पोखरा विश्वविद्यालय सेवा आयोगको कार्यालयको लिखित परीक्षासम्बन्धी सूचना
Faculty of Science and Technology: Central Entrance Examination Notice for Master Level Programs
Central Entrance Examination Notice for Master Level Programs
Latest Paying Applications
ME Fee Paying, 2080_Category(D)
Valid From: 2023-04-25
Valid Till: 2023-05-09
ME Fee Paying, 2080_Category(C)
Valid From: 2023-04-25
Valid Till: 2023-05-09
ME Fee Paying, 2080_Category(B)
Valid From: 2023-04-25
Valid Till: 2023-05-09
ME Fee Paying, 2080_Category(A)
Valid From: 2023-04-25
Valid Till: 2023-05-09
व्यवस्थापन अध्ययन संकाय अन्तर्गत MBA/MHCM/MCIS स्नातकोत्तरतह छात्रवृत्ति कार्यक्रमको Awarded List प्रकाशित गरिएको सम्बन्धि सूचना ।
School of Engineering: Invitation for Bids

स्कूल अफ ईञ्जिनियरिङः कोर्ष करार सेवामा शिक्षक पदपूर्तिको नतिजा प्रकाशनसम्बन्धी सूचना

Faculty of Science and Technology: Preliminary Information for Upcoming Master Level Admission

पोखरा विश्वविद्यालय शिक्षण अस्पतालः दरभाउपत्र स्वीकृत गर्ने आशयको सूचना

मानविकी तथा सामाजिकशास्त्र संकाय अन्तर्गत MPhil/M.A. English/MPGD स्नातकोत्तरतह छात्रवृत्ति कार्यक्रमको Merit List र Awarded List प्रकाशित गरिएको सम्बन्धि सूचना ।
व्यवस्थापन अध्ययन संकाय अन्तर्गत MBA/MHCM/MCIS स्नातकोत्तरतह छात्रवृत्ति कार्यक्रमको Merit List प्रकाशित गरिएको सूचना ।
Call for PURC Research Grant Proposals
PUMAT Results
स्कूल अफ ईञ्जिनियरिङः कोर्ष करार सेवामा शिक्षक पदपूर्तिसम्बन्धी सूचना

पोखरा विश्वविद्यालयको महिला छात्रावाससम्बन्धी सूचना
स्वास्थ्य विज्ञान सङ्कायः स्नातकतह छात्रवृत्ति कोटामा विद्यार्थी भर्नासम्बन्धी सूचना
Admission Open for MPGD

व्यवस्थापन अध्ययन संकाय अन्तर्गत MBA/MHCM/MCIS स्नातकोत्तरतह छात्रवृत्ति कार्यक्रमको पास लिष्ट प्रकाशित गरिएको सूचना ।
PUMAT परीक्षा केन्द्र निर्धारणसम्बन्धी सूचना

School of Engineering: Invitation for Bids

पोखरा विश्वविद्यालय सेवा आयोगको कार्यालयको लिखित परीक्षाको नतिजा प्रकाशन तथा अन्तरवार्तासम्बन्धी सूचना

पोखरा विश्वविद्यालयको महिला छात्रावाससम्बन्धी सूचना

स्नातकोत्तर तथा एमफिल तह छात्रवृत्ति कार्यक्रमको समयावधि थप गरिएको सूचना सम्बन्धमा ।
पोखरा विश्वविद्यालय शिक्षण अस्पतालः दरभाउपत्र स्वीकृत गर्ने आशयको सूचना

स्कूल अफ ईञ्जिनियरिङ्गः सर्भे क्याम्प सञ्चालसम्बन्धी शिलबन्दी दरभाउपत्र आव्हानको सूचना
बैशाखमा आकस्मिक सेवा सुचारू गर्दै पोखरा विश्वविद्यालय शिक्षण अस्पताल
बैशाखमा आकस्मिक सेवा सुचारू गर्दै पोखरा विश्वविद्यालय शिक्षण अस्पताल

