पोखरा विश्वविद्यालयमा एचयूसिको बैठक सम्पन्न

एकिकृत पहाडी विकासको लागि अन्तर्राष्ट्रिय केन्द्र (इसीमोड) र पोखरा विश्वविद्यालयले हिमालय विश्वविद्यालय कंसोर्टियम (एचयूसि) नेपाल सदस्योंको अन्तर्राष्ट्रिय बैठक २०७५ श्रावण २६ गते शनिबार पोखरा विश्वविद्यालयको सभाहल लेखनाथमा सम्पन्न गरेका छन् । । उक्त अन्तर्राष्ट्रियतहको बैठकमा पोखरा विश्वविद्यालयका उप–कुलपति प्रा. चिरञ्जीवी प्रसाद शर्मा, पूर्वाञ्चल विश्वविद्यालयका उप–कुलपति प्रा.डा. घनश्यामलाल दास, मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उप–कुलपति प्रा.डा. उपेन्द्र कोइराला, नेपाल संस्कृत विश्वविद्यालयका उप–कुलपति प्रा.डा. कुलप्रसाद कोइराला, लुम्बिनी विश्वविद्यालयका उप–कुलपति प्रा.डा. नरेशमान बज्राचार्यको उपस्थिति रहेको थियो । त्यसै गरी उक्त बैठकमा पोखरा विश्वविद्यालयका रजिष्ट्रार गोविन्द प्रसाद शर्मा, विश्वविद्यालय अनुदान आयोगका सदस्य–सचिव प्रा.डा. देवराज अधिकारी, विश्वविद्यालय अनुदान आयोगका प्राविधिक सल्लाहकार प्रा.डा. हृदयरत्न बज्राचार्य, इसिमोडका डाइरेक्टर जनरल डा. डेभिड मोल्डेन, एचयूसिका स्टीयरिङ्ग कमिटिका सदस्यहरू प्रा.डा. भिमप्रसाद श्रेष्ठ, प्रा. अशोक गुरूङ्, काठमाडौं विश्वविद्यालय स्कूल अफ साइन्सका डीन प्रा.डा. सुबोध शर्मा, पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकाय डीन बुद्धिराज जोशी, त्रिभुवन विश्वविद्यालय ईन्स्टिच्यूट अफ फरेष्टीका डीन प्रा.डा. कृष्णराज तिवारी, नेपाल एग्रीकल्चर रिसर्च काउन्सिलका कार्यकारी निर्देशक डा. विद्यानाथ महतो, पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक गुलाम मोहम्मद खान, कृषि तथा बन विश्वविद्यालयका अनुसन्धान निर्देशक प्रा. नवराज देवकोटा, क्यालिफोर्निया स्टेट युनिभर्सिटीका प्रा. अनिल श्रेष्ठ, त्रिविका प्रा.डा. मदन कोइराला, काठमाडौं विश्वविद्यालयका प्रा.डा. विराजसिंह थापा, पोखरा विश्वविद्यालयका प्रा.डा. टेकराज ज्ञवाली, इसिमोडका सम्पर्क अधिकृत सन्तोष राज पाठक, उदयमान मिश्र लगायत दुई दर्जन भन्दाबढी प्राध्यापक तथा अनुसन्धानविद्हरूको उपस्थिति रहेको थियो ।

बैठकले हिन्दु कुश हिमालय क्षेत्रका सदस्यहरूबीच अनुसन्धान र प्रशिक्षण विषयमा सहयोगको सम्भावित आर्थिक स्रोतहरू पहिल्याउँदै यस क्षेत्रमा नेपालका लागि विषयगत क्षेत्रहरू पहिचान गर्ने विषयमा गुणस्तरयुक्त अन्तरक्रिया गरेको थियो । साथै बैठकमा नेपालका एचसियू सदस्यहरूको कार्य समूहरूको भूमिका र ड्राफ्ट तयार गर्दै एचसियूको सन् २०१८ देखि २०२५ को रणनीति र कार्य योजना तयार गर्ने कार्यक्रम रहेको थियो ।

१९ औं वार्षिक साधारण सभाबाट ८६ करोड २९ लाखको बजेट पारित

पोखरा विश्वविद्यालयको १९ औं वार्षिक साधारण सभाको बैठक सम्माननीय प्रधानमन्त्री एवम् पोखरा विश्वविद्यालयका कुलपति के.पि. शर्मा ओलीज्यूको अध्यक्षतामा पोखरा विश्वविद्यालयको सभाकक्ष लेखनाथ कास्कीमा मिति २०७५ श्रावण ३ गते बिहीबार सम्पन्न भएको छ । सभालाई सम्बोधन गर्दै सम्माननीय प्रधानमन्त्री एवम् पोखरा विश्वविद्यालयका कुलपति के.पि. शर्मा ओलीले ठाउँको हिसाब र हामी सबै जनताको अपेक्षाका कारण पोखरा विश्वविद्यालय एउटा असाधारण महत्व बोकेको विश्वविद्यालय भएको विचार व्यक्त गर्नुभएको छ । उहाँले विश्वविद्यालय थिंक ट्याङ्कको स्रोतको रूपमा, नयाँ नयाँ खोज सोचको रूपमा र दक्ष मानव शक्ति उत्पादन गर्ने सोचको रूपमा रहेकोले यसको विकास र विस्तारका लागि हामीले अझ बढी सजगता, सचेतना र विश्वास जगाउनुपर्नेमा जोड दिनु भयो ।

प्रधानमन्त्रीले प्राविधिक शिक्षामा जोड दिने कुरा सकारात्मक भएको उल्लेख गर्दै राष्टिय शिक्षा पद्धति अनुरूप विश्वविद्यालय अगाडि बढनुपर्नेमा जोड दिनुभयो । आँफू नेकपाको नभई देशको प्रधानमन्त्री भएको उल्लेख गर्दै उहाँले प्रजातान्त्रिक विधि प्रक्रियाका रही देश बनाउने कुरामा आँफू दत्तचित्त भएको विचार व्यक्त गर्नुभयो । देशलाई भष्ट्राचारमुक्त तुल्याई सु–शासन कायम गरेर देशको मुहार फेर्ने आफ्नो एकमात्र लक्ष्य भएको उल्लेख गर्दै प्रधानमन्त्रीले त्यो लक्ष्य पुरा गर्ने माध्यम भनेको नै शिक्षा भएको र यसको विकासका लागि सरकार हरपल प्रतिबद्ध रहेको विचार व्यक्त गर्नुभयो ।

सभामा स्वागत मन्तव्य राख्दै विश्वविद्यालयका उप–कुलपति प्रा. चिरञ्जीवीप्रसाद शर्माले पोखरा विश्वविद्यालयका उत्पादनले बजार उन्मुख समावेशी, समन्यायिक र गुणस्तरयुक्त शैक्षिक प्रणालीको विकासमा महत्वपूर्ण टेवा प्रदान गर्दै आएको उल्लेख गर्नुभयो ।

उक्त सभाले पोखरा विश्वविद्यालयको आ.व. २०७५/०७६ को लागि कुल रू. ८६ करोड २९ लाखको बजेट पारित गरेको छ । पारित बजेट मध्ये पूँजीगत खर्चतर्फ रू. २७ करोड २६ लाख ७३ हजार र साधारण खर्चतर्र्फः जम्मा रू. ५९ करोड ०२ लाख २७ हजार रहेको छ । पारित बजेटको आयतर्फ आङ्गिक कार्यक्रमबाट रू. २१ करोड ३४ लाख ९२ हजार, सम्बन्धन कार्यक्रमबाट रू. ३६ करोड २७ लाख १२ हजार, विश्वविद्यालय अनुदान आयोग/नेपाल सरकार र अन्यबाट रू. २० करोड २२ लाख ७६ हजार, ब्याज आयबाट रू ६ करोड ३० लाख ५५ हजार र विविध आयबाट रू. २ करोड १३ लाख ६५ हजार प्रस्ताव गरिएको छ ।

सभाले पोखरा विश्वविद्यालय, संयुक्त आंगिक महाविद्यालय/शैक्षिक संस्था तथा संयुक्त आंगिक कार्यक्रम सञ्चालनसम्बन्धी नीति, २०७५ र नियमावली, २०७५ समेत पारित गरेको छ । सभाबाट पोखरा विश्वविद्यालयको भौतिक पूर्वाधार, शैक्षिक तथा प्राज्ञिक उन्नयनको विकास र विस्तारका लागि तयार पारिएको विश्वविद्यालयको रणनीतिक योजना Pokhara University, Strategic Plan & Action Plan flr the Third Five year Plan (July 2018-July 2023) को मस्यौदा स्वीकृति भएको छ ।

पोखरा विश्वविद्यालयले पूर्वमा काठमाडौं उपत्यकादेखि पश्चिममा महेन्द्र नगरसम्म प्रदेश नम्बर ३,४, ५ र ७ मा ५० भन्दाबढी शैक्षिक कार्यक्रमहरू सञ्चालन गरेको, विद्यार्थी सङ्ख्याका दृष्टिले देशको दोस्रो ठूलो विश्वविद्यालयको रूपमा रहेको, झण्डै सत् प्रतिशत प्राविधिक र व्यावसायिक विषयहरूमा शिक्षा प्रदान गर्दै आएको, स्नातक, स्नातकोत्तर, एमफिल तथा विद्यावाारिधितहमा कुल मिलाएर आर्थिकस्तरले विपन्न तर जेहेन्दार १ हजार भन्दा बढी विद्यार्थीहरूलाई वर्षेनी निःशुल्क छात्रवृत्ति प्रदान गर्दै आएको र विश्वविद्यालयबाट उत्पादन भएका दक्ष जनशक्तिले राष्टिय विकासमा पु¥याएको योगदानका साथै राष्टिय तथा अन्तराष्टियस्तरमा आर्जन गरेको ख्यातिको कदर समेत गरी यस विश्वविद्यालयलाई राज्यको संघीय ऐन, कानून र लगानी अन्तर्गत सञ्चालन हुने गरी केन्द्रीय विश्वविद्यालय कायम गर्न नेपाल सरकारलाई अनुरोध गर्नेसम्बन्धी प्रस्ताव पनि सभाले सर्वसम्मतिले पारित गरेको छ ।

यसका साथै पोखरा विश्वविद्यालयबाट सम्बन्धनप्राप्त गरी सञ्चालनमा रहेका महाविद्यालयहरूलाई कुनै एक संकायअन्तर्गतका कार्यक्रमहरू मात्र सञ्चालन गर्न दिई कार्यक्रमहरूलाई विशिष्टिकरण गर्दै लैजाने तथा एकमात्र कार्यक्रम सञ्चालनमा रही बन्दहुने अवस्थामा रहेका महाविद्यालयहरूको स्थायित्व र दीगोपनका लागि ती विश्वविद्यालयमा चलिराखेका कार्यक्रमहरू मध्येबाटै कार्यक्रम थप गर्ने प्रस्तावलाई क्रमशः कार्यान्वयन गर्दै लैजान विश्वविद्यालयलाई सभाले स्वीकृति प्रदान गरेको छ भने पोखरा विश्वविद्यालयका सम्बन्धनप्राप्त महाविद्यालयहरूमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको पद तथा श्रेणीको निर्धारण, पदका लागि आवश्यक योग्यता र छनौट प्रकृयालाई पोखरा विश्वविद्यालयको सेवा आयोगको दायराभित्र ल्याई निर्धारण गर्ने प्रस्ताव पनि सर्वसम्मतिले पारित भएको छ ।

‘रिसर्च इथिक्स याण्ड रेस्पोन्सिबल कण्डक्ट अन रिसर्च याण्ड पब्लिकेशन’ विषयमा कार्यशाला प्रारम्भ

२०७५ असार ९, पोखरा लेखनाथ ।

पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रको आयोजना  तथा  विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा आजबाट यहाँ ‘रिसर्च इथिक्स याण्ड रेस्पोन्सिबल कण्डक्ट अन रिसर्च याण्ड पब्लिकेशन’ विषयमा तीन दिने कार्यशाला प्रारम्भ भयो ।
कार्यक्रमको उद्‌घाटन गर्दै पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायका डीन डा. खेमराज जोशीले अनुसन्धानमा नैतिकताको सर्वोपरी स्थान हुने बताउनुभयो । पोखरा विश्वविद्यालय ‘इन्स्टिट्युशनल रिभ्यु कमिटि’का अध्यक्ष प्रा. डा. विष्णुराज तिवारीको सभापतित्वमा सम्पन्न उद्‌घाटन सत्रमा पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सह प्रा. गुलाम मोहम्मद खानले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै स्वागत भाषण गर्नुभएको थियो ।
कार्यशालामा वैज्ञानिक अनुसन्धान तथा प्रकाशनका विषयमा आवश्यक पर्ने योग्यता, सहमति, मानव तथा जीवहरूमा गरिने प्रयोग आदिको विषयमा पालन गर्नुपर्ने नैतिक व्यवहारका विभिन्न पक्षहरूमा प्रा. डा. विष्णुराज तिवारी, प्रा. नवीन श्रेष्ठ, प्रा. डा. विकास केसी, डा. डमरू पनेरू, डा. तुल्सी भण्डारी, डा. विमला शर्मा, रोजना ढकाल, अतिस कौण्डिन्यायन लगायतका विज्ञहरूले विभिन्न सत्र तथा छलफल कार्यक्रमहरू सञ्जालन गर्ने कार्यक्रम रहेको छ ।
कार्यशालामा पोखरा विश्वविद्यालय, गण्डकी मेडिकल कलेज, चरक एकेडेमी, नोबल एकेडेमी काठमाण्डौ तथा पोखरा, क्रिमसन कलेज बुटबल, सिस्ट कलेज काठमाण्डौं लगायतका शैक्षिक संस्थाबाट २८ जना प्राध्यापक तथा अनुसन्धानकर्ताहरूले भाग लिईरहनुभएको छ ।

उन्नाइसौं सभा असार २० गते बस्दै

पोखरा विश्वविद्यालयको १९ साधारण सभाको बैठक सम्माननीय प्रधानमन्त्री एवम् पोखरा विश्वविद्यालयका कुलपति के.पि. शर्मा ओलीको अध्यक्षतामा २०७५ साल असार २० गते बुधबारका दिन विहान ११ः०० बजे पोखरा विश्वविद्यालयको सभाकक्ष लेखनाथ, कास्कीमा बस्ने भएको छ । पोखरा विश्वविद्यालय ऐन २०५३ को दफा ८(२) अनुसार बस्ने उक्त सभामा उपकुलपति प्रा. चिरञ्जीवी शर्माले विश्वविद्यालयको १८ औं सभाले पारित गरेका प्रमुख कार्यक्रमहरूको प्रगति समिक्षा र आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नु हुनेछ भने रजिष्ट्रार गोविन्द प्रसाद शर्माले आर्थिक वर्ष २०७४/७५ को प्रगति समिक्षा र आय–व्ययको यथार्थ विवरण तथा आर्थिक वर्ष २०७५/०७६ को बजेट प्रस्तुत गर्नु हुनेछ ।

