Admission Notice for BDEVS, BECS, BED and B.A.LL.B.

Admission Notice for BDEVS, BECS, BED and B.A.LL.B.
Application Form

Prospectus

Admission Notice MBA 2023 Intake

School of Engineering: Admission Notice for Undergraduate Programs

School of Business: Admission Notice for BBA and BBA-BI

पोखरा विश्वविद्यालय सेवा आयोगको कार्यालयः लिखित परीक्षाको नतिजा प्रकाशन र अन्तरवार्तासम्बन्धी सूचना

स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्सेजः सामाग्री तथा सेवा आपूर्ति गर्न सूचि दर्ता गराउनेसम्बन्धी सूचना

सामाग्री तथा सेवा आपूर्ति गर्न सूचि दर्ता गराउनेसम्बन्धी सूचना

AURORA Student Mobility Result

AURORA Mobility Result_Merit Order

Submission of Research Management Cell Annual Report 2079/80

Click here to access the Google form

स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल ईञ्जिनियरङः सामाग्री तथा सेवा आपूर्ति गर्न सूचि दर्ता गराउने सम्बन्धी सूचना

पोखरा विश्वविद्यालय शिक्षण अस्पतालः सामाग्री तथा सेवा आपूर्ति गर्न सूचि दर्ता गराउने सम्बन्धी सूचना

सूचना

स्पष्टीकरण पेश गर्ने बारेको सूचना

Erasmus+ Students’ Mobility for Indonesia and Bhutan: Name List

स्कूल अफ ईञ्जिनियरिङः मौजुदा सूचि (Standing List) मा दर्ता गर्नेसम्बन्धी सूचना

Suchi darta notice 2080

सामाग्री तथा सेवा आपूर्ति गर्न सूचि दर्ता गराउने सम्बन्धी सूचना

Notice of standing list pokhara university 2080.081

Admission open for the Doctor of Philosophy (PhD) in Development Studies

पोखरा विश्वविद्यालय २७ औं वर्षमा प्रवेश

पोखरा विश्वविद्यालय २७ औं वर्षमा प्रवेश

२०८० श्रावण १ गते, सोमबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालय स्थापना भएको २६ वर्ष पुरा भई २७ औं वर्ष भएको छ । पोखरा विश्वविद्यालय ऐन २०५३ वि.सं. २०५४ साल श्रावण १ गतेदेखि जारी भई लागू भएकोले हरेक वर्ष श्रावण १ गतेलाई पोखरा विश्वविद्यालय दिवसको रूपमा मनाउँदै आइएको छ । २७ वर्षसम्म आइपुग्दा यो विश्वविद्यालय मुलुककै उच्चशिक्षाको एउटा अग्रणी र धरोहरको रूपमा स्थापित भएको छ ।

पोखरा विश्वविद्यालय स्थापना दिवसको अवरमा विश्वविद्यालयले आज विश्वविद्यालय प्राङ्गण लेखनाथमा सरसफाई तथा विश्वविद्यालयको स्थापना, विकास र विस्तारका बारेमा एक औपचारिक कार्यक्रम गरी मनाएको छ । स्थापना दिवसमा सबैले विश्वविद्यालय स्थापनाका लागि पहल गर्ने महानुभावहरूलाई सम्झि कृतज्ञता जाहेर गर्दै नमन गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा विश्वविद्यालय उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले पोखरा विश्वविद्यालयलाई निजी क्षेत्रको सहभागितामा सञ्चालन गर्ने प्रावधान भएकोले नयाँ सम्बन्धन प्रक्रियालाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । पोखरा विश्वविद्यालयमा सरकारको लगानी ज्यादै न्यून रहेकोले आँफैमा धानिन सक्नेगरी आङ्गिक कलेजको विस्तार तथा नयाँ विधा र क्षेत्रहरूमा नयाँ कलेजहरूलाई सम्बन्धन दिनै पर्ने उहाँको भनाई थियो । कलेजहरूको नियमित अनुगमन गर्ने र नचलेका कार्यक्रम खारेज गर्ने, प्राज्ञिक सुधारका लागि शिक्षक, विद्यार्थीलाई अनुसन्धान र उद्यमशीलतामा प्रेरित गर्ने र कर्मचारीलाई तालिम प्रशिक्षण दिने, पाठ्यक्रमलाई परिमार्जन गर्दै जाने नीति विश्वविद्यालयको रहेको उहाँको भनाई थियो ।