२०७९ चैत्र ८ गते बुधबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालयले शिक्षण अस्पताललाई पूर्ण रूपमा सञ्चालन गर्ने तयारी गरेको छ । २०७९ भदौ २२ गतेदेखि ओपिडि सञ्चालन गर्दै आएकोमा आउँदो २०८० बैशाखको पहिलो हप्तादेखि आकस्मिक सेवा सञ्चालन गर्ने तयारीमा विश्वविद्यालय रहेको छ।
पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान सङ्कायका डीन डा. अमर नागिलाले शिक्षण अस्पताल सञ्चालनको सम्पूर्ण प्रक्रियाहरू अन्तिम चरणमा रहेको उल्लेख गर्नुभयो । उहाँले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशका सचिवको संयोजकत्वमा गठित वातावरणीय अध्ययन प्रतिवेदन जाँचबुझसम्बन्धी प्राविधिक समितिलाई विश्वविद्यालयले शिक्षण अस्पतालको वातावरणीय परिक्षण प्रतिवेदन प्रस्तुत गरिसकेको र मन्त्रालयले त्यसको चाँडै टुङ्गो लगाउने बताउनुभयो । “मन्त्रालयले काम गर्दै गर्नुस् भनेको छ, तर सञ्चालन अनुमतिपत्र पाएपछि १०० शैयाको अस्पतालको रूपमा हामी पूर्ण रूपमा सर्भिस दिन्छौं”–डीन नागिलाले भन्नुभयो । पोखरा विश्वविद्यालय शिक्षण अस्पतालका निर्देशक डा.दिपेन्द्र कुमार यादवले अस्पताल सञ्चालनका लागि जनशक्ति व्यवस्थापन भइसकेको र आवश्यक फर्निचर तथा उपकरणहरूको यथेष्ट व्यवस्थापन गरी वैशाखको पहिलो हप्तादेखि आकस्मिक सेवा सञ्चालन गर्ने तयारीमा रहेको जानकारी दिनुभयो । विश्वविद्यालयका ईञ्जिनियर सुदिप अधिकारीले अस्पतालको सम्पूर्ण निर्माण कार्य सम्पन्न भइसकेकोले रंगरोगनको अन्तिम कार्य हुँदै गरेको बताउनुभयो ।

पोखरा विश्वविद्यालय शिक्षण अस्पताल पोखरा–३०, खुदी, ढुंगेपाटनमा अवस्थित पोखरा विश्वविद्यालय प्राज्ञिक भवन कम्प्लेक्सको पूर्वपट्टि रहेको ११ रोपनी ३ आना (६०,४५० वर्गफिट) जग्गामा निर्माण भएको छ ।
अस्पतालको मुख्य भवनमा प्याथोलोजी ल्याब–१ वटा, रेडियोलोजी ल्याब–१ वटा, ओपिडि कक्ष–५ वटा, आकस्मिक कक्ष–१ वटा र जनरल वार्ड–१ वटा, माइनर ओ.टि. कक्ष– १ वटा र फार्मेसी–१ वटा रहने छ । त्यसैगरी पहिलो तलामा जनरल वार्ड–३ वटा, आई.सि.यू. कक्ष – १ वटा, माइनर ओ.टि.–१ वटा, मेजर ओ.टि.– २ वटा, प्रि अप कक्ष– १ वटा, पोष्ट अप कक्ष– १ वटा र सिंगल बेड क्याबिन २ वटा रहने छन् । अस्पतालको ट्रष्ट ब्लक १ मा निर्देशक कक्ष, प्रशासन शाखा, लेखा शाखा, म्याट्रोन कक्ष र प्राविधिक शाखा रहने छन् भने उक्त ब्लकमा जनरल वार्ड २ वटा, सिंगल बेड क्याबिन ५ वटा, फिजियोथेरापी कक्ष, मर्मत सम्भार कक्ष, लन्ड्री र क्यान्टिन रहने छ । त्यसैगरी अस्पतालको ट्रष्ट ब्लक २ मा बहुउद्देश्यीय हल, ईलेक्ट्रिक कोठा र फोहोर व्यवस्थापन कोठा रहने छ।
अस्पतालमा तलमाथि सहज पहुँच र ओसार पसारका लागि Ramp को व्यवस्थाका साथै अशक्त व्यक्तिहरूको लागि यथेष्ट ट्वाईलेट बाथरूमको व्यवस्था गरिएको छ । शिक्षण अस्पतालमा सर्वसाधारण प्रवेशका लागि एउटा गेट र सवारी साधन आउन जानका लागि दुईवटा गेटको व्यवस्था गरिएको छ भने प्रत्येक गेटमा गार्ड हाउसको व्यवस्था गरिएको छ । अस्पताल परिसरमा सडक बत्ति, खुला स्थान र यथेष्ट पार्किङ्गको व्यवस्थाका साथै हरियाली तुल्याउन अस्पताल वरिपरि वृक्षारोपन गरिएको छ ।
अस्पताल परिसरका तस्विरहरूः
School of Engineering: Invitation for Bids