Announcement and Invitation for Orientation Workshop

Announcement and Invitation for Orientation Workshop

स्ववियु पदाधिकारीको शपथ ग्रहण तथा पदस्थापन

पोखरा विश्वविद्यालयले हालै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनबाट निर्वाचित भएका पदाधिकारीहरूलाई शपथ ग्रहण तथा पदस्थापन गराएको छ । विश्वविद्यालयमा २०७५ बैशाख ५ गते बुधबार आयोजित एक कार्यक्रमबीच पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. चिरञ्जीवीप्रसाद शर्मा र रजिष्ट्रार गोविन्दप्रसाद शर्माले नवनिर्वाचित स्ववियु पदाधिकारीलाई बधाई तथा शुभकामनासहित खादा र अबिर लगाई सम्मान प्रदान गर्नुभएको थियो । कार्यक्रममा निर्वाचन अधिकृत सह–प्राध्यापक राजेशकुमार ठगुराठीले विजयी पदाधिकारीहरूलाई प्रमाणपत्र प्रदान गरी पद तथा गोपनियताको शपथ दिलाउनु भएको थियो ।

गत चैत्र २१ गते सम्पन्न स्ववियु निर्वाचनबाट स्ववियु सभापतिमा ई. सुनिल तिमिल्सेना, उपसभापतिमा प्रतिक्षा गैरे, सचिवमा सुरज परियार, सह–सचिवमा होमेन्द्र यादव, कोषाध्यक्षमा प्रकृति दवाडी र सदस्यहरूमा–आशिष के.सी., घनश्याम डुम्रे, नरेश खनाल, विनोद बुढा, यमुना क्षेत्री, सन्देश तिमिल्सेना, गणेश रिमाल, सरोज शाह, ईश्वरलाल कर्ण, बसन्त श्रेष्ठ, आश्रिता सुवेदी, उज्वल चापागाई, विष्णु सुवेदी र सुभाष खड्का निर्वाचित भएका थिए । १९ जनाको स्ववियु कार्यसमितिमा सभापति, उपसभापति, सचिव, सहसचिव, कोषाध्यक्षसहित अनेरास्ववियुका १३ जना, नेविसंघका ५ जना र अनेरास्ववियु (क्रान्तिकारी)का १ जना सदस्य रहेका छन् ।

शपथ ग्रहण तथा पदस्थापन कार्यक्रममा उपकुलपति, रजिष्ट्रार लगायत निर्वाचन अधिकृत सहप्राध्यापक राजेशकुमार ठगुराठी, उपप्राध्यापकद्वय योगराज लामिछाने र हेमचन्द्र चौलागाई तथा नवनिर्वाचित स्ववियु सभापति ई. सुनिल तिमिल्सेनाले स्ववियुको कार्यक्षेत्र, विद्यार्थी हकहित तथा विश्वविद्यालयका समस्या र निकासका बारेमा आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।

Boot-camp News

A five day long Z-camp – Innovative Entrepreneurs Boot Camp is currently being held by Curriculum Development Committee (CDC), Pokhara University for the professors from it’s constituents and affiliated colleges in Hotel Pokhara Grande since 21st of January 2018. The camp is being led by Vision Arena (Innovation Consulting firm – based in Seoul, Korea) and funded by NITEC.
A group of 25 Professors are being trained by the Business Model Zen Master Brad Cho from South Korea. Master Cho is also the CEO of Vision Arena, Seoul  as well as a Start-up Mentor, Innovation Coach and the author of books titled- ‘Business Model Zen’, and ‘You are Innovation’.
The Z-camp mingled with TTT (Train-The-Trainer) course is intended to help professors to learn innovative way to find opportunities and design and act business for entrepreneurs. Upon the successful completion of the workshop, the professors will be entitled to be a “Business Model Zen Trainer”. Business Model Zen provides a single logical frame where a business is systematically modelled and proactively managed, from idea to design and execution.

परीक्षालाई स्तरीय तुल्याउने हेतु कार्यशाला सम्पन्न

पोखरा विश्वविद्यालयले परीक्षालाई व्यवस्थितरूपमा स्तरीय र मर्यादित तुल्याउने हेतु देशका विभिन्न स्थानमा परीक्षा र मूल्यांकन प्रणाली विषयमा एक, एक दिने कार्यशाला आयोजना गरी सम्पन्न गरेको छ ।
पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको आयोजना र विश्वविद्यालय अन्तर्गतका महाविद्यालयहरूको सहभागितामा गत पौष १० गते काठमाडौंमा, पौष २७ गते पोखरामा, माघ ३ गते धनगढीमा र माघ ५ गते बुटबलमा चरणबद्धरूपमा कार्यशाला सम्पन्न भएका छन् ।
कार्यशालामा विभिन्न विषयका प्रश्नपत्रहरूको निर्माण प्रक्रियामा देखिएका त्रुटिहरू तथा उत्तरपुस्तिका परीक्षणमा देएिका कमजोरीहरूलाई कसरी निकास दिन सकिन्छ भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरी समूहगत रूपमा बृहत छलफल गरिएको थियो ।
कार्यशालालाई पोखरा विश्वविद्यालयका रजिष्ट्रार गोविन्दप्रसाद शर्मा, पोखरा विश्वविद्यालय व्यवस्थापन विषयसमितिका अध्यक्ष प्रा.डा. प्रेमराज पन्त, परीक्षा नियन्त्रक भरतराम ढुङ्गाना, प्रा.डा.राजनबहादुर पौडेल लगायतले आ–आफ्ना विचार प्रस्तुत गर्नुभएको थियो ।

MBA-Entrepreneurship and Innovation कार्यक्रमको पाठ्यक्रम बिकाससम्बन्धी कार्यशाला सम्पन्न

 

मिति २०७४/१०/४ गते बिहीबारका दिन दक्षिण कोरियाको Handong Global University को सहकार्यमा पोखरा विश्वविद्यालय पाठ्यक्रम बिकास केन्द्रको आयोजनामा दुई बर्षे MBA-Entrepreneurship and Innovation कार्यक्रमको पाठ्यक्रम बिकाससम्बन्धी एक दिने कार्यशाला काठमाण्डौमा सम्पन्न भयो। उक्त कार्यशालामा पोखरा विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, काठमाण्डौ विश्वविद्यालय तथा उद्यम बिकाससँग सम्बन्धित बिभिन्न संंघसस्थाका विज्ञहरुको सहभागिता थियो।
पोखरा विश्वविद्यालयले समयको माग र आवश्यकता अनुसार विद्यार्थीहरुलाई रोजगार खोज्ने (Job-seeker) को सट्टा रोजगार दाता (Job-creator) को रुपमा बिकास गर्नको लागि यो कार्यक्रमको पाठ्यक्रम तयार भएको हो ।

उद्यमशिलता विकासमा स्नातकतहको पाठ्यक्रम विकाससम्बन्धी कार्यशाला सम्पन्न

मिति २०७४ पौष २७ गते नेपाल सरकार उद्योग मन्त्रालयको सहकार्यमा पोखरा विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायद्धारा आयोजित उद्यमशिलता विकास विषयमा चार वर्षे स्नातकतहको पाठ्यक्रम विकाससम्बन्धी एक दिने कार्यशाला सम्पन्न भयो । उक्त कार्यशालाका विशेष अतिथि नेपाल सरकार उद्योग मन्त्रालयका सह–सचिव श्री गोपि कृष्ण खनालले नेपालमा उद्यमशिलता विकासको महत्व र यस क्षेत्रका राष्टिय नीति तथा कार्यक्रहरूको बारेमा प्रकाश पार्नु भएको थियो ।
उक्त कार्यशालामा काठमाण्डौ विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, सफल उद्यमी, सरकारी निकाय, गैरसरकारी सस्था आदिबाट उद्यमशिलतासम्बन्धी विषय र विभिन्न क्षेत्रका अनुभवि तथा विज्ञहरूको सहभागिता थियो ।
उक्त कार्यशालाको अध्यक्षता पोखरा विश्वविद्यालयका मानविकी तथा सामाजिकशास्त्र संकायका डीन प्रा. डा. इन्द्र प्रसाद तिवारीले गर्नुभएको थियो भने कार्यक्रम संचालन, सम्बन्धित डिग्रीको प्रारम्भिक पाठ्यक्रमको ढाँचाको प्रस्तुती एवं कार्यक्रम सहजीकरण पोखरा विश्वविद्यालयका उपप्राध्यापक डा. अजय थापाले गर्नु भएको थियो ।

पोखरा विश्वविद्यालयको परीक्षा र मूल्यांकन प्रणालीमा वर्कसप सम्पन्न

पोखरा विश्वविद्यालय (पोवि) को परीक्षा प्रणालीलाई थप कसरी वैज्ञानिक, समयसापेक्ष र गुणस्तरयुक्त तुल्याउने भन्ने सम्बन्धमा पोखरामा २०७४ पौष २७ गते बिहीबार एकदिने कार्यशाला सम्पन्न भएको छ । उक्त कार्यशालालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै विश्वविद्यालयका रजिष्टार गोविन्द प्रसाद शर्माले संसारले विश्वविद्यालयलाई हेर्ने ऐना परीक्षा भएकोले परीक्षा प्रणालीलाई चुस्त, प्रभावकारी र मर्यादित तुल्याउनु पर्नेमा जोड दिनुभयो । उहाँले परीक्षा प्रणालीलाई निर्दिष्ट कार्यतालिका बमोजिम सञ्चालन गर्न अहिलेको सिङ्गो नेतृत्व सफल भएको उल्लेख गर्दै सानातिना देखिने त्रुटि र कमजोरीलाई सबैले एकताबद्ध भएर निवारण गर्न सके विश्वविद्यालय थप उचाईमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यशालाका सभापति एवम् पोखरा विश्वविद्यालयका परीक्षा नियन्त्रक डा. भरतराम ढुङ्गानाले विश्वविद्यालयको प्रतिष्ठा र गरिमा उच्च राख्न परीक्षा एक महत्वपूर्ण तत्व रहेको उल्लेख गर्नुभयो । उहाँले हामीसँग स्पष्ट क्यालेण्डर छ, डायनामिक र अपडेटेड करिकुलम छ भन्दै यसलाई अझ बढी व्यवस्थित, मर्यादित, बैज्ञानिक र समयसापेक्ष तुल्याउन सबैको सहयोग हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रमका विशेष अतिथि त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डाक्टर राजन बहादुर पौडेलले सबै शिक्षकले कक्षा कोठमा मात्र पढाएर गुणस्तर नआउने उल्लेख गर्दै उसले पढ्ने, पढाउने तथा सिक्ने सिकाउने उत्तरदायित्व समेत वहन गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यशालामा व्यवस्थापन संकाय, पोविका डीन प्रा. हरिबहादुर खड्का तथा सह–परीक्षा नियन्त्रक डा. सुरेश बरालले आ–आफ्नो मन्तव्य राख्नुभएको थियो ।
उक्त कार्यशालाको पहिलो सत्रमा जनरल इस्यू अन एक्जामिनेशन्स विषयमा परीक्षा नियन्त्रक डा. भरतराम ढुङ्गानाले कार्यपत्र प्रस्तुत र त्यसमा स्कूल अफ विजनेश, पोविका सह–प्राध्यापक डा. दिपकबहादुर भण्डारीले टिप्पणी गर्नुभएको थियो । दोस्रो सत्रको प्रशनपत्रहरू सेटिङ्स र मोडरेशनको छलफलको समुह कार्य र प्रस्तुतिकरणलाई स्कूल अफ हेल्थ एण्ड एलाइड साइन्सेज, पोविका स्कूल निर्देशक डा. डमरू पनेरूले सहजीकरण गर्नुभएको थियो । त्यस्तै तेस्रो सत्रको उत्तरपुस्तिका मूल्याङकन र स्क्रुटिनाइजिङ्गको छलफलको समूह कार्य र प्रस्तुतिकरणलाई स्कूल अफ इञ्जिनियरिङ्ग, पोविका स्कूल निर्देशक ई. अर्जुन गौतमले सहजीकरण गर्नुभएको थियो । तीनवटै सत्रको अध्यक्षता प्रा.डा. राजनबहादुर पौडेलले गर्नुभएको थियो ।
पोखरा विश्वविद्यालयका विभिन्न संकायका डीन, कार्यकारी निर्देशक, पोवि परीक्षा समितिका सदस्यसहित कार्यशालामा कास्की जिल्लास्थित पोखरा विश्वविद्यालयका ४ वटा आङ्गिक र ५ वटा सम्बन्धनप्राप्त महाविद्यालयका करीब ५० जना शिक्षक, कर्मचारीको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन पोविका सह–प्रशासक धु्रव प्रसाद अर्यालले गर्नुभएको थियो ।

समूदाय विकासका लागि उपयुक्त प्रविधिमा आधारित उद्यमशिलता तालिम शुरु

पोखरा विश्वविद्यालय र नेपाल इनोभेशन टेक्नोलोजी एण्ड इन्टरप्रेन्यूरसीप सेन्टर (नाइटेक) को संयुक्त पहलमा तीनदिने समूदाय विकासका लागि उपयुक्त प्रविधिमा आधारित उद्यमशिलता तालिम सोमबारदेखि पोखरामा शुरु भएको छ । २०७४ पुस ३ गतेदेखि ५ गतेसम्म विभिन्न १० जना प्रशिक्षकले प्रशिक्षण दिने यो तालिममा अल्लो तथा लोक्तालाई प्रशोधन गरेर प्राप्त हुने कच्चा पदार्थ उत्पादन गर्ने वा सो कच्चा पदार्थलाई प्रयोग गरेर विभिन्न बस्तुहरु उत्पादन गर्ने कार्यमा म्याग्दी, पर्वत, लम्जुङ र कास्की जिल्लाका ११ वटा विभिन्न समूहरुमा आबद्ध ४६ जना व्यक्तिहरुको उपस्थिति रहेको छ । तालिमको उद्घाटन कार्यक्रमलाई नाइटेकका निर्देशक प्रोफेसर किमले सम्बोधन गर्नुभएको थियो भने पोखरा विश्वविद्यालयका पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक सहप्राध्यापक राजेशकुमार ठगुराठीले सञ्चालन गर्नुभएको थियो ।

