ओपनद्वारा उपकुलपतिलाई स्वागत

ओपनद्वारा उपकुलपतिलाई स्वागत

२०७७ कार्तिक २५ गते, मंगलबार, लेखनाथ, कास्की ।

पोखरा विश्वविद्यालय शिक्षण संस्थाहरूको संघ नेपाल (OPEN) ले पोखरा विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. प्रेमनारायण अर्याललाई एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको छ । उक्त स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उपकुलपति अर्यालले विद्यार्थीहरूको सर्वोपरि हितलाई केन्द्रमा राखेर विश्वविद्यालयलाई माथि उठाउन सबैले होस्टेमा हैसे गर्नुपर्नेमा जोड दिनुभयो । उपकुलपतिले विद्यार्थीको वेदना बुझेर उनीहरूको इज्जत र प्रतिष्ठा बचाउन सके मात्रै विश्वविद्यालयको साख र गरिमा पनि दिगो रहने उल्लेख गर्नुभयो ।

उहाँले विश्वविद्यालयलाई सन्तुलन र सहकार्यमा अगाडि बढाउनुपर्ने भएकोले सम्बन्धित पक्षसँग सम्वाद, वहस र छलफल गरी पूर्णकालीन पदाधिकारी नियुक्ति चाँडै टुङ्गाइने बताउनुभयो । रातदिन नभनी विश्वविद्यालयका लागि खटिनुपर्ने अवस्था रहेको उल्लेख गर्दै उपकुलपतिले नीति नियम भित्र रहेर काम गरिने, त्यो नबनेको भए बनाउने र विश्वविद्यालय आफै धानिन सक्ने गरी केही आंगिक कलेजको विस्तार, केही नयाँ कार्यक्रम सञ्चालन तथा मेडिकल कार्यक्रमका लागि हस्पिटल सञ्चालन गर्ने सोच आफूमा रहेको बताउनुभयो । उपकुलपति अर्यालले ओपनले विश्वविद्यालयको विकासमा महत्वपूर्ण योगदान गरेको चर्चा गर्दै उनीहरूले विश्वविद्यालयलाई दिएको इज्जतमा आँच आउन नदिने उल्लेख गर्नुभयो ।

स्वागत कार्यक्रममा ओपनले अनलाइन क्लासलाई आधिकारिकता प्रदान गर्नुपर्ने, फल र स्प्रिङ सेमेष्टरको परीक्षा तालिका परीक्षाको मोडालिटीसहित आउनुपर्ने, परीक्षाको दिगो विकासका लागि समयमा नै कोर्ष सकिने गरी ४ वर्षको शैक्षिक क्यालेण्डर प्रकाशित गर्नुपर्नेमा जोड दिएको छ । उसले विश्वविद्यालयको स्पिरिट, स्पीड र सिस्टमलाई सुनिश्चित गर्न सकेमा विद्यार्थीलाई न्याय दिन सकिने विश्वास समेत व्यक्त गरेको छ । साथै शैक्षिक कार्यक्रममा नयाँपन ल्याउनुपर्नेमा जोड दिँदै उसले विद्यार्थी भर्नामा न्यूनतम जिपिए तोकेर अगाडि बढ्न सकेमा भर्ना अन्यौलता हट्न जाने र यसले विश्वविद्यालय, कलेज र विद्यार्थीलाई समेत ठूलो राहत पुग्ने विश्वास व्यक्त गरेको छ । ओपनले विश्वविद्यालयलाई कसरी सहि ढंगले अगाडि बढाउन सकिन्छ भन्ने कुरा कलेजहरू एक ठाउँमा बसेर एकले अर्कोलाई सहयोग गर्ने भावबाट अगाडि बढ्न सके विश्वविद्यालयको सार्वजनिक निजी साझेदारी (पिपिपि) मोडेलको लक्ष्यलाई टेवा पुग्ने समेत बताएको छ ।

कार्यक्रममा विश्वविद्यालयको तर्फबाट रजिष्टारको जिम्मेवारी सम्हाल्नुभएका प्रा.डा. विष्णुराज तिवारी, व्यवस्थापन संकायका डीन प्रा.हरिबहादुर खड्का, परीक्षा नियन्त्रकको जिम्मेवारी सम्हाल्नुभएका प्रा.डा. टेकराज ज्ञवाली, पोवि प्राध्यापक संघका सभापति हेमराज पाण्डे, कर्मचारी संघका सभापति शिवराज पण्डित तथा ओपनका तर्फबाट एपेक्स कलेजका प्राचार्य एल.पि. भानु शर्मा, ओपेनका अध्यक्ष एवम् नोबेल कलेजका संस्थापक नवराज पाण्डे, अक्सफोर्ड कलेज, गैडाकोट, नवलपरासीका प्राचार्य एवम् ओपेनका उपाध्यक्ष ई. हरि प्रसाद भण्डारी, युनिग्लोब कलेज, काठमाण्डौका प्राचार्य एवम् ओपेनका उपाध्यक्ष डा. नरबहादुर बिष्ट, क्रिमसन कलेज अफ टेक्नोलोजी, बुटवलका प्राचार्य देवीप्रसाद भण्डारीले आ–आफ्नो मन्तव्य राख्नुभएको थियो ।

