Admission Notice BBA/BBA-BI 2022

Admission_Notice_For_BBA_-BBA-BI_2022

पोखरा विश्वविद्यालय छात्रवृत्ति २०७९ को उत्तीर्ण सूचि प्रकाशनसम्बन्धी सूचना

Notice_Bachelor level Scholarship Result_ 2079

Pass List

Humanities & Social Science

Management

Science & Technology (KHA)

Science & Technology (KA)_Engineering

स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल ईञ्जिनियरिङः लिखित परीक्षा स्थगित गरिएको सम्बन्धी सूचना

Revised admission notice for MDEVS

Faculty of Science and Technology: Revised Notice for Master Level Admissions

स्नातकतह छात्रवृत्ति प्रवेश परीक्षाको परीक्षा केन्द्रसम्बन्धी अत्यन्त जरूरी सूचना

मिति २०७९ आश्विन २८ गते र २९ गते हुने पोखरा विश्वविद्यालय स्नातकतह छात्रवृत्ति प्रवेश परीक्षाको परीक्षा केन्द्रसम्बन्धी अत्यन्त जरूरी सूचना

Exam Center Scholarship (Faculty of Science and Technology Ka & Kha)

Exam Center Scholarship (Faculty of Management Studies and Hunmanities and Social Sciences)

स्नातकोत्तर तथा एमफिलतहमा छात्रवृत्तिसम्बन्धी सूचना

Master MPhil छात्रबृत्ति सम्बन्धी सूचना 2022_March Intake

पोखरा विश्वविद्यालय स्नातकतह छात्रवृत्ति प्रवेश परीक्षाको Admit-Card Download गर्ने सम्बन्धि अत्यन्त जरुरी सूचना ।

पोखरा विश्वविद्यालय स्नातकतह छात्रवृत्ति प्रवेश परीक्षाको Admit-Card Download गर्ने सम्बन्धि अत्यन्त जरुरी सूचना ।

पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकाय अन्तर्गत स्नातकोत्तरतहका छात्रवृत्ति र पूर्ण शुल्कीय कार्यक्रमहरुमा अध्ययन गर्न अनलाइन फाराम भर्ने समय थप भएको सम्बन्धि अत्यन्त जरुरी सूचना ।

पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकाय अन्तर्गत स्नातकोत्तरतहका छात्रवृत्ति र पूर्ण शुल्कीय कार्यक्रमहरुमा अध्ययन गर्न अनलाइन फाराम भर्ने समय थप भएको सम्बन्धि अत्यन्त जरुरी सूचना ।

बोलपत्र स्वीकृति गर्नेसम्बन्धी आशयको सूचना

बोलपत्र स्वीकृति गर्नेसम्बन्धी आशयको सूचना

Announces Admission For BE Programs (Fee Paying) for the Year 2022

Call for Application for BE Programs (Fee Paying)

Click Here for Apply Online

PhD/M.Phil in Management तहको प्रवेश परीक्षाको नतिजा प्रकाशनसम्बन्धी सूचना

Announces Admission Notice for BDEVS, BECS and BED Programs for the Fall 2022

Undergraduate admission notice_Fall 2022

Application form for SDSE programs

 

उच्च शिक्षा क्षेत्रमा Digitalization गतिविधिहरूको स्थितिको सर्वेक्षणसम्बन्धी सूचना !!!

उच्च शिक्षा क्षेत्रमा Digitalization गतिविधिहरूको स्थितिको सर्वेक्षणसम्बन्धी सूचना !!!

विश्वविद्यालय अनुदान आयोग तथा विश्व बैंकले Digitalization सम्बन्धी नीति र रणनीति तयार गर्न उच्च शिक्षा क्षेत्रमा Digitalization गतिविधिहरूको स्थितिको सर्वेक्षण गर्न गइरहेको छ । यस सन्दर्भमा पोखरा विश्वविद्यालय र यसका सम्पूर्ण आङ्गिक, संयुक्त आङ्गिक तथा सम्बधनप्राप्त महाविद्यालयहरूमा आबद्ध पदाधिकारी, विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूलाई सर्वेक्षणमा सहभागि गराउन खोजेको र त्यसका लागि सूचना जारी गरिदिनु भनी विश्वविद्यालयसमक्ष अनुरोध गरेबमोजिम यो सूचना जारी गरिएको छ । यसर्थ आ–आफ्नो क्षेत्रसँग सम्बन्धित तलको प्रश्नावली लिङ्कमा गई सर्वेक्षणमा सहभागि जनाईदिनु हुन हार्दिक अनुरोध छः

Survey Link:
Leader: https://ee.humanitarianresponse.info/x/UNIZKm36 
Management: https://ee.humanitarianresponse.info/x/tIdXKQ0j 
Student: https://ee.humanitarianresponse.info/x/ORdse9pg 
Teacher:  https://ee.humanitarianresponse.info/x/nOY3DBcT

 

 

लोकप्रसाद ढकाल
पोखरा विश्वविद्यालय

Second CALL FOR APPLICATION (Participation in SDG Related Training Program for Graduate Level Students)

SDG Related Training Program

पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकाय अन्तर्गत स्नातकोत्तरतहका कार्यक्रमहरुमा पूर्ण शुल्कीय मार्फत अध्ययन गर्न अनलाइन फाराम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना ।

  1. पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकाय अन्तर्गत स्नातकोत्तरतहका कार्यक्रमहरुमा पूर्ण शुल्कीय मार्फत अध्ययन गर्न अनलाइन फाराम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना ।

व्यवस्थापन अध्ययन संकाय अन्तर्गत स्नातकोत्तरतहको कार्यक्रमहरुको अनलाइन फाराम भर्ने समय थप र परीक्षा तालिका परिवर्तन भएको सूचना ।

MBA extended notice

Revised Admission Notice for Master of Development Studies (MDEVS)

Revised admission notice for Master of Development Studies (MDEVS)

Application-form for-MDEVS

PhD in Development Studies को नामावली योग्यताक्रम (Merit List) प्रकाशनसम्बन्धी सूचना