पोविद्वारा प्राज्ञिक अन्तरक्रिया कार्यक्रमको आयोजना

पोखरा विश्वविद्यालयले प्राज्ञिक परिषद्को ६४ औं साधारण बैठकको पूर्वसन्ध्यमा मिति २०७३ असोज २६ गते बिहीबार पोखरामा एक प्राज्ञिक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । विश्वविद्यालयले प्राज्ञिक परिषद्का विद्धत व्यक्तिहरूसँग विश्वविद्यालयको समग्र विकासका लागि विश्वविद्यालयले अघि सारेका र खट्किएका विषयवस्तुहरूमा अन्तरक्रिया गरी अमुक सुझावका रूपमा उठेका विषय वस्तुको कार्यान्वयनका लागि प्रतिबद्धता समेत व्यक्त गरेको छ ।
उक्त अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. चिरञ्जीवी प्रसाद शर्माले विश्वविद्यालयको रणनीतिक कार्य योजनाको सफल कार्यान्वयन, आंगिक महाविद्यालयहरू सञ्चालनमा लागत आपुरण नीतिको कार्यान्वयन, विश्वविद्यालयको मौजुदा संगठनको संरचनात्मक ढाँचामा थपघट, शिक्षक कर्मचारीलाई पुरस्कार दण्ड तथा वृत्ति विकासको व्यवस्था, सम्बन्धनप्राप्त महाविद्यालयहरूका शिक्षकहरूको पदीय पहिचानको व्यवस्था, शैक्षिक उन्नयनका लागि सम्बन्धनप्राप्त महाविद्यालयहरूसँग गरिने कोलाबोरेटिभ रिसर्च मोडेल लगायत आंगिक महाविद्यालयहरूमा शैक्षिक वर्क लोड निर्धारणका विषयमा विस्तृत विवरण प्रस्तुत गर्दै कार्यान्वयनमा देखिएका द्विविधाहरूको निराकरणका लागि सुझावको अपेक्षा गर्नुभएको थियो ।
कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार गोविन्द प्रसाद शर्माले शैक्षिक संगठनको संरचनात्मक सुधार गर्दै जाँदा शैक्षिक उन्नयन हुने विचार राख्दै नेपालको उच्च शिक्षा नीति अनुरूप विश्वविद्यालयको संस्थागत सुधार र क्षमता विस्तारका लागि जोड दिइएको बताउनु भयो । रजिष्ट्रार शर्माले अनुसन्धान, पठनपाठन र गुणस्तरलाई अभिवृद्धि गर्नका लागि विश्वविद्यालयले अघि सारेका विषयवस्तुलाई प्राज्ञिक अन्तरक्रियाले एउटा ठोस निचोड दिने विश्वास समेत व्यक्त गर्नुभयो ।
व्यवस्थापन विषय समिति, पो.वि. का अध्यक्ष प्राज्ञ प्रा.डा. प्रेमराज पन्तले पोखरा विश्वविद्यालय पहिला पनि राम्रो थियो र अहिले पनि यसको साखमा कमी छैन भन्दै अझ बढी स्तरोन्नतिका लागि यसले बेन्च मार्क प्रणाली अनुसार शैक्षिक कार्यक्रमको दिगोपनका लागि नयाँ विधामा कार्यक्रम सञ्चालन गर्नुपर्छ भन्नुभयो । उहाँले उत्तम विद्यार्थी र शिक्षक बिना विश्वविद्यालय सञ्चालन हुन नसक्ने विचार राख्दै यसका लागि विश्वविद्यालयले तिनीहरूको क्षमता विकास, पहुँच र सन्तुष्टिलाई कुण्ठित गर्न नहुने विचार राख्नु भयो । उहाँले विश्वविद्यालयको पहिचानका लागि एमफिल र पिएचडि कार्यक्रम तथा डिग्रीलाई जोड दिनुपर्ने उल्लेख गर्नुभयो । प्रा.डा. पन्तले विश्वविद्यालय समाज परिवर्तनको संवाहक भएकोले समाज विकासका लागि निरन्तर लाग्न सुझाव दिँदै यसले दिने प्रतिफलको विश्लेषण गरी सम्प्रेषण गर्नुपर्ने तर्क राख्नु भयो । उहाँले विश्वविद्यालयको प्राज्ञिक स्तरवृद्धिका लागि इन्टर फेकल्टी प्रोग्राम, डिपार्टमेन्ट सञ्चालन गर्न जोड दिँदै त्यसका लागि कलेजको एकाडेमिक अडिट गर्न समेत सुझाव दिनु भयो ।
इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स एण्ड कम्यूनिकेशन विषय समितिका अध्यक्ष प्राज्ञ भेषराज कँडेलले पोखरा विश्वविद्यालयले अघि सारेका नीति तथा कार्यक्रम स¥हानीय रहेको उल्लेख गर्दै तहगतरूपमा पहिलो, दोस्रो, तेस्रो प्राथमिकतामा राखी कार्यक्रमहरूको क्रमैसँग सञ्चालन, विकास र विस्तार गर्न सुझाव प्रस्तुत गर्नुभयो । उहाँले उपयुक्त ढाँचामा कलेजको अनुगमन र मूल्यांकन गरी ३ वर्षको समय आधारमा सबैभन्दा उत्तम र सबैभन्दा खराब कलेज पहिचान गर्न विश्वविद्यालयलाई सुझाउँदै त्यसले विश्वविद्यालयको गुणस्तर अभवृद्धि गर्न मद्दत पुग्नुका साथै अभिभावकलाई समेत सचेत पार्न सहयोग गर्ने विचार व्यक्त गर्नुभयो ।
त्यसैगरी डेभलपमेन्ट एण्ड सोसल इञ्जिनियरिङ् विषय समितिका अध्यक्ष प्राज्ञ प्रा. डा. रामबहादुर क्षेत्रीले पोखरा विश्वविद्यालय नेपालको नम्बर एक विश्वविद्यालयको रूपमा देख्न आफू आतुर भएको विचार व्यक्त गर्नुभयो । उहाँले पोखरा विश्वविद्यालयले विद्यार्थीलाई आकर्षित गर्न अन्तरविषय विधामा पाठ्क्रम निर्माण गर्दै अध्यापन क्षेत्रलाई बृहत गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । प्रा.डा. क्षेत्रीले विश्वविद्यालयले वार्षिक, सेमेष्टर र ट्राइमेष्टर तीनवटा शैक्षिक प्रणाली सञ्चालन गर्नुको सट्टा एउटै प्रणाली अपनाई अगाडि बढ्न सके यसले शैक्षिक उन्नयनमा सकारात्मक प्रभाव पार्ने विचार व्यक्त गर्नुभयो ।
शिक्षाविद् प्राज्ञ प्रा.डा. श्रीधरप्रसाद लोहनीले विश्वविद्यालय एउटा स्वायत्त संस्था भएकोले यसले बिना रोकटोक आफ्ना कार्यक्रमहरूको स्थापना, सञ्चालन र विकास गर्न पाउनुपर्ने विचार व्यक्त गर्नुभयो । प्रा.डा. लोहनीले जवादेहिता विश्वविद्यालयको अर्को महत्वपूर्ण पाटो भएकोले यसका लागि विश्वविद्यालयले पठनपाठनका लागि आवश्यक पर्ने तत्व, विषय वस्तु र उत्तरदायित्वलाई समेत गहनरूपमा पालना गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले समाज परिवर्तनशील छ भन्दै पुराना नचल्ने किसिमका कार्यक्रम खारेज गर्ने र सबभन्दा राम्रो नयाँ विशिष्ट कार्यक्रम सञ्चालन गर्न विश्वविद्यालयले ध्यान केन्द्रित गर्न जोड दिनुभयो । उहाँले शैक्षिक गुणस्तर वृद्धि र स्यायित्वका लागि वनर्स कार्यक्रम सञ्चालन गर्न समेत जोड दिनुभयो । उहाँले ह्यूमानिटिको अध्ययन जीवनको सौन्दर्य र आनन्द व्यतीत गर्नका लागि र सोसल इञ्जिनियरिङ्को अध्ययन सीप सिकाउने कार्यक्रम भएकोले यी दुई विधालाई अलग गर्न समेत विश्वविद्यालयलाई सुझाव दिनुभएको थियो ।
त्यसैगरी नर्सिङ् विषय समितिका अध्यक्ष प्राज्ञ तारा पोखरेलले पोखरा विश्वविद्यालयले सञ्चालन गरेका कार्यक्रमहरू विशिष्ट रहेको उल्लेख गर्दै यसको विकास र विस्तारका लागि आवश्यक पर्ने विषयमा विश्वविद्यालय अझ बढी गम्भिर भएर लाग्नुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले जोखिमयुक्त कार्यक्रममा सरिक हुने शिक्षक कर्मचारीको सेवा सुविधामा विश्वविद्यालयले पुर्नविचार गर्न जरूरी रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा प्राज्ञिक परिषद्, पोखरा विश्वविद्यालयका सदस्य सचिव तथा मानविकी तथा सामाजिकशास्त्र संकाय, पोविका डीन प्रा.डा. इन्द्रप्रसाद तिवारीले वृहत रूपमा विश्वविद्यालयको नीति तथा कार्यक्रमको बारेमा प्रकाश पार्नुभएको थियो भने स्वास्थ्य विज्ञान संकाय, पोविका डीन डा. खेमराज जोशी, विज्ञान तथा प्रविधि संकाय, पो.वि.का डीन ई. बुद्धिराज जोशी, अनुसन्धान केन्द्र, पोविका कार्यकारी निर्देशक सहप्राध्यापक गुँलाम मोहम्मद खान, पाठ्यक्रम विकास केन्द्र, पोविका कार्यकारी निर्देशक सहप्राध्यापक राजेशकुमार ठगुराठी, अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्र, पोविका कार्यकारी निर्देशक टेकबहादुर क्षेत्री, परीक्षा नियन्त्रक डा. भरतराम ढुंगाना, स्कूल अफ विजनेश, पो.वि. का स्कूल निर्देशक डा. रविन्द्र घिमिरे, स्कूल अफ हेल्थ एण्ड एलाइड साइन्सेज, पोविका स्कूल निर्देशक डमरू प्रसाद पनेरू, स्कूल अफ इञ्जिनियरिङ्, पोविका स्कूल निर्देशक ई. अर्जुन गौतम तथा कार्यक्रम तथा योजना महाशाखा, प्रमुख, पोविका सहप्राध्यापक ज्ञानेश्वर शर्माले आ–आफ्नो क्षेत्रका बारेमा वृहत रूपमा विषयवस्तुहरू प्रस्तुतिकरण गर्नुभएको थियो ।

Psychology Seminar at School of Business

पोखरा विश्वविद्यालयको १८ औं सभाद्वारा ७३ करोडको वार्षिक बजेट स्वीकृत

पोखरा विश्वविद्यालयको १८ औं साधारण सभाको बैठक प्रधानमन्त्री तथा पोखरा विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाको अध्यक्षतामा मिति २०७४ श्रावण ३२ गते बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार, काठमाडौंमा सम्पन्न भएको छ । उक्त सभाको बैठकलाई सम्बोधन गर्दै उपप्रधान तथा शिक्षामन्त्री एवम् पोखरा विश्वविद्यालयका सहकुलपति गोपालमान श्रेष्ठले विश्वविद्यालयलाई बेरोजगार उत्पादन गर्ने यन्त्र बनाउन नहुने विचार व्यक्त गर्नुभएको छ । पर्यटन, कृषि, जलविद्युत आदि क्षेत्रमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न निर्देश दिंदै सहकुलपति श्रेष्ठले युवाको विदेश पलायन रोक्न र रोजगारीका अवसर सिर्जना गर्न विश्वविद्यालयलाई नाफा आर्जन गर्ने नभई विशुद्ध शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाको रूपमा विकास र विस्तार गर्नुपर्नेमा जोड दिनु भयो ।

उहाले समयको मागलाई आत्मसात गर्दै देशको आवश्यकता अनुसार नया“ कार्यक्रमहरू थप्ने र देशको भौगोलिक अवस्थिति अनुसार महाविद्यालय तथा कार्यक्रमहरूको विस्तार गर्नुपर्ने औल्याउनु भयो । विश्वविद्यालयका सहकुलपति श्रेष्ठले कास्कीसग जोडिएका छिमेकी जिल्लाहरू स्याङ्जा लगायत पर्वत, लमजुङ्, गोरखा, तनहु, मनाङ्, मुस्ताङ् जिल्लामा एक एक वटा आङ्गिक कार्यक्रम सञ्चालन गर्न सुझाउदै त्यसका लागि सहयोग गर्न आफू हरतरहले प्रतिबद्ध रहेको विचार समेत व्यक्त गर्नुभयो ।

उक्त सभाको बैठकले आर्थिक वर्ष २०७३/०७४ को वास्तविक आय–व्यय र आ.व. २०७४÷०७५ को नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ ।
सभाले पोखरा विश्वविद्यालयका रजिष्टार एवम् सभाका सदस्य–सचिव गोविन्दप्रसाद शर्माले पेश गर्नुभएको आर्थिक वर्ष २०७४/०७५ को लागि कुल ७२ करोड ७५ लाख ७६ हजारको बजेट स्वीकृत गरेको छ । स्वीकृति बजेटमध्ये पु“जीगत खर्चतर्फ रू. १९ करोड ९१ लाख ८६ हजार र साधारण खर्चतर्फ रू. ५२ करोड ८३ लाख ९० हजार रहेको छ ।

सभाले आर्थिक, सम्बन्धनसम्बन्धी, स्कूल तथा परीक्षा सञ्चालनसम्बन्धी, छात्रवृत्तिसम्बन्धी, स्ववियू आचारसंहितासम्बन्धी कार्य, नियमावलीहरूलाई हप्ता दशदिनभित्र समयसापेक्ष संशोधन तथा अन्तिम टुङ्गोमा पुग्ने गरी कुलपति समक्ष प्रतिवेदन बुझाउन विश्वविद्यालयका उपकुलपतिको संयोजकत्वमा ७ सदस्यीय अधिकारसम्पन्न समिति गठन समेत गरेको छ । यसका साथै सभामा पेश भएको पोखरा विश्वविद्यालय खरिद नियमावली २०७२ को संशोधन प्रस्ताव स्वीकृत भएको छ ।

पोखरा विश्वविद्यालय २१ औं वर्षमा प्रवेश

पोखरा विश्वविद्यालय श्रावण १, २०७४ देखि २० वर्ष पुरा भई २१ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको २१ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा विश्वविद्यालयले २०७४ श्रावण १ गते विश्वविद्यालयको प्राङ्गण लेखनाथमा एक विशेष कार्यक्रमको आयोजना ग¥यो । वार्षिकोत्सवमा विश्वविद्यालयको विगतदेखि वर्तमानसम्मको समिक्षात्मक चर्चा गरियो भने एनआईसि एशिया बैंकले विश्वविद्यालय हाताभित्र विभिन्न जातका ६०० वटा बिरूवा वृक्षारोपण गरेको थियो ।

