Anusuchi Kha Form Anusuchi Ka Form




MBA Result_Winter 2020_uniglobe
MBA(Finance) Result_Winter 2020_uniglobe
NOTICE FOR RE-TOTALING/RE-CHECKING
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of the Controller of Examinations, Lekhnath, Pokhara by 08 March 2022 (2078-11-24) at 5:00 PM.
MDEVS_1st Fall 2021 MDEVS_2nd Fall 2021
MDEVS_3rd Fall 2021 MDEVS_4th Fall 2021
MPGD_1st Fall 2021 MPGD_2nd Fall 2021
MPGD_3rd Fall 2021 MPGD_4th Fall 2021
NOTICE FOR RE-TOTALING/RE-CHECKING
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of the Controller of Examinations, Lekhnath, Pokhara by 08 March 2022 (2078-11-24) at 5:00 PM.


२०७८ साल फागुन ८ गते आइतबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालयको १७ औं दीक्षान्त समारोह सम्पन्न भएको छ । विश्वविद्यालयको दीक्षान्त समारोहमा विगत तीन वर्षदेखि विविध कारणले हुन सकेको थिएन । १७ औं दीक्षान्त समारोहको अध्यक्षता प्रधानमन्त्री तथा पोखरा विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले गर्ने तय भएतापनि अन्तिम समयमा उहाँ सहभागि हुन नसकेपछि पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले गर्नुभएको थियो । समारोहमा शिक्षामन्त्री पनि आउने तय भएतापनि उहाँपनि उपस्थित हुन सक्नुभएन ।
दीक्षान्त समारोहको अक्ष्यक्षता गरिरहनु भएका पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले पोखरा विश्वविद्यालयको आफ्नै एउटा छुट्टै पहिचान रहेको र त्यो भनेको यसले नेपालका अरू विश्वविद्यालयको तुलनामा शैक्षिक पर्यटन र स्वास्थ्य पर्यटनको विकासमा महत्वपूर्ण योगदान दिन सक्दछ भन्ने रहेको उल्लेख गर्नुभयो । उहाँले पोखराकोे प्राकृतिक सम्पदा, मौलिकता तथा पहिचान झल्कने गरी शिक्षा, स्वास्थ्य, पर्यटन र उद्योगका विविध पक्षलाई समेटी पोखरा विश्वविद्यालयले आफ्ना नीति तथा कार्यक्रमहरूलाई विस्तार गर्दै लैजाने बताउनुभयो । दीक्षित विद्यार्थीलाई सम्बोधन गर्दै उपकुलपतिले भन्नुभयो– “तपाईहरू जस्ता जोश, जाँगर र सीपले निपुण दक्ष युवाहरू विकसित र समुन्नत राष्ट्र निर्माण गर्ने कार्यमा मजबूत आधार र बलियो खम्बा हो । भोलि देशलाई कस्तो बनाउने, कुन दिशामा लैजाने हो तपाईरूमा नै निर्भर गर्दछ ।” उपकुलपतिले आफ्नो सीप र दक्षतालाई विद्यार्थीले देशको गौरव तथा प्रतिष्ठा बढाउन सदुपयोग गर्नुपर्ने बताउनुभयो । यसका लागि प्रतिबद्धतासहित दत्तचित्त, कर्मठ र कर्तव्यपथमा अडिग र निर्भिक भएर लाग्न उहाँले विद्यार्थीलाई आग्रह गर्नुभयो ।
दीक्षान्त समारोहका प्रमुख अतिथि वरिष्ठ शिक्षाविद् एवम् काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुरेशराज शर्माले गण्डकी प्रदेश प्राकृतिक सौन्दर्यतामा निकै बलियो रहेको, सांस्कृति र ऐतिहासिक दृष्टिकोणले पनि यो प्रदेश निकै धनि रहेको उल्लेख गर्नुभयो । उहाँले यस प्रदेशमा प्रखर चिन्तक, लेखक, कवि र विद्वानहरूको प्रचुरता रहेको, राम्रा विद्यापिठहरू पनि यहि रहेको तथा जलविद्युत उत्पादनमा पनि अग्रणी रहेको उल्लेख गर्नुभयो । उहाँले देश प्राकृतिक स्रोत र साधनले धनि हुँदाहुँदै पनि विज्ञान र प्रविधिमा पछि रहेको तथा जलस्रोत र यातायात क्षेत्रले पनि अपेक्षित गति लिन नसकेकोमा दुःख व्यक्त गर्नुभयो । देशमा युवा बेरोजगारीको कहाली लाग्दो अवस्था रहेको र व्यापार सन्तुलन घाटामा रहेको उल्लेख गर्दै उहाँले हामीलाई मागेर खाने होइन गरेर खाने शिक्षा चाहिएको उल्लेख गर्नुभयो । उहाँले हामीले देशभित्रै कृषि क्षेत्रमा क्रान्ति ल्याई उत्पादनलाई निर्यात गर्नुपर्ने र विदेशी सहायता रोक्नुपर्नेमा जोड दिनुभयो । यसका लागि देशभित्र उच्च, मध्यम र तल्लोस्तरको अत्यधिक दक्ष जनशक्ति आवश्यक पर्ने बताउँदै प्रविधि, स्वास्थ्य, सञ्चार, कृषि र निर्माण क्षेत्रको विकासमा मुलुकले गम्भिर भएर सोच्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
दीक्षान्त समारोहमा स्वागत मन्तव्य राख्दै मानविकी तथा सामाजिक शास्त्र संकाय डीन सह–प्रा. डा. अजय थापाले पोखरा विश्वविद्यालय गण्डकी प्रदेशको मात्र नभई उच्चशिक्षामा विशिष्टिकृत पहिचान दिदै आएको मुुलुकको एउटा महत्वपूर्ण शैक्षिक संस्था भएको बताउनु भयो । उहाँले पोखरा विश्वविद्यालयले सञ्चालन गरेका शैक्षिक कार्यक्रमहरू स्तरीय, रोजगारमुखी, बजारोन्मुख, उत्पादनमुखी र व्यवसायिक किसिमका रहेकाले यसले मुलुकको सर्वाङ्गिण विकासका लागि आवश्यक पर्ने विविध ज्ञान र सीपयुक्त दक्ष जनशक्तिको आपूर्तिलाई सहज तुल्याएको उल्लेख गर्नुभयो । उहाँले विद्यार्थी राष्ट्रका गहना र अमूल्य रत्न भएकाले आफ्नो कर्तव्यपथमा नडगमगाई निर्वाध स्वत–स्फूर्त रूपमा राष्ट्र निर्माण र परिवर्तनको संवाहकको रूपमा दीक्षान्त समारोहमा शपथ लिनुपर्नेमा जोड दिनुभयो ।
विश्वविद्यालयको प्राङ्गण, पोखरा–३०, खुदी ढुङ्गेपाटनमा आयोजित १७ औं दीक्षान्तको विशेष समारोहमा २०७५ चैत्र २० गतेपछि २०७८ साल फागुन महिनाको १ गतेसम्म ट्रान्स्क्रिप्ट लिएका विभिन्न शैक्षिक कार्यक्रमका तहपार गरेका कुल ११,२६८ जना विद्यार्थीहरुलाई दिक्षित गरिएको थियो । दीक्षित विद्यार्थीमध्ये मानविकी तथा व्यवस्थापनतर्फको विद्यावारिधि तहमा तीन जना, विज्ञान तथा प्रविधि संकायको स्नातकोत्तरतहमा ४९४ जना र स्नातकतहमा २,५२१ जना र स्वास्थ्य विज्ञान संकायको स्नातकोत्तरतहमा ८४ जना र स्नातकतहमा १,०१४ जना छन् । त्यसैगरी मानविकी तथा सामाजिकशास्त्र संकायअन्तर्गतको एमफिल तहमा ९७ जना, स्नातकोत्तरतहमा ९३ जना र स्नातकतहमा ५७ जना तथा व्यवस्थापन संकायको स्नातकोत्तरतहमा १,६९६ जना र स्नातकतहमा ५२०५ जना विद्यार्थी दीक्षित भएका छन् ।
दीक्षान्तमा विभिन्न विधाका ९३१ जना विद्यार्थी डीन लिष्टमा पर्न सफल भए । जसमध्ये व्यवस्थापन संकायको स्नातकोत्तरतहमा २१९ जना र स्नातकतहमा ३९० जना, स्वास्थ्य विज्ञान संकायको स्नातकोत्तरतहमा १८ जना र स्नातकतहमा ९५ जना, विज्ञान तथा प्रविधि संकायको स्नातकोत्तरतहमा ५७ जना र स्नातकतहमा १३६ जना, मानविकी तथा सामाजिकशास्त्र संकायको एमफिलतहमा ५ जना, स्नातकोत्तरतहमा ६ जना र स्नातकतहमा ५ जना विद्यार्थी छन् ।
दीक्षान्त समारोहमा विद्यावारिधि तहमा सर्वोकृष्ट अंक प्राप्त गर्ने ३ जनालाई कुलपति पदक, स्नातकतहका विभिन्न विधामा सबैभन्दा उच्च अंक प्राप्त गर्ने ८ जनालाई उपकुलपति पदक र स्नातकोत्तरतहका विभिन्न विद्यामा सबैभन्दा उच्च अंक प्राप्त गर्ने १६ जना विद्यार्थीलाई कुलपति पदकले विभूषित गरिएको थियो । साथै कम्प्यूटर एप्लिकेशन स्नातकतहमा सबैभन्दा उच्च अंक प्राप्त गर्ने ३ जना विद्यार्थीलाई ओसिईएम गोल्ड मेडलबाट विभूषित गरिएको थियो ।
दीक्षान्तका तस्विरः