पोखरा विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. तीर्थ राज अर्यालले शिक्षकले अनुसन्धान र थेसिस गाईडलाई प्राथमिकतामा राखी आफ्नो योग्यता अद्यावधिक गर्दै जानुपर्ने बताउनुभयो । विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. दिपक बहादुर भण्डारीले विश्वविद्यालयको आम्दानीको मुख्य श्रोत भनेको नै विद्यार्थी भएकोले नयाँ नयाँ ठाउँमा रोजगार र बजारमुखी कार्यक्रम सञ्चालन गरी विद्यार्थी भर्नादर बढाउनुपर्नेमा जोड दिनुभयो । पोखरा विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्कायका डीन सह–प्रा.डा. अजय थापाले विश्वविद्यालय शुन्यबाट सञ्चालन भई आज स्नातक, स्नातकोत्तर, एमफिल तथा विद्यावारिधितहमा कार्यक्रम सञ्चालन गरेको र ६६ वटा कलेजअन्तर्गत ६४ वटा कार्यक्रम सञ्चालन गरी ३७ हजारभन्दा बढी विद्यार्थी अध्ययरत रहेको उल्लेख गर्दै यो गर्व गर्न लायकको छ भन्नुभयो ।

पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि सङ्कायका डीन प्रा. राजेशकुमार ठगुराठीले विश्वविद्यालयलाई सबैले आफ्नो घर सम्झी कार्य गर्नुपर्ने बताउनुभयो । उहाँले विद्यार्थी कलेक्सन होइन सेलेक्सनबाट लिनसक्ने गरी विश्वविद्यालय बनाउनुपर्नेमा जोड दिनुभयो । पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान सङ्कायका डीन सह–प्रा. डा. अमर नागिलाले पोखरा विश्वविद्यालयले उच्चशिक्षाको सर्वाङ्गिण विकासमा महत्वपूर्ण योगदान गरेको उल्लेख गर्दै यसलाई सबैले अझ बढी पढ्न लायक र काम गर्न लायक बनाउनुपर्नेमा जोड दिनुभयो । व्यवस्थापन सङ्कायका डीन सह–प्रा.डा. दयाराज ढकालले विश्वविद्यालयलाई माया होइन प्रेम गरेर अगाडि बढ्न सबैलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा पोखरा विश्वविद्यालका परीक्षा नियन्त्रक सह–प्रा. डा. तुल्सीराम भण्डारीले विश्वविद्यालयको लागि सबैले बस्तुनिष्ठ भएर सोच्नुपर्ने बताउनुभयो । उहाँले विश्वविद्यालयको उन्नयनमा सकिन्छ काम गर्ने हो, सकिदैन चुप लागेर बस्ने हो भन्दै यसलाई हामीले नबनाए कसले बनाउँछ र यसको साख हामीले नबचाए कसले बचाउँछ भन्नुभयो । पोखरा विश्वविद्यालयका कार्यकारी परिषद्का सदस्य उप–प्राध्यापक योगराज लामिछानेले विश्वविद्यालयको विकृति र विसंगतिका हिस्सेदारी हामी सबै हौ भन्दै विधि र पद्धतिमा विश्वविद्यालय सञ्चालन गर्न सबैले पहल र प्रतिबद्धता गर्नुपर्ने बताउनुभयो । उहाँले एकदिनमा धेरैपटक बैठक बसेपनि आफूले एउटा बैठकको मात्र भत्ता लिने प्रतिबद्धता जाहेर गर्नुभयो ।