आजीवन सिकाई प्रशिक्षण कार्यक्रम सम्पन्न

आजीवन सिकाई प्रशिक्षण कार्यक्रम सम्पन्न

२०७९ साल भाद्र २७ गते सोमबार, पोखरा–३०, कास्की ।

पोखरा विश्वविद्यालयमा सञ्चालन भएको “स्वच्छ वातावरणका लागि फोहोरमैला व्यवस्थापन, दिगो विकास र सुशासन एवम् जल वातावरणीय स्थिरता नामक” एकहप्ते आजीवन सिकाई प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । अङ्ग्रेजीमा “Lifelong Learning (LLL) Training On Solid Waste Management for the Clean Environment, Sustainable Development and Governance and Water Environmental Sustainability” नाम दिइएको उक्त प्रशिक्षण कार्यक्रम यही भदौ २१ गतेदेखि शुरूभएको हो ।

उक्त प्रशिक्षण कार्यक्रमको उद्घाटन पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले गर्नुभएको थियो । उद्घाटन सत्रमा उपकुलपति लगायत पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि सङ्कायका डीन प्रा. राजेशकुमार ठगुराठी, स्कुल अफ इञ्जिनियरिङका स्कुल निर्देशक ओम प्रसाद गिरी, सह–प्रा. अर्जुन गौतमले मन्तव्य राख्नुभएको थियो । प्रशिक्षण कार्यक्रम ३ दिन भौतिक रूपमा र ४ दिन भर्चुअलका माध्यमबाट सञ्चालन भएको थियो ।

प्रशिक्षण कार्यक्रम पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि सङ्काय एवम् स्कूल अफ इञ्जिनियरिङमार्फत EGEA (Enhancing Green Economy) परियोजनामा संलग्न एसियाका ३ देशहरू किर्गिज गणतन्त्र, नेपाल र भारतको प्रमुख लगानीसहित युरोपियन युनियनको इरास्मस प्लस कार्यक्रमको सह–लगानीमा सञ्चालन भएको हो । हरित अर्थतन्त्र र सीपहरू प्राकृतिक स्रोतहरूको दोहनका लागि दिगो माध्यम भएकाले यसले प्राकृतिक इकोसिस्टमको हानि र मानव पुँजीको स्थिरतालाई रोक्छ । इजिइए परियोनाको मुख्य उद्देश्य आर्थिक र सामाजिक रूपमा सबै पक्षहरूमा दिगो विकासमा योगदान पुर्याउनु हो । यस परियोजनामा शिक्षा, सहकार्य र नवप्रवर्तनको माध्यमबाट हरित अर्थतन्त्रलाई वृद्धि गर्ने लक्ष्य लिइएको छ । यसर्थ समाज र विभिन्न पेशाकर्मीलाई ज्ञान हस्तान्तरण गर्न आवश्यक छ र सोही उद्देश्यका साथ प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो ।

प्रशिक्षण कार्यक्रमका प्रमुख स्रोत व्यक्तिहरूमा पोखरा विश्वविद्यालय स्कूल अफ इञ्जिनियरिङका प्रा.डा. बिनय कुमार मिश्र, प्रा.डा. माधव प्रसाद कोइराला र सह–प्रा.डा. राजिव पोखरेल, डिपार्टमेन्ट अफ जियोग्राफी, यूनिभर्सिटी अफ दिल्लीका असिस्टेन्ट प्रा. डा. नेत्रानन्द साहु, इन्स्टिच्यूट फर ग्लोबल इनभायरोनमेन्टल स्ट्राटेजिज्, जापानका सिनियर पोलिसि रिसर्चर डा. पंकज कुमार, गण्डकी विश्वविद्यालय इन्टरनेशनल रिलेसन्स प्रमुख श्री रवि भण्डारी, पोखरा इञ्जिनियरिङ कलेजका ई. सोम गुरूङ हुनुहुन्थ्यो ।

प्रशिक्षण कार्यक्रमका सहभागीहरूमा कम्तिमा एक वर्षको अनुभव भएका पेशाकर्मी, उद्यमी, योजनाकार, सामाजिक कार्यकता, प्रादेशिक र स्थानीय सरकारका कर्मचारीहरू थिए । साथै पोखरा विश्वविद्यालय स्कुल अफ इञ्जिनियरिङका फ्रि ल्यान्सर र अन्तिम वर्षका विद्यार्थीहरूलाई दोस्रो प्राथमिकतामा समावेश गरिएको थियो । अधिकांश प्रशिक्षार्थीहरू विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूमा कार्यरत इञ्जिनियरिङ पृष्ठभूमिका थिए । प्रशिक्षण मुख्यतया व्याख्यान विधि प्रयोग गरी सहभागीहरूको अनुभव, आदानप्रदान र सहभागीहरूबीच खुला छलफल गरी सञ्चालन गरिएको थियो । प्रशिक्षण कार्यक्रममा मुख्यतया जाइका, इञ्जिनियरिङ कन्सल्टिङ फर्म, स्थानीय सरकार (नगरपालिका), प्रादेशिक सरकार, फ्रि ल्यान्सर, एमएससीका विद्यार्थीहरू र शिक्षाविद्, विभिन्न संस्थाका इञ्जिनियरहरू थिए । तिनमा पोखरा महानगरपालिका, जिल्ला प्राविधिक कार्यालय, कास्की, भिमाद नगरपालिका, शुक्ला गण्डकी नगरपालिका, व्यास नगरपालिका, मध्य नेपाल नगरपालिका, स्कूल अफ इञ्जिनियरिङ लगायत विभिन्न अनुसन्धान एवम् प्राविधिक परामर्श दाता गरी २३ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजीकरण स्कूल अफ इञ्जिनियरिङ, पोखरा विश्वविद्यालयका सह–प्रा.डा. मधुसुदन कायस्थ र सह–प्रा. अर्जुन गौतमले गर्नुभएको थियो ।

विद्यार्थी कल्याण एवम् अतिरिक्त क्रियाकलाप निर्देशनालयको सूचना

पोखरा विश्वविद्यालय सेवा आयोग कार्यालयको प्रशासनिक पदहरूको अन्तर्वार्ताको नतिजा प्रकाशनसम्बन्धी सूचना

पोखरा विश्वविद्यालयको विद्यार्थी भर्नाका लागि न्यूनतम मापदण्ड सम्बन्धी सूचना !

