School of Engineering: Admission Notice for BE Electrical and Electronics

School of Business: Vacancy Announcement
व्यक्तिगत रूपान्तरण तथा तनाव व्यवस्थापनमा प्रशिक्षात्मक कार्यक्रम
व्यक्तिगत रूपान्तरण तथा तनाव व्यवस्थापनमा प्रशिक्षात्मक कार्यक्रम

२०७९ साल वैशाख ५ गते सोमबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालयले रजतजयन्तीको अवसरमा व्यक्तिगत रूपान्तरण तथा तनाव व्यवस्थापनमा एक दिने प्रशिक्षात्मक कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रम पोखरा विश्वविद्यालयका उपकुलपति एवम् रजतजयन्ती मूल तयारी समितिका अध्यक्ष प्रा.डा. प्रेमनारायण अर्यालको अध्यक्षतामा लेखनाथ उद्योग वाणिज्य संघको सभा हलमा सम्पन्न भयो । उक्त प्रशिक्षात्मक कार्यक्रमलाई प्राज्ञ डा. चिन्तामणि योगी र स्वामी योगानन्दले प्रशिक्षण दिनु भएको थियो ।
पोखरा विश्वविद्यालयका उपकुलति प्रा.डा. प्रेमनारायण अर्यालले प्रशिक्षात्मक कार्यक्रमलाई पानसमा दियोबाली उद्घाटन गर्नु भयो । उक्त कार्यक्रममा आफ्नो मन्तव्य राख्दै उपकुलपतिले मान्छेको प्राण, कमाएको धनसम्पत्ति र उसको भौतिक शरीरको कुनै ठेगान नभएको तर उसले कमाएको नाम र प्रतिष्ठा अमर रहने हुनाले व्यक्तिगत चिन्ता र स्वार्थ छाडि सबै सत्कर्ममा लाग्नुपर्नेमा जोड दिनु भयो । उहाँले विश्वविद्यालयको प्रतिष्ठा अभिवृद्धिका लागि सम्बन्धित सबैले अनावश्यक रिस, राग, द्वेश र घृणा छोड्नुपर्ने बताउनुभयो । विश्वविद्यालय बनाउन सबै एकजुट हुनुपर्ने उल्लेख गर्दै उपकुलपतिले यसका लागि एकले अर्कालाई विश्वासमा लिई काम गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार डा. दिपक बहादुर भण्डारीले कम्प्यूटरमा हार्डवयर र सफ्टवयर भएजस्तै मान्छेको शरीररूपी हार्डवयरमा काम नलाग्ने विचारलाई हटाई नयाँ नयाँ सिर्जनात्मक एवम् सकारात्मक सोचहरूले मस्तिकलाई समयानूकुल रूपान्तरण गर्नुपर्ने बताउनुभयो । विश्वविद्यालयमा सकारात्मक सोचको विकासका लागि यस किसिमका कार्यक्रम फलदायी हुने उहाँको विश्वास थियो ।
प्रशिक्षक डा. चिन्तामणि योगीले मानिस परिवार मोह, माया प्रेम, तेरो मेरो, धनसम्पत्ति, प्रतिष्ठा आर्जनमै जीवन बिताउने गरेकोले उसले आफैले आफूलाई चिन्न नसकेको तर्क राख्नुभयो । उहाँले मानिस अरूको कारणले नभई आफ्नै कर्मले दुःखी र चिन्तित रहने गरेको उल्लेख गर्नुभयो । मानिसले पलभर पनि आफ्नो प्राण र शरीरलाई साथ दिन नसक्दा विभिन्न दुःख, कष्ट, पिडा र चिन्ताले ग्रस्त हुने गरेको डा. योगीले बनाउनु भयो । जबसम्म सकारात्मक र नकारात्मक सोच चिन्न सकिदैन, पवित्र र अपवित्र के हो बुझ्न सकिदैन, सत्कर्म र दुत्कर्म के हो छुट्याउन सकिदैन, तबसम्म मानिसले आफूलाई परिवर्तन गर्न नसक्ने उहाँको तर्क थियो । जुन काम आवश्यक छैन, जसलाई त्याग्दा जीवनलाई कुनै हानि हुँदैन त्यस्ताको प्रयोग गर्न मानिस बाध्य हुने गरेको र यसलाई परिवर्तन गर्न आत्मबल र दृढशक्ति हुनुपर्ने उहाँले बताउनुभयो । डा. चिन्तामणि योगिले पोखरा विश्वविद्यालय शिक्षा क्षेत्रको एउटा महत्वपूर्ण धरोहर भएकोले यसको प्रतिष्ठा अभिवृद्धिका लागि सहयोग र सहकार्यका लागि आफू सँधै लागि पर्ने बताउनुभयो ।
कार्यक्रमका अर्का प्रशिक्षक स्वामी योगानन्दले मानिस तनावै तनावमा जीउने गरेको उल्लेख गर्दै दीर्घ जीवनका लागि मानिसले तनावलाई व्यवस्थापन गर्नु अपरिहार्य रहेको उल्लेख गर्नुभयो । उहाँले योगा, भोजन शुद्धि, वाणि शुद्धि, परिवेश शुद्धि र सौचको सही प्रयोगले तनाव व्यवस्थापन गर्ने बताउनुभयो । मनको शुद्धि, साधना, सत्संग, संस्कार जस्ता विधि र प्रयोगले मानिसलाई ज्ञानी र कृपालु बनाउने उहाँको विचार थियो । मन चिन्ताबाट मुक्त गर्दै आनन्दित र पुलकित तुल्याउन लफिङ्ग थेरापी, मेडिटेशन र विभिन्न योगा विधिका बारेमा स्वामी योगानन्दले अभ्यास प्रदान गर्नु भएको थियो ।
कार्यक्रममा पोखरा विश्वविद्यालय योजना तथा कार्यक्रम महाशाखा प्रमुख एवम् व्यक्तिगत रूपान्तरण तथा तनाव व्यवस्थापन प्रशिक्षात्मक कार्यक्रम तयारी समितिका संयोजक डा. दिपकराज पौडेलले जिम्मेवारीबाट पन्छिदैमा तनाव कम नहुने विचार राख्दै जिम्मेवारी निर्वाह गर्नुपनि तनाव व्यवस्थापनको एक पाटो रहेको आफूले बुझेको बताउनुभयो । डा. अर्जुनकुमार थापाले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा विश्वविद्यालयका विभिन्न पदाधिकारी, शिक्षक, कर्मचारी लगायत लगभग २०० जनाको उपस्थिति रहेको थियो ।
कार्यक्रमका अन्य तस्बिरहरूः
पोखरा विश्वविद्यालय सेवा आयोगको कार्यालयको लिखित परीक्षा र अन्तरवार्तासम्बन्धी सूचना