पोखरा विश्वविद्यालय योजना तथा कार्यक्रम महाशाखा प्रमुख प्रा.डा. दिपकराज पौडेलले विश्वविद्यालयलाई कसैले कमजोर बनाउन नहुने उल्लेख गर्नुभयो । उहाँले विश्वविद्यालयको छत्रछायाँमा शिक्षक तथा कर्मचारीले धेरै अवसर प्राप्त गरेकाले यसका उपलब्धीलाई सबैले सकारात्मक भएर सोच्नुपर्ने बताउनुभयो । पोखरा विश्वविद्यालय प्राध्यापक संघका सभापति सह–प्रा.डा. निरञ्जन श्रेष्ठले विश्वविद्यालयमा प्रायःजसो हुने बन्द हडतालले विश्वविद्यालय जर्जर बनेको उल्लेख गर्दै यस्तो संस्कृति सँधैका लागि अन्त्य गर्न भौतिक एवम् शैक्षिक पूर्वाधार विकासमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले विद्यार्थीका लागि कक्षा कोठा, खेल्ने ठाउँ, पाठ्यसामाग्री, चमेनागृह, सभाहल आदिको व्यवस्थापनका साथै शिक्षक कर्मचारीको लागि सेवा आयोगको विज्ञापनमा विशेष जोड दिनुपर्ने बताउनुभयो ।

पोखरा विश्वविद्यालय सभाका सदस्य रामबाबु भण्डारीले पोखरा विश्वविद्यालय सञ्चालनमा धेरै चुनौति र अवसर दुबै रहेको उल्लेख गर्दै यसको उन्नति र प्रगतिमा सबै एकजुट भएर तन, मन र कर्मका साथ लाग्नुपर्नेमा जोड दिनुभयो । पोखरा विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक सह–प्रा.डा. पूर्णबहादुर खाँडले पोखरा विश्वविद्यालय अझै पूर्ण आकारमा आइनसकेको उल्लेख गर्दै यसको विकास र विस्तारमा सबैले आत्म समिक्षा गरी अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

पोखरा विश्वविद्यालय स्कूल अफ बिजनेशका स्कूल निर्देशक सह–प्रा.डा. श्रृजन ज्ञवालीले पोखरा विश्वविद्यालयको सञ्चालनमा सबैको उत्तिकै समान महत्व रहेको उल्लेख गर्दै सबैले कर्तव्यनिष्ठ भएर काम गर्नुपर्नेमा जोड दिनुभयो । पोखरा विश्वविद्यालय कर्मचारी संघका अध्यक्ष सहायक प्रशासक चोलाकान्त च्वाँईले विश्वविद्यालय आफ्नो उद्देश्य अनुरूप चल्नुपर्ने उल्लेख गर्दै अनावश्यक कुरामा खातिरदारी लिई फाइदा लिने परिपाटीको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।

पोखरा विश्वविद्यालयको २७ औं स्थापना दिवसको कार्यक्रममा विभिन्न निकायका पदाधिकारी, शिक्षक तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन उप–प्रशासक शिवराज पण्डितले गर्नुभएको थियो ।

PURC research grant award notice

PURC-Research-Grant-Award-List

बोलपत्र स्वीकृत गर्ने आशयको सूचना

Notice for Erasmus+ students Mobility

Pu Aurora Notice

सार्वजनिक बिदासम्बन्धी सूचना

सार्वजनिक बिदासम्बन्धी सूचना

गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पोखराको मिति २०८०/०३/२६ गते प्रकाशित सूचना अनुसार मिति २०८० साल असार २९ गते शुक्रबारका दिन भानुजयन्तीको अवसरमा गण्डकी प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएअनुसार उक्त दिन पोखरा विश्वविद्यालयमा पनि सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

लोकप्रसाद ढकाल
सूचना अधिकारी
२०८०/०३/२८ गते बिहीबार

१ अर्ब ४६ करोडको बजेट पारित गर्दै पोखरा विश्वविद्यालयको २३ औं सभा सम्पन्न

१ अर्ब ४६ करोडको बजेट पारित गर्दै पोखरा विश्वविद्यालयको २३ औं सभा सम्पन्न

२०८० साल असार २१ गते बिहीबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालयको २३ औं सभाको बैठक सम्माननीय प्रधानमन्त्री एवम् पोखरा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटार, काठमाडौंमा बसी सम्पन्न भएको छ । बैठकमा माननीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवम् पोखरा विश्वविद्यालयका सह–कुलपति अशोक कुमार राईको उपस्थिति रहेको थियो ।