School of Development and Social Engineering: Vacancy Announcement

Chance Examination Schedule (Spring 2019)

Chance Exam_Schedule_Spring 2019

MBA Result

APEX

MBA_Evening       MBA_Regular

SAIM

II Trimester      IV Trimester      V Trimester

SOB

II Full Time      IV Full Time      IV JH      V Full Time      VII JH

 

NOTICE FOR RE-TOTALING/RE-CHECKING
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of  the Controller of Examinations, Lekhnath, Pokhara by 30 November, 2020 (2077.07.30 Sunday at 4:00 PM).

Result: EMBA (Spring 2019)

EMBA_1st        EMBA_2nd         EMBA_3rd

 

NOTICE FOR RE-TOTALING/RE-CHECKING
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of  the Controller of Examinations, Lekhnath, Pokhara by 30 November, 2020 (2077.07.30 Sunday at 4:00 PM).

Result: BNS & BSc Nursing

BNS-1st    Nursing_1st_new       Nursing_1st_old

Nursing_2nd_ new    Nursing_2nd_old      Nursing_3rd

 

NOTICE FOR RE-TOTALING/RE-CHECKING
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of  the Controller of Examinations, Lekhnath, Pokhara by 25 November, 2020 at 4:00 PM.

Admission & Entrance Exam Test Notice for MCIS & MHCM Program

MHCM/PGDHCM Result

Fall 2020

MHCM_1st          PGDHCM_1st

Spring 2019

MHCM_2nd           MHCM_3rd           MHCM_Retake          MHCM_Retake_old           PGDHCM_2nd

 

NOTICE FOR RE-TOTALING/RE-CHECKING
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of  the Controller of Examinations, Lekhnath, Pokhara by 12 November, 2020 (2077.07.27 Thursday at 4:00 PM).

Faculty of Management Studies:- Announces Admission for Master Programs (Remaining Seats)

उद्योगपति सूर्यबहादुर के.सी.प्रति हार्दिक श्रद्धाञ्जली !!!

उद्योगपति सूर्यबहादुर के.सी.प्रति हार्दिक श्रद्धाञ्जली !!!

२०७७ कार्तिक १८ गते मङ्लबार, लेखनाथ, कास्की ।
प्रतिष्ठित उद्योगपति एवम् समाजसेवी सूर्यबहादुर के.सी.को २०७७ कार्तिक १७ गते सोमबार राति १०ः३० बजे पोखरा–७, एयरपोर्टस्थित आफ्नै निवासमा ६३ वर्षको उमेरमा हुन गएको निधनप्रति गहिरो शोकसहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं । उहाँ पोखरा विश्वविद्यालयको पूर्व सभासद् एवम् भौतिक पूर्वाधार निर्माण समितिको सदस्य हुनुहुन्थ्यो । यस दुःखद घडिमा उहाँले पोखरा विश्वविद्यालयको स्थापना, विकास र प्रबर्धनमा विभिन्न तवरले पुर्याउनु भएको योगदानको उच्च कदरसहित सम्मान गर्दै हार्दिक स्मरण समेत गर्दछौं । उहाँ केही वर्षदेखि उच्च रक्तचाप र मधुमेह रोगबाट पिडित हुनुहुन्थ्यो । उहाँको एक श्रीमति र तीन छोराहरू हुनुहुन्छ । शोकको यस घडिमा उहाँको आत्माको चिरशान्तिको कामनासहित शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना समेत गर्दछौं ।

पोखरा विश्वविद्यालय
लेखनाथ, कास्की ।

Management/BCA Programs:- Rechecking and Re-totaling Result

Rechecking Re-totaling Result_Spring 2019, 1-6 Sem

Engineering Programs:- Rechecking and Re-totaling Result

Rechecking and Re-totaling Result Spring 2019, 1-6 Sem

पोखरा विश्वविद्यालयको पठन–पाठन र परीक्षासम्बन्धी सूचना !!!