पोखरा विश्वविद्यालयको विद्यार्थी भर्नाका लागि न्यूनतम मापदण्ड सम्बन्धी सूचना ।

Admission Notice BBA/BBA-BI

Admission Notice BBA/BBA-BI

पोखरा विश्वविद्यालय शिक्षण अस्पताल सञ्चालनमा

पोखरा विश्वविद्यालय शिक्षण अस्पताल सञ्चालनमा

२०७९ भाद्र २२ गते, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालय शिक्षण अस्पताल सञ्चालनमा आएको छ । बुधबार एकाबिहानै झमझम वर्षा भइरहेको अवस्थामा विधिवत् पूजाआजा शान्ति स्वस्तिकसहित शंखनाद, राष्ट्रियगानका साथ पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले पानसमा दियो बाली अस्पतालको बहिरङ्गसेवा सुभारम्भ गर्नुभयो । उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले अर्थोपेडिक ओपिडि र रजिष्ट्रार प्रा.डा. दिपकबहादुर भण्डारी स्त्री तथा प्रसुति ओपिडिको रिबन काटेर उद्घाटन गर्नुभयो । कार्यक्रममा पहिलो बिरामीको रूपमा स्थानीय महिला शुशिला रेग्मीलाई प्रसुति तथा स्त्रीरोग विशेषज्ञ डा. मदन खड्काले उपचार गरी कार्यको थालनी गर्नुभयो ।

पोखरा विश्वविद्यालयको शिक्षण अस्पतालको बहिरङ्ग सेवा सुभारम्भ समारोहलाई सम्बोधन गर्दै उपकुलपति प्रा.डा. प्रेम नारायण अर्यालले शिक्षण अस्पताल विश्वविद्यालयको लागि अपरिहार्य रहेकोले त्यसको सुरूवात गर्न सकिएकोमा आफू अत्यन्तै गौरवान्वित र भाग्यमानी रहेको उल्लेख गर्नुभयो । उहाँले अस्पताल सञ्चालनले विश्वविद्यालयको उचाई बढ्ने उल्लेख गर्दै विश्वविद्यालयले अग्रगामी सोचका साथ समाज र देशलाई योगदान गर्नुपर्नेमा जोड दिनुभयो । विश्वविद्यालयले हालै नेपाल स्वास्थ्य अनुसन्धान परिषद्सँग स्वास्थ्यका लागि समझदारी पत्रमा हस्ताक्षर गरेको उल्लेख गर्दै उपकुलपतिले विश्वविद्यालयको स्तरोन्नतिका लागि विद्यार्थी संख्या बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले विश्वविद्यालयले देशका विभिन्न भागमा आङ्गिक क्याम्पस खोल्ने तथा दुई वर्षभित्र एमबिबिएसको पठन पाठन सुरू गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पोखरा विश्वविद्यालयका रजिष्ट्रार एवम् शिक्षण अस्पताल सञ्चालक समितिका अध्यक्ष प्रा.डा. दिपक बहादुर भण्डारीले हरेक व्यक्तिमा आ–आफ्नै सपना हुने उल्लेख गर्दै आफूमा विश्वविद्यालयले सञ्चालन गर्ने यो देशकै, यो क्षेत्रकै एक उत्कृष्ट र स्मार्ट अस्पताल बनाउने सपना रहेको उल्लेख गर्नुभयो । उहाँले स्थानीयसँग आफू हरतरहले साक्षात्कार रहेको उल्लेख गर्दै विश्वविद्यालयको कठिन घडिमा स्थानीयको अनुकरणीय साथ रहनेमा विश्वास व्यक्त गर्नुभयो । रजिष्ट्रार भण्डारीले विश्वविद्यालय स्थापनाको पच्चीस वर्षमा विश्वविद्यालयको स्थापनार्थ अहोराज खटिने तथा योगदान गर्ने संघ संस्था, विश्वविद्यालयका पुराना शिक्षक कर्मचारी, पदाधिकारीलाई सम्मान दिने वातावरण सिर्जना गरेको बताउनुभयो । उहाँले आफू हौसिएर नबोल्ने तर काम गरेर देखाउने बताउनुभयो । रजिष्टार भण्डारीले राष्ट्रको दुईवटा आधारभूत कुरा शिक्षा र स्वास्थ्यमा गुणस्तर नभएमा देश विकास नहुने उल्लेख गर्दै स्वास्थ्यको कारणले जनता शारिरिक एवम् मानसिक रूपमा स्वस्थ हुने र यी कुरा भएपछि जनशक्ति उत्पादनमुखी भई राष्ट्रको विकासका लागि प्रतिबद्ध हुने बताउनुभयो । उहाँले पोखरा विश्वविद्यालय शिक्षा र स्वास्थ्यलाई गुणस्तरीय रूपमा सँगसँगै अगाडि लैजान प्रतिबद्ध छ भन्दै जनताको लागि यी दुबै कुरामा खेलवाड नगर्ने बताउनुभयो ।