वार्षिक उत्सवको कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका सभापति एवम् पोखरा विश्वविद्यालयका रजिष्टार गोविन्दप्रसाद शर्माले देश अहिले सहमति र सहकार्यको राजनीतिमा चलेको जानकारी गराउँदै विश्वविद्यालय पनि त्यसबाट अछुतो रहन नसक्ने विचार व्यक्त गर्नुभयो । उहाँले साना तिना मसिना मतभेद, स्थार्थका कुरा छाडेर वृहत हितका लागि सोच्न सकिएमा पोखरा विश्वविद्यालयले शिक्षा, स्वास्थ्य, पर्यटन र उद्योगको विकास र विस्तारमा यस क्षेत्रलाई नै समृद्ध र वैभवशाली बनाउन सक्ने धारणा राख्नुभयो । एक प्रश्नको उत्तर दिंदै रजिष्टार शर्माले पोखरा विश्वविद्यालयका कार्यक्रम देशव्यापी फैलिएर सञ्चालन भइरहेकाले यो एक प्रदेशमा मात्र खुम्चेर सिमिति हुन नसक्ने बताउनुभयो । उहाँले विश्वविद्यालयको समग्र विकास र विस्तारमा सबैले हातेमालो गर्नुपर्ने, ठाउँको अभावमा कार्यक्रमको स्तरोन्नति गर्न नसकिएकोले स्थानीय निकायले जग्गा प्राप्ति र मेडिकल कलेजको स्थापनाका लागि पहल गर्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै मानविकी तथा सामाजिकशास्त्र संकायका डीन प्रा.डा. इन्द्रप्रसाद तिवारीले पोखरा विश्वविद्यालय राष्टिय विश्वविद्यालयको रूपमा स्थापित हुनुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले विश्वविद्यालयलाई शिक्षाको गुणस्तरमा बलियो बनाउने र नयाँ नयाँ बजारोन्मुख कार्यक्रम सञ्चालन गर्ने, थप्ने आवश्यकता र चुनौति दुबै रहेको चर्चा गर्नुभयो ।

लेखनाथ उद्योग वाणिज्य संघका अक्ष्यक्ष एवम् पोखरा विश्वविद्यालयका सभासद् लक्ष्मी त्रिपाठीले विश्वविद्यालयले उपलब्ध जग्गाको संरक्षण गर्न नसकेकोले सुकुम्बासीको नाममा हुकुमबासीले जग्गा अतिक्रमण गर्दै लगेको उल्लेख गर्नुभयो । विश्वविद्यालयलाई आस्थाको रूपमा भर्तीकेन्द्र बनाउन नहुने उल्लेख गर्दै खुबी र क्षमता भएका मान्छेलाई प्रतिस्पर्धा गराई विश्वविद्यालयमा प्रवेश दिन सकेमा विदेशीने प्रवृत्ति रोकिने विचार व्यक्त गर्नुभयो ।  असल नागरिक, गुणस्तरयुक्त नागरिक र अब्बल नागरिक उत्पादन गर्ने तथा विश्वविद्यालयलाई शान्त र मर्यादित तुल्याउने विश्वविद्यालयको प्रमुख उद्देश्य हुनुपर्ने उहाँको कथन थियो ।

विश्वविद्यालयको वार्षिकोत्सव समारोहमा मन्तव्य राख्दै पोखरा लेखनाथ महानगपालिका वडा नं. ३० का वडाध्यक्ष श्रीराम पोखरेलले विश्वविद्यालयले लेखनाथबासीको गुनासा र सुझावलाई कदर गरी उचित निकास दिनुपर्ने उल्लेख गर्नुभयो । उहाँले विश्वविद्यालयले स्थानीय तहको विकासमा पनि ध्यान दिनुपर्ने विचार राख्दै प्रदुषण र वातावरणीय संरक्षण लगायतका कार्यमा विश्वविद्यालयसँग सहकार्य गर्न वडा सँधै तयार रहेको उल्लेख गर्नुभयो । विश्वविद्यालयको स्थापना र संरक्षण गर्ने कार्यमा अहम् भूमिका निर्वाह गर्ने तत्कालीन जनप्रतिनिधि, जग्गा दाता, राजनीतिक प्रतिनिधि, समाजसेवाी आदिलाई विश्वविद्यालयले भूल्न नहुने उहाँको तर्क थियो ।

पोखरा विश्वविद्यालय प्राध्यापक संघका अध्यक्ष उपप्राध्यापक निराजन बमले राजनीतिक भागबण्डालाई विश्वविद्यालयले कुनैपनि हालतमा प्रश्रय दिन नहुने उल्लेख गर्दै हरेक नियुक्तिलाई योग्यता र क्षमताको प्रतिस्पर्धात्मक आधारमा नियुक्ति गर्ने मापदण्ड तय गर्नुपर्ने विचार राख्नुभयो । शिक्षक कर्मचारीको वृत्ति विकासको अवसरका लागि विश्वविद्यालयले कन्जुस्याई गर्न नहुने उहाँको तर्क थियो ।  

एनआईसी एशिया बैंक गण्डकी धौलागिरीका क्षेत्रीय प्रबन्धक दिपेन्द्र शर्माले आँफू पोखरा विश्वविद्यालयको भूतपूर्व छात्र रहेको उल्लेख गर्दै गुणस्तरीय शिक्षा प्रदान गरी दक्ष जनशक्ति उत्पादन गर्ने कार्यमा विश्वविद्यालयलाई अझै सफलता मिलोस् भनि कामना गर्नुभयो । विश्वविद्यालयसितको सम्बन्धलाई प्रगाढ तुल्याउन र विश्वव्यापी उष्णतालाई कम गर्न एनआइसी एशिया बैंकले बृक्षारोपणको अभियान सञ्चालन गरेको उल्लेख गर्नुभयो । शर्माले व्यवस्थापन संकायमा उत्कृष्ट उच्चतम अंक ल्याई उत्तीर्ण हुने ३ जना छात्रछात्रालाई हरेक वर्ष बैंकमा रोजगारी दिने र शिक्षक कर्मचारीलाई बिना धितो ऋण सहुलियत दिने घोषणा समेत गर्नुभएको थियो ।

पोखरा विश्वविद्यालय कर्मचारी संघका अध्यक्ष शिवराज पण्डितले विश्वविद्यालयमा कार्यरत शिक्षक कर्मचारीलाई उत्प्रेरणाको तालिम, पुरस्कार र दण्डको व्यवस्थापन गर्नुपर्ने विचार राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन योजना तथा कार्यक्रम महाशाखा प्रमुख सहप्राध्यापक ज्ञानेश्वर शर्माले गर्नुभएको थियो ।

एमएस्सी स्ट्रक्चरल इञ्जिनियरिङ्ग विषयमा पठनपाठन सुचारू

पोविमा एमएस्सी स्ट्रक्चरल इञ्जिनियरिङ्ग विषयमा पठनपाठन सुचारू

पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. चिरञ्जीवीप्रसाद शर्माले पोखरा विश्वविद्यालयको स्तरोन्नतिका लागि समय सापेक्ष कार्यक्रमको सञ्चालन गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले उक्त विचार एमएस्सी स्ट्रक्चरल इञ्जिनियरिङ्गका विद्यार्थीलाई लक्षित गरी सञ्चालन गरिएको एकदिने अभिमुखीकरण कार्यक्रमको २०७४ वैशाख ४ गते सोमबार उद्घाटन गर्दै बताउनुभएको हो । शिक्षण सिकाई र अनुसन्धान गतिविधिमा लक्षित गरी आयोजित उक्त अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि उपकुलपति शर्माले सबैको साथ र सहयोग प्राप्त भएमा अन्य विधामा पनि नयाँ कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो । ।

उक्त अभिमुखीकरण कार्यक्रमलाई विश्वविद्यालयका रजिष्ट्रार गोविन्दप्रसाद शर्मा, स्कूल अफ इञ्जिनियरिङ्का डीन ई. बुद्धिराज जोशी, स्कूल अफ ईञ्जिनियरिङ्का स्कूल निर्देशक ई. अर्जुन गौतम, स्कूल अफ ईञ्जिनियरिङ्का प्रा.डा. टेकराज ज्ञवाली र पोखरा विश्वविद्यालय एनआइटेक परियोजनाका निर्देशक प्रा.डा. योनसिक हानले सम्बोधन गर्नुभएको थियो । विनाशकारी भूकम्पपछिको विषम परिस्थितिमा देशको पूर्ननिर्माणका सन्दर्भमा स्ट्रक्चरल इञ्जिनियरिङ्गको उपादेयता र महत्व बढ्न गएकोले विश्वविद्यालयले सो विषयमा पठन पाठन शुरु गरेको हो । विश्वविद्यालयमा प्रथम पटक आङ्गिक कार्यक्रमको रूपमा सो कार्यक्रम सञ्चालन गरिएको हो । हाल उक्त कार्यक्रममा कुल १५ जना विद्यार्थी भर्ना लिई पठनपाठन शुरु गरिएको छ ।

अभिमुखीकरण कार्यक्रमलाई प्रा.डा. पद्मबहादुर शाही, ई. सन्तोष श्रेष्ठ, पुल्चोक क्याम्पस; डा. इन्द्रप्रसाद आचार्य, पुल्चोक क्याम्पस, प्रा.डा. किम, एनआइटेक परियोजना, ई. महेन्द्रबहादुर गोदार, पोखरा लेखनाथ महानगरपालिका, प्रा.डा. गोकर्णबहादुर मोत्रा, प्राचार्य, पुल्चोक क्याम्पस; डा. हेमचन्द्र चौलागाई, स्कूल अफ ईञ्जिनियरिङ्ग, पोवि लगायतले सहजिकरण गर्नुभएको थियो ।

अन्तरक्रिया कार्यक्रम

anterkriya-940x381

Notice of National Conference

Notice

INTERNATIONAL SYMPOSIUM

Symposium

Symposium on Himalayan Crude Drugs

[youtube width=”530″ height=”398″]http://www.youtube.com/watch?v=oAnCkCYh1Qo[/youtube]

विचार गोष्ठी आयोजना

पोखरा विश्वविद्यालयको विज्ञान तथा प्रविधि सङ्काय, स्वास्थ्य विज्ञान विभागको आयोजनामा विश्वविद्यालयको प्राज्ञिक भवन कम्प्लेक्समा “हिमालयन कच्चा औषधिः अवसर र चुनौतिहरू” नामक विषयमा एक दिने विचार गोष्ठी आयोजना भयो । “अमन्त्रमक्षरं नास्ति नास्ति मूलमनौषध्म् । अयोग्यः पुरूषः नास्ति योजकस्तत्र दुर्लभः” को मूल मन्त्रबाट आरम्भ भएको उक्त विचार गोष्ठीलाई गमलामा निमको विरुवा रोपेर कार्यक्रमका प्रमुख अतिथि एवम् पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. खगेन्द्रप्रसाद भट्टराईले उद्घाटन गर्नुभएको थियो । उक्त गोष्ठीलाई सम्बोधन गर्दै उपकुलपति भट्टराईले हाम्रो मुलुक सानो भएतापनि अत्यन्तै विविधता भएको भएको उल्लेख गर्दै देशको विभिन्न ठाउँमा पाइने विविध खाले औषधिजन्य जडिबुटिहरूको पहिचान, संरक्षण र त्यसको उचित प्रयोग गरेर मानव जीवनको स्वास्थ्यलाई बचाउन सकिने उल्लेख गर्नुभयो ।

DSC00044

DSC00041उपकुलपतिले विश्वविद्यालयको फार्मेसी विभागले पोखरा विश्वविद्यालयको पहिचानलाई राख्न सफल भएको उल्लेख गर्दै ज्ञान चरित्रबिना अधुरो हुने भएकोले कुनै चरित्र छैन, नैतिकता छैन, इमान्दारीता छैन, अरुप्रति सम्मानको भाव छैन, आत्मविश्वास छैन् भने त्यो ज्ञान अपूर्ण हुने विचार राख्नुभयो ।

DSC00057
उहाँले  गोष्ठीमा वरिष्ठ वनस्पतिशास्त्री प्रा. डा. राधेश्याम कायस्थलाई दोसल्ला ओढाई सम्मान पत्र प्रदान गर्दै उहाँको व्यक्तिको उच्च कदर गर्नुभएको थियो । उपकुलपति प्रा. भट्टराईले सम्मानित व्यक्तित्व असाध्यै वरिष्ठ हुनुहुन्छ भन्दै उहाँ आफ्नो जीवननै शिक्षा क्षेत्रमा बिताउने शिक्षाविद्, यो क्षेत्रमा पहिलोचोटि एसएलसी पास गर्नुभएको व्यक्तित्व, कास्की जिल्लामै पहिलोपटक एमएस्सीमा पिएचडि गर्ने व्यक्तित्वको रूपमा रहनुभएको र उहाँलाई सम्मानित गर्न पाउँदा आफूलाई निकै हर्ष लागेको छ भन्दै उहाँलाई बधाई दिन चाहन्छौ भन्नुभयो । यो क्षेत्रकै असल, कुशल प्राध्यापकको हैसियको रूपमा उहाँले जीवन व्यतित गर्नुभएकोले उहाँले हामीलाई अझैपनि कालान्तरसम्म ज्ञानका कुरा दिईराख्नुहुनेछ र यो क्षेत्रलाई अझै योगदान गर्नसक्ने सामथ्र्यका लागि हामी उहाँलाई शुभकामना दिन चाहन्छौ भन्नुभयो ।

विचार गोष्ठीका अर्का अतिथि पोखरा विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायका डीन प्रा. डा. ईन्द्रप्रसाद तिवारीले नेपालमा बनसम्पदाको असिमिति संभावना र चूनौति छ भन्दै त्यो भन्दा पनि बढिमात्रामा जडिबुटिको संभावना रहेको उल्लेख गर्नुभयो । उहाँले हिमालयन क्षेत्रमा पाइने असिमित जडिबुटिको सहि पहिचान, उचित सम्बर्धन र त्यसको सदुपयोग बारेमा अध्ययन गर्नुपर्ने बताउँदै भाषणबाजी, अध्ययनले मात्र त्यसको पहिचान र उचित प्रयोगको हुन नसक्ने विचार राख्नु भएको थियो ।
सम्मानित व्यक्तित्व एवम् पोखरा विश्वविद्यालयका प्रणेता प्रा. डा. राधेश्याम कायस्थले “हिमालयन कच्चा औषधिः अवसर र चुनौतिहरू” मा विचार गोष्ठीको आयोजना गरेर आफूलाई सम्मान गरिएकोमा आफूले यसलाई जीवनको ठूलो सफलताको रूपमा लिएको उल्लेख गर्नुभयो । प्रा. कायस्थले  आफु जहाँ गए पनि आफूले पढाएका विद्यार्थी संसारका कुना कुनामा पुगेको र धेरै उच्चतह र तप्कामा पुगेको देख्दा आफ्नो जीवन धन्य भएको उल्लेख गर्नु भयो । औषधि विज्ञानको अध्ययनमा आफू सानै देखि लागेको उल्लेख गर्दै उहाँले यसको अवसरको विकासमा निरन्तरता र दिगोपन हुनुपर्ने बताउनुभयो । यसको अनुसन्धान कहिल्यै नटुंगिने बताउँदै उहाँले सिपको विकास नभई चरित्र निर्माण हुन सक्दैन भन्नुभयो । ज्ञान छ तर चेतना छैन भने त्यो फलिभूत नहुने विचार व्यक्त गर्दै प्रा. कायस्थले परम्परागत विचार र प्रयोगलाई पनि सँगसँगै लिएर जान सकेमा त्यसले सफलता पाउने विचार व्यक्त गर्नुभएको थियो ।

