The result on Merit list of Scholarship of Faculty of Science and Technology.
Notice for Chance Examination-2017 ( Nursing Program)
विज्ञान तथा प्रविधि संकायको छात्रवृत्ति प्रवेश परीक्षाको परिवर्तित समय तालिकासम्बन्धी सूचना

पन्ध्रौ दीक्षान्त समारोहको कार्यक्रम सम्बन्धी सूचना

Result of faculty/collaborative/ affiliated research grant 74/75
Finalist of Selected Projects from S-ATET 2018
कोरियन भाषा शिक्षामा कक्षा सञ्चालन

पोखरा विश्वविद्यालयमा (२०७४ माघ २६ गते शुक्रबारका दिन) कोरियन भाषा शिक्षामा कक्षा सञ्चालनको समुद्घाटन गरिएको छ । कोरिया अन्तर्राष्टिय सहयोग एजेन्सी (कोइका) र पोखरा विश्वविद्यालयबीच कार्यसहमति भई सञ्चालन भएको उक्त समुद्घाटन समारोहको सभापतित्व व्यवस्थापन संकाय, पोखरा विश्वविद्यालयका डीन प्रा. हरिबहादुर खड्का, प्रमुख आतिथ्यता कोइकाका कन्ट्रि डाइरेक्टर ह्यङ क्यू किमले गर्नुभएको थियो । कार्यक्रमको उपादेयताका बारेमा कोइकाका कन्ट्रि डाइरेक्टर ह्यङ क्यू किम र अन्तर्राष्टिय केन्द्र पोखरा विश्वविद्यालयका कार्यकारी निर्देशक टेकबहादुर क्षेत्रीले प्रकाश पार्नुभएको थियो ।
नन् क्रेडिट तथा नन डिग्रीको रूपमा भाषा शिक्षामा प्रमाणपत्र लिने उद्देश्यकासाथ गत नोभेम्बर २०१६ देखि ३० जना विद्यार्थीहरूले कोरियन भाषा शिक्षामा कक्षा लिइरहेका छन् । नेपाल सरकार शिक्षा र अर्थमन्त्रालयबाट स्वीकृती लिई कोरियन स्वय्सेवकहरूले कक्षा दिइरहेका छन् । कोरियामा अध्ययन अध्यापन गर्न चाहने शिक्षक तथा विद्यार्थीहरूका लागि कोरियन भाषा शिक्षा निकै प्रभावकारी र फलदायी हुने अपेक्षा गरिएको छ ।
उक्त समुद्घाटन समारोहमा पोखरा विश्वविद्यालयका विभिन्न पदाधिकारीहरू, कोइकाका म्यानेजर सङ् सक चोइ तथा विद्यार्थीहरूले सहभागिता जनाएका थिए । कार्यक्रमको सञ्चालन उपप्राध्यापक अतिस कौडिन्नाययनले गर्नुभएको थियो ।
Results Published: B.Sc. Nursing 4th Year ( 2017)
B. Sc.Nursing_4th
NOTICE FOR RE-TOTALING/RE-CHECKING
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of the Controller of Examinations, Pokhara Lekhnath by 9th feb., 2018( 4:00 PM).
The application received after this deadline will not be accepted for the further process.
Notice for Vacant Seat-Health Science Programs

Scholarship Notice-Faculty of Science & Technology
Notice of Admission Open for M.Sc. Structural Engineering
1. Notice
2. Application Form
3. Syllabus
S-ATET Result

Scholarship Notice for MBA, MHCM & MCIS
पोखरा विश्वविद्यालयको सम्बन्धनसम्बन्धी शुल्कहरू फिर्ता गर्ने बारेको पुनः प्रकाशित सूचना
Admission Announces for MBA Program

