गुणस्तर अभिवृद्धि गर्न मद्दत पुग्ने उल्लेख गर्नुभयो । उहाँले विद्यार्थीलाई राम्रो र उत्प्रेरित गर्न पाठ्यक्रमलाई चुस्त राख्नुपर्ने विचार राख्नुभयो ।

पोखरा विश्वविद्यालयको सम्बन्धनप्राप्त नोबेल कलेजका प्राचार्य नवराज पाण्डेले स्वास्थ्य पेशा मानव अस्तित्व कायम रहेसम्म रही रहने भएकोले यसको समय सापेक्ष विकास र विस्तारका लागि सबै सचेत भई लाग्नुपर्नेमा जोड दिनुभयो ।

पोखरा नर्सिङ्ग क्याम्पसका क्याम्पस प्रमुख प्रा. नीता ताम्राकारले प्राध्यापकले आफ्नो पेशा र विद्यार्थीलाई पहिलो प्राथमिकतामा राखी सयमानुसार परिवर्तन हुनुपर्नेमा जोड दिनुभयो । उहाँले प्राध्यापकले वस्तुनिष्ठ भई सिकेका कुरालाई व्यवहारमा कार्यान्वयन गर्नु अति आवश्यक रहेको उल्लेख गर्नुभयो ।

मणिपाल कलेज अफ मेडिकल साइन्सेजका प्राचार्य तथा माइक्रोबायोलोजी विभागका प्राध्यापक शिशिर गोखलेले शिक्षण पेशालाई राम्रो बनाउन प्राध्यापकले पठनपाठन, मनन, चिन्तन र आचरणमा सुधार ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले प्राध्यापकले सिकेको सिपलाई आचरणमा र आचरणलाई जीवनमा उतार्न सकेमात्र विद्यार्थीलाई सबैको लायक बनाउन सक्ने बताउनुभयो ।

तालिम कार्यक्रमका स्रोत व्यक्ति प्रा.डा. मुनिराज क्षेत्रीले समावेशी र समतामूलक गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने र सबैका लागि आजीवन सिकाई अवसर प्रवद्र्धन गर्न सके मात्र समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पना साकार हुने बताउनुभयो ।

कार्यक्रममा स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्सेज, पोखरा विश्वविद्यालयका उपप्राध्यापक सुरेश जैसवालले प्राध्यापकको स्तरोन्नति, ज्ञान र सीप विकासका लागि तालिम कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभएको थियो । कार्यक्रममा क्वालिटि सर्कल कमिटिमा आबद्ध पोखरा विश्वविद्याय बेचलर अफ फार्मेसीमा अध्ययन गर्ने छात्राहरूले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।

२०८० फागुन २४ गतेसम्म सञ्चालन हुने उक्त तालिम कार्यक्रममा विभिन्न विधामा प्रा.डा. मुनिराज क्षेत्री, प्रा.डा. विदुर वस्ति, प्रा.डा. शरदराज वन्त, प्रा.डा. मन्दिरा शाही, यूएनडिपि नेपालका आवासीय सहायक प्रतिनिधि बिन्दा मगर, डा. समिर तिमिल्सीना, डा. तुल्सीराम भण्डारी, प्रा.डा. राजेन्द्र विसि, डा. नमराज धामीले प्रस्तुति दिनुहुनेछ । कार्यक्रममा पोखरा विश्वविद्यालय लगायत स्वास्थ्य संघसंस्थामा पेशामा आबद्ध दुईदर्जनभन्दा बढी व्यक्तिहरूको उपस्थिति रहनेछ ।

Admission Notice: MPhil/PhD in Management Studies 2024

Admission Notice: MPhil/PhD in Management Studies 2024


Click here

पोखरा विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गतको MBA/MHCM/MCIS कार्यक्रमहरुको अध्ययनको लागि छात्रवृत्तिमा दरखास्त दिने सम्बन्धि सूचना ।

पोखरा विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गतको MBA/MHCM/MCIS कार्यक्रमहरुको अध्ययनको लागि छात्रवृत्तिमा दरखास्त दिने सम्बन्धि सूचना ।

पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको स्थलगत अनुगमन

पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको स्थलगत अनुगमन


२०८० फागुन १३ गते आइतबार, पोखरा–३०, कास्की ।
स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका निमित्त महानिर्देशक श्री हेमन्त शर्मा पौडेलको नेतृत्वमा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशबाट आएको अनुगमन टोलीले आइतबार पोखरा–३०, खुदीमा अवस्थित पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको आज एक स्थलगत अनुगमन गरेको छ । सो अवसरमा पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान सङ्कायका डीन डा. अमर नागिला र पोखरा विश्वविद्यालय शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. दिपेन्द्रकुमार यादवले अनुगमन टोलीलाई अस्पतालबाट प्रवाहित सेवा तथा सुविधा र अस्पतालको वर्तमान अवस्थाबारे विस्तृत जानकारी गराउनुभयो ।

टोलीले अस्पताल व्यवस्थापन, भवन तथा पूर्वाधारसम्बन्धी मापदण्ड लगायत बहिरङ्ग, अन्तरङ्ग, आकस्मिक र शल्यचिकित्सा एवम् सघन उपचार कक्षसम्बन्धी मापदण्डका बारेमा अध्ययन तथा निरीक्षण गरेको थियो । यसका साथै जनशक्ति तथा विशेषज्ञसम्बन्धी व्यवस्था, फोहोर व्यवस्थापन, प्रयोगशाला, फार्मेसीसम्बन्धी व्यवस्थापन लगायत औजार तथा उपकरणका बारेमा समेत सुक्ष्म अनुगमन भएको थियो ।

२०७९ भदौ २२ गतेबाट बहिरङ्ग सेवा सञ्चालन गर्दै आएको अस्पतालले नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको “स्वास्थ्य सेवा सञ्चालन मापदण्ड–२०७७” बमोजिम आधारभूत मापदण्ड पुरा गरी पूर्ण चरणमा सेवा सञ्चालन गर्ने तयारी गरिरहेको छ । अस्पताललाई हाल १०० शैयामा सञ्चालन गर्ने गरी व्यवस्थापन गरिएको छ ।

अनुगमन टोलीमा स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशबाट अञ्जु पौडेल, डा. रोशन ढकाल, दीवाकर शर्मा तथा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशबाट आयुर्वेद चिकित्सक डा. मधुरजी ढकाल हुनुहुन्थ्यो ।

nineteenth convocation

df

School of Engineering: Invitation for Bids

School of Engineering: Invitation for Bids


नोबेल पुरस्कार बिजेता सर रिचर्ड जोन रोबर्ट्स पोखरा विश्वविद्यालयमा ।

नोबेल पुरस्कार बिजेता सर रिचर्ड जोन रोबर्ट्स पोखरा विश्वविद्यालयमा ।

२०८० फाल्गुन ११ गते शुक्रवार, | नमराज धामी, पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्र, पोखरा-३०, कास्की |
फाल्गुन ११, २०८० (तदनुसार फेब्रुअरी २३, २०२४) को दिन पोखरा विश्वविद्यालयका लागि संसारकै उत्कृष्ट बैज्ञानिक तथा सन् १९९३ को मेडिसिन विधा अन्तर्गत नोबेल पुरस्कार बिजेता सर रिचर्ड जोन रोबर्ट्स (The Nobel Laureate Sir Richard John Roberts, recipient of The Nobel Prize in Physiology or Medicine 1993) लाई विश्वविद्यालयका परिसरमा स्वागत गर्न पाएको र उहाँ सित प्रत्यक्ष साक्षात्कार हुन पाएको बिरलै तर प्रथम अवसर प्राप्त भएको भाग्यशाली दिनका रुपमा स्थापित भएको छ | हाल अमेरिकाको बिश्व प्रसिद्ध न्यू इंगल्याण्ड बायोल्याब्स (New England Biolabs) मा प्रमुख बैज्ञानिक (Chief Scientific Officer) का रुपमा सक्रिय रहेका ८० बर्षिय सर रिचर्ड पोखरा स्थित बन विज्ञान क्याम्पसमा फाल्गुन १०-११, २०८० मा आयोजित तेस्रो RTSTI2024 (https://www.rtsti.com/) सम्मेलनको मुख्य बक्ताको रुपमा सहभागी हुन नेपाल आएको अवसर पारेर गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठान (GPAST) को सहकार्यमा पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्र (PURC) ले सर रिचर्ड र पोखरा विश्वविद्यालयका बिद्यार्थी, शिक्षक र कर्मचारीहरु गरि झन्डै ८० जनाको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो |

अन्तरक्रिया कार्यक्रममा सर रिचर्डले अनुबंश परिवर्तित जीवहरु (Genetically Modified Organisms, GMOs) हरुको समुचित प्रयोग गरेर खाद्य सुरक्षा, पोषण सुरक्षा, वातावरणीय प्रदुषण नियन्त्रण, र गरिबी निवारण लगायतका वैश्विक चुनौतिहरुको सजिलै र दिगो समाधान गर्न सकिने हुनाले Genetic Engineering सित सम्बन्धित अध्ययन अनुसन्धान कार्य लाई उच्च प्राथमिकता साथ आगाडी बढाउनु पर्ने बिषयमा जोड दिनुभयो | उदाहारणका लागि कोभिड -१९ को महामारी नियन्त्रण गर्न सफल भएका भ्याक्सिनहरु अत्यन्तै छोटो समयमा उत्पादन गर्न Genetic Engineering को प्रयोगले मात्र सम्भव भएको जानकारी दिनुभयो | त्यस्तै, Bacillus thuringiensis नामक ब्याक्टेरियाको Bt जीन समावेश गरि निर्माण गरिएका Bt Brinjal (भन्टा) र Bt Cotton (कपास) को खेति गर्नाले हानिकारक विषादीको प्रयोग न्यूनीकरण गर्दै सजिलै सित प्राकृतिक रूपमै बालीमा लाग्ने किराको प्रकोप नियन्त्रण गर्न सकिने जानकारी दिनु भयो | त्यस्तै बहुसंख्यक मानिस हरुले दैनिक खाने चामलमा बिटा क्यारोटिन (beta carotene) नामक रसायन एकत्रित हुने गरि अनुबंश परिवर्तन गरिएको सुनौलो धान (Golden Rice) को खेति गर्नाले करोडौ मानिसहरुलाई भिटामिन ए को अल्पताबाट जोगाउन सफल हुने दाबी पेश गर्नुभयो र फिलिपिन्स देशले सुनौलो चामलको परिकारहरु दैनिक उपभोग गर्ने गरि विधिवत रूपमा सफल प्रयोग गरि सकेको जानकारी समेत दिनु भयो |

GMO हरुको निर्माण निर्दिष्ट उद्धेश्य प्राप्ति गर्नका लागि गरिने र तिनीहरुको वातावरणीय तथा मानव स्वास्थ्यमा पर्ने    बहुआयामिक प्रभावहरुको सम्पूर्ण मुल्यांकन बैज्ञानिकहरुले अनुसन्धानकै क्रममा निर्क्यौल गरी सक्ने र पूर्ण सुरक्षित प्रमाणित भएका GMO हरु मात्रै सार्वजनिक प्रयोगका लागी योग्य हुने भएपनि बिभिन्न देशहरुले GMO को प्रयोग सम्बन्धि फरक फरक र असहयोगी नीतिहरु अख्तियार गरेको साथै ग्रीनपीस (Green peace) लगायतका संस्थाहरुले यथेष्ट जानकारी समेत नराखी पूर्वाग्रही ढंगले GMO हरुको प्रयोगको अनावश्यक बिरोध गर्ने गरेको बताउनु भयो | GMO र GMO बाट उत्पादित बस्तुहरु तोकिएको प्रयोजनका लागि उपयोग गर्न पुर्णतया सुरक्षित रहेको पुष्टि बैज्ञानिक अनुसन्धानहरु बाट पटक पटक गरिने भएकोले नेपाल जस्ता अल्प विकसित राष्ट्रहरुले Genetic Engineering का माध्यम बाट उत्पादन गरिएका बस्तु र सेवाको उचित प्रयोग गर्नका लागी यथाशिघ्र राष्ट्रिय नीति र मापदण्ड निर्माण र कार्यन्वयन गर्न राजनैतिक सचेतना र प्रतिबद्धता आवश्यक रहेको जनाउनु भयो | बिश्वब्यापी रूपमा GMO को प्रयोग सुलभ हुने गरी उपयोगमा ल्याउनका लागि आफु लगायत १६७ नोबेल पुरस्कार बिजेताहरुले संयुक्त आवाज उठाई राखेको बिषय समेत जानकारी दिनु भयो | सहभागीहरुका तर्फबाट उठेका जिज्ञासाहरु लक्षित गर्दै सर रिचर्डले GMO को प्रयोग गर्दा किसानहरु लगायत समस्त उपभोक्ताहरु लाई समेत आर्थिक लगायतका बहुआयामिक फाइदा हुने तर्क राख्नु भयो | तर, Genetic Engineering उत्कृष्ट प्राबिधिक विधा भएकोले सो सम्बन्धि प्राबिधिक दक्षता भएका बैज्ञानिकहरुको यथेष्ट उपलब्धता नेपालमै पनि हुनु पर्ने र राजनैतिक एबम् व्यवस्थापकीय नेतृत्वकर्ताहरुले बैज्ञानिकहरुका खोज अनुसन्धान प्रति चासो दिई नवीन उपलब्धिहरुलाई देशको छरितो बिकासका लागि सदुपयोग गर्नु पर्ने बिषयमा जोड दिनु भयो |