सभाले विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालद्वारा प्रस्तुत आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम एवम् रजिष्ट्रार प्रा.डा. दिपकबहादुर भण्डारीद्वारा प्रस्तुत आर्थिक वर्ष २०८०÷०८१ का लागि प्रस्तुत रू. १ अर्ब ४६ करोड २२ लाख ७७ हजारको बजेट पारित गरेको छ ।

पारित बजेटमा पूँजीगत खर्चतर्फ ५० करोड ६० लाख ३४ हजार र साधारण तर्फ जम्मा रू. ९५ करोड ६२ लाख ४३ हजार रहेको छ ।

सभाको बैठकलाई सम्बोधन गर्दै सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षा क्षेत्रमा धेरै विकृति र विसंगती मौलाउँदै गएको उल्लेख गर्नुभयो । प्रधानमन्त्रीले शिक्षा क्षेत्रमा गर्नुपर्ने कुरा धेरै भएको र शिक्षाको गुणस्तर अभिवृद्धि गर्दै विद्यार्थीको विदेश मोहलाई रोक्न सरकार गम्भिर छ भन्नुभयो । उहाँले शिक्षालाई सकारात्म ढंगले सम्बोधन गर्दै कार्यान्वयनमा प्रतिफल देखिने गरी कार्य गर्न सरकारले छिट्टै संघीय शिक्षा ऐन लागू गर्न लागेको जानकारी दिनुभयो ।

माननीय शिक्षामन्त्री अशोक कुमार राईले विश्वविद्यालयले अगाडि सारेका नीति तथा कार्यक्रमहरूलाई एकताबद्ध भएर कार्यान्वयन गर्न सम्बद्ध पक्ष जिम्मेवार र प्रतिबद्ध हुनुपर्नेमा जोड दिनुभयो । उहाँले उच्चशिक्षामा सामना गर्नुपर्ने चुनौति धेरै भएको उल्लेख गर्दै बहुमतलाई कदर गरेर अगाडि बढ्न सबैलाई आग्रह गर्नुभयो ।

पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले पोखरा विश्वविद्यालयले २६ वर्षको अन्तरालमा एउटा विशिष्टकृत पहिचान र उचाई लिएको उल्लेख गर्दै यसको गौरव र गाथालाई अक्षुण्ण राख्न सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो । उहाँले राष्टियस्तरमा देखा परिरहेको विद्यार्थी पलायन रोक्न र विश्वविद्यालयहरूमा घट्दै गएको विद्यार्थी भर्नादरलाई बढाउन सरकार र सम्बद्ध सबै पक्ष गम्भिर भएर लाग्नुपर्नेमा समेत जोड दिनुभयो ।

 

Faculty of Science and Technology: Scholarship Second Award List of MSc Construction Management

स्वास्थ्य विज्ञान संकायः कक्षा स्नातकतहको कक्षा सञ्चालनसम्बन्धी सूचना ।

पोखरा विश्वविद्यालय र महर्षि इन्टरनेशनल युनिभर्सिटीबीच सम्झौता

पोखरा विश्वविद्यालय र महर्षि इन्टरनेशनल युनिभर्सिटीबीच सम्झौता

२०८० जेठ २८ गते आइतबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालय र महर्षि इन्टरनेशनल युनिभर्सिटी, फेयरफिल्ड, आयोवा, अमेरिकाबीच व्यक्तिगत रूपान्तरण र वैदिक दर्शन लगायत चेतनामा आधारित शिक्षाका सम्बन्धमा एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

पोखरा विश्वविद्यालयको सभाहल, पोखरा–३०, कास्कीमा आयोजित उक्त सझदारीपत्र हस्ताक्षर कार्यक्रममा पोखरा विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा.डा. प्रेमनारायण अर्याल र महर्षि इन्टरनेशनल युनिभर्सिटीका प्रेसिडेन्ट डा.जोन हेगेलिनले हस्ताक्षर गर्नुभयो ।

दुई विश्वविद्यालयबीचको सम्झौताले आधारभूत चेतना र शिक्षा र मानव जीवनमा व्याप्त युगौं पुराना समस्या समाधान गर्न सक्रिय रूपमा नयाँ प्रविधिहरू खोज्दै र यी प्रविधिहरूलाई नेपालका युवाहरूमाझ पु¥याउन सहयोग पुग्ने विश्वास लिइएको छ । चेतनामा आधारित शिक्षाले आत्म–ज्ञानको अनुभूति दिलाउने र यसले सिकाई धेरै सन्तोषजनक, सान्दर्भिक र रोमाञ्चक तुल्याउने हुँदा विद्यार्थीको भित्रि प्रतिभालाई उजागर गर्न मद्दत पुग्नेछ ।