School of Business: Interview Notice for MBA 2022 Spring Session
Faculty of Science and Technology: Second Awarded List of Scholarship 2078/79


मानविकी तथा सामाजिकशास्त्र सङ्कायः स्नातकोत्तरतहतर्फको छात्रवृत्ति कार्यक्रमको परीक्षासम्बन्धी सूचना
शुभकामना

स्कूल अफ ईञ्जिनियरिङ्गः कोर्ष करार सेवामा शिक्षक पदपूर्तिसम्बन्धी सूचना

Faculty of Science and Technology: Merit List (Second Entrance Paying) Notice

Notice for Financial Proposal Opening_IEE_Hospital

व्यवस्थापन सङ्कायः स्नातकोत्तरतहका कार्यक्रमहरूको छात्रवृत्ति परीक्षाको Awarded List एवम् College Allocated List प्रकाशितसम्बन्धी सूचना
जानकारी सम्बन्धमा
![]()
Examination-Schedule-Fall 2022_MHCM_PGDHCM_MCIS
School of Engineering: Notice for Orientation Program
School of Engineering: Invitation for Sealed Quotation

जानकारी सम्बन्धमा

स्कूल अफ ईञ्जिनियरिङ्गः बाँकी खाली सिटमा भर्नासम्बन्धी सूचना

Faculty of Humanities and Social Sciences: Central Entrance Examination Result of MA in English

