पोखरा विश्वविद्यालयमा दोस्रो हिमालयन रिम चलचित्र प्रदर्शनी सम्पन्न !

14/06/2026

पोखरा, १४ जुन २०२६

पोखरा विश्वविद्यालयमा जुन १३ र १४ तारिखमा दोस्रो हिमालयन रिम चलचित्र प्रदर्शनी भव्य रूपमा सम्पन्न भएको छ । यस दुईदिने कार्यक्रममा चिनियाँ चलचित्र, संस्कृति तथा प्रविधिको अद्भुत सङ्गम देखियो ।पहिलो दिन जुन १३ मा २१५ जना सहभागीहरूले उत्साहपूर्वक भाग लिएका थिए भने उनीहरूले चिनियाँ खेलहरू खेल्ने, चिनियाँ पोशाक लगाउने, उपहार सङ्कलन गर्ने र चिनियाँ चलचित्र ‘ब्लेड्स अफ द गार्डियन्सः विन्ड राइजेज इन द डेजर्ट’ (镖人ः风起大漠) हेर्ने अवसर पाए । साथै कार्यक्रमको एक विशेष आकर्षण थियो – एआई प्रविधिबाट निर्मित प्रचारात्मक लघुचलचित्रको प्रदर्शनी, जसले चलचित्र निर्माणमा कृत्रिम बौद्धिकताको भविष्यबारे जानकारी प्रदान गरेको थियो । चलचित्र प्रदर्शनपछि निर्देशक तथा कलाकारहरूले अनलाइन मार्फत नेपाली दर्शकसँग प्रत्यक्ष अन्तक्र्रिया गर्दै चलचित्र निर्माणको प्रक्रिया, प्रेरणा र चुनौतीबारे समेत चर्चा गरेका थिए ।

यसैगरी दोस्रो दिन जुन १४ मा चिनियाँ हस्तकला सिकाई सत्रको आयोजना गरिएको थियो । सो सत्रमा सहभागीहरूले चिनियाँ क्यालिग्राफी, मसी चित्रकला र हस्तकला सिक्ने मौका पाए भने उत्कृष्ट कला देखाउने सहभागीहरूलाई विशेष उपहार पनि वितरण गरिएको थियो । त्यसपछि एनिमेटेड चलचित्र ‘आई एम व्हाट आई एम २’ (雄狮少年२) को प्रदर्शनी गरिएको थियो जसले युवा दर्शकलाई निकै मनोरञ्जन दिएको थियो ।

कार्यक्रमको सञ्चालन केली केटो (Kelly Keto), एडिसन सन (Edison Sun), हियाङ भियान (Heang Vian) र पिटर पान (Peter Pan) ले गरेका थिए । यो प्रदर्शनी चाइना मुभी च्यानल (China Movie Channel)ि र हाङ्जाउ स्टुडियो (Hangzhou Studio) द्वारा आयोजित गरिएको थियो ।

चीनबाट आएको आयोजक टोलीमा निम्न प्रमुख व्यक्तित्वहरू सहभागी थिएः

  •  वेन्डी नी (Wendy Nie)
  • म्याट पान (Matt Pan)
  • आइरिस लियान (Iris Lian)
  • रुओयी ताङ (Ruoyi Tang)
  • शोट्टी लियान (Shotti Lian)
  • चिग्गा पोङ (Chigga Pong)

पोखरा विश्वविद्यालयले चलचित्र प्रदर्शन तथा सम्पूर्ण कार्यक्रमको लागि आफ्नो केन्द्रीय कार्यालयको मुख्य हल उपलब्ध गराएको थियो । कार्यक्रमको मुख्य सहजकर्ता पोखरा विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्र (International Relations Center -IRC) का कार्यकारी निर्देशक डा. दीपाञ्जल श्रेष्ठ रहनु भएको थियो भने उहाँको नेतृत्वमा कार्यक्रम सहज रूपमा सम्पन्न भएको हो । यसैगरी, अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका कर्मचारी अमृत बगालेले चिनियाँ प्रदर्शनकर्ताहरूसँग समन्वय गरी दुई दिनसम्म उनीहरूलाई आवश्यक सहयोग र व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेका थिए ।

साथै चिनियाँ आयोजक टोलीले पोखरा विश्वविद्यालयको सम्पूर्ण पदाधिकारी तथा प्रशासनिक टोलीप्रति हार्दिक आभार व्यक्त गरेको छ । टोलीले कार्यक्रमलाई सफल बनाउन विश्वविद्यालयका उपकुलपति, रजिस्ट्रार लगायत सम्पूर्ण विश्वविद्यालय प्रशासनले दिएको सहयोगको उच्च प्रशंसा गरेको छ । पोखरा विश्वविद्यालयको सहयोग बिना यो ऐतिहासिक आयोजना सम्भव हुने थिएन भन्ने धारणा चिनियाँ टोलीले राखेको थियो।

विशेष गरी, चिनियाँ टोलीले कार्यक्रमको मुख्य सहजकर्ता तथा अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका कार्यकारी निर्देशक डा. दीपाञ्जल श्रेष्ठको योगदानको उच्च प्रशंसा गर्दै उहाँको नेतृत्व, समन्वय र मार्गदर्शनकै कारण कार्यक्रम सफल भएको बताएको छ । त्यस्तै, श्री अमृत बगालेलाई समन्वय र लजिस्टिक व्यवस्थापनका लागि विशेष रूपमा धन्यवाद दिँदै उहाँको सहयोगले चिनियाँ टोलीलाई नेपाली वातावरणमा सहज रूपमा काम गर्न सहज भएको धारणा राखेको छ ।

यस दोस्रो हिमालयन रिम चलचित्र प्रदर्शनीले चीन र नेपालबीचको चलचित्र, संस्कृति, प्रविधि तथा शिक्षाको क्षेत्रमा आदानप्रदानलाई नयाँ उचाइमा पुर्याएको छ । पोखरा विश्वविद्यालयको सहकार्यमा सम्पन्न यो ऐतिहासिक कार्यक्रमले भविष्यमा अझ ठूला सांस्कृतिक तथा शैक्षिक आदानप्रदानका लागि अवसर सिजर्ना गरेको छ । साथै कार्यक्रमका सहभागीहरूले यस्ता कार्यक्रमहरू पुनः आयोजना गर्न माग गर्दै यसलाई सिकाई, मनोरञ्जन र सांस्कृतिक सम्बन्ध विस्तारको उत्कृष्ट मञ्चको रूपमा चित्रण गरेका छन् ।

Next Articles