HU-Merit-Others HU-Merit-Public
Management-Merit-Others Management-Merit-Public
S & T-Ka-Others S & T-Ka-Public
S & T-Kha-Others S & T-Kha-Public







MBA_1st_Winter-2020 MBA_2nd_Eve_JH_Winter-2020
MBA_6th_Finance_Winter-2020 MBA_6th_GB_Winter-2020
MBA_6th_Winter-2020 MBA_8th_Eve_JH_Winter-2020
NOTICE FOR RE-TOTALING/RE-CHECKING
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of the Controller of Examinations, Lekhnath, Pokhara by 30 January 2022 (2078-10-16) at 5:00 PM.
M. Sc. Computer Science_1st Fall 2021 M. Sc. Computer Science_2nd Fall 2021
M. Sc. Computer Science_3rd Fall 2021 M. Sc. Computer Science_4th Fall 2021
M. Sc. EEPS_1st Fall 2021 M. Sc. EEPS_2nd Fall 2021
MCIS_1st Fall 2021 MCIS_2nd Fall 2021
MCIS_3rd Fall 2021 MCIS_4th Fall 2021
ME. Computer_1st Fall 2021 ME. Computer_2nd Fall 2021
ME. Computer_3rd Fall 2021 ME. Computer_4th Fall 2021
NOTICE FOR RE-TOTALING/RE-CHECKING
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of the Controller of Examinations, Lekhnath, Pokhara by 28 January 2022 (2078-10-14) at 4:00 PM.