समझदारीपछि दुबै संस्थाले शैक्षिक गतिविधिलाई मिलेर काम गरी समुदायलाई शिक्षण, अनुसन्धान र सेवामा सहयोग प्रवर्धन गर्नेछन् । जसका लागि सहकारी अनुसन्धान र शिक्षण मार्फत विद्यालय शिक्षा प्रबर्धन गर्न कार्यक्रमहरू÷परियोजनाहरू विकास गर्ने, शैक्षिक सहयोग प्रबर्धन गर्न गतिविधिहरू विकास गर्ने, शिक्षक, कर्मचारी, विद्यार्थी र बृहत समुदायका लागि संयुक्त कार्यशाला र सम्मेलन/प्रशिक्षण अवसरहरू आयोजना गर्ने, शिक्षक, विद्यार्थी र कर्मचारी आदानप्रदान कार्यक्रमहरू र विश्वविद्यालयहरूबीच संयुक्त प्रशिक्षण कार्यक्रमहरूको लागि अन्वेषण र कार्य गरिनेछ ।

कार्यक्रमलाई पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्याल र रजिष्ट्रार प्रा.डा. दिपक बहादुर भण्डारी, नेपाल महर्षि वैदिक फाउन्डेसनका अध्यक्ष डा. दीपकप्रकाश बाँस्कोटा, महर्षि इन्टरनेशन युनिभर्सिटीका ग्लोबल एक्सपान्सन निर्देशक डा. किंग्सले ब्रुक्स र डा. चिन्तामणि योगिले सम्बोधन गर्नुभएको थियो । कार्यक्रम पोखरा विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका निर्देशक डा. उमेशसिंह यादवले सञ्चालन गर्नुभएको थियो ।

Hands-on Training on Moodle-Open-source LMS for Students and Teachers conducted by FoST

पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकाय अन्तर्गत स्नातकोत्तर तह छात्रवृत्ति प्रवेश परीक्षाको Awarded-List प्रकाशित सम्बन्धि सूचना ।

पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकाय अन्तर्गत स्नातकोत्तर तह छात्रवृत्ति प्रवेश परीक्षाको Awarded-List प्रकाशित सम्बन्धि सूचना ।

विज्ञप्ति

विश्व वातावरण दिवसको अवसरमा सरसफाई र वृक्षारोपण

विश्व वातावरण दिवसको अवसरमा सरसफाई र वृक्षारोपण


२०८० जेठ २२ गते सोमबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालय स्कूल अफ ईञ्जिनियरिङ्ले प्राज्ञिक भवन कम्प्लेक्सको हाताभित्र सरसफाई अभियान र वृक्षारोपण गरी विश्व वातावरण दिवस मनाएको छ । कार्यक्रमले विश्वविद्यालय परिसरमा हरियाली पुनस्र्थापना एवम् प्रवर्धन गरी स्वच्छ वातावरण कायम गर्ने र प्रकृतिप्रति उत्तरदायित्वको भावना जगाउने महत्वमा जोड दिएको थियो । सरसफाई अभियान र वृक्षारोपण गरी विश्वविद्यालय समुदायले वातावरण संरक्षण र दिगो भविश्य निर्माण गर्न आफ्नो प्रतिबद्धता देखाएको छ ।

कार्यक्रममा पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि सङ्कायका डीन प्रा. राजेश कुमार ठगुराठी, स्कूल अफ ईञ्जिनियरिङका स्कूल निर्देशक ओमप्रकाश गिरी लगायत शिक्षक, कर्मचारी र विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रमको आयोजना र सफल कार्यान्वयनमा विश्वविद्यालय भित्रका विभिन्न विद्यार्थी क्लब र समाजबाट महत्वपूर्ण सहयोग प्राप्त भएको थियो ।

स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्सेजः अत्यन्त जरूरी सूचना

School of Health and Allied Sciences: Vacancy Announcement

विज्ञान तथा प्रविधि संकाय स्नातकोत्तर तह छात्रवृत्ति तथा पुर्ण शुल्किय प्रवेश परीक्षाको Merit List

पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकाय अन्तर्गत स्नातकोत्तर तह छात्रवृत्ति तथा पूर्ण शुल्कीय प्रवेश परीक्षाको Merit-List प्रकाशित सम्बन्धि सूचना ।

पोखरा विश्वविद्यालय सेवा आयोगको कार्यालयः खुला प्रतियोगिताको अन्तरवार्ताको नतिजा प्रकाशनसम्बन्धी सूचना ।

पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकाय अन्तर्गत स्नातकोत्तर तह छात्रवृत्ति तथा पूर्ण शुल्कीय प्रवेश परीक्षाको Pass-List प्रकाशित सम्बन्धि सूचना ।

पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकाय अन्तर्गत स्नातकोत्तर तह छात्रवृत्ति तथा पूर्ण शुल्कीय प्रवेश परीक्षाको Pass-List प्रकाशित सम्बन्धि सूचना ।

Notice for Sports Meet

पोखरा विश्वविद्यालयमा Easter School (Students’ Meet) सम्पन्न

पोखरा विश्वविद्यालयमा Easter School (Students’ Meet) सम्पन्न

European Union को Erasmus+ program अन्तर्गत रहेको Bhutan+Nepal Higher Education for Accomplishing the Sustainable Development Goals (B+NESDG) परियोजनामा आबद्ध ७ वटा साझेदार शैक्षिक संस्थाका (Pokhara University, Kathmandu University, Far Western University, Nepal Engineering College, Sagarmatha Engineering College, Royal University of Bhutan, Bhutan; र Riga Technical University, Latvia) का ४७ जना विद्यार्थीहरुकालागि मिति २०८०।१।१८ देखि २०८०।१।२२ सम्म पोखरा विश्वविद्यालयमा Easter School संचालन गरिएको थियो ।

उक्त कार्यक्रममा विद्यार्थीहरुलाई Sustainable Development Goal का विविध आयामहरुमा प्रशिक्षण प्रदान गरिनुकासाथै स्थलगत अवलोकन पनि गराइएको थियो ।

Pokhara University Research Center: Call for Experts

Call for Experts

Pokhara University Research Center (PURC) heartily invites experienced academicians and researchers to be connected with PURC and furnish intellectual contribution as an expert. PURC foresees intellectual input of experts in a range of academic and research activities including grant proposal evaluation, research report evaluation, grant writing, manuscript review, policy reviews, mentoring, training and allied activities both physically and virtually. The broader areas are, but not limited to, Science and Technology, Engineering, Health and allied Sciences, Business, Management, Humanities & Social Sciences. PURC requests eligible experts to provide personal, academic, and research details online using the following link https://forms.gle/iDU7cGw1sNTk1NG19.

Minimum criteria

  1. Hold a Doctor of Philosophy (PhD) degree
  2. Published at least one article in peer reviewed scholarly journal as a first author or corresponding author in last five years.
  3. Aware of and committed to comply with the codes of Research Ethics and Integrity.

Interested experts are requested to provide the following information.

  1. CV (five A4 pages maximum, PDF format)
  2. Copy of an institutional identity card (PDF format)
  3. Commitment statement (maximum 300 words, text)
  4. Google Scholar Profile

If you have any question, please feel free to write an email to <[email protected]> or make an inquiry at +9779840250987 (Dr. Namraj Dhami) or visit PURC.

परीक्षा नियन्त्रण कार्यालयको सूचना

स्वास्थ्य विज्ञान सङ्कायः स्नातकतहको भर्नासम्बन्धी अत्यन्त जरूरी सूचना

पोखरा विश्वविद्यालय सेवा आयोगको कार्यालयः त्रुटी सच्चाइएको सम्बन्धी सूचना

विश्व बैङ्क समूहको आउटरिच कार्यक्रम सम्पन्न

विश्व बैङ्क समूहको आउटरिच कार्यक्रम सम्पन्न

 