पोखरा विश्वविद्यालयको पठन–पाठन र परीक्षासम्बन्धी सूचना !!!

विश्वव्यापी महामारीको रूपमा फैलिएको नोवेल कोरोना भाइरस (Covid-19) को संक्रमण र जोखिमका कारण विगत सात महिनादेखि पोखरा विश्वविद्यालयको समग्र शैक्षिक वातावरण प्रभावित भइरहेको सर्वविदितै छ । साथै विश्वविद्यालयमा एक वर्षभन्दा बढी उपकुलपतिज्यू एवम् रजिष्ट्रारज्यूको पदविहिन अवस्था सँगसँगै प्रायः सबै महत्वपूर्ण पदहरू समेत क्रमशः रिक्त हुँदै गएका कारण विश्वविद्यालयको नियमित पठनपाठन, परीक्षा सञ्चालन, परीक्षाफल प्रकाशन, प्रमाणपत्र वितरण लगायत दैनिक प्रशासनिक एवम् प्राज्ञिक कार्यहरूमा खलल् पुग्न गई विश्वविद्यालयको शैक्षिकपात्रो पनि प्रभावित हुने अवस्थामा पुगेको सम्बन्धित सबैमा अवगत नै छ ।

शैक्षिक गतिविधिहरूलाई तोकिएको निर्धारित समयमा सम्पन्न गर्नेगरी संस्थागत विकास र प्राज्ञिक वातावरण कायम तथा क्षति न्यूनिकरण गर्दै शैक्षिकपात्रोलाई नियमित र नियन्त्रित गर्नु विश्वविद्यालयको एकमात्र प्रमुख दायित्व हो । यसर्थ असामान्य रूपमा सिर्जना भएको विषम परिस्थितिबाट सामना गर्दै र विद्यार्थीहरूको भविष्यलाई सुरक्षित गर्दै पठनपाठन र परीक्षालाई परिस्थिति अनुरूप सहजीकरण गर्नु बाहेक अन्य विकल्प हामीसँग नभएको विदितै छ ।

त्यसैले परिस्थितिबस सिर्जित थप दायित्वलाई आत्मसाथ गरी विश्वविद्यालयबाट नेपाल सरकारले निर्देश गरेबमोजिम सम्भव भएसम्मका प्रविधिहरू प्रयोग गरी नियमित शैक्षिक एवम् प्राज्ञिक गतिविधिहरू सञ्चालनका लागि वैकल्पिक उचित माध्यम आवश्यक रहन्छ, साथै विश्वविद्यालयका सबै महाविद्यालयहरूमा अनलाइन माध्यमबाट सञ्चालन भइरहेको पठनपाठनको प्रगति र परीक्षा सञ्चालन गर्न सकिने अवस्था के कस्तो छ भन्ने विषयमा अध्ययन गरी प्रतिवेदन बुझाउन अध्ययन समिति गठन भएको र सोही अध्ययन समितिले बुझाएको प्रतिवेदनका आधारमा तपसिल बमोजिम हुनेगरी विश्वविद्यालयको पठन–पाठन र परीक्षाको तयारीमा रहन विश्वविद्यालयका आङ्गिक, संयुक्त आङ्गिक र सम्बन्धनप्राप्त सबै महाविद्यालयहरूलाई निर्देशनसहित सूचित गरिएको छः

तपसिल

१. महाविद्यालयहरूमा भएको वर्तमान शैक्षिक प्रगति अनुसार विभिन्न संकायका विभिन्न तहका हाल अनलाइन माध्यमबाट सञ्चालन भैरहेको शैक्षिक सत्रका आन्तरिक मूल्याङ्कनसमेतका शैक्षिक क्रियाकलापमा विश्वविद्यालयको नियमानुसार क्रमशः स्नातकोत्तरतहको Dec 31, 2020 र स्नातकतहको Jan 15, 2021  सम्म सम्पन्न गर्ने, गराउने ।

२. महाविद्यालयहरूको अनलाइन शैक्षिक क्रियाकलापलाई यसै शैक्षिक सत्रान्त्रमा व्यवस्थापन गर्न दशैँ तथा तिहारको बीचको समयमा पनि नियमानुसार शैक्षिक क्रियाकलाप सञ्चालन गर्ने, गराउने ।

३. गतसत्रका बाँकी रहेका अन्तिम परीक्षाहरू पूर्व सूचना दिई सञ्चालन प्रक्रिया अगाडि बढाइने र हाल अनलाइन विधिबाट सञ्चालन भैरहेको सत्रको शैक्षिक क्रियाकलाप बुँदा नं. १ मा उल्लेख भएअनुसार वर्तमान सत्रका ल्याब, प्राक्टिकल, फिल्ड भिजिट लगायतका शैक्षिक गतिविधिहरू सम्पन्न गर्नका लागि थप दुई हप्ताको समय दिइने छ र सोको १० दिन पश्चात् आन्तरिक मूल्यांकन प्रक्रिया अगाडि बढाउँदै अन्तिम परीक्षाहरू सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैको लागि यसै सूचनामार्फत सूचित गरिन्छ ।  

 

आज्ञाले


लोकप्रसाद ढकाल
सूचना अधिकृत
मितिः २०७७/०७/०६ गते बिहीबार ।

पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको सूचना !!!