नेपालमा Genetic Engineering लगायत अन्य विशिष्टीकृत विधाहरुको पठन पाठन तथा अनुसन्धान कार्य अझै सम्भव नभएको र कतै कतै अध्यापन शुरु गरिएका बिषयहरु पनि प्राय: सैद्धान्तिक मात्रै रहेको र प्रयोगात्मक सीप सिक्ने अवसर निकै न्यून हुने गरेको हुनाले पछिल्लो समयमा युवा विद्यार्थीहरुको विदेश पलायन बढेको सम्बन्धि जिज्ञासाको  विषयमा बोल्दै सर रिचर्डले बिद्यार्थीहरुलाई संसारको जुनसुकै ठाउँमा भएको पनि उत्कृष्ट केन्द्रहरुमा अध्ययन गर्न प्रेरित गर्नु पर्ने र जानु नै पर्ने तर ज्ञान र शीप हाँसिल गरि सकेपछि सक्दो चाँडो घर फर्केर स्वदेश सेवा गर्नु पर्ने सुझाव दिनु भयो | संगसंगै, पोखरा विश्वविद्यालय लगायत नेपालका अन्य विश्वविद्यालयहरुले Genetic Engineering लगायत सम्बन्धित विधाहरुमा देश विदेश बाट नयाँ नयाँ ज्ञान र सीप हाँसिल गरेका दक्ष जनशक्ति लाई उच्च प्राथमिकतामा राखी संबन्धित काम गर्न उपयुक्त श्रोत, साधन, र वातावरण निर्माण गर्ने कार्य यथाशिघ्र थालनी गर्नु पर्नेमा जोड दिनु भयो | र सो कार्यका लागि बिभिन्न संस्थाहरु सित समन्वय गर्नमा आफुले सहयोग गर्न पाए खुशी हुने प्रतिबद्धता समेत सर रिचर्डले जाहेर गर्नु भयो |

बिद्यार्थीहरु सित घुलमिल हुन्  र हाँस्न रुचाउने सर रिचर्डले कार्यक्रममा उपस्थित भएका झन्डै ५० जना विद्यार्थीहरु सित २० मिनेट जति छुट्टै अन्तरक्रिया समेत गर्नु भयो | अन्तरक्रिया कार्यक्रम समापन भए पश्चात पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रको आगन्तुक पुस्तिकामा समेत सर रिचर्डले विदेश गएका युवा बिद्यार्थीहरु लाइ स्वदेश फर्किन प्रेरित गर्ने र उनीहरुले नेपालको विकाशमा सहभागी हुन् सक्ने गरि नीति तथा कार्यक्रम बनाउनु पर्ने विषयमा बिशेष जोड दिनु भयो | सर रिचर्ड लेख्नु हुन्छ “You have excellent students. Listen to them and come up with policies that will both enable and make them want to come back and improve Nepal”.

आफुले ८० बर्ष पार गरि सक्दा समेत हरेक दिन नयाँ नयाँ कुराहरुको खोज गरि रहेको प्रसंग जोड्दै शुरु शुरुका दिनहरुमा सबैले पबित्र उद्देश्य प्राप्तिका लागि संघर्ष गर्नु नै पर्ने तर मिहिनेत गर्न छोड्न नहुने कुरामा जोड दिनु भयो | मिहिनेत गर्दै गर्दा सफलता हात पार्नका लागि भने “भाग्य” को उच्च भूमिका हुने र अनुसन्धान निरन्तरता र उत्कृष्टताका लागी निस्वार्थ सुझाव दिने र सहयोग गर्ने असल सहकर्मी (true friend) को अपरिहार्यतामा बिशेष जोड दिनु भयो | साथै, पछिल्लो समयमा फेसबुक लगायतका सामाजिक संजाल तथा artificial intelligence को जानाजान हुने दुरुपयोगले समाजमा बिग्रह ल्याउने क्रम बढेकोमा चिन्ता व्यक्त गर्दै आफु सामाजिक संजालमा नरहेको र त्यसरी समय खेर फाल्ने आफुलाई फुर्सद समेत नभएको जिकिर गर्नु भयो  र सबैले सचेत रहनुपर्ने सुझाव दिनु भयो |