२०८० वैशाख २८ गते बिहीबार, पोखरा, कास्की ।
विश्व बैंकले पोखरा विश्वविद्यालय र एकिकृत विकास अध्ययन संस्था (आईआईडिएस) सँगको सहकार्यमा आज एक समारोहबीच आउटरिच कार्यक्रम सञ्चालन ग¥यो । विश्व बैंकले गण्डकी प्रदेशमा स्थानीय विकासमा देखिएका चुनौती र अवसरहरूको जानकारीका लागि प्रदेश र स्थानीय तहका प्रमुख सरोकारवालाहरूसँग परामर्श, छलफल र सम्वाद गर्ने प्रमुख उद्देश्यले यस प्रकारको उच्चस्तरीय प्रादेशिक छलफलको आयोजना गरेको हो । छलफल विश्व बैंकको विश्लेषणात्मक प्रतिवेदनहरू, जसमा नेपाल विकास अपडेट अप्रिल २०२३ र सेप्टेम्बर २०२२ मा शुरू गरिएको राष्ट्रिय जलवायु तथा विकास प्रतिवेदनमाथि विश्लेषणात्मक अध्ययनहरूमा पहिचान गरिएका मुद्दाहरूमा स्थानीय अधिकारीहरू र समुदायहरूसँग छलफल गर्ने र भविष्यको मार्गदिशा पहिचान गर्ने विषयमा केन्द्रीत थियो ।

छलफलमा पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्याल, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, विश्व बैंक नेपालका वरिष्ठ अर्थशास्त्री सूश्री एलिस जोन ब्रुक्स, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशका प्रमुख सचिव रविलाल पन्थ, विश्व बैंकका अर्थशास्त्री श्री नयन कृष्ण जोशी, आर्थिक नीति केन्द्र, एकिकृत विकास अध्यन संस्थान (आईआईडिएस) का कार्यकारी निर्देशक डा. विश्वास गौचन तथा विश्व बैंकका परामर्शदाता श्री वसन्त पौडेलले कार्यक्रमको औचित्य र महत्वका बारेमा प्रकाश पार्नु भएको थियो । कार्यक्रममा विश्वविद्यालयका पदाधिकारी तथा विद्यार्थीहरू, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयका पदाधिकारीहरूसहितको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन अन्तर्राष्टिय सम्बन्ध केन्द्र पोखरा विश्वविद्यालयका कार्यकारी निर्देशक डा.उमेशसिंह यादवले गर्नुभएको थियो ।

Faculty of Humanities and Social Sciences: Invitation for Sealed Quotation

व्यवस्थापन अध्ययन संकाय अन्तर्गत MBA/MCIS Master Level Scholarship Program को Second-Awarded List प्रकाशित गरिएको सम्बन्धि सूचना ।

व्यवस्थापन अध्ययन संकाय अन्तर्गत MBA/MCIS Master Level Scholarship Program को Second-Awarded List प्रकाशित गरिएको सम्बन्धि सूचना ।

Faculty of Science and Technology: CENTRAL ENTRANCE EXAMINATION-2023–Notice for Extension of Master Level Programs

PUMAT II Entrance MBA, MCIS March 2023 Result

PUMAT II Entrance MBA, MCIS March 2023 Result

Girls Hostel Result 2023-First List

Faculty of Management Studies: Re-announcement of Admission for Master Program

 

Faculty of Science and Technology: Scholarship Notice for Master Level Programs

Central Entrance Examination Notice for Master Level Programs

Latest Scholarship Applications

 

ME Scholarship, 2080_Category (D)

Valid From: 2023-04-25
Valid Till: 2023-05-09

ME Scholarship, 2080_Category(C)

Valid From: 2023-04-25
Valid Till: 2023-05-09

ME Scholarship, 2080_Category(B)

Valid From: 2023-04-25
Valid Till: 2023-05-09

ME Scholarship, 2080_Category(A)

Valid From: 2023-04-25
Valid Till: 2023-05-09

पोखरा विश्वविद्यालय सेवा आयोगको कार्यालयको लिखित परीक्षाको नतिजा प्रकाशन तथा अन्तरवार्तासम्बन्धी सूचना

पोखरा विश्वविद्यालय सेवा आयोगको कार्यालयको लिखित परीक्षासम्बन्धी सूचना

पोखरा विश्वविद्यालय सेवा आयोगको कार्यालयको लिखित परीक्षासम्बन्धी सूचना

List of Staff Candidate 2079