IQAC Directives, 2020 : Information to Colleges

IQAC Directives, 2020

हार्दिक मङ्गलमय शुभ–कामना !!!

हार्दिक मङ्गलमय शुभ–कामना !!!

Notice of the Postponement for Entrance Exam MHCM & MCIS

घर भाडामा लिनेसम्बन्धीे सूचना !!!

MCIS/MHCM Revised Notice

PUMAT Results

उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालद्वारा पदभार ग्रहण

उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालद्वारा पदभार ग्रहण

२०७७ असोज १८ गते आइतबार, पोखरा–३०, लेखनाथ, कास्की ।

पोखरा विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले आज एक समारोहबीच उपकुलपति पदको पदभार ग्रहण गर्नुभयो । पदस्थापनपछि विश्वविद्यालयद्वारा आयोजित स्वागत कार्यक्रममा बोल्दै उपकुलपति अर्यालले नीति र नियमभन्दा बाहिर गएर आफूले कुनै कार्य एवम् कदम नचाल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सम्माननीय प्रधानमन्त्रीज्यूसँग विश्वविद्यालयको समस्या र अन्यौलता समाधानका बारेमा आफूले कुरा राख्दा उहाँले नीति नियममा रही निर्धक्क भएर अगाडि बढ्न सुझाउनु भएको समेत उहाँले उल्लेख गर्नुभयो ।

जहाँ चुनौती छ त्यहाँ सम्भावना छ । जहाँ चुनौति छैन, त्यो जागिर खाने हुन्छ, तर म जागिर खान आएको होइन भन्दै उपकुलपति अर्यालले आफूलाई अब कसरी यो विश्वविद्यालय बनाउने, कसरी यसलाई व्यवस्थापन गर्ने भन्ने मुख्य चिन्ता रहेको उल्लेख गर्नुभयो । उपकुलपति अर्यालले भन्नुभयो– कुनै पनि पदाधिकारी आएर मेरो हातमा तिलस्मीको छडि छ, सब ठिक पार्छु भन्यो भने त्यो नबुझेको हुन्छ, तर म बुझ्छु मात्र र बुझेको पनि छु ।

उहाँले विश्वविद्यालय विद्यार्थीहरूको योग्यता मापन गर्ने थलो भएकोले एकवर्षदेखि ती कार्य बन्द हुनु विद्यार्थीका लागि ज्यादै पिडादायी क्षण रहेको उल्लेख गर्नुभयो । सोको लागि विश्वविद्यालयलाई अनिर्णयको बन्दी बनाउन नहुने उल्लेख गर्दै उहाँले विश्वविद्यालयको हक, हित तथा विद्यार्थीहरूको भविष्य सुनिश्चताका लागि सबै व्यक्तिगत स्वार्थभन्दा माथि उठि कार्य गर्नुपर्नेमा जोड दिनुभयो । यसका लागि आफू चौबिसै घण्टा पोखरा विश्वविद्यालयको लागि समर्पित रहने उहाँले बताउनुभयो ।

कोभिडले धेरै विश्वविद्यालयहरूलाई समस्यामा पारेको र केही विश्वविद्यालयले सामाजिक दुरी कायम गरी परीक्षा लिएको सन्दर्भमा २१ औं शताब्दीको प्रविधि मैत्री वातावरण सिर्जना गरी हामीले पनि अनलाईन पठनपाठन र परीक्षामा सञ्चालनका लागि ढिलो गर्न नहुनेमा उहाँको जोड थियो ।

