Array ( [post_type] => pop-notice [posts_per_page] => -1 [orderby] => date [order] => DESC [post_status] => publish [paged] => 1 [meta_query] => Array ( [0] => Array ( [key] => end_date [value] => 20260817 [compare] => > [type] => NUMERIC ) ) )

पोखरा विश्वविद्यालयको रजिस्ट्रारको जिम्मेवारीमा प्रा. हरिबहादुर खड्का

15/05/2026

२०८३ जेठ १ गते शुक्रबार, पोखरा–३०, कास्की ।

पोखरा विश्वविद्यालयको रिक्त रहेको रजिस्ट्रार पदको दैनिक कार्य सञ्चालनका लागि प्रा. हरिबहादुर खड्कालाई जिम्मेवारी तोकिएको छ । पोखरा विश्वविद्यालय ऐन, २०५३ को दफा २८(ख) ले दिएको अधिकार प्रयोग गर्दै अर्को व्यक्ति नियुक्त नभएसम्मका लागि बढीमा तीन महिनासम्मका लागि उपकुलपति प्रा.डा. विष्णुराज तिवारीले स्कुल अफ बिजनेसका प्रा. हरिबहादुर खड्कालाई रजिस्ट्रारको जिम्मेवारी तोक्नुभएको हो ।

साथै, उहाँलाई विश्वविद्यालयको परीक्षा समितिको अध्यक्षको हैसियतले समेत कामकाज गर्ने जिम्मेवारी दिइएको छ । प्रा. खड्काले आजै एक समारोहबीच पदभार ग्रहण गर्नुभएको छ ।

यसैगरी, उपकुलपतिद्वारा विश्वविद्यालयअन्तर्गत रिक्त रहेका विभिन्न सङ्कायका डीन पदमा समेत पोखरा विश्वविद्यालय ऐन, २०५३ को दफा २८(ख) ले दिएको अधिकार प्रयोग गर्दै बढीमा तीन महिनासम्मका लागि जिम्मेवारी तोकिएको छ । यसरी जिम्मेवारी प्राप्त गर्नेहरूमा व्यवस्थापन सङ्कायको डीनमा पोखरा विश्वविद्यालय स्कुल अफ बिजनेसका प्रा.डा. ज्ञानेश्वर शर्मा, स्वास्थ्य विज्ञान सङ्कायको डीनमा पोखरा विश्वविद्यालय स्कुल अफ हेल्थ एण्ड एलाईड साइन्सेजका सह–प्रा.डा. गुलाम मोहम्मद खाँ तथा मानविकी तथा सामाजिक शास्त्र सङ्कायको डीनमा पोखरा विश्वविद्यालय स्कुल अफ डेभलपमेन्ट एण्ड सोसल इन्जिनियरिङका सह–प्रा.डा. अजय थापा रहनुभएको छ ।

Next Articles
Array ( [post_type] => post [posts_per_page] => 10 [orderby] => date [order] => DESC [post_status] => publish [paged] => 1 [post__not_in] => Array ( [0] => 41823 ) )