मानविकी तथा सामाजिक शास्त्र सङ्कायका डीन सह–प्रा.डा. अजय थापाले अस्पताल विश्वविद्यालयको लागि लामो समयदेखि खड्किएको आवश्यकता भएको उल्लेख गर्दै यसको सञ्चालनका लागि विभिन्न चरणमा योजना बनाएर, विभिन्न प्रयत्न गरेर यसलाई आजको अवस्थामा ल्याइएको बताउनुभयो । मेडिकल कार्यक्रमलाई स्थापित गरेर अगाडि बढ्न विश्वविद्यालयलाई आवश्यक थियो र त्यो नगरी अगाडि बढ्न सम्भव थिएन भन्दै उहाँले सबै सरोकारपक्ष मिलेर यो उद्देश्यलाई प्राप्ति गरेका छौ भन्नुभयो । अस्पताल सञ्चालनले पठनपाठन गर्ने विद्यार्थीलाई सहज हुने उल्लेख गर्दै उहाँले यो समाजसँग जोडिएकोले समाज लगायत वरिपरिका व्यक्तिलाई सेवा सुविधा प्रभावकारी रूपमा उपलब्ध हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान सङ्कायका डीन सह–प्रा.डा. अमर नागिलाले पोखरा विश्वविद्यालयको इतिहासमा शिक्षण अस्पताल सञ्चालन भएको दिन भाद्र २२ गते स्वर्णिम अक्षरले लेखिने बताउनुभयो । उहाँले आफू पदाधिकारी भएर एउटा मात्र काम गर्छु भन्दै शिक्षण अस्पताल स्थापनाको कार्ययोजना, तालिका बनाएर विश्वविद्यालयसमक्ष पेश गरेको र त्यसमा विश्वविद्यालयले आफूलाई विश्वास गरी जिम्मेवारी दिएका कारण अस्पताल सञ्चालन गर्न सफल भएको उल्लेख गर्नुभयो । यसको लागि आफू अहोरात्र लाग्ने, राजनीतिक भेदभाव नगर्ने, जातको भेदभाव एवम् स्थानीय र बाहिरको भेदभाव नगर्ने भन्दै प्रतिबद्धता समेत विश्वविद्यालय समक्ष उल्लेख गरेको बताउनुभयो । अस्पताल सञ्चालनमा सबै पदाधिकारी, शिक्षक, कर्मचारी, विद्यार्थीले एक बोलीमा साथ दिएका कारण नै अस्पताल स्थापनाले मूर्त रूप लिएको उहाँको कथन थियो । डीन नागिलाले राम्रो कुरा, ठीक कुरा ल्याए सहमति हुने रहेछ भन्दै यसलाई सबैले मनन गर्न आग्रह गर्नुभयो । उहाँले विश्वविद्यालय एकजनाको नभएको सबैको भएको र यो वर्षौ वर्ष पछाडिको पिढिँको लागि पनि भएको उल्लेख गर्दै विश्वविद्यालयले गर्ने कार्य दुरगामी सोचको हुनुपर्ने र त्यसमा सबैको सहकार्य र तनमन धन भएमा मात्र कार्य सहज ढङ्ले अगाडि बढ्ने उल्लेख गर्नुभयो । उहाँले स्वास्थ्य सेवा भनेको अवसर नै अवसर भएको र यसमा चुनौति पनि भएकोले चुनौति सामाना गरी अगाडि बढ्नु पदाधिकारीको जिम्मेवारी हो भन्नुभयो । डीन नागिलाले स्वास्थ्य क्षेत्रमा कसैको दबदवाब हुनुहुँदैन भन्दै स्वास्थ्य सेवामा सबैको पवित्र सेवाको भाव झल्किने क्षेत्र भएकोले विश्वविद्यालयका समस्या यहाँ आउन नहुने बताउनुभयो । आफ्नो शल्यक्रिया गर्नुपर्दा यही अस्पतालमा गर्नसक्ने अस्पताल बनाउन आफू लागिपर्ने उल्लेख गर्दै उहाँले अस्पताल सञ्चालनमा अत्याधुनिक मेशिन र राम्रो जनशक्ति राख्ने कुरामा कुनै सम्झौता नहुने बताउनुभयो ।

पोखरा विश्वविद्यालय स्कूल अफ बिजनेशका उप–प्राध्यापक एवम् कार्यकारी सदस्य योगराज लामिछानेले पोखरा विश्वविद्यालय शिक्षण अस्पताल विश्वविद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारी सबै सरोकारपक्षबाट सकारात्मक पहलस्वरूप स्थापना हुन सम्भव भएको उल्लेख गर्नुभयो । उहाँले विश्वविद्यालयलाई ऐतिहासिक रूपमा जमिन व्यवस्थापनका लागि कुर्वानि गर्ने स्थानीय जनप्रतिनिधि, स्थानीय समाजसेवी, बुद्धिजिवीलाई विश्वविद्यालयले यस समयमा भूल्न नहुने बताउनुभयो । छात्रावासमा सबै बस्न पाईदैन, तर अस्पताल बन्यो भने सबैले उपचार पाइन्छ, स्थानीय सबैले पढ्न पाईदैन, तर अस्पताल बन्यो भने स्थानीय सबैले उपचार पाउँछन् भन्ने विद्यार्थी तथा स्थानीयको सकारात्मक सोचले अस्पताल बनेको चर्चा गर्नुभयो । गुड स्टार्टिङ्ग हाफ डन भन्दै उहाँले यो शुरूवात राम्रो रहेको उल्लेख गर्नुभयो । लामिछानेले विश्वविद्यालय घोडाको गतिमा दौड्नुपर्ने उल्लेख गर्दै विगतमा भएका कमी कमजोरीलाई त्यागेर सबैलाई समेटेर विश्वविद्यालय अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । विश्वविद्यालयको हितमा, समाजको हितमा सबै एकसाथ मिलेर अगाडि बढ्नुको विकल्प नरहेको उल्लेख गर्दै लामिछानेले स्वास्थ्य भनेको शारिरिक, मानसिक र सामाजिक कार्य भएको उल्लेख गर्नुभयो ।

वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसका सह–प्राध्यापक एवम् पोखरा विश्वविद्याल कार्यकारी परिषद्का सदस्य डा. अर्जुनप्रसाद बाँस्तोलाले विश्वविद्यालयको इतिहासमा शिक्षण अस्पतालको अत्यन्त ठूलो महत्व रहेको उल्लेख गर्नुभयो । शिक्षण अस्पतालको महत्व र सेवालाई बुझेर सबै अगाडि बढ्न उहाँले सबैमा आग्रह गर्नुभयो । बाँस्तोलाले पोखरा विश्वविद्यालयको शैक्षिक एवम् प्राज्ञिक कार्यक्रमलाई नजिकबाट नियालेको उल्लेख गर्दै आफू विश्वविद्यालयसँग आबद्ध रहेकोले पोखरा विश्वविद्यालयको शेक्षिक, प्राज्ञिक उन्नययन र अन्य समग्र विकासका लागि निर्वाह गर्ने भूमिका निराकार र निरपेक्ष रहने उल्लेख गर्नुभयो । उहाँले खालि हुँदा खेरिको अनुभव आफूमा रहेको उल्लेख गर्दै उहाँले खाली ठाउँमा राम्रा कुरा भरे राम्रै पाउने र आग्रह, पूर्वाग्रह भरे त्यो घुमिफिरी त्यही पाउने उल्लेख गर्नुभयो । उहाँले सम्बद्ध सबै असल नियत र तरिकाले प्राज्ञिक उन्नयनमा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

पोखरा विश्वविद्यालय स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्सेजका स्कूल निर्देशक उप–प्राध्यापक बिमला भट्टले पोखराbविश्वविद्यालय शिक्षण अस्पतालको जनशक्ति युवा र उर्जायुक्त रहेकोमा सन्तोष व्यक्त गर्दै यसले नर्सिङ्ग, फिजियोथेरापिदेखि ल्याबसाइन्सका पूर्वाधारलाई पुरा गर्न सक्षम हुनेमा विश्वास व्यक्त गर्नुभयो । कोरोना महामारीमा अस्पतालको महत्व सबैलाई थाहा भएको उल्लेख गर्दै उहाँले शैक्षिक उन्नयनका लागि मेडिकल शिक्षामा अस्पताल नभई नहुने निकाय भएकोले यो राम्रो भएमा विद्यार्थी ज्ञान र सीपका लागि यहाँ आउने बताउनुभयो । उहाँले कुनै पनि संस्था सुरूवाती चरणमा सानो स्केलबाट सञ्चालन हुने गरेको भन्दै बीर अस्पताल र हिमाल अस्पतालको पनि सुरूवात यसरी नै भएको उल्लेख गर्नुभयो ।

पोखरा विश्वविद्यालय शिक्षण अस्पतालका कार्यकारी निर्देशक सह–प्रा. दिपेन्द्र कुमार यादवले शिक्षक, पदाधिकारी, कर्मचारी सबैको साथ सहयोगले अस्पताल सञ्चालनको सुरूवात भएको उल्लेख गर्नुभयो । उहाँले विश्वविद्यालयले आफूलाई विश्वास गरी दिएको जिम्मेवारीलाई पुरा गर्न पाउँदा आफूलाई निकै खुशी लागेको बताउनुभयो । यादवले अस्पताललाई योजना मुताबिक सञ्चालन गरिने बताउने भयो । उहाँले हाल एकजना प्रसुति तथा स्त्रीरोग विशेषज्ञ एवम् एकजना अर्थोपेडिक सर्जन गरी दुई जना डाक्टरमार्फत १० बजेदेखि २ बजेसम्म टिकट काटी बहिरङ्ग सेवा (ओपिडि) सञ्चालन हुने उल्लेख गर्दै दुईजना मेडिकल अफिसरसमेतको सहयोगमा जनरल मेडिसिन, अन्य चोटपटक, दुर्घटनासम्बन्धी बिरामीको जाँच हुने बताउनुभयो । उहाँले दैनिक १०० देखि २०० जनासम्मलाई ओपिडिमा सेवा दिन अस्पताल जनशक्ति तम्तयार रहेको उल्लेख गर्दै जनरल मेडिसिनदेखि लिएर विरामीलाई काउन्सिल गर्ने, स्वास्थ्य शिविर सञ्चालन गरिने जानकारी दिनुभयो । कार्यकारी निर्देशक यादवले ओपिडिको गुणस्तर बढाउन ल्याब सुविधाको व्यवस्थापन, लाइफ सेभिङ्ग लगायतका औषधिहरूको व्यवस्थापन, उच्चस्तरीय उपकरण खरिदलाई विशेष ध्यान दिने बताउनुभयो । उहाँले सम्बन्धित विषेषज्ञले विषय विज्ञता अनुसार सेवा दिने बताउँदै आवश्यक तयारीका साथ तीनमहिनामा ईमर्जेन्सी सेवा सञ्चालन गरिने समेत बताउनुभयो । उहाँले ईमर्जेन्सीका लागि १० बेड र ९० जनरल बेड राख्ने गरी कार्य अगाडि बढाइने जानकारी दिनुभयो ।

पोखरा महानगरपालिका वडा नं. ३० का वडाध्यक्ष दुर्गा प्रसाद सुवेदीले पोखरा विश्वविद्यालय स्थापना भएको १० वर्षदेखि शिक्षण अस्पताल स्थापनाको चर्चा चलेतापनि त्यसको १५ वर्षपछि मात्र विश्वविद्यालय र स्थानीयको चाहनाको सुरूवात भएकोमा खुशी व्यक्त गर्नुभयो । वडाध्यक्ष सुवेदीले विश्वविद्यालय स्थापनाको मर्म र उद्देश्य अनुरूप विश्वविद्यालय जुन गतिमा अगाडि बढ्नुपर्ने थियो त्यसरी अगाडि बढ्न नसकेकोमा दुःख व्यक्त गर्दै विश्वविद्यालयभित्र मौलाउँदै गरेको आन्तरिक समस्या र विचारको रोगले यसको समग्र विकासको गतिमा बाधा उत्पन्न गरेको बताउनुभयो । उहाँले पोखरा विश्वविद्यालयले शिक्षामा देशभरी नाम कमाएको र यहाँको राम्रो उत्पादन देशको महत्वपूर्ण जिम्मेवारी र सेवामा रहेको उल्लेख गर्नुभयो । उहाँले विश्वविद्यालयको मानसम्मानका लागि स्थानीयतहबाट सहयोग गर्न आफू तत्पर रहेको तर विश्वविद्यालयले स्थानीय सम्बन्धलाई दिगो राख्न स्थानीयसँग हातेमालो गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