पोखरा विश्वविद्यालय छोटो समयमा राम्रो प्रतिष्ठा कायम गरेको र धेरै कार्यक्रम ल्याएर एउटा ख्याति कमाएको विश्वविद्यालय भएकोले यसको अझ बढी प्रबर्धन र उत्थानका लागि केही राहत कार्यक्रमहरू सञ्चालनमा ल्याउनु पर्नेमा समेत उपकुलपतिले जोड दिनभयो । यसका लागि मेडिकल कलेजको स्थापना, बिद्युत, कानुन र शिक्षामा पठनपाठनदेखि लिएर देशको यस सुन्दर क्षेत्रलाई पर्यटकीय अध्ययन केन्द्रको रूपमा विकास गर्न सकिने उहाँको भनाई थियो । यसका लागि सबैको सहयोग र योगदान चाहिन्छ, केही समस्या भए सम्वाद, सहमति र सहकार्यमा अगाडि बढ्न सकिन्छ, उपकुलपतिले भन्नुभयो ।

स्वागत कार्यक्रममा पोखरा विश्वविद्यालय सेवा आयोगका अध्यक्ष रघुनाथ अधिकारी, पोखरा विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्रा. हरिबहादुर खड्का, स्कूल अफ डेभलेपमेन्ट सोसल ईञ्जियिरिङ्गका स्कूल निर्देशक डा. रामप्रसाद अर्याल, पोखरा विश्वविद्यालय कार्यकारी परिषद्का सदस्य सहप्राध्यापक हरिप्रसाद त्रिपाठी, पोखरा विश्वविद्यालय प्राध्यापक संघका अध्यक्ष हेमराज पाण्डे तथा पोखरा विश्वविद्यालय कर्मचारी संघका अध्यक्ष शिवराज पण्डितले विश्वविद्यालयका समस्याका बारेमा आ–आफ्नो मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको सञ्चालन सहप्रशासक तारा सापकोटाले गर्नुभएको थियो ।

Notice of five days online workshop

MBA-August 2020 कार्यक्रमको छात्रवृत्ति परीक्षा स्थगित भएको सूचना !!!

पोखरा विश्वविद्यालयको उप–कुलपतिमा प्रा.डा. प्रेमनारायण अर्याल नियुक्त

पोखरा विश्वविद्यालयको उप–कुलपतिमा प्रा. डा. प्रेमनारायण अर्याल नियुक्त

सम्माननीय प्रधानमन्त्री तथा पोखरा विश्वविद्यालयका कुलपति के.पि. शर्मा ओलिले पोखरा विश्वविद्यालय ऐन २०५३ बमोजिम पोखरा विश्वविद्यालयको रिक्त रहेको उप–कुलपति पदमा प्रा.डा. प्रेमनारायण अर्याललाई २०७७ असोज १४ गते बुधबार नियुक्त गर्नुभएको छ । नवनियुक्त उप-कुलपति अर्यालले आउँदो आइतबार (असोज १८) गते पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालय, लेखनाथमा पदबहाली गर्नुहुने कार्यक्रम छ । ४ (चार) वर्षको लागि उप–कुलपति पदमा नियुक्त प्रा. डा. अर्याललाई हार्दिक बधाई ज्ञापन गर्दै उहाँको सफल कार्यकालको हार्दिक शुभ–कामना व्यक्त गर्दछौं ।

पोखरा विश्वविद्यालय
पोखरा–३०, लेखनाथ, कास्की ।

PUMAT Merit List (August 2020)

PUMAT Merit List Notice

PUMAT Merit List 2077

Interview Application Form

Admission Notice for MCIS and MHCM

MBA-August 2020 को छात्रवृत्तिसम्बन्धी सूचना !!!

PUMAT MBA – August 2020 Exam Notice !!!

विश्वविद्यालयको प्रशासनिक गतिविधि सञ्चालन गर्ने/गराउने सम्बन्धी सूचना

विश्वविद्यालयको प्रशासनिक गतिविधि सञ्चालन गर्ने/गराउने सम्बन्धी सूचना

जिल्ला प्रशासन कार्यालय, कास्कीको पत्र संख्याः प्र. २०७७/०७८, च.नं. ९९९, मिति २०७७/०५/२८ गतेको पत्रानुसार विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस) को संक्रमण बढ्दै गइरहेको अवस्थामा सोको संक्रमण, रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारबाट जारी भएका स्वास्थ्य तथा सुरक्षाका मापदण्ड एवम् सावधानीहरूलाई कडाइका साथ पालन गरी प्रशासनिक कार्यहरू सञ्चालन गर्न जानकारी प्राप्त भएकाले सोही बमोजिम हुनेगरी मिति २०७७/०५/२९ गतेदेखि पोखरा विश्वविद्यालय मातहतका सबै निकायहरू खोल्न र दैनिक प्रशासनिक गतिविधिहरू सञ्चालन गर्न/गराउन हुन सम्बन्धित सबैलाई जानकारी गराईन्छ ।

 

 

लोकप्रसाद ढकाल
सूचना अधिकृत
मितिः २०७७/०५/२८ गते

स्नातकोत्तर तह एम.वि.ए. कार्यक्रम (August Session 2020) को पूर्ण शुल्कीयतर्फको प्रवेश परीक्षासम्बन्धी सूचना !!