Pokhara University Teaching Hospital: Invitation for Sealed Quotation
Faculty of Humanities and Social Sciences: PhD Entrance Result
School of Engineering: Invitation for Bids

MBA/MBA-Finance/MBA-Global Business/MCIS/MHCM Masters Level Scholarship/Fee Paying कार्यक्रमहरुमा Online दरखास्त फाराम भर्ने सम्बन्धि सूचना ।
Admission Open for MPGD and MA in English

स्नातकोत्तर तथा एमफिल तहमा छात्रवृत्ति सम्बन्धि सूचना
Call for Papers

Faculty of Health Sciences: Invitation for Sealed Quotation Procurement of Medicine

बिदासम्बन्धी सूचना

जानकारी सम्बन्धमा

Faculty of Health Sciences: Invitation for Sealed Quotation

अपिल

पोखरा विश्वविद्यालयको १८ औं दीक्षान्त समारोह सम्पन्न, कुल ६,९९९ जना विद्यार्थी दीक्षित
पोखरा विश्वविद्यालयको १८ औं दीक्षान्त समारोह सम्पन्न, कुल ६,९९९ जना विद्यार्थी दीक्षित

२०७९ साल फागुन ८ गते सोमबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालयको १८ औं दीक्षान्त समारोह सम्पन्न भएको छ । सम्माननीय प्रधानमन्त्री तथा पोखरा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा पोखरा विश्वविद्यालय प्राङ्गण लेखनाथमा आयोजित १८ औं दीक्षान्तमा समारोह सम्पन्न भएको हो ।
पोखरा विश्वविद्यालयको १८ औं दीक्षान्तको विशेष समारोहमा विभिन्न शैक्षिक कार्यक्रममा तह पार गरी २०७९ माघ २० गतेसम्म ट्रान्स्क्रिष्ट लिएका कुल ६,९९९ जना विद्यार्थीहरूलाई दीक्षित गरिएको थियो । दीक्षित विद्यार्थीमध्ये मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गत एमफिल तहमा ३५ जना, स्नातकोत्तरतहमा ५१ र स्नातकतहमा ३५ जना गरी कुल १२१ जना विद्यार्थी छन् । त्यसै गरी व्यवस्थापन सङ्कायअन्तर्गत विद्यावारिधितहमा १ जना, स्नातकोत्तरतहमा ९५२ र स्नातकतहमा ३,२६४ जना गरी कुल ४,२१७ जना छन् । त्यस्तै विज्ञान तथा प्रविधि सङ्कायतर्फ स्नातकोत्तरतहमा २८२ र स्नातकतहमा १,५७२ जना गरी कुल १,८५४ जना छन् । दीक्षित विद्यार्थीमा स्वास्थ्य विज्ञान सङ्कायअन्तर्गत स्नातकोत्तरतहमा ७० जना, स्नातकतहमा ७३७ जना गरी कुल ८०७ जना छन् ।
दीक्षान्त समारोहलाई सम्बोधन गर्दै सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कास्की जिल्ला शिक्षा, स्वास्थ्य, पर्यटन र साहसिक खेलको धेरै सम्भावना बोकेको जिल्ला भएकोले अरू विश्वविद्यालयको तुलनामा शैक्षिक पर्यटन र स्वास्थ्य पर्यटनको विकासमा महत्वपूर्ण योगदान दिन सक्ने बताउनुभयो । प्रधानमन्त्रीले पोखरा विश्वविद्यालयले राष्टिय शिक्षा नीति २०७६ मा उल्लेख भएका उद्देश्य अनुरूप ज्ञानमा आधारित समाज र अर्थतन्त्र निर्माणका लागि उच्च शिक्षाको पहुँच र गुणस्तर अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विद्यार्थी