MHCM, MCIS Paying Merit List_March 2022
PUMAT Merit list March-2022
व्यवस्थापन सङ्कायः छात्रवृत्तिका लागि स्नातकोत्तरतहका कार्यक्रमहरूको Public Merit List मा मात्र समावेश भएका उम्मेदवारहरूलाई अनुसूचि ४ को अनलाइन फाराम भर्नेसम्बन्धी सूचना

पोखरा विश्वविद्यालय रजत जयन्तीमा रचनात्मक कार्य गरिने
पोखरा विश्वविद्यालय रजत जयन्तीमा रचनात्मक कार्य गरिने

२०७८ चैत्र २२ गते मङ्गलबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालय स्थापनाको २५ औं वर्ष प्रवेशको उपलक्ष्यमा विश्वविद्यालयले रचनात्मक कार्य गरी रजतजयन्ती मनाउने भएको छ । विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालको अध्यक्षतामा गठित रजिष्ट्रार, संकायका डीनहरू, परीक्षा नियन्त्रक लगायत अन्य पदाधिकारी, शिक्षक तथा कर्मचारीहरू सम्मिलित रजत जयन्ती मूल तयारी समितिले उक्त निर्णय गरेको हो । विश्वविद्यालयमा आज आयोजित एक समारोहमा उक्त जानकारी दिइएको हो । स्थानीय समाजसेवी, विश्वविद्यालयस“ग सम्बद्ध एवम् विश्वविद्यालय स्थापनार्थ विभिन्न किसिमले सहयोग गर्ने व्यक्ति एवम् संस्थाहरूसमेत समावेश गरी रजत जयन्ती मनाइने छ । रजत जयन्तीलाई समुदायसँग हातमालो गर्दै तनाव व्यवस्थापन, योग, रक्तदान, पूर्व विद्यार्थी भेला, सरसफाई, स्वास्थ्य शिविर, स्वास्थ्य साक्षरता अभियान सञ्चालन गरी रजत जयन्तीलाई समुदायसम्म पुर्याउने लक्ष्य विश्वविद्यालयको छ ।
यसका साथै २५ वर्षसम्म गरेका कार्यहरूलाई समेटि वृत्तचित्र निर्माण र त्यसको प्रचारप्रसारलाई समेत जोड दिइने छ । विश्वविद्यालयले मनाउन लागेको रजत महोत्सवमा विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको वकृत्व कला, फुटबल, हाजिरी जवाफ, सांस्कृति कार्यक्रमजस्ता प्रतिभा प्रस्फुटन र मनोरञ्जनका कार्य समेत सञ्चालन गरिनेछ ।
विश्वविद्यालयको समग्र गतिविधिलाई समेट्ने गरी विश्वविद्यालयको प्रोस्पेक्टस्, रजत स्मारिका प्रकाशन गर्ने लक्ष्य विश्वविद्यालयले लिएको छ । विश्वविद्यालयको छविलाई प्रबद्र्धन गर्ने खालका टि–सर्ट, स्टीकर, लोगो, व्याज, कप, बलपेन, पेन होल्डर तथा क्याप प्रयोगमा ल्याइने छ ।
यसका साथै रजत जयन्ती सप्ताहमार्फत विश्वविद्यालय स्थापनामा विभिन्न तवरले सहयोग र योगदान गर्ने संस्था, व्यक्तित्व, पूर्व पदाधिकारीहरूको सम्मान गर्ने कार्यक्रमलाई अघि सारिएको छ । विश्वविद्यालयका कार्यक्रमलाई राष्ट्रव्यापी तुल्याउन राष्ट्रिय कार्यशाला गोष्ठी, सेमिनार, वार्ता, अन्तरक्रिया कार्यक्रमलाई पनि रजत जयन्ती महोत्सवमा समावेश गरिनेछ ।
School of Engineering: Invitation for Bids
स्कूल अफ ईञ्जिनियरिङ्गः बाँकी खाली सिटमा भर्नासम्बन्धी सूचना