अनलाइन कक्षा सञ्चालन गर्ने सम्बन्धी सूचना !!!

Three Day Webinar on Emerging Concepts in Marketing (ECM)

Three Day Webinar on Emerging Concepts in Marketing (ECM)

Faculty of Management Studies, Pokhara University is organizing three day webinar on Emerging Concepts in Marketing (ECM) from 15th September – 17th September, 2020 in association with School of Business Alumni Relations. The webinar brings professors and experts of marketing from renowned higher education institutions of India together to share their ideas on emerging issues in marketing. The speakers are well trained in academia and have rich experience of working in the industry.

The webinar is free to register and interested participants can register their names to Santosh Kumar Gurung at [email protected](9846117506)  OR Pradeep Sapkota at [email protected](9856062223) on or before 9th September, 2020.

सूचना !!!

सूचना !!!

मिति २०७७/०५/१९ गते जिल्ला प्रशासन कार्यालय, कास्कीबाट संक्रामक रोग नियन्त्रण ऐन, २०२० बमोजिम कास्की जिल्लाभर लागूहुने गरी जारी गरिएको आदेश अनुसार विश्वविद्यालय, क्याम्पस लगायतका सेवा तथा स्थलहरू नखोल्नुहुन तथा सञ्चालन नगर्नुहुन भन्ने भएकाले पोखरा विश्वविद्यालयमा सोही अनुसार हुने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।


लोकप्रसाद ढकाल
सूचना अधिकृत
मितिः २०७७/०५/२० गते

Faculty of Management Studies: Postponement Notice for Admission

सूचना !

सूचना !

जिल्ला प्रशासन कार्यालय कास्कीको संलग्न प.सं. २०७७/७८ मिति २०७७/०५/१२ गतेको पत्रानुसार कास्की जिल्लाभर लागूहुने गरी संक्रामक रोग नियन्त्रण ऐन, २०२० बमोजिम जारी गरिएको आदेशको बुँदा नं. ५ अनुसार विश्वविद्यालय, क्याम्पस लगायतका सेवा तथा स्थलहरू नखोल्नुहुन तथा सञ्चालन नगर्नुहुन भन्ने भएकाले पोखरा विश्वविद्यालयमा सोही अनुसार हुने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।

लोकप्रसाद ढकाल
सूचना अधिकृत
मितिः २०७७/०५/१२ गते

 

The three day E- workshop entitled “Data Envelopment Analysis (DEA) for Performance Evaluation and Benchmarking” has been concluded

The three day E- workshop entitled “Data Envelopment Analysis (DEA) for Performance Evaluation and Benchmarking” has been concluded

The three day E- workshop entitled Data Envelopment Analysis (DEA) for Performance Evaluation and  Benchmarking  organized by Faculty of Management Studies, Pokhara University in collaboration with Nepal Tourism and Hotel Management College, Pokhara from 25th  –  27th August, 2020 has been concluded. The inaugural session of the workshop was chaired by Prof. Hari Bahadur Khadka, Dean, Faculty of Management Studies, Pokhara University. Prof. Dr. Radheshyam Pradhan, Central Department of Management, Tribhuvan University was the Chief Guest of the inaugural session. The inaugural session was addressed by Prof. Dr. JB Komaraiah, Department of Economics, Faculty of Social Sciences, Banaras Hindu University, Prof. Anand Kumar Jaiswal, Indian Institute of Management, Ahmedabad (IIMA) and Dr. Lokanandha Reddy Irala, Associate Professor, School of Management Studies, Central University of Hyderabad. Dr. Joyeeta Deb Mazumdar, Associate Professor, Department of Business Administration, Assam University facilitated the workshop as the Resource Person. The workshop comprised of 76 participants where 60 participants represented 14 different higher education institutions of Nepal and 16 participants represented various higher education institutions of India.

 

 

 

 

 

 

 

 

 

The workshop focused faculties and PhD Scholars in the area of economics, management and allied disciplines. This online-based workshop emphasized on basic DEA models for efficiency and productivity measurement. The contents of the workshop were designed meticulously with the objective to provide a healthy balance between theory and hands-on applications. The three day e-workshop was conceived as a task oriented exercise platform where participants learned from the experts and practitioners by solving real problems confronted in different arena. The workshop basically emphasized on fundamental concept of Data Envelopment Analysis (DEA), Technical Efficiency and Estimation and Productivity Growth Analysis.