संख्याका दृष्टिले पोखरा विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयपछिको दोस्रो ठूलो विश्वविद्यालय भएको र दक्ष जनशक्ति उत्पादनका दृष्टिले पनि यसको स्थान अब्बल रहेको उल्लेख गर्नुभयो । उहाँले पोखरा विश्वविद्यालयले वर्षेनी सीमान्तकृत, पिछडिएका विपन्न परिवारका सयौंको संख्यामा विद्यार्थीहरूलाई निःशुल्क छात्रृत्ति दिनु सामान्य विषय होइन भन्नुभयो।
सम्माननीय प्रधानमन्त्री दाहालले वर्तमान सरकार नेपालको संविधानले व्यवस्था गरेबमोजिम निःशुल्क शिक्षाको हकलाई व्यवहारमा कार्यान्वयन गर्न संघीय शिक्षा ऐनको अन्तिम तयारी गरिरहेको जानकारी दिनुभयो । प्रधामन्त्रीले संघीय शिक्षा ऐनमार्फत शिक्षा क्षेत्रका नीतिगत, संरचनागत र कार्यगत चुनौती एवम् समस्यालाई सम्बोधन हुनेमा आफू आशावादी रहेको उल्लेख गर्नुभयो ।
सम्माननीय प्रधानमन्त्री दाहालले विद्यार्थीले मुलुकको सर्वाङ्गीण विकासका लागि आफूले आर्जन गरेको ज्ञान र सीपलाई पूर्ण सदुपयोग गरी विश्वबजारमा प्रतिस्पर्धी र अब्बल प्रमाणित गर्दै पोखरा विश्वविद्यालय लगायत मुलुककै प्रतिष्ठा उँचो राख्नुपर्ने बताउनुभयो । यसका साथै विभिन्न कारणले विदेश पलायन हुने जनशक्तिलाई रोजगारी र सीपका माध्यमले स्वदेशमै बस्नसक्ने वातावरण निर्माण गर्न एवम् भूकम्प, कोभिड, रसिया–युक्रेन युद्ध लगायतले नेपालको अर्थतन्त्रमा देखा परेको बाछिटाहरूलाई न्यूनिकरण गर्न तथा वातावरणीय र जलवायु परिवर्तनका कारण भविष्यमा आउनसक्ने संकटबाट मुलुकलाई जोगाउने महत्वपूर्ण अभिभारा समेत विद्यार्थी कै काँधमा रहेको उहाँले उल्लेख गर्नुभयो ।
विश्वविद्यालयको १८ औं दीक्षान्तलाई सम्बोधन गर्दै पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले विद्यार्थीहरूले आफूले आर्जन गरेको ज्ञान र सीप देशको चौतर्फी विकास र आफ्नो सुन्दर र फलिभूत भविष्य निर्माण गर्न सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विद्यार्थीहरू राष्ट्रका गहना र अमूल्य रत्न भएकोले निर्वाध रूपले स्वत–स्फूर्त रूपमा राष्ट्र निर्माण र परिवर्तनको संवाहक भई अगाडि बढुनुपर्ने बताउनुभयो । उपकुलपतिले पोखरा विश्वविद्यालयले प्रस्तुत गरेका नीति तथा कार्यक्रमहरू परिवर्तनमुखी, बहुआयामिक र समयसापेक्ष रहेकोले मुलुकको सर्वाङ्गीण विकासका लागि आवश्यक पर्ने विविध ज्ञान र सीपयुक्त दक्ष जनशक्तिको आपूर्तिलाई यसले सहज तुल्याईदिएको उल्लेख गर्नुभयो ।
उपकुलपति अर्यालले मुलुकको शैक्षिक उन्नयनमा पोखरा विश्वविद्यालयले गरेको योगदानले सरकारले लिएको उच्चशिक्षासम्बन्धी नीति र अवधारणालाई महत्वपूर्ण टेवा मिलेको बताउनुभयो । सो अवसरमा उपकुलपतिले पोखरा विश्वविद्यालयमा सञ्चालित प्यारामेडिकल विषयहरू सञ्चालन एवम् गण्डकी प्रदेशमा गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षा प्रदान गर्ने तथा वैज्ञानिक स्वास्थ्य अनुसन्धान गर्ने कार्यमा पोखरा विश्वविद्यालय अस्पतला उत्कृष्ट केन्द्रको रूपमा विकसित हुने बताउनुभयो ।