मानविकी तथा सामाजिकशास्त्र संकाय: स्नातकोत्तर तथा एमफिल तहको छात्रवृत्ति परीक्षा स्थगितसम्बन्धी सूचना
स्कूल अफ ईञ्जिनियरिङ्गः पूर्णकालीन करार सेवामा शिक्षक पदपूर्तिको नतिजा प्रकाशनसम्बन्धी सूचना
स्कूल अफ ईञ्जिनियरिङ्गः कोर्ष करार सेवामा पदपूर्तिसम्बन्धी सूचना
ढकालको स्मृतिमा शोक सभा सम्पन्न
ढकालको स्मृतिमा शोक सभा सम्पन्न
२०७८ चैत्र २० गते आइतबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालय स्कूल अफ बिजनेशमा करार सेवामा विगत ५ वर्षदेखि अध्यापन गराउँदै आउनु भएका उप–प्राध्यापक विनोद बाबु ढकालको सम्झनामा आज विश्वविद्यालय प्राङ्गण लेखनाथमा एक शोक सभाको आयोजना गरियो । शोक सभामा पोखरा विश्वविद्यालय उप–कुलपति प्रा.डा. प्रेमनारायण अर्याल, व्यवस्थापन सङ्कायका डीन डा. दयाराज ढकाल, स्कूल अफ बिजनेशका स्कूल निर्देशक डा. श्रृजन ज्ञवाली, स्कूल अफ हेल्थ एण्ड एलाइड साइन्सेजका स्कूल निर्देशक बिमला भट्ट, योजना तथा कार्यक्रम महाशाखा प्रमुख डा. दिपकराज पौडेलले स्वर्गीय ढकालको व्यक्तित्व र विश्वविद्यालयमा उहाँले पुर्याएको योगदानका बारेमा चर्चा र मृतात्माको चिरशान्तिको कामनासहित शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै धैर्य धारण गर्ने शक्ति मिलोस् भनी कामना गर्नुभएको थियो ।
उहाँको ३२ वर्षको उमेरमा यही चैत्र १८ गते शुक्रबार पोखरा–७, रत्नचोकस्थित आफ्नै निवासमा निधन भएको थियो । उहाँले पोखरा विश्वविद्यालयमा वि.सं. २०७३ सालदेखि कोर्ष करार एवम् करार सेवामा रही जैविक तथ्याङ्क विषयमा अध्यापनमा गराउँदै आउनुभएको थियो । स्वर्गीय ढकाल अविवाहित हुनुहुन्थ्यो ।
दीक्षान्त पोशाक फिर्तासम्बन्धी सूचना
कलेजहरूलाई छात्रवृत्ति शाखाको सूचना
Revised Admission Notice for Master in Population, Gender and Development (MPGD)