Announces Admission for Master of Public Health (MPH) Program 2074 BS
पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायको MPH कार्यक्रममा छात्रवृत्तिसम्बन्धी सूचना
Schedule Published: Spring Semester-2017( MPH/M.Sc.SE/EMBA)
Results Published: Chance Examination -2017
Boot-camp News
A five day long Z-camp – Innovative Entrepreneurs Boot Camp is currently being held by Curriculum Development Committee (CDC), Pokhara University for the professors from it’s constituents and affiliated colleges in Hotel Pokhara Grande since 21st of January 2018. The camp is being led by Vision Arena (Innovation Consulting firm – based in Seoul, Korea) and funded by NITEC.
A group of 25 Professors are being trained by the Business Model Zen Master Brad Cho from South Korea. Master Cho is also the CEO of Vision Arena, Seoul as well as a Start-up Mentor, Innovation Coach and the author of books titled- ‘Business Model Zen’, and ‘You are Innovation’.
The Z-camp mingled with TTT (Train-The-Trainer) course is intended to help professors to learn innovative way to find opportunities and design and act business for entrepreneurs. Upon the successful completion of the workshop, the professors will be entitled to be a “Business Model Zen Trainer”. Business Model Zen provides a single logical frame where a business is systematically modelled and proactively managed, from idea to design and execution.
Notice for Admission into BSc Nursing Program (Added Seats)

MBA Results
सम्बन्धनप्राप्त कलेजहरुलाई शुल्क बुझाउने सम्बन्धमा अत्यन्त जरुरी सूचना
परीक्षालाई स्तरीय तुल्याउने हेतु कार्यशाला सम्पन्न
पोखरा विश्वविद्यालयले परीक्षालाई व्यवस्थितरूपमा स्तरीय र मर्यादित तुल्याउने हेतु देशका विभिन्न स्थानमा परीक्षा र मूल्यांकन प्रणाली विषयमा एक, एक दिने कार्यशाला आयोजना गरी सम्पन्न गरेको छ ।
पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको आयोजना र विश्वविद्यालय अन्तर्गतका महाविद्यालयहरूको सहभागितामा गत पौष १० गते काठमाडौंमा, पौष २७ गते पोखरामा, माघ ३ गते धनगढीमा र माघ ५ गते बुटबलमा चरणबद्धरूपमा कार्यशाला सम्पन्न भएका छन् ।
कार्यशालामा विभिन्न विषयका प्रश्नपत्रहरूको निर्माण प्रक्रियामा देखिएका त्रुटिहरू तथा उत्तरपुस्तिका परीक्षणमा देएिका कमजोरीहरूलाई कसरी निकास दिन सकिन्छ भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरी समूहगत रूपमा बृहत छलफल गरिएको थियो ।
कार्यशालालाई पोखरा विश्वविद्यालयका रजिष्ट्रार गोविन्दप्रसाद शर्मा, पोखरा विश्वविद्यालय व्यवस्थापन विषयसमितिका अध्यक्ष प्रा.डा. प्रेमराज पन्त, परीक्षा नियन्त्रक भरतराम ढुङ्गाना, प्रा.डा.राजनबहादुर पौडेल लगायतले आ–आफ्ना विचार प्रस्तुत गर्नुभएको थियो ।
MBA-Entrepreneurship and Innovation कार्यक्रमको पाठ्यक्रम बिकाससम्बन्धी कार्यशाला सम्पन्न
मिति २०७४/१०/४ गते बिहीबारका दिन दक्षिण कोरियाको Handong Global University को सहकार्यमा पोखरा विश्वविद्यालय पाठ्यक्रम बिकास केन्द्रको आयोजनामा दुई बर्षे MBA-Entrepreneurship and Innovation कार्यक्रमको पाठ्यक्रम बिकाससम्बन्धी एक दिने कार्यशाला काठमाण्डौमा सम्पन्न भयो। उक्त कार्यशालामा पोखरा विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, काठमाण्डौ विश्वविद्यालय तथा उद्यम बिकाससँग सम्बन्धित बिभिन्न संंघसस्थाका विज्ञहरुको सहभागिता थियो।
पोखरा विश्वविद्यालयले समयको माग र आवश्यकता अनुसार विद्यार्थीहरुलाई रोजगार खोज्ने (Job-seeker) को सट्टा रोजगार दाता (Job-creator) को रुपमा बिकास गर्नको लागि यो कार्यक्रमको पाठ्यक्रम तयार भएको हो ।
स्वास्थ्य विज्ञान संकायको घरभाडामा लिनेसम्बन्धी सूचना

