स्वयंसेवकको रूपमा नाम दर्ता गराउनुहुने सम्पूर्णमा हार्दिक धन्यवाद्

स्वयंसेवकको रूपमा नाम दर्ता गराउनुहुने सम्पूर्णमा हार्दिक धन्यवाद् !!!

नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नोबेल कोरोना भाइरस COVID-19 को सचेतना, रोकथाम, निदान र उपाचारमा आवश्यक जनशक्ति खटाउनका लागि पोखरा विश्वविद्यालयसँग स्वयंसेवकहरू माग गरेको र सो प्रयोजनका लागि विश्वविद्यालयले अनलाइन स्वयंसेवक दर्ता फाराम मार्फत पोखरा विश्वविद्यालयसँग सम्बद्ध (सम्पूर्ण आंगिक, संयुक्त आंगिक र सम्बन्धनप्राप्त कलेज लगायत) सम्पूर्ण विद्यार्थी भाईबहिनीहरू, शिक्षक तथा कर्मचारीहरू लगायत ईच्छित सबैलाई स्वयंसेवक दर्ता फाराम भरी पेश गर्न हुन गरेको अपिललाई हृदयदेखि नै सहर्ष स्वस्फूर्त रूपमा स्वीकार गरी देहायमा उल्लेखित व्यक्तित्वहरूले राष्ट्रले बोलाएको जुनसुकै बखत कार्यक्षेत्रमा खटिन इच्छुक भई आफ्नो नाम दर्ता गराउनु भएको छ । विश्वव्यापी महामारीले निम्ताएको राष्ट्रिय संकट, विपतमा जुझ्न शिर उच्च राखि पोखरा विश्वविद्यालयको पहिचान र छविलाई अझ उँचो राख्न अग्रसर हुनुहुने दक्ष एवम् राष्ट्रप्रति समर्पित कदर र गर्व गर्न लायक हाम्रा ती सम्पूर्ण विद्यार्थी लगायत अन्य व्यक्तित्वहरूलाई हार्दिक धन्यवाद्सहित नमन छ । आशा छ तपाईहरू सबै खटाइएको कार्यक्षेत्रमा ईमान्दारीपूर्वक सचेत नागरिकका रूपमा आफ्नो सिप र दक्षता प्रदर्शन गर्न सक्षम हुनुहुनेछ र त्यसको प्रमाणस्वरूप नतिजा समेत देखाउनुहुनेछ ।

स्वयंसेवक दर्ताको अनलाइन फाराम खुला नै छ र तपाई त्यसको लागि विश्वविद्यालयको वेभसाइट https://pu.edu.np/ को Top Menu अन्तरगत रहेको Volunteer Registration Form For COVID-19 लिंकमा गई जुनसुकै बेला आफ्नो नाम दर्ता गराउन सक्नुहुनेछ ।

२०७७ वैशाख ८ गते नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पठाइएको पोखरा विश्वविद्यालयको स्वयंसेवकहरूको सूचि हेर्न यहाँ Click गर्नुहोस् ।