Faculty of Management Studies: Scholarship Merit List of Masters’ Program
पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको लिखित परीक्षासम्बन्धी सूचना
![]()
स्नातकतह छात्रवृत्ति – २०७८ को Scholarship Awarded List मा समावेश भएका उम्मेदवारहरूलाई पत्र वितरण सम्बन्धमा थप स्पष्ट पारिएको सम्बन्धी सूचना
स्नातकतह छात्रवृत्ति – २०७८ को Scholarship Awarded List मा समावेश भएका उम्मेदवारहरूलाई पत्र वितरण सम्बन्धमा थप स्पष्ट पारिएको सम्बन्धी सूचना
पोखरा विश्वविद्यालय स्नातकतह छात्रवृत्ति कार्यक्रम – २०७८ को Scholarship Awarded List मा समावेश भएका उम्मेदवारहरूलाई सम्बन्धित शैक्षिक कार्यक्रम र शैक्षिक संस्थाहरूमा अध्ययनका लागि भर्ना हुन जानेसम्बन्धमा विश्वविद्यालयबाट तपसिलबमोजिमको मितिदेखि छात्रवृत्तिसम्बन्धी पत्र प्रदान गर्दै आइरहेको व्यहोरा सम्बन्धित सबै उम्मेदवारहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छः
तपसिल
१) विज्ञान तथा प्रविधि सङ्काय, समूह ‘क’ एवम् समूह ‘ख’ अन्तर्गतका कार्यक्रमको लागि मिति २०७८ चैत्र १४ गतेदेखि मिति २०७८ चैत्र २० गतेसम्मका लागि छात्रवृत्तिसम्बन्धी पत्र वितरण भइरहेको छ । यस सङ्काय अन्तर्गतका कार्यक्रममा छात्रवृत्ति लागि पत्रप्राप्त गरेका विद्यार्थीहरूले मिति २०७८ चैत्र २० गते आइतबारसम्म सम्बन्धित कलेजमा गई भर्ना भइसक्नुपर्नेछ ।
२) मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गतका कार्यक्रमको लागि मिति २०७८ चैत्र १४ गतेदेखि मिति २०७८ चैत्र २० गतेसम्मका लागि छात्रवृत्तिसम्बन्धी पत्र वितरण भइरहेको छ । यस सङ्काय अन्तर्गतका कार्यक्रममा छात्रवृत्ति लागि पत्रप्राप्त गरेका विद्यार्थीहरूले मिति २०७८ चैत्र २० गते आइतबारसम्म सम्बन्धित कलेजमा गई भर्ना भइसक्नुपर्नेछ ।
३) व्यवस्थापन सङ्काय अन्तर्गतका कार्यक्रमको लागि मिति २०७८ चैत्र १५ गतेदेखि मिति २०७८ चैत्र २१ गतेसम्मका लागि छात्रवृत्तिसम्बन्धी पत्र वितरण भइरहेको छ । यस सङ्काय अन्तर्गतका कार्यक्रममा छात्रवृत्ति लागि पत्रप्राप्त गरेका विद्यार्थीहरूले मिति २०७८ चैत्र २१ गते सोमबारसम्म सम्बन्धित कलेजमा गई भर्ना भइसक्नुपर्नेछ ।
Faculty of Science and Technology: Second Call for Application for Master Level Programs

स्नातकोत्तरतह MBA/MCIS/MHCM कार्यक्रमको पूर्ण शुल्कीयको केन्द्रीकृत प्रवेश परीक्षामा केन्द्रसम्बन्धी सूचना
Exam Center_Master Program_Spring 2021
Result: MBA (Winter 2020)
MBA_GB_Result_Winter 2020_saim
NOTICE FOR RE-TOTALING/RE-CHECKING
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of the Controller of Examinations, Lekhnath, Pokhara by 29 March 2022 (2078-12-15) at 5:00 PM.
स्कूल अफ विजनेस: करार सेवामा शिक्षक पदपूर्ति सम्बन्धी आवेदन बुझाउने म्याद थपसम्बन्धी सूचना

स्नातकतह छात्रवृत्ति – २०७८ को Scholarship Awarded List मा समावेश भएका उम्मेदवारहरूलाई पत्र बुझ्नेसम्बन्धी सूचना
स्नातकतह छात्रवृत्ति – २०७८ को Scholarship Awarded List मा समावेश भएका उम्मेदवारहरूलाई पत्र बुझ्नेसम्बन्धी सूचना
पोखरा विश्वविद्यालय स्नातकतह छात्रवृत्ति कार्यक्रम – २०७८ को Scholarship Awarded List मा समावेश भएका उम्मेदवारहरूलाई सम्बन्धित शैक्षिक कार्यक्रम र शैक्षिक संस्थाहरूमा अध्ययनका लागि भर्ना हुन जानेसम्बन्धमा विश्वविद्यालयबाट तपसिलबमोजिमको मिति र समयमा छात्रवृत्तिसम्बन्धी पत्र प्रदान गरिने भएकोले सम्बन्धित सबै उम्मेदवारहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छः
तपसिल
१. विज्ञान तथा प्रविधि सङ्काय, समूह ‘क’ एवम् समूह ‘ख’ अन्तर्गतका कार्यक्रमको लागि मिति २०७८ चैत्र १४ गते सोमबार कार्यालय समयभित्र ।
२. मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गतका कार्यक्रमको लागि मिति २०७८ चैत्र १४ गते सोमबार कार्यालय समयभित्र ।
३. व्यवस्थापन सङ्काय अन्तर्गतका कार्यक्रमको लागि मिति २०७८ चैत्र १५ गते मङ्गलबार कार्यालय समयभित्र ।

