Volunteer Registration Form For COVID-19

Volunteer Registration Form For COVID-19

पोखरा विश्वविद्यालय
पोखरा-३०, कास्की

  • पोखरा विश्वविद्यालयसँग सम्बद्धहरूमा हार्दिक अपिल

    नोबेल कोरोना भाइरस COVID-19 को महामारीका कारण अहिले सम्पूर्ण विश्व आक्रान्त छ । मानिसहरूमा डर, त्रास र भयको वातावरण छ । दिनहुँ यो रोगबाट हजारौं व्यक्तिहरू संक्रमित भईरहेका छन् र यसको कुनै औषधि वा सुई पत्ता नलगाई सकेका कारण हालसम्म विश्वका करिब सवालाख व्यक्तिहरूले अकालमा ज्यान गुमाइसकेका छन् । यसर्थ यो रोग निकै प्राणघातकका साथै गुणात्मक रूपमा यसले हजारौं व्यक्तिलाई दैनिक संक्रमित गर्दै ज्यान लिइरहेको छ । तर यसको कुनै रोकथाम नै छैन, कुनै उपचार नै छैन भन्न खोजेको भने होइन । यसको उपचार र रोकथामका लागि पहिलो खुट्किलो भनेको यसको फैलावट रोक्नु नै हो । त्यसपछि दोस्रो खुट्किलो भनेको लक्षण देखिएका संक्रमितहरूको तत्काल प्राथमिक उपचार गरि उनिहरूको रोगसँग लड्ने प्रतिरक्षा उर्जालाई जीवन्त राखी रोग निको पार्नु हो । नेपाल सरकारले विश्वव्यापि रूपमा फैलिँदै गएको कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि गत तीन सातादेखि देशैभर lock-down लागू गरी जनतालाई अत्यावश्यक काम बाहेक घरमै सुरक्षित साथ बस्न अनुरोध गर्दै आइरहेको छ र त्यसको हामी सबैले पालना गर्दै आइरहेका पनि छौं । विदेश तथा स्वदेश भित्रबाटै मानिस आवात जावत गर्ने लगायत अन्य सबै आर्थिक, सामाजिक सम्पूर्ण गतिविधिहरूलाई प्रायः ठप्प पार्नु बाध्यात्मक अवस्था छ । यस्तो त्रासदीपूर्ण वातावरणबाट जतिसक्दो चाँडो छुट्कारा पाउन विभिन्न नीति नियमहरू जारी गरिएका छन् । यसैबीच नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले COVID-19 को सचेतना, रोकथाम, निदान र उपाचारमा खटाउनका लागि हालै पोखरा विश्वविद्यालयसँग स्वयंसेवकहरू माग गरिएको हुँदा यिवश्वविद्यालयले राज्यको एउटा महत्वपूर्ण शैक्षिक संस्था रहेका कारण यसले राज्यका हरेक नीति नियमको पालना गर्दै हरतरहले सक्दो सहयोग गर्नु प्रमुख कर्तव्य रहन्छ । तसर्थ त्यसैको प्रयोजनका लागि निम्नानुसारकोे स्वयंसेवक दर्ता फाराम तयारी गरी पोखरा विश्वविद्यालयसँग सम्बद्ध (सम्पूर्ण आंगिक, संयुक्त आंगिक र सम्बन्धनप्राप्त कलेज लगायत) सम्पूर्ण विद्यार्थी भाईबहिनीहरू, शिक्षक तथा कर्मचारीहरू लगायत ईच्छित सबैलाई स्वयम्सेवक दर्ता फाराम भरी पेश गर्न हुन अपिल गर्दछौं ।

    २०७७ वैशाख २ गते मङ्गलबार

  • आवेदन फाराम

  • व्यक्तिगत विवरण उल्लेख गर्नुहोस्
  • स्वयंसेवकका लागि खटिन चाहेको क्षेत्र
  • This field is for validation purposes and should be left unchanged.