पोखरा विश्वविद्यालय शिक्षण अस्पतालका प्रसुति तथा स्त्रीरोग विशेषज्ञ डा. मदन खड्काले विश्वविद्यालयको शिक्षण अस्पताल सञ्चालन एउटा ऐतिहासिक घडि रहेको बताउनुभयो । उहाँले लामो समयदेखिको विश्वविद्यालयको सपना पुरा भएको उल्लेख गर्दै आफू एक ऐतिहासिक व्यक्तित्वको रूपमा विश्वविद्यालय सेवामा प्रवेश गर्ने मौका मिलेको उल्लेख गर्नुभयो । उहाँले विश्वविद्यालयले अस्पतालमा खटिने डाक्टर लगायतको जनशक्तिलाई जागिरको सुनिश्चिता, पारिश्रमिक र सुरक्षामा विशेष ध्यानदिनुपर्ने उल्लेख गर्दै शिक्षण संस्था र जन स्वास्थ्यका लागि गुणस्तरीय सेवा दिन अस्पताल जनशक्ति तत्पर र समर्थ रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रमको सञ्चालन पोखरा विश्वविद्यालय शिक्षण अस्पतालका डाक्टरद्वय लक्ष्मी पौडेल र जितेन्द्र राज कोइरालाले गर्नुभएको थियो । विश्वविद्यालयको छात्रावास भवनलाई परिमार्जन गरी शिक्षण अस्पताल निर्माण गर्न विश्वविद्यालयले गत जेठ २० गते सम्झौता गरेको थियो ।

कार्यक्रमका तस्विरहरूः

« of 3 »

 

 

 

 

 

 

पोखरा विश्वविद्यालय र नेपाल स्वास्थ्य अनुसन्धान परिषद् बीच सम्झौता

पोखरा विश्वविद्यालय र नेपाल स्वास्थ्य अनुसन्धान परिषद् बीच सम्झौता

२०७९ साल भदौ २१ गते मङ्गलबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालय र नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् बीच स्वास्थ्य क्षेत्रमा देखा परेका विभिन्न समस्याहरूलाई वैज्ञानिक रूपमा अध्ययन तथा अनुसन्धान गरी नागरिकको स्वास्थ्य सुविधा कायम राख्ने मूल उद्देश्यलाई लिएर एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रले आयोजना गरेको तीनदिने कार्यशालाको सञ्चालनस्थल लेकसाइड, पोखरामा आयोजित उक्त समझदारीपत्रमा पोखरा विश्वविद्यालयका तर्फबाट स्वास्थ्य विज्ञान सङ्काय डीन सह–प्रा.डा. अमर नागिला र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा. प्रदिप ज्ञवालीले हस्ताक्षर गर्नुभयो ।

पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्याल, रजिष्ट्रार प्रा.डा. दिपकबहादुर भण्डारी एवम् पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सह–प्रा.डा. नमराज धामीको समुपस्थितिमा हस्ताक्षर सम्पन्न भएको उक्त समझदारी पछि दुबै संस्थालाई स्वास्थ्य सम्बन्धी अनुसन्धानलाई अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धी, व्यापक एवम् व्यावहारिक र समय सापेक्ष बनाई व्यावसायिक क्षेत्रको क्षमता विकास र नवप्रवर्तनमुखी बनाउन एक आपसमा मिलेर कार्य गर्न सहज हुने विश्वास लिइएको छ ।

सम्झौताबमोजिम लक्ष्य र उपलब्धि हासिल गर्न आलोपालो अध्यक्षता गर्ने गरी दुबै संस्थाबाट एक–एक जना संयोजक र दुई–दुई जना सदस्य रहने गरी जम्मा छ सदस्यीय सम्झौता कार्यान्वयन समिति गठन हुनेछ । समितिले संयु्क्त अनुसन्धानका तथा अन्य क्रियाकलापका लागि आवश्यक सञ्चालन कार्यविधि र नीतिहरू तर्जुमा गरी लागू गर्ने र अनुसन्धान कोषको व्यवस्थापन गर्नेछ ।

सम्झौता समारोहलाई पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्याल, रजिष्ट्रार प्रा. डा. दिपक बहादुर भण्डारी, पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान सङ्कायका डीन सह–प्रा.डा. अमर नागिला र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा. प्रदिप ज्ञवालीले सम्बोधन गर्नुभएको थियो ।

स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल ईञ्जिनियरिङ्गः करार सेवामा शिक्षक पदपूर्तिसम्बन्धी सूचना

Notice

Application Form करार शिक्षक SDSE 

Curriculum-for-Lecturer-Level-Examination

Faculty of Science and Technology: Invitation for Sealed Quotation

Invitation for Sealed Quotation

शैक्षिक अनुसन्धान र नविनतालाई सुव्यवस्थित गर्न कार्यशाला आयोजना

शैक्षिक अनुसन्धान र नविनतालाई सुव्यवस्थित गर्न कार्यशाला आयोजना

२०७९ साल भाद्र २० गते सोमबार, पोखरा–३०, कास्की ।

पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रले शैक्षिक अनुसन्धान र नविनतालाई सुव्यवस्थित गर्न तीन दिने कार्यशाला आयोजना गरेको छ । “Streamlining Academic Research and Innovation in Pokhara University” नाम दिईएको उक्त कार्यशाला सुन्दर नगरी पोखराको लेकसाइडमा आयोजना गरियो । उक्त कार्यशाला विश्वविद्यालयका आङ्गिक, संयुक्त आङ्गिक र सम्बन्धनप्राप्त ६६ वटा महाविद्यालयहरूका रिसर्च म्यानेजमेन्ट सेल (आरएमसी) मा आबद्ध प्राध्यापकहरूका लागि लक्षित छ ।