The three day e-workshop was conducted through electronic platform (Zoom) and was interactive in nature where participants freely raised questions and participated in real life exercises. Exposure to software was also provided.  The sessions were conducted from 11:00 am to 1:00 pm.

POSTPONEMENT NOTICE FOR ADMISSION MBA /MBA-Evening Program (MBA-EP)/MBA-Jobholders/ MBA-Finance/MBA-Global Business and Executive MBA (EMBA)

राष्ट्रकवि माधवप्रसाद घिमिरेप्रति हार्दिक श्रद्धाञ्जली !!

राष्ट्रकवि माधवप्रसाद घिमिरेप्रति हार्दिक श्रद्धाञ्जली !!

२०७७ भदौ २ गते, मङ्गलबार ।
राष्ट्रकवि माधवप्रसाद घिमिरेको २०७७ भदौ २ गते मङ्गलबार अपरान्ह ५ः३० बजे आफ्नै निवास लैनचोर, काठमाडौंमा हुन गएको निधनप्रति गहिरो शोकसहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं । उहाँ १०१ वर्षको हुनुहुन्थ्यो । उहाँको जन्म वि.सं. १९७६ असोज ७ गते लमजुङ जिल्लाको पुस्तुनमा भएको थियो । उहाँ केहि समयदेखि श्वासप्रश्वास, रक्तचाप र मधुमेहको समस्याबाट पिडित हुनुहुन्थ्यो । नेपाली वाङ्मय क्षेत्रमा दशकौं लामो साहित्य साधना र योगदान गर्नुहुने राष्ट्रकवि घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका एक कुशल र सिद्धहस्त वरिष्ठ नेपाली साहित्यकार, कवि र गीतकार हुनुहुन्थ्यो ।

उहाँले वि.सं. २०७३ वैशाख ८ गते सम्पन्न पोखरा विश्वविद्यालयको १३ औं दीक्षान्त समारोहमा प्रमुख अतिथिको रूपमा सहभागिता जनाउनु भएको थियो । उहाँको जेठी श्रीमती गौरीको विसं २००४ मा निधनपछि उहाँले रचेको गौरी शोककाव्य र अन्य दर्जनौँ काव्य, गीतिनाटक, कथा, यात्रा संस्मरण र अनुवाद विधामा उहाँका कृतिहरू लोकप्रिय छन् । उहाँका नवमञ्जरी, घामपानी, नयाँ नेपाल र किन्नरकिन्नरी आदि कविता संग्रह प्रकाशित छन् भने “गाउँछ गीत नेपाली”, “फूलको थुङ्गा बगेर गयो” तथा “आजै र राति के देखे सपना” आदि गीतहरू प्रख्यात छन् ।

उहाँका श्रीमती, दुई छोरा र ६ छोरी हुनुहुन्छ । शोकको यस घडिमा उहाँको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना समेत व्यक्त गर्दछौं ।

पोखरा विश्वविद्यालय बन्द रहने सूचना !

पोखरा विश्वविद्यालय बन्द रहने सूचना !

विश्वव्यापी महामारीको रूपमा फैलिएको नोबेल कोरोना भाईरस (COVID-19) को बढ्दो संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारबाट जारी भएका स्वास्थ्य तथा सुरक्षाका मापदण्ड एवम् सावधानीहरूलाई कडाईका साथ पालना गर्न, गराउन जिल्ला प्रशासन कार्यालय, कास्कीले मिति २०७७/०५/०२ गते राति १२ः०० बजेदेखि मिति २०७७/०५/०७ गते राति १२ः०० बजेसम्म कास्की जिल्लाभर निषेधाज्ञासम्बन्धी आदेश जारी गरेको छ । यसर्थ निषेधाज्ञा जारी रहेको अवधिमा पोखरा विश्वविद्यालयको सुरक्षासँग जोडिएका अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण शैक्षिक एवम् प्रशासनिक कार्य, गतिविधिहरू पनि बन्द हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना जारी गरिएको छ । COVID-19 को रोकथाम तथा नियन्त्रणका सन्दर्भमा यस किसिमका आदेश, व्यवस्था मिति २०७७/०५/०७ गतेपछि पुनः हुन गएमा सोहि बमोजिमको अवधिभरसम्म विश्वविद्यालय बन्द रहने समेत जानकारी गराइन्छ ।


लोकप्रसाद ढकाल
सूचना अधिकृत

२०७७ भाद्र २ गते

Faculty of Management Studies: E- Workshop on Data Envelopment Analysis (DEA) for Performance Evaluation and Benchmarking ( 25th – 27th August, 2020)

पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायको छात्रवृत्ति २०७६ (March Intake-2020) को तेस्रो Award List प्रकाशनसम्बन्धी सूचना

सूचना पढ्न यहाँ थिच्नुहोस्

Awarded List हेर्न यहाँ थिच्नुहोस्

पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायको छात्रवृत्ति २०७६ (March Intake-2020) को NRM/IWRM को दोस्रो Award List प्रकाशनसम्बन्धी सूचना

सूचना पढ्न यहाँ थिच्नुहोस्

Awarded List हेर्न यहाँ थिच्नुहोस्

पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायको छात्रवृत्ति २०७६ (March Intake-2020) को NRM/IWRM कार्यक्रममा निवेदन आव्हान सम्बन्धी सूचना

पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायको छात्रवृत्ति २०७६ (March Intake-2020)को दोस्रो Award List प्रकाशनसम्बन्धी सूचना

सूचना हेर्नको लागि यहाँ थिच्नुहोस्

Award List हेर्नको लागि यहाँ थिच्नुहोस्

जनै पूर्णिमा (रक्षाबन्धन) पर्वका दिन सार्वजनिक बिदा हुने सम्बन्धी सूचना

जनै पूर्णिमा (रक्षाबन्धन) पर्वका दिन सार्वजनिक बिदा हुने सम्बन्धी सूचना

पोखरा विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णय एवम् प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय गण्डकी प्रदेशको मिति २०७६ चैत्र २२ गतेको सूचना अनुसार २०७७ साउन १९ गते सोमबार दिन जनै पूर्णिमा (रक्षाबन्धन) पर्व परेकाले उक्त दिन पोखरा विश्वविद्यालय र मातहतका निकायहरूमा पनि सार्वजनिक बिदा हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

लोकप्रसाद ढकाल
सूचना अधिकृत

School of Engineering: Notice

प्रा.डा. राधेश्याम कायस्थप्रति हार्दिक श्रदासुमन

प्रा.डा. राधेश्याम कायस्थप्रति हार्दिक श्रदासुमन

२०७७ साउन १५ गते, विहीबार, पोखरा, कास्की ।
वरिष्ठ वनस्पतिशास्त्री एवम् शिक्षाविद् प्रा.डा. राधेश्याम कायस्थकोे ७८ वर्षको उमेरमा चरक मेमोरियल अस्पताल, नयाँबजार, पोखरामा २०७७ साउन १५ गते हुन गएको निधनप्रति गहिरो शोकसहित हार्दिक श्रदासुमन अर्पण गर्दछौं । उहाँ पोखरा विश्वविद्यालयको पूर्व सभासद्, प्राज्ञिक परिषद्को सदस्य, साइन्स विषय समितिको अध्यक्ष एवम् वि.फार्मेसी विषय समितिको सदस्य हुनुहुन्थ्यो । यस दुःखद घडिमा उहाँले पोखरा विश्वविद्यालयको विकास र प्रबर्धनमा विभिन्न पदमा बसी पुर्याउनु भएको योगदानको उच्च कदरसहित सम्मान गर्दै हार्दिक स्मरण समेत गर्दछौ । पोखराको शिक्षा क्षेत्रको एक पर्यायको रूपमा स्थापित अग्रणी शिक्षासेवी प्रा.डा. कायस्थ केही समयदेखि दम रोगबाट पिडित हुनुहुन्थ्यो । उहाँका एक श्रीमति, दुई छोरा र एक छोरी हुनुहुन्छ । शोकको यस घडिमा उहाँको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना समेत व्यक्त गर्दछौं ।

पोखरा विश्वविद्यालय
लेखनाथ, कास्की ।

स्वास्थ्य विज्ञान संकायको सूचि दर्तासम्बन्धी सूचना

पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायको छात्रवृत्ति २०७६ (March Intake-2020) को दोश्रो Merit List प्रकाशनसम्बन्धी सूचना

सूचना हेर्नको लागि यहाँ थिच्नुहोस् ।

Merit List हेर्नको लागि यहाँ थिच्नुहोस् ।

Online निवेदनका लागि यहाँ थिच्नुहोस् ।

 

पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायको छात्रवृत्ति २०७६ (March Intake-2020) को NRM/IWRM कार्यक्रमको Online निवेदन आव्हानसम्बन्धी सूचना

सूचना हेर्नको लागि यहाँ थिच्नुहोस् ।

Online निवेदनका लागि यहाँ थिच्नुहोस् ।