DSC00050

रसायनशास्त्रका वरिष्ठ विद्वान प्रा. डा. अकलदेव मिश्रले नेचुरल प्रोडक्ट, प्रकृतिमा उपलब्ध स्रोतको कसरी अधिकतमा उपयोग गर्ने र त्यसबाट अन्य औषधि विकास गर्ने सम्भावनालाई कसरी अगाडि बढाउने भन्ने विषयमा एक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
गोष्ठीका सभापति एवम् कार्यक्रम संयोजक उपप्राध्यापक नमराज धामीले कार्यक्रमको सफलताका लागि सबैको सहयोगको अपेक्षा गर्दै विश्वविद्यालयले फार्मेसी विभाग र फेकल्टी डेभलपमेन्टका लागि गोष्ठीमा उठेका सुझावलाई गंभिरतापूर्वक लिनुपर्ने विचार व्यक्त गर्नुभएको थियो ।
गोष्ठीमा स्वागत मन्तव्य राख्दै उपप्राध्यापक डा. अमृत पौडेलले नेपालमा २ हजार भन्दा बढी प्रजातिका जडिबुटि औषधिका रुपमा प्रयोग भइरहेको उल्लेख गर्दै तिनिहरूको उचित अध्ययनअनुसन्धान तथा संरक्षण गर्ने दायित्व सबैको हो भन्दै यस प्रकारका गोष्ठीले ती जडिबुटीहरुको अध्ययन, अनुसन्धान तथा संरक्षणमा ठूलो टेवा पुर्याउने विचार व्यक्त गर्नुभयो ।
पोष्ट ग्रेजुएट रिसर्च फेलो अतिसम्बोर्धनकौडिन्यायनले गोष्ठीको मुख्य उद्देश्य स्नातकतहको औषधि विज्ञानमा अध्ययरत विद्यार्थीहरूले कसरी नेपालको हिमालयनमा अवस्थित क्षेत्रमा उपलब्ध जडिबुटिको वैज्ञानिक अध्ययन गर्ने भन्ने विषयमा केन्द्रीत रहेको उल्लेख गर्नुभयो । उहाँले हिमालयन फुड र रिसर्चमा पोखरा विश्वविद्यालयको नाम आजभन्दा दश एघार वर्षभन्दा पहिले चल्दै आएको उल्लेख गर्दै त्यसलाई अझै बढाउँदै जोगाउँदै अगाडि लिएर जानुपर्ने दायित्व हामी सबैमा रहेको उल्लेख गर्नु भयो ।
कार्यक्रममा हेल्थ एण्ड एलाइड साइन्सेजका डाइरेक्टर प्रा. डा. विष्णुराज तिवारी, प्रा.डा. धर्मराज श्रेष्ठ , सहप्राध्यापक गुलाम मोहम्मद खान, श्री याम्ची ग्याष्टो विष्ट लगायत विज्ञान तथा प्रविधि संकायमा अध्यापनरत शिक्षक, कर्मचारी, फार्मेसीमा अध्ययनरत विद्यार्थीहरूको उपस्थिति रहेको थियो । गोष्ठीको प्रत्यक्ष दृष्यलाई पोखरायूनिभमार्फत यू ट्यूबमा राखिने कुरा कार्यक्रममा जानकारी गराइएको थियो ।

MOU between Pokhara University & Arizona State University

On October 28, 2013 Pokhara University and Arizona State University entered into a formal relationship by signing a Memorandum of Understanding. Vice Chancellor, Prof. Khagendra Prasad Bhattarai signed the document on behalf of Pokhara University and Elizabth D. Phillip signed the document on behalf of Arizona State University. In particular both institutions agree to identify opportunity for exchange of faculty and research staff.

WP_20131028_043

Further, the agreement emphasized on joint research programs and projects. To lend advice,  technical support and services from either side and to educate personnel through sabbaticals, short stays, seminars, course and worksops are some of the main points of aggreeement. The MoU focused on exchange program  to  promote academic and research activities conjointly in order to exploit the opportunities for mutual benefit of both the institutions. Executive Director of International Center, Mr. Purna Chandra Sharma, Deputy Controller Mr. Dipendra Yadhav, administrative staffs and Dr. Marek Wosinski from ASU were present in the signing ceremony.

Student Exchange Program between PU and Arizona State University

On October 29, 2013 a meeting was held with Dr. Marek Wosinski, the facilitator of University -Community Partnership for Social Action Research (UCP-SARnet) and also a senior sustainability  scientist from Arizona State University. Executive Director of International Center, Mr. Purna Chandra Sharma, Direcotor of School of Social Engineering, Dr. Ananta Dhungana and faculty member Mr. Dipak Paudel were present during the meeting. In May 2014, twenty students and three Professors from Arizona State University(ASU) are going to visit Pokhara University for a week. The meeting explored the main activities to be carried out when students  from ASU arrives at Pokhara University next year. The meeting focused on issues like agribusiness, women empowerment, cross-cultural management  and formation of student clubs. In the mean time regional  coordinator of UCPSARnet’s,  Mr. Silash Ngahane will be here as an intern at Pokhara University from 2013 November onwards  for a period of one month to make a detail work plan of the exhange program for students from ASU.

पोखरा विश्वविद्यालयद्वारा थप ९ वटा कलेजलाई सम्बन्धन

पोखरा विश्वविद्यालयले हालै थप ९ (नौ) वटा कलेजलाई सम्बन्धन प्रदान गरेको छ । थप ९ (नौ) वटा कलेजसहित पोखरा विश्वविद्यालयको सम्बन्धनप्राप्त कलेजहरूको सङ्ख्या अब ५८ (अन्ठाउन्न) पुगेको छ ।

पछिल्लोपटक सम्बन्धन लिएका कलेजहरूमा राजधानी मोडल कलेज, काठमाडौं, अर्थव बिजनेश कलेज, काठमाडौं, शुभश्री एकाडेमी ईन्टरनेशनल कलेज, काठमाडौं, मेधावी कलेज, काठमाडौं, सेन्ट्रल कलेज, काठमाडौं, मल्पी ईन्टरनेशनल कलेज, काठमाडौं, सिटी कलेज, ललितपुर,  भ्यालीस्टेट कलेज, चितवन र कलेज अफ ईञ्जिनियरिङ्ग एण्ड म्यानेजमेन्ट, बाँके रहेका छन् ।

पोवि सभाबाट ५५ करोडको बजेट पारित

पोखरा विश्वविद्यालय सभाको १४ औं बैठक २०७० भदौ २८ गते शुक्रबारका दिन विश्वविद्यालयका कुलपति एवम् मन्त्रिपरिषद्का सम्माननीय अध्यक्ष खिलराज रेग्मीको अध्यक्षतामा राष्टिय योजना आयोग (हर्क गुरुङ् सभाकक्ष), सिंहदरबार काठमाडौंमा सम्पन्न भएको छ । उक्त बैठकले विश्वविद्यालयको आ.व. २०७०/७१ को वार्षिक कार्यक्रम र कुल ५५ करोड १० लाख ७४ हजारको बजेट पारित गरेको छ ।

DSC00381

पारित बजेटमध्ये पूँजीगततर्फ २४ करोड ४१ लाख ५४ हजार तथा साधारणतर्फ २० करोड ६९ लाख २० हजार रहेको छ ।

DSC00391
पोवि सभाको १४ औं बैठकले पोखरा विश्वविद्यालय शिक्षक कर्मचारीसम्बन्धी नियमावली २०५५, क्याम्पस (महाविद्यालय)÷शिक्षण संस्थाको सम्बन्धनसम्बन्धी नियमावली २०५६ र पोवि छात्रवृत्तिसम्बन्धी नियमावली २०६५ मा केही संशोधन र परिमार्जन गरेको छ । त्यसैगरी केही तहको एमफिल र पिएचडीको उपाधि निर्धारण र स्थापनाका साथै विश्वविद्यालयको रणनीतिक योजना तथा दोस्रो पञ्चवर्षीय कार्ययोजनालाई पनि परिमार्जन सहित पारित गरेको छ ।

उपकुलपतिद्वारा नयाँ केन्द्रीय कार्यालयको शिलान्यास

पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.खगेन्द्रप्रसाद भट्टराईले रजिष्ट्रार प्रा.डा. मानबहादुर के.सी. सहित विश्वविद्यालयका अन्य पदाधिकारी, शिक्षक एवम् कर्मचारीहरूको समुपस्थितिमा विश्वविद्यालयको नयाँ केन्द्रीय कार्यालयको २०७० भदौ ७ गते शुक्रबारको दिन विहान ८ बजेको शुभमुहूर्तमा एक समारोहबीच शिलान्यास गर्नुभएको छ ।

stone-laid-program1

यथेष्ट कार्यकक्षहरूसहितको अत्याधुनिक २ तले नयाँ केन्द्रीय भवन लेखनाथ १२ ढुंगेपाटनस्थित ३४ रोपनीको प्लटमा निर्मित हालको केन्द्रीय कार्यालयको सामुन्ने करिब १४ हजार ४ सयको स्क्वायर फुटमा बन्दै छ । उक्त भवनको निर्माणसँगै गार्ड हाउस, पार्किङ्ग स्थल, ल्याण्ड डेभलपमेन्टका साथै केन्द्रीय कार्यालयको प्रवेशद्वारमा नयाँ गेट पनि निर्माण गरिने भएको छ ।

स्कूल अफ ईञ्जिनियरिङ्ग, पोविको डिजाइन कन्सल्टेन्सीमा गौरी पार्वती निर्माण सेवा प्रा.लि. ले करिब ५ करोड ९१ लाखको लागतमा उक्त भवन निर्माणका लागि विश्वविद्यालयसँग ठेक्का सम्झौता गरेको थियो ।

stone-laid-program

भवन दोस्रो उच्चशिक्षा परियोजनाअन्तर्गत विश्वविद्यालय अनुदान आयोगको जोडकोषमा निर्माण हुँदैछ । परियोजना अवधि ९ महिनाको रहेको उक्त भवनलाई २ वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी ५ तलासम्म लिफ्टसहित उकास्नका लागि आवश्यक तयारी पनि भइरहेको छ ।

MBA Orientation Program -2013 Held

पोखरा विश्वविद्यालय स्कूल अफ बिजनेशले २०७० साउन ३२ गते शुक्रबार एमबिएको फुल टाइम र जब होल्डरमा हालै भर्ना भएका विद्यार्थीहरूलाई एक दिने अभिमुखीकरण कार्यक्रमको आयोजना गर्यो । उक्त कार्यक्रमको प्रमुख उद्देश्य एमबिए कार्यक्रम, ट्राइमेष्टर प्रणाली र त्यसको मुल्याङ्कन बिधि, एमबिए कार्यक्रमको क्षेत्र, माग तथा पाठ्यक्रमका बारेमा नवआगन्तुक विद्यार्थीहरूलाई प्रशिक्षण दिनु रहेको थियो ।

IMG_8691

कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, मानविकी तथा सामाजिकशास्त्र सङ्काय, पोखरा विश्वविद्यालयका डीन प्रा.डा. इन्द्रप्रसाद तिवारी, व्यवस्थापन सङ्काय, पोखरा विश्वविद्यालयका डीन डा. कर्णवीर पौड्याल, व्यवस्थापन सङ्कायका सहायक डीन डा. दिपकबहादुर भण्डारी, पोखरा विश्वविद्यालय योजना तथा कार्यक्रम महाशाखाका प्रमुख हरिबहादुर खड्का, थ्री सिस्टर नेपालका मानेजिङ् डाइरेक्टर श्रीमति लक्की क्षेत्री लगायत व्यवस्थापन सङ्कायमा अध्यापनरत शिक्षक, कार्यरत कर्मचारीहरू आदिको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवम् पोखरा विश्वविद्यालय स्थापनाका मुख्य एक अभियान कर्ता आनन्दराज मुल्मीले देशको आर्थिक विकासको प्रयासलाई मजबुत पार्न देशमा सच्चा म्यानेजरहरूको खाँचो खट्किएको औल्याउनु भयो । मुल्मीले म्यानेजमेन्टका विद्यार्थीले ठीक समयमा सहि विचार लिएर जागिरे मनोवृत्तिबाट माथि उठी आफूभित्रको क्षमतालाई प्रस्फुटन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले विद्यार्थीहरूले कोहि कसैको सिको नगरी आफ्नो भविश्य आफै बनाउने हो भन्नुभयो । मुल्मीले आफ्नो कैरियरलाई बैलैमा छनौट गर्न सकेमा विद्यार्थीको भविष्य सुनिश्चित हुने धारणा समेत राख्नु भयो । अन्य विश्वविद्यालयको दाँजोमा पोखरा विश्वविद्यालयको साख धेरै नखस्के पनि यसले समय अनुसार काउन्सेलिङ्ग गर्न नसकेको उहाँको गुनासो थियो । विश्वविद्यालयमा राजनीति हावी हुँदै गएको उल्लेख गर्दै उहाँले पठनपाठनका सवालमा मात्र विद्यार्थीले आफ्ना आवाजहरूलाई मुखरित गर्नुपर्छ भन्नुभयो ।

DSC00134
कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै मानविकी तथा सामाजिकशास्त्र संकाय पोविका डीन प्रा.डा. इन्द्रप्रसाद तिवारीले गुणस्तरीय शिक्षा दिने विश्वविद्यालयको प्रमुख उद्देश्य रहेको उल्लेख गर्दै विद्यार्थीले नयाँ प्रविधिलाई पच्छाउँदै दत्तचित्त र लगनकासाथ पठनपाठनलाई अगाडि बढाउन सकेमा मात्र विजय हासिल गर्न सक्ने बताउनुभयो ।

कार्यक्रममा व्यवस्थापन संकायका डीन डा. कर्णवीर पौड्याले नव आगन्तुक विद्यार्थीबाट विश्वविद्यालयको छवि अझ बढी उकासिने विश्वास व्यक्त गर्नुभयो । उहाँले म्यानेजमेन्टका विद्यार्थीले भविष्यमा एक सफल उद्यमी भई पूर्ण व्यवस्थापकको रूपमा अरूको लागि रोजगारी सिर्जना गरेमा मात्र उनीहरूको लक्ष्य सही हुने धारणा राख्नु भयो ।

कार्यक्रमका अर्का वक्ता व्यवस्थापन संकाय पोविका सहायक डीन डा. दिपकबहादुर भण्डारीले नवआगन्तुक विद्यार्थीहरूलाई हार्दिक स्वागत गर्दै उनीहरूसँग हातमालो गर्दै अगाडि बढ्ने विचार व्यक्त गर्नुभयो ।