कार्यशालालाई सम्बोधन गर्दै पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले विश्वविद्यालय अनुसन्धान गर्ने थलो भएकोले गुणस्तरीय शिक्षाका लागि पठनपाठन र अनुसन्धान सँगसँगै लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले अनुसन्धानलाई व्यवस्थित गर्न विश्वविद्यालयले आफ्ना महाविद्यालयहरूमा अनुसन्धानात्मक सेलहरू गठन गर्नुका साथै यूएनडिपि लगायतका संस्थाहरूसँग साझेदारी गर्दै शिक्षक तथा विद्यार्थीहरूलाई अनुसन्धान गतिविधिमा लाग्न उत्प्रेरित गरेको बताउनुभयो ।

कार्यक्रममा पोलिसी रिसर्च इन्स्टिच्यूट, नेपालका कार्यकारी अध्यक्ष डा. विष्णुराज उप्रेतीले दिगो विकासका लक्ष्यहरू हासिल गर्न र देशलाई समृद्धतर्फ डोर्याउन राज्यले अनुसन्धानलाई प्रबर्धन गर्नुपर्ने बताउनुभयो । उहाँले बिना लगानी अनुसन्धान नहुने बताउँदै यसलाई नीति निर्माणतहबाटै कसिलो बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा आफ्ना मन्तव्य राख्दै यूएनडिपि नेपालका आवासीय प्रतिनिधि आयशानी मेडागांगोडा लाबेले दिगो बिकासका लक्ष्यहरू हासिल गर्न यूएनडिपिले शिक्षा लगायत नेपालका विभिन्न क्षेत्रहरूमा लगानी अभिवृद्धि गर्दै आएको बताउनुभयो । उहाँले पोखरा विश्वविद्यालयसँग शिक्षा, स्वास्थ्य पर्यटन, मौसम परिवर्तनका साथै सिमान्तकृत वर्गको उत्थानका लागि अझै हातेमालो गर्दै अगाडि बढ्न यूएनडिपी इच्छुक रहेको बताउनुभयो ।

कार्यशालाको पहिलो दिनमा नेपालको उच्चशिक्षाको रूपान्तरणका बारेमा पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सह–प्रा.डा. नमराज धामीले प्रस्तुतिकरण गर्नुभयो । त्यसै गरी रोडम्याप फर रिसर्च एण्ड इनोभेशन इन स्टेम इन नेपालका सन्दर्भमा नेपाल एकाडेमी अफ साइन्स एण्ड टेक्नोलोजीका वरिष्ठ बैज्ञानिक डा. टिस्टा प्रसाई जोशी, प्रोमोटिङ्ग एकाडेमिक रिसर्च एण्ड इनोभेशन इन नेपालिज युनिभर्सिटीका सन्दर्भमा क्यालिटी एस्यूरेन्स एण्ड एक्रिडिएशन, यूजिसी नेपालका निर्देशक डा. ऋषिकेश पाण्डे र इथिक्स एण्ड इन्टिग्रिटी इन हेल्थ रिसर्च एण्ड इनोभेशनका सन्दर्भमा नेपाल हेल्थ रिसर्च काउन्सिल, काठमाडौंका कार्यकारी प्रमुख डा. प्रदिप ज्ञवालीले प्रस्तुतिकरण गर्नुभयो ।

कार्यशालाको दोस्रो दिनमा रिसर्च राइटिङ्ग एण्ड पब्लिसिङ्गमा टेक्निक्स, इथिक्स इन्टिग्रिटीको सन्दर्भमा सेन्ट्रल डिपार्टमेन्ट अफ केमिष्ट्रि, त्रिभुवन विश्वविद्यालयका प्रा.डा. निरञ्जन पराजुली र रिसर्च फन्डिङ्ग एण्ड कोलाबोरेशनका सन्दर्भमा गण्डकी प्रोभिन्सियल एकाडेमी अफ साइन्स एण्ड टेक्नोलोजीका कार्यकारी निर्देशक डा. ढाकाराम भण्डारीले प्रस्तुतीकरण गर्नुहुनेछ । साथै कार्यशालाको अन्तिम दिन भदौ २२ गते दि बेन्चमार्कस् अफ रिसर्च एण्ड इनोभेशन इन यूनिभर्सिटीका सन्दर्भमा पोखरा विश्वविद्यालयका विज्ञान तथा प्रविधि सङ्कायका पूर्व डीन प्रा.डा. पुरूषोत्तम बस्नेतले प्रस्तुतीकरण गर्ने कार्यक्रम छ । पहिलो, दोस्रो र तेस्रो दिनमा सहभागिहरूबीच सम्बन्धित विधामा छलफल हुने कार्यक्रम छ । कार्यशालाको सञ्चालनमा पोखरा विश्वविद्यालय स्कूल अफ हेल्थ एण्ड एलाइड साइन्सेजका उपप्राध्यापक पूजा भण्डारी हुनुहुन्छ ।

कार्यशालाका थप तस्विरहरूः

 

 

 

 

EdTech Readiness in Higher Education Sector in Nepal Key Informant Interview (KII) questionnaires

On behalf of University Grants Commission- UGC Nepal, we would like to request you to participate and share it with the concerned Schools, Faculties and Departments.