दीक्षान्त समारोहका प्रमुख अतिथि नोएडा अन्तर्राष्टिय विश्वविद्यालय, भारतका उपकुलपति प्रा.डा. उमा भारद्वाजले पोखरा विश्वविद्यालयको १८ औं दीक्षान्त समारोहमा प्रमुख अतिथिको रूपमा दीक्षित विद्यार्थीहरूलाई सम्बोधन गर्न पाउनु आफ्नो लागि गौरवको कुरा भएको उल्लेख गर्नुभयो । दीक्षान्त समारोहमा डिग्री प्राप्त गर्ने विद्यार्थीहरूलाई बधाई दिँदै उपकुलपति भारद्वाजले एउटा कुशल जनशक्ति हुन महान मानव हुनुपर्छ भन्दै यसको लागि पोखरा विश्वविद्यालयले उनीहरूको जीवनको भव्यताको यस क्षणलाई सदुपयोग गर्न र जीवनमा आइपर्ने चुनौतिहरूलाई सामना गर्न सक्षम तुल्याएको उल्लेख गर्नुभयो ।
उपकुलपति भारद्वाजले घनिष्ट छिमेकी भएको नाताले नेपाल र भारतले खुला सिमाना र गहिरो सम्बन्ध भएका मानिस–जनता–जनता–जनताबीचको सम्बन्ध र संस्कृतिको विशेषता भएको मित्रता र सहयोगको अनुपम सम्बन्धलाई साझा गरेको उल्लेख गर्नुभयो । उहाँले भारतीय संस्कृति नेपाली समाजका सबै तहमा लोकप्रिय रहेकोले सांस्कृतिक आदानप्रदान कार्यक्रमको एक हिस्साको रूपमा धेरै प्रतिष्ठित कलाकारहरू र समूहले नेपालको पशुपतिनाथ मन्दिर परिसर र काठमाडौंका रहेका संरक्षित स्मारकहरूको भ्रमण गरेको उल्लेख गर्नुभयो ।
उपकुलपति भारद्वाजले भारतको मानव संशाधन विकास मन्त्रालयले राखेको तथ्यांकअनुसार विदेशी विद्यार्थीमध्ये भारतमा नेपाली विद्यार्थीको संख्या सबैभन्दा बढी रहेको र नेपाली विद्यार्थीबाट वर्षेनी शैक्षिक शुल्कका रूपमा उठ्ने अर्बौ रूपैयाँले भारतको अर्थतन्त्र धनी बन्दै गएको समेत बताउनुभयो ।
१८ औं दीक्षान्तमा विभिन्न विधाका ५७२ जना विद्यार्थी डीन लिष्टमा पर्न सफल भए । जसमध्ये व्यवस्थापन सङ्कायको स्नातकोत्तरतहमा १५२ जना र स्नातकतहमा २१९ जना गरी कुल ३७१ जना, स्वास्थ्य विज्ञान सङ्कायको स्नातकोत्तरतहमा २ जना र स्नातकतहमा ५३ जना गरी कुल ५५ जना, विज्ञान तथा प्रविधि सङ्कायको स्नातकोत्तरतहमा ३३ जना र स्नातकतहमा ९८ जना गरी कुल १३१ जना एवम् मानविकी तथा सामाजिकशास्त्र सङ्कायको एमफिलतहमा ६ जना, स्नातकोत्तरतहमा ७ जना स्नातकतहमा २ जना गरी कुल १५ जना विद्यार्थी छन् ।
१८ औं दीक्षान्त समारोहमा स्नातकतह कम्प्यूटर एप्लिकेशन कार्यक्रममा विशिष्ट श्रेणीमा सबैभन्दा उच्च अङ्क प्राप्त गर्ने अनिश लिम्बु (सिजिपिए ३.९६) लाई २०७९ सालको OCEM GOLD MEDAL, आङ्गिक महाविद्यालयबाट व्यवसाय प्रशासन तथा स्नातकोत्तरतहमा विशिष्ट श्रेणीमा सबैभन्दा उच्च अङ्ग प्राप्त गर्ने सम्झना तिवारी (सिजिपिए ३.९९) लाई २०७९ सालको लक्ष्मी विद्यापदकबाट विभूषित गरियो ।