DSC00131
त्यस्तै पोखरा विश्वविद्यालय योजना तथा कार्यक्रम महाशाखा प्रमुख श्री हरिबहादुर खड्काले एमबिएमा अध्ययनरत विद्यार्थी र शिक्षकको बीचको दुरी धेरै टाढा नभएकोले शिक्षक र विद्यार्थीमा खासै अन्तर नरहेको धारणा राख्दै उनीहरू नै वास्तवमा हाम्रा पथ प्रर्दशक पनि हुन भन्नुभयो । उहाँले विश्वविद्यालयको भौतिक अवस्था र ह्यूमन रिसोर्स राम्रो भएकोले विद्यार्थीले यसबाट पूर्ण लाभ लिन सक्नेछन् भन्नुभयो ।

अर्का अतिथि थ्री सिस्टर नेपालका मानेजिङ् डाइरेक्टर श्रीमती लक्की क्षेत्रीले सानो, कठिनतम कामबाट कत्तिपनि हरेश नखाई निरन्तर कार्यपथमा लागेमा विद्यार्थीको भविष्य सुनौलो भएको धारणा राख्नुभयो । उहाँले फ्लोरेन्स नाइटिङ्गलजस्ता विश्वप्रसिद्ध व्यक्तित्वहरूको जिवनीबाट हामीले पाठ सिक्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा व्यवस्थापन संकायका उपप्राध्यापक तथा पाठ्यक्रम विकास केन्द्र, पोविका कार्यकारी निर्देशक श्री राजेशकुमार ठगुराठीले एमबिएको कार्यक्रम, त्यसको पाठ्यक्रम र मूल्यांकन विधिका बारेमा प्रकाश पार्नुभएको थियो ।

साथै स्कूल अफ विजनेश पोविका उपप्राध्यापक श्री दिपकराज पौडेलले विगत वर्षदेखिको विश्वविद्यालयमा एमबिएको उत्पादन, रोजगारी, अवसर र बजारको मागका बारेमा विद्यार्थीलाई प्रकाश पार्नुभएको थियो ।  कार्यक्रममा उपप्राध्यापक एवम् एमबिए कार्यक्रमका कार्यक्रम संयोजक श्री निराजन बमले कार्यक्रमको उद्देश्यमाथि प्रकाशित पार्नुभएको थियो । उक्त कार्यक्रमको सञ्चालन स्कूल अफ बिजनेश, पोखरा विश्वविद्यालयका उपप्राध्यापक श्री दिपाञ्जल श्रेष्ठले गर्नु भएको थियो ।

पोखरा विश्वविद्यालय १७ औं वर्षमा प्रवेश-शिक्षासँग खेलवाड नगरौ– उपकुलपति

पोखरा विश्वविद्यालय श्रावण १ गतेदेखि १७ औं वर्षमा प्रवेश गरेको छ । पोखरा विश्वविद्यालय ऐन २०५३ अन्तर्गत वि.सं. २०५४ सालमा पोखरा विश्वविद्यालयको स्थापना भएको थियो । औपचारिक रूपमा २०५४ साल श्रावण १ गतेदेखि कार्य आरम्भ गरेको दिनलाई विश्वविद्यालयले विश्वविद्यालय दिवसको रूपमा मनाउँदै आएको छ ।

17-pu-birthday

विश्वविद्यालयको १७ औं वर्षगाँठको अवसरमा विश्वविद्यालयको हाताभित्र सञ्चालित कार्यक्रममा शुभकामना मन्तव्य दिंदै विश्वविद्यालयका उपकुलपति प्रा. खगेन्द्रप्रसाद भट्टराईले विश्वविद्यालयको मुख्य लक्ष्य भनेको क्वालिटी एजुकेशन हो भन्नुभयो । क्वालिटी भन्ने चिज धेरै कुरासँग गाँसिएको छः कोर्षसँग गाँसिएको छ, क्लासरूम परफर्मसँग गाँसिएको छ, क्यालिटिको एक्जामिनेशनसँग गाँसिएको छ र सँगसँगै क्यालिटी समयसँग पनि गाँसिएको छ भन्दै उपकुलपति भट्टराईले चार वर्षको कोर्ष तपाईले कति वर्ष लगाएर कम्लिट गर्नुहुन्छ ? भन्ने प्रश्न पनि गर्नुभयो । उहाँले क्यालिटी एजुकेशनका लागि एकाडेमिक क्यालेण्डर निर्वाध रूपले सञ्चालन हुनुपर्ने उल्लेख गर्दै एकाडेमिक क्यालेण्डर सहि रूपमा सञ्चालन गर्न नसकेमा र क्वालिटी एजुकेशन दिन नसकेमा विदशी विश्वविद्यालयले सञ्चालन गरेका कार्यक्रमसँग हाम्रा विश्वविद्यालयमा सञ्चालित कार्यक्रमले प्रतिस्पर्धा गर्न कठिन हुने बताउनुभयो । शिक्षासँग कसैले खेलवाड गर्न नहुने उल्लेख गर्दै उपकुलपति भट्टराईले परीक्षाको तालिका सार्ने, समयमा परीक्षा हुन नदिने, समयमा रिजल्ट नहुने र समयमा कोर्ष नसकेमा विद्यार्थी, समाज र राष्ट्र सबैलाई वेफाइदा पुग्ने बताउनुभयो ।

tol1
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै विश्वविद्यालयका रजिष्टार प्रा.डा. मानबहादुर के.सी.ले पोखरा विश्वविद्यालय एउटा अग्रणी शैक्षिक ज्ञानभूमिको रूपमा स्थापित भएर आफ्नो प्रतिष्ठा र आफ्नो विश्वसनियतालाई जोगाउँदै अहिलेसम्म थुप्रै बाधा व्यवधान र थुप्रै कमी–कमजोरीका बावजूद पनि यस क्षेत्रको एउटा शैक्षिक धरोहरका रूपमा अझैपनि खडा रहेको उल्लेख गर्नुभयो । उहाँले विश्वविद्यालय विभिन्न खाले समस्या र चुनौतिबाट गुज्रिरहेको उल्लेख गर्दै विश्वविद्यालयलाई यसको निरन्तरता, यसको इतिहास र गरिमालाई निरन्तरता दिंदै थप जिम्मेवारी प्रदान गर्न कहिकतै चुकेमा हामीलाई समाज र राष्टले स्वीकार नगर्ने बताउनुभयो । रजिष्टार के.सी. ले विश्वविद्यालयमा बढि हावी हुँदै गएका प्रेसर गु्रपहरूले विश्वविद्यालयलाई निर्णायक हैसियमा कार्य गर्न नदिएको उल्लेख गर्नुभयो । उहाँले त्यस्ता प्रेसर ग्रुपहरूले संस्थागत गरिमा, मर्यादा, त्यसको नम्स, स्ट्याण्डर्डलाई यथावत कायम राखेर त्यसभित्रबाट सम्भव हुने खालका सुविधाहरूमा मात्र आवाज उठाउन सान्दर्भिक हुने बताउनुभयो । तर दिनहरू जति जटिल भएपनि, जति परिस्थिति असहज भएपनि तिनलाई सामना गर्नुको विकल्प छैन भन्दै रजिष्टार के.सी. ले तिनलाई सामना गर्न हामी सबैमा फराकिलो दृष्टिकोण, एकताबद्ध खालको समझदारी, इमान्दारिता र कर्तव्यपरायणता हुनुपर्ने उल्लेख गर्नुभयो ।

netra1

कार्यक्रममा शिक्षा पुरस्कार २०६९ बाट पुरस्कृत हुनुभएका विश्वविद्यालयका सहायक प्रशासक टोलमाया थापा र कार्यालय सहयोगी नेत्रप्रसाद पौडेललाई नगद, मेडल तथा प्रमाणपत्र दिई सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै सहायक प्रशासक टोलमाया थापाले शिक्षा पुरस्कारको लागि विश्वविद्यालयबाट न्यायोचित सिफारिस हुनुपर्ने बताउनुभएको थियो । कार्यक्रममा संकायका डीनहरू, पोविका अन्य पदाधिकारीहरू, निकायका प्रमुखहरू, शिक्षक तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

पोखरा विश्वविद्यालयमा आयोजनाहरू सञ्चालन हुँदै

पोखरा विश्वविद्यालयले आफ्नो शैक्षिक एवम् प्रशासनिक कार्य क्षेत्र बिस्तार हुँदै गर्दा विश्वविद्यालय सञ्चालन भइरहेको परिसरभित्रै करोडौ मूल्य पर्ने प्रशासनिक एवम् शैक्षिक भवनहरूको निर्माण एवम् बिस्तारलाई पनि निरन्तरता दिँदै लगेको छ ।

20130626_170935

विश्वविद्यालयले हालको मौजुदा केन्द्रीय कार्यालय कार्यसम्पादनका लागि साँघुरो हुँदै गएकोले उक्त भवनको मिररसाइडमा करिव ६ (छ) करोड लागत अनुमानको नयाँ केन्द्रीय प्रसासनिक भवनको निर्माणका लागि गौरी पार्वती निर्माण सेवा (प्रा.लि.) सँग सम्झौता सम्पन्न गरेको छ ।

DSC00004

यसै गरी शैक्षिक कार्यक्रमहरुको विस्तार भएअनुरूप मौजुदा शैक्षिक भवनहरू पनि साँघुरा हुँदै गएकोले तिनको विस्तार गर्न विश्वविद्यालयले करिव ३ (तीन) करोडको लागत अनुमानमा मौजुदा मानविकी भवन, पुस्तकालय भवन र हेल्थ सेन्टरमा तला थप गर्ने निर्माण लगायत नर्सिङ्ग कार्यक्रमका लागि सुनौलो खिम्ति कन्स्ट्रक्सन प्रा.लि. र राजेन्द्र निर्माण सेवा प्रा.लि. जेभिसँग पनि हालै सम्झौता गरेको छ ।

20130626_174259

साथै विश्वविद्यालयले लेखनाथको मुँसेटुडास्थित जग्गामा स्कूल अफ मेडिकल साइन्सेज अथवा त्यस्तै प्रकारका शैक्षिक भवन निर्माणका लागि साढे ८(आठ) लाखभन्दा बढि पैसा खर्चेर सोइल टेस्ट एवम् जियोटेकनिकल इन्भेस्टिगेशनको पनि कार्य शुआरम्भ गरेको छ ।

Training on Health Systems Research (HSR) Methodology

On 8th June 2013, Vice Chancellor of Pokhara University Prof.  Khagendra Prasad Bhattarai has inaugurated a four day training program (Training on Health Systems Research (HSR) Methodology ) at IAC, PU. This training program is jointly organized by the Nepal Health Research Council (NHRC), Ramshah Path, Kathmandu & Pokhara University Research Center (PURC), Pokhara University, Lekhanath, Kaski. Forty faculty members from PU and its affiliated colleges are participating in this program. The main objective of this training program is to upgrade the knowledge of participants in HSR methodology.

New Image2

The program schedule of this training program is as follows:

DAY ONE (8 June 2013)

Time    Activities    Responsible Persons
08:30 – 09:00    Registration with breakfast
09:00- 09:30    Opening Session
Welcome Address by Prof. Dr. BishnuTiwari
Address by Member Secretory NHRC     Dr. SankarPratap Singh
Address By Dean Faculty of Management    Assoc. prof. Dr. karnabeerPaudel
Address By Dean Faculty of Humanities and Social sciences    Prof. Dr. Indra Prasad Tiwari
Address By Registrar, PU    Prof. Dr. Man Bahadur KC
Address by Vice Chancellor, PU    Prof. Kagendra Prasad Bhattarai
Address by Executive Director PURC    Mr. Umesh Prasad Gupta
9:30 – 11:15    Research Idea Generation with Questions    Dr. Rajendra Kumar BC
11:15 – 11:45    Tea / Coffee Break
11:45 – 12:45    Introduction to HSR and its Characteristics    Dr. Rajendra Kumar BC
12:45 – 01:45    Lunch Break
01:45 – 02:45    Identification and Analysis of Re-searchable Problems, and
Priority Areas in HSR    Mr. Naveen Shrestha

02:45 – 03:00    Tea / Coffee Break
03:00 – 04:30    Accessing health information and literature review     Mr. Naveen Shrestha
04:30 – 05:00     General Discussion    Dr. Rajendra Kumar BC
Mr. Naveen Shrestha
Dr. SankarPratap Singh
Mr. Bijay Kumar Jha

DAY TWO (9 June 2013)

Time    Activities    Responsible Persons
09:30- 10:00    Breakfast
09:30 – 11:00    Research Title, Objectives and Hypothesis    Dr. Rajendra Kumar BC
11:00 – 11:15    Tea / Coffee Break
11:15 – 12:45    Variables Identification and Scales of Measurements    Dr. Rajendra Kumar BC
12:45 – 01:45    Lunch Break
1:45 – 3:15    Descriptive Study    Mr. Naveen Shrestha
03:15 – 03:30    Tea / Coffee Break
03:30 – 04:30    Analytical Study    Mr. Naveen Shrestha
04:30 – 05:00     General Discussion    Dr. Rajendra Kumar BC
Mr. Naveen Shrestha
Dr. SankarPratap Singh
Mr. Bijay Kumar Jha

DAY THREE (10 June 2013)

07:30- 08:00    Breakfast
08:00 – 09:30    Intervention Studies     Dr. Rajendra Kumar BC
09:30 – 09:45    Tea / Coffee Break
09:45 – 11:15    Overview of Data Collection Tools and Techniques    Dr. Rajendra Kumar BC
11:15 – 12:45    Overview of Sampling Methods and Techniques    Mr. Naveen Shrestha
12:45 – 01:45    Lunch Break
1:45 – 3:15    Sample Size Calculation    Mr. Naveen Shrestha
03:15 – 03:30    Tea / Coffee Break
03:30 – 04:30    Data Management and Analysis – I     Mr. Naveen Shrestha
04:30 – 05:00     General Discussion    Dr. Rajendra Kumar BC
Mr. Naveen Shrestha
Dr. SankarPratap Singh
Mr. Bijay Kumar Jha

DAY FOUR (11 June 2013)

07:30- 08:00    Breakfast
08:00- 09:30    Data Management and Analysis – II    Mr. Naveen Shrestha
09:30 – 09:45    Tea / Coffee Break
09:45 – 11:15    Ethical Principles and Issues encountered during HSR    Dr. Rajendra Kumar BC
11:15 – 12:15    General Discussion    Dr. Rajendra Kumar BC
Mr. Naveen Shrestha
Dr. SankarPratap Singh
Mr. Bijay Kumar Jha
12:15 – 12:45    Closing Session
    Views from two participants (male and female)
    Certificate distribution
    Closing Remark
12:45 – 01:45    Lunch Break