Notice for Schedule of Chance Examination 2017
Notice of Fifth Scholarship Awarded List

उद्यमशिलता विकासमा स्नातकतहको पाठ्यक्रम विकाससम्बन्धी कार्यशाला सम्पन्न
मिति २०७४ पौष २७ गते नेपाल सरकार उद्योग मन्त्रालयको सहकार्यमा पोखरा विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायद्धारा आयोजित उद्यमशिलता विकास विषयमा चार वर्षे स्नातकतहको पाठ्यक्रम विकाससम्बन्धी एक दिने कार्यशाला सम्पन्न भयो । उक्त कार्यशालाका विशेष अतिथि नेपाल सरकार उद्योग मन्त्रालयका सह–सचिव श्री गोपि कृष्ण खनालले नेपालमा उद्यमशिलता विकासको महत्व र यस क्षेत्रका राष्टिय नीति तथा कार्यक्रहरूको बारेमा प्रकाश पार्नु भएको थियो ।
उक्त कार्यशालामा काठमाण्डौ विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, सफल उद्यमी, सरकारी निकाय, गैरसरकारी सस्था आदिबाट उद्यमशिलतासम्बन्धी विषय र विभिन्न क्षेत्रका अनुभवि तथा विज्ञहरूको सहभागिता थियो ।
उक्त कार्यशालाको अध्यक्षता पोखरा विश्वविद्यालयका मानविकी तथा सामाजिकशास्त्र संकायका डीन प्रा. डा. इन्द्र प्रसाद तिवारीले गर्नुभएको थियो भने कार्यक्रम संचालन, सम्बन्धित डिग्रीको प्रारम्भिक पाठ्यक्रमको ढाँचाको प्रस्तुती एवं कार्यक्रम सहजीकरण पोखरा विश्वविद्यालयका उपप्राध्यापक डा. अजय थापाले गर्नु भएको थियो ।
पोखरा विश्वविद्यालयको परीक्षा र मूल्यांकन प्रणालीमा वर्कसप सम्पन्न
पोखरा विश्वविद्यालय (पोवि) को परीक्षा प्रणालीलाई थप कसरी वैज्ञानिक, समयसापेक्ष र गुणस्तरयुक्त तुल्याउने भन्ने सम्बन्धमा पोखरामा २०७४ पौष २७ गते बिहीबार एकदिने कार्यशाला सम्पन्न भएको छ । उक्त कार्यशालालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै विश्वविद्यालयका रजिष्टार गोविन्द प्रसाद शर्माले संसारले विश्वविद्यालयलाई हेर्ने ऐना परीक्षा भएकोले परीक्षा प्रणालीलाई चुस्त, प्रभावकारी र मर्यादित तुल्याउनु पर्नेमा जोड दिनुभयो । उहाँले परीक्षा प्रणालीलाई निर्दिष्ट कार्यतालिका बमोजिम सञ्चालन गर्न अहिलेको सिङ्गो नेतृत्व सफल भएको उल्लेख गर्दै सानातिना देखिने त्रुटि र कमजोरीलाई सबैले एकताबद्ध भएर निवारण गर्न सके विश्वविद्यालय थप उचाईमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यशालाका सभापति एवम् पोखरा विश्वविद्यालयका परीक्षा नियन्त्रक डा. भरतराम ढुङ्गानाले विश्वविद्यालयको प्रतिष्ठा र गरिमा उच्च राख्न परीक्षा एक महत्वपूर्ण तत्व रहेको उल्लेख गर्नुभयो । उहाँले हामीसँग स्पष्ट क्यालेण्डर छ, डायनामिक र अपडेटेड करिकुलम छ भन्दै यसलाई अझ बढी व्यवस्थित, मर्यादित, बैज्ञानिक र समयसापेक्ष तुल्याउन सबैको सहयोग हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रमका विशेष अतिथि त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डाक्टर राजन बहादुर पौडेलले सबै शिक्षकले कक्षा कोठमा मात्र पढाएर गुणस्तर नआउने उल्लेख गर्दै उसले पढ्ने, पढाउने तथा सिक्ने सिकाउने उत्तरदायित्व समेत वहन गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यशालामा व्यवस्थापन संकाय, पोविका डीन प्रा. हरिबहादुर खड्का तथा सह–परीक्षा नियन्त्रक डा. सुरेश बरालले आ–आफ्नो मन्तव्य राख्नुभएको थियो ।
उक्त कार्यशालाको पहिलो सत्रमा जनरल इस्यू अन एक्जामिनेशन्स विषयमा परीक्षा नियन्त्रक डा. भरतराम ढुङ्गानाले कार्यपत्र प्रस्तुत र त्यसमा स्कूल अफ विजनेश, पोविका सह–प्राध्यापक डा. दिपकबहादुर भण्डारीले टिप्पणी गर्नुभएको थियो । दोस्रो सत्रको प्रशनपत्रहरू सेटिङ्स र मोडरेशनको छलफलको समुह कार्य र प्रस्तुतिकरणलाई स्कूल अफ हेल्थ एण्ड एलाइड साइन्सेज, पोविका स्कूल निर्देशक डा. डमरू पनेरूले सहजीकरण गर्नुभएको थियो । त्यस्तै तेस्रो सत्रको उत्तरपुस्तिका मूल्याङकन र स्क्रुटिनाइजिङ्गको छलफलको समूह कार्य र प्रस्तुतिकरणलाई स्कूल अफ इञ्जिनियरिङ्ग, पोविका स्कूल निर्देशक ई. अर्जुन गौतमले सहजीकरण गर्नुभएको थियो । तीनवटै सत्रको अध्यक्षता प्रा.डा. राजनबहादुर पौडेलले गर्नुभएको थियो ।
पोखरा विश्वविद्यालयका विभिन्न संकायका डीन, कार्यकारी निर्देशक, पोवि परीक्षा समितिका सदस्यसहित कार्यशालामा कास्की जिल्लास्थित पोखरा विश्वविद्यालयका ४ वटा आङ्गिक र ५ वटा सम्बन्धनप्राप्त महाविद्यालयका करीब ५० जना शिक्षक, कर्मचारीको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन पोविका सह–प्रशासक धु्रव प्रसाद अर्यालले गर्नुभएको थियो ।
Result Published: 8th Semester B.Sc.MLT & B.Sc.MM( Spring -2017)
Admission Notice for M.Pharm Vacant Seat

