Array ( [post_type] => pop-notice [posts_per_page] => -1 [orderby] => date [order] => DESC [post_status] => publish [paged] => 1 [meta_query] => Array ( [0] => Array ( [key] => end_date [value] => 20261127 [compare] => > [type] => NUMERIC ) ) )

पोखरा विश्वविद्यालयमा सन् २०२७ मे महिनामा अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण सम्मेलन आयोजना गरिदै 

27/11/2026

२०८३ मंसिर ११ गते शुक्रबार, पोखरा–३०, कास्की ।

पोखरा विश्वविद्यालयले विपद् जोखिम न्यूनीकरण, उदीयमान प्रविधि तथा उत्थानशील भविष्यका विषयमा केन्द्रित अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ। International Conference on Disaster Risk Reduction, Emerging Technologies and Resilient Futures नाम दिइएको उक्त सम्मेलन सन् २०२७ मे २८ र २९ (वि.सं. २०८४ जेठ १४ र १५ गते) पोखरामा सञ्चालन हुनेछ।

“Climate Action for Resilient Future of the Dynamic Mountains and Downstreams” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको उक्त सम्मेलन मुख्य वक्ता, अनुसन्धानपत्र प्रस्तुतिका समानान्तर सत्रहरू, पोस्टर प्रस्तुतिका साथै तीन मिनेटका अनुसन्धान अबधारणाको प्रस्तुति (Three-Minute Speed Talks) तथा उच्च तहको नीति सम्वाद सत्रहरु  समेत  समावेश गरिने छ।

हिमालय क्षेत्रको उच्च हिमाली भूभागदेखि तराईसम्मको प्राकृतिक तथा सामाजिक अन्तरसम्बन्ध, जलवायु परिवर्तन, बहुविपद् जोखिम र त्यसबाट सिर्जित चुनौतीहरूको अध्ययन तथा समाधानका उपाय पहिचान गर्नु सम्मेलनको प्रमुख उद्देश्य रहेको छ। यसका साथै विज्ञान, नीति र व्यवहारबीच समन्वय स्थापित गर्दै विपद् जोखिम न्यूनीकरण तथा दिगो विकासका लागि नवीनतम प्रविधि र अनुसन्धानको उपयोगमा जोड दिइनेछ।

यस अन्तर्राष्ट्रिय सम्मेलनसँगै विश्वविद्यालयका चारवटा संकायसँग सम्बन्धित विषयवस्तु समेटेर विद्यार्थी तथा अनुसन्धानकर्ताहरूको सहभागितामा समानान्तर रूपमा Graduate Conference समेत आयोजना गरिनेछ।