परीक्षा समितिमा ४ जना मनोनित

पोखरा विश्वविद्यालयले परीक्षा समितिको सदस्य पदमा हालै ४ जना महानुभावहरूलाई मनोनयन गरेको छ । पोखरा विश्वविद्यालय परीक्षा सञ्चालनसम्बन्धी नियमावली २०५८ को नियम ४ को उप–नियम १ (ख), (ग), (घ) र (ङ्)  बमोजिम उक्त समितिमा मनोनयन हुनुहुनेहरूमा क्रमशः विज्ञान तथा प्रविधि सङ्कायका डीन डा. सुरेशप्रसाद बास्तोला, ला ग्राण्डी ईन्टरनेशनल कलेज, पोखराका प्रिन्सिपल डा. धनपति न्यौपाने तथा स्कूल अफ बिजनेश, पोखरा विश्वविद्यालयका उपप्राध्यापकद्वय उमेशसिंह यादव र पूर्णबहादुर खाँड हुनुहुन्छ । विश्वविद्यालयका रजिष्टार अध्यक्ष र परीक्षा नियन्त्रक सदस्य–सचिव रहने उक्त समितिमा मनोनित सदस्यहरूको पदावधि २ (दुई) वर्षको हुनेछ ।

जर्नल विमोचन

पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि सङ्कायको Journal of Health and Allied Sciences, Vol-3, No.1, 2013 नामक जर्नलको मानविकी तथा सामाजिकशास्त्र सङ्कायका डीन प्रा.डा. ईन्द्रप्रसाद तिवारीले विश्वविद्यालयको IAC मा एक समारोहका बीच २०७० जेठ १६ गते बिहिबारका दिन लोकापर्ण गर्नुभयो । उक्त जर्नल विमोचनको कार्यक्रमलाई सम्बोधन गर्दै विश्वविद्यालयका रजिष्टार प्रा.डा. मानबहादुर के.सी.ले विश्वविद्यालय भनेको अध्ययन र अध्यापनको केन्द्र मात्र नभई अनुसन्धान गर्ने केन्द्र पनि भएकोले विश्वविद्यालयको पहिचान र छविको लागि अनुसन्धानात्मक जर्नल सुन्दर ग्रन्थको रूपमा रहेको उल्लेख गर्नुभयो । उहाँले जर्नल प्रकाशन गर्नु निःस्वार्थ भावको एउटा महत्वपूर्ण बौद्धिक अभ्यासको उपयोगी माध्यम भएको कुरालाई समेत प्रष्ट पार्नु भएको थियो ।

DSC02259

कार्यक्रममा बोल्दै मानविकी तथा सामाजिकशास्त्र सङ्कायका डीन प्रा.डा. ईन्द्रप्रसाद तिवारीले प्राध्यापकका ४ काम “पढाउने, अनुसन्धान गर्ने, प्रकाशन गर्ने र शैक्षिक सेवा प्रदान गर्ने” भएको उल्लेख गर्दै यी ४ कामलाई न्यूनतम अध्यापनको मापदण्ड निर्धारण गर्नु आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले विश्वविद्यालयलाई अन्तर्राष्टियस्तरमा चिनाउने एक उपयुक्त माध्यम नै जर्नल भएको उल्लेख गर्नुभयो ।

DSC02261

कार्यक्रममा अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक उमेशप्रसाद गुप्ता, व्यवस्थापन सङ्कायका सहायक डीन डा. दिपकबहादुर भण्डारी, स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्सेजका स्कूल निर्देशक डा. निर्मला जमरकट्टेल, प्रा.डा. विष्णुराज तिवारी, उपप्राध्यापकहरू दिपकराज पौडेल, हरि काफ्ले, शुशिल अधिकारीले जर्नलका कमी कमजोरी र उपलब्धीका बारेमा प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा स्कूलका प्राध्यापकहरू, कार्यक्रम संयोजकहरू, निकाय एवम् संगठनका प्रमुखहरू आदिको उपस्थिति रहेको थियो ।

Workshop on “Proposal Evaluation and Selection Procedure Guidelines”

On 12th May 2013, Pokhara University Research Center successfully organized the one day workshop on “Proposal Evaluation and Selection Procedure Guidelines” in Hotel Landmark, Lakeside. The inaugural session was chaired by Mr. Umesh Prasad Gupta, Executive Director of PURC and the Vice Chancellor of Pokhara University Prof.  Khagendra Prasad Bhattarai graced the occasion as a chief guest of the ceremony. The occasion marked presence of many distinct heads which included Registrar, Prof. Dr. Man Bhadur KC, Dean, Prof. Dr. Indra Pd Tiwari, The directors from UGC, CEDA, IOM and NAST, heads and office bearers of Pokhara University.

DSC02207

The program was hosted by Mr. Aatish Sambodhvardhan kaundaniyayan, Research Fellow of SHAS. The program started at 9:15 am with a welcome speech from Prof. Dr. Bishnu Pd Tiwari. He welcomed all the dignitaries, guest and participants of the workshop. The inaugural session was marked by speeches from Registrar of Pokhara University, Prof. Dr. Man Bdr KC, Dean of Humanities and Social Sciences, Prof. Dr. Indra Pd Tiwari and Vice Chancellor Prof. Khangendra Pd Bhattarai. All the speakers highlighted the importance of research and its importance for the academic institutions.  Mr. Umesh Gupta, Executive Director opened the Workshop highlighting the importance of guidelines for a research center.  This was followed by prominent presentations from Mr. ArjunThapa, coordinator and lecturer from SDSE and Mr. Deepanjal Shrestha, lecturer from ICT division of Office of The Controller of Examinations.

DSC02234
Mr. Thapa presented the initial background of the research activity and PURC while Mr. Shrestha presented the guideline draft of the workshop. The first session concluded after comments from Prof. Dr Harinder Thapalia, Director of Research Division UGC, Prof Dr. Ram Chandra Dhakal Executive Director of  CEDA, TU, Prof. Dr. Jeevan Bahadur Serchand Director of Research Center IOM , Mr. Ishwar Pd Khanal, Chief, Faculty of Science NAST and Sr. Scientist Dr. Bhoj Raj Pant, NAST.

DSC02247

The second session started after the lunch and all the participants of the workshop were divided in the three groups for finalizing the sub topics namely (I) “Research proposal and progress report format”, (II) “Proposal evaluation criteria” and (III) “Eligibility Criteria and Grant release process of the faculty research grant”. The second session concluded with presentation from Mr. Deepak Raj Paudel, Lecturer, SOB on Proposal evaluation criteria, Mr. Dipendra Yadav Deputy Controller and lecturer presented on the topic Research proposal and progress report format and finally Mr. Nam Raj Dhami presented on Eligibility criteria and grant release process of faculty research grant.  An active participation was seen from the different members of the workshop which leaded to guideline draft finalization and the theme. The workshop concluded at 6:45 pm with vote of thanks from the executive director, PURC.

Welcome to Guests from Thailand

On October 5, 2012 Pokhara University and Sinawatra University established a formal relationship by signing an MoU at Kathmandu where Her Excellency Thai Ambassador to Nepal Mrs. Kanthong Unakul was also present in the signing ceremony.

DSC02170

As a continuation of this relationship Pokhara University invited the President of Shinawatra University Prof. Dr. Voradej Chandarasorn and his team from Sinawatra University including the Thai Ambassador to visit Pokhara University. On May 1, 2013 PU authorities: Vice Chancellor, Registrar, Deans of different faculties and Executive Director of International Centre welcomed the distinguished guests at Pokhara. During the meeting, discussions were held about the possibility of establishing a Thai Corner in the University Library. Further, the Vice Chancellor emphasized about faculty exchange and also hinted that time has come for both Management Deans office of two Universities to work out seriously to do something concrete regarding the exchange program.

DSC02177

On May 2, 2013 Her Excellency Thai Ambassador to Nepal Mrs. Kanthong Unakul, the President of Shinawatra University Prof. Dr. Voradej Chandarasorn and his team from Sinawatra University visited Pokhara University. The distinguished guests visited the Central Library and the chief librarian brief about the overall management of the library. Apart from this Her Excellency Thai Ambassador to Nepal Mrs. Kanthong Unakul observed the place where the Thai Corner could be established and gave a positive response regarding the establishment of the corner.

DSC02180

After the visit of the library, the team had a meeting in the Korean Information Access Centre where the Dean of Management Studies, Dean of Humanities and Social Science, Director of International Centre, faculties from School of Business and staffs were present. The President of Shinawatra University assured to provide two scholarship quotas for Ph.D. programs. Furthermore, the President emphasized to start faculty exchange program in the area of Finance and Accounting as soon as possible.

DSC02186

The Director of Admission and Development Department, Tanarat Teeratanakiat from Shinawatra University presented about Shinawatra University academic programs and its overall management. Thereafter the team had a meeting with the Vice Chancellor and Registrar of Pokhara University. The Vice Chancellor emphasized for launching a Thai Corner. Finally, the Vice Chancellor was with the opinion that two way frequent visit would be more fruitful for exploring more areas of cooperation.

सङ्कायमा मेरो कुनै हस्तक्षेप रहँदैनः उपकुलपति

पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. खगेन्द्र प्रसाद भट्टराईले एकाडेमिक रूपमा सङ्कायको डीन पद अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्दै उक्त पदमा आसिन हुने जो कोहिको पनि सङ्कायको स्तरवृद्धिका लागि महत्वपूर्ण जिम्मेवारी र दायित्व रहने भएकोले त्यसमा आफ्नो कुनै हस्तक्षेप नरहने उल्लेख गर्नु भएको छ । उहाँले उक्त विचार पोखरा विश्वविद्यालयको व्यवस्थापन सङ्कायको डीन पदमा हालै नियुक्त हुनु भएका डा. कर्णवीर पौड्याललाई विश्वविद्यालय प्राङ्गणमा आज (२०६९ चैत्र २८ गते बुधबार) एक समारोहबीच स्वागत एवम् बधाई दिँदै बताउनु भएको हो । उपकुलपति भट्टराईले विश्वविद्यालयको सङ्कायलाई कसरी परिचालन गर्ने, कार्यक्रमलाई कसरी विस्तार गर्ने, गुणस्तरमा कसरी अभिवृद्धि गर्ने, समाजको मागलाई कसरी परिपूर्ति गर्ने आदि यावत विषय सङ्कायको कार्यक्षेत्र भित्र रहने भएकोले ती विषयमा देखा परेका हरेक चुनौति र अवसरलाई सम्बन्धित डीनले नै सम्बोधन गर्नुपर्छ भन्नुभयो ।

उहाँले विश्वविद्यालयको अध्ययन र अनुसन्धान विषयलाई सँगसँगै लैजानुपर्ने, स्नातकतहका हरेक कार्यक्रमलाई स्नातकोत्तरतहमा पनि सञ्चालन गर्ने, एमफिल र पिएचडिका कार्यक्रम सञ्चालन गर्ने तथा विश्वविद्यालयमा एक मेडिकल कलेज खोल्ने विश्वविद्यालयको नीति रहेकोले सबैले कलेक्टिभ रेस्पोन्सिबिलिटिमा भोलिको काम आज र आजको काम अहिलेनै गर्ने परिपाटी विकसित गनुपर्ने खाँचो औल्याउनुभयो । विश्वविद्यालय भनेको कर्मचारी, शिक्षक एवम् विद्यार्थीको समष्टिरूप हो भन्दै तिनीहरूको सेवा, सुविधा र अधिकारलाई विश्वविद्यालयले उच्च मूल्याङ्कनका साथ कदर गरेको उल्लेख गर्दै उपकुलपति भट्टराईले विश्वविद्यालयको परीक्षालाई समयसापेक्ष रूपमा सञ्चालन गर्न विश्वविद्यालय कटिबद्ध रहेको उल्लेख गर्नुभयो । उहाँले विदेशीने विद्यार्थीलाई स्वदेशमानै पढ्ने वातावरण सिर्जना गरी राष्टिय दायित्व निर्वाह गर्नु पनि विश्वविद्यालयको कर्तव्य भएकोले सम्बन्धित विषयलाई लक्षित गरेर सम्बन्धन खुलाइएको सो अवसरमा जानकारी दिनुभएको थियो ।

DSC01984

कार्यक्रम मानविकी तथा सामाजिकशास्त्र संकायका डीन प्रा.डा. इन्द्रप्रसाद तिवारीले नवनियुक्त डीनलाई स्वागत गर्दै समुच्च रूपमा विश्वविद्यालयको पठनपाठनलाई उच्चतहसम्म पु¥याउन विश्वविद्यालयले कार्यक्रम विस्तार गरी गुणस्तरमा अभिवृद्धि गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले समयसापेक्ष रूपमा मेकानिकल विषयमा, अर्थशास्त्रमा कार्यक्रम विस्तार गर्दै शिक्षकको वृत्ति विकास, सेवा सुविधालाई पनि विश्वविद्यालयले सम्बोधन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

विज्ञान तथा प्रविधि सङ्कायका डीन डा. सुरेश प्रसाद बास्तोलाले आफू विश्वविद्यालयमा नयाँ इतिहास कोर्ने लक्ष्यका साथ अगाडि बढेको उल्लेख गर्दै यसका लागि एउटा मेडिकल कलेज अस्पताल खोल्ने, स्नातकतहका कार्यक्रमको स्तरवृद्धि गर्ने, पाठ्यक्रम रिभाइज गर्दै विश्वविद्यालयले आफ्नो आकारलाई बढाउँदै लैजानुपर्ने विचार व्यक्त गर्नुभयो । डीन बास्तोलाले नयाँ कलेजलाई सम्बन्धन दिँदा विषय एक्सपर्टसँग सल्लाह नगरी नयाँ सम्बन्धन दिनु उचित नहुने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा नवनियुक्त डीन डा. कर्णवीर पौडेलले सङ्कायलाई स्वतन्त्र रूपमा कार्य गर्न दिनुपर्ने उल्लेख गर्दै सङ्कायको संलग्नता र सिफारिसबीना विश्वविद्यालयले नयाँ सम्बन्धन दिन नहुने तर्क राख्नुभयो । विद्यार्थी भर्ना, प्रवेश परीक्षालाई सङ्कायको मातहतभित्र नै सञ्चालन गर्नुपर्ने, सिम्याटको परीक्षालाई केन्द्रिकृत गर्नुपर्ने, क्यालिटि एस्यूरेन्स, करिकुलम रिभिजन समयसापेक्ष हुनुपर्ने, सङ्कायका कामकारवाहीमा कार्यकारी परिषद्ले हस्तक्षेप गर्न नहुने उल्लेख गर्दै डा. पौड्यालले सङ्कायलाई निर्भिक भएर कार्य गर्न ऐन, नियम, विनियममा अवरोध भएमा तिनको समेत संशोधन र बाधा अड्काउ फुकाउनुपर्ने विचार व्यक्त गर्नु भयो । आफूले सबैको सहयोग पाएमा सङ्कायको सबलीकरणमा महत्वपूर्ण भूमिका खेल्ने उहाँको विचार थियो ।

परीक्षा नियन्त्रक बलराम भट्टराईले विश्वविद्यालयमा जो कोहि जुनसुकै ढोकाबाट प्रवेश गरेपनि विश्वविद्यालयको हितलाई केन्द्रविन्दुमा राखेर बिग एण्ड बेटरको धारणाले सबैले कार्य गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