त्यसैगरी स्नातकतहमा नर्सिङ कार्यक्रममा विशिष्ट श्रेणीमा सबैभन्दा उच्च अङ्क प्राप्त गर्ने बिनु भट्टराई (९०.८१ प्रतिशत) लाई २०७९ सालको उपकुलपति पदकबाट विभूषित गरियो ।
साथै स्नातकोत्तरतहमा विशिष्ट श्रेणीमा सबैभन्दा बढी उच्च अङ्कप्राप्त गर्ने ११ जना विद्यार्थीलाई कुलपति पदकबाट विभूषित गरियो, जसमा कम्प्यूटर ईञ्जिनियरिङमा सिमान्त कसजु (सिजिपिए ४.००), ट्रान्सपोर्टेसन ईञ्जिनियरिङ एण्ड म्यानेजमेन्टमा अमित कुमार शर्मा (सिजिपिए ४.००), व्यवसाय प्रशासनमा अश्विना गिरी (सिजिपिए ४.००), व्यवसाय प्रशासनमा निमश शाक्य (सिजिपिए ४.००), व्यवसाय प्रशासनमा रूपेश अर्याल (सिजिपिए ४.००), व्यवसाय प्रशासन (वित्त) मा अविरल सुवेदी (सिजिपिए ४.००), व्यवसाय प्रशासन (वित्त) मा एलिता श्रेष्ठ (सिजिपिए ४.००), व्यवसाय प्रशासन (वित्त) मा आशिष कर्ण (सिजिपिए ४.००), व्यवसाय प्रशासन (वित्त) मा संजोग उप्रेती (सिजिपिए ४.००), व्यवसाय प्रशासन (वित्त) मा शुशिल पंज्ञानी (सिजिपिए ४.००) र मानविकी तथा सामाजिक शास्त्र सङ्काय अङ्ग्रेजी विषयमा उर्जा कार्की श्रेष्ठ (सिजिपिए ४.००) छन् ।
यस्तै डक्टर अफ फिलोसोफी इन म्यानेजमेन्टमा दिपमाला श्रेष्ठलाई कुलपति पदक (विद्यावारिधि) बाट विभूषित गरियो ।
अठारौं दीक्षान्त समारोहका केही तस्विरहरूः
सुचना !!!
सुचना !!!
मिति २०७९ फाल्गुण ०८ गते सोमबारका दिन पोखरा विश्वविद्यालयमा सम्पन्न हुन गई रहेको १८ औं दीक्षान्त समारोहमा उपश्थित विद्यार्थी तथा अभिभावकका लागि पोखरादेखि विश्वविद्यालयसम्म आउन र विश्वविद्यालयदेखि पोखरासम्म फर्कनका लागि निम्न रुट र समयमा विश्वविद्यालयले यातयात सेवा उपलब्ध गराइने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।
निम्न:
बसको रुट– चिप्लेढुङ्गा, पृथ्वीचोक हुदैँ विश्वविद्यालय
समय– बिहान ९ः०० बजे
विश्वविद्यालय देखि चिप्लेढुङ्गा
समय –बेलुका ४ः०० बजे
Faculty of Humanities and Social Sciences: Application Open for Doctoral Studies

Erasmus+ Opportunity

Admission Notice in B.A.LL.B. Program

Letter of Intention to Award

पो.वि. स्नातक तहमा २०७९ सालको छात्रवृत्ति छनौंट तथा भर्ना प्रकृया समाप्त भएको सूचना ।
विज्ञान तथा प्रविधि सङ्कायः स्नातकोत्तर तहको छात्रबृत्तिको Third Award List प्रकाशनसम्बन्धी सूचना
स्नातक तह छात्रवृत्ति कार्यक्रम विज्ञान तथा प्रविधि संकाय समूह “क” को Third-Awarded List प्रकाशित सम्बन्धि सूचना ।
सुरक्षाकर्मी लगायत अन्य सेवा ( कार्यालय सहयोगी, कुचिकार, हेल्पर, सवारी चालक) करारमा लिनेसम्बन्धी बोलपत्र आव्हानको सूचना

परीक्षासम्बन्धी पोखरा विश्वविद्यालयको अत्यन्त जरूरी सूचना ।

Admission Notice for BALLB Program

School of Engineering: Invitation for Sealed Quotation for the Procurement of Internet Bandwidth