लोकप्रसाद ढकाल
सूचना अधिकृत
२०७८ चैत्र १० गते बिहीबार
परीक्षा नियन्त्रण कार्यालयको उत्तरपुस्तिका देखाउने तथा उत्तरपुस्तिकाको प्रमाणित प्रतिलिपि दिनेसम्बन्धी सूचना
मानविकी तथा सामाजिकशास्त्र संकाय: स्नातकोत्तर तथा एमफिल तहमा छात्रवृत्तिसम्बन्धी सूचना
व्यवस्थापन सङ्कायः स्नातकोत्तरतह छात्रवृत्तिको समयतालिका सम्बन्धी सूचना

Faculty of Management Studies: Time Extension Admission Notice for Master Level Programs

MBA Result
NOTICE FOR RE-TOTALING/RE-CHECKING
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of the Controller of Examinations, Lekhnath, Pokhara by 27 March 2022 (2078-12-13) at 5:00 PM.
विज्ञान तथा प्रविधि सङ्कायः छात्रवृत्तिको स्नातकोत्तरतहका कार्यक्रमहरूको Final Award List प्रकाशनसम्बन्धी सूचना



शैक्षिक एवम् प्रशासनिक भवनको गुरू योजना, डिजाइन र सुपरीवेक्षण कार्यको सम्झौता सम्पन्न
शैक्षिक एवम् प्रशासनिक भवनको गुरू योजना, डिजाइन र सुपरीवेक्षण कार्यको सम्झौता सम्पन्न

२०७८ साल फागुन ३० गते सोमबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालयले पोखरा –३०, गगनगौंडास्थित मुसेटुँडामा रहेको जग्गाको संरक्षण गरी उक्त स्थानमा आवश्यक शैक्षिक एवम् प्रशासनिक भवन र पूर्वाधारहरूको निर्माणका लागि गुरू योजना, डिजाइन र सुपरीवेक्षण कार्यका लागि सम्झौता सम्पन्न गरेको छ । पोखरा विश्वविद्यालयमा हालै आयोजित एक कार्यक्रममा पोखरा विश्वविद्यालय र परामर्शदाता पेस कन्सल्टेन्ट प्रा.लि. महाराजगञ्ज, काठमाडौंबीच सो सम्बन्धमा सम्झौता भएको हो । सम्झौतामा पोखरा विश्वविद्यालयको तर्फबाट रजिष्ट्रार डा. दिपकबहादुर भण्डारी र पेस कन्सल्टेन्ट प्रा.लि. का तर्फबाट सो संस्थाका प्रबन्ध निर्देशक विष्णुप्रसाद खनालले हस्ताक्षर गर्नुभएको थियो ।
सम्झौताबमोजिम परामर्शदाताले पोखरा–३०, गगनगौंडास्थित मुसेटुँडामा अवस्थित २४१ रोपनी जग्गाको संरक्षण, गुरूयोजना, भवन र पूर्वाधारहरको विस्तृत ईञ्जिनियरिङ्ग र आर्किटेक्चरर डिजाइन, ड्रइङ्, घोतघोट खोलाको उचित संरक्षण, वाइपास, टेण्डर डकुमेन्टको तयारी तथा भवनहरूको सुपरीवेक्षण कार्य गर्नेछ । परामर्शदाताले भवन र पूर्वाधारहरूको डिजाइन कार्य पाँच महिनाभित्र सम्पन्न गरी पेश गर्नुपर्नेछ ।
यसका अतिरिक्त विश्वविद्यालयले हालको मौजुदा दुइतले नयाँ केन्द्रीय प्रशासनिक भवनलाई सुधार गर्ने र त्यसमाथि दुइतला थप गरी चारतले बनाउने, प्रतीकात्मक आकर्षक डिजाइनको केन्द्रीय कार्यालयमा रजत प्रवेशद्वार निमाण गर्ने तथा आन्तरिक सडक, फुटपाथ, ड्रेनेज, बगैचा र पार्किङ्ग लगायतको निर्माणको योजना अघि सारेको छ ।