अनुसन्धानका उपलब्धिहरु तथा ज्ञानको विश्वब्यापी रूपमा सुलभ पहुँच हुनु पर्छ भन्ने मान्यता राख्दै ज्ञानमा खुला पहुँच (Open Access) को परिकल्पनाकार सर रिचर्डको उत्कृष्ट अनुसन्धान एवं मानव कल्याणका लागि गर्दै आउनु भएको योगदानको सम्मान स्वरूप पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रका तर्फबाट उहाँ लाइ प्रशंशा पत्र र मायाको चिनो प्रदान गरियो |

पोखरा विश्वविद्यालय केन्द्रिय कार्यालय परिसरमा रहेको सभाहलमा अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक नमराज धामीले संचालन गर्नु भएको उक्त विशेष कार्यक्रममा पोखरा विश्वविद्यालयका रजिष्ट्रार दीपक बहादुर भण्डारी, स्वास्थ्य विज्ञान संकायका डीन अमर नागिला, अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका कार्यकारी निर्देशक उमेश सिंह यादव, गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठानका कार्यकारी निर्देशक ढाका राम भण्डारी लगायत विद्यार्थी, शिक्षक र कर्मचारी गरि (स्थान अभावका बाबजुत) ८० जना भन्दा बढी सहभागीहरु उपस्थित हुनु भएको थियो |

स्थापनाको २७ औं बर्षमा अगाडी बढ्दै गरेको पोखरा विश्वविद्यालयले Pharmaceutical Sciences, Medical Biochemistry, Medical Microbiology, र Bioinformatics बिषयहरुमा स्नातक तह सम्मको पठन पाठन जारि राखेको अवस्थामा उच्च प्राथमिकताका साथ यथाशिघ्र Biotechnology र Molecular Biology सित सम्बन्धित सुबिधा सम्पन्न अनुसन्धान प्रयोगशालाहरुको स्थापना गरि स्नातकोत्तर एबम विद्यावारिधी तहका कार्यक्रमहरु संचालनमा ल्याउनु अपरिहार्य देखिन्छ |

लेखक नमराज धामी पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक हुनुहुन्छ |

 Share
            

पोखरा विश्वविद्यालयको उन्नाइसाैं दीक्षान्त समारोहका सम्बोधनहरु !

पोखरा विश्वविद्यालयको उन्नाइसाैं दीक्षान्त समारोहका सम्बोधनहरु !


पाेखरा विश्वविद्यालयकाे उन्नाइसाैं दीक्षान्त समाराेहकाे Summary Report

पाेखरा विश्वविद्यालयकाे उन्नाइसाैं दीक्षान्त समाराेहकाे Summary Report

पोखरा विश्वविद्यालयको आधिकारिक इमेल सम्बन्धमा !

पोखरा विश्वविद्यालयको आधिकारिक इमेल सम्बन्धमा !


आजको मितिमा बिधार्थिहरुले अत्यधिक रुपमा Login Attempt गर्नाले gmail server मा high trffice र response time ko समस्याले पोखरा विश्वविद्यालयको आधिकारिक @pu.edu.np domain भएको email account बाट gmail मा केही दिन कुनैपनि प्रकारको email नजाने व्यहोरा सम्पूर्ण  शिक्षक तथा कर्मचारीमा जानकारी गराउन चाहन्छौं । साथै gmail बाट @pu.edu.np भएको email account मा भने email आउनेछ, तर reply का  निमित्त  personal gmail प्रयोग गरनुपर्ने व्यहोरा जानकारी गराउन चाहन्छौं ।

Result: Health Science_Bachelor 1st Sem_Spring 2023

Result: Health Science_Bachelor 1st Sem_Spring 2023


BPT 1st _sem
BPH 1st _sem
B.Sc.MLT_1st_sem
B.Pharm. 1st_sem
B. Optom_1st_Spring 2023

Notice:उन्नाइसाैं दीक्षान्त समारोहको पदक तथा Dean’s List को सूची प्रकाशन सम्बन्धी सूचना !

Notice:उन्नाइसाैं दीक्षान्त समारोहको पदक तथा Dean’s List को सूची प्रकाशन सम्बन्धी सूचना !


Gold Medal List_19th Convocation
Dean’s List Students_19th Convocation