Questionnaires links

Leader:
https://ee.humanitarianresponse.info/x/UNIZKm36 
Management:
https://ee.humanitarianresponse.info/x/tIdXKQ0j 
Teacher:
https://ee.humanitarianresponse.info/x/nOY3DBcT 
Student:
https://ee.humanitarianresponse.info/x/ORdse9pg 

Faculty of Science and Technology: Call for Application for Master Level Programs

Admission-Notice

स्वास्थ्य विज्ञान सङ्कायः कक्षा सञ्चालन हुनेसम्बन्धी सूचना

पोखरा विश्वविद्यालय स्तातकतह छात्रवृत्तिसम्बन्धी सूचना

पोखरा विश्वविद्यालय स्नातकतह छात्रवृत्ति कार्यक्रम २०७९ को अत्यन्त जरुरी सूचना

छात्रवृत्तिमा दरखास्त दिन यहाँ Click गर्नुहोस्

स्वास्थ्य विज्ञान सङ्काय अन्तर्गतका स्नातकतहको भर्नासम्बन्धी अत्यन्त जरूरी सूचना

CALL FOR APPLICATION (Participation in SDG Related Training Program for Graduate Level Students)

SDG Training Notice

पोखरा विश्वविद्यालय विज्ञान तथा प्रबिधि संकाय अन्तर्गत स्नातकोत्तर तह (Master’s Level) का कार्यक्रमहरुको भर्ना सम्बन्धि सूचना

पोखरा विश्वविद्यालय विज्ञान तथा प्रबिधि संकाय अन्तर्गत स्नातकोत्तर तह (Master’s Level) का कार्यक्रमहरुको भर्ना सम्बन्धि सूचना यहि भाद्र १९ गते प्रकाशित हुने ब्यहोरा सम्बन्धित सबैमा जानकारी गराउदछौ । – डीनको कार्यालय, विज्ञान तथा प्रबिधि संकाय ।

Call for Application for One Week Physical CUM Virtual Training

पोखरा विश्वविद्यालयको अपिल

पोखरा विश्वविद्यालय सेवा आयोग कार्यालयको आन्तरिक तथा खुल्ला शैक्षिक पदहरूको अन्तरवार्ताको नतिजा प्रकाशनसम्बन्धी सूचना ।

Admission Open in MDEVS and MA in English

स्वास्थ्य विज्ञान सङ्काय अन्तर्गतका स्नातकतहको भर्नासम्बन्धी अत्यन्त जरूरी सूचना

पोखरा विश्वविद्यालय सेवा आयोगको कार्यालयको त्रुटि सच्चाइएको सम्बन्धी सूचना

पोखरा विश्वविद्यालय सेवा आयोगको कार्यालयको अन्तरवार्तासम्बन्धी सूचना

Faculty of Management Studies: Announces Admission for Scholarship and fee Paying (Master Programs)

Call for application to attend the PURC workshop on “Streamlining Academic Research and Innovation in Pokhara University (SARIPU) 2022”

POKHARA UNIVERSITY RESEARCH CENTER

Call for application to attend the PURC workshop on “Streamlining Academic Research and Innovation in Pokhara University (SARIPU) 2022”

Date of announcement: August 17, 2022 (PURC ref. no.08/2079/80)

Pokhara University Research Center (PURC) is going to organize the PURC Annual Review and Planning Workshop with the theme of “Streamlining Academic Research and Innovation in Pokhara University (SARIPU) 2022”. The workshop is targeted to the participants from the RMCs of the academic institutions (Constituent, Joint-Constituent, and Affiliated) of Pokhara University. The nominated participants (one from each institution) are informed to register for the workshop as indicated below.

Program highlights (tentative)

The three day’s intensive workshop will host invited in-depth talks followed by the review of RMC activities conducted in the last fiscal year (2078/79) and planning for the current fiscal year (2079/80). The key topics of discussion, but not limited to, are:

  1. Transformation of Higher Education in Nepal (PURC)
  2. Roadmap for Research and Innovation in STEM in Nepal (NAST Nepal)
  3. The Benchmarks of Research and Innovation in Universities (PURC-RP)
  4. Revitalizing Partnership with Academia to Achieve SDGs (UNDP Nepal)
  5. Research and Innovation Policy and Priorities in Nepal (PRI Nepal)
  6. Promoting Academic Research and Innovation in Nepalese Universities (UGC Nepal)
  7. Transformation of Academic Research and Innovation Activities in Nepalese Academia (PURC-RP)
  8. Ethics and Integrity in Health Research and Innovation (NHRC Nepal)
  9. Research Funding and Collaboration (GPAST)
  10. Writing and Publishing Research (PURC-RP)
  11. RMC presentations on review of Fiscal Year 2078/79
  12. RMC presentations on planning of Fiscal Year 2079/80

Participation modality

One participant (only) from each RMC can participate the workshop. The workshop has been planned in a participatory modality where participants are expected to pay participation fee (NRs. 9,000.00) and the deficit shall be covered by the PURC, Pokhara University. The participation fee will include the workshop kit, breakfast and lunch during the workshop. Participants should arrange accommodation personally.

 

Key information

Workshop theme: Streamlining Academic Research and Innovation in Pokhara University

Date of workshop: September 5-7, 2022 (Bhadra 20-22, 2079)

Venue: Pokhara (Location will be notified soon)

Number of participants: One person (only) from each RMC (participant must me a fulltime teaching/research staff of the respective institution)

Participation fee: NRs. 9,000.00 each (To be paid at the following account)

Bank: Nabil Bank

Account name: Pokhara University (Event)

Account number: 20701017500116

Registration deadline: August 26, 2022 (Bhadra 10, 2079)

Registration: Online (Click here: https://forms.gle/eLbHvchAXSwjHLhp8)

For further details

Pokhara University Research Center (PURC)

Email: [email protected]

Follow PURC at: https://www.facebook.com/research.pokhara.university

निर्माण कार्य मालसमान तथा सेवा आपूर्तिका लागि सूची दर्ता गर्ने सम्बन्धी सूचना

प्राविधिक प्रस्तावको मूल्याङ्कनमा सफल भएका बोलपत्रदाताहरूको आर्थिक प्रस्ताव खोल्नेसम्बन्धी सुचना

परीक्षा नियन्त्रण कार्यालयको आधिकारिक Website सम्बन्धी सूचना

Admission Notice for PhD in Development Studies (2022 September Intake)

Applications are invited from eligible candidates for admission into the Doctor of Philosophy (PhD) in Development Studies programme for 2022 session offered by the Faculty of Humanities and Social Sciences, Pokhara University, Nepal. Go to this link for detailed information about admission.

स्वास्थ्य विज्ञान संकाय अन्तर्गतका स्नातकतहको भर्नासम्बन्धी अत्यन्त जरूरी सूचना