Result: M.Sc._Structure_Spring-2023
M.Sc._TEAM_1st_Spring-2023
M.Sc._TEAM_2nd_Spring-2023
M.Sc._TEAM_3rd_Spring-2023
Result: M.Sc._Structure_Spring-2023
M.Sc._TEAM_1st_Spring-2023
M.Sc._TEAM_2nd_Spring-2023
M.Sc._TEAM_3rd_Spring-2023
Result: M.Sc._IWRM_Spring-202
M.Sc._IWRM_1st_Spring-2023
M.Sc._IWRM_2nd_Spring-2023
M.Sc._IWRM_3rd_Spring-2023
Result:M.Sc._ISE_Spring-2023
M.Sc._ISE_1st_Spring-2023
M.Sc._ISE_2nd_Spring-2023
M.Sc._ISE_4th_Spring-2023
Result:M.Sc._Hydropower_Spring-2023
M.Sc._Hydropower_1st_Spring-2023
M.Sc._Hydropower_2nd_Spring-2023
M.Sc._Hydropower_3rd_Spring-2023
Result: M.Sc._Environment_Spring-2023
M.Sc._Environment_1st_Spring-2023
M.Sc._Environment_2nd_Spring-2023
M.Sc._Environment_3rd_Spring-2023
M.Sc._Environment_4th_Spring-2023
Result: M.Sc.CS_Spring-2023
M.Sc.CS_1st_Spring-2023
M.Sc.CS_2nd_Spring-2023
M.Sc.CS_3rd_Spring-2023
M.Sc.CS_4th_Spring-2023
Result: M.Sc._CM_Spring-2023
M.Sc._CM_1st_Spring-2023
M.Sc._CM_2nd_Spring-2023
M.Sc._CM_3rd_Spring-2023
Result: Special Chance Bachelors
BDEVS_Special_Chance 2080
BPH_Special_Chance 2080
BPharm_Special_Chance 2080
BSc MLT_Special_Chance 2080
BSc Nursing_Special_Chance 2080
Result: Rechecking Retotaling_MBA_1st Trimester-Spring-2023
Result: MCIS_Spring 2023
MCIS_1st_Spring-2023
MCIS_2nd_Spring-2023
MCIS_3rd_Spring-2023
MCIS_4th_Spring-2023











२०८० साल पुस १८ गते बुधलबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालय र दीन दयाल उपाध्याय गोरखपुर विश्वविद्यालयबीच एकआपसमा शैक्षिक एवम् अनुसन्धान सम्बन्ध स्थापित गर्ने मूल उद्देश्यलाई लिएर एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालय, ढुंगेपाटन, कास्कीमा आयोजित उक्त समझदारीपत्रमा पोखरा विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा.डा. प्रेमनारायण अर्याल र दीन दयाल उपाध्याय गोरखपुर विश्वविद्यालय, गोरखपुर, उत्तरप्रदेश, भारतका उपकुलपति प्रा. पुनम टण्डनले हस्ताक्षर गर्नुभयो ।
पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्याल, रजिष्ट्रार प्रा.डा. दिपकबहादुर भण्डारी लगायत सङ्कायका डीनहरू एवम् विभिन्न निकायका प्रमुखहरूको समुपस्थितिमा हस्ताक्षर सम्पन्न भएको उक्त समझदारी पछि दुबै संस्थालाई शैक्षिक र अनुसन्धान सम्बन्ध स्थापित गर्नुका साथै संयुक्त अनुसन्धान तथा सम्मेलन लगायत अन्य शैक्षिक सहकार्यको दिशामा अगाडि बढ्न बाटो खुलेको छ । यस समझदारीपछि दुई विश्वविद्यालयका प्राध्यापक र विद्यार्थीहरूबीच शैक्षिक, व्यावसायिक र सांस्कृति गतिविधिहरूलाई सहयोग गरी अन्तर्राष्ट्रिय सम्झौता, बौद्धिक सहयोग, सांस्कृतिक अन्तरक्रिया र मित्रता प्रवद्र्धन गर्न सहयोग पुग्नेछ । साथै कुनै पनि कार्यक्रम दुबैतर्फ बाञ्छनीय र सम्भाव्य महसूस भएमा एकआपसमा प्रस्ताव गरी दुबै पक्षले आयोजना गर्न सक्नेछन् ।

सम्झौता समारोहमा पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्याल, दीन दयाल उपाध्याय गोरखपुर विश्वविद्यालयका उपकुलपति प्रा. पुनम टण्डन र अन्तर्राष्टिय सेलका निर्देशक डा. रामवन्त गुप्ता एवम् पोखरा विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका कार्यकारी निर्देशक डा. उमेशसिंह यादवले आ–आफ्नो संस्थाको परिचयसहित शैक्षिक एवम् अनुसन्धान क्रियाकलापलाई कसरी प्रगाढ र सुदृढ गर्न सकिन्छ भन्ने विषयमा विचारहरू राख्नुभयो ।