पोखरा विश्वविद्यालय प्राध्यापक संघका अध्यक्ष पूर्णबहादुर खाँडले विश्वविद्यालयमा सबैले आस्थाको लागि नभई निरपेक्ष ढंगले विश्वविद्यालयको हितलाई अगाडि राखेर कार्य गर्नुपर्ने, सबैले आफ्नो कार्यक्षमतालाई सामान्य गतिबाट तिव्रगतिमा लैनानुपर्ने, परीक्षा तथा डीन कार्यालयको क्षमता बढाउनुपर्ने, करार प्राध्यापकको सेवाको सुरक्षा गरिनुपर्ने, शिक्षक तथा कर्मचारीको सेवा सुविधालाई समयानूकुल वृद्धि गर्दै लैजानुपर्ने र तिनीहरूलाई आवासको पनि विश्वविद्यालयले व्यवस्था गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै कर्मचारी संघका अध्यक्ष रविन्द्र प्रसाद बरालले विश्वविद्यालकाय पदाधिकारीहरू आग्रह, पूर्वाग्रहमा नलागी कार्य गर्नुपर्ने र विश्वविद्यालयले गरेका हरेक वार्ता सम्झौताका बुँदाहरूलाई गम्भिर भएर लागूगर्नुपर्ने विचार व्यक्त गर्नुभएको थियो । केन्द्रका निर्देशकहरू, सङ्कायका सहायक डीनहरू, स्कूलका निर्देशकहरू, कार्यक्रम संयोजकहरू, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरू उपस्थित उक्त कार्यक्रमको सञ्चालन सहायक प्रशासक रजनी के.सी. ले गर्नुभएको थियो ।

पौड्याल व्यवस्थापन सङ्कायको डीन पदमा नियुक्त

पोखरा विश्वविद्यालयको व्यवस्थापन सङ्कायको डीन पदमा पृथ्वीनारायण क्याम्पस, पोखराका सह–प्राध्यापक डा. कर्णवीर पौड्याल नियुक्त हुनु भएको छ । पोखरा विश्वविद्यालय कार्यकारी परिषद्को २०६९ चैत्र २३ गते शुक्रबार बसेको बैठकले उहाँलाई पोखरा विश्वविद्यालय ऐन २०५३ को दफा २७ (२) बमोजिम ४ वर्षका लागि उक्त पदमा नियुक्ति गरेको हो । उहाँ पोखरा विश्वविद्यालयमा यस अघि परीक्षा नियन्त्रक पदमा वि.सं. २०६४ मङ्सीर २४ गतेदेखि २०६८ मङ्सीर २३ गतेसम्म कार्यरत रही ४ वर्षे सेवा अवधिबाट सेवा निवृत्त हुनु भएको थियो ।

DSC07809                                                                          डा. कर्णवीर पौड्याल

225212_10152597729715724_131698810_n                                                                          ई. बुद्धिराज जोशी

यसै गरी शुक्रबार बसेको कार्यकारी परिषद्को बैठकको निर्णयानुसार स्कूल अफ ईञ्जिनियरिङ्ग, पोखरा विश्वविद्यालयका बिई सिभिल कार्यक्रमका कार्यक्रम संयोजक ई. बुद्धिराज जोशीलाई अर्को व्यवस्था नभएसम्मका लागि उक्त स्कूलको स्कूल निर्देशकले गर्ने भनि तोकिएको कार्य गर्न थप जिम्मेवारी पनि दिइएको छ ।

Visit from Emilio Aguinaldo College, Philippines

DSC01929

April 3, 2013. A delegation of dignitaries from Emilio Aguinaldo College Manila, Philippines visited Pokhara University and had interaction with Pokhara University officials. The delegation was led by Dr Jose P Campos, President Emilio Aguinaldo College who was also an Honorary Counsel of Nepal for the Republic of the Philippines. Dr Valentino Baac, Vice President of Emilio Aguinaldo College who was also the Director for International Affairs and Dr Sergio Paguio, Dean School of Medicine, Emilio Aguinaldo College were accompanying him on the occasion.

DSC01950

In the interaction program Mr. Purna Chandra Sharma, Director, International relation, Pokhara University welcomed the guests whereas Dr. Suresh Prasad Bastola, Dean, Faculty of Science and Technology presented the overview of science and technology programs in Pokhara University followed by the presentation by Dr Jose and his team about the Emilio Aguinaldo College Manila. Then the officials of both institutions had bilateral discussions which concluded in the agreement of having academic relationships like student and faculty exchanges, research and development activities. Finally, Prof Dr Padam Bahadur Sahi, Assistant Dean, Faculty of Science and Technology, Pokhara University bided the vote of thanks.

The interaction program was emceed by Assoc. Prof G M Khan, Pokhara University whereas Prof Dharma Raj Shrestha, Prof Bishnu Raj Tiwari, Mr Niraj Chaudhary,  Mrs. Kalpana Regmi, Mr Nabaraj Pandey, Mr. Manoj Singh, Mr. Sunil Regmi and Mr. Lok Prasad Dhakal from Pokhara University were also amongst the participants in the interaction program. Program was held in Information Access Center(IAC), Pokhara University, Lekhnath, Kaski, Nepal

Capacity Building for Small & Medium-sized Enterprises नामक विषयमा कक्षा सञ्चालन

DSC01913

Handong Global University, Pohang, Korea को अग्रसरता  र UNESCO UNITWIN Ministry of Education, Republic of Korea  प्रायोजनमा पोखरा विश्वविद्यालयको  Information Access Center (IAC) मा Capacity Building for Small & Medium-sized Enterprises  नामक विषयमा विश्वविद्यालयका पदाधिकारी र स्कूल अफ बिजनेश, पोविका प्राध्यापकहरूको समुपस्थितिमा एमबिएमा अध्ययरत विद्यार्थीहरूलाई  Handong Global University  का ३ जना प्राध्यापकहरूले २०६९ चैत १५ गते कक्षा लिनुभयो । उक्त विश्वविद्यालयका  Prof. Dr. Daiyon Cho  ले Information Technology for Business in Digital Era  को बारेमा, Prof. Dr. Kee-Seon Yoo ले Global Challenges and Roles of CEO को बारेमा र Prof. Dr. Jinwon Ahn ले Korean Economic Development: Its Secrets and More  को बारेमा कक्षा लिनु भएको थियो ।

Handong Global University  को उक्त टोलीले विश्वविद्यालयका उपकुलपति प्राध्यापक खगेन्द्रप्रसाद भट्टराईसँग नेतृत्व विकासको क्षेत्रमा संयुक्त कार्यक्रम सञ्चालन गर्ने विषयमा उपकुलपतिको कार्यकक्ष लेखनाथमा संक्षिप्त विचार विमर्श पनि गरेको थियो ।

MOU between PU & Emilio Aguinaldo College

Pokhara University(PU) and Emilio Aguinaldo College (EAC) the two parties find it mutually beneficial to initiate cooperation and partnership in the following areas of interest to both parties:

  1. The exchange of faculty members, scholars, and students for advanced studies and research;
  2. The exchange of information, theses, teaching materials, and other technological and scientific literature;
  3. The collaborative endeavors in scientific and technological researches;
  4. The organization of bilateral joint symposia, workshops, and conferences;
  5. The exchange visits by members of faculty of the two institutions and
  6. The conduct of joint and integrated programs for students.

The MOU was signed by Prof. Khagendra Prasad Bhattarai, Vice Chancellor, on behalf of Pokhara University, Nepal and Jose Paulo E. Campos, Ed.D., President, on behalf of Emilio Aguinaldo College, Ermita, Manila, Philippines on 13 March 2013. Witnesses by Dr. Manbahadur KC, Registrar, on behalf of Pokhara University and Valentino G. Baac, PhD, Vice President for Academic Affairs, on behalf of Emilio Aguinaldo College.

 

 

व्यवस्थापन संकायको डीन पदबाट प्रधान सेवा निवृत्त

farewell_geeta

पोखरा विश्वविद्यालयको व्यवस्थापन संकायको डीन पदमा कार्यरत प्रा.डा. गीता प्रधान २०६९ चैत्र १ गतेदेखि सेवा निवृत्त हुनुभयो । उहाँ वि.सं. २०६५ चैत्र २ गते उक्त पदमा ४ वर्षका लागि नियुक्त हुनुभएको थियो । डीन पदबाट सेवा निवृत्त हुनुभएका प्रधानलाई विश्वविद्यालयले चैत्र ४ गते एक औपचारिक कार्यक्रमको आयोजना गरी बिदाइ गर्यो ।

उक्त बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. खगेन्द्रप्रसाद भट्टराईले बिदाइ शब्द त्यति राम्रो नलागे पनि निश्चित सेवा अवधि पुरा गरी बिदाइ हुनु भएका प्रा.डा. गीता प्रधानले विश्वविद्यालयमा रही इमान्दारीपूर्वक कर्तव्यनिष्ठ भएर आफ्नो जिम्मेवारी पुरा गर्नुभएको उल्लेख गर्नुभयो । उपकुलपति भट्टराईले आर्थिक लेनदेन, मितव्ययीता एवम् विश्वविद्यालयको स्ट्रक्चर आदिमा सुधार ल्याउने विषयमा उहाँले धेरै गृहकार्य गर्नुभएको र ती सबै सकारात्मक पाठको रूपमा सबैले लिनुपर्ने बताउनुभयो ।

उक्त बिदाई कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रा.डा. गीता प्रधानले पोखरा विश्वविद्यालयमा रही कार्य गर्दा सबैको सकारात्मक सहयोग पाएको उल्लेख गर्दै विश्वविद्यालय जस्तो वृहत निकायमा समूह बनाएर कार्य गर्न सके विश्वविद्यालयले अपेक्षित फड्को पार गर्न सक्ने आफूलाई अनुभूति भएको विचार व्यक्त गर्नु भयो । उहाँले विश्वविद्यालयको हितका लागि बन्द हड्ताल सबैले सधंैका लागि बन्द गरी विश्वविद्यालयको शैक्षिक पात्रोलाई नियमित गर्नुपर्ने बताउनु भयो । स्वदेशमा विदेशी विश्वविद्यालयहरूको सम्बन्धन भित्रिने क्रम बढ्दै गएको उल्लेख गर्दै प्रा.डा. गीता प्रधानले प्रतिस्पर्धामा जान पनि शैक्षिक पात्रोलाई नियमित गरे मात्र सम्भव रहेको उल्लेख गर्नु भयो । उहाँले विश्वविद्यालयलाई दक्षिण एसियाको नमूना विश्वविद्यालयको रूपमा चिनाउन अध्यापन र कार्यरत शिक्षक कर्मचारीको वृत्ति विकास र सुविधामा विश्वविद्यालयले विशेष ध्यान दिनु जरूरी छ भन्नु भयो । बिदाइ कार्यक्रममा प्रा. डा. गीता प्रधानलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा निकायका प्रमुखहरू, कार्यक्रम संयोजकहरू आदिको उपस्थिति रहेको थियो ।

Singing National Anthem

[youtube width=”530″ height=”398″]http://www.youtube.com/watch?v=ErsovMVccns&feature=youtu.be[/youtube]

 

Singing National Anthem on Pokhara University’s 10 Convocation Ceremony.

Senate Member

[youtube width=”530″ height=”398″]http://www.youtube.com/watch?v=TeWAxnMZuzw&feature=youtu.be[/youtube]

 

Senate Member’s processing towards Ceremony Area on 10th Convocation Ceremony.

MOU between PU & SCTIMST

signcer_001

signcer_002

On February 4, 2013 Vice Chancellor of Pokhara University Prof. Khagendra Prasad Bhattarai  and Director Prof. K Radhakrishnan of Shree Chitra Tirunal Institute of Science and Medical Technology signed an Memorandum of Understanding at Achutha Menon Centre for Health Science Studies, Trivandrum, Kerala, India.  On this occasion the head of Achutha Menon Centre for Health Science Studies, Prof. K R Thankappan and Mr. Purna Chandra Sharma Executive Director of International Center of Pokhara University also represented from the respective institutes. Mr. Tulsi Ram Bhandari, PhD student of SCTIMST was also present in the signing ceremony.

MOU between PU & Handong Global University

hankor

Pokhara University (PU) located in Kaski, Nepal, agrees to join the network of universities of UNITWIN (University Twinning and Networking) on Capacity Building of Sustainable Development in Developing Countries for which Handong Global University (HGU) located in Pohang, Repulic of Korea is the host University. As part of the program, PU and HGU wish to enhance relations between the two universities and to develop academic and cultural exchange programs in the areas of education, research, and other activities and agree to cooperate and work together towards the internationalization of higher education and the goal of the UNITWIN programme. The areas of cooperation include any programs offered at either university which are felt to be desirable and feasible for the development and strengthening of cooperative relationships between the two institutions and helpful for UNITWIN Programme. However, any specific programs shall be subject to mutul consent, availability of funds, and approval of each university. Such programs may include:

  • Exchange of faculty members
  • Exchange of students
  • Joint research projects
  • Joint degree programs

The terms of such mutual assistance and cooperation shall be discusssed and agreed upon in writing by the appropriate responsible officers of both parties prior to the initiation of any particular program or activity. Signed for and on behalf of Pokhara University by Vice-Chancellor, Prof. Khagendra Prasad Bhattarai and Dr. Young-Gil Kim, President, Handong Global University on December 2, 2012.

MOU between PU & Shinawatra University

shinawa

This Memorandum of Understanding between Pokhara University located in Pokhara, Nepal and Shinawatra University located in Pathum thani, Thailand, is made with the objective of facilitating mutual friendship, academic research and educational co-operation. Purpose of this Agreement This general agreement will provide a general and common framework for any further agreements that will be made on specific forms of mutual collaboration. Different Activities of Mutual Co-operation in order to promote the co-operation these two institutions may undertake various activities such as those listed below. The details of the co-operation will be specified through separate negotiations.

  1. Management of academic and research administration in various programs of study
  2. Promotion of credit mobility between the two institutes in accordance with the total number of credits earned by a student registered in required courses. Those transferred credits shall be recognized by the the institute a student transfers to. Hence, each institute shall specify the principles and details of credit transfer based on appropriate academic quality and standards.
  3. Human resources development for both institutes by exchanging and accumulating training in skills, experience and knowlege of various types and levels,
  4. Exchange of students and internships
  5. Exchange of information and publications
  6. Student recruitment
  7. Joint program, research projects, including conferences, meetings, study trips, and project consultancy; each case to be discussed separately,
  8. Cultural exchange program and logistic services,
  9. Other Activities mutually agreed upon by these two institutions.

The MOU was signed by Prof. Dr. Voradej Chandarasorn, President, on behalf of Shinawatra University Thailand and Prof. Khagendra Prasad Bhattarai, Vice Chancellor on behalf of Pokhara University on 1st October 2012. Witness by Asst. Prof. Dr. Chanchai Bunchapattanasakda, Dean, School of Management on behalf of Shinawatra University Thailand and Dr. Manbahadur KC, Registrar, on behalf of Pokhara University.