Fourth Scholarship Awarded List
MA English, MDEVS and MPhil’s First List of Scholarship Offer

Notice for Student’s Appropriate Technology and Entrepreneurship Training (S-ATET) Workshop
Notice Regarding 15th Convocation Ceremony 2074
Results Published: Rechecking/Retotaling ( Final Year : Spring 2017)- Health Sciences
Results Published: Rechecking/Retotaling ( All master degree programs) Fall-2017
पूर्णकालीन करार शिक्षकको अन्तर्वार्ताको नतिजा (स्वास्थ्य विज्ञान)

कोर्ष करार शिक्षकको अन्तर्वार्ताको नतिजा (स्वास्थ्य विज्ञान)


Admission Notice for Vacant Seat (Health Science Program)

Results Published: Rechecking/Retotaling ( Final Year -Spring 2017: Management)
Notice : Chance Examination -2017
MA English, MDEVS and MPhil Scholarship Result
Notice for Registration for 2017 batch students ( All Constituents and affiliated Colleges)
Third Scholarship Awarded Notice & List
Admission Notice for Vacant Seat (Engineering Programs)

पोखरा विश्वविद्यालयको सम्बन्धनसम्बन्धी शुल्कहरू फिर्ता गर्ने बारेको सूचना
इञ्जिनियरिङ् कार्यक्रमका लागि कोर्ष करार सेवामा शिक्षक पदपूर्तिसम्बन्धी सूचना !





